Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1532

विपन्न विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण

म्याग्दीको मंगला गाउँपालीका २ मा रहेको प्रगति आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।मंगला गाउँपालीका २ सिमलचौरका युवा उद्यमी अशोक शर्माले स्थापना गर्नुभएको केडी फाउण्डेशनबाट २६ जना विद्यार्थीलाई झोला र पूर्व प्राथमिक तहका ९ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा आईतबार आयोजित कार्यक्रममा शर्मा, पुनम खड्का, अर्जुन शाही र जिवन शर्माको टोलीले शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर जुक्जालीको अध्यक्षता र प्रअ लालकुमारी खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सिमलचौरमा रहेको केडी कटेज एण्ड रेष्टुरेन्टका सञ्चालक शर्माले व्यवसाय र समाजसेवा संगसंगै भन्ने उद्देश्य अनुसार सहयोग गरेको बताउनुभयो ।

युवा रेडक्रस सर्कल पुर्नगठन

न्यु वेष्ट आवासीय माध्यमिक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । बिद्यालयमा गठन भएको जुनियर र युवा रेडक्रस सर्कललाई पुनर्गठन गरि युवा रेडक्रस सर्कल गठन गरिएको हो । रेडक्रसको बिधान अनुसार परिवर्तित शैक्षिक संरचनालाइ आधार मान्दै आधारभूत र माध्यमिक तह गरि बर्गिकरण गरिएको अबस्थामा न्यु वेष्ट पोइन्टमा कक्षा ६ देखि १२ सम्मका बिद्यार्थिहरु सम्मिलित युवा रेडक्रस सर्कल गठन गरिएको हो ।

११ सदस्यीय कार्यसमितिमा सुशील कुमार श्रेष्ठ सभापति (कक्षा १२), इन्दिरा केसी उपसभापति (कक्षा ९), मित्रबन्धु सुबेदी सचिब (कक्षा १२) सुबिन रामदाम उपसचिव (कक्षा९) नारायण थापा कोषाध्यक्ष (कक्षा १२) सुजाता खड्का उपकोषाध्य (कक्षा ११) र सदस्यहरुमा पुर्णिमा केसी (कक्षा ११) बिशाल पुन (कक्षा १२) शिर्षक श्रेष्ठ (कक्षा ८) दिपसीखा किसान (कक्षा ७) र आयुष खड्का (कक्षा ९) रहेका छन् ।

युवा रेडक्रस सर्कलले बिद्यालय भित्र र बाहिर विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । पुनर्र्ग्ठित सर्कलले बालाचतुर्दशी २०७४ को अबसरमा पबित्र धाम गलेश्वर मन्दिरमा स्वयम्सेबकको रुपमा सरसफाई समेत गरेको छ । त्यसैगरि बिद्यालयमा कलेज +२ मा छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । छिट्टै नै युवा रेडक्रस सर्कलले अन्तर मावि चित्रकला प्रतियोगिता आयोजना गर्ने शिक्षक नायक द्धय बिजय पौडेल र राकेश चौधरीले बताउनु भयो ।

 

यसरी सम्भव छ- देशको समुचित विकास

  • कृष्ण पौडेल

नेपाल विश्वका स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा दीर्घ इतिहास भएका केही सिमित मुलुकहरु मध्येमा पर्दछ । तर यसको आधुनिकता तर्फ पदार्पणको यात्रा भने त्यति लामो छैन । राणा शासनको अन्त्य संगै नयाँ युगमा प्रवेश गरेको नेपाली समाजको संक्रमणकालिन प्रक्रिया अद्यापि जारी छ ।

राजनैतिक, आर्थिक तथा सांस्कृतिक आयामहरुमा सापेक्षिक प्रयाप्त परिवर्तन हुन नसक्दा नेपालले अल्प विकसित भन्ने हैसियतको पगरी मिल्काउन सकेको छैन । अझै पनि देश चलाउने प्रबुद्ध वर्गले समाजको वास्तविक समस्याहरुको निदान र विकासको यथोचित रणनीति निर्कौल गरेको महशुस हुन सकेको छैन । यसकारण पनि नेपाली समाजको दिगो तथा सार्थक समुन्नतिको मार्ग चित्र तयार पार्न नीति निर्माता देखि नागरिक स्तरसम , स्वदेश देखि परदेश सम्मका नेपालीहरु बिच चिन्तन मन्थनको लहर सृजना हुन जरुरी देखिन्छ ।

समाजिक परिवर्तनलाई योजनाबद्ध प्रयासबाट तिब्र बनाउनको लागि त्यस प्रक्रियाका नियम र आयामहरुको अध्ययन विश्लेषण गर्नु पर्ने हुन्छ । मुलधारका अर्थशास्त्रका शस्त्रिय तथा नवशास्त्रिय मान्यताहरुले विकासशिल राष्ट्रको विकासमा प्रयाप्त मार्गदर्शन गर्न नसकेको कारण विसौ सताब्दिको उत्ररार्ध तिर विकास अर्थशास्त्रको प्रादुर्भाव भएको थियो । आर्थिक विकासमा गैर आर्थिक पक्षहरुको समेत निर्णायक भूमिका रहने मान्यताहरु विकासशास्त्रहरुमा स्थापित भएका छन ।

साइमन कुजनेटले प्रविधि, संस्थागत विकास अवस्था , सामाजिक चेतना एवम ज्ञानको अभिवृद्धिलाई विकासको प्रमुख अन्तर्वस्तु मानेका छन । उत्पादन तथा उत्पाकत्वमा वृद्धि, समाजको आर्थिक संरचनागत परिवर्तन , संस्थागत उत्थान, सामाजिक संस्कार तथा आम मनोविज्ञानमा परिवर्तन, यातयात तथा संचारमा अत्याधुनिक प्रविधिको प्रयोग तथा राज्यको विकास कार्य सम्पादन क्षमतामा अभिवृद्धिलाई आधुनिक विकासको आधारभूत अन्तर्वस्तु मानिएको छ ।

प्रसिद्ध अर्थशास्त्री सुम्पिटरले सामाजिक तथा प्राविधिक उन्नयन एवम उद्यमशिलता आर्थिक परिवर्तनको लागि इन्जिन मान्दछन । उनका अनुसार अल्पविकसित मुलुकहरुले छिटो विकासको निम्ति विकसित मुलकहरुबाट ज्ञान तथा प्रविधिहरुको अधिकतम रुपमा आत्मसात गर्न सक्नु पर्दछ । त्यो आत्मसात गर्न सक्ने सामाजिक क्षमतामा अभिवृद्धि हुनु पर्दछ । सामाजिक क्षमता संस्थागत विकास तथा मानवीय संशाधनको विकासमा निर्भर गर्दछ ।

कार्लमाक्र्सले उत्पादक शक्तिको विकास नै आर्थिक सामाजिक विकासको रहस्य बताएका छन । उनका अनुसार उत्पादक शक्तिको विकास गतिमा उत्पादन सम्बन्ध र समाजको उपरि संरचना ः साँस्कृतिक तथा राजनैतिक अवस्थाले प्रभाव पार्दछ। खास देशको आर्थिक विकासक्रमलाई प्रभाव पार्ने अन्य महत्वपूर्ण पक्षहरुमा बिश्व स्तरमा सामाजिक आर्थिक सम्पर्क सम्बन्ध, विशेष गरेर विकासमा अग्रपंक्तिका केन्द्रसंगको सामिप्यता , छिमेकी देशहरुको विकास स्तर, भौगोलिक अवस्थिति एवम प्राकृतिक सम्पदाको भण्डार अवस्था इत्यादि रहेका छन ।

उल्लेखित सैद्धान्तिक प्रस्तावनाहरुको आधारमा संस्थागत विकास , मानवीय संशाधन , ज्ञान तथा प्रविधि, भौतिक संरचनाहरु , कृषिको आधुनिकिकरण , स्थानीय तथा आधारभूत तहको सशक्तिकरण एवम बाह्य सम्बन्ध अदि नेपाल जस्ता अतिकम विकसित मुलुकहरुको विकासका प्रमुख अधारहरु मान्न सकिन्छ।

समाजको संस्थागत परिवर्तन अन्तर्गत विकास अनुकुल राजनैतिक प्रणली तथा राज्य संरचनामा आधुनिकिकरण, सार्वजनिक निकायहरुको शसक्तिकरण, स्थानीय तह सम्म संस्थागत विकास तथा सशक्तिकरण, सामाजिक तथा व्यवशायिक संस्था वा संजालहरुको बिस्तार आदि पर्दछ । साथै कानुनी तथा नीतिगत सुधार , सामाजिक तथा सास्कृतिक मूल्य मान्यता एवम आम मनोविज्ञानमा परिवर्तन समेत संस्थागत परिवर्तन मानिएको छ । यहाँ संस्था भन्नाले समाजको औपचारिक तथा अनौपचारिक संजाल संयन्त्रहरु, लिखित तथा अलिखित नियमहरु, सामाजिक मूल्य, मान्यता,आस्था विश्वास तथा जीवन पद्धति सहितलाई मानिन्छ , जसले आर्थिक गतिविधिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष र्निर्दष्ट गरेका हुन्छन ।

मानिस विकासको साध्य र साधन दुवै हो । मानवीय संशाधन विकासले विकासमा अन्य साधनहरुको कमीलाई समेत प्रतिस्थापित गर्न सक्दछ । मुलत शिक्षा प्रणालीको आधुनीकिरण गर्दै माध्यमिक तहसम्म ठूलो अनुपातमा प्राविधिक तथा व्यवशायिक शिक्षाको व्यवस्था, पेशागत तालिमको उपलब्धताले मानवीय संशाधनको विकासमा यथोचित योगदान पुग्दछ । राष्ट्रको विकास रणनीति बमोजिम विभिन्न किसिमको जनशक्ति उत्पादन हुने किसिमले आधारभूत देखि उच्च शिक्षाको व्यवस्था हुनु पर्दछ । देशको जनशक्तिले विश्वमा विकास भएका पछिल्ला विज्ञान तथा प्रविधिलाई जान्न र प्रयोग गर्न सक्नु पर्दछ । साथै पराम्परागत आन्तरिक प्रविधिको सुधार गर्नुका साथै विदेशी ज्ञान तथा प्रविधिलाइ आफ्नो परिवश परिस्थिति अनुसार परिमार्जन गर्नु पर्ने हुन्छ ।

प्राविधि भनेको केबल भौतिक उपकरण मेशिनहरुमा मात्र निहित हुदैन । त्यो ज्ञान, शिपमा समेत अन्तनिहित रहन्छ । आन्तरिक रुपमा ज्ञान र प्रविधिको विकासको लागि खोज अनुसन्धानमा सार्वजनिक तथा नीजि क्षेत्रको लगानी हुनु पर्दछ । बिश्व विद्यालयहरुलाई अनुसन्धान मुलक बनाइनु पर्दछ । साथै अन्य अनुसन्धान केन्द्र एवम प्रयोगशालाहरुको स्थापना हुनु पर्दछ। ज्ञान प्रविधिको विकास देशकोऔद्योगिक तथा व्यवसायिक आवश्यकतासंग अन्तर्सम्बन्धित हुनु पर्दछ ।

पिछडिएको देश समाज विकसित हुन समाजको आर्थिक संरचनागत परिवर्तन हुन आवश्यक छ । विकसित मुलुकहरुको आर्थिक संरचनामा कुल ग्राहस्थ्य उत्पादन स्रोत तथा पेशागत संलग्नताको दृष्टिले गैरकृषि क्षेत्रको अत्यधिक बाहुल्यता रहन्छ भने अल्पविकसित देशमा त्यसको विपरित कृषिको बाहुल्यता हुन्छ । कृषि क्षेत्र पनि परम्परागत ,निर्वाहमुखी र न्युन उत्पादकत्व भएको हुन्छ । कृषिमा आधुनिकिकरणको साथै गैरकृषि क्षेत्रको विस्तार गर्दै संरचनागत स्थानान्तरण प्रक्रियालाई तिव्र पार्नु पर्ने हुन्छ। यातायात, संचार , उर्जा तथा सिंचाइ विकास विस्तार विना आर्थिक विकासको कल्पना गर्न सकिदैन । अर्थिक विकासले फडको मार्न युगान्तकारी महत्वका मेघा संरचनाहरु निर्माण हुनु पर्दछ । त्यसको निम्ति आन्तरिक साधन स्रोत तथा दक्षता प्रयोग एवम विकास गर्नुको साथै बाह्य लगानी तथा क्षमताको उपयोग गर्न कन्जुसाई गर्नु हुदैन ।

वर्तमान समय विश्वव्यापिकरण, उदारिकरणको युग हो । विश्व व्यापिकरण , उदारिकरण तथा लोकतान्त्रिकरण हावा चलेको परिस्थितिमा त्यसको विपरित दिशा तिर कदम बढाउन संभव छैन नत लुक्न छिप्न सकिन्छ । यसको सामना र सदुपयोग गर्नुको सहज विकल्प देखिदैन । त्यसैले सकेसम्म धेरै अन्तर्रा्ष्ट्रिय लगानी आकर्षित गर्ने होडबाजी चलेको छ विकासोन्मुख मुलुकहरुको । नेपाल पनि यस दौडमा खरो उत्रन सक्नु पर्दछ । निकट छिमेकी देशहरुको विकास अवस्था तथा आर्थिक नीतिका प्रत्यक्ष प्रभाव पर्ने हुँदा आफ्नो विकास नीति तय गर्दा त्यसलाई ध्यान दिनु पर्दछ । पारस्परिक परिस्थिति र स्वार्थबाट निसृत चुनौति र अवसरसंग कुशलता पूर्वक खेल्नु पर्दछ ।

वर्तमान नेपालको परिप्रेक्षमा राजनैतिक खुल्लापन, केहि हद सम्मको शिक्षा तथा चेतना विकास , सुचना तथा संचारमा पहुच, अध्ययन तथा रोजगारको सिलसिलामा विकसित मुलुकहरुको समेत प्रवास अनुभवले मानवीय तथा सामाजिक पँुजीको निर्माण भएको छ। मुुलुकको विकासमा योगदान गर्ने तत्परता पनि देखिन थालेको छ । ठूलो मात्रामा स्वदेशी तथा विदेशी उद्यमी व्यवशायीहरु थप अनुकुल परिस्थितिको प्रतिक्षा छन भने लगानी क्षेत्र र व्यवस्थापनको अभावले ठूलो आन्तरिक पूँजी निष्किृय बसेको स्थिति छ । नागरिकहरुको स्वत स्फुर्त पहलकदमी भएका व्यवशायिक तथा सामाजिक प्रयासहरुले समेत उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन । राज्यको आर्थिक सम्पादन कार्यक्षमता अभिवृद्धि एव राजनैतिक शक्तिहरुका आर्थिक विकासको लागि बाधक होइन साधक प्रवृत्ति बहाल हुन सक्यो र सामाजिक रुपमा उद्यमशिल संस्कृतिलाई प्रोत्साहन हुन सक्यो भने छिटै आर्थिक विकासले फड्को मार्न संभव छ ।

घोप्टो सुत्दा हुन सक्छ आकस्मिक मृत्यु

हाम्रो आयुर्वेद लगायतका योग पद्घतिमा घोप्टो परेर अर्थात् पेटको बल सुत्नु हानिकारक हुने मान्यतालाई आधुनिक अनुसन्धानले समेत सही प्रमाणित गरेको छ ।

 अमेरिकाको सिकागो विश्वविद्यालयमा गरिएको अनुसन्धान अनुसार घोप्टो परेर सुत्ने व्यक्ति, मुख्य रूपमा छारे रोग/मिर्गी भएकाहरूमा अचानक हुने मृत्युको खतरा बढ्छ ।न्युरोलोजी मा प्रकाशित यो अनुसन्धान अन्तर्गत, अचानक मृत्यु भएका व्यक्तिहरूबारेका दुई सय

५३ मामिलाको अध्ययन गरिएको थियो ।अनुसन्धान अनुसार ७३ प्रतिशत छारे रोगको बिरामीको त्यतिखेर अचानक मृत्यु भयो जति बेला उनीहरू घोप्टो परेर सुतिरहेका थिए । ४० वर्षभन्दा कम उमेर भएका व्यक्ति अन्यको दाँजोमा चार गुणा बढी यसको सिकार हुन्छन् ।

सुत्नुअघि मद्यपानले अनिद्रासुत्नुभन्दा अघि मद्यपानले मस्तिष्कको अल्फा ऊर्जालाई बढाउँछ, जसले निद्रामा व्यवधान उत्पन्न हुन्छ ।यो अध्ययन अल्कोहलिज्म : क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च मा प्रकाशित भएको हो । अध्ययनको दाबी अनुसार उपयोगकर्ताले राति सुत्नुअघि रक्सी सेवन गर्दा सुत्नुअघि सुरुमा निद्रा लाग्नमा सहयोगीजस्तो लाग्छ तर पछि यो गहिरो निद्रामा व्यवधान उत्पन्न गर्छ ।

अध्ययन अन्तर्गत १८ देखि २० वर्षका स्वस्थ युवाहरूलाई सुत्नुअघि रक्सी दिइयो । यसपछि के पाइयो भने रक्सीको सेवन निश्चित रूपले निधारको अल्फा ऊर्जालाई बढाउँछ । यसले गर्दा सेवनकर्ताले सुरुआतमा त शान्ति अनुभव गर्छन् तर पछि निद्रामा व्यवधान हुन्छ । अध्ययनको दाबी अनुसार रक्सी राम्रो निद्राको विकल्प होइन ।

म्याग्दीको पहिचान सोरठी÷ पुख्यौली नाच

लोकेश पुनमगर
सोरठी भाका मगर समुदायमा सामुहिकरुपमा गाउँने र नाच्ने गरिन्छ । सोरठी भाकामा नाच्नको लागि पूरुषहरुको मात्र आबश्यकता पर्दछ भने गीत छोप्नको लागि केही महिलाको आवश्यकता पर्दछ । मगर संस्कृति अनुसार दुई देखि चार जनासम्म (ठाउँ अनुसार) केटा मानिसलाई केटीको पहिरन जस्तै चोली गुन्यू पटुका घल्याक पछ्यौरा माला हातमा चाँदीका बाला लगाइदिइ मारुनी बनाइन्छ ।

नाचगानको अबघी भर उसलाई मारुनी भनेर बोलाइन्छ । नाचको अबधीभर मरुनीको बिशेष भुमीका रहन्छ भने मरुनी संग मादले पनि गाउदै मादल बजाउदै नाच्ने भएकोले सोरठी नाचलाई मादले मारुनी नाच पनि भनिन्छ । पुर्खाले सुरु गेरको र पुर्खाबाट नै हस्तान्त्रण हुदै आएको र मगर समुदायमा जन्म छैटी, न्यवारण, छेवार पास, विवाह देखि मृत्युृसम्म यो गीत विशेष प्रकारले नाच्ने र गाउने भएकाले यसलाई मगर समुदायमा पुख्यौली नाच भनेर पनि चिन्ने गरिन्छ ।

यो नाच छन्त्याल, गरुङ र थारु समुदायमा पनि नाच्ने र गाउँने गरेको पाइन्छ । यो नाच नेपालको पश्चिमी भाग विशेष गरेर राप्ती, धवलागिरी र गण्डकी अञ्चलमा नाच्ने र गाँउने गरेको पाइन्छ । भौगोलिकताको हिसाबले विभन्न ठाँउमा सोरठीलाई स्थानीय बोलीचाली अनुसार बिभिन्न रुपमा नामाकरण गरेको पाइन्छ ।जस्तै ख्याली नाच, नचरी, नाचन्य, कराङ नाच, पाङ्दुरे नाच आदिबाट चिनिन्छ ।

मगर भाषामा पाङडुर भनेको कोदो हो । पाल्पा र तनहु तिर कोदो पाक्ने बेलामा विशेष गरेर यो नाच नचाउने गरिन्छ त्यसैले त्यस ठाउका बासिन्दाले सोरठी नाचलाई पाङडुरे नाच पनि भन्ने गरेको पाइन्छ । विभिन्न ठाँउमा विभिन्न नामले चिनिए पनि सबै ठाँउमा यो गीतको ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक भएको पाइदैन । सोरठी नाचको आफ्नै प्रकारको छुट्टै खालको बिशेषता रहेको छ ।

मगर भाषाको शब्द श्राङ्दीबाट सोरठी भएको हो भन्ने गरिन्छ । सोरठीको १६ ताल र १६ हाँगा भएकोले यसलाई सोरठी भनिएको हो । तर कतै जन्म खण्डको बालक जन्मदाको गीतलाई नै सोरठीको सोह्र हाँगा भनेर उल्लेख गरेको पाइन्छ । बालक जन्मदा गाउँने गीतको पनि १६ हाँगा हुन्छ । यस खण्डमा रानी गर्भवती भए देखि बच्चा नजन्मेसम्म १६ हाँगा हुन्छ । यसैलाईमात्र सोरठी भन्न मिल्दैन । सोरठीमा विभिन्न खण्ड हुन्छ यी खण्डहरुलाई नै सोरठीको हाँगा भन्ने गरिन्छ । सोरठी प्रत्येक खण्डमा अनगिन्ती ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक हुने भएकोले यसलाई सोरठी भनिएको हो ।

मगर समुदायले मनाउने चाडपर्व, मेलापाता, छेवार, विबाह र किरीया, नयाँ घर भित्रीदा, छोरो जन्मदा जस्ता शुभ वा अशुभ कार्यमा रात भरि नै यो गीत गाउने र नाच्ने गरिन्छ । सोरठीमा दुःख, सुख साथै माया पिरतीका विषय वस्तु अनुसार गाइने र नाच्ने गरिन्छ । विशेषत सोरठी भाकामा पुरुषले महिलाको पहिरनमा मारुनी बनेर नृत्य गर्दाको दृश्य निकै रमाईलो हुन्छ । सोरठी नाच्नको लागि एक जना भन्दा बढी आबश्यकता अनुसार मारुनीको साथै मादलेको आश्यकता पर्दछ ।

सवै भन्दा पहिले यो नाचमा देबिदेवताको नाम लिने गरिन्छ । यसरी देविदेवताको नाम लिने चलनलाई देवि बाध्ने वा बन्धन भन्ने भनिन्छ। देवि बान्दा देवि देवता, संगी साथी, बाध्य सामाग्रीलाई बाचामा वाध्ने गरिन्छ । बन्धन दिदा नाच्ने गरीदैन खाली देविदेवताको नाम लयबद्ध स्वरमा सवैले गाउने गरिन्छ। बन्धन वाधी सकेपछि मादल बजाएर ठोकन राख्ने गरिन्छ । यसलाई सरस्वती उतार्ने वा हाई हाल्ने पनि भन्ने गरिन्छ किन भने सवै जनाले एकै स्वरमा मादलको ताल नसकिदासम्म हा….. हा………. गरेर गाइरहनु पर्दछ । लामा धामी र चोखो शरिर हुनेहरु यति बेला काम्ने गर्दछन । काम्ने मानिसहरुलाई मादलको ३ ताल, ९ ताल वा २२ तालसम्ममा छोड्ने गर्दछन् ।

त्यस पछि विषय वस्तु अनुसारको रौरा (्रौरा भनेको गीत निकाल्ने मुख्य मानिस हो जो मादले आफै पनि हुन सक्छ) वा मादलेले मादलको तालसंगै गीतको टुक्का निकाले पछि अन्य पूरुष तथा महिलाले स्वर मिलाएर साथ दिने गर्दछन् । स्वरमा स्वर मिलाएर गाउनको लागी गला र कला भएको आठ दसजना महिला पुरुषको. अवश्यकता पर्दछ । विभिन्न चरणमा गरेर एक वटा सोरठी सकिनको लागी करिव एक घण्टा भन्दा वढी समय लाग्ने गर्दछ । त्यस पछि आवश्यकता अनुसारको विषय बस्तुमा आधारित भएर गीत गाउने र चाच्ने गरिन्छ ।

बास्तवमा भन्ने हो भने सोरठी हाम्रो समाजको यर्थाथ झल्काउने भाका हो । मगर समुदायमा जन्म देखि मृत्यृुसम्मका संस्कारहरुमा सोरठी गाउँने र नाच्ने चलन छ । सोरठी गाँउने र नाच्ने चलन कस्ले र कहिले देखि चलाएका हुन भन्ने कुरा अलिखित इतिहासको कारण भन्न सकिने अवस्था छैन । दर सन्तानमा हस्तान्त्रण हुदै आइरहेको यो हाम्रो संस्कार पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा आज एउटा गम्भीर चासो र चिन्ताको विषय बन्न पुगेकोछ। आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरु आक्रर्षित हुन थाले पछि मगर समुदायको मौलिक संस्कार वुढापाकामात्र सिमित वन्न पुगेको छ ।

सोरठी गीत र नाच मगर समुदायमा छ्याप्छ्प्ती देख्न पाइथ्यो उबेला तर आजभोली यो गीत र नाच देख्न र हेर्न विरलै पाइन्छ । हाम्रो संकृति रहे मात्र हामी रहनुको अस्तित्व रहन्छ । जसले हामीलाई इज्यत, प्रतिष्ठा र सम्मान दिएकोछ । यो कुरा कसैले पनि विर्षनु हुदैन यदि विर्षीन्छ भने आफ्नो जातिको लागि त्यो भन्दा ठूलो भुल वा बेइमानी अरु के हुन सक्छ ? कुनै समय निकै लोकप्रिय र चर्चित सोरठी नृत्य लोप हुने अवस्थामा पुगेको कुरा नयाँ पुस्तालाई यसवारेमा जानकारी नै छैन । समय अनुसार गाइने सोरठी गीतको आफ्नै विशेपता छ ।

यो गीतको ठाउँमा आधुनीक गीतहरुले ठाउँ लिन थाले पछि, परम्परगत मौलीक साँस्कृतिक पहिचान बोकेका गीतहरु युवा पिढीले. विर्षदै जान थाले पछि, बुढापाकाहरुको उमेर संगै यी गीतहरु ओझेलमा पर्न थालेकाछन् । पछिल्लो पुस्तासम्म आई पुग्दा सोरठी नाच संरक्षणको पर्खाई रहेको छ । यसको संरक्षण गर्नु मगर समुदायाको कतब्य हुन आउछ भने समाजको अन्य जातजातिको पनि यसमा भूमिका हुन पर्दछ । समाजमा हाम्रा कला र संकृति जव सम्म जिवित रहन्छ तव माात्र हामी र हाम्रो समाजको अष्तित्व रहिरहने छ ।
लेखक सामाजिक अभियान्ता एवम् मगर संघ म्याग्दीका सचिव हुन् ।

कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ ।

गीतकार विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी छ ।

लैंगिक समानताका लागि म्याग्दीमा युवती समुह गठन

म्याग्दीमा लैंगिक समानताका लागि सिविन नेपाल म्याग्दीद्धारा युवति संजालको गठन गरिएको छ । आज बेनीमा भएको एक कार्यक्रममा उक्त समुह गठन गरिएको हो । समाजमा रहेको लैंगिक असमानता हटाउन र युवतिहरुलाई सक्षम बनाउँनका लागि किशोरी युवति संजाल गठन गरिएको हो। समुहको अध्यक्षमा रन्जना श्रेष्ठ, उपाध्यक्षमा सोनी थापा, सचिवमा गिता बुढामगर, सहसचिवमा शान्ति थजाली मगर, कोषाध्यक्षमा ज्योती पुन, ईन्द्र कुमारी खत्री रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सिमा जुग्जाली, लक्ष्मी र्सिपाली, माया तिलिजा, बिमला थजाली, तरा बाग्दास, अन्जु साही र संगीता पुन रहेका छन् । समुहले समाजमाका एक हिस्सा मानिएका नारीहरुलाई आर्थिक, सामाजिक, भौतिक र विकासको धारमा सधै पछि पारिएकाले क्षमता विकास सहितका कार्यहरु ष्गर्ने अध्यक्ष श्रेष्ठले बेनीअनलाइनलाई बताईन् । ‘किशोरीको क्षमता बृद्धि गरिने छ, समस्यालाई तत्काल समाधान गर्ने संयन्त्र समेत बनाउनेछौ’ उनले भनिन् । समुहले क्षमता विकास तालिम, हिंसा लगाएतका विभिन्न समस्यामा आवाज उठाउने र अधिकार सुनिश्चित गर्ने जनाइएको छ ।

शरीरको तौल घटाउन के गर्ने?

शरीर उचाइका अनुपातमा हुनुपर्नेभन्दा बढी शारीरिक तौल हुनुलाई मोटोपन भनिन्छ। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगको जोखिम न्यूनिकरण सकिन्छ।

तौल घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। तर, यी उपाय अपनाउँदा केही कुरामा ध्यान भने दिनुपर्छ।

चाँडो तौल घटाउन भन्दै भोकै बस्न हुँदैन। खाली पेट भएमा विभिन्न समस्या उत्पन्न हुन सक्छन्। एक सातामा एक किलोग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन।

उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन। स्वादका लागि केही मरमसला प्रयोग गर्न सकिन्छ। नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।

बिहान–बेलुकी मुख्य खानाको सुरूवात सुपबाट गर्नु उत्तम हुन्छ। सुप खाएपछि पेट चाँडै भरिन्छ र अरू खाद्यपदार्थ कम खाइन्छ। सुपमा चिल्लो भने हाल्नु हुँदैन।

कुनै पनि खानेकुार राम्रोसँग चपाएर झोल बनाएर मात्र निल्नु बेस हुन्छ।

दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन। नियमित रूपले निश्चित मात्रामा खानुपर्छ। एकै पल्ट धेरै खाना खानु उचित हुँदैन।

भोक लागे जस्तो भइरहेमा अति कम क्यालोरी दिने खानेकुरा जस्तै–गाँजर, काँक्रो, कागतीको सर्वत खान सकिन्छ।

बेलुकाको खाना साँझ ७ बजेभित्र खानु उपयुक्त हुन्छ। खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ।

तौल घटाउन खाना जत्तिकै महत्वपूर्ण शारीरिक व्यायाम पनि छ। बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउन सके शरीरलाई स्वच्छ र फुर्तिलो हुन्छ। योगासान र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ।

डाइटिङ सुरु गरेको १–२ सातासम्म छटपटी हुने, मीठो, अत्याधिक क्यालोरी दिने खानेकुरा खान मन लाग्ने, निन्द्रा नपर्ने, पेट पोल्ने, अमिलो पानी आउने आदि लक्षण देखा पर्न सक्छन्। यी लक्षण आत्मबलले दबाउनुपर्छ। तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्या सजिलै निराकरण गर्न सकिन्छ। पेटभित्र अम्ल प्रशस्त पानी पिएर कम गर्न सकिन्छ। आवश्यक परे ‘एसिडिटी’ घटाउने औषधि खाए हुन्छ।

माटोपन कम गर्नेबेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थः

हरियो तरकारी, सलाद (गाँजर, मुला, काँक्रो, टमाटर)

ताजा फलफूल (केरा,आँपबाहेक)

माछा

नियन्त्रित रुपमा खान हुनेः

दूधः दैनिक २५० मिलि अर्थात् डेढ गिलाससम्म (चिया र कफीमा मिसाउने दूधसमेत हिसाबमा गन्ती गर्नुपर्ने हुन्छ)

बटर, घ्यू, तेल, क्रिम (दैनिक २ देखि ३ सानो चम्चा)

सुख्खा गहँुको रोटी (दैनिक ३–४ वटा मात्र)

पाउरोटी (ब्राउन ब्रेड भएर राम्रा, दैनिक ३–४ टुक्रा मात्र)

भात (दैनिक १ कचौरा)

दाल (दैनिक १ कचौरा)

आलुः मझौला आकारका दैनिक २ वटासम्म

धेरै नियन्त्रित रुपले बार्नुपर्नेः

गुलियो बिस्कुट, केक जस्ता बेकरी खानेकुरा

आइसक्रिम

चिनी, चकलेट, मिठाई, जाम

घ्यू, तेलमा तारेका खानेकुरा

रक्सी setopati.com

जाडोमा छाला जोगाउने ५ काइदा जाने फाइदै फाइदा

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।

त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित हुने यस समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरु छन्ः

घिउ वा तेलमा तारेका खानेकुरा नखाने

सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको  खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा. अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’ जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ । जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ । चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।

अनुहार र छालामा कपडा राख्दा बिचार पु¥याउनुहोस्

ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ । तसर्थ शरिरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीको सर्ट वा थर्मल भेस्ट लगाउनुहोस् । यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट मुक्ती पाइन्छ ।

कडा साबुन र बढी गन्ध आउने मोश्चराईजेशन प्रयोग नगर्नुहोस्

तपाईँलाई मन पर्ने बढी गन्ध आउने मोश्चराइजरले तपाईँको छालालाई जाडो मौसममा अझै बढी सुख्खा बनाउन सक्छ । त्यसको सटा एलोभेरा (घिउकुमारी), ग्लिसिरिन, प्याराफिन इत्यािद मिसाएको नरम मोश्चराइजर प्रयोग गर्नुहोस् । तपाईँको छाला तेलीय हो भने जेल जस्तो लोसन लगाउनुहोस् । तर, यदि छाला अत्यधिक सुख्खा हो भने क्रिममा आधारित लोसन लगाउनुहोस् । छाला फुस्रो हुन सुरु भइसकेको छ भने चर्म तथा छाला विज्ञको सल्लाहमा औषधि प्रयोग गर्नुहोस् । जाडोमा मन तातो वा सम्भव भए चिसो पानी पर्याप्त खानुहोस् । करिब ५० प्रतिशत भन्दा बढी छालाको रोग पानी पिउँदा निको हुने भएकोले पर्याप्त पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् ।

मन तातो पानीको सावर लिनुहोस्

जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा अशर हुन्छ भन्ने थाहा हुँदा हुदै पनि यसको अत्यधिक प्रयोग गर्छन् । तर, तपाईँ केही बेर तातो पानीमा नुहाउँदा दिउसभर शरिरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ । बरु मनतातो पानी प्रयोग गर्नुहोस् । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ । चिसो पानीले हातखुट्टा नधुनुहोस् किनकी चिसो पानीले तपार्इँ छालालाई दिउसभर सुख्खा बनाउँछ । छालालाई नरम बनाउनका लागि नुहाउनुअघि नरिवलको तेलले छालालाई मसाज गर्नुहोस् ।

फ्याटी एसिडको प्रयोग गर्नुहोस्

बारम्बारको मोश्चराइजको बाबजुद पनि गर्मीमा तपाईको छाला सुख्खा हुने गर्छ । मौसमी लोसनले केही हदसम्म यस समस्याबाट मुक्ती दिलाउने भए पनि चर्म तथा छाला रोग विज्ञको सल्लाह लिनुहोस् । विज्ञले तपाईलाई ओमेगा थ्री फ्याटी एसिड र भिटामिन ए खान सुझाब दिन्छन् । ओमेगा थ्री फ्याटी एसिडले मुटुको रोग, हाइपरटेन्सन, डायबिटिज, बाथलगायतका रोगको पनि उपचार गरिदिन्छ ।-स्वास्थ्य खबरपत्रिका

 

यी खानेकुराले घटाउँछ बोसो

हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ ।

ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।

गि्रन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।

कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।

सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।

गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले सरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन सहयोग पूराउँछ ।