Thursday, May 15, 2025
24.5 C
Beni
24.5 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 304

वनमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ

0

जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना  पक्राउ परेका छन्। वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  जानकारी दिए।

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई प मुद्दा चलाइएको उनले बताए। डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ। रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो। -रासस

म्याग्दी जेसीज सप्ताह कार्यक्रम हुने

0

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले २६ औं स्थापना दिवसको अवसरमा साताब्यापाी कार्यक्रम गर्ने भएको छ । शनिबार जेसीज सचिवालयमा सम्पन्न भएको दोस्रो साधारणसभाबाट जेठ ९ देखि १५ गतेसम्म स्थापना दिवस मनाउने निर्णय गरेको छ । जेसीज सप्ताहको अवसरमा वरिष्ठ कार्यकारिणि उपाध्यक्ष दिनेश बिश्वकर्माको मुल संयोजकत्वमा कार्यक्रम तय गरिएको अध्यक्ष दिनेश बानियाँले बताए ।

उनका अनुसार पहिलो दिन अन्तर मा.बि. स्तरिय निवन्द लेखन प्रतियोगीता, जेसीज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्रभावकारी भाषणकाला तालिम, पुस्तकालय स्थापना, अन्तर मा.बि. स्तरिय लोक नृत्य प्रतियोगिता, मेरो स्कुल कार्यक्रम अन्तरगत पौलस्त्य माविमा आँखा स्वास्थ्य सचेतना तथा आँखा जाँच कार्यक्रम कार्यक्रम, अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता र सातौं दिन स्थापना दिवस तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको मिडिया म्यानेजर कपिल बानियाँले जानकारी दिए ।

म्याग्दी जेसीजले सदस्यको ब्यक्तिगत तथा संस्थागत विकास बाहेक समुदायस्तरमा विभिन्न रचनात्मक कार्यहरु गरी मनाउने गरेको छ ।

लाल युवा क्लबको अध्यक्षमा पुनः खगेन्द्र खत्री, नवनिर्मित स्टेजको प्रदेश सांसद गौचनले उद्घाटन

0

म्याग्दीको मंगला गाउँपालिका-१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा पुनः खगेन्द्र खत्री चयन भएका छन् । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सिजन गौचन,उपाध्यक्ष प्रवेश थजाली ,सचिव भरत अर्मजा,सहसचिव ऋषिकेश तिवारी,कोषाध्यक्ष विन्दु विकरहेका छन् ।त्यसैगरी सदस्यहरुमा कुमार विक,रबि राम्जाली,भविन्द्र राम्जाली,निशान पुन,कौशिला पुन,सुस्मिता पुन,सन्ध्या खत्री चयन भएका छन् ।

क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य रहेको क्लवका अध्यक्ष खत्रीले बताए । कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनको अवसरमा नवनिर्मित स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गरेकी छन् ।

कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की,वडा अध्यक्ष एकजित रोका,वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जालीले मन्तब्य राखेका थिए । सांसद गौचनको पहलमा गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज र पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको थियो ।

नेपाल आइडलबाट बाहिरिए सन्तोष पुन, गायन क्षेत्र झनै फराकिलो बनाउने प्रतिबद्धता

0

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणबाट म्याग्दी बेनी नगरपालिका–८,का सन्तोष पुनले उत्कृष्ट १२ बाटै बाहिरिएका छन् । नेपाल आइडलको सुरुवातदेखि नै उत्कृष्ट लयमा रहेका सन्तोष टप १० का लागि प्रतिस्पर्धा गरेपनि सफल हुन सकेनन् ।

म्याग्दी जिल्लाको पूरानो गीतसँगै यूवापुस्ताले रुचाइरहका कोशेली पस्किएर दर्शकस्रोताको मन जित्न सफल भएका पुनले नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपनि सांगीतिक यात्रा भने नरोकिने बताए । ‘उत्कृष्ट १० भित्र पर्न सकिन,यो अवधिमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभारी छ, मेरो यात्रा निरन्तर जारी छ’ पुनले भने । नेपाल आइडलबाट सांगीतिक यात्राको सुरुवात मात्रै भएको बताउँदै पुनले अबका दिनमा झनै उत्कृष्ट प्रस्तुती सहित आउने बताए ।

नेपाल आइडल अवधिभर पुनको प्रस्तुतीले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तान्न सफल भएको छ । पुनलाई उत्कृष्ट १०का लागि बेनीबजार तथा ग्रामिण क्षेत्रका साथै विदेशबाट समेत भोटिङ भएको थियो । उनले प्रतियोगिता अवधिमा एक दर्जन गीत पस्किएका थिए । निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका थिए । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको परिवासँग जोडिएको भिडियो धेरै हेरिएको थियो ।

नेकपा एमाले बेनपा-९ अध्यक्षमा चिरञ्जीवि सुबेदी चयन

0

नेकपा एमाले बेनी नगरपालिका-९, घतानको वडा अधिवेशनबाट चिरञ्जीवि सुबेदीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । शनिबार घतानमा सम्पन्न भएको भेलाबाट उपाध्यक्ष अमरबहादुर बस्नेत, सचिब क्षेत्र बहादुर बरुवाल, उपसचिव सम्मरबहादुर मिजार रहनुभएको छ ।

वडा अधिवेशनको उद्घाटन गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले गदैं नेकपा एमाले जनताको घरदैलोमा पुगेर जनताको सेवामा केन्द्रित हुने पार्टी भएकाले वडास्तरमा समेत रचनात्मक कार्यलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

अधिवेशनमा बेनी नगर कमिटी निर्वतमान अध्यक्ष नारायण जिसी, नगर कमिटि अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला कार्यसमिति सदस्य बेलबहादुर चोखालले मन्तब्य राख्नुभएको थियो । बेनी नगरपालिकाका ९ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने बेनपा ३ भकिम्लीमा निकट भविस्यमै सम्पन्न गरिने नेकपा एमाले बेनी नगर कमिटिले जनाएको छ ।

मौलिक कलाको जर्गेना गर्न अन्तर विद्यालय लोक गीत प्रतियोगिता हुने

0

गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा जिल्लास्तरीय अन्तर मावि लोक गीत प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नबप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ आगामी जेठ १५ गते प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुब्र जिसीले जानकारी दिनुभयो ।

उहाँले लोक, मौलिक, कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गरिएको प्रतियोगितामा लोक गितमौलिक संस्कृति झल्किने खालको हुनुपर्ने बताउनुभयो । एक विद्यालयबाट १ जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि म्याग्दीमा निजी तथा सामुदायिक विद्यालयलाई पत्रचार गरिने आयोजकले जनाएको छ । म्याग्दीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विभिन्न रचनात्मक कार्यमार्फत गीतसंगीत र समुदायमा आधारित गतिविधि गदै) आइरहेको छ ।

नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको अध्यक्षमा रमेशप्रसाद पौडेल

0

म्याग्दीमा नेपाली भाषा शिक्षक परिषद्को शाखा विस्तार गरिएको छ । ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको परिषद्को प्रथम भेलाबाट रमेशप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

शनिबार बेनी सामुदायिक माविमा आयोजित भेलाबाट उपाध्यक्ष गङ्गा बानियाँ, सचिव केशवराज पौडेल, कोषाध्यक्ष सुनिता महत, सहसचिव गम्भीर ढकाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशवराज पौडेल,रामकृष्ण खड्का, सममायाँ विक, रमेशराज पौडेल रहेको सचिव पौडेलले जानकारी दिनुभयो । भेलाबाट गोविन्द रिजाल, रेखा कौशल रेग्मी, खगेश्वर रिजाल, रामप्रसाद सुबेदी, र हरि गिरीलाई सल्लाहकार सदस्यमा चयन गरिएको छ ।

भेलाबाट अध्यक्षयमा चयन हुनुभएका पौडेलले नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिने बताउनुभयो । ‘गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने वातावरण बनेको छ, भाषा र भाषिक अनुसन्धानका क्षेत्रलाई थप बल पुर्याउने गरी जिल्लाका सबै नेपाली शिक्षकलाई परिषद्मा जोड्छौ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

छोटो समयमै उपभोक्ताको रोजाइमा पर्‍याे बागलुङको कोदोको बिस्कुट

0

बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन शुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न थालेको छ । उत्पादन शुरु गर्नु भएको तीन महिनामै बजारबाट धान्नै नसक्ने माग आउन थालेको उत्पादक काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले बताउनुभयो ।

उद्योगमा दैनिक एक हजार पाँच सय थान बिस्कुट उत्पादन गर्ने क्षमता रहेको तर माग १५ हजार थान रहेको उहाँले बताउनुभयो । अहिले आधुनिक मेसिन खरिद प्रक्रियामा रहेको र मेसिन प्राप्त भएपछिटोछिटो  माग धान्न सक्ने उद्योगी चानसिंह श्रीसले बताउनुभयो । उहाँले ७० ग्रामको विस्कुट २० रुपैयाँमा बेचिरहनुभएको छ । उहाँले उत्पादन गर्ने बिस्कुटलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ । श्रीसले घरेलु उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारीसमेत दिनुभएको छ ।

म्याग्दीमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

0

म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार रहेको प्रदान गर्ने संघमा सचिव सुसन किसानले बताए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त् १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा दर्ता शुल्क पुरुषतर्फ ८ हजार, र महिलातर्फ ४ हजार कायम गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीमगरले यूवालाई राजनीतिसँगै खेलकुदमा समेत जोड्ने गरी प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको खेल संयोजक सौगात गुरुङलाई तोकिएको छ भने आर्थिक संकलन, पत्रचार तथा विभिन्न तयारी सुरु भएको आयोजकले जनाएको छ ।

क्यान्सर पीडित चन्द्र कुमारीलाई म्याग्दी समाज अमेरिकाबाट आर्थिक सहयोग प्राप्त

0

म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ जामुनाखर्क निवासी क्यान्सर रोगबाट ग्रसित चन्द्र कुमारी खत्रीलाई म्याग्दी समाज अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । बेनपा ६ वडा कार्यालयको लिखित अनुरोधमा बेनपा ६ चुत्रेनी स्थाई घर भई हाल अमेरिकामा रहनुभएको श्री सुदर्शन पौडेलको संयोजनमा संकलन भएको सहयोग रकम रु, १ लाख ५१ हजार ४ सय २७ रुपैयाँ बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ र वडा सदस्य ईस्वर पौडेलको रोहवरमा पीडित खत्रीलाई हस्तान्तरण गरिएको हो ।

खत्रीको उपचारका लागि अमेरिकामा रहेका म्याग्देलीहरुले स्वतस्फुर्त रुपमा सहयोग स्वरुप रकम प्रदान गरेका थिए । स्तन क्यान्सरबाट ग्रसित खत्रीको भरतपुर क्यान्सर अस्पतालमा हालै शल्यक्रिया गरिएको छ ।घरको आर्थिक अवस्था कमजोर भएकोले खत्रीको उपचारमा समस्या भएपछि बेनी नगरपालिका, वडा नम्वर ६ को कार्यालय, नेकपा एमाले बेनपा ६ वडा कमिटी र स्थानीय आमा समूह र घरपरिवार आफन्त ईश्ट्रमित्रहरुबाट समेत आर्थिक सहयोग संकलन गरिएको छ ।

हाल भरतपुर क्यान्सर अस्पतालमै डाक्टरहरुको निगरानीमा रहेर उपचार भईरहेको खत्रीलाई सहयोग उपलब्ध गराउने सम्पुर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै थप उपचारका लागि आर्थिक सहयोग जुटाउन मोना जापान, मोना कतार, कोरिया लगायत अन्य देशहरुमा रहेका मोना म्याग्दीका सहयोगी मनहरुसङ्ग पनि समन्वय भईरहेको र छिट्टैनै सहयोग रकम प्राप्त हुने आश्वासन प्राप्त भैरहेको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।