Wednesday, June 4, 2025
18.9 C
Beni
18.9 C
Beni
Wednesday, June 4, 2025
Home Blog Page 1503

ग्यास्ट्रिक तथा अल्सरको अचुक औषधी डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ ।

याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

दाँत सफा (ब्रस) नगर्दा स्वास्थ्यमा यस्तो खतरा

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ। दैनिक भोजनपछि वा दिनमा कम्तिमा दुईपटक दाँत सफा (ब्रस) गर्नु दाँत र मुखको स्वास्थ्यसँग मात्र नभएर सिङगो स्वास्थ्यमा परिरहेको हुन्छ । दाँतको नियमित सफाइले स्वास्थ्यका धेरै जोखिमबाट जोगाउँछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुने गर्छ । सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र नभएर गिजा सम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । कुनै कुनै केसमा त किराले दाँत प्वाल पार्नेमात्र होइन दाँतलाई जरासम्म जोड्ने हाडसमेत नष्ट हुन्छ । ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ, अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ र इन्फेक्सन हुन्छ । त्यतीमात्र नभएर हाम्रो सिङगो शरिरलाई यस्तो रोग लगाउछन् ।

मुटुसम्बन्धी रोगः मुख र दाँत सफा नगर्दा मुटुसम्बन्धी रोग लाग्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र दाँत सफा नगर्नुबीच सम्बन्ध छ । दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया हाम्रो शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न सक्छ । मुख र दाँत सफा नहुनुको परिणामस्वरुप मुटुसम्बन्धी रोग, मस्तिष्कघात र अल्जाइमर्स डिजिज लाग्न सक्छ ।

बच्चा जन्मनमा समस्याःदाँत सफा गर्नु गर्भवतीका लागि अझ बढी महत्वपूर्ण छ । किनभने गर्भवतीले दाँत सफा नगर्दाको असर गर्भमा समेत पर्छ । दाँत सफा नगर्नुको असर गर्भको बच्चाको वजन थोरै हुने, समय नै नपुगी जन्मने र हुनुपर्नेजस्तो शारीरिक विकास हुँदैन ।

मधुमेहःदाँतको सफाइ नगर्दा मधुमेह उत्पन्न हुनसक्छ । जर्नल अफ अमेरिकन डेन्टल एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले गिजासम्बन्धी रोग र मधुमेहबीच सम्बन्ध रहेको पत्ता लगाएको छ।अध्ययनले एउटा भएका कारणले अर्को हुने भनेर ठोकुवा नै गरेको छैन ।

मस्तिष्कघातः दाँत सफा नगर्दा उत्पन्न हुने प्लेक रक्त प्रवाहमा प्रवेश गरेपछि रक्त नलीमा समेत प्लेक जम्मा हुन्छ । यसले मस्तिष्क र मुटुमा रक्त प्रवाहमा अवरोध गर्छ । फलस्वरुप मस्तिष्कघात र हृदयघात हुनसक्छ।

वेलायतमा रहेर नेपाली कला संस्कृतिको जगेर्ना गर्दै बिल पुर्जा (भिडीयो सहित)

तिलक बोहरा
मान्छे जन्मिन्छ बिभीन्न बाध्यता र अभाबहरूको सामना गर्दै अगाडी बढ्छ,सोही क्रममा आफ्नो प्यारो जन्म भुमी छोडेर परदेशीन बाध्य हुन्छ यस्तै एक पात्र हुन बिल पुर्जा,कति पय मानीसहरू आफ्नो कला संस्कृती भुल्दै बिदेशी कला संकृती मै रमाउँछन भने पुर्जा बिदेशी भुमीमा रहेर पनि नेपाली कला संस्कृतीलाई अत्यन्तै माया गरी यसैको जगेर्ना गर्न तर्फ लागे!

म्याग्दी जील्लाको पर्यटकीय क्षेत्र खिबाङ कुटुकाको माटोमा जन्मेका पुर्जा हाल यु.केमा बसोबास गर्छन! आफु जन्मेको ठाउँको कला संकृतीको संरक्षण गर्दै आफ्नो गाउँ घर लेक बेसी,भञ्ज्याङ चौतारीहरूलाई चिनाउनको लागि गीत पनि लेख्दै आएका छन!पुर्जा यु. के.मा रहेर नेपाली कला संस्कृति भेष भुसाको संरक्षणको लागि पुनमगर समाज यु.के.का संस्थापक अध्यक्ष ,धौलागिरी नौमती बाजा यु.केका अध्यक्ष साथै थुप्रै संघ संस्था मा आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गरि सकेका छन् !

गीत संगीतलाई अत्यन्तै माया गर्ने पुर्जाले आफ्नै शब्द संगीतमा,आफ्नै जन्म भुमीलाई चिनाउने गीतहरू पनि हामी माझ ल्याई सकेका छन!गीती एल्बम “खिबाङ गाउँको चीनारी”मा बिल पुर्जा पुन मगरको शब्द, सुमधुर स्वरकी धनि गायीका गीता पाईजा र बिल पुर्जा पुन मगरको स्वर,आँशु लामाको संगीत, साथै युवा निर्देशक पुष्कर थापा (विबेक)को उत्कृष्ट निर्देशनमा सरीश्मा मगरको अभिनय रहेको गीत म्याग्दिका रमणीय गाउँहरू पुनहिल,घोरेपानी र खिबाङमा छायाँकन गरिएको “हाम्रो खिबाङ गाउँ” बोलको गीत,

त्यस्तै गरी गीता पाईजा र आर.के गुरूङको स्वर,बिल पुर्जाको शब्द,आर.के गुरूङको लय साथै पुष्कर थापा (विबेक)को निर्देशनमा भुमे बाराही क्लबका कलाकारहरूको अभीनय रहेको नेपाली मौलीकता झल्काउने गीत “स्वागत खिबाङ गाउँ” बिल पुर्जाका साँगीतिक कोशेलीहरू हुन!

वेष्ट पोइन्टमा अभिभावक अन्तरक्रिया कार्यक्रम

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अभिभाबक अन्तरक्रिया सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभाबकहरुका लागि अन्तरक्रिया गरिएको हो । माघ १९ गते शुक्रबार भएको कार्यक्रममा ८८ जना अभिभाबखारू उपस्थित रहेको विद्यालयले जनाएको छ ।

कक्षा ११ र१२ मा समेत यस वर्ष देखि लागु भएको ग्रेडिङ्ग प्रणाली, बिद्यार्थीहरुको नियमित उपस्थिति र त्रैमासिक परीक्षाको नतिजा बिस्लेशण लगायतका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा अभिभाबकहरूले अन्तरक्रिया नियमित रुपमा धेरै पटक गर्नु पर्ने समेत सुझाब दिएका छन् ।

कार्यक्रम वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिबकुमार श्रेष्ठको अध्यक्षता कलेजका भाइस प्रिन्सिपल गोबिन्द सुबेदीको स्वागत तथा बिषय प्रवेश, प्राध्यापक बिजयकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो। अन्तरक्रिया कार्यक्रमको सहजीकरण शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठले गर्नुभएको वेस्ट पोइन्ट मिडियाहबले जनाएको छ ।

भुइँमा सुत्दा हुन्छन यस्ता फाइदा

भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।

पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं ।

दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङरङग् पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्न कम हुने : कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।

काँध र गर्दनमा पीडा कम हुने : काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

सही रक्तसञ्चार सहि हुने : शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

थकान र तनावलाई हटाउने : दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

निद्रा पुरा हुन्छ : बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ !

 

आँखामा यस्ता समस्या आउँछ, आँखाको हेरचाह यसरी गनुहोस

हामी निदाएका बेला बाहेक जुनसुकै समय आँखाको सर्वाधिक उपयोग गरिरहेका हुन्छौं। यस्तो महत्वपूर्ण अंग आँखाको हेरचाह र सुरक्षा कसरी गर्ने ?

आँखाको बनावट

हाम्रो आँखामा सबैभन्दा अगाडि कोर्नियाको डल्लो हुन्छ। यही कोर्नियाको रंगीन आइरिसको बीचमा रहने पारदर्शी नानीबाट प्रवेश गरी प्रकाश आँखाको पर्दा वा रेटिनामा जान्छ। नानीको ठीक पछाडि लेन्स हुन्छ, जुन जोनुल्स (लेन्सलाई खुम्च्याउने वा फैलाउने लिगामेन्ट वा रेशा) सँग जोडिएको हुन्छ। जब आँखाको नानीबाट प्रवेश गरेको प्रकाश लेन्स हुँदै रेटिनामा ठोकिन्छ, त्यहाँका टिस्युमा रहेका अप्टिक नर्भले हामीले हेरेको वस्तुसम्बन्धी जानकारी मस्तिष्कमा पुर्‍याउँछन् र हामीले ती वस्तु देख्छौं।

जन्मदेखि ३० वर्षको उमेरसम्म

हामी जन्मँदा आँखाभित्र रहेको लेन्स सफा र लचकदार हुन्छ भने त्यसमा जोडिएका जोनुल्स पनि सशक्त हुन्छन्। उमेर बढ्दै गएसँगै लेन्सको लचक घट्दै जान्छ र जोनुल्स पनि कमजोर हुन्छन्।

सामान्यतः आँखाको आकार र दृष्टि वंशाणुगत रूपमा निश्चित हुने गर्छ। यसको अर्थ, उमेर बढ्दै गएपछि हामीलाई चश्मा वा दृष्टि सफा हुने उपकरण आवश्यक पर्न सक्छ।

आँखाको डल्लो धेरै लाम्चो भए हामी टाढासम्म प्रस्ट र सफा देख्न सक्दैनौं र हामीलाई चश्माको आवश्यकता पर्छ। त्यसैगरी, आँखाको डल्लो सामान्यभन्दा छोटो भए हामी नजिकको वस्तु प्रस्ट देख्न सक्दैनौं।

त्यसैले दृष्टिमा वा देख्ने क्षमतामा फरक पर्नासाथ नै अप्थाल्मोलोजिस्ट वा अप्टोमेट्रिस्टकहाँ आँखा जँचाउन जानुपर्छ।

४० वर्षको उमेरमा

‘यही वयमा हो हामीले नजिकै दृष्टि केन्द्रित गर्ने क्षमता गुमाउन थाल्छौं, जसलाई प्रिस्बायोपिया भनिन्छ’, भन्छन् अमेरिकन अप्थाल्मोलोजीका प्रवक्ता तथा सान फ्रान्सिस्कोस्थित ग्लुकोमा सेन्टरका कार्यकारी निर्देशक एमडी एन्ड्र्यू आइवाक।

यसको कारण जोनुल्स कमजोर हुनु र लेन्स मोटो तथा कडा हुनु नै हो। यसको उपचार चश्मा लगाउनु नै हो। तर, यो कहिले सुरु हुन्छ, ठ्याक्कै भन्न सकिन्न। यो हाम्रो दृष्टि क्षमतामा भर पर्छ। जस्तो कि, हाम्रो दृष्टि सानैदेखि ठीक थियो भने ४० को उमेर सुरु हुँदा नहुँदै नजिकको वस्तु हेर्न अर्थात् खासगरी पत्रपत्रिका वा पुस्तक पढ्न चश्मा लगाउनुपर्ने हुनसक्छ।

‘टाढाको वस्तु प्रस्ट देख्न चश्मा लगाउनुपर्ने व्यक्तिले भने ५० वर्षको छेउछाउतिर मात्र नजिकको दृष्टि क्षमता कमजोर हुन थालेको महसुस गर्न सक्छन्’, भन्छिन् नर्थ क्यारोलिनाको डर्हमस्थित ड्युक युनिभर्सिटी आई सेन्टरमा अप्थाल्मोलोजीकी असिस्टेन्ट प्रोफेसर जिल कुरी। र, पहिलेदेखि नै नजिक हेर्न वा पुस्तक पढ्न चश्मा लगाउनुपर्ने व्यक्तिलाई भने ४० वर्ष पुग्दा नपुग्दै समस्या अझै बढ्न सक्छ।

दृष्टिदोष भए वा नभए पनि ४० वर्षको उमेरमा एकपल्ट डाक्टरकहाँ गएर आँखा परीक्षण गराउनुपर्छ। अन्य परीक्षणसँगै डाक्टरले तपाईंको आँखाको प्रेसर र अप्टिक नर्भ ठीक अवस्थामा रहे नरहेको परीक्षण गर्छन्।

५० वर्ष र त्यसमाथिको उमेर

यो उमेरमा पुग्दा आँखाका लेन्स कडा हुने प्रक्रिया जारी हुन्छ। त्यसैले दृष्टि क्षमता अझै कमजोर हुन सक्छ र लेन्स वा बाइफोकल (नजिक र टाढा दुवैका लागि चश्मा) लगाउनुपर्ने हुनसक्छ।

यो उमेरपछि दृष्टिसम्बन्धी विभिन्न समस्या वा रोग उत्पन्न हुन सक्छन्।

मोतियाविन्दुः हाम्रो आँखाको लेन्स धमिलो भएर दृष्टि अस्पष्ट हुनुलाई मोतियाविन्दु भनिन्छ। उमेर जति बढ्दै गयो त्यति नै मोतियाविन्दु हुने सम्भावना हुन्छ । उमेर बढ्दै गएपछि सबैलाई हुने रोग हो मोतियाविन्दु। दुई करोडभन्दा बढी अमेरिकीलाई मोतियाविन्दु छ। धूमपान र घामले पनि मोतियाविन्दु लाग्न सघाउँछ।

जलविन्दु (ग्लुकोमा): २० लाखभन्दा बढी अमेरिकी ग्लुकोमाग्रस्त छन्। ‘आँखाभित्र दबाब बढेर अप्टिक नर्भ नष्ट हुँदा ग्लुकोमा हुन्छ’, भन्छिन् एटलान्टास्थित एमोरी युनिभर्सिटी स्कुल अफ मेडिसिन र एमोरी आई सेन्टरकी अप्थाल्मोलोजीकी असिस्टेन्ट प्रोफेसर एमिली बेडरिक। यसले बिस्तारै दृष्टि क्षमता हराउँदै अन्त्यमा दृष्टिविहीन नै बनाउँछ। विश्वभर अधिकांश युवाले दृष्टि गुमाउने प्रमुख कारणमध्ये जलविन्दु एक हो।

माकुलर डिजेनेरेसनः वंशाणुगत वा वातावरणीय कारणले रेटिनाको एउटा भाग माकुला खराब हुन्छ र दृष्टि क्षमता गुम्दै जान्छ। यसको लक्षण धमिलो देखिनु हो। घामको पराबैजनी (अल्ट्राभ्वाइलेट) किरण र धूमपानले यो रोग बढाउँछ। करिब २० लाख अमेरिकी यो रोगग्रस्त छन्। ६५ वर्षमाथिका ककेसियनहरूको दृष्टि गुम्ने प्रमुख कारण नै माकुलर डिजेनेरेसन मानिएको छ।

जति उमेर बढ्दै गयो आँखाका डाक्टरकहाँ नियमित आँखा परीक्षण गराउनुपर्छ। खासगरी ४० वर्ष पुग्दा र नाघेकाले बेला–बेला आँखाको जाँच गराए रोगको प्रारम्भिक चरणमै जानकारी पाइन्छ र उपचार/रोकथाम गर्न सकिन्छ। दृष्टि धमिलो वा देख्न समस्या भए डाक्टरकहाँ जँचाउन गइहाल्नुपर्छ । यसो गरे मात्र आँखा स्वस्थ र दृष्टि क्षमता कायम राख्न सकिन्छ।

मुटुराेगबाट जाेगिन अपनाउनुहाेस् यी १५ उपाय

पछिलो समया मुटु सम्बन्धि धेरै बढ्दै गएको छ । मुटु प्रणीको एक सम्वेदनशिल अंग हो । मुटुलाई सकेसम्म जोगाएर राख्नु पर्ने हुन्छ ।मुटुराेगबाट जाेगिन अपनाउनुहाेस् यी १५ उपाय

१. शरीरको तौल नियन्त्रण गर्ने ।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।

३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ ।

४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ ।

६. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।

७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।

८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ ।

९. रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन्।

१०. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ ।

११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।

१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

१३. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।

१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।

१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।

पायल्स रोगीले के खानु हुँदैन ?

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।

धेरै तेल भएको र मसलायुक्त भोजन

अत्यधिक तेल या मसला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन् । पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ । यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

फास्टफूड नखानुहोस्
पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो फलफूल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ । यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ ।

राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैन । राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ ।

घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।
यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ । कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

अगरबत्तीको धूँवा चुरोटको धूँवाभन्दा एकदम खतरनाक

अगरबत्तीलाई आध्यात्मिकता मात्र नभई शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ । अगरबत्तीको सुगन्ध तपाईंलाई राम्रो लाग्न सक्छ र त्यसले तपाईंको मनलाई आनन्द दिन सक्छ ।

वास्तवमा अगरबत्तीको धूँवा त चुरोटको धूँवाभन्दा खतरनाक हुन्छ। चिनियाँहरूले गरेको अध्ययनमा अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् । सुगन्धित अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई नोक्सानी गर्छन्। अध्ययनले साबित गरेअनुसार सुगन्धित अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन् स् म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन् ।

अगरबत्तीबाट निस्कने धूँवाबाट शरीरमा भएको जीन परिवर्तित हुन्छ र यो नै क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो । आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो ।

म किन सगरमाथा चढेँ ?

म पुग्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ जातका घेराहरु नहुन जसले मलाइ रेखा नै लगाएर थुप्रै दैलाहरु बाहिरै राखेको छ । म हेर्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ रँगहरुको कुनै तुलना नहोस । किनकी मैले म आफ्नै जिबनमा पढेको छु जातहरुले लेखेको नमिठो कथा र देखेको छु मानिसका रँगहरुले रँगाएका डरलाग्दा क्यानभासहरु । मेरो बाबाको जात र कालो रँग देख्न वित्तिकै राजमार्गमा चल्ने बसको खलासिँ पनि हेप्न शुरु गर्छ र मेरो बाबा अमिलो भएर टुलु टुलु हेर्न बाध्य हुनेगर्दछन ।

ती कथाहरुमा मेरो बाबा र काकाहरु निरीह पात्रबनेर कथा लम्बाइरहेछन किनकी उनीहरु कथित दलित हुन र काला छन । म चाहान्न रँगहरुले यी नमिठा कथा लम्बाइ राखोस । म चाहान्न धर्महरुले मेरो समाजको कथाहरु लम्बाइ राखोस र मेरी वहिनी अर्की मलला बनुन । म हेर्न चाहान्थे धर्मले नछोएको ठाँउ । म पुग्न चाहान्थे जातले नछोएको ठाँउ । म त्यो पबित्र ठाँउमा पुग्नको लागी ब्याकुल भइसकेको थिँए । मलाइ थाहा थिएन त्यो ठाँउ कहाँ छ । तर प्रश्नहरुको मृत्यु नहुँदोरहेछ ।

माङगेनामा युग पाठकले भने जस्तै प्रश्नले जवाफ खोज्छ र जवाफको खोजी कठिन हुन्छ । मेरो भोगाइ र मेरो पुर्खाहरुको कथाले मलाइ प्रश्नहरुको जवाफ खोज्न सजिलो बनाइदियो । चुलो छोएको निहुँमा, कुटाइ खाएर मृत्युवरण गरेका कालिकोटका मानविरे सुनारहरुले मलाइ जवाफ खोज्न सजिलो बनाइदिए । मेरो बाबा र काकाको जात कथित दलित भन्ने थाहा पाउने वित्तिकै मेरै उमेरका साथीहरुले उहाँहरुको नाममा एकार जोडेर बिगारिदिएको बिग्रेको नामले नै मलाइ जवाफ खोज्न सजिलो बनाइदिए ।

कथित उच्च जातको पर्खाल देखाएर मेरो देशका धेरै आमाहरुको प्रेमीले उनलाइ उनको पवित्र प्रेमको बेस क्याम्पमै छाडेर गएको कारुणिक कथा म कसरी विर्सन सक्छु । जीबनको एक समय जतिबेला प्रेम सबैभन्दा शक्तिशाली हुन्छ, त्यति नै बेला आफ्नो सशक्त उर्जा  क्षिण हँुदा हाम्रा ती आमाहरु कति कमजोर बनेहोलान ? मलाइ ती आमाहरुको गुमेको शक्तिको महशुस गर्नुथियो ।

त्यसैले मइले सगरमाथा चढेँ । पवित्र प्रेमको शक्तिशाली बहावलाइ पनि छेक्ने विभेदको त्यो क्रुर पर्खालको पछाडी के छ होला ? विभेदका थुप्रै पर्खालहरु पछाडी के हुन्छन होला भन्ने जिज्ञासाले नै मलाइ विश्वकै विशाल र अग्लो पहाड चढ्ने मोह जाग्यो । त्यो शालिन र कठोर पहाड चढ्न मलाइ मैरै समाजको विभेदको क्रुर पहाडहरुले नै प्रेरणा दिएको थियो ।

म पहाड नाघेर मेरी आमाहरुलाइ छाडेर गएको उनका प्रेमीहरु पुगेको समथर मैदान हेर्न चाहान्थे, जहाँ जात कै कारण एक प्रेमिका पुग्न ब्रजित भइन । काभ्रेका अजित मिजारलाई पुरिएको खाडलको गहिराइ नाप्नको लागी नै मैले सगरमाथाको गहिरा खोँचहरु नाप्ने प्रयत्न गरेको हुँ ।

लक्ष्मि परियारलाइ भलिबल मैदानको पोलमा बाँध्ने रसिको लम्बाइ नाप्न नै मइले सगरमाथाको भित्ताहरुमा हुक गराइएका रसीहरुको लम्बाइ नापेको हुँ । मलाइ बषौँ सम्म मेरो छिमेकीको घरभित्र छिर्न अनुमति नभएको सँघार नाघेर मेरो साथीले आगो ताप्ने अगेना हेर्ने मन थियो, तर उसको घरको दैलोको सँघार मेरो लागी सगरमाथा जस्तै अग्लो छ । त्यसैले मलाइ सगरमाथा चढ्न मन लाग्यो किनकी मलाइ, मरो साथीले आगो ताप्ने अँगेना हेर्नु थियो ।

०००

हो, त्यसैले मैले सगरमाथा चढँे । २०७४ जेठ ८ गते बिहान ५ बजे शिखरमा पुगेँ ।

०००

मेरो देशमा मन्दिरहरुको उचाइ निकै माथी छ । अग्ला र राम्रा बस्तुहरु हाम्रा स्वामित्वमा हुँदैनन भन्ने मैले केटाकेटी हुँदा देखि नै बुझेको थिँए । नहँुदो त, दुइ तले मन्दिरलाइ मानिसको मन भन्दा अग्ला र बृहत मानेर दलितहरुको आस्था र मनलाइ मन्दिर बाहिरै सायदै राखिन्थ्यो होला । ती अग्ला मन्दिरहरुमा म आँफै अग्लो भएर कहिल्यै पुजा गर्न पाइन । मन्दिरहरु अरु नै कसैको अधिनमा थिए ।

तर सगरमाथामाको शिखरमा पुगेपछि मलाई लाग्यो, खास उचाइहरु त कसैको अधिनमा नहुदा रहेछन ।  शिखरमा हँुदा, मेलै शिखरका भुँइहरु छुहीरहे, किनकी मलाई तल जमिनका थुप्रै ठाँउहरु छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो । म माथीको आकाशमा मैले बेप्रवाह मेरा दुबै हातहरु हल्लाइरहे । शालिनता पुर्बक लच्किरहेका मेरा हातहरुलाइ कसैले रोकेन।

सगरमाथाको टूप्पोमा रँहदा मलाई सबै खालका उत्पिदनबाट मुक्त भएजस्तो भान भइरहेको थियो । मलाइ थाहा थियो शिखरमा अनुभव गरेको निरपक्ष मुक्ति तल झरेपछि सापेक्षिक हुनेछ । किनकी तल फर्केपछी म मेरो समुदायलाई उत्पिडनबाट मुक्ति दिलाउन अझै मइले विद्रोहका थुप्रै कठिन पहाडहरु चढ्नुपर्नेछ  ।

जब म फर्किदा तल झर्न लागे,अचानक एउटा प्रश्नले मलाई नराम्ररी ढक्का दिइरह्योे । मेरा देशका मन्दिरहरुको गजुरलाई कहिले देखि यसरी नै सुम्सुम्याउन सक्छुहोला,  जसरी सगरमाथाको शिरलाइ सुम्सुमाएको थिए ? झण्डै १५० किलोमिटर प्रति घण्टाको वेगमा बहेको हावाको झोक्कालाई समेत फिक्का बनाउने गरी मलाइ उक्त प्रश्नले हल्लाइरह्यो ।

माथि चढ्दा गहीरा गहीरा गल्छीहरुमा हामी भ¥याङ हालेर पार गर्दथ्यौँ । भ¥याङ सँगै हामी रसीहरुको पनि प्रयोग गर्दथ्यौँ । माथी उक्लिँदै गर्दा रसीका गाँठोहरु फुक्दै जाँदा मलाइ यस्तो पनि लागेको थियो, यता रसिका गाँठोहरु फुक्दै जाँदा उता पसुपतिको भट्टहरुको जनैमा गाँठो पर्दै पो छकी । खैर मैलै कलाइम्विङ रोपका गाँठाहरु फुकाइरहँदा, गाँठाहरु अरु कतै अन्त ठाँउमा पनि पर्लान । तर मैलै फुकाएरै छाँडे जुन मेरो पुर्खाहरुको लागी सयौँ बर्ष देखि जटिल बनेर बसेको थियो ।उल्लेखित अनुभुति लेख, सोलुखुम्बु, गार्माका हिमाल आरोही विजय घिमिरे विश्वकर्माको अनुभवको आधारमा तयार गरिएको हो ।   भिम सुनार