---Advertisement---

आठवटै एनपिएल क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने

On: November 21, 2026 9:29 PM
Follow Us:

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गर्नुभएको छ ।

एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने बताउनुभएको हो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने जानकारी दिनुभएको छ । उहाँका अनुसार धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ ।

सरकारले विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको पनि बताउनुभएको छ ।

Leave a Comment