Wednesday, April 30, 2025
18.1 C
Beni
18.1 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 1530

अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिताको उपाधी माउण्टका विश्वकर्मालाई

0

म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट आवासीय माविका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान सान्तवना हुन सफल भएका छन ।

प्रतियोगितामा प्रथम, द्वितीय तृतिय र सान्त्वना हुनेले प्रमाणपत्रसहित नगद, क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा बिजयी विद्यालयलाई प्रमुख अतिथि बेनी नगरपालिका मेयर सन्जु बरुवालले पुरुष्कार वितरण गर्नुभएको हो । धौलागिरि अन्चलभित्र लुकेर रहेको बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न बालदिवसको अवसरमा आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै प्रमुख अतिथि उपमेयर बरुवालले बालबालिका भित्र रहेको अन्तरनिहित क्षमतालाई चिनाउन लोकगित प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो ।

त्यस्तै सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, लमसुङ माविका प्रअ तुृलसिनाथ सुवेदी स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला बाल संजाल म्याग्दीका अध्यक्ष दिपक परिवारको अध्यक्षता, उपाध्यक्ष थपप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव रन्जना श्रेष्ठले गरेकी थिईन । बालमैत्री शासन, बालअधिकारको सम्मान गर्ने मूल उद्देश्यले आयोजित प्रतियोगितामा २५ टिमको सहभागि भएको थियो । धिरन खत्री

जन्मबार अनुसार थाहा हुन्छ को कति धनी

0
Money Falling on Happy Businessman --- Image by JLP/Jose L. Pelaez/Corbis

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार जन्मबार अनुसार मानिसको स्वभाव तथा जीवनको अवस्थाको बारेमा समेत जाकारी पाउन सकिन्छ ।

जन्मबारका अनुसार मानिसको ग्रहको प्रभाव शरीरमा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । बार अनुसार पुरुष र स्त्रीको स्वभाव र भाग्यमा समेत फरक पर्छ । एउटे बारमा जन्मिएका पुरुष र स्त्री फरक फरक स्वभाव र भाग्यका हुने गर्छन् ।

कुन बारमा कुन ग्रहको प्रभाव

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।


आइतबारः

आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । आइतबार जन्मिने स्त्री दान९पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः
पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

‘जसको निम्ती आँसु” म्युजिक भिडीयो सार्बजनिक (भिडीयो सहित)

0

हिरा बुढाथोकी

म्याग्दीको अन्नपुर्ण गाउपालिका – ५ साबिक शिख गाविसमा जन्म भई बिगत बिस वर्ष देखि हंगकंगलाइ कर्मथलो बनाउदै आएकी आशा पाइजाले आफ्नो पहिलो सांगेतिक कोसेली जसको निम्ती आँसु बजारमा ल्याएकी छिन।

कन्चन सुशील म्युजिक प्रा.लि.ले तयार पारेको म्युजिक भिडियो बिन्दाबासिनी म्युजिक प्रा.लि. सँगको सहकार्यमा शुक्रबार बिन्दाबासिनी म्युजिक प्रा.लि.को आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। पाइजा आफैले शब्द रचना गरेकी उक्त गीतमा संगीतकार पुष्पराज बरालले संगीत भरेका छन् भने गायिका गीता पाइजाले स्वर दिएकी छिन।

विभिन्न विधाका कलाकारको उर्बर भुमि म्याग्दीमा पछिल्लो समयमा संगीत मोह बढ्दै गएको पाइन्छ । आफुले बजारमा ल्याएको म्युजिक भिडियो बारे पाइजाले भनिन ! यो मेरो संगीत रहर हो सुख दु:खका साथी गीत संगीत ले कही न कही यथार्थ बोकेको हुन्छ यो गीतको पनि मैले एक जना मित्र सँग भावनात्मक कुराकानीका क्रममा रचना गर्न मन लागेर तैयार पारेको हो ।https://youtu.be/lyAZpfYvOjg

दुख बिर्साउने गितहरु मेरो जिबनको सारथी हुन् त्यसैले पहिलो प्रयास गरेको हो दर्शक स्रोताको सल्लाह सुझाब अनुसार आगामी दिनमा पनि गीत बनाउने सोचमा छु। रहर लागेर प्रयास गरेको हो सबैले सुनेर सल्लाह सुझाब दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु हेरौ कस्तो प्रतिक्रिया आउछन पाइजाले हास्दै भनिन ।

मन्जुश्री रेकर्डिङ्ग स्टुडियो पुतली सडकमा रेकर्ड भएको गीतको एरेन्ज छेवाङ्ग लामा द्वारा भएको थियो भने भिडियो इन्जोए मुभी प्रा.लि.ले छायांकन गरेको हो । सुबास जिसी को निर्देशन रहेको भिडियोमा चर्चित मोडेल सगुन साही र सुबास जिसी मुख्य भूमिकामा अभिनय गरेका छन् भने कलाकारहरु शिब र सुक्रियाले समेत अभिनय गरेका उक्त म्युजिक भिडियोको छायांकन कृष्ण पाण्डेले गरेका छन् ।

आफ्ना लागि दैनिक १० मिनेट पनि नदिने?

0

व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर।

पछिल्लो समय उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।यसको अर्को कारण पनि छ-हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।

एकै ठाउँ बसी–बसी काम गर्ने शहरीया शरीरलाई व्यायाम पुग्दैन। परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ।उसो भए गर्ने के त-खानै छाड्ने? शहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने?

होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौंधेरैलाई लाग्ला-शारीरिक परिश्रम गर्ने समय कहाँ पाउनु, जाँगर कहाँबाट जुटाउनु? ठीक छ-तपाईं दिनको दश मिनेट व्यायाम गर्ने समय, जाँगर र धैर्यता जुटाउन सक्नुहुन्छ होला नि? आफ्ना लागि दश मिनेट त निकाल्न सक्नुहुन्छ नि?

व्यस्त जीवन शैलीको प्रभाव मात्र होइन उमेरसँगै हाम्रो शरीरका मांसपेसी आफैं पनि कमजोर र लुलो हुँदै जान्छन्। तिनलाई तन्दुरूस्त राख्न हामीले केही व्यायाम त गर्नै पर्छ। हैन भने हाम्रो शरीर समयभन्दा चाँडै कमजोर हुँदै जान्छ, रोग लाग्छ। रोगसँगै मन पनि कमजोर हुँदै जान्छ।

शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनको निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सम्भावना रहन्छ।

छोटो समयमा गर्न सकिने, वैज्ञानिक हिसावले प्रभावकारी मानिएका ५ व्यायामबारे हामी यहाँ चर्चा गर्दैछौं। प्रभावकारी भएकै कारण यी व्यायाम अहिले संसारभर लोकप्रिय बन्दै गएका छन्।

१. प्ल्या‌ंक

प्ल्या‌ंक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरु बताउँछन्।

गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जीउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।

अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ। प्ल्या‌ंक २ मिनेटसम्म गर्दा प्रभावकारी हुन्छ र सकिन्छ पनि।

यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्या‌ंक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।

त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्‍योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्या‌ंक गर्न सक्नुहुनेछ।

ध्यान दिनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। एकैपटक दुई मिनेट गर्छु भनेर सुरू देखिनै कस्सिनु हुन्न। शरीर बलियो हुँदै गएपछि विस्तारै दुई मिनेटसम्म गर्न सकिनेछ।

शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।

फाइदाः यो व्यायाममा तपाईंको कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो र कसिलो बनाउँछ। मेरूदण्डको आसन सुधार्छ जसले तपाईंलाई कुप्रो हुने र ढाड दुख्ने समस्याबाट जोगाउँछ।

२. साइड प्ल्या‌ंकः 

यो प्ल्या‌ंकमा जस्तै कुहिनामुनिको हातको भाग समतल टेकेर गरिने व्यायाम हो। यसमा कोल्टे परेर एक हात टेकिन्छ अर्को कम्मरमा राखिन्छ। यो दुई पटक गरी दुई मिनेट गर्न सकिन्छ।

गर्ने तरिकाः कोल्टे फेरेर सिधा भएर माथि भनेजस्तै गरी हात टेक्ने। घुँडा मुनिको भाग मात्र जमिनमा छुवाउने र एक खुट्टामा माथि अर्को राख्ने। एक हात कम्मरमा राख्ने। अब बिस्तारै शरीर तलमाथि गर्ने।

शरीर तल जाँदा कम्मरले एक सेकेण्डसम्म भुँइ छुवाउने अनि माथि उठाउने। यो व्यायाम एकपटकमा १५ पटकसम्म तलमाथि गरे पुग्छ। दायाँ र बाँया तिर १५/१५ पटक गर्ने र आराम गर्ने। यही प्रक्रिया अर्कोपटक पनि गर्ने।

ध्यान पुर्‍याउनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। सुरूमा ५ पटक तलमाथि गर्दा हुन्छ, विस्तारै १५ पटकसम्म गर्ने। तर, दैनिक तीन पटकभन्दा बढी नगर्ने। शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।

फाइदाः यो व्यायामले मुख्य रूपमा पेटको दायाँबायाँ छेउमा भएको बोसो कम गर्छ। तिघ्रा, पेट र हिपका मांसपेशी बलियो र कसिलो बनाउँछ। प्ल्या‌ंक र साइड प्ल्या‌ंक मिलाएर गर्दा पेटको समग्र व्यायाम हुन्छ।

३. सुतेर गर्ने साइक्लिङः

यो व्यायाम समतल भुँइमा सुतेर साइकल चलाएझैं गर्ने हो। यो पनि जम्मा दुई मिनेट गर्ने।

गर्ने तरिकाः सिधा शरीर पारेर भुँइमा सुत्ने। अब बिस्तारै हलुका टाउको उठाउने। दुवै हात साइकलको ह्याण्डल समाए जस्तै गरी अगाडि सिधा राख्ने। अथवा तपाईं आफ्ना हात टाउकोमा राख्न्न पनि सक्नुहुन्छ। दुवै घुँडा सिधा माथि (९० डिग्री) उठाएर खुम्चाउने। हिप थोरै उठाउने ताकि तपाईंको कम्मरमा बल परोस्। टाउको र हात स्थिर राख्ने। विस्तारै दुवै खुट्टा साइकलको पेडल चलाएझैं चलाउने।

तपाईंले सुरूमा ५० र पछि १०० पटकसम्म यसरी खुट्टा चलाउन सक्नुहुन्छ। यसरी चलाउँदा टाउको र हिपले उठाइनै रहनुपर्छ। यही प्रक्रिया अर्कोपटक पनि गर्ने। तपाईंलाई यदि टाउको उठाएर गर्न गाह्रो हुने भए सुताएरै पनि गर्नसक्नुहुन्छ। तर, उठाएर गर्दा धेरै प्रभावकारी हुन्छ।

ध्यान पुर्‍याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले साइक्लिङ नगर्ने। सुरूमा गर्दा कम समय गर्ने र विस्तारै बढाएर दुई मिनेटसम्म पुर्‍याउने।

फाइदाः साइक्लिङले तपाईंको सम्पूर्ण मांसपेशी चलाउँछ। कुम र कम्मरको मांसपेशी बलियो बनाउँछ। पेट, तिघ्रा, हिप र पछाडिको अनावश्यक बोसो कम गर्छ। मुख्य रूपमा तिघ्रा र हिपसहित समग्र खुट्टाको बोसो कम गरेर मांसपेशी बलियो र कसिलो बनाउँछ।

४. जम्प स्क्वाटः

सुतेर गरिने तीन व्यायाम पछि हामी अब उठेर गरिने दुई व्यायामको कुरा गरौं। जम्प स्क्वाटले हाम्रो समग्र तौल कम गर्न मद्दत गर्छ।

गर्ने तरिकाः जम्प स्क्वाट उफ्रेर गरिने व्यायाम हो। हामी सानो ठाउँमा पनि यो गर्न सक्छौं। तर आफू उफ्रिँदा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा उभिने।

दुवै हात सिधा तन्काउने। जिउ सिधा उभ्याउने। अब बिस्तारै हिपलाई तल सार्दै कुर्सीमा बसे जस्तो गर्ने। यसो गर्दा तपाईँको पिँडुला र ढाड खुम्चन दिन हुँदैन। हात पनि सिधा नै राखिराख्ने।

अब आफ्नो शरीरलाई त्यही कुर्सीमा बसेको आसनमा ४/५ सेकेण्डसम्म अडाइराख्ने। अब त्यही आसनबाट बुरूक्क माथि तिर उफ्रिने। यसरी उफ्रिँदा शरीरलाई पुरा शक्ति दिने। उफ्रिएपछि तुरुन्तै कुर्सी आसनमा फर्कने। ५ सेकेण्ड बस्ने, फेरि उफ्रिने। यो १० पटकसम्म लगातार गर्ने। १५ सेकेण्ड आराम गर्ने र पुनः १० पटक अघिकै प्रक्रिया दोहोर्‍याउने।

ध्यान पुर्‍याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले जम्प स्क्वाट नगर्ने। सुरूमा गर्दा १० पटक नसके ५ पटक गर्ने।

फाइदाः जम्प स्क्वाटले पूरा शरीर चलाउँछ। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ। यसले टाउको, पूरै हात, खुट्टा, ढाड, पेट र हिपको व्यायाम हुन्छ। तपाईंको हिप, ढाड र कम्मरको मांसपेशी बलियो हुनुका साथै मेरुदण्डको आसन सुधार्छ। ढाड दुख्ने समस्या कम गराउँछ। पिडुँला बलियो बनाउनुका साथै हिप र पछाडि कम्मरमा लागेको अनावश्यक बोसो कम गराउँछ।

उफ्रिँदै गरिने भएकाले जम्प स्क्वाटले तपाईंलाई तत्काल ताजा र ऊर्जावान् बनाउँछ।

५. उड चपः यो व्यायामको अंग्रेजी नामको अर्थ ‘काठ काटनु’ हो। यो व्यायाम पनि त्यसरी नै गरिन्छ। उभिएर गरिने यो व्यायाम अझै प्रभावकारी बनाउन तपाईंले २/३ किलोको डम्बबेल पनि लिन सक्नुहुन्छ। नभए पानी भरिएको डेढ/दुई लिटरको बोतल वा कुनै बल पनि प्रयोग गर्न सक्नुहुन्छ। चाहिन्छ नै भन्ने होइन, हुँदा सहज र प्रभावकारी हुन्छ।

गर्ने तरिकाः उड चप उभिएर गरिने व्यायाम हो। आफू चल्दा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा सिधा उभिने। जिउ सिधा उभ्याउने। बिस्तारै खुट्टा फट्याउने। दुई खुट्टाबीच आफ्नो शरीर अनुसार १/२ फिटको दूरी बनाउने।

अब दुवै हातले अघि भनिएको डम्बबेल वा बोतल तेर्सो पारेर समाउने। यी सामान नभए, हत्केला एकआपसमा कसिलो गरी बाँध्ने, बन्चरो वा क्रिकेटको ब्याट समाएझैं।

त्यही आसनमा अब दायाँ वा बायाँ तिर फर्किने र थोरै निहुरेर काठ चिरेझैं गर्ने। यो गर्दा तपाईंको हात हल्का झट्कारिनु पर्छ। खुट्टा स्थिर राखेर शरीर पूरै घुमाउनु पर्छ।

यो दायाँबायाँ १५/१५ पटकसम्म लगातार गर्ने। १५ सेकेण्ड आराम गर्ने र पुनः १५/१५ पटक अघिकै प्रक्रिया दोहोर्‍याउने।

ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले उड चपि नगर्ने। सुरूमा गर्दा १५ पटक नसके ५/१० पटक गर्ने। धेरै तौल भएको डम्बबेल, बोतल वा कुनै सामान नबोक्ने।

फाइदाः उड चप पूरा शरीरको व्यायाम हो। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ।

मुख्य रूपमा हातको सही व्यायाम हुन्छ र कम्मरको दायाँबायाँको बोसो कम हुन्छ। यसबाहेक टाउको, खुट्टा, घुँडा, ढाड, पेट र हिपमा पनि यसको प्रभाव हुन्छ।

यो व्यायामले पाखुरा, कुम र गर्धनका साथै ढाड र कम्मरको मांसपेशी बलियो र कसिलो बनाउँछ। ढाड दुख्ने समस्या कम गराउँछ भने तिघ्रा बलियो बनाउँछ।

व्यायाम रोकेर फेरि सुरू गर्दा बीचमा केही सेकेण्ड लामो सास फेरेर आराम गर्नुहोस्। तपाईंले व्यायाम सुरू गरेपछि विस्तारै समय बढाउन सक्नुहुन्छ, एकैपटक धेरै बेर गर्न नखोज्नुहोस्।

तपाईंले दश मिनेट आफ्ना लागि निकाल्न सक्नुभयो भने यी सबै व्यायाम गर्न सक्नुहुन्छ। तर यी कुनै पनि व्यायाम सुरूमै दुई‍-दुई मिनेट गर्न गाह्रो हुन्छ।

धेरै मानिसले सुरूमै यी व्यायाम धेरै बेरसम्म गर्न खोज्छन्। शरीरले धान्दैन अनि बीचैमा छोड्छन्।

तपाईं त्यसो नगर्नुहोस्। अंग्रेजीमा एउटा भनाई छ-गो स्लो टु गो फार। अर्थात् टाढा पुग्ने हो भने बिस्तारै जाऊ।

तपाईं पनि बिस्तारै तर दृढ सुरूआत गर्नुहोस्। पाँचै व्यायाम एकै पटक सुरू गर्नुपर्छ भन्ने पनि छैन। एउटा वा दुइटाबाट सुरू गर्नुहोस्। दश सेकेण्ड, पन्ध्र सेकण्ड गर्दै लैजानुहोस्।

तर अन्तत: सबै पाँचै व्यायाम नियमति गर्छु भन्नेमा सुरूदेखिनै दृढ रहनुहोस्।

प्रत्येक दिन तपाईंले आफूलाई दिने १० मिनेटले शरीरलाई निरोगी र स्वस्थ्य राख्छ। उमेर ढल्किँदै गए पनि शरीरलाई तुलनात्मक रुपमा बलियो राख्छ।

तपाईंको काम गर्ने क्षमता बढ्छ, खुशी थपिन्छ। आफ्ना लागि दैनिक दश मिनेट नछुट्याउने त? setopati.com

(विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगम

बालबालिकालाई इन्टरनेटको कुलतबाट कसरी जोगाउन सकिन्छ ?यस्ता छन् उपाय-

0

इन्टरनेटमा बालबालिकाको पहुँच बढेसँगै कुलतमा फस्ने डरले अभिभावकहरु चिन्तित देखिएका छन्।

बालबालिकालाई इन्टरनेटमै पहुँच नदिने भन्ने होइन, तर इन्टरनेटलाई उनीहरुले सदुपयोग वा दुरुपयोग के गरेका छन् भन्नेबारे निगरानी हुन आवश्यक छ ।जानकारहरुका अनुसार इन्टरनेटको माध्यमबाट बालबालिका यौन दुर्व्यवहार तथा बाल अपराधको शिकार हुनसक्छन्।
त्यस्तै इन्टरनेटमा उपलब्ध विभिन्न प्रकारका मनोरञ्जन तथा खेलमा बालबालिका छिट्टै आकर्षित हुनेहुँदा उनीहरुको ध्यान बौद्धिक विकासमाभन्दा अन्यत्र बढी जाने बताइन्छ।

जब बालबालिका लुकीछिपी अश्लिल सामग्री हेर्छन्, साथीभाइसँग यसबारे कुरा गर्छन् अथाव अरु कसैले अश्लिल गतिविधितिर आर्कषण गरिरहेको हुन्छ, यसले बालबालिकालाई कुलततिर लैजाने खतरा हुन्छ । उनीहरुमा यौनप्रतिको धारणा गलत बन्न पुग्छ भने यौन हिंसाका लागि पनि उत्प्रेरित गर्न सक्छ ।

त्यसकारण बालबालिकालाई सकेसम्म अभिभावकले फुर्सत निकालेर भएपनि सामाजिक कुराहरु गरेर भुलाउने ,कथा कविता लेख्न प्रेरीत गर्ने, घरका साना तिना काम गर्न लगाएर ब्यस्त बनाउन खोज्ने धेरै यस्ता साधन प्रयोगले हुने नकारात्मा समस्या जस्तैः आँखा खराब हुने,दिमाग बोधो हुने, आलस्यता बढ्ने कुराको डर देखाएर बालबालिकालाई सावधान गराउन जरुरी छ ।

नराम्रा बानी र विचार यसरी हटाउन चाहानुहुन्छ ? यसो गर्नुहोस !

0

राम्रा/नराम्रा बानी, व्यवहार र विचार सबैका हुन्छन् । ती विचार र व्यवहार हाम्रो आफ्नै बानीबाट हुने गर्दछ । कसैले बानी व्यवहार परिवर्तन गर्न सक्छन्, कसैले सक्दैनन् । बानी व्यवहार नकारात्मक बन्दै गए हामी सफलता हासिल गर्न सक्दैनौँ । त्यसैले सकेसम्म हामीले आफ्नो नराम्रो बानी र व्यवहारमा परिवर्तन गर्नुपर्छ ।

आजको दिन, आजको काम र आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ । सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।

क्षमताभन्दा बढी काम गर्नु हुँदैन । क्षमताभन्दा बढी कार्यबोझबाट नै शरीरमा उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने हुन्छ । यसबाट नकारात्मक सोचहरू उत्पन्न हुन्छन् ।

हाम्रो दिमागमा सकारात्मक भावना जागृत गराउन सुत्ने र उठ्ने बानी एकदम व्यवस्थित हुनुपर्छ । बेलुका चाँडै सुतेर बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । हाम्रो शरीरलाई ५ देखि ७ घन्टाको गहिरो निद्रा आवश्यक हुन्छ । निद्रा राम्रोसँग नपरेमा मुटुमा रोगहरू बढ्दै जान्छन् र दिमागमा बोझ बढ्छ । त्यसले गर्दा रक्तचाप, ब्लडप्रेसर, सुगर बढ्छ । साथै, हृदयाघात हुने सम्भावना पनि हुन्छ ।

बिहान उठेर नियमित व्यायाम गर्नुपर्छ । जसले गर्दा हाम्रो शरीरमा सकारात्मक कुराहरू आउँछन् । शरीर स्वच्छ र हल्का हुन्छ ।

चुरोट, सुर्ती र रक्सी पिउने बानी त्याग्नुपर्छ । यस्ता बानीले हाम्रो शरीरमा नकारात्मक सोचको विकास हुन मद्दत गर्छ ।

किताब पढ्ने बानी बसाल्नुपर्छ । नियमित रूपमा किताब  पढ्ने बानी भएका व्यक्तिको जीवन बढी व्यवस्थित हुन्छ । आफ्नो कुनै नराम्रा कुराले अरूलाई असर गरेको छ भने त्यस्ता कुरा तत्काल छोड्नुपर्छ । नयाँ पत्रिकाबाट

यस्ता छन् सस्तो,मिठो र फाईदाजनक फल केराको फाईदा

0

केरा फलफूल मध्य सबै भन्दा धेरै विक्रि हुने फल हो । अरु फलफुलको तुलनामा केरा सस्तो उपयोगी र गुणकारी फल मानिन्छ । नियमित रुपमा केराको खानाले गर्नाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्याउँछ यस्तै दुव्लो मान्छेकालागी पनि फाईदा जनक छ । केराले केहि मात्रामा तौल पनि वढाउछ । केरामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ ।

banana

केरामा फाइबर र तीन प्रकारका शुगर हुन्छ , ती हुन्

  1. सुक्रोज
  2.  फ्रुक्टोज र
  3.  ग्लूकोज

केराका वाट हुने केहि फाइदाहरु यसप्रकार छन्

गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।

अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।

यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।

तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।

केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।

केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।

यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।

केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर,, यस्तो हुन्छ अल्सरको लक्षण थाहा पाउनुहोस् –

0
  • खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ
  • खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।
  • प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।
  • तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।
  • सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।
  • पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।
  • छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।
  • लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

 

बेनीबजार एक टुक्रो भू–स्वर्ग हो

0

म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् ।

चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार एक टुक्रो भू–स्वर्ग हो जस्तो लाग्छ । तथापि, यस भू–स्वर्गको सुन्दरतालाई नयाँ पुस्तामाझ पुस्तान्तरण गर्न यस्तो भू–स्वर्गमा वसोवास गर्न सौभ्याग्य प्राप्त गरेका म्याग्देली नागरिकहरूको लागि अत्यन्तै भयानक चुनौती पनि देखेको छु मैले । भयसँग जभ्mदै अमूल्य प्राकृतिक उपहारलाई जस्ताको तस्तै नयाँ पुस्ता माझ पुस्तान्तरण गरी कसरी अविरल यात्रामा अघि बढ्न सएिकला भन्ने घोत्ल्याइँनै यस लेखको मूलमर्म हो ।

पूर्वी नेपालमा मैले बाल्यकालमै“बेनीको बजार जता माया उतै छ नजर…”बोलको लोकगीत सुन्दा मनमा कौतुहलता जाग्थ्यो—“बेनीको बजार र मायाको नजर भन्ने जिनिस कस्ता हुँदाहुन ?”। संयोग वश भनुँ वा वियोग वश त्यही बाल्यकालको तर्कना अहिले विपना भएर म सामु उभिएको छ । हो, यसैबखत म त्यही प्रेमिल चौतारीबाट मेरा स्नातक तह चौथो वर्ष व्यस्थापनका केही परिकथाका परिहरू जस्ता र टार्जन कथाका टार्जन जस्ता शिक्षार्थीहरूसँग बेनीबजारतिर बरालिएको छु । बेनीमाथिको आकाशमा मुस्कुराउने चन्द्र बनेर जोमसोम, मुस्ताङतर्पm वादलुको घेरा भित्रकल्पनाको पखेटा पिंmजाई रहेको छु ।

तथापि, बेनी माथिको कल्पनाको गगनर बेनीको धर्ती माथिको वास्तविकतामा जमिन र आस्मान समान फरक छ । बेनीमाथिको कल्पनिकनभ प्रेमिल चौतारीको तखता गन्दै ओर्लंदा काली–म्याग्दी नदीहरूको तीरैतीर अप्रिय दृश्यहरूले चक्षुलाई खिस्ट्याउन आइपुग्छन् । चिमोठ्न आइपुग्छन् । ऐठनलगाउन आइपुग्छन् । कति अप्रियदृश्यहरू ! ढल म्याग्दी–कालीमै ।

लासको चिता र धुवाँउनै म्याग्दी–कालीको छाती किनारा । नालीको फोहोर उनै म्याग्दी–काली । दुर्गन्ध, प्लाष्टिक, सेप्mटी ट्याङकको फोहोर म्याग्दी–कालीमै । डम्पिङसाइट कालीगण्डकीकै किनार म्याग्दीकै किनार । सारा फोहोरको फड्के किनारा कालीकिनारा म्याग्दी किनारा । प्रकृतिप्रतिको म्याग्देली संवेदनामा दागैदाग । प्रदुषणसँगै यस्तो अनुमान लगाउन सकिन्छ—केहीदशकमै म्याग्दी–कालीले वागमती–विष्णुमतीको नियति भोग्नु पर्नेछ ।

त्यसैले आवाज निश्चलकालीको पक्षमा । त्यसैले आवाज निर्मल म्याग्दीको पक्षमा । भनुँ बुलन्द आवाज स्वच्छ–हराभरा प्रकृतिको पक्षमा । धर्ती माताको छाती माथि प्रकृति । प्रकृतिसँगै जीवन । पर्यावरण र प्रकृति विनाश जीवन विनाश । संसारभरिकै आदिवासी सोचमा धर्तीमाताको नसानदी । पानी रगत । नसा फोहोर रगत फोहोर । रगत फोहोर जीवन क्यान्सर । धर्ती÷प्रकृति माता हाम्री माताकी पनि माता । माता नै नभए हामीकता? यसै प्रसंगमा न्युजील्याण्डका माओरी आदिवासीले संसदबाटै उनीहरूको जीवन ह्वाङगानुइनदी लाई मानवसरहको अधिकार दिलाउन सफलताप्राप्त गरेको धेरै समय भएको छैन ।

त्यसैको सिको गर्र्दै उत्तराखण्ड, भारतको उच्चन्यायलयले पनि यमुना र गंगा नदी सभ्यताको बचाउमा न्युजील्याण्ड सरकारकै जस्तो अधिकार घोषणा ग¥यो । फेरि दिल्ली उच्चन्यायलयले सो अधिकार खोस्यो । यहाँनेर नदीलाई मानव सरह अधिकार दिने वा खोस्ने भन्दा पनि व्यवहारमा हाम्रा संवेदना कति मानवीय वा दानवीय छन् ? भन्ने नै मुख्य हो । हामीआपैंmले उत्पादन गरेको फोहोरमैला व्यवस्थापनमा हामी कतिको व्यवहारिक र निपूर्ण छौं भन्ने पनि हो । वर्तमान सम्म आइपुग्दा कतिपय नेपालीको एक असफल कलंकित राष्ट्रिय चरित्र नै जथाभावी फोहोरको डङ्गुर थुपार्नु भएको छ । त्यसैले प्रायःहाम्रा ६ हजारै नदीनाला प्रदुषित भईसकेका छन् । हाम्रा धार्मिक महत्त्वका नदीनाला, तालतलैया, कुवा आदि पनि अछुतोरहन सकेका छैनन् ।

अचेल राजधानी शहरमा वागमती र विष्णुमती सफाइमा भए÷गरेका प्रयासले हामीलाई पाठ सिकाउन नसक्नु पनि हाम्रो फोहोरमैला व्यवस्थापन कार्य असफलताको द्योतक हो । एक–दुई जनाले सफाइको प्रयास गर्ने तर लाखौंजनताले फोहोर थुपार्ने भएपछि जापानिज सरकारै नेपालमा भए पनि असफल हुन्थ्यो । यसमा म्याग्दी–काली अपवाद रहेनन् । म्याग्दी–कालीको किनारा मात्रै नभएर अविवेकी भीडले प्रेमिल चौतारीको पाखापखेरो समेत फोहोर युक्त बनाएको दृष्यदेख्नु कुनै नौलो रहेन । त्यसलाई हामीले सफाइप्रयास गरेका छौं ।

साम्राज्य पुँजीवादीको कोकाकोलाको बोतलदेखि पत्रुखाना कुरकुरे, चाउचाउर आल ुचिप्ससम्मको खोलको डम्पिङ साइट हाम्रा गाउँघर र सहर भएका छन् । आन्तरिक एवं वाह्य पर्यटन र तीर्थाटनमा निस्कनेहरू समेत अचाक्ली फोहोर मैलाका अस्तव्यस्त श्रोत हुन् । अन्धपुँजीवादीहरूमा रत्तिभर पर्यावरणीय चेतनानहुनु पनि नेपालको राष्ट्रिय चुनौती नै भएको छ ।

अहिले नेपालका हरेक सरकार, संघ–संस्था, नागरिक समाज आदिले अन्धै रुपमा भए पनि आयोजना गर्ने भनेको भ्रमण वर्षको तयारी नै हो । जताजाउ फलना ढिस्काना भ्रमण वर्ष भन्दै गरिने फजुलखर्च, होर्डिङ बोर्ड, छयाप्छयाप्ती प्mलेक्स प्रिन्ट आदि–इत्यादी । तर आप्mनो घर र घरवरिपरिको वातारण स्वच्छ, हराभरा, सफा र चिटिक्क राख्ने कामप्रायःशून्य ।

मैले गरेको फोहोर विदेशीआएर सफा गरिदिनु पर्दछ भन्ने जस्तो परनिर्भरताको सोचहावी छ । बेनीबजारवासी पनि त्यसको अपवाद रहेनन् चरित्र राष्ट्रिय भएकोले । प्रेमिल चौतारीमा म पर्यटकले फालेको फोहोर वृहस्पति ग्रहबाट आएको जीवले सफागर्नु पर्छ भन्ने सोचबाट मुक्तहुन सकेका छैनन् ती पर्यटक मान्छे ।

गत साउन महिनामा म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ लाई बेनी भ्रमण वर्ष मनाउने घोषणा गरिएको छ । हाम्रा राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय संघ–संस्थाहरूले गर्न सक्ने लोकप्रिय कार्यक्रम भनेका यस्तै हुन् । बेनी भ्रमण वर्षको तयारी सूचीमा ऐतिहासिक स्थलदेखि प्राकृतिक स्थलहरूको विवरणले टन्नै भरिएको भए पनि प्राकृतिक सौन्दर्य, नदीनाला, भीर, पाखापखेरा स्वच्छ, हराभरा, सफासुग्घर र चिटिक्क राख्नु पर्ने कार्यसूचीभने शून्य । यस्तो दीर्घ रोग म्याग्दी उद्योग वाणिज्य संघको मात्रै होइन । यही दीर्घ रोग राष्ट्रव्यापी चरित्रै हो ।

उल्टै पर्यटनलाई “सुनको फुलपार्ने कुखुरी” को रुपमा मात्रै हेरिनु÷बुझिनु वैचारिक अन्धपुँजीवादी सोच हो ।अन्धकुरावादी नेपालका योजनाकार, नीतिनिर्माता आदियहीँ आएर नराम्ररी चुकेका छन् । पछारिएका छन् । जता पनि कुरैकुरा । गपैmगफ । त्यति भएपछि सिन्को भाँच्नु प¥याहोइन । रोजीरोटी मिलेकै छ । गरोस् पनिकल्ले र?“तैं रानी मैं रानी, को भर्ने कुवाको पानी?”अब त त्यही कुवाको पानी पनि जलवायु परिवर्तनले सुकाइदिई सक्यो । बेनीबजार, म्याग्दीलाई दीर्घकालसम्मको लागि चाहिने पर्यटकीय परियोजना भनेकै वर्तमानमा यहाँको पर्यावरणीय सुरक्षा ग्यारेन्टी हो । त्यसकालागि कुरौटे मुख भन्दा पनि पौरखीहातहरूको खाँचो छ ।

धमिलो म्याग्दी–कालीलाई सङ्लो र स्वच्छ पानी बगाउन सक्ने पौरखीहात । बजार क्षेत्र लगायत म्याग्दीको भीर, पाखापखेरा, फाँट, मन्दिर आदि क्षेत्रलाई हरियालीमा परिणत गर्न सघाउने पौरखीहात । यहाँको माटोको सुगन्धलाई चुम्नसक्ने पौरखी हात । बेनीको बजारमा प्रकृतिप्रति नजरलगाउने सक्ने आँखा । अनिमात्रै बेनी भ्रमण वर्षको सार्थकता पुष्टि हुनेछ । नयाँ पुस्तामाझ बेनीबजारको सौन्दर्यतालाई पुस्तान्तरण गर्न सकिनेछ । सुख–शान्तिको सास फेर्न सकिनेछ । लेखक वेष्टपोइन्ट कलेजमा प्रिन्सिपलका रुपमा कार्यरत हुनुहुन्छ ।

पढ्न मन लागेन ? यसो गर्नुहोस्

0

पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन । अर्को कुरा, बलपूर्वक पढ्दा हाम्रा अगाडि किताब त हुन्छ, तर मन हामीसँग हुँदैन । अन्तै विचरण गरिरहेको हुन्छ । त्यस समय न पढाइ राम्रोसँग हुन्छ, न त अन्य कार्य नै । हाम्रो अधिकांश समय ब्यर्थमा गैरहेको हुन्छ ।

अर्कोतर्फ, मन नलागी नलागी कुनै काम गर्दा सो काम पीडादायी पनि हुन जान्छ । त्यसले चैनले बस्न पाउने अधिकार खोस्छ र अन्तमा पढाइ भन्ने विषयप्रति नै नकारात्मक धारणा पैदा गराउँछ । सबैभन्दा खतरनाक पक्ष त बलजफ्ती पढ्दा सिर्जनशीलता नष्ट हुँदै जान्छ । यसै पढाइलाई पढुँपढुँ लाग्ने, पढेर छिटो बुझिने र दीर्घकालसम्म सम्झिरहने बनाउन पाए बिद्यार्थी जीवन कति सुन्दर हुँदो हो ? कति आनन्ददायी हुँदो हो ?

असाध्यै खुसीको कुरा सुनाउँ । यो सम्भव छ । यो सब हामी आफैं नै गर्न सक्छौं । प्रत्येक व्यक्तिले गर्न सक्छ । यसका लागि हाम्रो मनका केही स्वभावहरुका बारेमा जानकारी हुनै पर्दछ ।

हाम्रो मस्तिष्क शरीरको एक अंग हो भने मन त्यसको अपरेटिङ्ग सिस्टम हो । यसै मनको सहायताले हामीले हाम्रो शरीरलाई डुलाउन, नचाउन, स्थिर राख्न, रुवाउन, हँसाउन सक्छौं । अनि यी सब क्रियाकलापको असर हाम्रो शरीरमा पर्छ । मनले कल्पना गरेर कागती खानुस् मुखमा पानी आउँछ । आफूलाई डरलाग्दो जनावर भालुले लखेटेको कल्पनामा ल्याउनुस् तपाईंको शरीरमा साँच्चैको भालुले लखेट्दा हुने परिवर्तन आउन थाल्छ । यी सबको सार के हो भने मनको प्रयोगले हामीले मष्तिष्क लगायत सम्पूर्ण शरीरमा प्रभाव पार्न सक्दछौं ।

मनको यो स्वाभाव तथा शरीर र मनवीचको सम्बन्धको रहस्यलाई बुझेर त्यसलाई पढाइमा प्रयोग गर्न सकिन्छ ।

रुचीपूर्ण अध्ययनका सात रहस्यहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

मनलाई अाफ्नो गन्तव्य स्पष्ट भन्नुहोस्

अरुलाई भन्नुस्/ नभन्नुस् तर अाफ्नो मनलाई अाफ्नो गन्तव्यका बारेमा स्पष्ट पार्नै पर्छ । गन्तव्य प्रष्ट छैन भने पढ्नमा अल्छी लाग्ने, विषय कठिन लाग्ने कुनै पनि बहानामा पढाइ छोड्न खोज्छ मनले । मैले आज के पढ्नुछ र कति पढ्नु छ ? सो प्रष्ट हुनै पर्छ । अनि आज मैले यति पढें भने के हुन्छ ? मेरो जीवनको लक्ष्यमा यसले के प्रभाव पार्दछ, सो पनि जोड्न सके अझ राम्रो ।

लक्ष्य स्पष्ट हुनुले कार्यमा अलमल हुँदैन । भीरमा अल्झेको मानिसले त्यहाँबाट मुक्ति पाउनु बाहेक केही सोच्नै सक्दैन । चोकमा तरकारी किन्न निस्केको कुनै व्यक्तिले बाटोमा भेटिएका हरेक ब्यक्तिलाई त्यतिकै महत्व दिएको हुन्छ । तर, सोही व्यक्ति निर्धारित समयमा एयरपोर्ट पुग्दै गरेको अवस्था छ भने बाटोमा कोही नभेटिए हुन्थ्यो भन्ने हुन्छ । पढ्ने कुरालाई यसै गरी स्पष्ट पार्नु पर्छ । आवश्यक र अनावश्यक विषयका आधारमा प्राथमिकता निर्धारण गरी तत्काल अध्ययन गर्नैपर्ने विषयलाई प्रष्ट पार्नु पर्छ । यो पढुँ कि त्यो पढुँ भन्ने दुविधा हुन दिनु हुँदैन ।

अर्को कुरा, महान लक्षले महान कार्य गराउँछ हामीसँग । जब जीवन बचाउन भूकम्प आएका बेला दौडिनुपर्छ, त्योबेला आफू खासै पैदल हिँडनमा रुची नराख्ने वा खुट्टामा घाउ लागेको वा अन्य केही बाहानाहरु सबै ओझेलमा पर्छन् ।

कुनै कुरा पढ्नुको कारण पुष्ट्याइँ गर्नुहोस्

यो पाठ किन पढ्ने ? अहिले नै किन पढ्ने ? यी सवै प्रश्नको स्पष्ट जवाफ हुनुपर्छ तपाईसँग । अन्यथा तपाईको मनले तपाईलाई पत्याउँदैन । जसको परिणाम पढ्नमा रुची रहँदैन । कुनै काम गर्नैपर्ने बाध्यता किन पर्‍यो, त्यसको जवाफ दिनुपर्छ मनलाई । गरे पनि हुने र नगरे पनि हुने सुविधा भएसम्म पढाइ लगायत कुनै पनि कार्यहरु प्रभावकारी हुँदैनन् । यी सबैकुरा प्रष्ट पार्न सक्नुभयो भने मात्र तपाईंको मनले विश्वास गर्छ । पढ्नमा सहयोग गर्छ ।

परिणाम मापन गर्ने आधार तयार पार्नुहोस्

परिणाम प्रष्ट नहुने कार्यप्रति निरन्तर लगाव लागिरहन सक्दैन । जति पढे पनि कति जानेको छु नै थाहा नहुने, आफ्नो अवस्था जाँच गर्न नसकिने, कति अध्ययन गर्दा के हुन्छ सो परिणाममा नदेखिने भयो भने पढाइ प्रभावकारी हुन सक्दैन । हरेक कार्यको परिणाम खोज्छ हाम्रो मनले । परिणाम नदेखिने र निरन्तर प्रयास मात्र गरिने कुनै पनि काम रुचीपरक हुन सक्दैन ।

मानौं तपाईं कुनै यात्रामा निस्कनुभयो, आˆनो गन्तव्य अझ कति टाढा छ र म हालसम्म कति किलोमिटर हिँडिसके भन्ने केही थाहा भएन भने त्यो यात्रा निकै कष्टकर बन्नेछ । जति नै लामो यात्रा भएता पनि मैले यति हिडें र अब यति बाँकी छ भन्ने प्रष्ट छ भने मनले शरीरलाई थप अगाडि बढाउनमा आदेश गर्छ । यही कुरा पढाइमा पनि लागू हुन्छ । आफूले कति पढ्दा के नतिजा पाएको छु सो थाहा पाउनुपर्छ । यो पाठ पढेर मैले यो यो कुरा जानेँ र यो यो अझै जान्न बाँकी छ भन्ने हुनु पर्दछ ।

समयको सीमा निश्चित गरौं

कति समयभित्र के पढ्नै पर्ने भन्ने स्पष्ट समयसीमा नभइकन पढाइले प्राथमिकता पाउँदैन । अन्य कुरा हावी हुन्छन् । परीक्षाको २/४ महिना अगाडि र परीक्षाको २/४ दिन अगाडिको पढाइमा फरक हुनुको कारण पनि यही हो ।

मैले यो च्याप्टर राम्रोसंग अध्ययन गरिसक्नका लागि आज १ दिनको मात्र समय छ भन्ने स्पष्ट किटान हुनुपर्छ । त्यसो नभै जति पनि समय छ भन्ने म्यासेज तपाईंको मनले पायो भने अनावश्यक कुरालाई प्राथमिकतामा ल्याइदिन्छ । अहिले नपढेमा फेरि पढ्न समय पाउँदिन भन्ने स्पष्ट नपार्दासम्म पढाइ प्राथमिकतामा नै पर्दैन । पढाइमा मात्र नभै अन्य कार्यमा पनि सोही नियम लागू हुन्छ ।

मानौं कि तपाईं घनघोर जंगलको वीच बाटोबाट हिँडिरहनु भएको छ । साँझ पर्न लागिसकेको छ । एक घण्टाभित्र सो जंगल पार नगर्ने हो भने बस्ती भएको ठाउँमा नपुग्दै जंगलमा नै रात पर्दछ । यस्तो अवस्थामा हाम्रो हिँडाइको गति कस्तो होला ? बाटोमा दायाँ बायाँ रहेका मन लोभ्याउने कुराहरुले तान्लान् या नतान्लान् ? यस्ता अन्य कुराहरुले महत्व पाउलान् या नपाउलान् ? अवश्य नपाउलान् । किन यस्तो भयो भने यहाँ लक्ष्य प्रष्ट छ । समयसीमा निश्चित छ । यसै रहस्यलाई पढाइमा लगाउनुपर्छ ।

जिज्ञासा (खुल्दुली)को सिर्जना गरी पढौं

सक्रिय पढाई गर्नका लागि जिज्ञासा जगाउनैपर्छ । जब कुनै विषयवस्तुप्रति जिज्ञासा जाग्छ, अनि जिज्ञासा शान्त पार्न मनले नै आफै खोजी गर्छ ।

जस्तो-मानौं, तपाईको कुनै साथीहरुसँग पाठ्यक्रमको कुनै विषयवस्तुमा छलफल भयो । कुनै कुरामा तपाईंको चित्त बुझेन भने अब पुस्तक पाउने वित्तिकै त्यो विषय हेरुँ हेरुँ भैहाल्छ । पढाइले मनलाई तान्ने भनेको यही हो ।

हाम्रो मन, दिमाग र शरिरको रहस्यलाई बुझेर नै एफ पी रविन्सले पढाएका पाँच चरणहरु प्रचलनमा ल्याएका थिए ।
पढ्नु अगाडि जिज्ञासा सिर्जना गर्न निम्न प्रयत्न गर्न सकिन्छ :

छलफल गर्ने: कुनै पनि जान्नुपर्ने विषयमा साथीभाइ बीच छलफल चलाउने, छलफलमा खड्केका विषयहरु जान्न परीक्षण गर्न खोज्छ मनले । त्यसका लागि पुस्तक वा सामग्री पढ्न आफैं खोज्छ ।

प्रश्न/उत्तर: विषयवस्तुका बारेमा आफै विभिन्न प्रश्न निर्माण गर्ने र सो को उत्तर दिने प्रयत्न गर्ने । आफूले दिएको उत्तर मिल्यो कि मिलेन भनेर तपाईको मनले खोजी गर्छ ।

परीक्षाहरु दिइरहने: औपचारिक परीक्षा होस् वा स्वेच्छाले दिइने नमूना परीक्षा होस्, परीक्षा दिँदा परीक्षा दिइएको प्रश्नको विषयमा आफै खुल्दुली सिर्जना हुन्छ र सो विषयको अध्ययनमा भोक जाग्छ ।

आत्म विश्वास कहिल्यै घट्न नदिउँ

म यो गर्न सक्छु भन्ने नभै कुनै पनि कार्यहरु सम्पन्न हुँदैनन् । उपलब्धि हासिल हुँदैनन् । सजिल्यै गर्न सकिने कार्य पनि आत्मविश्वास कमजोर हुँदा राम्रोसंग गर्न सकिँदैन । जस्तो-कुनै एकै व्यक्ति भूईमा राखिएको एक फिट चौडा २० मिटरको फलेकमा सजिलै हिँड्न सक्छ । तर, सोही एक फिट चौडा फलेक केही मिटर १०/१५ माथि आकासमा फिट गरियो र सोही ब्यक्तिलाई त्यहाँ हिड्न लगाइयो भने कति सजिलो गरी हिँड्न सक्ला ? अवश्य पनि असजिलो हुन्छ । यहाँ डरले तान्छ । असफल भैहाल्यो भने त जिन्दगी खत्तम ! साच्चिँकै उ सफल हुने सम्भावना कम हुन्छ । आफैंप्रतिको अविश्वासले गर्दा सो कार्य गर्न सकिँदैन ।

सजिलै जानिएका कुराहरु परीक्षाको सिटिङ्गमा बिर्सिएको, राम्रो तयारी गरेर जाँदा पनि भाषण गर्दा अक्मकाएको, सजिलै प्वालमा छिराउने क्यारेमबोर्डको गोटी गेमको समयमा असजिलो भएको आदि घटनाहरु सामान्य जीवनमा घट्ने घटना हुन् । कतै विगि्रन्छ कि, बिराइन्छ कि भन्ने डरका कारण, आत्मविश्वास नहुनुका कारण यस्ता घटनाहरु घट्छन् ।

आत्मविश्वास बढाउनका लागि आफैंले आफ्ना सकारात्मक पक्षहरुलाई हाइलाइट गर्दै जाने हो अरुले वाह वाह गरेर सिर्जना भएको आत्मविश्वास भन्दा यो दिगो हुन्छ । आफ्ना सफलताका नजिरहरुलाई अगाडि बढाउँदै, तिनीहरुलाई सिंढी मान्दै अगाडि बढ्ने हो ।
साइको साइबरनेटिक्सका जन्मदाता प्लाष्टिक सर्जन म्याक्सवेल माल्जले लामो समयसम्म आफूले प्लाष्टिक सर्जरी गरी अनुहार बनाएका हजारौं ब्यक्तिहरुको त्यस पश्चातको जीवन सफल रहनुको कारण खोजी गर्दा भेटिएको रहस्य यो थियो कि ती हरेक ब्यक्तिहरुले प्लाष्टिक सर्जरी पश्चात म कमजोर भन्ने कुरा नै बिर्सिए ।

आनन्द, मस्ती र मनोरञ्जनसँग पढाइलाई जोडौं

आनन्द/ मनोरञ्जन/मस्तीले तान्छ मनलाई । जाँचैको अघिल्लो दिन नै भए पनि पार्टी/पिकनिक/ सिनेमा/डेटिङ्ग आदि प्राथमिकतामा पर्नुको कारण पनि यही हो । यस्तै कुनै योजना बनाउन पर्‍यो, जसले पढाइमा मस्ती आओस । मस्ती जोडियोस् ।

पढाइमा मस्ती जोड्ने दुई तरिका छन्ः

(क) पढाइलाई नै तत्काल आनन्द, मस्ती वा रमाइलो कुरा प्राप्तिसँग जोड्ने

बच्चालाई कुनै पाठ पढ्नुपूर्व चक्लेटको लोभ देखाएर पढाएझै हामीले आफैले आफ्नो मनलाई पनि लोभ्याउन सकिन्छ । यति सके भने अनि यस्तो यस्तो रमाइलो गर्ने । यो जानें भने मात्र पिकनिकमा जाने । पार्टीमा जाने । फिल्म हेर्न जाने आदि आदि । पढाइ सकेपछि साँच्चै नै रमाइलो पनि गर्ने । नियमित रुपमा यसरी मनलाई बानी नै पार्न सकियो भने पढाइ रमाइलो प्राप्तिको कारण बन्दछ ।

(ख) पढाइलाई लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनासँग जोड्ने

काल्पनिक उपलब्धिबाट पनि बास्तविक आनन्द पाउन सकिन्छ । अझ भनौं आनन्दलाई भविष्यदेखि वर्तमानमा इम्पोर्ट गर्न सकिन्छ । लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनामा डुब्दै त्यो कल्पनामा भएको रमाईलो महशुस गर्दै त्यसको कारक तत्वको रुपमा आजको पढाईलाई जोड्न सकिन्छ ।

एकैछिन त्यो महान लक्ष्य जसका लागि तपाईं आज मेहनत गरिरहनु भएको छ, त्यो प्राप्ति भएको कल्पना गर्नुहोस । मानौं तपाईंले देखेको महान ब्यक्ति बन्ने सपना आज पूरा भएको छ । तपाईं मात्र होइन तपाईंको परिवार, आफन्त, साथीभाइहरु सवै खुसीले नाचिरहेका छन् । सबैको प्रेरणाको पात्र तपाईं बनिरहनुभएको छ । माला, अवीर, टीका आदिआदि सकेसम्मको रमाइलो कल्पनाको आनन्द महसुस गर्नुहोस् । कल्पना दृश्यात्मक बनाउनुहोस् । सकेसम्म इमोशनल बनाउनुहोस् । जति इमोशनल हुन्छ, त्यति सवकन्सियस माइन्डमा छाप पर्छ ।

कुरा त कल्पनाको नै हो, तर यसले प्रभाव साँच्चैको पारेको छ । हाल प्राप्त गरेको आनन्द त साँच्चैको हो नि । यस्तै अभ्यास गरिरहँदा हाम्रो मनले यो प्राप्त गरी छाड्ने दिशामा क्रमिक रुपमा हामीलाई अगाडि बढाउँछ । जब त्यो आनन्दको रसामृतको स्वादका बारेमा सवकन्सियस मनमा छाप पर्छ, अनि हरेक पल मन त्यतै त्यतै ढल्किन्छ ।

अनमोल आनन्द पाउने प्रक्रियाका हरेक सानातिना कठिनाइ कठिनाइ हुँदैनन् । एउटा प्रेमिकालाई आˆनो जीवनमा पाए पछिको आनन्दलाई सम्झेर प्रेमिले रातभर नसुती प्रेमपत्र लेख्न पर्यत्न गर्छ । हेर्दै जाने हो भने स्वतस्फूर्त गरिने कुनै पनि कार्यहरु आनन्दसंग जोडिएका छन् ।

जे होस् हाम्रो मनले आनन्द प्राप्तिका लागि शरिरलाई काम गराउने नै रहेछ । पढेपछि आनन्द पाइन्छ भन्ने विश्वास मात्र दिलाउन सके हुनेरहेछ । पढाइ मस्तीको विषय बन्यो भने त के चाहियो र ? onlinekhabar.com

error: Content is protected !!