Saturday, June 7, 2025
23.5 C
Beni
23.5 C
Beni
Saturday, June 7, 2025
Home Blog Page 308

पहाडको राजा फल ‘काफल’ स्वास्थका लागि पनि फाइदा

काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ।

काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ।

पहाडको काफल, तराईमा कोसेली

अहिले काफलको सिजन हो। चैतको अन्तिम सातादेखि जेठको अन्तिम सातासम्म काफल पाइन्छ। गाउँघरका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्। यहाँका काफल अहिले सुपादेउराली आउने भारतीय पर्यटकले समेत झोलाभरि राखेर भारत पुर्‍याउँछन्। पहाडबाट तराई झर्नेका लागि अहिले काफल अनिवार्य कोसेलीजस्तै भएको छ।

सन्धिखर्कदेखि बुटवल, काठमाडौं, दाङलगायत क्षेत्रतर्फ लागेका यात्रुका लागि घुम्ती, नरपानी, सुपादेउरालीलगायत क्षेत्र काफल पाइने ठाउँका रूपमा परिचित छन्। सवारी रोकेरै थैलाका थैला काफल कोसेलीका रूपमा तराईमा रहेका आफन्त, छरछिमेकीलाई लगिदिने प्रचलन नै बनेको छ। भूमिकास्थान– ९ का सुशील घिमिरे प्रत्येक साताको शुक्रबार तराई बस्ने आमाबुवा तथा पत्नीलाई भेट्न जान्छन्।

केही न केही कोसेली बोकेर जाने उनी आजकल काफल नै बोकेर जाने गरेका छन्। भूमिकास्थान नगरपालिकाको भेटेरिनरी शाखामा कार्यरत उनी काफल उत्तम कोसेली रहेको बताउँछन्। ‘फलफूल र अन्य कुरा लिएर जान्थें,’ उनले भने, ‘काफल सबैले रुचाउँछन्, अहिले यही लिएर जाने गरेको छु।’

गाउँघरमा अर्गानिक रूपमै फल्ने काफल नुनखुर्सानीसँग साँधेर सुकाएपछि मोलेर वा यसै पनि खाने गरिन्छ। पहाडको ताजा काफल खान पाउँदा तराई बस्नेहरू खुसी हुन्छन्। यो दुई महिना काफल बेच्ने, काफल किन्ने र काफल खानेलगायत खुसी हुने समय हो।

यो सिजनमा किसानले दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्। अरू समयमा खेती-किसानी गर्ने कृषक यतिबेला अन्य काम छाडेर काफल बेच्नमै व्यस्त छन्। सन्धिखर्क–६ जगतका धनबहादुर नेपाली बिहानभर रुखमा चढेर काफल टिप्छन् र दिनभर ओहोरदोहोर गर्ने सवारीसाधनका यात्रुलाई बेच्छन्।

‘बिहान घरको कामधन्दा सकेर काफल टिप्छु। दिनभर घुम्ती र नरपानीमा काफल बेच्छु। राम्रै आम्दानी भएको छ, यो सिजनमा दुई लाख रुपैयाँ जति कमाउँछु,’ धनबहादुरले भने। आफ्नो निजी जंगलमा भएको काफल टिपेर बेच्दा राम्रै आम्दानी हुने भएपछि सन्धिखर्क ६ र ७ का किसानको दैनिकी काफल टिप्न, छाँट्न र बेच्नमै बितेको छ।

स्थानीय गोपाल नेपाली काफल बेच्न सुपादेउराली मन्दिरसम्म पुग्छन्। एकै दिन ६ हजारको काफल बेचेको स्मरण गर्दै उनले भने, ‘सुपादेउरालीमा निकै भिड थियो। भारतबाट पर्यटकको घुँइचो नै थियो। त्यस दिन मैले ६ हजारको काफल बेचेको थिएँ। सधैं त्यस्तो त हुँदैन। कहिलेकाँही एक हजार रूपैयाँको पनि बिक्न मुस्किल पर्छ।’

यहाँका पुरुष मात्र होइन महिला दिदीबहिनी, बालबालिका सबैले काफल बेचिरहेका हुन्छन्। जंगलमा फल्ने भएकाले स्याहारसुसार गर्नु नपर्ने, धेरै मेहनत गर्नु नपर्ने र लागत पनि शून्य जस्तै पर्ने भएकाले काफल बेचेको पैसा सबै मुनाफा जस्तै हो। खर्च कटाउनु नपर्ने, ज्याला दिनु नपर्ने भएपछि किसानले काफल बेचेको सबै पैसा पूर्ण आम्दानीमा जोड्छन्।

सिजनमा नजिकको बजार सडकछेउमा बसेर बिक्री गरेको काफलको पैसाले किसानले दैनिक उपभोग्य सामग्री खरिद गर्ने, बालबच्चाको पढाइमा खर्च गर्ने, केही रकम बचत गरेर पछिका लागि राख्ने गर्दछन्।

सन्धिखर्क–गोरुसिंगे सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुलाई उनीहरूले काफल बिक्री गर्ने गरेका छन्। यस्तै सुपादेउराली मन्दिर र नरपानी आएका पर्यटकलाई उनीहरूले सानो गिलासको पचास रूपैयाँमा काफल बेच्ने गरेका छन्। nagariknews.com

एनआरएनए डेकेमा पुरुष भलिबलको उपाधी मोना फ्रान्सकाले जित्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्सको ‘एन.आर.एन स्पोर्टस डे’को भलिबल प्रतियोगिताको उपाधी मोना फ्रान्सले जितेको छ । बागलुङ समाज एन.आर.एन स्पोर्टस डे’लाई फाइनल खेलमा २–१ सेटले मोना फ्रान्स पहिलो बनेको हो ।

खेलको पहिलो सेट जितेको बागलुङ समाजलाई दोस्रो र तेस्रो सेटमा मोनाले रोक्न सफल भएको थियो । प्रतियोगितामा विजेता र उपविजेताले क्रमश १६ सय ५० यूरो, ९ सय यूरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको एनआरएन फ्रान्सका खेलकुद संयोजक महेन्द्र बोहोराले बताए ।

मोना फ्रान्सको तर्फबाट प्रपुद्ध केसी, चोचान फ़ग़ामी, प्रकाश थपागमर, लक्ष्ण छन्त्याल, रमेश बोहोरा, सुजन खड्का, प्रेम थापामगर, सुक पुन रहेका थिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडी वाग्लुङ्ग समाज समाजका अमृत घर्ति मगर, वेष्ट स्पाइकर मोना फ्रान्सका सुजन रुचाल, वेष्ट सेटर बाग्लुंगङ समाजका संजय थापा मगर, वेष्ट डिफेन्डर योङ्ग युनिटी पेरिसका नबिन प्रधान, वेष्ट सर्बर म्याग्दी समाजका प्रेम थापा मगर घोषित भएका थिए । बिजेता तथा उप बिजेता (पुरुष तथा महिला) टिम सहित सम्पूर्ण खेलाडीहरुलाई एन आर एन ए फ्रान्सका अध्यक्ष ज्यू, प्रमुख अतिथि सीता बस्नेत ज्यू, सहित संघ संस्थाका अध्यक्ष ज्यूहरुले पुरस्कार वितरण गरेका थिए ।

मोना फ्रान्सको तर्फबाट टिम क्याप्टेन सुचाङ फगामी थिए भने टिम ब्यवस्थापक रेक पुन रहेको मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीको भनाई छ । प्रतियोगितामा मोनाको सत्रियता र चासो रहेको थियो ।एन.आर.एन स्पोर्टस डे’ को अवसरमा २० जना बालबालिका खेलिरहेको आलु खेलमा म्याग्दीकै नहिन कार्कीले जितेका छन् प्रतियोगिताका खेलाडीलाई यातायातको निशुल्क ब्यवस्थापन गर्ने अमर भण्डारीलाई गरेका थिए ।

 

डा.चिनबहादुर पुनद्धारा आफूले पढेको गाउँको विद्यालयलाई कम्प्युटर सहयोग (तस्बिरहरु)

केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । उक्त कम्प्युटर आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितीमा विद्यालय प्रअ राजकुमारी पुन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुन लगायतलाई हस्तान्तरण गर्नुभयो ।

कम्प्युटर सँगै शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । बीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीलाई सुचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

डा.पुनका दिवंगत बुबा धर्मराज पुनको पहलमा वि.सं.२०१८ सालमा गिद्धेश्वर विद्यालय स्थापना भएको थियो । संस्थापक धर्मराजले केही समय सोही विद्यालयमा पढाउनुभएको थियो । ‘बुबाले दुर्गम गाउँमा विद्यालय स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गर्नमा ठुलो योगदान पु¥याउनुभयो । साथै उहाँले यहि विद्यालयको काम गर्ने क्रममा एउटा आँखा पनि गुमाउनुभयो,’भावुक हुँदै डा.पुनले दिवंगत बुबालाई सम्झनुभयो । चितवन स्थित भरतपुरमा बस्दै आउनुभएका डा.पुनले दिवंगत बुबा धर्मराज र आमा घनिसराको सम्झनामा एक लाख बीस हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

वडा अध्यक्ष जिसी,समाजसेवी एवं गाउँपालिका अध्यक्ष राजु आचार्यका स्वकीय सचिव अर्मजाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र भौतिक पुर्वाधार विकासका लागि आफुहरुले पहल सँगै सहयोग गर्ने बताउनुभयो । कुवापानी ,लोप्रे गाउँ लगायत स्थानीयबासीले डा.पुनलाई सम्मान गरेका थिए । विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पठनपाठनमा उत्कृष्ट भएपनि बसाइँसराइको कारण विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो ।
विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्धेश्यले सोरठी नाच समेत सिकाइदै आइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुन, समाज सुधार आमा समुह अध्यक्ष कममाया पाइजा , टोल सुधार समितिका पुर्व अध्यक्ष दुतबहादुर शेरपुजा ,सरसफाई समिति अध्यक्ष सुवेदार कृष्णबहादुर पुन ,टोल सुधार समिति अध्यक्ष तिर्खबहादुर पाइजा लगायतले बोल्नुभएको थियो ।

पाँच कक्षा सम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ । विद्यालय प्रअ पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षिका तिलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गिद्धेश्वर आधारभुत विद्यालयका विद्यार्थीले सोरठी नाच प्रस्तुत गरेका थिए । भने सोही विद्यालयका शिक्षक,मालिका आधारभुत विद्यालयका विद्यार्थी , लोप्रेको धौलागिरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

????????????

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ ।

निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका इञ्जिनियर अजय तिमिल्सिनाले यसअघि गरेको कामको भुुक्तानी नपाएको भन्दै थप बजेट प्राप्त हुने सुनिश्चित नभएपछि गत फागुनदेखि निर्माण रोकिएको बताए । “९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा गत वर्ष काम गरेको ५६ लाख भुक्तानी पाउन बाँकी छ”, उनले भने, “समयमा भुक्तानी नपाएको र खरिद ऐन संशोधनसँगै ठेक्काको म्याद थप हुुने भएपछि काम रोकिएको हो ।” उनका अनुसार १८ महिनाको ठेक्का अवधि बढेर तीन वर्ष पुग्न लागेको छ ।

आयोजनामार्फत खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार हुने समस्या हटाउन विकल्पकारुपमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाउन पानी शुद्धीकरण गर्ने संरचना तयार पारिएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।

उनका अनुसार बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भइसकेको छ । साथै ५।९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धीकरण गर्ने गर्ने फिल्टर पलान्ट निर्माण सकिएको छ ।

नयाँ प्रविधिको ‘सेडिमेशन’ र सो ‘साण्डफिल्टर’ ट्याङ्कीमा प्रयोगमा ल्याउन नसक्दा पानी शुद्धीकरण गर्न अतिरिक्त खर्च बढेको अध्यक्ष गिरीले बताए । “बजेट अभावमा पानी शुद्धीकरण गर्ने ट्याङ्कीमा राख्ने सामग्री ल्याउन नसक्दा नयाँ संरचनाको प्रयोग हुन सकेको छैन”, उनले भने, “पुरानो ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने संरचना मर्मत गर्दा धेरै खर्च बढिरहेको छ ।”

बेनी नगरपालिका–२ स्थित कालीगण्डकी नदी किनारको इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म करिब नौ सय मिटर चार इञ्चको जिआइ पाइप जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ । तीनवटै पम्प चलाउँदा प्रतिसेकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताए । लिफ्ट प्रविधि सञ्चालन भए पनि पानी शुद्धीकरण गर्ने संरचना प्रयोगमा आउन नसकेको उनले बताए ।

आयोजनालाई पूूर्णता दिन खानेपानी मन्त्रालयमा थप बजेट माग गरिए पनि सफल नहुँदा समस्या परेको इञ्जिनियर सुुवेदीले बताए । आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि ४२ लाख ८१ हजार आठ सय २० को लागतमा दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एउटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की छन् ।

मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको इञ्जिनियर सुुवेदीले बताए । उनका अनुसार बेनी–७, ८ र २ का एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ ।

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आइएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले जानकारी दिए । उनका अनुसार २७ किलोमिटर दूरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको छ । रासस

विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्।

सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

सभामुख घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए।

प्रधानमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामै प्रतिपक्षी दलहरुले नाराबाजी गरे। कांग्रेसको वेल घेराउसहितको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढेको थियो।

सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि सदनको माइक ‘म्युट’ गरिएको थियो। माइक म्युट गर्दा प्रतिपक्षी दलहरुले गरेको नाराबाजी सुनिएको थिएन्।

प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। विश्वासको मतको पक्षमा १५८ मत परेको छ। यस्तै विपक्षमा ११३ मत परेको छ।

सरकारको रिपोर्ट कार्ड प्रस्तुत गर्दै कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

 कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा रोष्ट्रम पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्।

उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस् ।’

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सरकारको रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगविना पूरा हुन नसक्ने उनले बताए ।

लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

सुनको मूल्यले नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो।आज सोमबार तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीले पनि अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको थियो। आज १ हजार ९४० रुपैयाँ चाँदी कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कुक तालिममा महिलाको आर्कषण

बेनी नगरपालिका-५,की सलिना थापा बानियाँको एक महिने कुक तालिम लिर्दैंछिन्। बैदेशिक रोजगारीमा सजिलो हुने र जागीरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने सीप सिकिरहेकी छन् ।

बेनीमा नियमित कुक तालिम सञ्चालन गदैं आएको सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरमा पछिल्लो समय बैदेशिक रोजगारी र सीप सिकेर बैदेशिक रोजगारी र स्देशमै स्वरोजगार बन्ने महिलाले समेत धमाधम कुक तालिम लिन थालेको देखिन्छ।तालिममा सहभागी २५ जना महिला सहित ४५ जना चिटिक्क पहिरन, हँसिलो मुहारसँगै नियमित तालिममा सहभागी हुने गरेका छन् ।

‘अहिले खानाको परिकार बनाउने सीप कुक तालिम गर्दै छु, सीप सिकेर विदेश जाने सोच छ, यही पनि रोजगारको समस्या नहुने रहेछ’ बेनी नगरपालिका–१ की रिना खत्रीले भनिन् । कुक तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज हुने उनको भनाई छ ।

तालिममा नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन मात्रै नभई होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, थप नयाँ परिकारका बारेमा समेत प्रशिक्षक अस्मिता दाहालले सिकाइरहेकी छन् । ‘सिप भए अवसरको समस्या हुदैन्, स्वरोजगार बन्ने सपना देखेपछि कुकु तालिमले रोजेको छु’ सिसन नेपालीले भनिन्।

तालिम बाहेक यूटुव लगायत विभिन्न माध्यमबाट समेत सिक्ने अवसर मिलेको उनले बताइन् । तालिममा ४० जना पुरुष र २० जना महिला सहभागि छन् । तालिम सिकेर व्यवसाय सञ्चालन गर्नुका साथै नभए अरूलाई सिकाएर पनि कमाउन सकिने तालिममा सहभागी महिलाको भनाई छ ।

पछिल्लो एकदशक यता करिब एक हजार जनालाई तालिम दिइसकेको एसियन होटल टे«निङ्ग सेन्टरका सञ्चालक रविन घलेले कुक तालिम लिनेहरु बेरोजगार बस्न नपर्ने बताए । ‘तालिम लिएका कुकलाई खाली हात बस्नुपदैन्,‘अहिलेसम्म तालिमपछि आफै ब्यवसाय सञ्चालन गर्ने धेरै छन्’ घलेले भने । म्याग्दीमा होटल तथा रेष्टुरेन्टमा कार्यरत दक्ष जनशक्ती अधिकांस जिल्ला बाहिरबाट आउने गरेको अवस्थामा जिल्लाभित्रै माग उच्च रहेको उनले बताए ।

छोटो, मध्यम र लामो प्रकारको तालिममा सहभागी कुकले नेपालभित्र नै राम्रो रोजगारीको अवसर पाउने गरेको बताए । तालिममा बढी भन्दा बढी प्रयोगात्मक हुने भएकाले सीटीईभीटीको पाठ्यक्रम अनुसार ८० प्रतिशत प्रयोगात्मक हुनुपर्ने बताए। कोर्स सकेका ९० प्रतिशत हाराहारीले रोजगारी पाउने उनले बताए ।

जेहेन्दार विद्यार्थीलाई शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिएर समेत तालिम सञ्चालन गर्ने गरिएको छ । म्याग्दीमा कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी रस्पेशल डिप्लोमा लगायतका तालिमहरुमा माग धेरै छ ।

 

मोना अष्ट्रेलिया क्षेत्रीय समिति कुइन्सल्यान्डको अध्यक्षमा रमेश रोका

म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलिया क्षेत्रीय समिति मोना कुइन्सल्यान्ड शाखाको अध्यक्षमा रमेश रोका चयन भएका छन् । अष्ट्रेलियामा छरिएर रहेका म्याग्देलीलाई संगठित गर्ने उदेश्य अन्तरगत गठित कुइन्सल्यान्ड शाखाको उपाध्यक्षद्धय सन्जय पुन, सोम बहादुर थापा, सचिव, सजिना बुढाथोकी, सह–सचिव झलक पुन, कोषाध्यक्ष भरत खत्री, सहकोषाध्यक्ष रुपा घर्ती रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा बिन्दु छन्त्याल,याम थापा, सर्मिला पुन, बिनीता खत्री, पुस्कल बराइली, इश्वरी हमाल, मनु भन्डारी, राधीका भण्डारी, सचिन खड्का चन्द्र भत्तचन, किशोर पुन र दिनेश रोका रहेको सहसचिव झलक पुनले बताए । समितिको सल्लाहकारमा हेम कँडेल, सुरेश घर्ती र किशान पुन रहेका छन् ।

कार्यक्रममा मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगर, निर्वतमान अध्यक्ष मुक्ति रोका, प्रबक्ता हिक्मत श्रेष्ठ, सहसचिव गोकुल भण्डारी, सदस्य बाबुराम पौडेल, म्याग्दी काठमाण्डौ कलाकार संघकी अध्यक्ष एवम् लोकदोहोरी गायिका लाली बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष रोकाले मोनामार्फत सामाजिक एवम् मानवीय सेवाका अभियानहरुलाई प्राथमिकता दिने बताए ।