Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 15

अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी दिने प्रकाश पौडेलको घोषणा

प्रकाश पौडेलले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत हालका सचिव एवम् प्रवक्ता पौडेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘सर्वसम्मतिका लागि छलफल त भइनै हाल्छ । धेरैलाई कौतहलता लागेका कारणले मैले जानकारी मात्र गराएको हुँ,’ उनले भने । अनेरास्ववियुको जारी २४औं महाधिवेशनको बन्द शत्र काठमाडौंमा जारी छ । पौडेलसहित ५ सचिवले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेका छन् । सचिवहरु प्रकाशसहित अञ्जना सिवाकोटी, आरती भट्टराई, डा. सुजन कडरिया र दीपक धामीले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

डिपोर्टमा परेका नेपालीको कथाः मेक्सिकोबाट पर्खाल नाघ्ने वित्तिकै पक्राउ परेकी थिइन्

अमेरिकाबाट डिपोर्ट भएर आइतबार ५ महिलासहित ३७ जना काठमाडौं आए । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, डिपोर्ट भएर ५ महिलासहित ३७ जना आइतवार काठमाडौं आएका हुन् ।

डिपोर्ट भएर आएका ५ महिलामध्ये ४ जना दाङ र १ जना म्याग्दीकी छन् । दुई जना २२-२३ वर्षको रहेको अधिकारीहरु बताउँछन् । ‘उहाँहरु अमेरिकी सीमासम्म पनि पुग्नु भएको रहेछ, तर मेक्सिकोको पर्खाल नाघ्ने वित्तिकै पक्राउ पर्नु भएको रहेछ’, एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि केही समयसम्म कानुनी प्रक्रिया चल्यो, पछि उहाँहरु डिपोर्ट भएर आउनुभयो ।’

अमेरिकाबाट डिपोर्ट भएर आएका मध्ये ३७ जनासँग मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सोधपुछ गरेको थियो । त्यसक्रममा फिर्ता आएका महिलाहरुले आफूहरु अवैध बाटोबाट अमेरिका गएको खुलाएका थिए । तर, उनीहरुले अमेरिका पठाउने व्यक्तिहरुबारे भने सूचना दिएनन् ।

‘केहीले पहिलो वा दोस्रो नाम मात्र भने पनि त्यो उल्लेखनीय थिएन’, एक अधिकारीले भने, ‘सामान्य सोधपुछपछि फेरि पछि कार्यालयमा उपस्थित हुन भन्दै छाडेका थियौं ।’  अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनीहरुले ६० लाख रुपैयाँभन्दा बढि खर्च गरेर काठमाडौंबाट दुबई-ब्राजिल हुँदै मेक्सिकोसम्म गएका थिए ।

डंकी रुटबाट जाँदा महिलाहरुलाई बाटोमा दुर्व्यवहार हुने गरेको सुनेका अनुसन्धान अधिकारीहरुले त्यसबारे समेत सोधपुछ गरेका थिए । तर, उनीहरुले त्यस्तो केही नभएको बताएको स्रोत बताउँछ ।

काठमाडौं आएका मध्ये एक जना डिभी परेर अमेरिका गएका व्यक्ति थिए भने अर्का विद्यार्थी भिसामा गएका युवक हुन् । दुवै जना काठमाडौंका स्थायीवासी हुन् ।

उनीहरुलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो । ‘राति प्रहरीले उहाँहरुसँग सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ’, रिजालले भने ।

प्रहरीले उनीहरुसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरुबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो ।

अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

म्याग्दीले एथलेटिक्समा तीन स्वर्ण जित्यो

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा म्याग्दीले एथलेटिक्स तर्फ तीन स्वर्ण पदक जितेको छ । गोरखा सदरमुकाममा जारी प्रतियोगितामा ४ सय मिटरमा सविना विक, सटफुटमा मुना गबुर्जा मगर र ३ हजार मिटर दौडमा सोनिया खड्काले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा कबडडीतर्फ छात्राछात्रमा विजय सुरुवात भएको छ भने भलिबलतर्फ छात्रछात्रा दुबै समुह बाहिरिएको छ । म्याग्दी मार्सल आट अन्तरगतका विधामा राम्रो सम्भावना रहेको छ । प्रतियोगिताको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।

सिटिजन्स बैंकद्वारा जामुनाखर्कमा प्रतिक्षालय निर्माण

सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ५० हजारको लागतमा निर्मित प्रतिक्षालयको बैंकका गण्डकी प्रदेश प्रबन्धक हरिप्रसाद घिमिरेले वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गर्नुभएको छ ।

सोही अवसरमा वडा अध्यक्ष बानियाँले यसअगाडी पनि बैंकले वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको बताउँदै वित्तिय संस्थले ग्रामिण बस्तीमा जनतालाई सहज हुने गरी सेवा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्षालयमा जामुनाखर्कका स्थानीय,विद्यार्थी तथा बर्षातको समयमा सहज हुने  शाखा प्रबन्धक सुमित सुबेदीले बताउनुभयो । उक्त, स्थानमा प्रतिक्षालयको आवश्यकता रहेको स्थानीयको माग अनुसार नै निर्माण गरिएको शाखा प्रबन्धक सुबेदीको भनाई छ । गतबर्ष बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो ।

बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको प्रदेश प्रबन्धक घिमिरेको भनाई छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर २ सय वटा शाखा, १६८ वटा एटिएम र ३ वटा काउन्टर र ७४वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अनेरास्ववियुको अध्यक्षका दाबेदार प्रकाश पाैडेलको यस्तो छ सांगठनिक विगत

सत्तारूढ नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन जारी छ । नेतृत्वमा सर्वसम्मतिको प्रयास भए पनि अन्तिममा प्रकाश पौडेल र दीपक धामीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ३२ वर्ष उमेर हद नलाग्दा महासचिव वा सचिवमा चित्त बुझाउने परिस्थितिका नेताहरू अहिले अध्यक्षको दाबेदारीसहित मैदानमा छन ।

अध्यक्षमा सचिवहरू मध्येबाट प्रकाश पौडेल र दीपक धामीले सशस्त्र दाबी पेश गरेका छन भने केही पूर्व अध्यक्षको आडमा डा सुजन कडरियाले पनि दाबी पेश गरेका छन । उनले सहमति नभएको खण्डमा प्रकाश पौडेललाई साथ दिने सम्भावना रहेको छ । अनेरास्ववियुको अधिकांश पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्ष र महसचिव दुबै प्रकाशको पक्षमा उभिएका छन । पार्टी नेतृत्वले उम्मेदवार नियुक्त नगरेका कारण स्वच्छ प्रतिस्पर्धा भए अनेरास्ववियुको आगामी नेतृत्वमा प्रकाशको सम्भावना बलियो देखिन्छ । महासचिवमा रोमसकुमार खतिवडा (आरके रोमस) र मदन भण्डारीको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । हामीले यहाँ अध्यक्षका दाबेदार प्रकाश पौडेलको संगठिन विगत कोट्याउने प्रयास गरेका छौँ ।

संगठनमा प्रकाशको सङघर्ष
स्कुले जीवनमा नै अखिलको जिल्ला कमिटीमा प्रबेश गरिसकेकोले पार्टीमा प्रकाशको परिचय बनिसकेको थियो । कलामा पनि पोख्त थिए प्रकाश त्यसैले २०६४ को निर्बाचनमा जिल्लाभर कलाकारको रुपमा उनले भूमिका खेलेर आफ्नो बलियो स्थान बनाए।

शब्द शब्दमा उर्जा देखिने प्रकाशका गीतहरुले बस्तिहरुका आवाज बोल्दथे र आवाजविहीनलाई पनि आवाज उठाउन प्रोत्साहन गर्दथे । कलिलो स्वरमा गाइएका क्रान्तीकारी शब्दहरुले बस्तिहरू नै भावुक हुन्थे र जुझारू मुठी उठथे । ११/१२ कक्षा अध्ययन गर्दैगर्दा प्रकाश अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । सङठनले दिएको जुनसुकै जिम्मेवारी फत्ते गर्ने बानिले उनलाई रकेट लिडरको रुपमा उभ्याइरहेको थियो । सङ्ठन विस्तार गर्न गाउँ पसेपछि उनी अनेरास्ववियुसँगै पार्टीमा पनि प्रभावकारी बन्दै गए

स्कुले जीवनमै हुँदा पोखरा महाधिवेशनमा पनि उनी प्रतिनिधि छनोट भएका थिए तर परीक्षका कारण उनले त्यस समयको महाधिवेशनमा भाग लिन पाएनन् । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा भने प्रकाश म्याग्दीबाट निर्वाचित भएरै प्रतिनिधि बनेर सहभागी भए । त्यसपछि सङ्ठनमा उनले थप कठोर समयको सामना गर्नुपर्यो।

म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरुको नेतृत्व प्रकाश पौडेलले गरेका छन । त्यसमध्ये बाहिरका ट्युसन इन्सिच्युट बन्द गरेर कलेजमा सुलभ दरमा कोचिङ्ग पढाउने आन्दोलनले चर्को रुप लिएको थियो । प्राध्यापकहरू कलेजमा थुनिने परिस्थिति बनेको अवस्थामा विद्यार्थीको माग र परिस्थिति अनुरुप क्याम्पस भित्रै सुलभ अतिरिक्त कक्षा संचालन गर्ने सम्झौतासंगै त्यो आन्दोलन अन्त्य भएको थियो । त्यसैको जगमा आजपनि म्याग्दी क्याम्पसमा सहज र सुलभ अतिरिक्त कक्षा सञ्चालन भैरहेको छ ।

१८ बर्षकै हुँदा उनले २०६९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्षमा चहना राखेका प्रकाश गुटबन्दीको मारमा परेर कमिटीबाहिर बन्न पुगे । यद्यपी उनले अाफ्नो प्रयत्न जारी राखे र २०७१ सालमा २० वर्षको उमेरमा अनेरास्ववियु म्याग्दीको अध्यक्षमा निर्वाचित भए । उनले म्याग्दीको जिल्ला अध्यक्ष भएर काम गर्दा अनेरास्ववियुको देशभरका कमिटीहरूमा सर्वोत्कृष्ट बनाउँदै पुरस्कृत गराए ।

म्याग्दीको जनकल्याण मावि पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष, म्याग्दी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र जिल्ला अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश अध्यक्ष हुँदै २०७९ अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए प्रकाश । उनी संगठनको प्रवक्ता समेत हुन् ।

प्रकाश भन्छन् ‘तल्लो कमिटीदेखि निरन्तर क्रियाशिल छु, उमेरहदबारे पहिलोपटक २१ वर्षको उमेरमा नै कुरा उठाएको थिए, अर्को पटक २५ वर्षको हुँदा उठाएको हुँ र अहिलेसम्म उठाउदै आएको छु। म एजेण्डाम प्रस्ट छु ।’

जसले तत्कालीन धौलागिरीमा ओली समूहको जग हाले

प्रकाश पौडेलले तत्कालीन अवस्थामा अनेरास्ववियु भित्र धौलागिरी अञ्चलमा माधव नेपाल समूहको दबदबाको बीचमा केपी ओली समूहको जग हालेका थिए । उनले जनकुरमा महाधिवेशनदेखि यो अभियान प्रभावकारी बनाएका थिए । तत्कालीन धौलागिरीको बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा अनेरास्ववियुको संगठनमा ओली समूहको प्रभावकारिता बढाएका थिए । त्यसभेगमा अनेरास्ववियु बलियो बनाउन अगुवाइ गरेका प्रकाश म्याग्दी बहुमुखी क्याम्पसको २०६९ को स्ववियु सभापतिको उम्मेदवार थिए । तर ओली निकटको भएकै कारण उनी सचिवमा सीमित हुन पुगे । त्यस समय माधवकुमार नेपाल गुटको पेलानामा अनेरास्ववियु रहेको थियो ।

प्रकाशले म्याग्दीमा कालोबाजरीका विरूद्धमा अभियान चलाएर नागरिकलाई न्याय दिएका थिए । उनले कालोबजारीबिरूद्ध अभियान चलाउँदै दोषीहरूलाई प्रशासन मार्फत कारबाहीको दायरामा ल्याएका थिए । त्यसँगै उनले भ्रष्टाचारविरूद्धको अभियानलाई समेत सशस्त्र बनाएका थिए ।

प्रकाशले नै अहिलेको गण्डकी प्रदेशमा अनेरास्ववियुको स्वयंसेवी अभियानलाई उकासेका थिए । उनले स्वयंसेवी अभियान चलाउँदा नै म्याग्दीलाई उत्कृष्ट कमिटीको पुरस्कृत गराएका थिए । प्रकाश तीनै विद्यार्थी नेता हुन जसले माधवकुमार नेपालहरूले २०७८ मा पार्टी विभाजन गरेको समयमा म्याग्दीका कतिपय जिल्लास्तरीय नेताहरू लुकेर बस्दा उनी गाउँगाउँमा पुगेर कार्यकर्ताको पलायन रोक्न काम गरेका थिए । तीनै प्रकाश अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको रूपमा प्रस्तुत भएका छन । Source: dainiki.com

दिब्यदिप माविमा भारतीय सरकारको सहयोगमा २४ कोठे छात्राबासको शिलान्यास

उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्राबास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ ।

आइतबार लोमान्थाङ गाउँपालिका–२,छोसेरमा रहेको दिब्यदिप माध्यामि विद्यालय प्राङ्गनमा एक समारोहका बिच कुल चार करोड ३० लाख ८५ हजार ३४९ रुपियाँ आर्थिक लागतमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङ र भारतीय दुतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले संयुक्त उद्घाटन गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरूङले आवासीय भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै सहयोगको प्रशंसा गर्नुभएको थियो । भवन निर्माणमा भारतीय दुताबासबाट कुल लागतको ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकाश केसीले बताउनुभयो ।

भारतीय दुतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण उदाहारण रहेको बताउनुभयो । भवन शिलन्यासमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय जनप्रतिनिधि,सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिब्यदिपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देही लगायतका जिल्ला सहित  बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । भवन निर्माणका लागि स्थानीय बृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा समेत दान दिनुभएको थियो । उपल्लो मुस्ताङमा भारत, चिनियाँ, अमेरिकाको सहयोगमा विभिन्न परियोजनामा बर्षेनी लगानी गर्ने गरिएको छ । गोरखापत्र अनलाइन

 

सुन्तला रोप्न खाल्डो खन्दा बहुमूल्य यार्सागुम्बा फेला, प्रवेश निषेध

रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं. ३ रिमिघा लेकमा यार्सागुम्बा फेला परेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरको परीक्षणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बा भएको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए।

गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बाजस्तो वस्तु भेटिएको थियो। उक्त वस्तुको पुष्टिका लागि प्रयोगशालामा पठाइएको थियो। गाउँपालिकाले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई रोक लगाएको छ।

प्रयोगशालाको प्रतिवेदनपछि जिल्ला सुरक्षा समितिको बैठकले यार्सागुम्बा भेटिएको क्षेत्रमा केही दिन प्रवेश निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन।’

१,८०० मिटर उचाइमा यार्सागुम्बा भेटिएपछि जिल्लावासी उत्साहित छन्। हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य जडीबुटी हो। आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ।

यार्सागुम्बाको औषधीय गुणले शक्तिवर्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजो, मुटुजस्ता रोगको औषधि बनाउन प्रयोग हुन्छ। यो समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइन्छ। आयुर्वेद चिकित्सकका अनुसार यो च्याउ र लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो। रासस

युइएफए नेसन्स लिग : स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल

आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ।

अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे। पेनाल्टीमा स्पेनका लागि अल्भारो मोराटाले मौका गुमाएपछि रुबेन नेभेसले स्पटबाट गोल गर्न सफल भए।

डिएगो कोस्टाले अल्भारो मोराटाको पेनाल्टी सुटआउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो।

त्यसअघि स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेपछि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी दुई गोल फर्काएका थिए

खेलको अन्त्यमा कप्तान क्रिस्टियानो रोनाल्डोका आँखा खुशीको आँसुले भरिएका थिए। घाइते भएर मैदानबाट बाहिर निस्किएपछि उनी निर्णायक क्षण हेर्न बाध्य भएका थिए।

म्युनिखको एलियान्ज एरिनामा भावनात्मक उत्सव मनाउन क्रिस्टियानो रोनाल्डो बाध्य भए। खेलको अन्त्यतिर चोटका कारण मैदानबाट बाहिरिए पनि रोनाल्डोले खेल बराबरीमा ल्याउन महत्वपूर्ण गोल गरे। जसले खेललाई अन्ततः पेनाल्टी सुटआउटमा टुंगो लगायो। सन् २०१९ को जितलाई पोर्चुगलले पुनः दोहोर्‍याएको छ।

विश्वकप आउन अब १२ महिना मात्र बाँकी रहँदा यी दुई टोलीले उत्तर अमेरिकामा अर्को भिडन्तको सपना देख्नेछन्। जर्मनी र फ्रान्समाथिको सेमिफाइनल जितमा पनि प्रदर्शन गरिएको दुवै टोलीको गुणस्तरले उनीहरू त्यो उपाधिका लागि पनि प्रमुख दावेदार हुने संकेत गरेको छ।

बागलुङ नगरपालिका–६, भान्सागाउँमा जन्मेर भारतको विभिन्न स्थानमा ख्याति कमाउनुभएका कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा करोडौँका योजनामार्फत पर्यटन र धार्मिक गन्तव्य बन्दै छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी अभियान सुरु भएको थियो । पञ्चकोटको झन्डै दुई सय रोपनीभन्दा बढी जमिनमा ६० करोड लगानीबाट धार्मिक तथा पर्यटकीय संरचना बनिसकेका छन् ।

बागलुङ नगर क्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमाथि माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच वटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो । यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मूर्ति, सिसमहल, सभा हल, भोजनालय तथा हवनकुण्डलगायतका संरचना बनिसकेका छन् । पाँच हजार ५५५ केजीको घन्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलनको काम हुँदै आएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले पनि साथ दिएको छ ।

पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गर्ने लक्ष्य राखिएको छ । १०८ फिट अग्लो कलश बनाएर यहाँका पाँच वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलशका लागि फाउन्डेसन तयार भइसकेको छ । संसारकै अग्लो कलश बनेपछि नेपाल र भारतका लाखौँ पर्यटकलाई पञ्चकोटमा आकर्षित गर्न सकिने सम्भावना देख्नुहुन्छ अभियानका अगुवा स्वामी कमलनयनाचार्य ।

कलश बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रह्माण्डीय महायज्ञ’ सम्पन्न भइसकेको छ । कलश झन्डै १३ तलाको घर बराबरको हुने गरी डिपिआर बनिसकेको छ । बाहिरी स्वरूप कलश जस्तै भए पनि भित्री खण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुने छन् । झन्डै दुई अर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् ।

राज्यका उच्चपदस्थ आउने भएपछि पञ्चकोटमा नेपाली सेनाले पक्की हेलिप्याडसमेत बनाएको छ । दैनिक जसो बस र जिपमा सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पञ्चकोट आउने गरेको वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । पञ्चकोट धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि कतिपय बसाइँ सरेर काठमाडौँ र मधेश झरेकाहरू गाउँ फर्कन थालेको केसीको भनाइ छ ।

दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्य बन्ने भएपछि भान्सा र सिमगाउँका अधिकांश घरमा रेस्टुरेन्ट सञ्चालनको तयारीमा स्थानीय जुटेका छन् । पर्यटकीय चहलपहल बढ्न थालेपछि यहाँको जग्गाको मूल्यसमेत बढेको सुमन किसानले बताउनुभयो । बागलुङ नगरपालिकाले पाँच वटै कोटको संयुक्त क्षेत्रलाई जुलोजिकल पार्क बनाउने योजना अगाडि सारे पनि बजेट अभावमा अहिलेसम्म काम भने हुन सकेको छैन ।

गोरखापत्र अनलाइन

मुक्तिनाथ मन्दिर र लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतको पहल

गण्डकी प्रदेश सरकारले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र एतिहाँसिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा समुद्र सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिएको मुक्तिनाथ मन्दिर र लोमान्थाङ गाउँपालिकामा रहेको १५ औं शताब्दीको एँतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीका लागि प्रभावकारी पहल गर्ने उल्लेख छ ।

मुक्तिनाथ मन्दिरमा नेपाल, भारत तथा तेस्रो मुलुकमा रहेका हिन्दु र बौद्ध धर्मालम्बीहरू बर्षेनी लाखौंको संख्यामा पुग्ने गरेका छन् । हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ

त्यसैगरी करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङमा रहेको दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो।

यसैबीच धार्मिक तथा ऐतिहाँसिकस्थलहरु मनकामना मन्दिर, बागलुङ कालिका, लिगलिगकोट दरबार, गोरखा दरबार, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, क्होलासोथर, पुर्कोट कालिकालाई समेत विश्व सम्पदा सूचीमा राख्ने गरी तयारी गरिने उल्लेख छ । यता निति तथा कार्यक्रममा देवघाटदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटन प्रर्वधन गर्ने उदेश्यले अन्तराष्ट्रि«यस्तरको धार्मिक पर्यटकीय सर्किटको रुपमा प्रयोग गरिने छ ।

कोरला नाकाबाट हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि प्रयोग गर्न नेपाल सरकार समक्ष आवश्यक पहल गर्ने उल्लेख छ ।। नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ । नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो ।

यसपटक नीति तथा कार्यक्रममा धार्मिक तथा पूर्वाधारका क्षेत्रका लागि प्राथमिकतामा परेका क्षेत्रको कार्यान्वयनका लागि आगामी आवको सुरुवातदेखि नै सक्रिय हुने मुस्ताङको प्रदेशसभा (क) का नेपाली कांग्रेसका नम्डु गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङ क्षेत्रबाट तिब्वतमा रहेको समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा कैलाश पर्वतका लागि मार्ग खोल्न सकेमा धार्मिक पर्यटनका लागि गण्डकी प्रदेशका लागि कोशेढुंगा सावित हुने प्रदेशसभा सदस्य गुरुङको भनाई छ ।