Friday, May 2, 2025
15 C
Beni
15 C
Beni
Friday, May 2, 2025
Home Blog Page 1518

बेनी खुल्लामञ्चबाट बेहुला अन्माइयो

0

गयौं बाबु काखको दुध छुटाएर ।
बा–आमालाई नराखे फुटाएर ।।
ल्याएकी दुलही राम्ररी पाले ।
जन्मदिने बु–आमा नफाले ।।
लक्ष्मीको कर्मघर पाईलो ।
अव घर बनाउँदै रमाईलो ।।
लेउन बहिनी बालेर बत्ती ।
दाई भाउजुलाई सम्झेर एकचोटी ।।
नाङ्लोमा टिका फलफुल, मालाले सजाउँदैस्टेजमै जग्गे हालियो ।जातीय पहिरनमा सजिएका ब्राह्मण महिलाको साथमा दुलाह, अनि पुहोरित पनि देखा परे। दुलाहकी आमाले छोरालाई दुलहीको घरमा जानु अघी बेहुलाकी आमा बन्दै जन्ती पठाउँदा पूरा गर्नुपर्ने संस्कार र प्रक्रिया पुरोहितले सुनाउँदा भावुक भईन् ।

पुरोहितको हाउभाउ, बेहुलाको अनुहारमा चमक, रत्यौलीका लागि तयार भएका महिलाको दृष्यले शनिबार छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला विवाह उत्सवजस्तै देखिन्थ्यो । विवाहमा केटा पक्षको घरमा जन्ती र बेहुला बेहुलीको घरतर्फ प्रस्थान गरेपछि त्यस दिनमा महिला र यूवतीहरू मिलेर खेल्ने रत्यौलीले महोत्सवस्थल विहे घरजस्तैद देखियो ।

बेहुलालाई अन्माएर जन्ती सहित बेलुही घरमा पठाएलगत्तै महोत्सवस्थल रत्यौलीमय भएको थियो ।खुल्लामञ्चमा बजार देखी गाउँबाट आएका खचाखच दर्शकको उपस्थितीमा मञ्चको आधा भाग ढाकेर बसेका महिला रत्यौली गाउन थालेपछि दर्शकले समेत नाँच्दै साथ दिएका थिए । म्याग्दी महोत्सवको इतिहासमै पहिलोपटक आयोजित रत्यौली प्रतियोगितामा बेहुलाका आमा, बुबाको ब्यथा र मर्म, बुहारीको स्वभाव, भविस्यका बारेमा रत्यौलीमा घन्किँदा दर्शकले ताली बजाउँथे ।

बेहुलाको घरको आगनमा जस्तै रत्यौलीकै भाकामा गाइने गीतको शब्दले घरीघरी दर्शकलाई कतिबेला हँसाउथ्यो त, घरीघरी स्तब्ध बनाउँथ्यो ।पुरुषलाई निषेध गरिने रत्यौंलीमा पुरुषको भेषमा सेनाको पोशाक, विभिन्न पोशाकमा सजिएर नाच्न आएका पुरुषको गतिविधिले समेत दर्शकलाई पेट मिचीमिची हसाइरहेको थियो।

रत्यौलीमा पुरुषको उपस्थिती भए महिलाले कुटेर पठाउने परम्परा रहेकाले पनि महिलाले पुरुषको भेषमा नाच्ने गर्छन् । पुरुष भेषमा रत्यौलीमा सहभागि हुनेलाई लुठो भनिन्छ । ‘पुरानो मौलिकपन हराउन थालेको छ, रत्यौली पनि पुराको नेपाली मौलिक कला, संस्कृतिभित्र पर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले भने । उनले पुरानो मौलिकतालाई संरक्षण र प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगितामा बाह्मण समाज, क्षत्री समाज, शिक्षामार्ग आमा समुह, भगवती समुह, भृकुटी आमा समुह, गणेश आमा समुह,नेकसरा समु र धौलागिरी नाट्य समुह गरी ८ टोलीको सहभागित रहेको थियो । प्रतियोगितामा सहभागि भएकाले रत्यौलीले मौलिकता जर्गेना गर्न यूवापुस्तालाई समेत सचेत बनाएको धौलागिरी नाट्य समुहका अध्यक्ष रवी कार्कीले बताए । ‘विस्तारै रेकर्ड गीतलाई प्रयोग गर्न थालिएको छ । यस्ता प्रयोगितालाई गाउँस्तरसम्म पु¥याउनुपर्छ’ कार्कीले भने ।

यसैविच प्रतियोगितामा क्षत्री समाज महिला प्रथम र धौलागिरी नाट्य समुह द्धितिय भएको छ । प्रथम, द्धितियले क्रमश नगद १५ हजार १११ र ७ हजार १११ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनीका साथै नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् ।

जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?

0

शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्।जोर्नी प्रत्यारोपण  दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ। जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन।

हात, घुडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर गरिने उपचार पद्धतिलाई जोर्नी प्रत्यारोपण भनिन्छ।बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ।

जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित ब्यायाम गर्नुपर्छ। ब्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ।

धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ।  शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने भएपछि त्यसलाई बडी माक्स इडेक्स भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुकरुक्क बस्न हुन्न ।

जोर्नी दुख्न थालेपछि हड्डी खिइन ढिलो हुने इजेक्सन पनि लगाउन सकिन्छ। विरामीको आफ्नै रगत निकाल्ने र त्यही रगतबाट ग्रोथ फ्याक्टर निकालेर सुई लगाउन सकिन्छ। यसले हड्डी खिइँन अल्लि बेर लगाउँछ। मलाई पनि जोर्नीको समस्या छ।

मैले पनि रगत निकालेर ९ पटक सुइ लगाइसके । रगत निकालेर  यसरी सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ ।

अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौं। खिइएको भाग तासेर चल्न मिल्ने बनाइन्छ।

नेपालमा १९९८  तिर घुडाको प्रत्यारोपण भित्रिएको छ। हिपको त्यो भन्दा अघि देखि नै सुरु भएको हो। त्यस बेला आक्कल झुक्कल मात्र प्रत्यारोपण गरिन्थ्यो । मुटुका विरामी, विरामी नै उपचार गर्न मानसिक रुपमा तयार नहुदाँ र  जोर्नीमा पिप आएर इन्फेक्सन भएकाहरु, क्यान्सर भएकालाई जोर्नी प्रत्यारोष्ण गर्न सकिदैँन ।

नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ। बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ।

जोर्नी प्रत्यारोपणका लागि सबैभन्दा पहिलो अप्रेसन थ्रिउटर सुविधा सम्पन्न र लेटेस्ट प्रविधिको चाहियो। इन्फेक्सन कन्टोल गर्ने अप्रेसन  थ्रिएटर र डाक्टरको अनुभव राम्रो हुनुपर्यो। अप्रेसनपछि पनि विरामीलाई समस्या आउन सक्छ।

आइसियु राम्रो चाहियो, एथेन्सिया टिम राम्रो हुनु पर्यो, फिजियोथेरापि टिमका साथै बिरामीलाई साइकोलोजिकल रुपमा सपोर्ट दिने अर्को टिम पनि खडा अवस्थामा रहनुपर्छ। एउटा जोर्नीको उपचार खर्च कम्तीमा ५ देखि ६ लाख लाग्छ।

सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ ।शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनर्स्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ ।

डा. चक्रराज पाण्डे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर हुन् । पाण्डेले बिगत २१ वर्षदेखी निरन्तर रुपमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन् ।

 

पाठेघर खस्नुका कारण र समाधानहरु जानिराख्नुहोस्

0

आफ्नो स्थानबाट (पाठेघर युटेरस) बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ। महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रुपमा छ। महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन्। गह्रौं काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन्।

कारणहरु

– गर्भवती अवस्थामा पाठेघर तन्किएर ठूलो हुने भएकाले पनि पाठेघर खस्ने समस्या आउन सक्छ। गर्भावस्थामा पाठेघर तन्किएर ७० देखि १ हजार ग्रामसम्म पुग्ने गर्छ। उक्त अवस्थामा पाठेघरलाई सहयोग गर्ने मांसपेसी पनि कमजोर बन्न पुग्छ। पाठेघरलाई आराम नदिईकन छिटोछिटो बच्चा जन्माउनाले पनि पाठेघर खस्ने समस्या निम्त्याउँछ।

– बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि पाठेघर कमजोर भई खस्न सक्छ।

– बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ।

– आमाको तौल बढी भएमा।

– महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर।

– पाठेघरमा ट्युमर भएमा।

– लामो समयसम्म खोकी लागिरहेमा।

– कसै–कसैमा जन्मजात पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी कमजोर भएमा।

समाधानका उपाय 
– परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने।

– स्वास्थ्य संस्थामा बच्चा जन्माउने।

– गर्भवती हुँदाको अवस्थामा गह्रौं सामन नउचल्ने।

– आराम गर्ने सुत्केरी अवस्थामा।

– पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने।

– लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने।

– तौल नियन्त्रण गर्ने।

केगल व्यायम
पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि यो व्यायम गरिन्छ।

पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’का मांसपेशीलाई कडा बनाउने ९१ देखि १० सम्म० अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्न सकिन्छ।

जनचेतना अभावका कारण पनि पाठेघर खस्ने समस्या न्यूनीकरण भइरहेको छैन। त्यसैले जनचेतना जगाउन अत्यन्त जरुरी छ। अर्को भनेको, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र त्यसका लागि प्रोत्साहन गर्ने काम पनि उत्तिकै जरुरी छ।

सरकारी अनि गैरसरकारी संस्थाबाट महिला स्वास्थ्यका लागि धेरै योजना र कार्यक्रम लागू भए पनि ग्रामीण भेगका महिलाको हितमा अझै प्रगति हुन सकेको छैन। सहरी भेगमा केही सकारात्मक सुधार भए पनि ग्रमीण भेगका महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन।

अतः पाठेघर खस्ने समस्या महिला स्वास्थ्यका लागि प्रमुख चुनौती बनेको छ। यसको न्यूनीकरण गर्न महिला स्वयंजागरुक हुन आवस्यक छ। तसर्थ, आफ्नो प्रजनन अधिकार र स्वास्थ्यका लागि महिला स्वयं सुसूचित हुन उतिकै जरुरी छ।

जान्नुहोस् हर्टअट्याक हुने कारण र जोगिने तरिका

0

हर्टअट्याक हुने ८ कारण :

उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ।

धुम्रपान
धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ।

उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ।

मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।

मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।

वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।

अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।

मानसिक तनाव
मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।

३. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।

४. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

५. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।

६. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ।

७. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ।

८. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।

९. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।

१०. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

११. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ।

१२. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।

१३. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।

समय अगावै बच्चा यस कारण जन्मिन्छ

0

प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ ।स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

गर्भवती आमामा उच्च रक्तचाप, मधुमेह एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ।गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्।

नर्मल बच्चा २ दशमलव ५ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएको बच्चालाई बचाउनसमेत गाह्रो पर्न सक्छ । समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयाघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ ।

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

0

१. पाचन सुधार्छ
पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ
तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी
लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार
एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग ‘खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ’ पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ
महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल ९शरीरबाट पानी बाहिरनिकाल्ने तत्व० को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ
मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी
मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर
मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ
यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

सबै महिलाले अनिवार्य जान्नै पर्ने, महिनावारीका यस्ता भ्रम

0

१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४-५ चम्चा हुने गर्दछ ।

२. महिनावारी रगत फोहोर हुने गर्दछ
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

३. सेक्ससँग बच्नुहोस्
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।

४. व्यायाम गर्नु हुँदैन
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।

५. मासिक धर्मको पिडा
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. गर्भवती हुनसक्नुहुन्छ
यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

७ . मन लागेको जे पनि खान सक्नुहुन्छ

महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।

सन्दर्भ अनुसार एउटा प्रसङ्ग : किन बन्ने कम्युनिस्ट ?

0

अजयमिलन श्रेष्ठ

आज अनयासै बाल्यकालिन एउटा सानो घटनाको स्मरण भैरहेको छ।जाडो मौसमको कुनै दिन बिहानी खाजाका रुपमा खादै गरेका मकैका केही गेडाहरू भुइँमा खसे। एकातिर सुख्खा र ठोस रुपका ती गेडाहरूमा धुलो नटांसिने, अर्कोतर्फ म उफ्रदै गरेको घरको त्यो पटाहा पनि सफासुग्घर नै रहेकाले पनि अविलम्ब ती दानाहरू टिप्नु श्रेयस्कर ठानेकैले घोप्टो परेर मैले ती गेडाहरू टिप्न के थालेको थिएँ, मेरा कमिजको खल्तीमा भएका अरु मकै पनि पोखिएर भुंइभरि असरल्ल भए।

मैले नचाहदा नचाहदै अकस्मात घटित त्यस अप्रत्याशित घटनालाई सामना गर्दै हताश र निराश अवस्थामा पनि संयमतापूर्वक पोखिएका खाजा बटुल्नुलाई उत्तम विकल्प मानेर नै मेहनतका साथ जम्मा पार्न सफल भएको थिंए।

मेरा ती कलिला बालमष्तिस्क “लोभानीमुक्त“ हुने कुरै भएन, खुशीले मात्तिदै उफ्रिदै गर्दा पोखिएका केही गेडाहरूको लोभ नगरेको भए दोस्रो पटकको थप अधिक क्षति व्यहोर्नुपर्ने थिएन नि भन्ने चेत त बल्ल मात्र खुलेको जस्तो लाग्छ।

सावधानीपूर्वक मेरा बलबुटाले भ्याएसम्मको सामथ्र्य लगाएर पोखिएका खाजालाई एकत्रित गर्न मात्र के भ्याएको थिएं, टुप्लुक्क आइपुगेका मेरा दाजूले भुंइमा पोखिएर उठाएको खाजा खान हुदैन भन्दै खोसेर कुखुरालाई दिनुभयो। आफ्नै कमजोरीका कारण मुखैको आहारा गुमेको त्यस परिस्थितिमा म केबल मुकदर्शक मात्र बन्न विवश थिंए। कुखुराहरू भने आंगनमा रमाइरमाइ चारा टिप्दै थिए।

मलाई यतिखेर सन्दर्भ जोड्न मन लागेको छ कि–त्यतिबेला आमाले भुट्नुभएको पहिलो घानकै मकै गुमुर्काएर खल्तीभरि राखेर मौकाको फाइदा उठाउन सफल मेरो स्वार्थप्रति आहारिसे बनेकैले मेरा दाजुले उक्त खाजा पोख्याउदां खुच्चिङ भावले पनि त्यही निहुँमा खोसेर फालिदिएको हुन सक्ने आशंकाका साथ दाजुको त्यो कदम आग्रही थियो कि भन्ने प्रशस्त ठाउँ नभएको होइन।

तर आजको परिपक्वताले मैले महसुस गरेको छु कि–भुटेको मकैमा मैले प्राथमिकता पाउनु दाजुको समर्पण भावको कारणले थियो र पोखिएर उठाएको मकै कुखुरालाई दिनुमा उमेरले वहांमा प्राप्त सहि निर्णयन क्षमता र लोभ–त्यागको भावना थियो। दुई चार भोटो बढी फटालेको मेरो दाजुमा जागेको सचेतनाकै कारण मभन्दा वहाँमा “लोभानीमुक्त“ भाव र व्यवहार बढी थियो भन्ने निष्कर्ष मैले यतिखेर निकालेको छु।

“विशुद्ध मानवहितका दृष्टिले आजसम्म यो धर्तीमा जन्मेका अनेकौं दर्शनहरु मध्येको महान मानवतावादी र उत्कृष्ट दर्शन हो माक्र्सवाद।“ यतिखेर चन्द्रप्रकाश सरको यिनै लेखकीय अभिव्यक्तिसंग धेरै सहमति र केही मात्र विमतिका भावनाहरु पोख्दै वहाँद्वारा सम्प्रेषित विचार कै सेरोफेरोमा रम्ने र रमाउने चेष्टा गर्दैछु।

“हतियारले आफै गल्ती गर्दैन, तर हतियार प्रयोग गर्ने मान्छेको आपराधिक चिन्तनका कारण घातकसिद्ध भए झैं माक्र्सवादको कार्यान्वयन गर्ने सन्दर्भमा अनेकौं गल्ती कमजोरी भएका छन्, गम्भीर भुलहरू मात्र होइन् –कैयौं जघन्य र अक्षम्य अपराध समेत भएका छन्।“ त्यसैले त मानवतावादी उक्त उत्कृष्ट दर्शन एउटा अमानवीय निकृष्ट दर्शनका रुपमा प्रयुक्त हुदैछ भन्ने स्वीकारोक्तिका साथ पस्कनुभएको चन्द्रप्रकाश सरको त्यस आशयसंग विमति राख्नुपर्ने कुनै ठाउँ नै छैन । त्यसैले त माक्र्सवादीहरूको यहि गम्भीर भुलका कारण मार्क्सवाद पतनोन्मुख दिशातर्फ उद्दत छ भन्ने कुरा पनि दुविधाको बिषय हो जस्तो लाग्दैन ।

विश्वका किसान मजदुरहरू एक हौं भन्ने प्रतीकात्मक सन्देशरुपी हसियां हथौडा अङ्कित लालझण्डा बोक्ने नेपाली कम्युनिस्टहरूको विडम्बना भनेकै बाईस सत्ताइस झुन्डहरूमा विभाजित हुनु हो। यहि कुरालाई मनन र स्मरण गराउदै चन्द्रप्रकाश सरसंगको बेनीस्थित पीपलचोक नेरको भेटवार्तामा कम्युनिस्ट नीति अब्बल नरहेकै र बाटो स्पष्ट नभएकैले नेपाली कम्युनिस्टहरू विभाजित भएको प्रसङ्गमा यदि कम्युनिस्टहरू एक नहुने हो भने नेपाली यूवाहरूलाई आकर्षित र आबद्ध गर्न नसक्ने र नहुने आशय मैले व्यक्त गरेको थिंए।

“कम्युनिस्टहरू लोभानी पापानी मुक्त हुन्छन्, हुनैपर्छ । त्यसो गर्न नसक्ने हो भने कम्युनिस्ट भनाउनुको कुनै अर्थ रहदैन। लालफिताको फेटा बाधेकै भरमा कोहि कम्युनिस्ट हुँदैन। हसिंया हथौडायुक्त झण्डा बोकेकै भरमा कोहि कम्युनिस्ट भनाउन लायक बनिहाल्दैन।“ हुबहु चन्द्रप्रकाश सरको यहि यथार्थ टिप्पणीलाई आधार बनाइ कसी लाउने हो भने अवश्यमेव यस परिधिभित्र अधिक व्यक्तिहरू अट्न सक्दैनौं भन्ने कुरा निसन्देह छ।

चन्द्रप्रकाश सरकै मप्रतिको सद्भावयुक्त र भरोसापूर्ण शब्दका आधारमा “वर्ग र बौद्धिकताले खांट्टी कम्युनिस्ट हुनुपर्ने मान्छे अजयमिलन सर(म स्वयं)“ पनि यस परीक्षणमा उत्तीर्ण हुने कुरै भएन । त्यसैले त म वहाँका भाषा र भावप्रति पूराकापूर सहमत हुदैछु। अब भन्नुहोस–केपी ओलि वा प्रचण्डको त कुरै छाडौं, मुलुकमा कति जना र क–कसले आफूलाई कम्युनिस्ट बनाउने र भनाउने दुस्साहस गर्नुहोला ? यहि जिज्ञासापूर्ण बिषय र प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ।

संयोगवश आज नेपालका दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन गर्दै पार्टी एकीकरणको दिशामा अघि बढीरहेका छन्। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यो विषय निश्चय पनि सुखद पक्ष नै हुनेछ। तर कथंकदाचित यी दुई पार्टी एक भएछन् भने पनि चन्द्रप्रकाश सरले भन्नु भएझैं सैद्धान्तिक व्यवहारिक दृस्टीले त्यो नया पार्टी अपेक्षित भिन्नै खालको अनुभुति गर्न नसकिने भने निश्चितै छ। त्यसैले पार्टी परिवर्तन गरी नयां कम्युनिस्ट पार्टीको सदस्य बन्नेहरूलाई विचार परिवर्तनको अनुभुति गर्ने अवसर भने कदापि मिल्ने छैन।

केबल व्यक्तिगत नाफा नोक्सानको जोड घटाउ मै पार्टी परिवर्तन गर्नेहरूको कमी नरहेको हाम्रो मुलुकमा उक्त ठूलो बाम पार्टीमा सदस्यता लिनेको भीड बढेमा कुनै अस्वाभाविक हुने छैन “व्यक्तिगत हिसाबले कम्युनिस्टको “क“नबुझेको मान्छेले पनि उक्त पार्टीमा सदस्यता पाउने र यथाशीघ्र विशेष अवसर र जिम्मेवारी समेत पाउने, यस सन्दर्भमा म्याग्दीमा पनि हामीले भोगेका र अनुभव गरेका उदाहरण प्रशस्तै रहेको“ चन्द्रप्रकाश सरको अभिव्यक्तिसंग सहमत हुँदै मलाई एउटा थप कुराको स्मरण समेत भएको छ–वहाँ स्वयम् ०४८ को संसदीय निर्वाचनमा म्याग्दीको तत्कालीन क्षेत्र नं.२ बाट निर्वा्चित हुनुभयो।

यतिखेर मलाई भन्न मन लागेको छ–एमालेबाट प्रतिनिधित्व गर्दै माननीय सांसद बन्नुभएका चन्द्रप्रकाश सर, जुन पार्टीमा आज वहाँ अटाउन सक्नुभएको छैन भने अन्यको आगमन उपस्थिति वा सहभागिताको अर्थ र औचित्य के रहला र खै ? हामीलाई अवगत छ, बेलाबेलामा वहाँले राजनीतिप्रति होइन कि,पार्टीप्रति वितृष्णा जागेको भाव सार्वजनिक गर्दै आउनुभएको छ।

तसर्थ पनि चन्द्रप्रकाश सरको यहि आशयका साथ अभिव्यक्त एक प्रसङ्ग अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले लेखेको एउटा चिट्ठीको मर्म “भीडबाट डोरिन हुदैन“ को उदाहरण दिदै “कम्युनिस्ट पार्टीको रुपमा निकै ठूलो भीड जम्मा हुनुलाई उक्त पार्टीको सदस्यता लिने लालशा र शर्त नबनाउनु“ भन्ने आग्रहप्रति पूरा सहमति जनाउदै नवयूवाहरूप्रति त्यही आग्रहलाई पुनरावृत्ति गर्दैछु।

“हतियारले गल्ती गर्दैन“ भन्दै गर्दा तरकारी काट्नकै लागि मात्र पनि एउटा भयानक तरवारको उपयोग गर्न थालियो भने असहज मात्र होइन अनिष्ट पनि हुन सक्छ। तसर्थ विकल्पमा उपयुक्त सानो चक्कुको प्रयोग गर्दै सो तरवारलाई महानवमीका दिन पूजा आजाका साथ बलि दिने कार्यमा प्रयोग गर्ने गरी सुरक्षित तबरले पूजाकोठामा सजाएर राखिन्छ ।

मानवकल्याणकै निम्ति निर्मित तरवार हिंसात्मक कार्यमा उपयोग हुने खतराले सजकता अपनाइए झैं “मार्क्सवादको आत्मा विशुद्ध मानव हितमा समर्पित“ रहेको तथ्यमा सहमत हुदाहुदै पनि आज त्यसलाई पुस्तकालयको सुन्दर ¥याकमा सजाएर राखिनुको विकल्प छैन भन्ने मेरो बुझाई छ।

लिङ्कनको चिट्ठीमा सम्प्रेषित “आकाशमा उडिरहेका चराहरू,घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फूलेका फूलहरूको श्वासत रहस्य बुझ्न दिनु पर्ने“ बिषयमा मुखरित भावनाप्रति मार्क्सवाद सम्वेदनशील भयो वा होला ? अनि लिङ्कनकै सोही पत्रको अन्तिम वाक्य र निष्कर्ष निर्भीक, साहसी र उत्साही बन्न प्रेरित हुँदै “मानवताप्रति नरम र आस्थावान हुने“ दिशातर्फ मार्क्स्वाद गम्भीर र उदार रह्यो वा रहला ? आजको सरल तर जटिल सवाल नै यहि हो।

तसर्थ पनि चन्द्रप्रकाश सरले अनुमान गर्नुभएझैं र वहाँकै भाषामा अभिव्यक्त “कहिल्यै कम्युनिस्ट हुन सक्नुहुन्छ जस्तो नलाग्ने“ र “जन्म र संगतले कांग्रेसी कित्तामा“ उभ्याइएको मैलेभने बाल्यकालमा केही गेडामात्र भुइँमा खस्दा पनि लोभनीमुक्त हुन नसकेको र आमाले हाम्रा निम्ति भुटिदिनुभएको मकै खाजा मेरै कमजोरीले गर्दा कुखुराको चारा बन्न पुगेको घटना स्मरण गर्दैछु।
अन्तमा मेरो पनि चन्द्रप्रकाश सरकै झैं एउटै आग्रह छ–कम्युनिस्टहरू या त दर्शन अनुरुप व्यवहारमा सच्चिनुपर्छ कि त व्यवहार अनुसारकै सैद्धान्तिक व्याख्या गरिनुपर्छ।

होइन भने रछ्यानमा असरल्ल घोप्टिएका आहारा टिप्ने जिब्रोले स्वच्छता, स्वस्थता र सभ्यताको नारा लगाउन किमार्थ सुहाउदैन। तसर्थ नेपाली जनताले यतिखेर चन्द्रप्रकाश सरको परिभाषा यसरी परिष्कृत हुँदै–“कम्युनिस्टहरू लोभानी– पापानीयुक्त हुन्छन्, यसै गरिरहने हो भने पनि कम्युनिस्ट भनाउनुको अर्थ रहिरहन्छ। लाल फिताको फेटा बाधेकै भरमा यहाँ कम्युनिस्ट भैरहन सकिन्छ। हसिया हथौडायुक्त झण्डा बोकेकै भरमा जो कोहि कम्युनिस्ट भनाउन लायक बनिहालिन्छ।“ का रुपमा परिमार्जन भएको देख्न अवश्यै चाहदैनन् । ( बेनी साप्ताहिकबाट )

कपाल फुल्यो ? चिन्ता नलिनुहोस, यी हुन् छुटकारा पाउने उपाय

0

युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् ।दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ ।

कपाल सेतो हुनबाट जोगाउन धेरै खर्च गर्ने प्रबृत्ती बढ्दो छ तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अमला
अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२
खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

नरिवलको तेल

तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ । नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

८ घण्टाभन्दा कम सुत्ने मानिसलाई यस्तो खतरा !

0

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताउनुभयो ।अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

error: Content is protected !!