Sunday, June 8, 2025
26.9 C
Beni
26.9 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 1497

मृगौला पिडित सुरेशको उपचारमा सहयोगको अभियान

दुवै मृगौलाले काम गर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिइ सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषकाअध्यक्ष राजेश शाक्यले बताए । बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ माअध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचान भएको थियो ।

टिचीङ अस्पतालका डा.कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार गराइरहेका छन्त्यालका अभिभावक खेती किसानी गरेर जिविका चलाउदै आएका थिए । छन्त्यालकी आमासिताले सहयोग गरेर छोराको जिवन बचाईदिन अपिल गरिन् । ‘हाम्रो आर्थिक अवस्थाले ठेक्दैन्,‘उपचारमा सहयोगको आवश्यकता छ’ उनले भनिन् । डायलासिस, प्रत्यारोपण र नियमित औषधी सेवनका लागि करिव २५ देखि ३० लाख रुपैया आवश्यक पर्ने परिवारजनको भनाई छ ।े हालसम्म तिन लाख पचास हजार रुपैया खर्च गरिसकेका छन् ।

छन्त्यालको उपचारका लागि कोषले आजिवन सदस्य डकबहादुर रोकाको संयोजकत्वमा सुरेश बचाउ अभियान सञ्चालन भएको हो । तिन वर्षअघि दुवै मृगौलाले कामगर्न छाडेपछि बिरामी परेका रोकाको कोष र कुहुँको युवाकल्वको पहलमाआर्थिक सहयोग जुटाएर मृगौलाप्रत्यारोपण गरिएको थियो ।सुरेशको उपचारका लागि सहयोग संकलन अभियान घोषणा भएकै दिनमंगलबा ३९ लाख ५०० रुपैया संकलनभएको छ । अध्यक्ष शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव लोकश पुन, सदस्य नरेश श्रेष्ठले पाँचहजार रुपैयाका दरले सहयोग गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्ष खम थापा, सदस्य सन्दिप खत्री, श्यामथापा, पर्वत बेनीका कुमार बरुवाल दुई हजार पाँच सय, श्री लाल चापागाई, हेमन्त थापा र दिलीप बरुवालले दुई, दुई हजार तथा लालकुमार रोकाले एक हजार रुपैया सहयोग गर्नुभएको छ । हाईपोपलास्टीक एनिमिया रोगबाट ज्यानगुमाएकी बेनपा ४ कीओमकुमारी पुन –शान्ति) को स्मृतीमा पाँच वर्षअघि स्थापित कोषले हालसम्म ६४ जना गरिव विपन्नको उपचारमा सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।

जन्डिस उपचारका यी घरेलु उपायहरु

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।

गोलभेडाको जुस

एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।

मुलाको पात

मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।
मेवाको पात

एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।

उखुको रस

उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ ।

तुलसी पत्ता

१० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।

जौ

एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।

कागत

कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।

घ्युकुमारीको पात

घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।

महि

एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।

केरा

दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।

फेवा डान्स आइडलको म्याग्दी अडिसन : ६ समुह दोस्रो चरणमा प्रवेश

फेवा डान्स आइडलको म्याग्दी जिल्ला अडिसन सम्पन्न भएको छ ।“संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनका लागि फेवा टेलिभिजनद्धारा आयोजित फेवा डान्स आइडल सिजन १ गण्डकी प्रदेश स्तरिय सामुहिक लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७५” को म्याग्दी अडिसन शुक्रबार बेनिमा सम्पन्न भएको हो । होटेल यतिमा आयोजना भएको सो अडिसनमा जिल्लाका १२ समुहले सहभागिता जनाएका थिए ।

सहभागि मध्य ६ समुह दोस्रो चरणका लागि छनौट भएको कार्यक्रम संयोजक सुजन बरालले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बेनि नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको कार्यक्रको उद्घाटन गर्दै टेलिभिजनले आयोजना गरेको यो कार्यक्रमले बिभिन्न जातजातिको र गाउँघरहरुमा लोपन्मुख तथा लुकेर रहेका लोक सांस्कृतिक प्रतिभाको पर्वद्धन जगेर्ना कार्यमा उल्लेखनिय योगदान दिने बताउदै कार्यक्रमको सफलताको शुभकामना व्यत्त गर्नुभएको थियो ।

लोपन्मुख लोक सांस्कृतिक नृत्यहरुको प्रर्बद्धन तथा जगेर्नाका लागि नगरपालिकाले पनि बिशेष प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रम आयोजक फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लिलबहादुर जि Þसिले गण्डकी प्रदेशमा रहेका लोपन्मुख लोक सांस्कृतिक सम्पत्त्हिरुको जगेर्ना तथा जिल्लाहरुको पर्र्यटन प्रर्वद्धनका लागि आफुहरुले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मंका खलः नागा नागिनि नृत्य, मालिका गाउँपालिका वडा नं ५ देविस्थानका थालि नृत्य, बेनि आवासिय माबिको नृत्य, माउण्ट एभरेष्ट आवासिय माबिको नृत्य र बेनि नगरपालिका वडा नं ७ को फ्रि स्टार नृत्य गरि ६ समुह दोस्रो चरणका लागि प्रवेश गरेका छन ।

तुलसि प्रभास, नृत्य निर्देशक राम लामा, बुद्धिमान दुरा गुरुङ “धम्पु ” र सञ्जय श्रेष्ठको निर्णायक मण्डलको टोलिले उक्त टोलिहरु दोस्रो चरणका लागि प्रवेश गरेको घोषणा गर्नुभएको कार्यक्रम संयोजक बरालले जानकारि दिनुभयो । गण्डकी प्रदेशका ११ जिल्लाहरुमा संचालन हुने सो अडिसन स्याङज्या जिल्लाको सिरुबारिकाट सुरु भइ वालिङ्ग, दमौलि, लमजुङको भेटेवडार सम्पन्न भएको लगत्तै बाकि सवै जिल्लाहरुमा सुरु गरिने संयोजक बरालले जानकारि दिनुभयो । दोस्रो चरणमा प्रवेश गरेका समुहलाइ “वेलकम टु पोखरा”को कार्ड प्रदान गरिएको थियो ।

गण्डकि प्रदेशकै ठुलो धन राशि भएको सो कार्यक्रममा प्रथम हुने समुहले नगद रु तीन लाख र बिशेष उपहार, दोस्रो हुने समुहले तेस्रो हुने समुहले नगद रु दुई लाख र बिशेष उपहार ,सान्त्वना समुहले नगद रु एक लाख पचास हजार र बिशेष उपहार तथा उत्कृष्ट दश समुहले नगद रु तीस ÷तीस हजार र बिशेष उपहार पाउने संयोजक बरालले बताउनुभयो । बेनि नगरपालिकाका प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यताको उपस्थिति , आयोजक फेवा टेलिभिजनका प्रबन्ध निर्देशक एवम समाजसेवि जिÞ .सिको अध्यक्षता र टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरे र सहिल्ताज कुंवरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, नेपाल महिला संघकि अध्यक्ष एवम एकल महिला तथा बालबालिका शसक्ती केन्द्रकी अध्यक्ष बिमला गौचन, नेपाल मगर संघ म्याग्दीकी उपाध्यक्ष डकमाया पाईजा मगर ,नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यक्रम आयोजक फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी ,बेनि नगरपालालिका वडा नं १०का कार्यबाहक अध्यक्ष लोक बहादुर पुन मगर ,वडा नं ९ का अध्यक्ष वेलबहादुर चोखाल, वडा नं १ टेकबहादुर रावल, टेलिभिजनका पर्वत जिल्ला संबाददाता सुवास लामिछाने, अडिसन संयोजक एवम जिल्ला संबाददाता साधन राम्जालि मगर तथा बिभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा

म्याग्दीका लोकगायक नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा आएको छ । डान्सिङ बिटको गीत यूटुवबाट सार्वजनिक भएको हो । आफ्नै शब्द, लय तथा चर्चित लोकदोहोरी गायिका प्रति आलेको साथमा बजारमा आएको गीत मायाँप्रेम संग सम्बन्धित रहेको छ । ब्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत रमाइरहेका ढकालले गीतलाई यूवापुस्ता देखी बृद्धबृद्धालाई रुचाउने बताए । ‘यो गीतमा धेरै मेहनत गरेको छु,‘पहिलो दिनमै धेरै राम्रो प्रतिक्रिया आएको छ’ ढकालले बेनीअनलाइनलाई भने ।

उनले विगतमा जस्तै यस गीतलाई पनि मायाँ गरेर साथ दिने विश्वास ब्यक्त गरे । गीतमा प्रकाश सपुत र रिना थापाको अभियन रहेको छ । बैदेशिक रोजगारमा मृत्यु भएको श्रीमानको कथालाई लिएर हालै अत्याधिक चर्चामा आएका सपुत र चर्चित डान्सर थापा रहेको छ । विन्ध्यबासिनी म्यूजिक अवार्ड २७३ को नवगायक विद्याको सर्वोत्कृष्ट घोषित समेत भइसकेका ढकालले नयाँ गीतको तयारीमा रहेका छन् ।

ढकालले बजारमा ल्याएको रोइला गीत रुँदै मेला पातै भन्नेले निकै लोकप्रियता कमाएको थियो । नेपालीको मौलिकता झल्कने उक्त गीतमा चर्चित लोकगायिका मुना थापामगरले ढकाललाई साथ दिएकी थिईन् ।लोक दोहारी प्रतिष्ठान धौलागिरि अञ्चलको कोषाध्यक्ष समेत रहेका ढकालले आगामी दिनमा समेत लोकप्रियता कमाउने गीतहरुलाई बजारमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

मधुमेह के हो ? मधुमेह रोगीले के खाने के नखाने, कसरी बच्ने ?

Diabetic patient doing glucose level blood test using ultra mini glucometer and small drop of blood from finger and test strips isolated on a white background. Device shows 115 mg/dL which is normal

मधुमेह रोगी विश्वव्यापीरुपमा अहिले निकै बढिरहेका छन् । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङ्क्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसँग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लागेको भन्छौँ ।

व्यस्त जीवनशैली, खानपानमा व्यवधान तथा शारीरिक गतिविधि कमजस्ता कारणले मधुमेहका रोगी बढेका छन् । लामो समयसम्म भोकै बस्ने र पाएका वेला अत्यधिक खाने बानीले पनि यो रोग धेरैलाई लागिरहेको छ । खासगरी, सहरी क्षेत्रमा बस्ने अल्छी व्यक्तिहरूलाई मधुमेहले सताएको छ ।

के खाने ?

कार्बोहाइड्रेडयुक्त खाना जस्तै स् भात, आलु निकै कम खानुपर्छ । बोसो नभएको मासु खाने तर रातो मासु नखाने । ताजा सागसब्जी बन्दा, काउली, भन्टा, काँक्रो, गोलभेँडा, मुला, गाँजर, प्याज पर्याप्त मात्रामा खाने । ताजा फलफूल खाने । सकेसम्म शाकाहारी भोजन लिने । धेरै रेसादार जस्तो स् गहुँ, मकै, कोदो, फापर आदि खाने ।

के नखाने ?

चिनी र चिल्लो भएका खानेकुरा जस्तै स् चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना खानु हुँदैन । चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दाजस्ता सुर्तीजन्य पदार्थ सेवन नगर्ने । बियर, रक्सीजस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।

कसरी बच्ने ?

रगतमा सुगर, शारीरिक तौल, रक्तचाप नियमित परीक्षण गर्ने । वर्षको एकपल्ट आँखा जाँच गर्ने । गोडा नियमित ९फुटेको, घाउ, चोटपटक लागेको० जाँच गर्ने । नियमित स्वास्थ्य परीक्षण गर्ने । मधुमेहका बिरामी शारीरिक रूपमा सक्रिय हुनुपर्छ । हरेक दिन कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हल्का पसिना आउने गरी हिँड्ने बानी बसाल्ने ।

‘ग्रीन टी’ पिउनुका फार्इदासंगै यस्ता छन् अपत्यारिला बेफार्इदा

तपाईले ग्रीन टी को फाइदाहरूको बारेमा थुप्रै जानकारी राख्नु भएकै होला र दिनहुँ यसको सेवन गर्दै आउनु भएको पनि होला ।

हरेक चीजको फाइदा र बेफाइदा दुवै रहेको हुन्छ तर तपाई ग्रीन टी को प्रयोगले पनि नोक्सान हुन्छ भन्ने कुरा थाहा पाएर अचम्म पर्न सक्नुहुन्छ ।

जुन तपाईको स्वास्थ्यको लागि निकै खतरनाक साबित हुनसक्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

१.ग्रीन टी मा पाईने ओक्जेलिक एसिड किड्नीमा पत्थरी बन्ने कारण हुनसक्छ ।

२. गर्भावस्था वा शिशुको जन्म पश्चात् ग्रीनको टी को अत्यधिक सेवन स्वास्थ्यलाई हानी पुर्याउँछ । यसको अधिक सेवनले गर्भपातको सम्भावना बढ्न सक्छ । दिनमा दुई कप भन्दा धेरै ग्रीन टी पिउनु गर्भवती महिलाको लागि विभिन्न किसिमले खतरनाक हुनसक्छ ।

३. ग्रीन टी को अधीक सेवनले तपाईको शरीरमा आयरनको कमी हुनसक्छ । विशेषगरी ग्रीन टी मा पाईने टैनिनले खाद्य पदार्थ र पोषक तत्वबाट पाईने आयरनको अवशोषणमा अवरोध उत्पन्न गर्छ ।

४. ग्रीन टी को अधिक सेवन गर्दा तपाईको भोकलाई कम गर्न सक्छ, जसले गर्दा तपाई उचित आहार सेवन गर्नबाट बञ्चित हुनुपर्दछ र शरीरलाई आवश्यक मात्रामा पोषण तत्व प्राप्त हुँदैन । यसकारण तपाईको शरीर कमजोर हुनसक्छ ।

५. समस्या, अनिन्द्रा, उल्टी, पखाला एवम् अन्य स्वास्थ्य समस्याको शिकार हुन सक्नुहुन्छ ।

सर्पले टोक्ने बित्त्तिकै के गर्ने, के नगर्ने ? जानिराख्नुहोस्

अहिलेको समय अर्थात गर्मी महिनामा सर्पको अधिक मात्रामा बिगबिगी हुने र सर्पदंशको घटना निकै हुने गर्दछन्। विशेषत मुलुकको तराईं भागमा अधिक मात्रामा सर्पले डसेका घटनाहरु हुने गरेका समाचारहरु सुन्न पाईन्छ ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। सर्पको टोकाई लगत्तै के गर्ने नगर्ने भन्ने बिषयमा हामि तपाईहरुलाई केही जानकारी दिन चाहान्छौं ।

के नगर्ने

-सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
-टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
-टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।
-टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
-टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
-एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
-टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।

के गर्ने

-तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
-सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।
-सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
-टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
-कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
-आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
-सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

गर्मीमा अनुहारलार्इ यसरी बनाउनुस् सुन्दर

गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन ।

२. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लििन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।

५. अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।

‘साइलेन्ट किलर’ मृगौला रोग,मृगौला फेल हुने कारण र लक्षणहरू –

हाम्रो शरीरमा भएका दुई मृगौलाको काम भनेको शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाबको मार्फत बाहिर फाल्नु हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुनुको साथै मृगौलाले कामै नगर्ने सम्म समस्याहरू देखिन सक्छन्।

गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।

मृगौला फेल हुने कारण –

– गलत खानपान

– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी

मृगौला फेलका लक्षणहरू –

– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने

१६ महिने मैले कमाण्ड गरेको बेनी अस्पतालमा

माधव प्रसाद रेग्मी
२०७३ फागुन २४ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट मेरो बेनी अस्पतालको अध्यक्षयमा नियुक्ती भयो । लामो समय रिक्त रहेको उक्त पद मैले बहाली गर्दा चुनौतिपूर्ण थियो । सो चुनौति सामना गर्न अस्पतालको आफ्नै मिसन “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” का साथ अस्पताल टिम मेरो नेतृत्वमा अगाडि बढ्यौ ।

सेवा विस्तारका कुरामा, गुणस्तरको विषयमा, मेडिकल सरसामानको व्यवस्थापन विषयमा समन्वयकारी भुमिका मेरो कार्यकाल ऐतिहासिक एवं उत्कृष्ट भएको भन्ने मेरो अनुभुति छ । अस्पतालमा सेवाग्राही आम नागरिक यसका भुक्तभोगी हुनुहुन्छ । निश्चित योजना तथा कामको प्रथामिकता नगरेको भए हाम्रो लक्ष्य निश्चित पुरा हुने थिएन । त्यसैले यो कार्यकाल चुनौतिपूर्ण र कठिन थियो ।

मुख्य चुनौतिहरु निम्न थिए ः
ड्ड अस्पतालको Indoor बाहिरगं कक्ष , प्रसुति कक्ष तुरुन्तै भत्काउनु पर्ने ।
ड्ड अस्पतालको प्रशासन ,लेखा ,भिडियो एक्सरे कक्ष तत्काल भत्काइने अवस्था ।
ड्ड ल्याव भवन ,एक्सरे भवन ,औषधी कक्ष, डेन्टल ,इमरजेन्सी लगायतका सवै सेवाहरु प्रदान गरिदै आएका भवन हरु सवै भत्काइने अवस्थामा थिए ।
नयाँ अस्पताल भवन निर्माणका लागि ठेक्का स्वीकृत भै सकेको र ठेकेदारले पनि माथिका संरचना भत्काउने अवस्थामा थियो ।
तर यस्को वैकल्पिक उपाय बारे कुनै तयारी थिएन । Indoor मा रहेका विरामी हरुलाई एउटा ठुलो पालको व्यवस्था गरिएको थियो । जहाँ विरामीको वेड राखी सेवा प्रदान गर्नुपर्ने अवस्था थियो । यस सम्बन्धमा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन न्यौपानेको सल्लाह सुझाव र अनुभव ,दक्षता मलाई काम गर्ने हौसला र प्रेरणा मिल्यो । साथै साविकको सेवा लाई निरन्तरता दिन क्लिनिकल को.अर्डिनेटर डा. धिरेन मल्लको सल्लाह र सहयोग पनि स्मरण गर्न चाहान्छु । सवै सेवाहरु सुचारु राख्दै ५० वेडको अस्पतालको निर्माण कार्य पनि अघि वढ्यो ।

अन्तरंत कक्ष Indoor को व्यवस्थापनका लािग नयाँ नक्सा ल.ई. गरी विकास समितिको तर्फबाट भएपनि अस्थायी भवन निर्माण गर्ने विकास समितिको वैठकबाट निर्णय गरियो । तर तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा सगँ पनि सम्र्पक गरि यहा्रँको अवस्था जानकारी गराइ आवश्यक वजेटको माग राखे । मन्त्रालय र विभागियमा डा.रोशन न्यौपाने निरन्तर सम्पर्कमा रहनु भयो । स्वास्थ्य मन्त्रालयबाट रु १,१०,००००० (अक्षरुपी रु एक करोड दश लाख ) रुपैया निकासा आयो । भवनको टेण्डर भई स्वीकृत हुने अवस्था सम्म आर्थिक वर्ष ०७३।७४ को अन्तिम भइसकेको थियो । ठेकेदारले काम गर्दै जादाँ सम्पन्न हुन नसकेपछि रकम फ्रिज भयो । भवन बनाउनै पर्ने थियो र कामलाई निरन्तरता दिइयो ।

स्वास्थ्य सेवा विभागमा अस्पतालको MSS न्युनतम सेवा मादण्डबाट बेनी अस्पताल उत्कृष्ट अस्पतालको घोषण भएपछि व्यवस्थापन महाशाखा प्रमुख प्रभावित हुनुभयो र केही रकम निकासा दिने आश्वासन पनि दिनु भयो ,हाम्रो हौसला बढ्यो । डा.रोशन न्यौपानेको सक्रियता र निरन्तर सहयोगको कारण बाट बजेट निकासा भई गत वर्ष को विभिन्न कार्यलाई निरन्तरता दिइयो र NDOOR  ejg  भवन X–ray SCUभवन निर्माणकार्य सम्पन्न भई पहिलो भन्दा राम्रो सेवा दिने व्यवस्था गरियो । इमरजेन्सी सेवाका लािग पुरानो जनस्वास्थ्य र स्टोर भवन मर्मत गरी सेवा प्रदान गरिएको छ ।

भवनबाट जनस्वाथ्य कार्यालयको भवनको सभाहल लगायतका अन्य कोठमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइयो । ति दिन अस्पतलाका लािग बडो कठिन ,समस्यामुलक र चुनौतिका दिन थिए । हाइड्रोसिल ,हर्निया ,सुत्केरी लगायतको सल्यक्रिया गरिएका विरामी हरुलाई हालको अपरेशन थिएटरबाट रातीको समयमा पनि माथि सम्म वोकेर लगेर सेवा दिनु पर्दथ्यो । यस बाहेक अस्पतालको मौजुदा तालिम कक्षमा OPD ,भिडियो एक्सरे सेवा दिने व्यवस्था मिलाइयो भने ३०० MA को अत्याधुनिक एक्सरे सेवा प्रदान गर्न उक्त मेशिनको लागि आवश्यक मापदण्डको कक्ष अस्थायी संरचानामा तयार गरिएको छ । यरी अस्पताल विकास समितिका सम्पुर्ण सदस्य साथीहरुको रचनात्मक भावना र सुझाव र सहयोग बाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लेखा अधिकृत स्टोर र प्रशासनका साथीहरु निसंकोच सहयोग बाट अव नयाँ अस्पताल निर्माण नहुन्जेल सम्म सेवालाई निरन्तरता र स्तरीयता दिन सहज हुनेछ ।

आर्थिक व्यवस्थापन
 मैले अस्पतालमा पहिलो वैठकमा आर्थिक सुधारको काम शुरुवात गरेको छु ।
ग्रीन वैकमा ८० लाख रुपैया शून्य प्रतिशत व्याजमा राखिएकोमा वैकसगँ सेवा सम्र्पक गरी १० प्रतिशत व्याज नदिने भए अन्य वैकं सगँ कारोबार गर्ने कुरा राखेपछि १० प्रतिशत व्याजमा वचत खाता बाट आउने व्यवस्था मिलाईयो । सथै उक्त व्याजदरमा हाल बद्लिदो परिस्थितिमा घटबड भै रहन्छ तर शून्य प्रतिशत भएको छैन ।

वचतमा रहेको रकम मध्य ३५ लाख १३ प्रतिशत व्याजदरमा ग्रिन विकास वैंक मुद्यतीमा स्थानान्तरण गरिएको छ भने २५ लाख पुन ः मुद्दतीमा राख्ने निर्णय भएको छ । मेरो बहालीको अवस्थामा ग्रिन विकास वंैकको वचत खाता वाहेक बेनी वचत , नेपाल वैंक लिमिटेड , गरिमा विकास वैंकमा गरि एक करोड पन्ध्र लाख थियो भने नयाँ अस्थायी संरचना निर्माणमा रु वीस लाख खर्च गर्दा पनि ०७५ आषढ मसान्त सम्म रु एक करोड त्रीपन्न लाख अस्पताल विकास समितिको खातामा मौजुदा छ ।

बेनी अस्पताल सरहका कुनै अस्पतालमा रकम मौजुदा छैन । ०७३ चैत्र देखि ०७५ आषाढ मसान्त सम्म सेवा वापत कुनै शुल्कको वृद्धि गरिएको छैन तर EHS वापत लिइदै आएको रु ३५० लाई घटाई रु ३०० बनाइएको छ ।
मेरो कार्यकालमा निर्माण र आर्थिक व्यवस्थापन बाहेक निम्न कार्यहरु सम्पन्न भएका छन् ।
 अस्पताल भवनको शिलन्यास भै काम निर्माण कार्य शुरु भएको छ तथापी यस्ले गति लिन सकेको छैन । सम्बन्धित निकायमा सम्पर्क भैरहेको छ । अस्पताल विकास समिति ले यस विषयमा आवश्यक निर्णय लिन सम्बन्धित निकायमा प्रक्रिया अघि वढाइएको छ ।
 डाक्टर क्वार्टर ,स्टाफ नर्स क्र्वाटरको निर्माण शुरु गरि उक्त निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
 पानी आपूर्तिको विशेष व्यवस्थापन गरिएको छ ।
 सबै सेवालाई सुचारु ग्र्न ठाँउठाँउमा इनभर्टर र Solar को व्यवस्था गरिएको छ।
 सुत्केरीको सालनाल व्यवस्थापनको लागि Placenta Pit र फोहोर व्यवस्थापनको लािग इन्सिनेटर को निर्माण गरिएको छ ।
 प्रतिक्षालय स्थानान्तरण गरी सेवा ग्राहीलाई सुविधा प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

सेवातर्फ
जिल्लाभर नै एम्बुलेन्स नभएको अवस्थामा नयाँ एम्वुलेन्स ल्यायर सेवा शुरु गरिएको छ ।
स्वास्थ्य सेवा विभागमा भएका ५ वटा ३०० ःPlacenta Pit  ब् को ह्(च्बथ मेसिन मध्ये हाम्रो सम्पर्क र समन्वय तथा हाम्रो उत्कृष्ट सेवाका आधार देखाई एउटा ३०० MA  को  X-Rayमेसिन बेनी अस्पतालमा ल्याउन सफल भयौँ र उत्कृष्ट सेवा प्रदान गरिआएका छौ ।
 आफनै श्रोतबाट CARM खरिद गरी सेवा दिने निर्णय गरिएकोमा डा.रोशन न्यौपानेको सत्प्रयासबाट विभाग बाट ल्याई हाडजोर्नीको सेवा प्रदान गरिदै आएको छ ।
 क्रायो र ख्क्ष्ब् सेवा शूरु गरी महिलाहरुको पाठेघरमा हुने क्यान्सरको उपचार गर्न सुरुवात गरिएको छ ।
ल्याव ,एक्सरे र फार्मेसी सेवा २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।
 विमा सेवा लाई प्रभावकारी रुपमा संचालन गरिएको छ ।
 कर्मचारीहरुलाई अस्पताल समयमा आफ्नो Identify हुने पोषाक लगाउने व्यवस्था मिलाइएको छ ।
 स्टोर धुलाई गरी खाली भएको कोठामा MCH र खोप सेवा लाई व्यवस्थित गरिएको छ ।
 स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको न्युनतम सेवा मापदण्डको आधारमा गरेको मुल्याङकन मा नेपालकै उत्कृष्ठ अस्पतालको ठहर भएको छ ।
 प्रदेश नं ४ को उत्कृष्ट जिल्ला स्वास्थ्य सुचाङ्क अस्पताल भएकाले डा.रोशन न्यौपानेले ४ नं प्रदेश बाट प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।

यो अवधिमा अस्पताललाई प्राप्त सहयोग
 अष्ट्रलियामा कार्यरत मेरा मित्र माधव सुबेदी सगँको निरन्तर सम्र्पकमा रहेको कारण उहाँको सहयोगमा मुगौला उपचारका लािग चाहिने र २ थान डाइलोसिस मेसिन प्राप्त भएको । उक्त मेसिनका लािग चाहिने डाइलासिसको एबिलत डा.रोशन न्यौपानेकै सक्रियतामा निः शुल्क प्राप्त भएको छ ।
 यसरी नयाँ सेवा सुरुवातका लािग सहयोग गर्नु हुने भित्र तथा च्यतबचथ ऋगिद लाई पनि धेरै धन्यवाद दिन चाहान्छु ।
 मेरा मित्र दिप छ्रन्तयाल बाट मुटुरोगको उपचारका लागि अतयावश्यक कार्डियक मोनिटर र र बेड प्राप्त भएको र Emergency Ward बाट सेवा प्रदान गरिएको । उहाँलाई पनि हार्दिक धन्यवाद ।
 माछापुच्छे« वैंकमा कार्यरत मेरा छोरा विनय रेग्मी को सल्लाह अनुसार उक्त वैंकको वेनी शाखामा सहयोगको लािग अुनरोभ गरे अनुसार अस्पताललाई चाहिने अति आवश्यक उपकरण हरु प्राप्त भएको । उक्त वैकंलाई धन्यवाद दिन्छु ।
 यहाँ भएका चोटपटक तथा दुर्घटना का विरामीहरुाई व्यवस्थित तथ छिटो उपचार प्रदार्न गर्न Emergency Indoor का स्टाफ र अन्य जिल्लाका सल्यान नवलपरासी कपिलबस्तु , प्युठान ,लगायतका ७ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई तालिम आयोजना गरी अन्य जिल्लाहरुलाई समेत तालिम दिने काम भयो ।
 नेपाल मगर संघ इजरायलबाट प्राप्त रु १ लाख वरावरको मेडिकल औजार उपकरण खरिद भएको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुहुने संस्था लाई मुरी मुरी धन्यवाद । साथै स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग र ल्क्क्ष् जसबाट अस्पताललाई यो स्तरमा पु¥याउन हरपल सहयोग प्राप्त भयो जसलाई धन्यावद ज्ञापन गर्दछु ।
 खानेपाीन सवडिभिजन कार्यालयबाट समय समयमा आवश्यक पाइप उपलब्ध भएको ।
 अस्पतालका स्वास्थ्यकर्मी ,प्रशासन,लेखा र स्टोरका कर्मचारीलाई बेनी अस्पताल स्तरका अन्य अस्पतालको अध्ययन अनुगमन गरी प्राप्त अनुभव र ज्ञानबाट सेवालाई स्तरीय बनाउन चितवन ,सुर्खेत, कालीकोट ,जुम्ला, मुगुका अस्पताल र प्युठान स्वास्थामा भ्रमण को व्यवस्था मिलाइयो ।
 डेन्टल सेवाका लागि Dental X-ray Dental Chair को व्यवस्था गरिएको छ ।
 मेडिकल अधिकृतको राम्रो सङख्यामा व्यवस्था गरिएको छ ।
यो कार्याकालमा मन्त्रालय र विभागबाट रु १ करोड वरावरको मेडिकल औजार उपकरण नि ः शुल्क रुपमा जिल्ला अस्पतालमा ल्याइएको । अस्पतालका सेवा विस्तार र व्वस्थित गरियो ।

समग्रमा मेरो १६ महिने कार्यकाल अस्पतालका प्रमुख ,स्वास्थ्यकर्मी ,प्रशासन लेखा, स्टोर लगायतको समुहका कर्मचारीसाथीहरु बाट प्राप्त सहयोग अविस्मरणीय छ साथै सवै अस्पताल विकास समिति का साथीहरु र मेरा राजनितिक साथीहरु को सहयोग , सल्लाह र सुझाव अविस्मरणिय छ । धमिलो पानिमा माछा मार्न प्रयास पनि नभएको होइन सत्य त सत्य नै हुन्छ । विशेषत मन्त्रालय र विभागबाट आफ्नो पहुँच दक्षताको कारण बाट अस्पताललाई समय समयमा पर्ने जुनसुकै समस्या पनि समाधान गर्न डा.रोशन न्यौपाने प्रति हार्दिक आभार प्रकट गर्दै साथै रचनात्मक कार्यमा लाग्ने यो अवसर मेरो जीवनको महत्वपुर्ण समय सम्झेको छु । (रेग्मी अस्पताल विकास समितिका अध्यक्ष हुन् । अस्पतालको स्वामित्व स्थानीय तहमा हस्तान्तरण हुँदा अस्पतालमा नयाँ संरचना कार्यान्वयनमा आउनेछ । )

*लेखकको निजी अनुभव हो । यसमा अनलाइन जवाफदेही हुने छैन् ।*