Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 258

बडिगाड पहिरोः ५० परिवार विस्थापित

बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोखे। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए। गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए। रासस

शिद्धबाबा आवि बगरफाँटको अध्यक्षमा खिमबहादुर बरुवाल चयन

पर्वतको जलजला-२, बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा ब्यबस्थापन समिति गठन गरिएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले खिमबहादुर बरुवालको अध्यक्षतामा नया समिति चयन गरेको हो । विद्यालय ब्यबस्थापन समितिको सदस्यहरुमा कमला विश्वकर्मा, अमृता विश्वकर्मा गौरीदेवी रिजाल, मिना शाही, आशा शाह मल्ल रहनुभएको छ ।

शिक्षा नियमावालीमा ब्यबस्था भए अनुसार शिक्षकहरुबाट मनोनानित एक सदस्यमा शिक्षिका रेश्मा जिसी, विद्यालय अबस्थित वडा नं २ का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षत्री सदस्य (पदेन) र प्रधानाध्यापक सरस्वति शर्मा सदस्य सचिव रहनुभएको छ । नव गठित बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई वडा नं २-का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षेत्री र निबर्तमान बि.ब्य.स. अध्यक्ष हिरा बहादुर बरुवालले खादा तथा अबिर लगाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

पत्रकार कृष्ण जिसीको नेतृत्वमा निरु जिसी र जुना खत्री रहेको तीन सदस्यीय निर्वाचन मण्डलले ब्यबस्थापन समिति चयनको पक्रिया पुरा गरेको हो । भेलामा कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष जि.सीले सिद्द बाबा विद्यालयको शैक्षिक गुणस्तर पालिकामा उत्कृष्ट रहेको बताउंदै अहिले पढिरहेका विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गरेमा विद्यार्थीहरु स्वत: बढ्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई बिद्यालय प्रति चासो दिन समेत आग्रह गर्नुभयो ।

कायक्रममा वडा नं ३ का पुर्व अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, समाजसेवी मुकुन्द शर्मा, अभिभावक कमला विश्वकर्मा, दुर्गाबहादुर बरुवाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरस्वति शर्माले विद्यालयको प्रशासनिक र आर्थिक विवरण प्रस्तुत गर्नुभको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षिक विष्णु बिकले गर्नुभएको थियो ।

दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम

‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिवार देखि म्याग्दीको सदरमुकाम बेनीमा दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा संघको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिका–८ बेनीका वडा अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यले दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम लिएर व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो। उहाँले दुनाटपरी र बाटेको धुप स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक रहेको बताउँदै अहिलेको अवस्थामा दुनाटपरी तथा बाटेको धुपलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम पुरानो कला र संस्कृतिसँग पनि जोडिएको बताउँदै आधुनिक धुप अगरबत्तीलगायत धुपहरुको तुलनामा धेरै स्वास्थ्यबद्र्धक रहेकोमा जोड दिनुभयो । उहाँले दुनाटपरी र बाटेको धुप उत्पादन गर्नसके बजारको समस्या नभएको बताउँदै महिला उद्यमीहरुले उत्पादन गरेको दुनाटपरी र बाटेको धुप म्याग्दी उद्योग वाणिज्य संघले बजारीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले महिलाहरुलाई सिपमूलक तालिममार्फत पेशा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिमको उद्घाटनसत्रमा महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ र सञ्चारिका समूह नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष देवी जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको उद्घाटनसत्र महिला उद्यम विकास समितिका सभापति श्रेष्ठले अध्यक्षता र स्वागत, महासचिव प्रमिला जोशी श्रेष्ठले सञ्चालन र वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले समापन गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने तालिममा आयोजक महिला उद्यम विकास समितिका पदाधिकारी तथा सदस्य, महिला सहकारीका प्रतिनिधि र महिला लायन्स क्लबहरुका प्रतिनिधिसहित कुल ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिमको महिला उद्यमी एवं प्रशिक्षकहरु पदमकुमारी श्रेष्ठ, कमला गिरी, सृजना श्रेष्ठ र गीता रिजाल शर्माले सहजीकरण गरिरहनुभएको छ । महिला उद्यम विकास समितिले गतवर्ष माघेसङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरेको मेलाबाट बचेको रकमले महिलालक्षित सिपमूलक तालिम आयोजना गरेको जनाएको छ ।

विश्वविद्यालयबारे परामर्श दिन एभरेष्ट ग्लोबलको बेनीमा एक्सपो

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार एभरेष्ट ग्लोबल एजुकेशनले वैदेशिक शिक्षासम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेशन एक्सपो आयोजना गरेको छ ।

म्याग्दी र पर्वतबाट विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित एक्सपोमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटीले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा,पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा काउन्सिलिङ गर्नुभएको थियो ।

Adv

एक्सपोमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, पूर्वतयारी कक्षा, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाहका साथै विद्यार्थीले कुन कलेज कस्तो अध्यापन र कस्तो सुविधा अनि कस्ता विषयमा पढाइ हुन्छ भन्ने बारेमा जानकारी दिइएको एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाका प्रमुख जगत गैरेको भनाई छ ।

बिना जानकारी उच्च शिक्षाका लागि कलेज छनौट गर्दामा विद्यार्थीले भोक्दै आएको समस्याका बारेमा समेत सचेत बनाइएको थियो । अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड,दक्षिण कोरिया, यूएई र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा विद्यार्थीले जिज्ञासा राखेका थिए । एक्सपोमा म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

एक्सपोमा सहभागी विद्यार्थीले विश्वविद्यालयका बारेमा धेरै जानकारी पाएको बताएका थिए । बेनी शाखाका प्रमुख गैरेको अध्यक्षता, काठमाण्डौ शाखाका निर्देशक मोहान थापाको स्वागत, पोखरा शाखाका प्रमुख प्रवेश बरुवालले जानकारी दिएको कार्यक्रमको सञ्चालन न्यू वेष्ट पोइन्ट आवासीय माविकी विद्यार्थी बर्खा थापाले सञ्चालन गर्नुभएको थियो । एक्सपोमा १ सयभन्दा बढी विद्यार्थीले रजिष्टेशन सहित सहभागिता जनाएका थिए ।

एभरेष्ट ग्लोबल एजुकेशनको बेनी, सिड्नीको रकडेल, पोखरा र काठमाण्डौमा शाखा रहेको छ भने अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय छ । यसैबीच आइतबार बेनी शाखामा इच्छुक विद्यार्थीलाई थप जानकारी सहित काउन्सिलिङ दिने जनाइएको छ ।

घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका संघ संस्थाहरुको गतिबिधी सहितको प्रतिवेदन सार्वजनिक र अन्र्तक्रिया भएको थियो ।

कार्यक्रममा अन्नपूूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले गत आर्थिक वर्षमा ७८ प्रतिशत बजेट खर्च र १८५ मध्य १७८ वटा पूर्वाधार सम्बन्धी योजना निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।

वडा सचिव शिवराज जैसीले घारमा रु. एक करोड ८९ लाख पाँच बजेट बिनियोजन भएकोमा घोडेपानी–उल्लेरी सडक बाहेक सबै ४७ वटा योजना कार्यान्वयन भएको र रु. पाँच लाख ७८ हजार एक सय नौ राजस्व संकलन भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा घारका युवा क्लव, मन्दिर, विद्यालयका प्रतिनिधीहरुले गतिबिधी र प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो । वडाभित्र भएका कामको सरोकारवालाहरुलाई जानकारी गराउने, समिक्षा गर्ने, जवाफदेहीताका लागि कार्यक्रम गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममा पोखरेबगर–चित्रे सडकको लुलीया, हल्लेगौडा र हल्लेखर्क क्षेत्रको पहिरोको दिगो व्यवस्थापन गर्नुपर्ने, भवानी आधारभूत विद्यालयको भवन निर्माणलाई पूूर्णता दिनुपर्ने, बादर नियन्त्रण, घोडेपानी–उल्लेरी सडक जोड्नुपर्ने, कालीमाटीमा झोलुङ्गे पुुल निर्माणमा भएको ढिलाई, कृषि एम्बुुलेन्सलाई प्रयोगमा ल्याउन, मुक्तिमार्ग क्याम्पसको ब्यवस्थित सञ्चालन, कमलश मदिरा नियन्त्रण गर्नुपर्ने विषयमा सहभागीले उठाएको विषयमा छलफल भएको थियो ।

खिवाङको स्वास्थ्य इकाईमा पर्याप्त औषधी उपलब्ध नभएको र वडा कार्यालयहरुमा दरबन्दि अनुसारको जनशक्ती व्यवस्थापन गर्न स्थानीयबासीले माग गरेका थिए । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले वडा र टोल स्तरमा आवश्यकताहरु पहिचान, प्राथमिकीकरण गरि योजना बैंक बनाउने बताउदै वाँदर नियन्त्रणका उपकरणको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले मुुक्तिमार्ग क्याम्पस सञ्चालनका विषयमा छलफल गर्ने, फोहोर ब्यवस्थापन स्थल बनाउने, विपद् प्रभावितहरुको सुरक्षित आवास पुुननिर्माणमा प्राथमिकता दिने र कार्यबिधी बनाएर कृषि एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो ।

वडा अध्यक्ष खड्काले घोडेपानी उल्लेरी सडक निर्माणको लागि वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा रहेको, पोखरेबगर–चित्रे घोडेपानी सडकको पहिरोमा मर्मत गर्न सम्बद्ध आयोजना कार्यालयमा पहल गरेको र दिर्घकालिन समाधानका लागि डिपिआर तयार पार्न लागिएको बताउनुभयो । कमशल र आयातित मदिराको अब्यवस्थित बिक्री बितरण गर्न नियन्त्रणका लागि साथ दिन समुदायलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत खड्काले दरबन्दी अनुसारको कर्मचारी ब्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोगमा माग गरिएको, स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन नदिने बताउनुभयो ।

कार्यक्रममा पुुर्व वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जनप्रतिनिधिहरुले सबैसँग समन्वय गरेर काम गर्नुपर्ने र सेवा प्रवाह तथा विकासका काममा विभेद गर्न नहुने बताउनुुभयो । पुुर्व गाविस अध्यक्ष खड्ग गिरी, मुक्तिमार्ग माविको ब्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले गाउँठाउँको विकासका लागि स्थानीय स्तरमा सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमममा रामकृष्ण खड्का, यामबहादुर खड्का, बेलबहादुर बरुवाल, शिव खड्का, रुद्र रेग्मी, बगरसिंह बरुवाल, चन्द्रबहादुर बर्देवा, सुवोद बरुवाल, मेखबहादुर बरुवाल, डिलबहादुर बरुवाल, सुुरेन्द्र पुन, विपिन बरुवाल, युवराज बरुवाल, जसबहादुर तिलिजालगायतले प्रश्न, जिज्ञाशा राख्नुभएको थियो ।

वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, वडा सचिव शिवराज जैसीको सञ्चालन र वडा सदस्य पुष्पा बानिया बरुवालले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतमले गर्नुभएको थियो ।

मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा म्याग्दी वितरण केन्द्र विजय

नेपाल विद्युत प्राधिकरणको ३९ औं बाषिकोत्सवको अवसरमा धौलागिरीका चार जिल्लाका वितरण केन्द्र बिच भएको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटको म्याग्दी र तातोपानी वितरण केन्द्रले जितेको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरको खेलमैदानमा आयोजित प्रतियोगितामा बागलुङ र पर्वत वितरण केन्द्रलाई पराजित गरेको हो ।

म्याग्दी टिमले ४३ रनको अन्तरले पराजित गरेको म्याग्दी बितरण केन्द्रका कर्मचारी शुर्य खत्रीले जानकारी दिनुभयो । चार जिल्लाका वितरण केन्द्रमा कार्यरत कर्मचारी बिच शुभकामना आदानप्रदान सहित आयोजित प्रतियोगितामा बागलुङ र पर्वत एक टिम र म्याग्दीका दुई वितरण केन्द्र एक टिम भई फ्रेन्डसिप खेलमा सहभागि भएका थिए ।

adv

मैत्रीपूर्ण खेलमा टस हारेर ब्याटिङ गरेको म्याग्दीले १८८ रनको लक्ष्य दिएकोमा बागलुङ र पर्वत लक्ष्य पच्छाउँदै गर्दा सबै विकेट गुमाएर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

लक्ष्य पच्छाउने क्रममा बागलुङका सुरेश लामिछानेले ३२ बलमा ५० रन जोड्न सफल हुनुभएको थियो । प्रतियोगिता म्याग्दी वितरणका विवेक उपाध्याय ६१ बिकेक आचार्यले १ सय ८ रन बनाउनुभएको थियो । आचार्यले ९ चौका र १० छक्का बनाउनुभएको थियो । आचार्यले चार विकेट समेत लिएका थिए ।

प्रतियोगितामा बागलुङ सन्दिप श्रेष्ठ ३ बिकेट, दिपक यादव र माधव केसीले दुई–दुई विकेट लिएका थिए । म्याग्दी वितरण केन्द्रको आयोजनामा भएको प्रतियोगिताका म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले विजेतालाई ट्रफि वितरण गदैं जोखिम मोलेर नागरिकलाई सेवा दिने कर्मचारी बिच भविस्यमा पनि हुने रचनात्मक कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सफल महिला उद्यमी सावित्री खत्री, च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ। कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी ६ लाखभन्दा बढीको च्याउ बिक्री गर्नुहुन्छ ।

तीन वटा टनेलमा कन्ये, गोब्रे च्याउखेती उत्पादन गरी बागलुङ, म्याग्दी र पर्वतको कुस्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाई छ । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु,उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन’ कृषक खत्रीले भन्नुभयो ।

Adv

 

गोब्रे च्याउको प्रति केजी ५ सय र कन्येलाई २ सयमा बिक्री गर्ने कृषक खत्रीले गोब्रे च्याउबाट साढे ४ लाख, कन्य च्याउबाट डेढ लाख आम्दानी भएको बताउनुभयो । कच्चा पदार्थ सहितका साम्रागी समेत तयार गर्ने गर्नुभएकी कृषक खत्रीले ७ रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारी ४ लाखको बिक्री गर्नुहुन्छ।

‘हाइटेक टनेल थपेर बाह्ै महिना च्याउ खेती गर्ने लक्ष्य छ,च्याउखेतीका लागि गाउँका कृषकलाई पनि सीप हस्तान्तरण गर्ने गरेको छु’ कृषक खत्रीले भन्नुभयो ।

सामाजिक एवम् राजनीतिक रुपमा समेत सक्रिय रहनुभएकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई थप विस्तार गर्ने योजना रहेको खत्रीको भनाई छ ।

बैदेशिक रोजगारीबाट फर्किनुभएका श्रीमान भिमबहादुर केसीले समेत च्याउ र अन्य तरकारी खेतीको उत्पादन र बजारीकरणमा समेत सघाइरहनुभएको छ । ‘अब बैदेशिक रोजगारीमा जाने सोच छैन, तरकारी खेतीलाई नै विस्तार गर्छु’ भिमबहादुरले भन्नुभयो।

खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो हुने भएकाले अबको सिजनमा टनेल समेत थपेर च्याउ खेती र खेतबारीमा मौसमी र बेमौसमी तरकारी खेतीलाई विस्तार गर्ने योजना रहेको केसीको भनाई छ ।

च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो। च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ।

च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ। च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ। रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ।

Adv

नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुगरआदिको नियन्त्रण गर्न मद्दत पुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ।

यता गाउँपालिकाले कृषि र पशुपालनमा सक्रिय भएका कृषकलाई अनुदान सहित सीप हस्तान्तरणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले उत्पादनमा आधारित भएर अनुदान तथा तरकारी खेतीमा लागेकालाई विभिन्न सहयोग गर्ने गरेको छ ।

‘जो उपचार गर्न हिँडेका थिए, पहिराले पुरिए’

बडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । मङ्गलबार बिहान उपचारका लागि घरभन्दा केही तल रहेको दर्लिङ गाउँस्थित स्वास्थ्य क्लीनिकको यात्रा तय गर्नुभयो ।

कान्छी सासु देवी विक, देवर ससिराम विक, बुहारी सिर्जना विक र छ महिनाकी नातिनी सीता विकसहित पाँच घरभन्दा केही तल झर्नुभएको थियो । एक्कासी ठूलो वर्षा भयो । साथमा भएको छाताले पानी छेक्न नसकेपछि उहाँहरु सबै जना बाटो छेउमै रहेको स्थानीय जोगबहादुर बुढाको घरमा ओत लाग्न पुग्नुभयो । जोगलालको घरमा पुग्दा गाउँका अन्य मान्छे बसिरहेका थिए ।

वर्षा रोकिएपछि गन्तव्यमा लाग्ने तयारीमा रहनुभएका उहाँहरु घरमा रहेका अन्य मानिससँग गन्थनमन्थन गर्दै हुनुहुन्थ्यो । सुमित्राले एक्कासी जमिन हल्लिएको महसुस गर्नुभयो । त्यसपछि उहाँले केही थाहा पाउनुभएन । करिब तीन घण्टापछि बिउझिँदा आफ्नो शरीरको विभिन्न अङ्गमा चोट लागेको देख्नुभयो । शरीर चलाउन खोज्दा नचलेको भान उहाँलाई भयो । आफू होस्मा आउँदा ओत लागेको घर पहिराले पुरिएको र चारैतिर मान्छेको भीड देखिएको उहाँ बताउनुभयो ।

“थलिएको धेरै दिन भएको थियो, अस्पतालमा गएका थियौँ, बिहानदेखि सिमसिम पानी परेको थियो, वर्षा रोकिएला भन्ने लागेर घरबाट निस्यिौँ”, सुमित्राले भन्नुभयो ।

उपचारका लागिसँगै हिँडेका पाँच जनामध्ये सुमित्रा, उहाँका देवर ससिराम र बुहारी सिर्जनालाई करिब तीन घण्टापछि प्रहरी र स्थानीयले पहिराबाट जीवितै उद्धार गरे भने कान्छी सासुदेवी र नातिनी सीताले भने ज्यान गुमाए । बिरामी भएर उपचारका लागि अस्पताल हिँडेका उनीहरुबीच बाटोमै मृत्युवरण गरेपछि विक परिवार मात्रै नभएर सिङ्गो गाउँ नै यति बेला स्तब्ध छ । सुमित्रा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचाररत हुनुहुन्छ । शरीरको धेरै अङ्गमा गहिरो चोट लागेको हुँदा चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको छ ।

पहिरामा घाइते हुनुभएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिराले पुरिएर बाँच्नु भएकी उहाँ अहिले पनि बेला बेला झस्कीरहनुहुन्छ । उहाँले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाउनुहुन्छ । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।

बडिगाड गाउँपालिका–१० आरुपाटामा गएको उक्त पहिराले सुमित्राको सासु र नातिनी मात्रैको ज्यान लिएन, उहाँहरुसहित १० जनाको ज्यान लिएको छ । पहिरामा परि घर धनी ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, छ महिने छोरी सीता विक र ७० वर्षीया देवी विक, तीन वर्षीय आरुस थापा, सात वर्षीया मधु बुढा र ११ वर्षीय मनोज बुढाको ज्यान गएको छ ।

आरुसको बुधबार, मधु र मनोजको बिहीबार शव फेला परेको थियो । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । सो पहिरामा परी १० जना घाइते भएका थिए । त्यसमध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचारका काठमाडौँ पठाइएको छ । उहाँहरुको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरामा परी बेपत्ता भएका मनोजको खोजीमा सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिध लागि रहेको बताउनुभयो । बडिगाडमा ठूलो विपद् आइपरेको हुँदा पहिराका कारण विस्थापित भएका नागरिकलाई तत्काल व्यवस्थापन गर्नेदेखि सुरक्षित स्थानमा सार्ने काम भएको उहाँको भनाइ छ । गम्भीर घाइतेसँग आफू नै राष्ट्रिय ट्रमा सेन्टरमा रहेको भन्दै माथिल्लो तहको सरकारसँग पनि आवश्यक सहयोग माग गरिरहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दो रहेनछ, नागरिकलाई सचेत गराउँदा गराउँदै दुःखद भयो, यसले हामीलाई अपूरणीय क्षति पुगेको छ, घटना हुँदा साथ सबै उद्धारमा लाग्यौँ, धेरैले ज्यान गुमाउनुभएको छ, केहीलाई जीवितै उद्धार गरेर उहाँहरुको उपचारमा लागेका छौँ, पीडितलाई राहत दिने र सुरक्षित ठाउँमा व्यवस्थान गर्ने काम भइरहेको छ ।”

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा रु २७ लाख सङ्घीय सरकार र रु १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ । असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ ।

विसं २०४७ मा रु ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो ।

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताउनुभयो ।

विसं २०४७ मा रु ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ ।

ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माणगरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ । मन्दिरको क्षेत्रफल बढाउन रु ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनःनिर्माण गर्न सुरु गरिने बताउनुभयो ।

“मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई रु एक करोड माग गरेका थियौँ, बजेट जम्मा रु २७ लाख आयो, प्रदेशले रु १० लाख विनियोजन गरेको छ”, ढकालले भन्नुभयो, “लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्वारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्वारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ ।” बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ ।

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताउनुभयो ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् ।

 

पश्चिम म्याग्दी जोड्ने सडकमा नयाँ पहिरो, शुक्रबार साँझदेखि अवरुद्ध

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का बेनी–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२,लाम्पाटा–रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडकखण्डमा माथिबाट पहिरोसहित रुख ढलेपछि पूर्णरुपमा अवरुद्ध भएको यात्रु सुर्यकिरण न्यौपानेले बताउनुभयो । लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरोमा लगातार माथिबाट ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर वारपार गर्नुपर्ने यात्रु न्यौपानेको भनाई छ ।

पहिरोका कारण शुक्रबार साँझदेखि स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ ।पहिरोका कारण धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाबाट सदरमुकाम बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङबजारदेखि बेनी आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

२४ किलोमिटर दूरीमा रहेको बेनी–दरबाङ सडकमा बेनी नगरपालिका–४,सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६,बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटा क्षेत्रमा लगातार पहिरो खस्दा पश्चिम क्षेत्रका बासिन्दाले बर्खायाममा निकै समस्या झेल्नुपरेको छ ।