Saturday, June 28, 2025
25.9 C
Beni
25.9 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 254

अन्नबाली जोगाउन विद्युतीय पासो थाप्दा आफ्नै ज्यान जोखिममा

किसानका लागी आफूले लगाएको बाली जोगाउन सबै भन्दा सकसको विषय बन्दै गएको छ। आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरू छन्।

यही बुधवार बेलुका भुमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरमा एक जनाको विद्युतीय पासोमा परेर ज्यान गएको छ। धनचौरको पाकुमा आफ्नै घरको बारीमा जङ्गली जनावरलाई लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा ४६ वर्षीय ज्ञानुकला चुँदालीको ज्यान गएको हो।

साँझ खाना खाएर बाहिर निस्किएकी ज्ञानुकला धेरै अबेरसम्म घरमा नआएपछि परिवारले उनको खोजी गरेको थियो। सोही क्रममा उनी बारीमा मृत फेला परेकी थिइन्। आफ्नो अन्नबाली जोगाउन थापेको विद्युतीय पासोमा परेर उनको मृत्यु भएको वडा अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए।

पोष्टमार्टम रिपोर्टका अनुसार पनि उनको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको प्रहरीले जनाएको छ। बाँदर, बँदेल र दुम्सीबाट बारीमा लगाएको मकै जोगाउन खोज्दा ज्ञानुकलाले ज्यान नै गुमाउन प¥यो। उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमान् चुरामणी चुँदालीलाई लापरबाही अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।विगत दुई वर्षयता विद्युतीय पासोमा परेर मृत्यु भएको यो चौथो घटना हो।

गाउँघरमा फल्दै गरेका मकै बाँदरले नोक्सान गरेपछि स्थानीयहरूले अनेक उपायहरू अपनाउँछन्। विद्युतीय पासो थाप्ने, भिड जम्मा भएर लखेट्ने, बन्दुक पड्काएर तर्साउने/मार्ने, कुकुरको प्रयोग गर्ने, गुलेलीले हान्ने जस्ता उपायमार्फत उनीहरू अन्नपात जोगाउन प्रयासरत रहन्छन्। तर, जनावरलाई भनेर खनेको खाल्डोमा आफै पर्ने गरेका छन्। जस कारण अकालमा ज्यान गुमाउनु परेका घटना घट्छन्।

कतिपयले जङ्गली जनावरलाई भगाउन जङ्गलमा आगो लगाउने गर्दछन्। आगो नियन्त्रण गर्न नसक्दा गाउँ बस्तीमा आगो पस्ने र कयौँको ज्यान समेत जाने गरेको छ। जनावरलाई मार्न खोज्दा यहाँका किसान मानवीय क्षति खेप्न बाध्य छन्।

यहाँका स्थानीय तहले खेती जोगाउन विभिन्न उपाय अपनाएपनी पूर्णतः सफल भने देखिएका छैनन्। जङ्गली जनावर लखेट्न हेरालुको व्यवस्था गर्ने देखी तार जाली बाँड्ने, भोटे कुकुर वितरण गर्ने, बाँदर लखेट्ने यन्त्र (गन) समेत वितरण गरे। तर, किसानको सास्ती भने कम भएको छैन। उनीहरूको दैनिकी अन्नबाली जोगाउने कसरी ? लखेट्ने कसरी ? र आफू जोगिने कसरी भन्नेमै बित्छ। nagariknews.com

पैसा सापट नदिँदा वृद्धाको हत्या, एक पक्राउ

लमजुङको बेंसीसहर नगरपालिका-११, चिती बगैँचामा एक वृद्धाको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

६२ वर्षीया सानु नानी घर्तीको हत्यामा संलग्न भएकाे अभियोगमा प्रहरीले सोही वडाको बजरखुट्टा बस्ने ४७ वर्षीय सुग्गरे सार्कीलाई नियन्त्रणमा लिएको हो।

साउन ३० गते बुधबार बिहान करिब साढे ८ बजेतिर आफ्नै घरको आँगनमा घर्तीको  शव फेला परेको थियो। घटनाबारे थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीमा खबर गरेका थिए।

लगतै प्रहरी चौकी चिति र जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत मगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार विशेष सूचनाको आधारमा फरार प्रतिवादी ४७ वर्षीय सुग्गरे सार्कीलाई विशेष अपरेसनमार्फत सुन्दरबजार नगरपालिका वडा नं-६ खत्रीठाँटिबाट सोही दिन पक्राउ गरि आज बिहीबार सार्वजनिक गरिएकाे छ।

प्रहरीको अनुसन्धानबाट खुल्न आए अनुसार सार्कीले साउन २९ गते बेलुका ८:३० बजे सापट पैसा माग्न घर्तीको घरमा पुगेका थिए। तर, पैसा सापट दिन घर्तीले इन्कार गरेपछि, उनले घर्तीको टाउको र गालामा खुर्पाले आक्रमण गरेको स्वीकार गरेका छन्।

सार्कीलाई जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसुरमा दिन सातको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईले बताए।

गलेश्वरधामको भेटीबाट भौतिक पूर्वाधार विस्तार

default

न्दिरमा पूजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी संकलन गरिन्छ । साउन महिनाका सबै सोमबार, वालाचर्तुदर्शी र शिवरात्रि पर्वमा साँझसम्म भेटी संकलन गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोषका सदस्य र स्थानीय समुदायको उपस्थितिमा मुचुल्का गरिन्छ ।

रातभरी सिसीक्यामेराको निगरानीमा भेटी राखिन्छ । भोलीपल्ट विहान सरोकारावाला निकायको उपस्थितिमा कोषका पदाधिकारीले हस्ताक्षर गरेलगत्तै भेटी फिजारिन्छ, सबैले बसेर खनखनी पैसा गनिन्छ । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा विगत १४ बर्षदेखि सार्वजनिक स्थानमा सबैको नजर पर्ने गरी भेटी गन्ने र सार्वजनिक गर्ने गरिन्छ ।

देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको बेला गलेश्वर मन्दिरमा सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्नेगरी भेटी गन्ने गरिन्छ । यसबर्षको साउन महिनाको  सोमबार कुल १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

‘भक्तजनको भेटीले पूर्वाधार विस्तारमा सघाएको छ, यसमा समुदायको साथले थप सहज भएको छ’ अध्यक्ष रेग्मीले भने । उनले भेटीको दुरुपयोग रोकिदाँ पूर्वाधार विस्तारसँगै भक्तजनले समेत खुलेर दान गर्ने गरेको बताए ।

अहिलेसम्म भेटीबाट गलेश्वर क्षेत्रमा धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति, सिसी क्यामेरा, सडक बत्ती, कालिगण्डकीको जल मन्दिरसम्म ल्याएर स्नान,लगायत करिब १३ करोड लागतको भौतिक संरचना निर्माण भएको छ ।

बि.स २०६७ सालमा तत्कालिन अध्यक्ष स्वर्गीय रुद्धबहादुर केसीको कार्यकालमा साउन महिनाको पहिलो सोमबार ३२ हजार ३ सय संकलन भएको थियो । मन्दिरमा संकलन भएको भेटी सार्वजनिक तथा पूजारीको तलबसुविधा, मन्दिरभित्र सिसी क्यामेरा जडानसँगै भौतिक पूर्वाधारमा स्वर्गीय कार्कीको योगदान ठूलो छ ।

भगवानलाई चढाइएको भेटीको दुरुपयोग पनि एक किसिमले अपराध नै भएकाले भक्तजनहरुले समेत गन्न सघाउने गरेको कोषकी कोषाध्यक्ष कुमारी रोकाको भनाई छ । भारतको मोतिहारीबाट ब्यवसाय गर्न गलेश्वरधाम मन्दिरमा आएका कामेश्वर शाहले साउनको मंगलबार र अन्य ठूला चाडपर्वमा मन्दिरको भेटी गन्न ब्यवासय नै छोडेर आउने गरेको बताउँछन् । उनले भारतका धेरै धार्मिकस्थलमा पुगेपनि गलेश्वरमा जस्तै तत्कालै भेटी सार्वजनिक गर्ने चलन नौलो लागेको बताए ।

मन्दिरमा आएका भक्तजनहरुलाई समेत गन्न दिने ब्यवस्था मिलाइएको छ ।भेटीको सदुपयोग हुन थालेपछि भक्तजनको चापसँगै करोडौको पूर्वाधारका साथै भक्तजनलाई निःशुल्क भोजन सहितका सुविधाहरु समेत थपिएको छ । ०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो।

अहिले भौतिक संरचनाहरुमा खर्च गरेर पनि ४ करोड ४१ लाख २५ हजार २२२ रुपैयाँ बचत रहेको छ । बि.स २० ६७ सालमा तत्कालिन अध्यक्ष स्वर्गीय रुद्धबहादुर केसीको कार्यकालमा साउन महिनाको पहिलो सोमबार ३२ हजार ३ सय संकलन भएको थियो।

default

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । गलेश्वरधामको सिको जिल्लाका अन्य धार्मिक संघसंस्थाका साथै विभिन्न जिल्लाबाट समेत प्रक्रियाका बारेमा जानकारी लिन आउने गरेका छन् ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

तीजका गीतमा बढ्दो विकृति, कहाँ गयो मौलिकता

पछिल्ला समय नेपाली समाज आधुनिक बन्दै गएको छ । यसको प्रभाव हाम्रो दैनिकमा मात्रै होइन हाम्रा मौलिक परम्परा र संस्कृतिमा हाबी हुन थालेको छ । हामीले मान्ने चार्डपर्वका शैलीहरु परिवर्तन भएका छन् । विगतमा हामीले जसरी हाम्रा चार्डपर्व मनाउने गथ्र्यौ त्यो विधिमा अहिले निकै नै परिवर्तन आएको छ ।

आधुनिक शैलीलाई अनुशरण गर्दा हाम्रा मौलिक परम्परातका विशेषताहरु पनि विस्तारै गुम्दै गएका छौन । हाम्रा सांस्कृतिक धरोहरमा परिवर्तन हुँदै जाने होभने हाम्रो पहिचान पनि गुम्ने खतरा बढेको छ ।

हामी नेपाली विश्वमा हाम्रो मौलिक साँस्कृतिक र ऐतिहासिक परम्पराले परिचित छौ । त्यसैले भएका संस्कृतिलाई जोगाउनु पर्ने आवश्यकता छ । तर, हामीले हाम्रा संस्कृतिलाई जोगाउनको कुनै पहल गरेका छैनौ । हरेक वर्ष लाखौं विदेशी पर्यटकहरु हाम्रो परम्पराको अवलोकन गर्न नेपाल आउने गर्छन् । ति परम्परा जोगाउन सकिएन भने विदेशीलाई के देखाउने ? अब सोच्नु पर्ने बेला आएको छ ।

पछिल्लो समय तीज पर्वका गीतमा निकै नै आधुकिता भित्रिएको छ । तिजी गीतमा मौलाकता समाप्त नै भएको छ भन्दा फरक पर्दैन । किनकी विगतमा गाउने तीज गीत र अहिले गाइने तिज गीतमा निकै नै परिवर्तन आएको छ ।

विगतमा गाईने तिज गीमा महिलाका वेदना गाइन्थ्यो तर, अहिले अश्लिल शब्द प्रयोग गरेर विकृति फैलाउने मात्रै काम भएको छ । तिज गीतलाई अहिले दोहोरीको शैलीमा गाइन थालिएको छ । तिज गीतमा प्रयोग गरिने अश्शिल शब्दका कारण गीत सुन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको छ ।

कलाकारले त आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्ने हो तर, तिनै कलाकारले तिज गीतमा धमाधम विकृतिको बाढी नै भित्राएका छन् । अहिले तिज गीत परिवारका सदस्यहरु संग बसेर सुन्न पनि लाज लाग्ने अवस्था सिर्जना गराउने खालका छन् । भनिन्छ कलाकार देशका गहना हुन् ।

तर, तिनै कलाकारले देशका मौलिक धरोहरलाई समाप्त पार्ने दिशमा अग्रसर भईरहेका छन् । अहिलेका तिज गीत महिला मुत्तिका सन्देश दिनभन्दा पनि अश्लिलता प्रर्दशन गर्न उदृत छन् । महिलाका वेदना उजागार हुनुपर्ने तिज गीतमा अहिले छोटाछोटा कपडा लगाएर कामुकता प्रर्दशन गर्ने मात्र काम भएको छ । के यस्ता गीतले हाम्रो संस्कृति संरक्षणमा योगदान पुगेको छ ? सोच्नु पर्ने बेला आएको छ ।

तिज गीतमा आएको विकृतिको बाढीलाई रोक्नको लागि सम्बन्धित निकाय नै बढी चनाखो हुनुपर्ने बेला आएको छ । यस्ता विकृति गीतलाई रोक्न नसक्ने होभने हाम्रो मौलिक गुम्ने निश्चित छ । त्यसैले तिज गीतका विकृति रोक्नको लागि कलाकार नै सचेत हुन जरुरी छ ।

महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ । त्यसो त कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । महिलाहरुले वर्षभर भोगेका दुःख, पीडा, व्यथा, उत्पीडनलाई गीतको माध्यामबाट उजागर गर्ने मेसो हो, तीज । त्यसैले मर्ममाथि प्रहार गर्ने काम बन्द गरौं ।

डा. अनिल भट्टराईको नेतृत्वमा ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफलताका सम्पन्न, आमा र बच्चा दुवै स्वस्थ

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफलताका सम्पन्न भएको छ । अहिले आमा र दुवैको स्वास्थ्य राम्रो रहेको छ ।

नगरकोटकी २२ वर्षीया गर्भवती महिलाको मुटुबाट निस्किने नशा फुटेको (Ascending aortic aneurysms and Dissections) जटिल अवस्थामा आफूहरुले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको डा. भट्टराईले जानकारी दिए ।

उनले भने,‘उहाँको मुटुको नशा (Aorta) च्यातिनै लागेको अवस्था थियो, यही अवस्थामा यो अप्रेशन गरिएको हो । केही समय ढिला भएको भए आमा र बच्चा दुवैको ज्यान जानसक्ने थियो । सुरुमा स्त्रीरोग विशेषज्ञहरुले बच्चा निकालेपछि मेरो नेतृत्वमा आमाको मुटुको शल्यक्रिया गरेको हो ।’

चार दिनअघि गरिएको उक्त शल्यक्रिया अहिले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको डा. भट्टराईले जनाए । यस्तो शल्यक्रिया विश्वमा नै जटिल र उच्च जोखिमयुक्त मुटुको शल्यक्रिया मानिन्छ । यो शल्यक्रिया गर्दा ६ घण्टा समय लागेको थियो ।

शल्यक्रियाको टिममा कार्डियाक सर्जरीबाट डा. भट्टाईसँगै डा. रवि बराल, डा. प्रभात खकुराल थिए । उता, गाईनोको टिमबाट डा. सुनिती रावल, डा. पूजा पौडेल र डा. संयुक्ता राजभण्डारी थिए । यस्तै, एनेस्थेसियाको टिममा भने डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ र डा. अर्जुन गुरुङ थिए । पर्फुयुजनमा महेन्द्र भट्टको योगदान थियो ।

विदेशमा उच्च शिक्षा–बढ्दो विद्यार्थी र फेरिएको गन्तव्य

पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको सङ्ख्या तीन सय प्रतिशतले बढेको छ ।

एक दशकअघि अर्थात् आर्थिक वर्ष २०७०/७१ मा उच्च शिक्षाका लागि विभिन्न देश जान मन्त्रालयको उक्त शाखाबाट २८ हजार एक सय २६ वटा एनओसी जारी भएकामा गत आव २०८०/८१ मा ६६ वटा देशका लागि एक लाख १२ हजार दुई सय ५६ वटा एनओसी जारी भएका छन् ।

प्रत्येक वर्ष एनओसी लिनेको सङ्ख्यासँगै शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार पछिल्लो १० वर्षमा उच्च शिक्षाका नाममा  पाँच खर्ब १८ अर्ब ७३ करोड बाहिरिएको छ। विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई मुद्रा सटहीका लागि एनओसी  लिन्छन्।

विदेशमा पढ्का  लागि लाग्ने शुल्कका आधारमा एनओसी गर्दै आएको छ । एनओसीका आधारमा विद्यार्थीले बैङ्किङ प्रणालीमार्फत विदेशस्थित कलेज तथा विश्वविद्यालयमा शुल्क पठाउँछन् । यसरी बैङ्कमार्फत रकम पठाउँदा उनीहरुले तीन प्रतिशत शिक्षा सेवा शुल्क बुझाउनुपर्छ।

फेरिएको गन्तव्य

झन्डै एक दशकयता नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको अष्ट्रेलिया गत आर्थिक वर्षमा भने तेस्रो स्थानमा सीमित भएको छ ।अष्ट्रेलिया जान चाहने विद्यार्थी कम हुँदै गर्दा विद्यार्थीको ठूलो हिस्साको आकर्षणमा जापान परेको छ । अघिल्लो आव २०७९/८० मा कुल जारी भएका एनओसीमध्ये ३० दशमलव ७७ प्रतिशत अष्ट्रेलियाका लागि रहेकामा गत आवमा यो सङ्ख्या १२ दशमलव ८० प्रतिशतमा सीमित भएको छ ।

त्यसैगरी, अघिल्लो आवमा १९ दशमलव २८ प्रतिशतले जापान जानका लागि एनओसी लिएकामा यो सङ्ख्या गत आवमा बढेर ३० दशमलव ९३ प्रतिशत पुगेर नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको छ ।

अघिल्लो आवमा प्रमुख रोजाइको गन्तव्यमा तेस्रो स्थानमा रहेको क्यानडा गत आवमा दोस्रो स्थानमा उक्लिएको छ तर एनओसी लिनेको सङ्ख्या भने कम भएको छ । क्यानडा जानका लागि अघिल्लो आवमा १९ दशमलव ५४ प्रतिशतले एनओसी लिएकामा यो सङ्ख्या गत आवमा १४ दशमलव २३ प्रतिशतमा सीमित रह्यो ।

अष्ट्रेलिया सरकारले लिएको नीतिका कारण त्यहाँ जाने नेपाली विद्यार्थीको सङ्ख्या कम भएको नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०का अध्यक्ष शेषराज भट्टराईको बुझाइ छ । तथ्याङ्कअनुसार गत आवमा उच्च शिक्षाका लागि कतार र युनाइटेड अरब इमिरेट्स ९युएई० जान चाहने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय छ । गत आवमा शिक्षा मन्त्रालयबाट कतारका लागि एक सय ६५ र युएईका लागि दुई हजार एक सय ४७ वटा एनओसी जारी भएका छन्।

दक्षिण कोरिया पनि प्राथमिकतामा

पछिल्लो समय दक्षिण कोरियामा पनि उच्च शिक्षाका लागि विदेशी विद्यार्थीको आकर्षण बढेको छ।शिक्षा मन्त्रालयका अनुसार गत आवमा मात्रै कोरियामा अध्ययन गर्न जानका लागि छ हजार आठ सय ८९ वटा एनओसी जारी भएका छन् । कोरियाले नै सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको सङ्ख्या तीन लाख पुर्‍याउने लक्ष्य लिएको छ । यसअनुसार पछिल्लो समय दक्षिण कोरिया नेपाल मात्रै नभई अन्य देशका विद्यार्थीका लागि रोजाइको गन्तव्य बन्दै गएको छ।

कोरिया शैक्षिक परामर्श सङ्घ, नेपाल ९केइक्यान०का अध्यक्ष गणेश शर्मा दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पढ्न पाइने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढेको बताउछन। उनका अनुसार अष्ट्रेलियालगायत देशको तुलनामा कोरियामा निकै सस्तोमा विश्वविद्यालयमा अध्ययन गर्न पाइन्छ । ‘दक्षिण कोरियामा अष्ट्रेलिया र बेलालयतलगायत देशको तुलनामा ८० प्रतिशतभन्दा बढी सस्तो शुल्कमा उच्च शिक्षा पढ्न पाउने सुविधा छ,’अध्यक्ष शर्माले भने, ‘छ महिनामध्ये तीन महिना आंशिक र तीन महिना पूर्णरुपमा काम गर्न पाउने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको छ।’

हाल कोरिया सरकारले अध्ययन पूरा भएपछि छ महिनासम्म जागिर खोज्नका लागि अनुमति दिन्छ । जसलाई दुई वर्षसम्म बढाउने सकिने व्यवस्था छ । साथै सन् २०२५ देखि भने पढाइ पूरा भएपछि तीन वर्षसम्म कोरियामै रहेर काम खोज्न पाउने सुविधा थप गर्ने योजनामा त्यहाँको सरकार छ।

किन घट्यो अष्ट्रेलिया ?

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई अष्ट्रेलियाले भिसामा कडाइ गरेकाले त्यहाँ जाने विद्यार्थीहरुको सङ्ख्या कम भएको बताउँछन । उनका अनुसार त्यहाँको माइग्रेसन नीति, भिसामा  कडाइ र आर्थिक दबाबका कारण विद्यार्थीहरुको सङ्ख्या घट्दो रहेको हो।

अष्ट्रेलियन सरकारले कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीका लागि ४० प्रतिशतको सीमा तोक्न लागेको छ । जसअनुसार शिक्षण संस्थाले वर्षमा अधिकतम् ४० प्रतिशतभन्दा बढी भर्ना गर्न पाउने छैनन् । यसले त्यहाँको श्रम बजारमा ठूलो असर पार्ने देखिएको छ । त्यसैले गर्दा अहिले अष्ट्रेलियामो यो चर्चाको विषय बनेको छ ।

अष्ट्रेलिया सरकारले वेबसाइटमा उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार हाल  ५६ हजार दुई ९६ जना नेपाली विद्यार्थी भिसामा अष्ट्रेलियामा अध्ययन गरिरहेका छन् ।  यसमध्ये  सबैभन्दा धेरै ३५ हजार आठ सय ९७ जना विद्यार्थी न्यू साउथ वेल्स राज्य र भिक्टोरिया राज्य सात हजार नौ सय १३ जना विद्यार्थी छन् । उत्तरी क्षेत्रमा भने विदेशी विद्यार्थीमा नेपालीको सङ्ख्या सबैभन्दा बढी अर्थात् एक हजार एक सय १५ छ।

अष्ट्रेलियामा सबैभन्दा बढी चिनियाँ विद्यार्थीहरु एक लाख ५० हजार सात सय ६७ र भारतीय विद्यार्थी एक लाख १६ हजार छ सय १० विद्यार्थी अध्ययनरत छन् । सङ्ख्याका हिसाबले नेपालीहरु तेस्रो स्थानमा छन् । त्यसबाहेक फिलिपिन्स, भियतनाम, कोलम्बिया, थाइल्यान्ड, पाकिस्तान, इन्डोनेसिया र ब्राजिलका विद्यार्थी क्रमशः शीर्ष १० मा छन्  ।

एनओसी लिएका सबै जान्छन् ?

नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिने सबै विद्यार्थी उच्च शिक्षाका लागि विदेश नै जान्छन् भन्ने हुँदैन । विदेशस्थित सम्बन्धित कलेज, विश्वविद्यालय वा शिक्षण संस्थाले पढ्न लागि अनुमति दिएपछि निश्चित शुल्क अग्रिम बुझाउनुपर्ने हुन्छ । अधिकांश देशका हकमा पहिले बैङ्किङ प्रणालीमार्फत शुल्क पठाएपछि भिसाको प्रक्रिया सुरु हुन्छ ।

एनओसी लिनेमध्ये औसतमा ६० प्रतिशतको हाराहारीमा मात्रै भिसा लाग्ने गरेको इक्यानका अध्यक्ष शेषराज भट्टराईको अनुभव छ । यद्यपि यो आँकडा देशअनुसार भने फरक हुन्छ । ‘एनओसी लिनु भनेको उच्च शिक्षाका लागि विदेश जाने प्रक्रियाको एउटा पाटो हो, तर सबै विदेश जाने भन्ने हुँदैन, अधिकांश देशका लागि एनओसीको काम पूरा भएपछि भिसा लगाउने प्रक्रिया सुरु हुने भएकाले सबैको भिसा लागेको हुँदैन’, उनले भने ।

एनओसी जारी भएपछि विद्यार्थीले विदेशमा पैसा पठाउन पाउँछन् । यदि भिसा नलागेको अवस्थामा कलेज तथा विश्वविद्यालयले निश्चित प्रक्रिया पूरा गरेपछि पुनः पैसा पठाउँछन् ।

विदेश जानबाट रोक्न सकिन्छ ?

शिक्षाविद् डा विद्यानाथ कोइराला विदेश जान कसैलाई पनि रोक्न नसकिने बताउँछन । उनीहरु किन जान्छन् भन्ने थाहा पाउने हो र सोहीअनुसार आवश्यकता पूरा गर्न सक्ने हो भने उनीहरु आफैँ रोकिने उनको तर्क छ। ‘दैनिक दुई हजार नेपाली विदेश जान्छन् भन्ने हो भने एक हजार दुई सय आउँछन् पनि । आउनेहरुको सङ्ख्या किन नभन्ने’, उनले भने, ‘यसरी हेर्दा दैनिक आठ सय मात्रै जाने रहेछन् ।’

उच्च शिक्षाका लागि विदेशी मुलुक जानेमध्ये ९० प्रतिशत कामका लागि र १० प्रतिशत मात्रै पढ्नका लागि जान्छन् भन्न सकिने उनको बुझाइ छ । यदि विद्यार्थीहरु काम र पैसाकै लागि जाने हो भने हामीले स्वदेशमै पैसा कमाउने सीप किन नसिकाउने, रोजगारी किन सिर्जना नगर्ने भन्नेतर्फ हामीले नसोचेको पो हो कि भन्ने उनको बुझाइ छ।

डा कोइराला नीतिनिर्माण तहमा बस्नेहरुमा पनि त्यस प्रकारको सोच नपाएको हो कि भन्ने शङ्का गर्नुहुन्छ । ‘हामीले १५औँ योजनामा कहाँ चुक्यौँ र १६औँ योजना बनाउँदा के सुधार गर्नुपर्छ भन्ने खालको चिन्तनको कमी हो कि भन्ने लाग्छ’, उनले भने, ‘नेपाली विद्यार्थी विदेश गए भन्ने तर विदेशबाट पनि कैयौँ विषय पढाउनका लागि विद्यार्थी ल्याउन सक्छौँ भन्नेतर्फ किन नसाचेको होला भन्ने  लाग्छ।’

उनी ‘ब्रेन डेन’ भन्दा पनि अब ‘रिगेन’को सोचबाट नीति बनाउने र कार्यान्वयन आवश्यक रहेको बताउँछन । त्यसबाहेक सङ्घीय, प्रदेश र स्थाानीय तीनवटै तहले क्षेत्राधिकारका आधारमा नीति निर्माण र कार्यान्वयन गर्नसक्नुपर्ने उनको सुझाव छ।त्यसो त शिक्षाकै लागि यति ठूलो सङ्ख्यामा विदेश जानुपर्ने अवस्था नभएको जानकारहरु बताउँछन्।

पछिल्लो समय नेपालकै कलेजहरुमा विभिन्न विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई कोर्स अध्यापन भइरहेकाले पढ्नकै लागि यति ठूलो सङ्ख्यामा विदेशिनुपर्ने अवस्था नरहेको उनीहरुको बुझाइ छ।यद्यपि केही कोर्सका लागि भने अझै पनि विदेश जानुपर्ने अवस्था छ । त्यो अवस्था नेपालमा मात्रै होइन, अन्य मुलुकमा पनि छ।

संयुक्त अरब इमिरेट्स (युएई)ले सन् २०२८ सम्ममा छ हजार विद्यार्थीलाई अमेरिका र क्यानडामा विभिन्न कार्यक्रमका लागि पठाउनका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । खाटवा (राइजअप) छात्रवृत्ति  कार्यक्रम सेप्टेम्बर २०२२ मा घोषणा गरिएको थियो । यसलाई आबुधावी शिक्षा र ज्ञान विभागद्वारा सञ्चालित यो कार्यक्रम पाँच सय २० मिलियन डलरको हो।यो कार्यक्रम विभिन्न शैक्षिक र सामाजिक पृष्ठभूमिका विद्यार्थीलाई लक्षित गरिएको हो ।

सरकारी छात्रवृत्तिमा पनि जान्छन् 

विदेश बर्सेनि सरकारी छात्रवृत्तिमा पढ्नका लागि विदेश जाने चलन नयाँ होइन । सरकारले विभिन्न कोर्सका लागि निश्चित मापदण्ड पूरा गरेका कर्मचारीहरुलाई सर्तका आधारमा विदेश पढ्न पढाउने गरेको छ ।तर यसरी गएका कर्मचारी उतै हराउने समस्या पनि उत्तिकै छ । हाल सरकारी कर्मचारीहरु विभिन्न कार्यक्रममार्फत उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । यस्तो सङ्ख्या वार्षिक करिब दुई सय जति रहेको जानकार बताउँछन् ।

यसमा कतिपयहरु सम्बन्धित देशको छात्रवृत्ति त केही नेपाल सरकारको छात्रवृत्तिमा पढ्न जाने गरेका छन् । सरकारी छात्रवृत्तिमा विदेश पढ्न जान थालेको नयाँ भने होइन । नेपालको इतिहासमा पहिलोपटक पढ्नका लागि विदेश जानेमा जयपृथ्वीबहादुर सिंहलाई लिन सकिन्छ । सन् १८७७ अगष्ट २१ मा बझाङको चैनपुरमा जन्मिएका सिंहले पाँच वर्षको उमेरदेखि पढाइ सुरु गरेका थिए ।

उनले काठमाडौँको दरबार हाई स्कुलमा पढेका थिए भने सन् १८८९ मा भारतको कलकताबाट मेट्रिक पास गरेका थिए । उनले इन्टरमिडियट तह भारतको प्रयाग कलेजबाट उत्तीर्ण गरेका थिए । सन् १८९४ मा बझाङ फर्किएका उनले त्यहाँबाट विभिन्न जातका आठजना युवालाई तालिम र शिक्षाका लागि काठमाडौँ पठाएका थिए । पढ्नकै लागि टाढाटाढासम्म पुग्ने चलन नेपालको इतिहासमा पनि लामो रहेको बुझ्न सकिन्छ ।

त्यसबाहेक भारतको बनारस, दार्जिलिङ तथा बेलायतलगायत नेपालबाट पढ्न जाने चलन नौलो नभएको देखिन्छ । सरकारी सन् १९०२ मा नेपालबाट आठजना विद्यार्थीहरु सरकारी छात्रवृृत्तिमा पहिलोपटक उच्च शिक्षाका लागि जापान गएका थिए ।

नेपालबाट अप्रिलबाट जापान हिँडेका उनीहरु योकाहामा नामको पानीजहाजमार्फत सन् १९०२ जुन १७ मा जापान पुगेका थिए । जङ्गनरसिंह राना (२२) र भक्तबहादुर बस्नेत (१९) आम्र्स टेक्नोलोजी, देव नरसिंह राना (२०) र बाल नरसिंह रायमाझी (२०) माइनिङ पढ्न जापान पुगेका थिए ।

त्यसैगरी, दीप नरसिंह राना (१८) कृषि, हेमबहादुर राजभण्डारी (२२) मेकानिकल इन्जिनियरिङ, रुद्रलाल सिंह (२७) केमेस्ट्री र विचारमान सिंह (२५) सेरिकल्चर पढ्न जापान गएका थिए । उनीहरु त्यहाँ तीन वर्ष बसी सन् १९०५ मा नेपाल फर्किएर जागिर गर्न थालेका थिए । उनीहरु नेपाल फर्कंदा ज्ञान, सीप प्रविधि मात्रै सिकेनन् गोदाबरी, कटुस, हलुवाबेद र विस्टेरियाको जस्ता फलफूल र वनस्पती आदि पनि नेपाल ल्याएका थिए ।

कुन वर्षमा कति रकम बाहिरियो ? केन्द्रीय बैङ्कका अनुसार आर्थिक वर्ष २०७१/७२ मा  १८ अर्ब १० करोड, आव २०७२/७३ मा  २० अर्ब १० करोड, आव २०७३/७४ मा  ३५ अर्ब, आव २०७४/७५ मा ३८ अर्ब १० करोड रकम बाहिरिएको थियो ।

त्यसैगरी, आव २०७५/७६ मा रु ४६ अर्ब ३२ करोड, आव २०७६/७७ मा  २४ अर्ब ८१ करोड, आव २०७७/७८ मा  २४ अर्ब ९५ करोड, आव २०७८/७९ मा  ६७ अर्ब ७० करोड, आव २०७९/८० मा एक खर्ब ४२ करोड र गत आवको जेठसम्म एक खर्ब १७ अर्ब एक करोड रकम बाहिरिएको छ । शिक्षाका नाममा बाहिरिने रकमको तुलनामा भ्रमणमा नाममा बाहिरिने रकमको अंश भने कम छ । केन्द्रीय बैङ्कका अनुसार गत आवको जेठसम्म भ्रमणका नाममा मुलुकबाट ५८ अर्ब बाहिरिएको छ ।

म्याग्दीमा थप सात वटा झोलुङ्गे पुल निर्माण

म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०–८१ मा सात वटा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप ३ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ ।

गत आर्थिक बर्षमा निर्माण सकिएका र निर्माणाधिन अबस्थामा रहेका पुलको कुल लागत १९ करोड ३ लाख ४१ ह्जार ६६२ रुपैयाँ रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुले बताउनुभयो । उहाँका अनुसार “निर्माणाधीन र सम्पन्न भएका पुलबाट नौ हजार आठ सय ८२ घरधुरी प्रत्येक्ष रुपमा लाभान्वित भएका छन् ।

मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक÷एक वटा पुल निर्माणाधिन अबस्थामा छन् । भने मालिकामा १ मंगलामा, अन्नपूर्णमा ३ र धवलागिरीमा २ वटा पुलको निर्माण सम्पन्न भएको छ ।

मालिका गाउँपालिका–६ दरबाङमा म्याग्दीखोला माथि ११द्ध मिटर, मंगला गाउँपालिका–५ पिपलबोटमा म्याग्दीखोलामा ७३ मिटर, धवलागिरी गाउँपालिका–७ मा म्याग्दीखोलामा १०१ मिटर, धवलागिरीकै ४ मा खोलाखर्कमा ११२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर, ठूलोखोलामा ६४ मिटर र गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गरेको कालीगण्डकी खोला माथि भूरुङ तातोपानी देखि पाउद्धार तातोपानी कुण्ड जाने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

त्यस्तै बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माण हुन लागेको पुलको ८५ प्रतिशत काम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका–८कम स्टील ट्रस प्रविधिको ३२ मिटर लामो खोसेरा खोला पुलको काम ६५ प्रतिशत भएको छ भने मालिका –४ मा कुमालघारे खोलामा निर्माण हुन लागेको ७० मिटर लामो पुलको काम ३० प्रतिशत काम सकिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनुभयो ।

सार्वजनिक यातायातमा गृहको एक्सन, ११ बुँदे निर्देशन

गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो । सो सुझावअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे  निर्देशन दिएको हो ।

त्यस्तै लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ ।

girha

म्याग्दी बहुमुखी क्याम्पसले भदौ १५ गते पूर्वविद्यार्थीको भेला गर्ने

म्याग्दी बहुमुखी क्याम्पसले स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूलाई लक्षित गरी आगामी भदौ १५ गते पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ ।

क्याम्पसको अध्ययन पश्चात विभिन्न क्षेत्रमा रहेकाको अनुभवको आदानप्रदान सहित क्याम्पसका अभियानहरुमा सक्रिय सहभागिताको वातावरण बनाउन सोही दिन पुर्व विद्यार्थीको तेस्रो अधिवेशन समेत गरिने क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

‘पूर्वविद्यार्थीको ज्ञान र सीपलाई अहिलेका विद्यार्थीमा हस्तान्तरण गर्ने चाहन्छौ,विदेशमा रहनुहुने विद्यार्थीलाई डिजिटल माध्यमबाट सहभागिताका लागि अनुरोध गर्दछु’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । बि.स २०४८ सालमा स्थापना भएको क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरी क्षेत्रमै पहिलोपटक गुणस्तर मान्यता प्राप्त समेत गरेको थियो ।

पूर्व विद्यार्थी संघका सचिव अर्जुन पौडेलले भेलामार्फत नयाँ नेतृत्व चयन गरिने र क्याम्पसमा शैक्षिक तथा अन्य विभिन्न गतिविधिमा पुर्व विद्यार्थीले गर्न सक्ने क्षेत्रका बारेमा समेत छलफल हुने बताउनुभयो । ‘क्याम्पसलाई पूर्व विद्यार्थीले पनि धेरै गर्नुपर्ने छ, हामीले यो अवसरलाई सदुपयोग गर्नुपर्छ’ सचिव पौडेलले भन्नुभयो ।

पूर्वविद्यार्थीले यसअगाडी महायज्ञमा आर्थिक सहयोग, क्याम्पसभित्र फलफुलका विरुवा रोपण, विभिन्न तालिम सहितका कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

म्याग्दी बुहुमुखी क्याम्पसले डिजिटिल प्रविधियुक्त बनाउने अभियान सहित विद्यार्थीलाई उत्पादन र उद्यमशिलतासम्बन्धि तालिम समेत सञ्चालन गरी आर्कषित गरिरहेको अवस्थामा भावि दिनमा विदेशमा अध्ययन, ब्यापार सहित विभिन्न क्षेत्रमा सक्रिय रहेका पूर्व विद्यार्थीलाई समेत क्याम्पसको हितमा जोड्ने योजनालाई प्राथमिकता दिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगनाको भनामई छ । हाल क्याम्पसमा कक्षा ११ देखि विभिन्न संकायमा ९ २५ जना विद्यार्थी अध्ययनरत छन्।

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई ५ लाख दिने तयारी

चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने विश्व मानवीय दिवसको अवसरमा गृह मन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट १९ मा विश्वभर मनाइन्छ । यस दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरूको स्मरण गर्दै उनीहरूलाई सम्मान गरिन्छ ।

यो दिवस यस वर्ष नेपाल सरकारले सुर्खेतमा कार्यक्रम गरी मनाइँदै छ । बस चालक विकका परिवारलाई सोही दिन नगद पाँच लाख सहित गृह मन्त्रीले सम्मान गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

गत असार २८ गते चितवनको नारायणगढ-मुग्लिन सडक-खण्डको सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

बुटवलबाट काठमाडौँ आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सो बसमा करिब ३० यात्रुहरू थिए । तर यात्रुहरू भने सकुशल थिए ।

आफू मरेर बसका यात्रुहरूलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा। भट्टराईले जानकारी दिए ।

सोही दिन नारायणगढ-मुग्लिन सडक-खण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीनजना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरूको अवस्था हालसम्म अज्ञात छ ।