Tuesday, June 3, 2025
19.1 C
Beni
19.1 C
Beni
Tuesday, June 3, 2025
Home Blog Page 1504

आँखामा आउने आनो उपचार गर्ने सजिलो घरेलु उपाय

प्राय सबै उमेर समुहका मानिसहरुलाई आँखाको परेला माथि वा तल आउने रातो दाना नै आनो हो। यसले मानिसलाई ठुलै पिडा दिने गर्छ । आनो बढ्दै गएपछि आँखा पनि टालिने गर्छ । आनोले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याउँछ जसले हाम्रो आँखालाई असर गर्छ ।

आनोको समस्याबाट समाधान पाउने घरेलु उपायहरु  :

१) बेसार : तातोपानीमा बेसार घोलेर त्यसमा सफा कपडा भिजाउनु होस् र कपडाले आनो आएको ठाउँमा सक्ने गर्नुहोस् । यो पक्रिया दिनमा तिनचार पटक गर्नाले आनो हराएर जान्छ ।

२) अम्बाको पात : अम्बाको पातलाई पानीमा उमालेर मनतातो बनाएपछि आँखा सेक्ने गरेमा आनोको पिडा कम हुनुको साथै बिस्तारै आनो हराएर जान्छ । यसका लागी दिनमा अम्बाको पात उमालेको पानीले दिनमा दुइतिन पटक आँखा सेक्नुपर्छ ।

३) इमलीको बिउ : इमलीको बिउलाइ दुइ दिनसम्म पानीमा भिजाएर पिस्ने र त्यसको पेस्ट बनाएर आनो आएको ठाउँमा लगाउने गरेमा आनो निको भएर जान्छ ।

४) घिउकुमारी : घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।

५) त्रिफला चूर्ण : आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ ।

प्याजको सेवनबाट पथरी निकाल्ने देखि दाँतको किरा मार्ने सम्मको अचुक फाइदा

प्याज  तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।  प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।

प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ।  यसको  रस एक तोला, मह एक तोला, भीमसेनी कपूर तीन मास राम्ररी मिलाएर लगाउँनाले मोतिया बिन्दको असर रहन्न। यदि शरीरको कुनै भाग बारुदले जलेमा त्यो स्थानमा प्याजको रस लगाउँनाले तुरुन्त फाइदा गर्दछ। पथरी को सिकायतमा प्याज उपयोगी हुन्छ। प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरी निस्कन्छ। प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कन्छ।

गठियामा प्याजको रस र सरस्यौको तेल मिलाएर मालिस गरेमा फाइदा हुन्छ। प्याजको पेष्ट बनाएर लगाउँनाले फुटेको एडियामा राहत मिल्दछ। दांतमा पायरिया प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०-१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ। यस्लाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४-५ पटक ८-१० दस दिन सम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ। दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ।

कम्मर र गर्दनमा पीडा छ भने भुइँमा सुत्नुस्

पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किनि त्यसमाथि सुत्छौ  ।

नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर  स्वास्थ्यलाई हानि पनि पुग्छ। गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

तातोपानीमा मह र कागती मिसाएर पिउदा हुने ९ फाइदा

१. पाचन सुधार्छ

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी

लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार

एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५.संक्रमण हटाउने क्षमता हुन्छ

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्र (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ

मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ

यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

रिस काम गर्ने उपाएहरु

रिस कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशील पक्ष हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ । रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ । यदि तपाईलाई रिस नियन्त्रण गर्न गार्हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :

एरोविक व्यायाम : छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् ।

शास्त्रीय संगीत सुन्ने : अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो ।

अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ ।

गहिरो श्वास लिने : याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ ।

फटाफट हिड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ ।

कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ ।

पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ ।

ध्यान गर्ने : ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।

कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डोर्‍याउछ ।

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी : भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ ।धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ ।बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।

रुघा बिग्रिएर हुने पिनास के हो ? समस्या र समाधान –

पिनास रोगका मुख्य कारण : रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनाव आदि !

पिनासको लक्षण : शिरमा अत्यन्त पीडा, नाक सुख्खा हुनु, श्वासमा दुर्गन्ध, गन्धबोधमा कमी हुनु, निरन्तर रुघा लाग्नु, तातो वाफ र पिप निस्कनु, नाकको भागमा सुन्नीनु, अनुहार वरिपरी सुन्नीएको अनुभव, निरन्तर सिंगान बग्नु !

पिनासबाट बच्ने उपाय : तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने
नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने, नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने,

दुग्ध पदार्थ अत्यन्त कम खाने

भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, नियमित प्राणयाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने !

धूम्रपान त्याग्ने

तुलसी एवं बेसार पानी पिउने र बाफ लिने, उपयोगी जडिबुटीहरु, बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली

खान र गर्न हुने कुरा

पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

खान र गर्न नहुने कुरा

दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।

घरेलु उपचार

बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन
अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने
आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने
पटक पटक मनतातो पानी पिउने

पिनासको आयुर्वेदिक उपचार

तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
सकिन्छ ।

योग/प्राणयाम

रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ । उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम !

चाउरी प¥यो ? पिपलको प्रयोगले हट्छ, अरुपनि छन् यस्ता फाइदा !

शताब्दियौंदेखि मानिसहरू पीपलको रुखको पूजा गरिरहेका छन् ।धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ । पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । यसका सुकेका पात, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ । आउनुस्, यसका फाइदाका बारेमा जानिराखौं ।

चाउरी

पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित लगाउँदा चाउरी हट्छ ।

दाद र चिलाउने

दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

पेट ठीक गर्न

कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ ।

दम

दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा भिजाएर दम रोगीलाई पिलाउनुस् ।

रुघाखोकि

पीपलको पातको धूलोलाई पानीमा अलिकति मिश्री मिसाएर पिउँदा रुघामर्की ठीक हुन्छ । वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले ठीक पार्छ ।

घाउचोटमा

घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

पाइताला नरम बनाउन

पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने

गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।

बिहानै उठेर खाली पेटमा लसुन खानुस त ! फाइदै फाइदा

बिहानै उठेर खाली पेटमा लसुन खानुस त  !  फाइदै फाइदा

–    लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ ।

–    सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
–    लसुनले आन्द्रा सफा राख्न मद्दत पु¥याउँछ ।

–    पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र    अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ ।

–    डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।-स्वास्थ्य खबरपत्रिका

योग किन, कसरी र कसले गर्ने ?

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने जोड दिए । बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिए । तेस्रो राष्ट्रिय योग दिवसको अवसरमा बेनी नगरपालिका, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रले बेनीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने भएकाले पनि योगको महत्वका बारेमा सहर देखी गाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ ।  भारतीय योग गुरु बाबा रामदेवले विभिन्न सञ्चारमाध्यमद्वारा योगको प्रचार-प्रसार सुरु गरेसँगै नेपालमा पनि योगप्रति मानिसहरुको मोह बढ्न थालेको हो । योगले आत्मालाई परामात्मासित जोड्छ ।

के हो योग ?

योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योगः एक जीवन पद्दति

योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।

स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।

यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।

किन आवश्यक छ योग ?

परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।

योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।
जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुन्छ ।

उच्च रक्तचाप, मधुमेहका विरामी र योग

अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन् ।

तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आˆनो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ ।

जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोपविलोप हो ।

त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ ।सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ ।

योगका लागि ध्यान आवश्यक

योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ । कम्तिमा मानिसले योगलाई अंगाल्नुपर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । हामीले बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ ।

नेपालमा योगको अवस्था

नेपालमा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । पहिले पहिले रासायनिक मल थिएन, खानामा विषादिको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा र्थिन । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरुलाई रोग लाग्दैनथ्यो ।

तर, अहिले मानिसहरुसित सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुलाई शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यक्ता छ ।

यसमा बाबा रामदेवले सहजीकरण गरिदिएका छन् । पहिले पहिले योग भनेको साधु सन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । यो पतञ्जली योगमा आधारित पुरानै विधा हो ।