Saturday, June 7, 2025
23.5 C
Beni
23.5 C
Beni
Saturday, June 7, 2025
Home Blog Page 1500

मिर्गौला फेल हुने ७ कारण

एउटा महत्वपूर्ण तरिका स्वस्थ जीवनशैली हो । शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ जीवनशैली यापन गछौं । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

कोखमा हुने यस अंगले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरिरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज )। किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हानी गर्छ । किड्नी फेलका सामान्य कारण यस्ता छनः

पर्याप्त पानी नपिउनु
हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउछ ।

पिसाब रोक्नु
काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।

अत्यधिक प्रोटिन
शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

नुनको मात्रा बढी
नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।

पेनकिलरको नियमित प्रयोग
नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक मदिरा
अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ ।

संक्रमणप्रति अज्ञानता
निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही किड्नीलाई अशर गर्छ ।

स्वास्थ्य खबरपत्रिबाट

मृगौलाको पत्थरीबाट छुटकारा पाउन सेवन गर्नुहोस् यी खानेकुरा

पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ । यसो गर्नाले मृगौलाको पत्थरी निको हुन्छ ।

करेला निकै तितो हुने हुनाले यसलाई निकै कम मानिसले मात्र मन पराउँछन् । तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ । नियमित रुपमा केराको सेवन गर्नाले मृगौलाको पत्थरीबाट छुटकारा दिन्छ । यसमा हुने भिटामिन बी ६ ले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स–साना ढुंगालाई टुक्रा पार्छ । भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृगौलाको पत्थरीबाट राहत मिल्छ । अंगुुरले प्राकृतिक मूत्रबबर्द्धकको रुपमा कार्य गर्ने भएकाले यसले मृगौलाको पत्थरी निको पार्न महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबर्द्धकको काम गर्छ ।

अनारको बियाँ र रसमा भएको टर्रोपनका कारण मृगौलाको पत्थरीमा प्राकृतिक औषधिको काम गर्छ । अनार किफायती र असरदार पनि हुन्छ । तुलसी सबैजसो बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृगौलाको पत्थरीबाट छुटकारा पाउन सहयोग मिल्छ । कम्तिमा एक महिनासम्म तुलसी चिया पिएमा पत्थरी पिसाबबाट निस्कन्छ ।

जैतुनको तेलका साथ कागतीको रस मिसाएर सेवन गर्नाले मृगौलाको पत्थरीलाई निको पार्छ । कागतीको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ ।

जन्डिसको घरेलु उपचार

जन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।गोलभेडाको जुसः एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।

मुलाको पातः मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।मेवाको पातः एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।

उखुको रसः उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ । एक गिलास उखुको जुस नियमित पिउनुहोस् । दुई सातामै सकरात्मक नतिजा आउँछ । जुस निकाल्नुअघि उखुलाई राम्रोसँग सफा गर्नुहोस् ।तुलसी पत्ताः १० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।

ग्रोजबेरीः ग्रोजबेरीमा भिटामिन सी पर्याप्त पाइन्छ । जन्डिसको लक्षणहरु अन्त्य गर्न वा जन्डिस भइसकेपछि पनि यसबाट मुक्त पाउन यसले निकै सहयोग पुर्याउछ ।जौः एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।

कागतः कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।

चिचिन्डोः सात देखि १० ओटा चिचिन्डाका पात लिनुहोस् र एक कप पानीमा मिसाएर उमालेर चिसो बनाउनुहोस् । सेलाएपछि दिनमा कम्तिमा तीन गिलास पिउनुहोस्, जन्डिसबाट केही हदसम्म मुक्ति मिल्न सक्छ ।

घ्युकुमारीको पातः घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।

कसनीको बिरुवाः यो आफैमा औषधी हो। कलेजोको रोग उपचारका लागि कसनीका सबै भाग जस्तै फुल, विया, जरा र बोक्रा समेत प्रयोग हुन्छ । यसको जुस पिउनाले कलेजोेलाई सक्रीय रुपमा काम गर्छ ।

महिः एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।

केराः पाकेको केरालाई मुठिले मिच्नुहोस, केही मह मिसाउनुहोस र दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।

गाँजरको जुसः गाँजरको ताजा जुस बनाउनुहोस् र दिनमा पाँच सात पटक पिउनुहोस् । गाँजरका टुक्रालाई रोगीले खाने खानामा समेत मिलाए दिनुपर्छ ।

बिल पुर्जाको ठेट् मौलिका भाका ‘शिरफूल मायाँ’ बजारमा

बजारमा मौलिका लोक गीतको अभाव खड्किएको बेलामा गीतकार बिल पुर्जा मगरले ठेट् मौलिका भाकाको ‘शिरफुल मायाँ’ बजारमा ल्याएका छन् । साउने संक्रान्तिको अवसरमा मंगलबार साझँ सार्वजनिक भएको गीतले ग्रामिण क्षेत्रमा गाइने मौलिकतालाई स्थान दिएको छ ।

https://youtu.be/C8X1ySBLPCQ

गीतकार एवम् गायक पुर्जाको स्वरमा चर्चित गायिक गिता पाईजा, श्रीषले साथ दिएको गीतले ठेट् मौलिक भाकालाई संरक्षणको प्रयास गरेको गायक पुर्जाले बेनीअनलाइनलाई बताए । ‘लोपउन्मुख मौलिका सालैजो भाकाको संरक्षणको प्रयास गरेको छु,‘यूटुवबाट हेरेर प्रतिक्रिया दिनुहुनु अनुरोध गर्दछु’ पुर्जाले भने ।

उनले गीतमा जिल्लाकै पर्यटकीयस्थल घोरेपानी लगाएतका क्षेत्रलाई समेत जोडेका छन् । उनले आफ्नो गीतले नयाँ पुस्तालाई समेत पुराना भाकाका बारेमा जानकारी गराउने दावी गरे । उनले ग्रामिण क्षेत्रमा मौलिक सालैजो भाकाको लोप हुन थालेपछि आफुँले जर्गेना गर्ने प्रयास गरेको बताउँदै भविस्यमा पनि निरन्तरता दिने बताए । जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ घार खिवाङ स्थायी घर भई हाल यूकेमा रहेका पुर्जाले यसअगाडी पनि गाउँलाई जोडेर लोकप्रिय गित बजारमा ल्याएका थिए ।

पुष्कर बिबेक थापाको निर्देशन, करण चैसिरको छांयाङ्कन र मनोज कार्कीको सम्पदान रहेको गीतमा लोकप्रिय लोकदोहोरी कलाकार रिना थापा र निर्देशक थापाले अभियन गरेका छन् । हिम सम्झौता डिजिटलले दृष्य निर्माण गरेका गीतको निर्माता समेत पुर्जा रहेका छन् । यूकेमा रहेको धौलागिरी नौमति बाजा समुहका अध्यक्ष समेत रहेका पुर्जाले मौलिक गीतसंगित संगै धामीझार्की सम्बन्धि किताव समेत सार्वजनिक गरेका छन् । गीतमा गाउँले मेलापर्वमा गाइने गीतको झल्को दिने गरी तयार गरिएकाले पनि चर्चा कमाउने निर्देशक थापाको भनाई छ ।

पत्रकार शर्मा र गौतम सम्मानित

बेनी नगरपालिका वडा नं ६ ले वडाको विकास निर्माण र सेवा प्रवाहका विषयमा समाचारमार्फत सर्वसाधारणलाई सुसूचित गराएको भन्दै पत्रकार धु्रबसागर शर्मा र सन्तोष गौतमलाई सम्मान गरेको छ ।मंगलवार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले पत्रकार शर्मा, गौतम सहित सहकारीका अभियन्ता बागलुङका रामवहादुर जिसी र बेनी नगरपालिकाका प्राविधिक हरि आचार्यलार्ई नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले नगरपालिकाको ६ नम्वर वडाले गरेका कामहरु उदाहरणीय रहेका वताउँदै संचारमाध्यमहरुले पनि सकारात्मक कामप्रति सहयोग र जनहित विपरितका कामहरुमा खवरदारी गर्नुपर्ने बताए ।कार्यक्रममा वडाअध्यक्ष कृष्णवहादुर बानियाँले वडाले तत्काल लागु हुने गरि वडा भित्र बिहानदेखि दिउसो ४ बजेसम्म मदिरा तथा सुर्तिजन्य पदार्थहरु बेचबिखन र सेवनमा प्रतिबन्द लगाइएको बताए ।

वडाअध्यक्ष बानियाँले मदिरा तथा सुर्तिजन्य पदार्थले समाजमा शान्ति, अमनचयनमा खलल पु¥याउने र बिभिन्न खाले सामाजिक बिकृति उत्पन्न हुने भएकाले प्रतिबन्ध गरिएको बताउनुभयो । सम्मानितहरुले वडाप्रति आभार प्रकट व्यतm गर्नुहुदै सम्मानले आफुहरुलाइ थप उर्जा थपेको बताउदै कर्मनिष्ठ भएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरे ।कार्यक्रम वडाअध्यक्ष बानियाँको अध्यक्षता,वडा सदस्य दयासागर शर्माको स्वागत र सचिव सगुन कसजुको संचालनमा सम्पन्न भएको थियो ।

ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थल

ʿढुँगा टुसाउँदैन, उन्यू फुल्दैनʾ भन्ने प्राचीन नेपाली उखान जनजिब्रोमा प्रचलित भए पनि म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थल हो ।नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि स्वयम्भू ज्योर्तिलिङ्ग, शालिग्राम जलबराह कुण्डसहित देवदेवीको एक साथ दर्शन र अवलोकन गर्न पाइने यो तीर्थस्थल धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्दै गएको छ ।

स्वयम्भू ज्यार्तिलिङ्गसहित वरपर पानीको स्रोत नभएर पनि जस्तै खडेरीमा पनि पानी नसुक्ने यहाँको जलबराह कुण्ड र शीलामाथि विभिन्न समयमा टुसाएर उत्पत्ति भएका देवदेवीका आकृतिको दर्शनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ अधिकारीले जानकारी दिनुभयो ।

गलेश्वरका अलौकिक धार्मिक सम्पदा, महिमा र यहाँ वरपरको प्राकृतिक सौन्दर्यले देश विदेशका तीर्थयात्री, भक्तजन एवम् पर्यटकलाई लोभ्याउन सफल भएको उहाँले बताउनुभयो ।पछिल्लो समयमा विकास हुँदै गएका पूर्वाधार, व्यवस्थापन, प्रचारप्रसार र सडक सुविधाका कारण गलेश्वरमा भक्तजन एवं पर्यटकको आगमन बढेको गलेश्वर शिवालयक्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी बताउनुहुन्छ ।

“भक्तजनको आगमनसँगै संकलन हुने भेटी वर्षेनी वद्धि हुँदै गएको छ, आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तीन हजार रुपैयाँ भेटी संकलन भएको छ,” उहाँले भन्नुभयो, “यस अवधिमा मन्दिरमा करिब एक लाख ७० हजारजना भक्तजनको आगमन भएको हामीले अनुमान गरेका छौं ।”कोषको सचिवालयका अनुसार आर्थिक वर्ष २०७२७३ मा २८ लाख २७ हजार ९७९ रुपैयाँ भेटी संकलन भएको थियो ।

“बेनी–जोमसोम सडक सञ्चालन, गलेश्वरको धार्मिक र ऐतिहासिक महत्वको प्रचारप्रसारका साथै आम्दानीलाई पारदर्शी र पूर्वाधारलाई व्यवस्थित गरिएसँगै भक्तजनको आगमन उल्लेख्य रुपमा बढेको छ” – अध्यक्ष केसीले भन्नुभयो । गलेश्वरमा सतीदेवीको गला पतन भई ज्योर्तिलिङ्ग प्रकट भएको हिन्दु धार्मिक ग्रन्थ स्कन्ध पुराणमा उल्लेख भएको बताउने कोषका उपाध्यक्ष पं पराजुलीका अनुसार ऋषभदेवका जेष्ठ पुत्र राजा भरतले गलेश्वरमा तपस्या गरी मोक्ष प्राप्ति गर्नुभएको थियो ।उहाँका अनुसार पुलस्त्य पुलह, वशिष्ठ, गालवऋषि, राजार्षिरहुगण, कपिलमुनि, गलेश्वर बाबा, जडभरत जस्ता ऋषिले तपस्या गरेको यस स्थानको दर्शन गरेमा पुण्य प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

गलेश्वर दर्शनका लागि पाल्पाबाट आएका प्रदीप बस्यालले धामिक महिमा, मन्दिरको व्यवस्थापन, पूर्वाधार र अनौठा दृश्यबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।एउटै चक्रशिलामाथि अवस्थित गलेश्वरको दर्शन र कालीगण्डकीको स्नान गर्न पाएकामा काठमाडौँबाट आएकी ६० वर्षीया पुष्पकला पराजुलीले प्रशन्नता व्यक्त गर्नुभयो ।

“छिमेकीबाट गलेश्वरको महत्वका बारेमा जानकारी पाएका कारण दर्शनका लागि आएकी हुँ,” पराजुलीले भन्नुभयो – “गलेश्वर जस्तो अलौकिक ठाउँमा अहिलेसम्म पुगेकी थिइनँ ।”एकै ठाउँमा रहेका शिवालय, जलबराह कुण्ड, १०८ शिवलिङ्ग, गणेश मन्दिर, शालिग्राम, ज्योतिर्लिङ्ग र लक्ष्मीनारायण मन्दिरको मनमोहक र रमणीय दृश्य एकसाथ अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो ।

“चक्रशिलाको सबैभन्दा उच्च स्थानमा रहेको जलबराह कुण्ड र ढुँगामै स्वयं प्रकट भएका शालिग्राम गलेश्वरलाई अलौकिक स्थलको रुपमा चिनाउने आधार हो,” अध्यक्ष केसीले भन्नुभयो – “ढुँगामाथि रहेको जलबराह कुण्ड पानीको स्रोत नभए पनि जस्तोसुकै खडेरीमा पनि कहिल्यै नसुक्नुलाई दैवी चमत्कारकै रुपमा लिने गरेका छौं ।”

विष्णु भगवानले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।बराहको मध्य भागमा शेषनाथको मूर्ति छ । मन्दिर अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्वहरू यहाँ भगवान् विष्णु शालिग्रामको रुपमा स्वयं प्रकट भएको र ढुँगो टुसाएको दावी गर्छन् ।

यसका अतिरिक्त १०८ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रीका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायःजसो सबै दिन भक्तजन आउने गरेका छन् ।

मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।भेटीबाटै कार्यालय र संस्कृत पाठशाला सञ्चालन भएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार भेटी र चन्दाबाट सत्संग भवन, पुजारी आश्रम, प्रवेशद्वारदेखि मन्दिर र कालीगण्डकी नदीसम्म पक्की पदमार्ग, प्रवेशद्वार र शिवलिङ्ग निर्माण गरिएका छन् ।यस्तै, भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा सिसीटिभि क्यामेरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा हालै बसपार्क समेत निर्माण भएको छ ।गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ ।

अन्नक्षेत्र आश्रम व्यवस्थापन समितिले मुठ्ठीदान संकलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित जेष्ठ नागरिक र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको उपाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको १०८ धारामा स्नान गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर १०८ धारा निर्माणको प्रक्रिया अघि बढाइएको छ । रासस

साउने संक्रान्तिसँगै सूर्यकाे दक्षिणायण गति सुरू, यस्ताे छ साउने संक्रान्तिकाे महत्व

अाज साउने संक्रान्ति, यसलार्इ कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । अाज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुताे फाल्ने दिनका रूपमा यसदिन विशेष सरफार्इ गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ ।

सौरमासका हिसाबले अाजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यकाे दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ।

सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिसँगै सुरू भएकाे सूर्यकाे उत्तरायण गति साउने संक्रान्तिसँगै दक्षिणायण तर्फ माेडिन्छ । यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत रहेकाे छ ।

यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।

सुदुरपश्चिममा यसैदिनबाट ‘कालाे महिना’ लाग्याे भन्ने गरिन्छ र दैलाे वरिपरि झिझिरकाँडी लगाइन्छ भने  अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताकाे विशेष पूजा, र निरन्तर दियाे बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियाे लुगा र चुरापाेते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ ।

काठमाडौंलगायतका स्थानमा भने साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ। यसै दिनबाट नयाँ अार्थिक वर्षकाे प्रारम्भ समेत हुन्छ ।

सुन्दर रहन अपनाउनुहाेस् यी घरेलु उपाय

सबैलाई सुन्दर हुन मन पर्छ ।  तर कतिपय अवस्थामा अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरता बिगार्छ। प्राकृतिक रूपमा यस्ता दाग हटाउन अपनाउनु पर्ने बिभिन्न उपायहरु यस्ता छन् ।

–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।

–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।

–दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
–घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
–बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
–आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
–आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
–बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
–पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
–प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
–तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
–हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
–केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
–गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
–गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।\
–घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
–खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
–काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
—एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

पिसाब पोलेमा यसो गर्नुहाेस्

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ ।

पिसाब पोल्ने समस्या कहिलेकाहीँ  केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

२.गाजरको रस साँझ बिहान  १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.

८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

 

वर्षायाममा माछा सेवन हानिकारक

माछा  स्वस्थवर्द्धक खानेकुरा हो। माछाको मासुमा ओमेगा(३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने अनुसन्धानबाट पत्ता लागिसकेको छ। माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन(डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ।वर्षायाममा माछाको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ।

यो मौसम माछा र अन्य समुन्द्री जीवका लागि प्रजननको मौसम हो । अण्डा भएको माछा खाँदा पेटमा संक्रमण र फूड पोइजनिङको खतरा बढ्ने गर्छ । वर्षायाममा पानी प्रदुषणको सम्भावना बढ्ने गर्छ । यस्तोमा माछामाथि फोहोर जम्मा हुन्छ जुन सफा पानीले धुँदासमेत जाँदैन । फोहोर माछा खाँदा टाइफाइड, जन्डिस र झाडापखालाजस्ता रोग लाग्नसक्छ ।माछालाई ब्याक्टेरिया र यिस्टबाट बचाउनका लागि सल्फाटेस र पोलिफोस्पाटेसजस्ता प्रिजर्भेटिभको प्रयोग गरिन्छ । यस्ता माछा खाँदा सास फेर्न समस्या हुनुका साथै हृदयरोग लाग्ने गर्छ ।