Sunday, June 8, 2025
30.1 C
Beni
30.1 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 1496

पाँच सूत्र, जसले शरीरमा रोग लाग्नै दिदैन

नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा हो । तर, यत्तिका उमेरसम्म हामी कसरी बाँच्छौं ? के ७० बर्षको हाराहारीमा पुग्दा पनि हामी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी हुन्छौ ?या त रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं ?

सत्य के हो भने, निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । भगवान गौतम बुद्धले पनि जीवनभर निरोगी हुनुलाई ‘उपहार’को रुपमा व्याख्या गरेका छन् ।तर, अहिलेको परिदृश्य फरक छ । युवाअवस्थामा नपुग्दै कोही दमले निस्साइरहेका छन्, कोही क्यान्सरले छटपटाइरहेका छन् । कसैलाई उच्च रक्तचापले गलाइसकेको छ, कसैलाई मधुमहेहले छोपसकेको छ । किन यस्तो भइरहेको छ त ?

किनभने हामी बाँच्ने वायुमण्डल दुषित छ । हामीले पिउने पानीदेखि खाने भोजनसम्म विषाक्त छ । त्यसभन्दा खराब त हाम्रो जीवनशैली छ । सधै ऐश-आरम खोज्ने, मिठो मसिनो खानामा पल्कने हामी उमेर नपुग्दै रोगका शिकार बनिरहेका छौं हो, हामी रोगी हुनुमा हाम्रै जीवनशैली जिम्मेवार छ ।स्वस्थ्य, निरोगी, तन्दुरुस्ती जीवनका लागि हामी आफ्नै प्रयास पनि काफी छ । खानपानमा सर्तकता र जीवनशैलीमा अनुशासन अपनाएर हामी स्वस्थ्य हुन सक्छौं ।

कसरी पाउने स्वस्थ्य जीवन ?

यदि आफ्नो लागि समय कम छ भने १० मिनेट मै केहि टिप्स अपनाएर पनि स्वस्थ रहन सकिन्छ । सानो गल्तीले पनि आफ्नो स्वास्थ्यमा असर गरिरहेको हुन्छ । व्यस्त जीवनशैलीको कारण आफ्नो लागि समय निकाल्न सकिदैन, जसले असर सिधै हाम्रो स्वास्थ्यमा पर्छ । हामीले हाम्रो स्वास्थ्यको बेलैमा ख्याल राखेनौ भने विभिन्न रोगको शिकार बन्न सकिन्छ । त्यसैले कम समय भए पनि आफ्नो स्वास्थ्य सुधार्ने कोशिश गर्नुपर्छ ।

१.दैनिक एकै समयमा उठ्नु

दैनिक ७ -८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।

२. ब्रेकफास्ट गर्ने बानी बसाल्ने

बिहानको समयमा ब्रेकफास्ट नर्गनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।

३.पर्याप्त मात्रामा पानी पिउनु

दैनिक ७-८ गिलास पानी पिउनुपर्छ । पानीले शरिरलाई डिहाइड्रेट हुनबाट बचाउनका साथै विभिन्न स्वास्थ्य सम्बधी समस्याबाट पनि बचाउछ । पानीले शरिरमा भएको विशाक्त पर्दाथको नष्ट गर्छ । यसको सेवनले पेटको पनि स्वस्थ राख्छ ।

४.हरियो सागसब्जीको सेवन

हरियो सब्जीमा भिटामिन,मिनीरल,फाइबर, आइरन पाउनका साथै अन्य पौष्टिक तत्वको राम्रो स्रोत हो । त्यसैले स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।

५् सिंढीको प्रयोग

लिफ्टको सट्टा  सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ । onlinekhabar.com

के हो ‘होलबडी’ चेकअप ? के-के जाँच गरिन्छ ? कुन अस्पतालमा कति शुल्क लाग्छ ? जान्नुहोस

नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ।

समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्।

तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन।

के हो ‘होल बडी चेकअप’ ?

‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।

होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्।

त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

के-के जाँच गरिन्छ?

तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छ:

रगतबाट गरिने जाँच:

-रक्त कण गणना (कम्प्लिट ब्लड काउन्ट)– रक्त समूह (ब्लड ग्रुप)– सुगर (फास्टिङ/पोस्टप्रान्डियल/रेन्डम)– कलेजो (लिभर फंसन टेस्ट)– मिर्गौला (रिनल फंसन टेस्ट)– कोलेस्टेरोल (लिपिड प्रोफाइल)– युरिक एसिड– थाइराइड (थाइराइड फंसन टेस्ट)– भिटामिन डी– हेपाटाइटिस बी / सी / एचआइभी / भिडिआरएल / टिपिएचए

पिसाबको जाँच: पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिन (अल्बुमिन) को मात्रा।

दिसाको जाँच: दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको।

फोक्सो (पल्मोनरी फंसन टेस्ट)

छातीको एक्सरे (सिएक्सआर-पिए)

इको (इकोकार्डियोग्राफी)

भिडियो एक्सरे (पेट) (युएसजी-एब्डोमेन/पेल्भिस)

पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर

४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी

४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए)

होलबडी चेकअपका लागि पूर्वतयारी:

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवस्यक छ:

– जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८-१० घन्टा सुत्नुपर्छ।

– जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ।0 ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।

– विशेसगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८-१० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।

– कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ। भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।

– जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।

– जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ।

– पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

टिचिङ अस्पताल

काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल

ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ। पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ। जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल

निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ। महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल

निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।

वयोधा अस्पताल बल्खु

बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ।

ह्रस्व दीर्घको नियम जान्नुहुन्न ? यो गीतबाटै सिक्नुहोस्

नेपाली व्याकरणमा ह्रस्व दीर्घका नियमको ठूलो महत्व छ । तर अधिकांश ह्रस्व दीर्घमा झुक्किने गर्छन् । यदि तपाईं पनि नेपाली लेखनमा ह्रस्व दीर्घमा झुक्किने गर्नुभएको छ भने तपाईंका लागि गीत नै तयार पारिएको छ ।‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।onlinekhabar.com

गायिका इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्ड द्वारा सम्मानित

गायिका इन्दु बानियाँ सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित भएकी छिन् । क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई यो अवार्ड प्रदान गरिएको छ ।

विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा (पहिलो प्रेम) बोलको गितबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड इन्दुलाई दिइएको हो । यस गीतमा गीतकार कृष्ण पौडेलले शब्द रचना गरेका छन् भने स्वर इन्दुको रहेको छ । संगीत दिपक शर्मा, एरेन्ज उदयराज पौडेल र भिडियो डाईरेक्सन सान्त कुमार थापा मगरले गरेका छन् ।

घुँडा खिइने समस्या : यस्तो छ उपचार विधि

घुँडा खिइने समस्याले धेरैलाई दुःख दिएको हुन्छ। घुँडा खिइने समस्या दुई प्रकारको हुन्छ। पहिलो उमेरका कारणले घुँडा खिइन्छ भने दोस्रो मोटोपन, बाथ तथा सुगर रोगका कारणले पनि घुँडा खिइन्छ। चोटपटकका कारण पनि घुँडामा समस्या आउन सक्छ।

हड्डीका जोर्नीहरूलाई समातेर राख्ने काम लिगामेन्टले गर्छ। जोर्नीहरूको मुभमेन्टका कारण लिगामेन्टमा क्षति पुग्दै जान्छ। जसले गर्दा जोर्नीमा दबाब पर्न थाल्छ। लिगामेन्टले जोर्नीहरूलाई सजिलै मुभ गराउन लुब्रिकेन्ट्सको काम गर्छ, जसको क्षतिका कारण जोर्नी सजिलै मुभ नहुने र घर्षण भएर खिइँदै जाने हुन्छ। घुँडा खिइने समस्या महिलामा ७० प्रतिशत हुन्छ भने पुरुषमा ३० प्रतिशत हुन्छ। हर्मोनको गडबडीका कारण महिलामा धेरै घुँडा खिइने समस्या देखापर्छ।

घुँडा खिइएको कसरी थाहा पाउने ? 
घुँडा दुख्ने, खुम्च्याउँदा अप्ठ्यारो हुने, सुन्निने, कडापन महसुस हुन्छ। भर्‍याङ चढ्दा अप्ठ्यारो हुन्छ। नियमित हिँड्डुल गर्न पनि गाह्रो हुन्छ। बिहान ओछ्यानबाट उठ्दा भुइँमा खुट्टा टेक्न गाह्रो हुन्छ।

जुन जोर्नी वा घुँडामा समस्या छ त्यसलाई धेरै चलाउनु हुँदैन। तलमाथि वा ओरालो–उकालो बढी हिँड्नु हुँदैन। सहयोगी सामग्रीको सहायतमा हिँड्डुल गर्नुपर्छ। नि क्यापको प्रयोग गर्नुपर्छ। फिजियोथेरापिस्टको निगरानीमा अभ्यास तथा फिजियोथेरापी गर्नुपर्छ।

उपचार 
धेरै नै दुःखको अवस्थामा तत्काल दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ। मसल रिल्याक्स गराउने स्प्रे प्रयोग गर्न सकिन्छ। मल्टी भिटामिन डी-३, क्याल्सियम सेवन गर्नुपर्छ।

फिजियो थेरापी, अकुपन्चर, प्राकृतिक चिकित्साअनुसार पनि उपचार गर्न सकिन्छ। घुँडाको केही अभ्यास सिकेर घरमै गर्न पनि सकिन्छ। विद्युतीय मेसिनले उपचार गर्ने विधि पनि अपनाउन सकिन्छ। अल्ट्रासाउन्ड थेरापी, सर्ट वेभ डाइफर्मी तथा करेन्टको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। बढ्दो उमेरसँगै घुँडा दुख्ने समस्या देखापर्‍यो भने बेलैमा सावधानी अपनाउनुपर्छ। आफ्नो उमेर र क्षमताअनुसार मात्र काम गर्ने तथा तौल उठाउने गर्नुपर्छ। उमेर बढ्दै गएपछि दौडिने वा धेरै हिँडडुल गर्नु हुँदैन।

घुँडा खिइएर औषधि तथा फिजियोथेरापीबाट उपचार नहुने अवस्थामा जोर्नी इम्प्लान्ट गर्ने पद्धतिको विकास भइसकेकाले यो विधि पनि अपनाउन सकिन्छ। घुँडा रिप्लेसमेन्ट गर्नुपर्ने अवस्थामा पुग्नुअगावै थोरै सावधानी अपनाउँदा घुँडा खिइने समस्याबाट जोगिन सकिन्छ। – डा.अमरेन्द्र झा, अर्थोपेडिक फिजियोथेरापिस्ट 

-अन्नपूर्ण सम्पूर्णबाट

सुरेश बचाउ अभियानमा अर्मनबासी

दुवै मृगौलाले काम गर्न नसकेपछि थलीएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिया सुरेश छन्त्यालको उपचारका लागि उनको जन्मथलो अर्मनका विभिन्न संघ संस्थाले अभियान सञ्चालन गरेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा आवश्यक पर्ने लाखौ रकम जुटाउनका लागि अर्मनका सामुदायीक वन, युवा कल्व र आमा समूहले अभियान सञ्चालन गरेका स्थानीय युवा बाल रोकाले बताउनुभयो ।

आरुबोट सामुदायीक वन उपभोक्ता समूह छिसवाङले पन्ध्र हजार, सहयोगी आमा समूह दिहीले दश हजार, सत भावना आमा समूह छिसवाङ खहरेले पाँच हजार पाँच, अमर आमा समूहले सात हजार र सरस्वती आमा समूह छिसवाङले पाँच हजार रुपैया सहयोग गरेका छन् । काठमाडौको टिचीङ अस्पतालमा उपचाररत छन्त्यालको सहयोगका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले देश बिदेशमा अभियान सञ्चालन गरेको छ । जनगारण युवा कल्वको नेतृत्वमा अर्मनमा अभियान सञ्चालन भएको छ ।

गरिबीका कारण अभिशप्त पूजाको मर्मस्पर्शी पत्र व्यवस्थापन पो कसरी ?

धु्रबसागर शर्मा
असह्य गरिबी र उचित अभिभावकीय रेखदेख भएन भने बालबालिकाहरुको कलिलो मस्तिष्कमा कतिसम्मका मर्मस्पर्शी विचारहरु उत्पन्न हुँदा रहेछन् भन्ने कुराको उदाहरण म्याग्दीकी एक बालिका बनेकी छन् । बेनी नगरपालिका वडा नं–६ फोओटेकी कक्षा ६ मा अध्ययनरत पूजा खत्रीले आफूले पढ्ने विद्यालय जामुनाखर्क माविलाई चिठी लेखेर किताव कापी किन्ने पैसा र घरमा खाने खर्च समेत नभएकोले आफू विद्यालय आउन नसक्ने बताउँदै ‘सर मलाई रेस्टिगेट गरिदिनु’ भनेर पत्र लेखेकी हुन् ।

खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको र पारिवारीक वातावरण समेत नभएकाले आफूलाई विद्यालयबाट निस्कासित गर्न अनुरोध सहित विद्यालयलाई भावुक पत्र पठाएपछि विद्यालय परिवार समेत चिन्तित बनेको थियो । विद्यालयलाई भदौ १ गतेको मितिमा खत्रीले लेखेको चिठी अत्यन्त भावुक र मर्मस्पर्शी छ ।

पत्रमा उनले ‘घरमा खाने खर्च र पढ्नका लागि कापी कलम समेत नभएकोले बाध्यताले विद्यालयमा आउन नसकेको र आफूलाई पढाइ दिने कोही पनि नभएकोले रेस्टिगेट गरिदिन अनुरोध गर्दछु’ लेखेकी छन् । भदौ ५ गतेबाट विद्यालयमा त्रैमासिक परिक्षा सुरु हुने भएपछि विद्यालयले खत्रीलाई विद्यालयमा आउन र परीक्षामा सामेल हुन उनका साथीहरु मार्फत खवर पठाएपछि उनले विद्यालयलाई भाबुक पत्र पठाएकी जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बताए । खत्री गाउँको विद्यामन्दिर आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरि ६ कक्षामा अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् ।

उनको पारिवारीक अबस्था कमजोर र अध्ययन गर्ने वातावरण समेत नभएको जानकारी सहितको पत्रलाई वडा अध्यक्ष कृष्णबहादुर बानियाँलाइ हस्तान्तरण गरि आबश्यक पहल गर्न अनुरोध गरिएको प्रअ ढुंगानाले बताए । ‘उनलाई विद्यालयमा नियमित गराउन हामीले पनि पहल थालेका छौँ, तर घरायसी वातावरण नै मिलाउनुपर्ने भएकाले जनप्रतिनिधि मार्फत नै थप पहल होस भनेर जानकारी गराएका छौँ ’ प्रअ ढुंगानाले भने ।

बेनपा ६ का अध्यक्ष कृष्णवहादुर बानियाँले वडाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिसकिएको बताउँदै खत्रीको विद्यालय नआउने समस्या आर्थिक र पारिवारीक वातावरणसंग जोडिएकाले त्यसतर्फ आबश्यक वातावरण मिलाउने पहल भैरहेको जानकारी दिए ।संचारमाध्यमहरुमा पूजाको अवस्थाका वारेमा समाचार प्रकाशन÷प्रशारण भएपछि पूजालाई सहयोग गर्नेहरु धेरै देखिएका छन् ।

अव आर्थिकका कारण पूजा पढाईबाट वंचित हुनुपर्ने अवस्थाको त अन्त्य भएको छ तर उनको पारिवारिक वातावरणलाई सहज बनाउन र अन्य बालबालिकाहरुले पूजाको जस्तो नियति भोग्न नपरोस् भन्ने कुरातर्फ सजग हुन सरोकारवाला पक्षहरुलाई निकै ठूलो चुनौति पनि थपिएको छ ।तत्कालका लागि समस्या समाधान भएपनि उनको बाल मस्तिष्कमा आफ्नो विगत कालो छायाँ बनेर रहिरहने निश्चित छ । पूजा पारिवारिक समस्याका कारण पनि विछिप्त बनेकी छन् ।

आमा—बाबाको मायाबाट वन्चित भएकी पूजा र उनका अरु भाइ बहिनीहरुमा मानसिक विचलन पनि नआउन भन्न सकिदैन त्यसतर्फ पनि सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।सबैभन्दा ठूलो समस्या उनको पारिवारिक व्यवस्थापनको रहेको छ । पारिवारिक उत्तरदायित्वबाट पन्छिन खोजेका पूजाका बुबा र आमालाई कसले÷कसरी सम्झाउने र उनीहरुलाई आफ्नो जिम्मेवारीको बोध गराइ परिवारमा मेलमिलापको वातावरण कायम गर्ने यसतर्फ पनि सरोकारवालाहरुले सोच्नु पर्ने देखिन्छ ।

यस्तो छ धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ (भिडियो सहित)

भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रसतुतिमा “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै एउटा अत्यन्तै मिठो चिर परिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाको मिठो स्वर अनि खिम गर्वुजा र नमुना गर्वुजाको शब्दमा म्युजिक भिडियो बजारमा ल्याएको छ । साथै उक्त म्युजिक भिडियोमा आँसु लामाको संगीत रहेको छ भने क्यामरामा करन चैसिरले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोलाई पुष्कर विवेक थापाले निर्देशन गरेका छन् ।

म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ जुन प्राकृतिक रुपले निकै शुन्दर अनि हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले मात्र हैन शुन्दर मानव बस्ती, त्यहाँको संस्कृति, चालचलनले पनि शुन्दर बनाएको छ ।अगाडि सधैं मुसुक्क हाँसिरहेको अग्लो धौलागिरी हिमाल, त्यसको मुनीतिर पहाड, पहाडकोबीच शुन्दर बाक्लो मानिसको बस्ती आहा कति शुन्दर ।

गीतमा पूर्ण रुपमा धौलागिरी हिमाल अनि वरपर रहेका प्राकृतिक मनोरम दृश्य विशेष दग्नाम गाउ, अनि गाउँ वरपरको शुन्दरतालाई देखाउन खोजिएको छ । साच्चै गीत हेर्दा कति खेर त्यहाँ पुगु जस्तो हुन्छ । गीतको शब्दमा नै दिएको छ “तल गैरी माझी र कान्छी गाउँ भन्दै” दग्नाम गाउँ शुन्दर चेलीहरू आफ्नो जातीय भेषमा सजिएर नाचेको देख्दा हामी पनि त्यो ठाउँ गएरसँगै नाचु जस्तो हुन्छ अझ लिसंखुको त्यो हिमालबाट बगेर झरेको धाराको चिसो पानी खान पाउँदा एक छिन तस्वर्गकै आभास दिलाउँछ ।

गुराँसको सिजनमा त झन गाउँनै पुरै रातै देख्दा त नेपाल पनि यस्तो छ र झैँ हुन्छ । त्यही माथि हिमाल हाँसेको देख्दा त कुरै नगरम । बेला बेलामा प्रकृतिसँगै सोरठी र झ्याउरे नाच्दा पाउँदा त्यहाँका मानिसहरू आफैलाई भाग्यमानी ठान्दछ ।त्यहाँका चेलीहरुले हातमा थाली राखेर नाच्दा साच्चै अचम्मित पारिदिन्छ । मगर जातिको जनघनत्व रहेको यो गाउँमा अँझै लाहुरे संस्कृति झल्केको देख्न सकिन्छ । लाहुरे घर फर्कदा गाउँमा सबै मिलेर अँझै रोदी बसी रातभरि रमाइलो गर्ने चलन छ।

 

दग्नाममा विशेष गरी वैशाखमा नांगी देवी र जेष्ठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ साथै यही अवसरमा लिङ्गो जुधाउने पर्व पनि धुमधामले मनाउने गरिन्छ । राजधानीबाट टाढाको दुरीमा रहे पनि दग्नाम आन्तरिक र बाह्य पर्यटकको लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।भौगोलिक हिसाबले दुर्गम रहेता पनि प्राकृतिक हिसाबले यो ठाउ संसारकै धनिरहेको छ । किनकि जो कोही पनि एकपल्ट त्यहाँ पुगेपछि फर्किन मन लगाउँदैनन् । किनकि त्यहाका पाखा पर्वत देउराली भञ्ज्याङ चौतारी झरना खोला अनि त्यहाका मानिसले गर्ने दैनिकले क्षणिक नै लोभ्याउँछ । https://www.londonnepalnews.com

 ३ सय बर्ष पुरनो चाँप को रुखमा निर्माण गरिएको चौतारीको संरक्षण

म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा करिव तीन सय वर्ष पुरानो चाँपको रुख परिसरमा २७ वर्ष अघि निर्माण गरिएको चौतारीको संरक्षण गरिएको छ ।बेनपा १ का वडा अध्यक्ष टेकवहादुर रावलको पहल,स्थानीय रत्नसहकारी संस्थाको आर्थिक सहयोग र युवा क्लवको सक्रियतामा चौतारीको मर्मत गरी प्लाष्टर समेत गरिएको स्थानीय रमेश वोगटीले जानकारी दिनुभयो । रत्नेचौरको सिङ्गो इतिहास बोकेको उक्त चाँपको रुख कहिले र कस्ले कुन उदेश्यले रोपेकोे हो भन्ने वारेमा वास्तविक इतिहास नभेटीएपनी उक्त रुख १७ औं शताब्दीतिर रोपिएको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ ।

२०५२ सालसम्म माटाको चौतारी रहेकोमा २०५२ सालमा सालमा तत्कालिन वडा अध्यक्ष एवम् स्थानीय समाजसेवी बसन्त बोगटीको सक्रियतामा स्थानीय आमसमुहले देउसी भैलो खेलेर त्यसवाट उठेको रकमले ढुङ्गे चौतारी निर्माण गरिएको थियो । प्राचिन कालमा आपसी झगडा मिलाउन,मेला पर्वको आयोजना गर्न र युवायुवतीहरुले माया पिरतीका कुराहरु गर्नका लागि यो चौतारीको प्रयोग हुने गर्दथ्यो ।

शरीरमा प्रोटिन कम हुँदा हुने समस्या

शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

पातलो रौँ
रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने
प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान
प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु
प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

बारम्बार विसन्चो हुनु
स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला
झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

धेरै प्रोटिन पाइने खाद्यवस्तु
दालः दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ ।

अण्डाः अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।