Sunday, June 8, 2025
19.6 C
Beni
19.6 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 1499

नरिवलको तेल र कपूरको मिश्रण,छाला तथा कपालको लागि बहुउपयोगी

अनि पूजाकोठामा हुने कपूरको महत्त्वका बारेमा पनि तपाईं जानकार हुनुहुन्छ होला ।कपूरले घरको नकारात्मक ऊर्जालाई बाहिर निकाल्छ अनि अनेकौं रोगको उपचारमा यसको औषधि बनाइन्छ ।नरिवलको तेलले छाला र कपालको चमक बढाउँछ र यसमा भएको गुणले चाउरी पर्न पनि दिँदैन ।

नरिवलको तेल र कपूर मिसाउँदा यसको असर दुईगुणा बढ्छ ।

यो मिश्रणबाट हुने फाइदा जानिराख्नुस् –

आहारको कमी र प्रदूषणका कारण छालासम्बन्धी समस्या आउनु सामान्य भइसकेको छ । छालामा दाग देखिएर समस्यामा पर्नुभएको छ भने नरिवलको तेलमा कपूर मिसाएर छालामा दल्नुस् ।

छाला चिलाउने समस्या छ भने नरिवलको तेलमा कपूर मिसाएर मज्जाले मसाज गराउनुस् । यसो गर्दा चिलाउने समस्या हट्छ र ब्याक्टेरियल इन्फेक्सन पनि हटाउँछ ।

कपालको चायाँ आजकल धेरैजनाको समस्या हो र जाडोमा त झन् यो समस्या धेर बढ्छ । यसकारण कपाल कमजोर भएर टुट्न थाल्छ । चायाँ हटाउन नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गर्नुस् ।

छालाको एलर्जी हुनुमा फंगल इन्फेक्सन कारण हुन सक्छ । यस्तो अवस्थामा नरिवलको तेलमा कपूर मिसाएर एलर्जी भएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

कपाल झर्ने समस्या छ भने त्यसलाई रोक्न नरिवलको तेलमा कपूर मिसाएर मसाज गर्नुस् ।

अनुहारमा डण्डीफोर आएर उदास हुनुहुन्छ भने नरिवलको तेलमा कपूर नै प्रभावकारी उपचार हो ।

बर्खाको मौसममा गोडाहरूमा फंगस आएर सेतो देखिन थाल्छ र चिलाउन थाल्छ । नरिवलको तेलमा कपूर मिसाएर गोडामा लगाउनुस् र केही क्षणपछि राम्ररी गोडा धुनुस् ।

चोटपटक र डढेको निशाना छ भने पनि यो मिश्रणले काम गर्छ ।

रुघाखोकी लाग्दा नरिवलको तेल र कपूर मिसाएर छातीमा दल्नुस् । त्यसबाहेक पानीमा तेल र कपूर हालेर त्यसको बाफ लिन समेत सक्नुहुन्छ ।

ध्यान दिनुस्, कपूर धेरै पुरानो चाहिँ हुनुहुँदैन ।

 

बोल मायाकी गायिकाले ल्याईन् ‘रबि लामिछाने जिन्दावाद’ गीत (हेर्नुहोस् भिडियो सहित)

चर्चित लोक गायिका शान्ति श्री परियारको फरक प्रस्तुति बजारमा आएको छ। बोल मायाको अपार सफलता पछि रबि लामिछाने जिन्दावाद बोलको गीत लिएर आएकी छिन।रबि लामिछाने बोलको गीतमा शब्द सन्ध्या केसीको रहेको छ भने लय गणेश अधिकारीको रहेको छ।यस गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

https://youtu.be/bm_viAEplCI

शान्ति श्री परियार र सन्तोष बस्नेतको आवाज रहेको यस गीतमा आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ। उक्त गीतको भिडियोलाई अहिलेका चर्चित अनि ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाइ प्रकाश खड्काले छायांकन गरेका भिडियोलाई मिलन बि।कले सम्पादन गरेका छन् ।गायिका शान्ति श्री परियारलाई शुभकामना छ।

पहेँलो फर्सी – मोटाउन चाहनेलाई लाभदायक

नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ । पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

बियाँ – स्वास्थ्यदेखि सौन्दर्यसम्म

फर्सीको कैडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार धेरै स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्छ भन्ने मान्यता छ । फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ । निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ । रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

पहेँलो फर्सी उसिनेर र तरकारी पकाएर खाइन्छ । भोक मेटाउन उपयोगी यसमा प्रशस्त पोषण हुन्छ । शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ ।

गलेश्वरका बृद्धबृद्धालाई भोजन

जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकलाई लायन्स क्लव अफ बेनी पिस सिटीले भोजन गराएको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई क्लवद्धारा गलेश्वर अन्न क्षेत्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एओजी एनजेएफ लायन सन्तोष रावलले विश्वकै ठुलो सामाजिक संस्थामा आवद्ध भएर सामाजिक कार्यलाई प्रमुख लक्ष्य बनाएर अगाडी बढ्नुपर्ने बताए ।

उनले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष राजेश शाक्यले बृद्धबृद्धाको सेवा मानवसेवाको नमुना कार्य भएको बताए। कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली र कोषाध्यक्ष बम बहादुर पुनले साउन महिनाको सोमबार बृद्धबृद्धालाई खिरको भोजन गराउने गरिएको बताए ।

आश्रममा रहेका बृद्धबृद्धासंगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताएका थिए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ । घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएको बृद्धबृद्धाले गुनासो पोख्ने गरेका छन् ।

कार्यक्रममा क्लवका बर्ष २०१८÷१९का अध्यक्ष लोकेश पुन मगरले भोजनका लागि २२ हजार आर्थिक सहयोग गरिएको बताए । उनका अनु्सार क्लवले निवन्ध प्रतियोगिता, अपाङ्गता भएकालाई हिब्लचियर वितरण, आखाँ चेकजाँच शिविर, मधुमेहका बिरामीलाई लक्षित गरी शिविर, क्यान्सर रोगका बारेमा जनचेतनामुलक कार्यक्रम,बृक्षारोपण, डस्बिन वितरण, रक्तदान, छात्रबृत्ती वितरण कार्यक्रम गर्ने बताए । नवनिर्वाचत अध्यक्ष पुनले आर्थिक अभावकै कारण शिक्षादिक्षाबाट बन्चित भएका मालिका गाउँपालिका ५ देविस्थानका मनोज सुनवारलाई नगद २५ हजार सहयोगको घोषणा गरेका थिए ।

बास्तबिक तीज गीत भनेको यस्तो हुनु पर्छ

नेपाली हिन्दु महिलाहरुको चार्ड तीज नजिकिएसगैँ गायक रोशन कुताल क्षेत्रीले दिदी र बहिनी तीजैमा भेला म्युजिक भिडियो सार्वजनिक गरेको छ । लमजुङ घर भएका गायक रोशनले उनीहरुलाई लक्षित गर्दै साउने संक्रान्तिका दिन मंगलबार साझ रक्षा म्युजिक प्रालि युटुब मार्फत् सो म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

रोशनले रक्षा म्युजिक गौरवमय प्रस्तुतीमा मौलिक तीज गीत दिदी र बहिनी तीजैमा भेला भनेपछि दर्शक तथा स्रोताहरुको मन जित्ने लल्यमा रहेको छ । नेपाली हिन्दु महिला तथा नारीहरुको ठुलो पर्व समेत भएकाले यस तीज पर्वलाई उनीहरुले महत्वपुर्ण रुपमा मनाउँने गर्दछ । परम्परादेखि चलिआएको चलन अनुसार तीजमामाईतबाट दिदीलाई लिनलाई भाई उनको घरमा पुग्छन् ।

https://youtu.be/dAB786lkEyI

तर दिदीका सासु ससुराले विभिन्न कारण देखाउँदै बुहारीलाई माईत जान दिदैनन् । बल्ल बल्ल बर्ष दिनमा आएको तीज पर्वमा समेत माईतीघर जान नपाउँदा एउटी महिलाको मन कस्तो हुँदो हो ? त्यही माथी पनि भाई लिनलाई घरमै आएको छ । माईतीघरमा गएर सुख दःुखको कुराहरु गर्ने, आफन्तहरु भेटघाट साथै आफुमा परेको विभिन्न घटनाको बारेमा गीत गाउँदै नाचगान गरी बर्षदिनको दुःखलाई भुल्दै तीज मनाउँछु भन्ने सोचेका हुन्छन् । अन्तमा दिदीले भाईलाई तीजको दिनसम्म आउँछु भन्दै घर फर्काउन बाध्य हुन्छन् । यस्तै यस्तै यथार्थ समाजमा हुने गरेका घटनालाई समावेश गरेको यस म्युजिक भिडियोमा देख्न पाईन्छ ।

अहिले पनि हाम्रो नेपाली समाजमा यस्ता थुप्रै घटनाहरु हुने गर्नाले महिला दिदी बहिनीहरु यस्तै पिडा बाट टाढा रहन सकेको छैनन् । हराउँदै गएको मौलिक तीज गीत भएकाले तीज पर्वलाई थप रोचक बनाउँका लागि मदत पुग्ने देखिन्छ । तीज गीत भनेको मौलिक हुनुपर्छ तर यहिले तीजको गीतहरु भन्दै रतौली र छाडाखालका गीतहरु आईरहेको बेला हामीले मौलिक तीज गीत ल्याएकाले महिला तथा नारीहरुको मन छुने गायक रोशनले बताए ।

दिदी र बहिनी तीजैमा गीतमा रोशनलाई लमजुङ घर भएकी चर्चित गायिका शान्ति सुनारले साथ दिएकी छन् । यस गीतको लय तथा शब्द समेत गायक रोशनकै रहेको छ । हेमन्त शिशीरको एरेन्जर रहेको यस गीतलाई उनले नै मिक्सिङ गरेका छन् । सम्पादन रबिन बिकले गरेका छन्, भने निर्देशन शिब बिकले गरेको छ । क्यामेरा म्यान शम्भु चालिस हुन् । यस म्युजिक भिडियोमा कलाकारहरु केशब सापकोटा, दिपसा बिसी, रबिना भण्डारी, सुस्मा सिंह, प्राप्ती पौडेल र संचिता शाही रहेका छन् ।

 

 

कृश थापाको ‘सुनको सिक्री किन्देउ बुढा’

हिन्दु नेपाली महिलाको महान पर्व तीजको अवसरमा एक विद्यार्थीले सोलो तिज गीतको छांयाङ्कन गरेका छन् । बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १० मा अध्ययरनरत कृश थापाले मंगला गाउँपालिकाको बरंजा खर्कका विभिन्न स्थानमा ‘सुनको सिक्री किन्देउ बुढा’ को म्यूजिक भिडियो सुटिङ गरेका छन् । कृष थापा र लक्ष्मी परियारको स्वरमा रहेको छ ।

तीजमा महिलाको खर्च र चाहनामा केन्द्रित रहेको नबोदित गायक थापाले बताए । ‘यो मेरो पहिलो प्रस्तुती हो,‘भविस्यमा पनि गीतसंगीतमा लाग्ने सोच बनाएको छु’ थापाले भने ।

उनले महिलाको महान पर्वको अवसरमा पहिलो सोलो गीत बजारमा ल्याएको बताउँदै पढाईलाई असर नगर्ने गरी लोकसंगीतमा समेत समय दिने बताए । गीतको निर्देशन भुपेन बानियाँ र सहछांयाँङ्कन अनुप बानियाँले गरेका छन् । गीतमा म्याग्दीका लोकगायक धुव्र जिसी र डान्सर सिमान्त बानियाँले अभियन गरेकी छन् । गीतलाई क्रियटिम मिडिया प्रडक्सन प्रालिले बजारमा ल्याउँदै छ ।

कांग्रेस म्याग्दीका संस्थापक सदस्य स्वर्गीय कार्कीको श्रद्धान्जली सभा

नेपाली कांग्रेस म्याग्दीका संस्थापक स्वर्गीय गजबहादुर कार्कीको १३ औ दिनको पुन्यतिथि पारेर श्रद्धान्जली सभा गरिएको छ । कार्कीको घरमा आयोजित श्रद्धान्जली सभामा पन्चायत विरोधी आन्दोलन, माओवादीको शसस्त्र यूद्धमा कांग्रेसका कार्यकर्तालाई गाउँमा सुरक्षित राख्न कार्कीले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।

गाउँका अगुवा समाजसेवी समेत रहेका कार्कीले बहुदलीय ब्यवस्था सहितको राजनीतिक अधिकार प्राप्तीको आन्दोलनमा पार्टीको तर्फबाट विभिन्न स्थानमा पुगेर समेत आन्दोलनका कार्यक्रममा सहभागि तथा नेतृत्व गरेका थिए ।  पार्टीका जिल्ला उपसभापतिको माधवप्रसाद रेग्मीको प्रमुख आथित्यतामा सभा भएको थियो । ‘उहाँको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको छ,‘उहाँको योगदानको उच्च मुल्याङ्कन गदैं अगाडी बढ्नेछौ’ उपसभापतिको माधवप्रसाद रेग्मीले भने ।

बेनपा २ ज्यामरुककोटले गरेको सभामा पूर्व सहसभापति नेत्र बहादुर महत, सचिव क्याप्टेन मीन बहादुर कार्की, सहसचिव भरत बहादुर रकाल, प्रबक्ता अजयमिलन श्रेष्ठ लगाएतले शोक मन्तब्य राखेका थिए । कार्यक्रमको सभापति क्षेत्र बहादुर थापा, स्वागत रत्न बम मल्ल र सञ्चालन भिम प्रसाद पौडेलले गरेका थिए । गत असार ३२ गते निधन भएका कार्की ज्यामरुककोटको विकास निर्माण, सामाजिक लगाएत धार्मिक क्षेत्रको विकामा समेत सक्रिय थिए ।

धनबीर पुनको ‘न्यानो न्याने मायाँ’ बजारमा

म्याग्दीका धनबीर पुनको ‘न्यानो न्याने मायाँ’ सार्वजनिक भएको छ । आफ्नो स्वर्गीय आमाको सम्झनामा अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पुनले बजारमा ल्याएको गीतमा हरि लम्साल र मेलिना राईको स्वर रहेको छ । ‘आमाको सम्झनामा दोस्रो एल्बम बजारमा ल्याएको छु,‘यसमा धेरै गीत आमाप्रति सर्मपित हुनेछन’ पुनले भने ।

यसअगाडी लोकप्रिय गीतहरु बजारमा ल्याएका पुनले मौलिक तथा आधुनिक गीतबाट श्रोताको मन जित्ने प्रयास गरेको बताए । विर्टिस आर्मीबाट रिटायर्ड भएपछि हाल नेदरल्याण्डमा रहेका पुनले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत समेत सार्वजनिक गरेका थिए । उनले आधुनिक, लोक गायनमा रचना गरेका गीतहरु चर्चित गायकगायिकाले स्वर दिएका छन्।

बालबालिकाको दाँत किरालाग्नबाट यसरी जाेगाउनुहाेस्

आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ ।

दाँतमा किरा लाग्नबाट कसरी रोक्ने ?

दाँतमा किरा लाग्न नदिन बचाउका केही उपाएहरु अत्यन्त महत्त्वपूर्ण रहेको दन्तरोग बिशेषज्ञहरू बताउँछन् ।बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ ।

राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।

दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ । नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ ।

बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ ।दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार पुर्‍याउनुपर्छ । बालबालिकालार्इ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।

दीपक शर्माले ल्याए, ‘छैनन् पियारी’

नेपाली संगीत क्षेत्रमा एकपछि अर्को हिट गीत ल्याएर चर्चामा रहेका गीतकार तथा संगीतकार दीपक शर्माले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शर्माले हालै सार्वजनिक गरेको गीत ‘छैनन् पियारी’को लिरिकल भिडियो सार्वजनिक गरेका हुन्।

गीतमा विभिन्न कारणले आफ्नो देश छोडेर विदेशमा बसेर घरमा फर्किदा परिवारको सदस्य गुमाउनु पर्दाको पीडालाई जीवन देखाएका छन्। उनले विशेषगरी विदेशबाट फर्किदा आफ्नो श्रीमानले श्रीमती तथा श्रीमतीले श्रीमान् गुमाउनु पर्दाको पीडालाई नजिकबाट देखाएका छन्। आफ्नो देश छोडेर धन कमाउने सुन्दर सपना देख्दै प्रवासमा संघर्ष र त्यो सघर्षपछि खुशी साट्न घर आइपुग्दा परिवारलाई गुमाउनु पर्दाको पीडालाई शर्माले गीतमा उतारेका हुन्।

शर्माकै शब्द र स्वरमा सजिएको गीतको एरेन्जमा उदयराज पौडेलले मिहेनत गरेका छन्।  गीतको सम्पादन अशोक मल्लले गरेका हुन्। शर्माका पर्खपर्ख मायालु, तिम्रो पिक्चर हिट, देखन चम्पालगायतका  गीत चर्चित छन्। annapurnapost.com