Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 252

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ५२ हजार ६ सय पुग्यो

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य २१ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो।

गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ।

चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी सङ्कलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिए । उनका अनुसार १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौवटा मात्रै पोखरी निर्माण गर्न सकिएको उनले बताए। नौवटा पोखरी निर्माण गर्दा आठ लाख ३९ हजार दुई सय १३ खर्च भएको उनले बताए ।

फलेवास नगरपालिका–३ को देउपुजा सामुदायिक वन, मोदी गाउँपालिका–४ को लोहोसे चिसाखर्क सामुदायिक वन, बराहताल थान सामुदायिक वन, कुश्मा नगरपालिका–१४ को गिदाउरे सालघारी सामुदायिक वन, जलजला गाउँपालिका–४ को टाँडी बिसौना सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । त्यसैगरी जलजला–८ को लस्ती वेर्नेटा सामुदायिक वन, फलेवास नगरपालिका–७ को कालोवन बाटुलेचौर सामुदायिक वन र कुश्मा नगरपालिका–३ को सल्लेरी सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ ।

पोखरी जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रम र डढेलो निभाउन उपयोगी हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष जीवन उचै ठकुरीले बताए । “पोखरीको पानीले मूलहरू ‘रिचार्ज’ हुन्छन् त्यसले मूल संरक्षणमा सहयोग पुग्छ”, उनले भने, “मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ ।”

ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाग्छ। यस वर्ष पनि मेला सुरु भएको छ। देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन्।

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ। विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ। ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ। रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो।

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ। जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको पनि चाप निकै हुन्छ। मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन्। सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ। सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ।

त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन। तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ। मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ। चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ।

ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन्। जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिए। यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उनको भनाइ छ।

उपप्रमुख कायतले भने- ‘यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ, अहिले पनि मेसिन लगाएर सडक संचालन हुने गराएका छौँ, तर निर्माण कम्पनीले काम पोहोर सालनै सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ, जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरेका छौँ, केही अप्ठ्यारो नपरो भनेर ठाउँ–ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेका छौँ।’

सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन्। बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विक बताउँछन्। उनले बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने बताए। यति बेला धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उनको भनाइ छ।

‘धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडीहरु चल्छन्, बर्खामा धेरै गाडी ठाउँ–ठाउँमा बिग्रिन्छन्, ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छेहरु घुम्न आउँछन् तर बाटो देखे भने अर्को पटक आउन धेरै सोच्छन्’ उनले भने– ‘ढोरपाटन पुग्ने बाटोमा राम्रो होटलहरु पनि छैनन्, गाडी बिग्रिएर बीच बाटोमा पर्यटक रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ, सरकारले यो बाटोलाई गम्भीर रुपमा लिएर स्तरोन्नती नगरे धेरैले दुःख पाउँछन्।’

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि.सं. २०७१ सालमा ट्रयाक खुलेको थियो। बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ। सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ। बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो। -रासस

संसारकै अग्लो ठाउँ लोमान्थाङमा भएको गल्फको उपाधि इन्द्रधारा र बालकाशीलाई

संसारकै अग्लो ठाउँमा हुने दाबी गरिएको लोमान्थाङमा शनिबार भएको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जितेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा भएको गल्फ प्रतियोगितामा तेस्रो संस्करणको टप अफ द वल्र्ड गल्फ क्लासिकको उपाधि विष्टले जितेका हुन् ।

४ हजार ६ सयदेखि ४ हजार ७९५ मिटर उचाईसम्ममा भएको गल्फ प्रतियोगितामा ९ होलको खेलमा विष्टले ३ अण्डर हान्दै २१ स्कोर बटुलेर उपाधि जितेका छन् । खेल स्टेवल फोर्ड फुल ह्याण्डिक्यापको फम्र्याटमा खेलाइएको थियो । ३ वटा होलमा पार, एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि हात पार्दा फुर्साङ लामा दोस्रो भए । नेपाल गल्फ एसोसिएसनको उपाध्यक्षसमेत रहेका फुर्साङले ५ वटा होलमा पार, एउटामा डवल बुगी र बाँकी ३ वटा होलमा बुगी हिर्काउँदै २ अण्डर २० स्कोर प्राप्त गरेका हुन् ।

शुक्रबार अभ्यास खेल खेल्दै शनिबार भएको प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, सौराहा, बुटवल र अमेरिकादेखि गैरआवसीय नेपालीसमेत सहभागी भएका थिए ।

पुरुषतर्फ भएको प्रतियोगिताको ग्रस उपाधि गैर आवासीय नेपाली संघ अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले जितेका छन् । निर्मलले १४ स्कोरसहित ग्रस उपाधि प्राप्त गरेको एका प्रतियोगिताका चीफ मार्शल भुवन गुरुङले जानकारी दिए ।

श्रेष्ठले तेस्रो होलको ‘पार थ्री’ मा बर्डी हिर्काए भने ४ वटा होलमा पार, एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएका थिए । महिलातर्फको प्रतिस्पर्धामा गल्फ एसोसिएसन कास्की उपाध्यक्ष बालकाशी गुरुङले उपाधि हात पारेकी छन् ।

गल्फ खेल्न थालेको एक वर्षमै गुरुङले संसारकै अग्लो मानिएको गल्फ कोर्सबाट उपाधि हात पार्न सफल भएकी हुन् । बालकाशीले ५ अण्डर २३ स्कोरको नतिजा निकाल्दा धरानकी झुना राई १ स्कोर मात्रै कम पाएर उपविजेता बनिन् । झुनाले ४ अण्डर २२ स्कोर प्राप्त गरेकी छन् ।

प्रतियोगितामा ‘लंगेस्ट ड्राइभ’ संयोग शाहीले हिर्काए भने ‘क्लोजेष्ट टू दी पिन’ को ट्रफी महिला गल्फर मेदाङ लामाले प्राप्त गरिन् । कोर्सको तेस्रो होलमा ‘होल इन वान’ र क्लोजेष्ट टू दि पिन राखिएको थियो । ‘होल इन वान’ मा याक पुरस्कार राखिएको भएपनि कसैले उक्त पुरस्कार प्राप्त गर्न सकेनन् ।

शीर्ष तथा विभिन्न उपाधि विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नुर्बु गुरुङ र उपाध्यक्षमा छयुमी बिष्ट गुरुङलगायत वडाध्यक्ष, सिटी एक्प्रेसका चन्द्र टण्डनलगायतले ट्रफी हस्तान्तरण गरे ।

पुरस्कार हस्तान्तरणपछि अनलाइनखबरसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष टसी नुर्बुले गल्फले मुस्ताङलाई मात्र नभई सिंगो नेपाललाई फाइदा पुग्ने बताए ।

लोमान्थाङको गल्फ कोर्सलाई विश्वसकै अग्लो कोर्सको रुपमा विश्व कीर्तिमान कायम गर्न प्रदेश र नेपाल सरकारलाई पनि सहयोग गर्न आग्रह गरे । गाउँपालिका उपाध्यक्ष छयुमी विष्टले हिमालको काखमा रहेको गल्फ कोर्समा विश्वभरिकै खेलाडीलाई स्वागत गर्न आफूहरु आतुर रहेको सुनाइन् ।

लोवथाङमा गल्फ कोर्स बनाएर विश्वकै अग्लो कोर्सको रुपमा स्थापित गर्न लागि परेका तथा प्रतियोगिताका विजेतासमेत रहेका इन्द्रधारा विष्टले अर्को वर्ष अझै धेरै देशका खेलाडीलाई सहभागी गराउने बताए ।

विश्वका विभिन्न देशका गल्फ कोर्सहरु पनि आफूले हेरेको बताउँदै गण्डकी प्रदेश सभाका पूर्व सांसदसमेत रहेका विष्टले लोमान्थाङमाजस्तो रोमाञ्चक र प्राकृतिक कोर्स अन्त नभएको सुनाए ।

महिलातर्फ उपाधि विजेता बालकाशीले गल्फ सुरु गरेको वर्षदिनमै विश्वकै अग्लो दाबी गरिएको कोर्सबाट उपाधि विजेताका रुपमा नाम लेखाउन पाएकोमा गौरव महसुस गरेको बताइन् ।

यसअघि दुई पटकका विजेता श्याम तामाङले यो ऐतिहासिक गल्फ कोर्समा सहभागिता जनाउनुमात्रै पनि ठूलो कुरा भएको बताए । हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका तर्फबाट एसी शेर्पाले गल्फ कोर्स सुधारका निम्ति १ हजार अमेरिकी डलर इन्द्रधारालाई सहयोग गरेका छन् ।

नेपाल सरकारको अमेरिकाको सियाटल शहर, वासिंङ्टन स्टेटको महावाणिज्य दूतसमेत रहेका शेर्पाले अगामी वर्षदेखि विभिन्न व्यक्तिहरुलाई लिएर लोमान्थाङमा गल्फ खेल्न आउने बताए ।

‘अमेरिकामात्र ७० हजार गल्फ कोर्स होलान् । नेपालमा ४र५ वटामात्र गल्फ कोर्स छन् । तर, लोमान्थाङमाजस्तो रोमाञ्चकता अन्त छैन । यहाँ यत्तिको होला भनेर मैले सोचेकै थिइनँ’, शेर्पाले भने, ‘यसपटक हाम्रै साथी निर्मलले पनि एउटा उपाधि जितेका छन्, यसले पनि अमेरिकामा धेरै प्रभाव पार्ने छ । अर्को वर्ष गैरआवासीयमात्रै होइन, विदेशी खेलाडीसमेत लिएर यहाँ आउने छौं ।’

म्याग्दी चिनाउन १ लाख धनराशीको फोटो प्रतियोगिता हुने

पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्न म्याग्दीमा १ लाख धनराशीको खुल्ला फोटो प्रतियोगिताको आयोजना गरिएको छ। मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ १५ गतेदेखि असोज १५ गतेसम्म डिस्कभर म्याग्दी फोटो प्रतियोगिताको आयोजना गरिएको हो ।

शनिबार म्याग्दी उद्योग वाणिज्य संघको सचिवालय र मोना अष्ट्रेलियाले संयुक्त रूपमा आयोजित कार्यक्रममा फोटोग्राफी मार्फत म्याग्दी जिल्लालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १ लाख,५० हजार र २५ हजार कायम गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित हुनेछ,देशभरबाट म्याग्दी जिल्लामा घुम्न आएका फोटोग्राफरलाई प्रतिस्पर्धा गर्न अनुरोध गछौं’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगितामा म्याग्दी जिल्लाभित्रका फोटो भदौ १ गतेदेखि १४ गतेसम्म ५ सय शब्द उल्लेख गरी पठाइसक्नुपर्ने,म्याग्दी जिल्लाको पहिचान झल्कने कुनैपनि तस्वीरहरु प्रतियोगितामा सहभागिता जनाउन पाउने लगायतका नियमहरू रहेको संयोजक बाबुराम पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगर,पूर्व अध्यक्ष मुक्ती रोका, प्रबक्ता हिक्मत श्रेष्ठ, मिस नेपालकी प्रतिस्पर्धी ललिता शेरपुञ्जा, प्रायोजक स्टूडेण्ट भाइसका संस्थापक बद्री बरुवालले प्राकृतिक सुन्दरताको खानी म्याग्दी जिल्लाको पहिचानलाई फोटोको माध्यमबाट विश्वभर प्रवर्दधन गर्न सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । प्रतियोगिताको विजेता आगामी असोज महिनाको १९ गते घोषणा गरिने छ ।

यस प्रतियोगिताले फोटोग्राफरलाई प्रोत्साहन तथा क्षमता उजागरसँगै पर्यटन प्रर्बधनमा नयाँ उचाई कायम गर्ने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण घर्ती क्षत्रीले बताए ।गतबर्ष मोना अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी तथा उत्कृष्ट विजेता अन्नपुर्ण गाउँपालिका–५ शिखका गणेश गुरुङ (सुरेन) सहितलाई सम्मान गरिएको थियो।

मालिकामा सुरू भयो कागज उद्योग

म्याग्दीको मालिका गाउँपालिका-३ अधिवारामा मालिका कागज उद्योगले बजारमा माग बढेसँगै नेपाली कागज उत्पादन सुरू गरेको छ । स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले५ महिनासम्म बन्द रहेको उद्योगले शनिबारदेखि पुनः ब्यवसायीक उत्पादन सुरू गरेको हो ।

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग विभिन्न जिल्लामा रहेकाले उत्पादनलाई निरन्तरता दिएको उद्योगका सञ्चालक मोतिराज गौतमले बताउनुभयो । ‘कागजलाई बजारको समस्या छैन, कच्च पदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ’ सञ्चालक गौतमले भन्नुभयो ।

कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अव नियमित उत्पादन र माग अनुसार पूर्ती गर्ने योजना रहेको सञ्चालक गौतमको भनाई छ ।

उद्योगमा विभिन्न साइजका कागजको माग हुने गरेकोमा सरकारी तथा गैरसकारीकार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धुप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागज सहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ ।

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चा पदार्थ लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाई छ ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन्। लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले बनजंगलमै खेर गएको छ ।

विसं २०७५ मा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन लगायतका सहरमा बिक्री गर्ने गरिन्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन्।

म्याग्दीको गाजनेमा जगन्नाथ भगवानको रथयात्रा

म्याग्दीको बेनी नगरपालिका-५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथि, मन्दिरका पुजारी, सहभागी भक्तजनहरु, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने भएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जति पटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो । सोही अनुसार हरेक वर्षको एकपटक जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गर्न पाइन्छ ।

श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

रथयात्रा तथा सरकारी भोज कार्यक्रमको परमपुज्य स्वामी पशुपति तीर्थ महाराजले शुभारम्भ तथा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भगवान् जगन्नाथको प्रचारप्रसार गरी गाजने क्षेत्रमा धार्मिक पर्यटन बढाउनका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्तव्य व्यक्त गर्दै जगन्नाथलगायत धार्मिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले म्याग्दी जिल्लामा रहेका जगन्नाथसहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेकोमा जोड दिए ।

रथयात्रा कार्यक्रममा पण्डित तुलसीराम अधिकारी, पुजारी विवेक सुवेदीसहितको टोलीले स्वस्तीवाचन गरी सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा करिब ३ मुरी चामलको खिर पकाएर सहभागी भक्तजनलगायत सबैलाई खुवाइएको थियो ।

उक्त कार्यक्रममा जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साविक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट १५ सयको हाराहारीमा श्रद्धालु भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए ।

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षता, उपाध्यक्ष यामबहादुर बानियाँको स्वागत र सचिव रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव पौडेलले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीयवासी र भक्तजनहरुबाट दर्शन तथा पूजाअर्चना गर्नुका साथै भजनकिर्तन समेत भएको थियो ।

तिते भेन्टा भनी धतुरोको तरकारी खाँदा एकैघरका तीन बिरामी

तिते भेन्टा भनी धतुरोको तरकारी पकाएर खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ हिलेमा एकै परिवारका तीन जना बिरामी परेका छन् । धतुरो जस्तो देखिने वस्तुको तरकारी पकाई खाँदा लठ्ठिने, बरबराउने समस्या देखिएपछि बिरामी परेका हिलेका ४७ वर्षिय निरज विक, उनी श्रीमती ४५ वर्षिय तुलसी विक र ३० वर्षिय छोरा सुमन विकको धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक विजय यादवले जानकारी दिए । बिरामी तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको यादवको भनाई छ ।

यसैबीच, काठेखोला गाउँपालिकाकै वडा नं. २ भिमपोखराका वर्ष–४५ का नर बहादुर किसान रुखबाट लडेर गंभीर घाइते भएका छन् । घर नजिकैको खरबारीमा रहेको मौवाको रुखमा चढी स्याउला झार्ने क्रममा शुक्रबार दिउँसो लडेर घाइते भएका किसानको ढाडमा चोट लागेको छ । किसानलाई थप उपचारको लागि धवलागिरी अस्पताल बागलुङले गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको छ । ढोरपाटन

भलिबलका उपबिजेता नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौंमा भर्खरै सम्पन्न काभा वुमेन्स नेसन भलिबल लिग २०२४ उपबिजेता रहेको नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशन भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी भएका १४ जना खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको हो।

त्यसै गरी टोलीको , मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी, हिमताल फुटेको आशंका

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ। शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन्।

उनले भनिन्, ‘लेदोसहित भीषण बाढी आएको छ। खोला पनि बढेको छ। अहिले प्रहरीहरू गइराख्नु भएको छ। उहाँहरू पुग्न १०, १५ मिनेट लाग्ला त्यसपछि थाहा हुन्छ के भएको हो। लेदोसहित बाढी हेर्दा हिमताल फुटेको हो की भन्ने आशंका छ।’