Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1531

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

रक्तचाप भनेको धमनीका भित्ताहरुमा रगतले दिने दबाब हो । रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु यी हुन् :

Achar-and-other

१. अचार : अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।

२. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।

३. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।

४. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।

५. डुनोट : डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।

६. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।

७. चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ ।

८. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन । एजेन्सीको सहयोगमा

के हो उच्च रक्तचाप ? कसरी घटाउने ?

नेपाली हेल्थ

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।

‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि-हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो ।

‘प्रि-हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ ।

लो ब्लड प्रेशर : एउटा गलत धारणा
सामान्य रक्तचाप १२० / ८० भन्दा कम हुनुपर्छ । कहिलेकाही सामान्य मानिसको रक्तचाप माथिको ९०-११० र तलको ६०–७० सम्म पनि हुनसक्छ ।

सामान्य रुपले आफ्नो दैनिक कामकाज गर्नसक्ने व्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । रक्तचाप कम भएमा अनावश्यक पीर लिनु हुदैन । रक्तचाप जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ ।

जसको रक्तचाप १४०/ ९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनली सम्बन्धी रोगहरुको सम्भावना पनि बढी नै हुन्छ । अर्थात रक्तचाप कम हुनु राम्रो हो  (Lower is better) ।

साच्चिकै लो ब्लड प्रेशर भएको मानिसको अवस्था त सिकिस्त हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सधन कक्षमा राखेर उपचार गरिन्छ । त्यसैले रक्तचाप कम भएर तपाईको क्रियाकलापमा असर परेको छैन भने, यसलाई सामान्य मान्नुपर्छ र अनावश्यक चिन्ता गर्नु पर्दैन ।

साच्चिकै कसैलाई लो ब्लड प्रेशर छ भने, केही बेर सुतेर वा बसेर अचानक उभिदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई ‘पोस्चुरल हाइपोटेन्सन’ भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधी खाइरहेको व्यक्तिमा बढी हुन्छ । बृद्धहरुमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधि वा यसको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

रक्तचाप नियन्त्रण गर्न ध्यान दिनुपर्ने पाँच प्रमुख कुरा

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ ।

त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।

जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।

१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्णरुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न वा हुन नदिन के के गर्नुपर्छ ?

सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनु पर्छ र सो कारणलई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु (Risk Factors) उत्पन्न हुनबाट रोक्नुपर्छ । यसको लगि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ

अन्य उपायहरुः
१.पोटासियम युक्त खाना धेरै खानुपर्छः पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ ।
साइट्रस (Fruits) जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।

केरा र अन्य ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूल नियमित खानुपर्छः ताजा Fruits मा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउछ ।

२.प्रशस्त हरियो सागसब्जी खानुपर्छः प्रतिदिन नियमित २,३ चोटी हरियो सागसब्जी खानुपर्छ ।
३. माछाको प्रयोग फाइदाजनक मानिन्छः हप्तामा २ चोटी माछा खाँदा राम्रो हुन्छ ।

मुटु कसरी स्वस्थ राख्ने?

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ। केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं।सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं। मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ।

यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर हो।मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ। साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ।

उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। यस्ता समस्या अचेल निकै बढेका छन्।जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ। धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ। दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं। यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ। शाकाहारी दालभात स्वस्थ हुन्छ। नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ। मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ। माछा पनि लाभदायक मानिन्छ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ। बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ।
मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ। तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन। त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ।

कम उमेरमै हृदयघात हुने समस्या पनि बढेको छ। बाह्य रूपमा स्वस्थ देखिएको मान्छेको भित्रभित्रै समस्या आइरहेको हुन सक्छ।चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो। युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो। तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ।

कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ। लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ। पुरुषले प्रतिदिन ३० मिली र महिलाले १५ मिलीसम्म रक्सी (हार्ड ड्रिंक्स) खानु ठीकै हुन्छ।

यसबाहेक मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ। हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ।लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ। तनाव कम गर्न साथीहरू वा परिवारसँग नयाँ ठाउँ घुम्ने र समय बिताउने वा ध्यान गर्न सकिन्छ। व्यक्तिको रूचि र स्वाभाव अनुसार उसले आफ्नो मन भुलाउने र खुसी राख्ने क्रियाकलाप गर्न सक्छ।

यी खानाहरु जसले बोसो घटाउँछ –

हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर ग्रिन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ ।

ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।

ग्रिन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।

कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।

सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।

गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले सरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन सहयोग पूराउँछ ।

 

पूर्वी दिशामा खुट्टा र उत्तर दिशामा शिर नपार्नुहोस्, निम्तिछन् यस्ता समस्या

Dreams in blue

तपाईले अग्रजहरुबाट वा कतै पढ्नु वा सुन्नस भएको होला सुत्ने समयमा शिर कुन दिशामा पार्नु पर्छ भन्ने । वास्तु शास्त्र अनुसार उत्तर दिशामा खुट्टा र दक्षिण दिशामा शिर गरेर सुत्नु सवैभन्दा उचित मानिन्छ । तर केही मानिस यसलाई अन्धविश्वासका रुपमा हेर्छन् । तर वास्तवमा यसको पछाडि बैज्ञानिक कारण तथा स्वास्थयसम्बन्धी कारण रहेको छ ।

थाहा पाउनुस् यसको बैज्ञानिक कारण

मानव शरीरमा शिर सकारात्मक ऊर्जा को प्रवाह गर्छ र यसलाई चुम्बकीय उत्तर मान्छि । यस्तोमा यदी हामी उत्तर तर्फ शिर गरेर सुत्छौं भने उत्तर दिशाको सकारात्मक ऊर्जा आपसमा प्रतिरोध गर्छन् । जसरी चुम्बकका समान ध्रुब एक आपसमा जोडिनुको सटा एकले अर्कालाई धकेल्छन् ।

यस्तोस्थिति मा जब हामी उत्तर तर्फ शिर गरेर सुत्छौं तब हाम्रो निन्द्रामा समस्या अाउँछ । जसका कारण राम्रो सँग निदाउन सकिदैन । यस्तोमा हाम्रो हात, खुट्टाका पीडा महसुस हुन्छ ।

यसै कारण उत्तर दिशामा शिर बनाए सुत्दा बिरामी पर्ने सम्भावना बढी हुन्छ ।

जबकि यसको विपरीत उत्तरतर्फ खुट्टा पारेर दक्षिण दिशामा शिर गरेर सुत्दा हाम्रो सिरबाट सकारात्मक ऊर्जा को प्रवाह सही हुन्छ । र हामीलाई निन्द्रा राम्रोसँग आउँछ । यस्तोमा विहान उठ्दा हाम्रो टाउँको हल्का तथा शान्त समेत हुन्छ भने दिनभरको तनावसमेत कम हुन्छ ।

यसको पछाडि पनि पौराणिक मान्यता छ । जस अनुसार एक पटक जब भगवती पार्वती नुहाइ रहेकी थिइन् तब उनका पुत्र गणेश ढोकामा पालेको रुपमा उभिएका थिए । तब कोही भित्र जान पाएनन् । जब भगवान शिव आए तव गणेशले उनलाई पनि भित्र जानबाट रोके । जसका कारण भगवान शिव रिसाए । उनले आफ्नो पुत्र गणेशको शिर काटिदिए । जब पार्वतीले गणेशलाई पुन जिवित गर्न आग्रह गरिन् त्यस समय शिवले आफ्ना दूतलाई त्यस्ता मान्छेको सिर काटेर ल्याउन आदेश दिए जो उत्तर दिसामा शिर गरेर सुतिरहेको हुनेछ ।

त्यस सयमा मानवहरु सवै शास्त्रमा बर्णन गरिए अनुसार नै सुत्थे जसका कारण दूतले पृथ्वीमा कुनै यस्तो मानिस भेटेनन् जो उत्तर तिर सिरानी गरेर सुतोस् ।

यस्तोमा दूतहरुले उत्तर दिशामा सिर गरेर सुतेको एक हात्ती भेटे र त्यसकै शिर हिमालय पर्वत लगे ।
त्यसपछि भगवान गणेशको जीउमा हात्तीको टाउँको जोडियो । तसर्थ हिन्दू धर्म शास्त्र अनुसार उत्तर दिशा तर्फ खुट्टा फर्काएर सुत्दा भगवान शिव प्रशन्न हुनेछन् ।

शास्त्रमा दक्षिणलाई यमराजको दिशा मानिएको छ । र यस्तो धार्मिक व्यख्या छ की दक्षिण दिशामा खुट्टा गरेर सुत्दा हाम्रो उमेर कम हुन्छ ।

यसको अलावा पूर्व दिशा तर्फ खुट्टा गरि सुत्नुलाई पनि राम्रो मानिदैन किनकी पूर्व भगवान सूर्यको दिशाहो । जसका कारण हाम्रो जीवनमा कयौं प्रकारका समस्या आउँछन् ।

जान्नुहोस् जाडोमा स्वस्थ रहने यी उपयुक्त तरिका

शरीरलाई क्रियाशील राख्ने
जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

वजन बढ्न नदिने

जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।

पर्याप्त सुत्ने

वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

छाला स्वस्थ राख्ने

जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।

पानी पर्याप्त पिउने

जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ । साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ । जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।

तनावरहित हुने

तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ ।

रक्तसञ्चार सुचारु राख्ने

जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ । यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ । रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पु¥याउँछ ।

न्यानो कपडा लगाउने

कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ । न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।

तातो पानी पिउने

जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ । तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ ।

बिरामीबाट परै रहने

रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ ।

खाली पेटमा यी खाने कुरा खाएमा विष बराबर हुन्छ

धेरै जसोको बानि बिहान खालि पेटमा चिया अथवा अरु जे खाने कुरा पायो त्यहि खाने हुन्छन् । झन् कसैको बानी तविहान बेडमै चिया पिउने हुन्छ । जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन्।

हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ । हाम्रो शरीरलाई त्यस्तो खाने कुराले नाजुक बानाइ दिन्छन्। यी खाने कुरा कहिले पनि खालि पेटमा नाखानुहोला जुन तल दिएका छन्।

चिया/कफी : हामि बिहानाको समयमा खाली पेटमा  चिया र कफी पिउछौ । जुन  स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । यसले  एसिडिटी पनि हुन सक्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छन् ।

 

 

मसालेदार खाना : प्रया :जसोलाई  स्पाईसी वा धेरै पिरो खानेकुरा मन पर्छ र बिहानै ब्रेकफास्टमा खान्छन् जुन कहिले पनि खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स :  विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । र पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

अमिलो फल :  अमिलो फल खाली पेटमा खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ ।

 

मुटु स्वस्थ राख्न गर्नुहोस् यी ५ काम, तुरुन्तै असर देखिनेछ

मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन । बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थय भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् ।

जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ । दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जो तपाईंको शरीरलाई आवश्यक हुन्छ ।

त्यस्ता काममा योगा, जीम, खेलकूद, नृत्य या घरको कामकाज पनि हुन सक्छन् । यस्ता काम गर्दा तपाईंले आफ्नो स्वास्थ्यका साथै मुटुलाई स्वस्थ राख्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई एकदमै सजिला कामबारे बताउँदै छौं जसबाट तपाईंले आफ्नो मुटु र शरीरलाई स्वस्थ राख्न सक्नुहुन्छ ।

भर्याङ (सिढी) चढ्नु
तपाईंको घरमा होस् या कार्यालयमा भर्याङ (सिढी) त पक्कै पनि होला । यदि तपाईंले दिनमा १० मिनेट मात्रै लगातार सिढी चढ्ने र ओर्लने गर्नुभयो भने पनि धेरै लाभ लिन सकिन्छ ।

ताई ची
गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ । ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका हो ।

नृत्यु (डान्स)
मुटुलाई स्वस्थ राख्न नृत्य (डान्स) सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो । जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो । मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ ।

स्ट्रेचिंग व्यायाम
स्ट्रेचिंग तपाईको व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ । धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ । तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ । तर स्ट्रेचिंग गर्दा तपाईंले धेरै सतर्क रहनु आवश्यक हुन्छ कि तपाईंको शरीरको कुनै भागमा दुखेको त छैन ? दुखेको छ भने स्ट्रेचिंग नगर्नु नै राम्रो हुन्छ ।

एरोबिक्स
विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्पितमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ । जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन् । lokantar.com

यस्ता छन् चाया पर्ने कारण र हटाउने घरेलु तरिका

वर्तमान जीवनशैलीमा अधिकांश मानिसको टाउकोमा चायाको समस्या देखिएको छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

कारणहरु

१-जाडो मौसममा तातो पानीको प्रयोग

जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ ।

२-हार्ड श्याम्पूको प्रयोग

हार्ड श्याम्पूको प्रयोगले पनि कपालमा चायाको समस्या उत्पन्न गर्न सक्छ । दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ । बजारमा विभिन्न किसिमको श्याम्पू उपलब्ध छन्, यसकारण चायाको समस्याले चिन्तित व्यक्तिले माइल्ड र हर्बल श्याम्पूमा विश्वास राख्नुपर्दछ ।

३-ओयली कपाल

टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल ओयली हुन्छ, जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

४-थायराइडको समस्या

जो मानिसलाई थायराइडको समस्या हुन्छ, उनीहरू चायाको समस्याबाट बढी ग्रसित हुने गर्दछन् । थायराइडको समस्या हुँदा टाउकोको त्वचा रुखो हुन्छ र कपाल झर्न थाल्छ । टाउकोको रुखो त्वचामा चाया चाँडो फैलिन्छ ।

५-वर्षायाम

वर्षायाममा पनि टाउकोमा चाया पर्नसक्ने खतरा बढ्छ किनकि यस अवधिमा भिजेको कपालमा चिस्यान रहिरहन्छ र यस अवधिमा पानी टाउको जाँदा चिल्लोपन बढ्छ । यस चिल्लोपनको कारणले चायाको खतरा बढ्छ । वर्षायाममा पानी टाउकोमा जाँदा किटाणुहरूको खतरा पनि रहन्छ, जसले चायाको समस्या मात्र नभई अन्य रोगहरू उत्पन्न हुनसक्ने खतरा पनि बढ्छ ।

चाया हटाउने घरेलु तरिका

कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि ननिख्रेको चाया सामान्य कुराहरुले निख्रने गर्दछ जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान आवश्यक छ । तसर्थ जानिराखौ चाया हटाउने यी १० उपायहरु

१. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

 

हर्ट-अट्याक हुनुभन्दा एक महिनाअघिदेखि शरीरले यी संकेत दिन थाल्छन

हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ।पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ।आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।