---Advertisement---

मोना मलेसियाद्वारा भलिबल कभर्डहलका लागि १ लाख १ हजार सहयोग

On: November 21, 2026 7:15 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना मलेसियाले एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । म्याग्दी जिल्लामा ब्यवसायिक खेलाडी उत्पादन गर्न भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघको अभियानमा मलेसियामा रहेका म्याग्देलीको साझा संस्था मोना मलेसियाले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।


उक्त सहयोग निर्वतमान महासचिव केश रोका मगरले भलिबल कभर्डहल जग्गा खरिद अभियान संयोजक एवम् जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँलाई हस्तान्तरण गर्नुभएको थियो । म्याग्दीमा सञ्चालित अभियानमा एउटा ईट्टा थप्ने गरिएको सहयोगले भलिबल खेलाडी उत्पादनमा टेवा पुग्न तथा सहयोग संकलनका बारेमा मोना मलेसियाका अध्यक्ष प्रकाश केसी र महासचिव दुर्गा रोकाले अनुरोध गर्नुभएको थियो । सहयोग हस्तान्तरणमा संघका कार्यसमिति सदस्य अशोक कुमार शाही, काउलेगौडा यूवा क्लवका अध्यक्ष नगेन्द्र बस्नेतको उपस्थिति रहेको थियो ।


जिल्लाको भलिबलको अभियानलाई अगाडी बढाउन थप हौसला मिलेको कभर्डहल जग्गा खरिद अभियान संयोजकबानियाँले बताउनुभयो ।भलिबल क्षेत्रमा जिल्लाको पहिचान बनाउने खेलाडीको उत्पादन गरेकाले आगामी दिनमा पनि भलिबलका खेलाडीलाई सहज तथा भलिबलमार्फत जिल्लाको खेल पर्यटनमा सघाउन कभर्डहलको आवश्यकता बताइएको थियो ।


सोही अवसरमा मोना मलेसियाका निर्वतमान महासचिव केश रोक मगरले जिल्लाको भलिबल खेल तथा खेलाडी उत्पादनमा संघमार्फत भइरहेका कामको प्रशंसा गर्नुभएको थियो । निर्वतमान महासचिव रोकाले यसअगाडी ब्यक्तिगत रुपमा समेत अभियानमा रु ५० हजार सहयोग गर्नुभएको थियो । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ । प्रवासमा रहेका म्याग्देली आवद्ध संघसंस्थाका साथै विभिन्न नेपाली संस्थालाई समेत सुविधासम्पन्न कर्भड हल बनाउन सघाउन समेत अनुरोध गरिएको छ ।

Leave a Comment