राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीअन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको प्रथम वडा अधिवेशनबाट जितबहादुर गर्बुजाको सभापतित्वमा वडा समिति चयन गरिएको छ । बिहिबार स्थानीय समाजसेवी बी. प्रसाद पुनको संयोजनमा सम्पन्न अधिवेशनको अध्यक्षता रघुगंगा गाउँपालिका सभापति डम्मर पाण्डेले गर्नुभएको थियो।

अधिवेशनले उपसभापतिमा मेलिना पुर्जा र सचिवमा साजन गर्बुजालाई चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा लिला पुन, सन्तोष पाइजा, दिपेश गर्बुजा, मनोज तिलिजा, लोकेन्द्र गर्बुजा र दिपेन शेन्चुरी चयन भएका छन्। अधिवेशनले बी. प्रसाद पुनलाई सल्लाहकारमा चयन गरेको छ।

प्रथम वडा अधिवेशनबाट निर्वाचित नयाँ समितिले पार्टीको संगठन विस्तार, स्थानीयस्तरमा जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन जिल्ला सभापति यूवराज रोकाले निर्देशन दिनुभएको छ ।
जिल्लामा स्थानीय तहको निर्वाचन अगाडी बाँकी रहेका सबै वडामा संगठन विस्तार गरिने सभापति रोकाले जानकारी दिनुभयो । जिल्लाका ४५ वटै वडामा संगठन विस्तारसँगै आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लवमार्फत रास्वपाले तयारी तिब्र पारेको छ ।













