खानपान नमिल्दा आवश्यकताभन्दा बढी बढेको पेटले कहिलेकाही तपाईको व्यक्तित्वलाई पनि प्रभाव पारिरहेको छ । हिजोआज मोटोपन र पेट निक्लिने समस्या सामान्य बनेको छ ।
शाकाहारी जुस – साग–सब्जिबाट बढी मात्रामा पौष्टिक तत्व पाउन सक्छौ । यसमा उपलब्ध मिनरल्स, भिटामिन र एन्टिअक्सिडेन्ट्सले तपाईलाई स्वास्थ्य राख्नका साथै तपाईको तौलन घटाउन पनि सहयोग गर्छ । शाकाहारी जुसले शरीरमा तुरुन्तै ऊर्जा आउँछ र तपाईको भोकलाई पनि शान्त पार्छ । एक गिलास ‘मिक्स भेज जुस’ले तपाईको लगभग १३५ क्यालोरी कम गर्नसक्छ ।
नरिवल पानी – नरिवल पानीमा अन्य कुनै पेय पदार्थको तुलनामा बढी इलेक्ट्रोलाइट्स हुन्छ । नरिवल पानीमा तपाईले न चिनी मिलाउनुपर्छ न कुनै फ्लेभर्स नै । यो आफैमा स्वादिष्ट हुन्छ । नरिवल पानी पिउनाले पनि तपाई छिटो तौल घटाउन सक्नुहुन्छ ।
तर निकालिएको दुध – तर निकालिएको दुध पिउनाले शरीरको फ्याट कम हुने भएकोले मोटोपन कम गर्न मद्दत पुग्छ । यदी तपाई दैनिक तर निकालिएको दुध पिउनुहुन्छ भने दुध नपिउने व्यक्तिको तुलनामा तपाई ७० प्रतिशतसम्म तौल घटाउन सक्नुहुन्छ ।
ग्रीन टी र ब्ल्याक टी – ग्रीन टी र ब्ल्याक टी पिएर तपाई आफ्नो मोटोपन चाँडै घटाउन सक्नुहुन्छ, किनकी यसले मेटाबोलिज्मलाई बढाउँछ । अन्य पेय पदार्थको तुलनामा ग्रीन टी र कालो चियाले तौल घटाउने प्रक्रिया ४३ प्रतिशतसम्म बढ्छ अर्थात् मोटोपन छिटो कम गर्न मद्दत गर्छ ।
बरफ पानी – बरफ पानीले पनि तपाईको शरीरको मेटाबोलिक प्रक्रियालाई द्रुत बनाइदिन्छ, जसका कारण तपाई छिटो क्यालोरी घटाउन सक्नुहुन्छ । यदी तपाई तौल घटाउने प्रक्रिया छिटो बनाउन चाहानुहुन्छ भने तपाईले दैनिक लगभग एक वा दुई बोतल पानी पिउनुपर्छ । तर, तपाईले एकदम चिसो पानी नपिउनुहोस्, रुघाखोकीको खतरा हुनसक्छ । विहान–विहानै बरफ पानी पिउनु पनि तपाईको स्वास्थ्यका लागि हानिकार हुन सक्छ । एक सानो बरफको टुक्रालाई एक गिलास चिसो पानीमा राखेर पिउन सक्नुहुन्छ ।
वर्षायामकाे सुरूवातसंगै पेट र छालासँग सम्बन्धित समस्या जोडिएका हुन्छन् । यस मौससमा संक्रमणको पनि खतरा बढेर जान्छ । त्यसैले खानपानमा पनि निकै ध्यान दिनु पर्छ ।
उमालेको पानी पिउनुहोस्: बर्षायाममा संक्रमणको पहिलो कारण पानी हो । त्यसैले पानी उमालेर पिउने गर्नुपर्छ । पानीको माध्यमबाट धेरै खाले किटाणु र जिवाणु शरीरको पहुँचमा पुग्न सक्छन् । त्यसैले पानीमा पनि विशेष ध्यान दिनुहोस् ।
मसलाको प्रयोग कम: समान्यतया मसलाको बढी प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारिक भनिन्छ । तर, हाम्रो भान्सामा उपलब्ध धेरैजसो मसलामा यस्ता चीज उपलब्ध छन्, जसले तपाईलाई गम्भिर रोगका साथै संक्रमणबाट पनि बचाउँछ । तपाई आफ्नो खानामा दैनिक लसुन, अदुवा, प्याज, हिंग, जिरा, ज्वानो, धनिया, बेसार, कालो तथा हरियो मरिच सहभागी गराउनुहोस् । यी सबै चीजमा एन्टि–ब्याक्टेरियल, एन्टि–फंगल, एन्टि–पेन र एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ ।
दाल तथा गेडागुडीको प्रयोग: यस मौसममा दाल तथा गेडागुडीको धेरै सेवन गर्नुपर्छ । बर्षाको मौसममा फलफुल तथा सागसब्जीबाट संक्रमणको सम्भावना बढी हुन्छ । सागसब्जी तथा फलफुलको प्रयोग गर्दा राम्ररी केलाएर सफा गरेर मात्रै गर्नुपर्छि । त्यसैले प्रशस्त मात्रामा दाल तथा गेडागुडीलाई सब्जीको प्रयोग गर्नुहोस् ।
तरल पदार्थको प्रसस्त सेवन: बर्षाको मौसममा प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । दिनमा कम्तिमा ४देखि ५ लिटरसम्म पानी पिउनु पर्छ । पानीले शरीरमा रहेको हानिकारक तत्वलाई बाहिर निकाल्छ र शरीरलाई डिहाइड्रेट राख्छ । यसबाहेक तातो सुप, जुस तथा दुधको सेवन गर्नुपर्छ ।
मांशहारी खाना कम खाने: मनसुनमा मांसहारी भोजन कम गर्नुपर्छ । यदि मासु खान मन लागेमा ताजा मासुको प्रयोग गर्नुहोस् । बजारमा पाइने मासुजन्य खाद्यपदार्थबाट टाढै रहनुहोस्, जसले पेटसम्बन्धि रोगको खतरा बढाउछ ।
सामान्यतया मानव शरीरले ९८.६ डिग्री फरेनहाइट अर्थात् ३७ डिग्री सेल्सियस तापक्रम बनाइराखेको हुन्छ । यो तापक्रम थोरै मात्रै पनि बढेमा पसिना आउन थाल्छ र रक्त नलीहरुलाई फैलाएर शरीरले आफूलाई चिसो बनाउने प्रयास गर्छ । तर, जब रक्त नलीको आकार बढ्ने मात्रै भएमा मुटुको चाल छिटो हुने र रक्तचाप कम हुन जान्छ, त्यतिबेला मुटुका रोगीका लागि समस्या उत्पन्न हुनसक्छ । कमजोर मुटु भएका व्यक्तिले शरीरलाई चिसो राख्न पर्याप्त मात्रामा रगतलाई पम्प गर्नमा असमर्थ हुन्छ ।
जसका कारण उसको रक्तचाप पनि सामान्य राख्न सक्दैन र यही कारण व्यक्तिको शरीरको तापक्रम असामान्य स्तरमा बढेर जानसक्छ । हृदय रोग विशेषज्ञका अनुसार, बढ्दो गर्मीका कारण पछिल्लो केही वर्षमा मुटुसम्बन्धी रोग भएका व्यक्तिमा ‘हृदयघात’ हुने समस्या बढेर गएको छ । त्यसो त, जाडो मौसममा हृदयघातको खतरा बढेर जान्छ भनिन्छ । तर विशेषज्ञका अनुसार, थरथरी काम्ने जाडोमा मात्रै होइन, उखरमाउलो गर्मीले पनि हृदयघातको खतरा बढ्न सक्छ ।
केही दिनसम्म लगातार चर्को घाम लागेमा हृदयघातको सम्भावना बढेर जान सक्छ । त्यसैले शरीरको मेटाबोलिज्मलाई ३७ डिग्री सेल्सियसको सामान्य तापक्रम बनाई राख्न केही मेहनत गर्नुपर्छ । यदी तापक्र घट–बढ भएमा मुटु्मा दबाब बढ्न सक्छ ।
गर्मीमा यस्ता देखिन्छन् लक्षण
. टाउको दुख्नु
. अत्याधिक पसिना आउनु
. छाला चिसो र नरम हुनु
. रिंगटा लाग्नु
. वाकवाक लाग्नु
. कमजोर महसुश गर्नु
. नाडी छिटो चल्नु्
. मांसपेशीमा ऐठन लाग्नु र श्वास बढ्नु
यसरी बचाउ गर्नुहोस् यदी तपाईलाई माथिका लक्षण देखा पर्छन् र तपाईलाई मुटुको समस्या हुनसक्छ भन्ने भान हुन्छ भने शितल वातावरणमा आराम गर्ने गर्नुहोस् । पर्याप्त मात्राम तरल पदार्थ सेवन गर्नुहोस्
ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् । उनले भविश्यमा सफल डाक्टर बन्ने लक्ष्य लिएकी छिन् ।
पात्लेखेत एउटा निकै विपन्न परिवारमा जन्मिएकी सबीले सानै हुँदा आफ्नी आमालाई गुमाएकी थिइन् । विरामी भएकी आमाको उपचारको क्रममा निधन भएपछि बुबाको लालन पालनमा केहि समय हुर्किएकी उनलाई छोरीले राम्रो शिक्षादीक्षा पाओस् भनेर उनका बुवाले उनलाई काठमाडौँमा बस्ने गाउँकै शान्ता महर्जन बि.क. कोमा ल्याएर अध्ययनको लागि राखेका थिए ।छोरीलाई काठमाडौँमा शान्ताको जिम्मामा छोडेर आफू वैदेशिक रोजगारीमा जान लागेका उनका बुबाको घर (म्याग्दी) फर्कने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएपछि सावीले आफ्नो अभिभावक गुमाएकी थिईन् । बुबाको मृत्यु भएपछी उनको जीवनमा ठूलो बज्रपात नै पर्यो । राम्रोसँग आमा भनेर भन्न पनि नसक्ने उमेरमै आमाको काख गुमाएकी सबी त्यसपछि बाँकि रहेको एउटा आधार बाबाको माया पनि गुमाएईन् अनि बेसाहारा हुन पुगिन् ।
उनलाई कसरी यति धेरै अंक ल्याउन सकिने रहेछ नी भनेर प्रश्न गर्दा उनले जवाफमा भनिन, ‘कसैले पढ भनेर होईन की यदि, आफैलाई मैले पढ्नु पर्छ भनेर महशुस भयो भने चाहे जति नम्बर ल्याउन सकिन्छ ।’ साबीले भविष्यमा आफुलाई डाक्टर बन्ने इच्छा रहेको पनि बताएकी छन् । अहिले पनि बुबाले सानैमा जिम्मा लगाएकी शान्ता महर्जनकै अभिभावकत्वमा ललितपुरको इमाडोलमा बसिरहेकी सबीले कक्षा – १ देखि नै इमाडोलमा रहेको अनन्त मा.वि. मा अध्ययन गरेकी हुन् ।
शान्ता महर्जनको लालनपालनमा हुर्किएकी साबीको बारेमा उनीसँग (शान्ता) बुझदा, साबी सानैदेखि निकै जेहनदार र लगनशील भएको उनले बताइन् । सानैदेखि खेल्ने, कुद्ने र टिभी हेर्ने भन्दा पनि पढ्नमा बढी तल्लिन रहने उनको बानी रहेको शान्ताले बताइन् ।
शान्ताले एसईई सम्म त दुखसुख गरेर पठाएको तर अब भने कसरी पढाउने भन्ने विषयले आफुलाई चिन्तित बनाउने गरेको पनि बताइन् । ‘मैले यहाँ सम्म त पढाएँ अब भने उनको उच्च शिक्षाको लागि सम्पूर्णले सहयोग गरे उनको डाक्टर बन्ने उदेश्य पुरा हुने थियो’, उनले भनिन् । शान्ताले साबीको पढाई पनि निकै अब्बल रहेको र उनको डाक्टर बन्ने उदेश्य रहेकोले सो उदेश्य पूरा गर्नको लागि सहयोगको पनि सम्पूर्णमा आग्रह गरीन् । साबी कक्षा – १ देखि नै कक्षामा प्रथम हुने मेधावी छात्रा रहेको विधालयका प्रधानाध्यापक गोपाल प्रसाद घिमिरेले बताएका छन् ।
बेनी आवासीय माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४०२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बालबालिकामा देखिने विभिन्न समस्याका साथै नाक, कान, छाला, पेट, आँखा, दाँत लगाएतमा सेवा उपलब्ध गराएको थियो ।
विद्यालयले शैक्षिक सहित खेलकुद र स्वास्थ्य सम्बन्धि कार्यक्रम निरन्तरता दिने अभियान अन्र्तरगत आयोजित शिविरमा बेनी अस्पतालका डा. विवेक पौडेल, डा. रविकान्त शाह, स्वास्थ्यकर्मी सविना क्षत्री, बिपु आचार्य लगाएतले चेकजाँच गरेको बिशाल खत्रीले बताए । शिविरलाई आगामी दिनमा समेत निरन्तरता दिने विद्यालयले जनाएको छ । शिविरमा आफ्ना छोराछोरीको समस्याका बारेमा अभिभावकले समेत जानकारी गराएका थिए ।
युद्ध र द्वन्द्वको सम्झना हुनुपर्दछ, ताकि लडाइँले जनमानसको शरीर र मस्तिष्कलाई के गर्दछ, कस्तो चोट पार्दछ, त्यो सम्झिइरहनेछ । यसरी युद्धकाललाई स्मृतिकृत (मेमोरिएलाइज) गर्नु महत्वपूर्ण छ, ताकि एउटा द्वन्द्वबाट गुज्रिएको समाज सीधै अर्कोमा नहाम्फालोस् । नेपालमा पनि माओवादी र राज्यबीचको एकदशकको द्वन्द्वलाई सम्झिइनुपर्दछ, ताकि विद्रोहीको हिंसा र राज्यको प्रतिहिंसा हाम्रो समाजमा फेरि नदोहोरियोस् । हामीलाई चाहिएको छैन युद्धकाल र यससँग सम्बन्धित हत्या, बलात्कार, बेपत्ता, सामूहिक सजाय, यातना, अपहरण, बालयोद्धा, चन्दा आतंक, सकेट बम, ग्रिनेड, लूट, ब्ल्याकमेल . . .
पुस्तक र अन्य प्रकाशित कृति संरक्षण र सुरक्षित गर्ने थलो हो, मदन पुरस्कार पुस्तकालय । मपुपुका मेरा सहयोगीहरूलाई लाग्यो कि नेपालको द्वन्द्वकाललाई विस्मृतिमा जान दिनुहुँदैन ।
अरु देशमा द्वन्द्वकालपश्चात् युद्ध संग्रहालय (वार म्युजियम) खडा गरिन्छ, तर नेपालमा शान्ति संग्रहालय (पीस म्युजियम) बनाउनुपर्छ भन्ने सोच आयो ।
यसै सन्दर्भमा बेनी बजारमै रहेको लडाइँको खुद साक्षी एउटा बिजुली खम्बालाई जोगाउनुपर्छ भन्ने विचार आयो । यसै त युद्धकालका धेरै अवशेष हराइसकेको अवस्था थियो ।
जब वर्षमान पुन नेतृत्वको माओवादी फौजले ७ चैत २०६० मा म्याग्दी सदरमुकाम बेनीमा हमला गर्यो, सेना र प्रहरीसँगको लडाइँ भीषण भयो । राति १०ः३० बजे शुरु भएको गोली बारुद बिहान ९ बजेसम्मै चल्यो । (४०) माओवादी (५१) सुरक्षाकर्मी तथा (१५) सर्वसाधारणको ज्यान गयो भन्ने तत्कालको सूचना थियो, जबकि त्योभन्दा धेरै ठूलो संख्या हताहत भएको भन्ने पनि छ ।
त्यो कहालीलाग्दो रातको साक्षी थियो सडकछेउ उभिएको त्यो एउटा बिजुलीको खम्बा, जो थरीथरीको माओवादी हतियार (प्वाइन्ट् टू–टू, एसएलआर, एसएमजी, एम–१६, थ्री नट थ्री) को आक्रमणको बेलाको एकतर्फी गोलीले छियाछिया हुन पुग्यो ।
बेनीमा भएको आक्रमण देखेको उक्त ‘बेनीको खम्बा’ २०६७ सालसम्म आफ्नै ठाउँमा खडा थियो, तर यसलाई संरक्षण नगर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले यसलाई हटाएर अर्को नयाँ खम्बा गाड्ने र खम्बाको कवाडीको बास हुने निश्चित थियो ।
उता अझै पनि हिंसाको भयावह अवस्थाबाट खलबलिएको स्थानीय समाजबाट खम्बा संरक्षण गर्ने कोही अगाडि सरेको अवस्था थिएन ।
मदन पुरस्कार पुस्तकालय बेनीको खम्बा जोगाउन तम्सियो । विद्युत् प्राधिकरणसित लेखापढी गरी शोधभर्ना खम्बा समेत बुझाइवरी बेनीको खम्बालाई मपुपु ल्याइपुर्यायो, र आजसम्म यो ‘अस्थायी प्रदर्शन’ को रुपमा ललितपुर, पाटनढोकामा उभिएको छ ।
दुई–तीन वर्षयता विशेषगरी म्याग्दीबाट माग आएको छ मपुपुसँग, कि ‘हाम्रो खम्बा फिर्ता गर ।’ अझ कतैबाट त उक्त खम्बा ‘चोरी’ गरेको समेत आरोप आएको छ ।
बचाउने काम सकिएको छ, तर बेनीको यस खम्बालाई कसैले लोप गर्न अब सम्भव छैन भन्ने सुनिश्चितता चाहिएको छ, किनकि द्वन्द्वकाललाई बिर्सन, बिर्साउन उद्यत जमात सानो छैन ।
यो विश्वाससहित बेनीको खम्बा बेनी नै फर्किएको उत्तम भन्नुमा त केही समस्या भएन । ‘बेनीको खम्बा’ त एउटा स्थानीय सन्दर्भको वस्तु मात्र नभई राष्ट्रिय तवरको ‘शान्ति संग्रहालय’ मा प्रदर्शन हुनुपर्दछ ।
त्यो शान्ति संग्रहालय बेनीमै स्थापना होस्, जहाँ विद्यार्थी, पूर्व लडाकू–सिपाही, उनका परिवारजन, आम नागरिक, पर्यटक सबै गएर नेपालले बिताएको एकदशकको द्वन्द्वकालको स्मरण गरुन् या सुसूचित होउन् ।
बेनीमा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय पीस म्युजियम बनोस्, जसले द्वन्द्वकालको सही प्रस्तुति गरोस्, ताकि भोगेका, देखेका सबै कुरा विस्मृतिमा नजाउन् । बेनीको यस खम्बाबाहेक मुलुकभरिबाटै द्वन्द्वकालका सामग्री संकलन गरीवरी आकर्षक र शिक्षाप्रद हिसाबले प्रदर्शन हुनुपर्छ । द्वन्द्वको थालनी, जनताको भोगाइ तथा शान्ति प्रक्रियाको अन्त्यसम्मको कालखण्ड राम्ररी पेश होस् ।
सन्जोगले द्वन्द्वकालका हजारौं तस्वीर लडाइँमा जनता किताबको लागि प्रकाशक संस्था ‘नेपालय’ ले जम्मा पारेको थियो (पुस्तकका सम्पादकः मेरा दाइ कुन्द दीक्षित) । तस्वीरहरूबाट द्वन्द्वकाल र त्यसपछिको अवस्थामा विद्रोही लडाकू, सिपाही, पुलिस र आम नागरिकको कथा व्यथाको झझल्को छ ।
यी तस्वीरहरूबाट नै अन्तर्राष्ट्रिय तवरको शान्ति संग्रहालयको थालनी गर्न सकिनेछ, जसको केन्द्रविन्दुमा रहनेछ– बेनीको खम्बा । बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठ तथा उहाँका सहयोगीहरूलाई भन्न मन लाग्यो, ‘निर्माण गरौं, बेनीमा नेपाली शान्ति संग्रहालय ।’ https://himalkhabar.com
म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो ।
कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयमा दरबन्दि अनुसारका कर्मचारीको अभाव हुँदा समयमै सेवा प्राप्त गर्न नसकेको, उपभोक्ता समिति मार्फत काम गर्दा झञ्जट भएको, कृषि क्षेत्रलाई बजेट बिनियोजनका क्रममा उपेक्षा गरिएको गुनासो गरेका थिए । उनिहरुले गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल लगायतका कर्मचारी नियमित बसेर सेवा दिनुपर्ने, जनप्रतिनिधिहरुले बिभेद रहित दंगले विकास र सेवा प्रवाहमा सहजिकरण गर्नुपर्ने सुझाव दिएका छन् ।
गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले एक जना लेखापालले जिल्ला प्रशासन र गाउँपालीकाको काम गर्नुपर्ने बाध्यताका कारण आलो पालो गरेर काम गर्दै आएको, लेखापाल नहुँदा प्रशासकीय अधिकृतको पनी काम नहुने भएकाले गाउँपालीका मात्रै हेर्नेगरी लेखापाल तथा दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था मिलाउन पहल गरिएको बताउनुभयो । गत वर्ष कृषि मन्त्रालयको गलत सुचनाका कारण पर्याप्त बजेट बिनियोजन हुन नसकेको स्वीकार गर्दै यसपाली कृषिका कार्यक्रमलाई गौरवका आयोजनामा समेटिएको बताउनुभयो ।
वडा अध्यक्ष रेशम जुक्जालीले बिममा चालु आर्थिक वर्षमा एक करोड ५६ लाख रुपैया बजेटका योजनाहरु मध्य ४ वटा अन्तिम चरणमा पुगेको र अरु सम्पन्न भईसकेको जानकारी दिनुहुदै पारदर्शी तवरले काम गर्ने र भ्रष्ट्राचार अनियमितता विरुद्ध शूल्य शहनशिलता अपनाउने बताउनुभयो । विकास निर्माण, आयआर्जनको काममा सक्रिय बन्न स्थानीयबासीलाई आग्रह गर्दै वडा अध्यक्ष जुक्जालीले पूर्वाधार तयार पारेपछि कृषि र उत्पादनको क्षेत्रमा लगानी बढाउने योजना रहेको बताउनुभयो ।
वडा अध्यक्ष जुक्जालीको अध्यक्षता, वडा सदस्य बुद्धीबहादुर जुक्जालीको स्वागत, शिक्षक सुरमान गर्बुजाको सञ्चालन, पत्रकार सन्तोष गौतम र ठाकुरप्रसाद आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा संगम म्याग्दीका हिरा शर्माले जानकारी गराउनुभएको थियो । मालीका गाउँपालीकाले ७ वटै वडामा सार्वजनीक सुनुवाई गर्ने कार्यक्रम बनाएको छ ।
अमालामा भिटामिन सी प्रसस्तै पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ ।
तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् । अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ। दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन । अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको (Momordicin) नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ।
आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ।
पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ।
तिताे करेला कतिपयकाे लागि राम्राे चिज हाे तर कतिपय बिरामीका लागि विष सरह हुन्छ । गर्भवती महिलाले भुलेर पनि नखानुहाेस् यसले गर्भ तुहिने सम्भावना हुन्छ । यसले गर्भवती महिलाकाे स्वास्थ्यमा असर पुर्याउछ । फर्टिलिटिकाे अाैषधि सेवन गरिरहनुभएकाे छ भने करेलाकाे प्रयाेगले फर्टिलिटि सम्बन्धि अाैषधिकाे प्रयाेलाइ कम गर्छ र राेगकाे माधा बढ्दै जान्छ ।
यदि तपाइमा पायल्सकाे समस्या छ भने तिते करेला नखानुहाेस् किनकि यसले पायल्सकाे समस्यालाइ थप बल्झाउन मदत गर्छ । सल्यक्रिया गरेपछि पनि तिते करेलाकाे प्रयाेग गर्नु हुँदैन् यस्ताे अवस्थामा करेलाकाे प्रयाेगले रगतमा सुगरकाे मात्रालार्इ प्रभावित पार्छ र सल्यक्रिया भएकाे २ हप्ता पछि मात्र करेला प्रयाेग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
कलेजाे समस्या भएकाहरूले पनि तिते करेलाकाे प्रयाेग गर्नुहुँदैन । यसकाे अत्याधिक प्रयाेगले कलेजाेमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनकाे समस्या बढाउँछ । महिनावारीकाे समस्या छ भने बढी करेला खाने बानी अाजैबाट छाेड्नुहाेस् । याे समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले याे समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।
बेनीमा युवा उद्यमी तथा उद्यमशिलता समवन्धि परार्मश कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा अन्तरगतको युवा परिचालन सम्वन्धमा कार्यक्रम गरिएको हो । म्याग्दीमा रहेका उर्जाशिल युवा परिचालन गरेर उद्यमी र उद्यमशिलता विकास गर्ने उद्देश्यले १ दिने परार्मश कार्यक्रम आयोजना गरिएको हो ।जिल्ला युवा समिति म्यागदीको आयोजनामा २५ जना युवायुवतिलाई उद्यम र उद्यमशिलता सम्वन्धि परार्मश दिइएको हो ।
उपस्थित सहभागीलाई उद्यमी, उद्यमशिलता र सूचनाको बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले जानकारी दिनु भएको हो । सफल उद्यमी बन्ने बारेमा नागरिक समाजका संयोजक सुर्दशन कुमार श्रेष्ठले सहजिकरण गर्नु भएको हो । जिल्लामा युवा उद्यमी तथा उद्यमशिलताको र्सिजनाको लागि पहल र प्रकृयाबारे जानकारी जिल्ला युवा समिति म्याग्दीका देबि प्रसाद शर्मा ले जानकारी गराउनु भएको हो ।
म्याग्दी जिल्लामा सम्भावित स्रोत साधनको खोजि परिचालन गरि युवालाई स्वरोजगारमैत्रि बनाउन सबै स्थानिय निकायको ध्यानआकर्षण हुनु पर्ने जिल्ला समन्वय प्रमुख देबेन्द्र केसीले बताए । स्थानिय निकायले बिकास निर्माणको कामलाई मात्रै नभई युवा तथा बालबालिकालाई लगानि गरेमा नै देश बिकास हुन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले बताए ।उक्त कार्यक्रममा सहभागीले स्नाकोत्तर पासले पनि आफनो सर्टिफिकेट राखेर उद्यमशिलताको लागि क्रिण पाइने जानकारीले हर्षित देखिएका हुन् ।
देशको उर्जाशिल युवा लाई उद्यमशिलता बारे सहि परार्मश दिए स्वदेशमा नै केहि गर्ने उर्जा मिलने सहभागीले बताए ।जिल्ला युवा समिति प्रमुख दलप्रसाद थापामगर अध्यक्षता तथा जिल्ला समन्वयन प्रमुख देवेन्द्र के .सिको प्रमुख आथित्यता रहेको हो । उक्त कार्यक्रममा जि.स.स प्रमुख देबेन्द्र के.सि पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा तथा युवा समितिका अध्यक्ष देवि प्रसाद शर्माले स्वागत मन्त्वय व्यक्त गर्नु भएको हो । जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख दलप्रसाद थापामगरको समापन तथा कार्यक्रम संचालन युवा समितिका अमृत बास्कुनेले गरेका हुन् ।