Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 255

टिकोटमा बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । टिकोटबाट सदरमुकाम बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ बोलेरोमा सवार ६४ बर्षिय भिमबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक पुनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा चालक ३६ बर्षिय केशव पुन, ७१ बर्षिय बिरबहादुर पुन र ४१ बर्षिय कुमार पुनकको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक राजन रायमाझीले बताए । ‘बोलेरोका चालक प्रहरीको नियन्त्रणमा छन्, सावधानी नअपाउँदा दुर्घटना भएको देखिन्छ, अनुसन्धान भइरहेको छ’ रायमाझीले भने ।

स्थानीयका अनुसार सडकबाट पछाडी गुडेपछि भिरबाट खस्दा स्थानीय भिमबहादुर पुन घाईते भएको बताइएको छ । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको प्रारम्भीक अनुन्धानबाट खुलेको छ ।

पोर्चुगलमा ३८ सय २९ नेपालीको राहदानी नवीकरण

फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलमा सञ्चालन गरेको राहदानी नवीकरण घुम्ती सेवामा तीन हजार ८२९ जनाले सेवा लिएका छन् । पोर्चुगलको राजधानी लिस्वनमा अगष्ट २ देखि १३ सम्म राहदानी घुम्ती सेवा सञ्चालन गरिएको थियो ।

“घुम्ती सेवाबाट तीन हजार ८२९ नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ, जसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन्,” फ्रान्सस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० यूरो (सात करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली दूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूले आ–आफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेको दूतावासले जनाएको छ । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपाली रहेका छन् ।

बोलेरो दुर्घटना हुँदा एक जना गम्भीर घाईते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना गम्भीर घाईते हुनुभएको छ ।

आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खस्दा स्थानीय भिमबहादुर पुन घाइते हुनुभएको छ ।

टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको थियो ।

डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन

म्याग्दीको बेनी नगरपालिका-५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा ओमबहादुर किसान, चन्द्रबहादुर खत्री, कमला कार्की, तारा कार्की, बिमला कार्की, शिक्षक प्रतिनिधिमा खड्गबहादुर खत्री, वडा प्रतिनिधिमा वडा सदस्य देवीदत्त पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद उपाध्याय चयन हुनुभएको छ । नवनिर्वाचित विव्यसको शिक्षा नियमावलीअनुसार तीनवर्षे कार्यकाल रहेको छ ।

अभिभावक भेला तथा विव्यस पुनर्गठन कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा सदस्य डम्मरबहादुर बानियाँले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडा र नगरपालिकाले आवश्यक पहल थालेको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या वृद्धि गर्न विद्यालयका सरोकारवाला सबैले आवश्यक पहल गर्नुपर्ने बताउँदै अध्ययन तथा अध्यापन कार्यको साथसाथै अतिरिक्त क्रियाकलापहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

अर्का वडा सदस्य देवीदत्त पौडेलले विद्यालयको चौतर्फी विकास गर्न शिक्षक, विव्यस र अभिभावकहरु मिलेर अगाडि बढ्नुपर्ने बताउँदै विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गरी सिकाइ उपलब्धि बढाउनुपर्ने बताउनुभयो ।

विद्यालयमा आवश्यक भौतिक पूर्वाधार विस्तार तथा योजना सञ्चालन गर्नको लागि वडामार्फत आवश्यक पहल गरिने उहाँले जानकारी दिनुभयो । उद्घाटनसत्रमा विव्यस अध्यक्ष हेमबहादुर खत्रीले आफ्नो तीनवर्षे कार्यकालमा विद्यालयमा भए गरेका योजना तथा कामको विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका सहायक प्रअ राजु किसान, विद्यालयका पूर्व विद्यार्थी, सल्लाहकार एवं पत्रकार प्रताप बानियाँ, वसन्त आधारभूत विद्यालय उपल्लाचौरका प्रअ खेमराज शर्मा, शिक्षक अभिभावक संघका सदस्य एवं चिप्लेटाउका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजबहादुर कार्की र विद्यालयका प्रअ नारायण उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष खत्रीको अध्यक्षता, शिक्षकद्वय खड्गबहादुर खत्रीको स्वागत र भरत कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

‘सम्बन्ध विच्छेद सन्तानका लागि धेरै पीडादायी हुन्छ’

श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको दुइ पांग्राले मात्रै दिर्घकालिन र लामो यात्रामा सजिलै पार गर्न सकिन्छ । श्रीमानश्रीमतीको सम्बन्ध विवाहलाई जीवनको नयाँ सुरुवात मानिन्छ । तर, अहिले त्यही सुरुवात अदालतमा पुगेर तब अन्त्य हुन्छ, जब सम्बन्ध सकस बन्न थाल्छ ।

वैवाहिक रथलाई सन्तुलित र सधैं सुखी राख्न नसक्दा दम्पतीको रोजाइमा स्वतन्त्रता पर्न थाल्छ । पछिल्लो समय वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य गर्ने परिपाटी बढ्दो छ ।

आपसी असमझदारीपछि दम्पतीको रोजाइमा सम्झौताभन्दा बढी सम्बन्ध विच्छेद पर्न थालेको छ ।सतही रूपमा हेर्दा श्रीमान्–श्रीमतीबीचको बेमेल र असमझदारी नै सम्बन्ध विच्छेदको कारण हो ।

तर, गहिरिएर हेर्दा यससँगै जोडिएर आउँछ–आधुनिक जिवनशैली, सहरी क्षेत्रमा बसाईसराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह, घरेलु हिंसा, कलह, आशंका, अविश्वास, डिपेन्डेन्टमा विदेश र प्रेमि र प्रेमिकालाई श्रीमान र श्रीमती बनाउन झुक्काएर सम्बन्ध बिच्छेद गर्ने आदि ।

बाहिरबाट हेर्दा उदार र समझदार देखिने व्यक्तिका भित्री पाटो अदालतको उजुरीसम्म नदेखिए पनि उनीहरूको अनुदार स्वभाव असफल सम्बन्धमा देखिन्छ । सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत रोजाइ हो ।

स्वतन्त्र जीवन रोजेकी महिलामाथि चुनौतीको पहाड तेर्साउन दम्पतीबाट सन्तान–परिवार–नातेदार हुँदै समाजलबाट नकारात्मक टीकाटिप्पणी सुरु हुन्छ घरभँडुवादेखि कमीकमजोरी केलाउने, विभिन्न आक्षेप लगाउन थालिन्छ जसका कारण शारीरिक, मानसिक र मनोवैज्ञानिक समस्या थपिदिन्छ । जिल्ला अदालत म्याग्दीको पछिल्ला दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा २० बर्षदेखि ७५ बर्षसम्मकाले सम्बन्ध बिच्छेद गरेका छन् ।

जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९÷०८० मा कुल ६१८ मुद्दामध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएकोमा ३२९ फछ्र्योट भएको थियो भने आव २०८०÷०८१ मा कुल ५९२ मुुद्धामा सम्बन्ध विच्छेदका ३१७ थान रहेको देखिन्छ ।

सम्बन्ध विच्छेदको असर दम्पतीहरूका सन्ततिमा पनि उत्तिकै पर्छ । एकल अभिभावकसँग हुर्किनुपर्दा बालबालिकामाथि मनोवैज्ञानिक असर पर्छ । आमाबाबु दुबैबाट पाउनुपर्ने माया, साथ र सहयोगबाट वञ्चित हुँदा उनीहरूमाथि भावनात्मक चोट पुग्छ ।

समग्रमा बाललिकाकामा सम्बन्ध विच्छेदको प्रभाव राम्रो हुँदैन । मिल्नुपर्छ, झगडा गर्नुहुँदैन भन्ने पाठ सिकाउने अभिभावकले नै सन्तानलाई आफुँहरु मिल्न नसेकको देखाइरहदाँ अवश्य पनि दुःखी हुन्छन् । म्याग्दीमा बहुविवाहको त्रासले श्रीमान र श्रीमती दुबैले बैदेशिक रोजगारीमा जाने बाहना बनाएर प्रेमिप्रेमीकासँग नयाँ सम्बन्ध स्थापित गर्ने जालझेलले झनै डरलाग्दो अवस्था देखिएको छ ।

कुनै पनि सम्बन्धबाट अलग्गिनु, टुक्रिनु, बिछोडिनु सुखद हुँदैन भने दाम्पत्य सम्बन्धबाट बेग्लिनु पनि सुखद अनुभव पक्कै होइन। तर, सम्बन्धमा समभाव, सम्मान, विश्वासको खडेरी हुँदा यो बाध्यात्मक कदम बनेको छ ।

विवाह सम्बन्धलाई शब्दमाझैँ यथार्थमा सहयात्री हुन जरुरी छ जसका लागि प्रदूषणयुक्त पारिवारिक जीवन शैली बनाउन पति वा पत्नीले एक–अर्काका लागि जीवन नै सुम्पेको अवस्थालाई नै सम्मानजनक अवस्था बनाउँदै स्वतन्त्रतापूर्वक जिउने वातावरण बनाउनुपर्छ । बेनी साप्ताहिक पत्रिकाबाट साभार

डेढ सय बढी विपन्न विद्यार्थीलाई शैक्षिक साम्रागी सहयोग

यूकेमा बसोबास गर्ने पर्वतेलीहरूको साझा संस्था पर्वत समाज युकेले डेढ सय विपन्न तथा जेहान्दार बालबालिकाहरुलाई शैक्षिक साम्रागी सहयोग गरेको छ ।

पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र विहादी गाउँपालिकाका विद्यालयका ११५ जना आर्थिक अवस्था अत्यन्त कमजोर तथा जेहान्दार विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत समाज यूकेका भुपु अध्यक्ष दधी आचार्यले बताए ।

‘विद्यालयले छनौट गरेका विद्यार्थीलाई वितरण गरिएको हो, हामीले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौ’ आचार्यले भने । सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

सहयोग हस्तान्तरणमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोगले पठनपाठनमा सहज हुने बताइएको थियो । पर्वत समाज यूकेका पूर्व अध्यक्ष आचार्यले ब्यापार, रोजगारी र विभिन्न पेशाका क्रममा यूकेमा रहेका पर्वतबासीले जन्मभूमीमा आवश्यकता परेका क्षेत्रमा सहयोग गरिरहेको बताए ।

पर्वत समाज यूकेका पूर्व अध्यक्ष आचार्यले सन् २००३ मा स्थापना भएको संस्थामार्फत दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोष सहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापित लगायत विभिन्न क्षेत्रमा सहयोग गरेको समाजकी अध्यक्ष अप्सरा गुरुङको भनाई छ । पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब २० लाख संकलन गरेको थियो ।

पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प

पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प चिनियाँ विद्युतीय अटो ब्रान्ड बिवाइडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ।

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स ईंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो।

पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ। एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउनेछन्।

यस्तै, १ वर्षको निःशुल्क बिमा, पुरानो गाडी एक्सचेन्ज सुविधा, ७ किलोवाटसम्मको निशुःल्क चार्जर र भेइकल टू लोड पनि निःशुल्क उपलब्ध हुने पल्गइन अटो मोबाइल्सका म्यानेजर कमल बरालले बताए।

गँड्यौलापालन गरेर मासिक दुई लाख आम्दानी

गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरू गरेका ६३ वर्षीय रिमालले अहिले महिनाकै दुई लाख कमाइ गर्न थालेका हुन् ।

एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी व्यावसायिक गँड्यौलापालन गर्दै आएको उनले बताए । पछिल्लो दुई महिनामा मात्रै तीन लाख ६० हजार आम्दानी भएको उनले जानकारी दिए ।

एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड ३० हजार आम्दानी भइरहेको रिमालले बताए। प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब १५ हजार लागनी हुने उनको भनाइ छ । दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने उनले जानकारी दिए ।

रिमालका अनुसार प्रतिकिलो २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । ‘मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो २५ का दरले बिक्री गर्दै आएको छु,’ उनले भने, ‘त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।’

गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको छ । केही गोरखा, चितवनलगायत जिल्लामा समेतमा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उनले बताए ।

‘किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पुर्‍याउने गरेको छु,’ रिमालले भने, ‘गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।’ गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उनले बताए ।

‘अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ,’ उनले भने, ‘उत्पादित मल प्याकिङ गरेपछि आफैंले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु । ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ । मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।’

ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न शुरू गरिने उनले बताए । ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने उनको भनाइ छ ।

ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालले बताए । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यावसाय शुरू गरेको स्मरण गर्दै उनले कुनै औपचारिक तालिम नलिएको जानकारी दिए।

‘तीन वर्ष अघि प्रतिकिलो दुई हजार पाँच सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ,’ उनले भने ।

अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो एक हजार पाँच सयमा उपलब्ध गराउँदै आएको उनले बताए । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिए ।

फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन शुरू गरेको रिमालले जानकारी दिए । यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन शुरू भएको उनले उल्लेख गरे ।

गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा समेत कमी आउने बताए । स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सरोकार भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेतीलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

सुनको मूल्य तोलाकै डेढ लाख बढी

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ।

लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ।

सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो।

चाँदीको मूल्यभने स्थिर छ। आज प्रतितोला चाँदी रु एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ।

विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त माछा खाँदा उनका दुई छोरी र एक छोराको ज्यान गएको हो ।

नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए। शनिबार राति माछा पकाएर खाएका परिवारका सदस्यले केही समयमै पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।