Sunday, June 8, 2025
21.6 C
Beni
21.6 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 310

निःशुल्क भोजन गराउने गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रको दोस्रो साधारणसभा

म्याग्दीको बेनी नगरपालिका-९, गलेश्वरमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रको विशेष अधिवेशनपछिको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले प्रगति र कोषाध्यक्ष लोकेन्द्रबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिका–९, घतानका कार्यवाहक वडा अध्यक्ष गणेश शर्माले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले वडा कार्यालय तथा नगरपालिकामार्फत नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक सम्पदा, मठमन्दिरको विकास तथा प्रवद्र्धनमा जोड दिइएको बताउँदै धार्मिक पर्यटन वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले गलेश्वर शिवालय क्षेत्र विकास कोषले समग्र गलेश्वर क्षेत्रको विकास र प्रवद्र्धनमा काम गरिरहेको बताए । उनले विगतको तुलनामा अहिले गलेश्वर आसपासको क्षेत्र र गलेश्वर मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै धार्मिक पर्यटनको विकास गर्न सबै सरोकारवाला एक भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा गलेश्वर ज्येष्ठनागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम र गलेश्वर आमा समूहका अध्यक्ष कुमारी रोकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अन्नक्षेत्रका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष यामबहादुर खत्री सुवेदीको स्वागत र सचिव ताराप्रसाद आचार्य (बाबुराम)को सञ्चालनमा सम्पन्न भएको थियो ।

मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारको रुपमा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रले दैनिकजसो करिब ६० जनालाई निःशुल्क रुपमा भोजन गराउँदै आएको छ । यस संस्थाले स्थापनाकालदेखि नै साधुसन्त, तीर्थयात्री, ब्राह्मण, बटुक विद्यार्थी, अनाथ, असहाय लगायतलाई भोजनको व्यवस्थापन गरेको जनाएको छ ।

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ । पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ ।

छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ । गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताउनुभयो । गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट सङ्कलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको छ ।

“मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौँ”, ठकुरीले भन्नुभयो, “पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब नौ लाख खर्च भएको छ ।” यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ । गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताउनुभयो । “पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । शव दाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केहीमाथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ । उक्त मन्दिर परिसरबाट हिमशृङ्खला आँखै अगाडि उभिएको देखिन्छ ।

गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताउनुभयो । उहाँका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा सङ्कलन गरेर हेम नमुना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् । गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताउनुभयो । यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उहाँको भनाइ छ । रासस 

मोना अष्ट्रेलियाको आयोजनामा टुर्नामेन्ट हुने, स्टूडेण्ट भाइब्सको ताइटल स्पोन्सर

‘अब म पनि खेल्छु’ भन्ने मुल नाराका साथ मोना अष्ट्रेलियाको आयोजनामा आगामी जुन ९ तारिकमा एक दिने पुरुष तथा महिला भलिबल र बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था एवम् सामाजिक तथा मानवीय सेवा र पर्यटन प्रर्बधनमा पहिचान बनाएको मोना अष्ट्रेलियाले औबर्न बास्केटबल सेन्टरमा टुर्नामेन्टहुने भएको हो ।

अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाएको स्टूडेण्ट भाइब्सले अस्ट्रेलियाको ताइटल स्पोन्सरमा उक्त टुर्नामेन्ट हुन लागेको मोना अष्ट्रेलियाका बाबुराम पौडेलले बताए । मोनाले टुर्नामेन्टका बारेमा थप तयारी सहितको जानकारी दिने जनाइएको छ ।

यता स्टूडेण्ट भाइब्सका संस्थापक निर्देशक बद्री बरुवालले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत स्टुडेन्ट भाइब्सले पहिलो र दोस्रो दुबै संस्करमा सहयोग गरेको बताए ।

उनले आफ्नो संस्थाले रेखा मेमोरियल ट्रष्टमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा सहकार्य समेत गरेको छ । अस्ट्रेलियामा स्टुडेन्ट भाइब्सले अष्ट्रेलियामा ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेर समेत नेपाली विद्यार्थीमाझ लोकप्रियता कमाएको थियो ।

दिलिसा भण्डारीको हत्या भएको माइती पक्षको आरोप, श्रीमान र सासु पक्राउ

बागलुङको काठेखोला गाउँपालिका-१ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको संस्कापद मृत्युलाई लिए भण्डारीका माइती पक्ष, आफन्त र सँगै पढने साथीहरु आन्दोलित भएका छन् । उनको न्यायका लागि भन्दै सडकमा उत्रिँदै आएका छन्।

श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप

बागलुङ नगरपालिका-१० गलुवा माईत भएकी १८ वर्षीय दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउदै दोसीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

खहरेका सुशान्त थापाकी श्रीमती भण्डारीले आफ्नै घरको दोस्रो तलामा काठको बलोमा सलले घाँटीमा पासो लगाई झुण्डीएको अवस्थामा उनका श्रीमानले देखेपछि पासो काटी उपचारको लागि धवलागिरि अस्पताल बागलुङ ल्याइएको थापाले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

श्रीमान थापाले प्रहरीलाई खबर नै नगरि आफै पासो काटे

श्रीमान थापाले प्रहरीलाई खबर नै नगरि आफै पासो काटेर अस्पताल ल्याएका थिए । मंगलबार राति चिकित्सकले ८ः२५ मा भण्डारीलाई मृत घोषणा गरेको थियो ।

उक्त घटनाको बारेमा धवलागिरी अस्पताल बागलुङबाट जानकारी प्राप्त हुनसाथ काठेखोला गाउँपालिका २ दोविल्लामा रहेको प्रहरी चौकीबाट प्रहरी हवल्दार गोपाल कामीको कमाण्डमा २ जनाको प्रहरी टोली अनुसन्धान गर्न घटनास्थल गएको थियो भने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीको नेतृत्व रहेको सात जनाको टोलि धौलागिरि अस्पताल गएको थियो ।

जेठ १ गते राती ७ बजेर ५० मिनेटमा दिलिसा भण्डारीको आत्माहत्या गरेको भनेपनि माइती पक्षले भने दिलिसाले आत्महत्या गर्नु पर्ने कुनै कारण नभएको र उनको हत्या भएको बताउदै आएको छ।

मृतकको शरीरको विभिन्न अंगमा निल डाम भएकोले हत्या भएको माइती पक्षको दाबी छ ।

Adv

श्रीमान् सुशान्त थापा र सासु उजेली थापा प्रहरी नियन्त्रणमा

मृतकका श्रीमान् १८ वर्षीया सुशान्त थापा र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त

मृतकका बुबा देबेन्द्रबहादुर भण्डारीले प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त दिएको र जिल्ला अदालतले ४ दिनको म्याद दिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कँडेलले बताउनु भयो ।

शव पोष्टमार्टमको लागि पोखरा लाने वा धौलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबीच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाई भएको थियो ।

पोखराबाट फोरेन्सिक मेडिसिन विज्ञ टोलि आउदै

आज जिल्ला प्रशासन कार्यालय बागलुङमा भएको छलफलमा मृत्यु संस्कापद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फोरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनु भयो ।

भण्डारीको हत्या भएको दावी गर्दै माइती पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् भने शव धौलागिरि अस्पतालमा राखिएको छ । न्याय माग्दै धौलागिरि अस्पताल परिसरमा विरोधका कार्यक्रम भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

श्रीमान र सासुले मानसिक यातना दिने गरेको आरोप

आफ्ना श्रीमान र सासुले आफूलाई मानसिक यातना दिने गरेको छोरीले पहिले देखिनै गुनासो गर्ने गरेको मृतककी आमाको भनाई छ । मृतक भण्डारी बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविको कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनु भयो ।

भण्डारीले गत मंसिरमा प्रेम विवाह गरेकी थिईन ।उनको मृत्युको पछाडी उनकी नन्दको भनिएको फेसवुक म्यासेन्जरको अडियो र भण्डारीले आफ्नी माइतीको आमालाई पठाएको अडियोको विषयलाई लिएर समाजिक संजालमा चर्को आक्रोश व्यक्त भएको छ ।

न्याय माग्दै पीडित पक्ष सडकमा उत्रिएपछि प्रहरी प्रशासन व्यापक दवावमा

घाँटीमा पासो लगाएको अवस्थामा भेटिएकी दिलिसाको मृत्यु आत्महत्या दुरूत्साहन वा हत्या के थियो उनको न्यायका लागि भन्दै पीडित पक्ष सडकमा उत्रिँदै आएपछि प्रहरी प्रशासनलाई व्यापक दवाव परेको छ ।

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ ।

यो जैमिनी नगरपालिका-४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । वि.सं.२०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एक जना पनि विद्यार्थी छैनन् । विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो ।

केही वर्ष अगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षा कोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् । विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् ।

विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन । यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । गाउँमा वृद्धवृद्धाबाहेक अरु नभएको हुँदा विद्यालय रित्तिएको उहाँको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

शर्माले भन्नुभयो, “एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।” विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताउनुभयो ।

अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उहाँको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पुर्याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताउनुभयो । यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउनुहुन्छ ।

“हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्सी हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन”, पौडेलले भन्नुभयो, “यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।”

जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताउनुभयो । यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेदन बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उहाँको भनाइ छ ।

नगर शिक्षा अधिकारी आचार्यले भन्नुभयो, “नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेदन ल्याउनुहुन्छ र सोहीअनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरु के गर्ने भन्ने विषय निर्क्याेल हुन्छ ।” रासस 

जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन

स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।  निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको थियोा

एक दिवसीय प्रशिक्षणमा नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले जनतालाई साथमा लिएर गरेको कामबाट पार्टीको प्रभाव विस्तारसँगै समृद्ध नेपालको परिकल्पना समेत पूरा हुनेमा जोड दिनुभएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी र व्यवस्थित रुपमा काम गर्नुपर्ने र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधि भन्दा फरक ढंगले काम गरी पार्टीलाई झनै बलियो बनाउनुपर्ने बताइएको थियो ।

सोही अवसरमा नेकपा एमाले म्याग्दीका निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो भूगोलमा रहेका पिछडिएको वर्ग,दलित र अल्पसंख्यकहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई अनुरोध गदैं स्थानीय जनमतले पार्टीको सबैभन्दा ठूलो शक्ती भएको बताउनुभयो ।

प्रशिक्षणको क्रममा जनताको आवश्यकतामा केन्द्रित भएर बजेट विनियोजन सहित निर्वाचित भएपछिको कार्यसम्पादनको लिखित विवरण प्रस्तुतसँगै चालू आवमा पालिका र वडामा प्रक्षेपित बजेटको बिवरण, आगामी बर्षमा प्रस्तावित योजना बिवरण पेश, निर्वाचनको घोषणा÷प्रतिबद्धतासंग बजेटको तादम्यताको स्थिति बिश्लेषण, असल अभ्यासको अनुभव आदानप्रदान लगायतका विषयमा केन्द्रित रहेको थियो ।

प्रशिक्षणमा बेनी नगरका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षत्री, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मी पुन,अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुन, उपाध्यक्ष दिवाकुमारी पुन लगायत एमालेबाट निर्वाचित २२ वडा अध्यक्षमध्ये २० जना सहित कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले जनताको प्रत्यक्ष उपस्थितीमा कार्यसम्पादन हुने तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा भावि योजना, समस्या, कमीकमजोरीको समेत समिक्षा गरिएको बताउनुभयो । प्रशिक्षण्को जिल्ला अध्यक्ष सुबेदीको अध्यक्षता उपसचिव खड्क गिरीको स्वागत तथा सचिव थमसरा पुनले सञ्चालन गर्नुभएको थियो ।

३५ वर्षदेखि भिरमौरी खोज्दै ६० वर्षीय मोतीप्रसाद पाइजा !

म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्। उनले बाँसको चोया र काठ प्रयोग गरी बनाइएमा भर्‍याङ (पराङ)मा डेढ घण्टासम्म झुन्डिएर मह काढ्छन्।

विगत ३५ वर्षदेखि निरन्तर म्याग्दीका अधिकांश अग्ला भिरपहरामा मौरीको घार खोज्दै हिँड्ने गरेका मोतीप्रसादले तुर्लुंग डोरी झुन्डिएर मह निकाल्ने र बिक्री गर्ने कामलाई आफ्नो पुर्ख्याैली पेसा र परम्परा ठान्छन्। आङ सिरिंग हुने कहालीलाग्दा पहरामा एक्लै पुग्ने मोतीप्रसादलाई सहयोग गर्ने करिब १० जनाको टोली छ। उनले हरेक वर्ष सिजनमा म्याग्दी र छिमेकी जिल्लाका भिरहरूमा पुगेर मह सिकार गर्छन्। करिब तीन सयदेखि सात सय मिटर अग्लो भिरमा जोखिम मोलेर मह निकाल्ने गरेका मोतीप्रसादले यसै वर्ष कास्कीमा समेत असम्भव मानिएको भिरमा घण्टाको ५ हजार ज्याला लिएर मह निकाल्न गएका थिए।

अक्करे भिरमा जोखिम मोलेर गरिने साहसिक मह सिकार गर्दा मोतीप्रसादका धेरै रात जंगलमा बितेका छन्। ‘हत्केलामा राखेर डोरी (परङ)मा झुन्डिएर मौरीको चाका नजिक पुगी मह निकाल्नुपर्छ। धेरैपटक मृत्युको मुखमा पुगेर फर्किएको छु,’ मोतीप्रसादले भने।

२५ वर्षको उमेरमा पहिलोपटक भिरमा जाँदा ज्यानै गएको महसुस भए पनि आजकल बानी भइसकेको मोतीप्रसादको भनाइ छ। भिर मह काढ्दा परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्ने हुनाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन्। सुरुमा हरियो घाँसको धुवाँ मौरी भएको ठाउँसम्म पुर्‍याइन्छ। धुवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्न थालिन्छ। एक समूहले भिरमाथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठुलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्ने मोतीप्रसादको भनाइ छ।

असम्भव धेरै भिरमा पुगेर मह काढ्ने गरेकाले पनि मोतीप्रसादलाई दैनिक भत्ता दिएर समेत बोलाउने गरेका छन्। ‘एउटै भिरबाट एकसय लिटरसम्म मह निकाल्न सकिन्छ। अहिले गाउँमै मह किन्न ग्राहक आउँछन्,’ मोतीप्रसादले भने। अनुभवसँगै आँट, साहस भएको र स्वस्थ भएमात्रै पेसालाई निरन्तरता दिन सकिने उनले बताए।

मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक तीन हजार, मह तान्ने टाउकेलाई १८ सय, मह छान्ने सिपालुलाई १५ सयसम्म दिने गरेका छन्। बजारमा महको प्रतिलिटर दुई हजार पाँच सय रूपैयाँमा बिक्री हुुन्छ। म्याग्दीको भिरमहको बजार अन्तर्राष्ट्रियस्तर सम्म छ। ठुलो भिरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्छ। एक सिजनमा ज्याला, राजस्व, अन्य व्यवस्थापन खर्च कटाएर समूहमा रहेकाले बाँढ्ने गरेका छन्।

पछिल्लो समय वनजंगलमा लागेको डढेलोले समेत भिरमौरीको वासस्थानलाई असर गरेको छ। अग्ला भिरमा डढेलोको धुवाँको मुस्लोका कारण समस्या हुने गरेको अवस्थामा पछिल्ला केही वर्षयता पुनः भिरमा मौरी आएर बसोबास गर्न सहज हुने गरी चाका सोही स्थानमा छाड्ने गरिएको छ। बस्तीबाट धेरै टाढा भिर क्षेत्रमा पछिल्लो समय भिरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेका छन्।

स्थानीय मह सिकारीले सामुदायिक वनसँग अनुमति लिएर भिर मह खोज्दै जंगलमा गएर एउटा भिरको १० हजार तिर्ने गरेका छन्। पछिल्लो समय स्थानीयलाई भिरमा जाँदा आवश्यक पर्ने सुरक्षाका उपकरणहरूमा ध्यान दिन अनुरोध गरिए पनि समुदायमै खर्च हुने भएकाले राजस्व संकलन नगरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। ‘विदेशी पर्यटकलाई तान्ने गरी प्रचारप्रसार गर्ने योजना छ, भिरमह काढ्ने व्यक्तिको स्वास्थ्य चासो देखाउने गरिएको छ,’ अध्यक्ष पुनले भने।

उनले धवलागिरिलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन आवश्यक तयारी गरिने बताए। उनले भिरमौरीको महत्त्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरूबाट जानकारी तथा संरक्षणका थप योजना समेत बनाएको बताए। आकाशमा उड्ने चरोसमेत बस्न नसक्ने ठाउँमा डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई आकर्षित गर्ने अध्यक्ष पुनको भनाइ छ।

म्याग्दीमा लुलाङबाहेक कुइनेमंगले गुर्जा, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायतका स्थानमा भिरमह पाइन्छ। गुलियो र स्वादिलो हुने भिरमह विशेषगरी यौनवर्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधी मानिन्छ। वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ।

दग्नामकी मृगौला पीडित सुनमायाँ थजालीलाई आर्थिक सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नामकी मृर्गौला पीडित सुकमायाँ थजालीलाई करिब साढे ३ लाख सहयोग गरिएको छ। मृर्गौला पीडित थजालीलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि हङकङमा रहेका दग्नामका सुझाव पुन मगरको नेतृत्वमा ३ लाख ४६ हजार ७ सय रुपैयाँ सहयोग गरिएको छ ।

उक्त सहयोग पीडित थजालीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।दुवै मृर्गाैला फेल भएपछि निरन्तर डाइलासिस गर्दै आउनुभएकी थजालीको आर्थिक उपचारमा समस्या भएपछि थप उपचारमा सहज हुने गरी आर्थिक संकलन गरिएको सहयोग संकलनदाता पुनले बताउनुभयो । उहाँले पीडितको उपचारमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि पीडितको उपचारका सहयोग गर्ने बताउनुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पीडित थजालीले ऋणधन गरी उपचार गर्दा समेत अपुग भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो । ‘सहयोग जुटेपछि बाँच्ने आश पलाएको छ, उपचारमा यो रकमले धेरै सहज हुन्छ’ पीडित थजालीले भन्नुभयो । सहयोगलाई नियमित डायलासिस, औषधि सेवन लगायतमा खर्च हुन्छ ।

 

 

विद्यालयको दिवा खाजामा अब थरीथरीका अर्गानिक परिकार खुवाइने

बेनी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयका विद्यार्थीलाई दैनिक वितरण गरिने दिवा खाजामा थरीथरीका अर्गानिक स्वाद खुवाउने भएको छ । नगरभित्रका विद्यालयमा दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्ने उद्देश्यले अभिभावक, विद्यालयका चमेनागृह सञ्चालक र विद्यालयका प्रतिनिधिहरूलाई दुई दिने तालिम समेत दिइएको छ ।

रैथाने बाली प्रवर्द्धनका कार्यक्रम अन्तरगत रैथाने बालीको परिकार विविधिकरण तालिममार्फत स्थानीय रूपमै उत्पादित अर्गानिक बस्तुबाट बनाउन सकिने १५–२० थरीका परिकारहरू बनाउन सिकाइएको थियो ।

दिवा खाजामा प्रयोग हुने खाद्य बस्तुमा अर्गानिकसँगै बालबालिकाको समेत रोजाईमा पर्ने गरी परिकार बनाउन तालिम दिइएको बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । ‘दिवा खाजाको गुणस्तरका बारेमा अनुगमन समेत भइहरेको छ, बालबालिकालाई अर्गानिक खाजा खुवाउने विद्यालयलाई प्रोत्साहन पनि गछौं’ उपमेयर लामिछानेले भन्नुभयो ।

आयात गरिएको खाजा (जङ्क फुड)लाई विद्यालयमा प्रतिबन्ध लगाउन विद्यार्थीलाई अर्गानिक स्वादले आर्कषित गर्ने लक्ष्य रहेको उपमेयर लामिछानेको भनाई छ ।तालिममा कोदो, गहुँ भटमास, रोटी, सिस्नोको आइसक्रिम लगायत समुदायस्तरमै पाइने थरीथरीका अर्गानिक परिकार बनाउन सिकाइएको कृषि शाखाकी प्रमुख आकृति ढुंगानाले बताउनुभयो ।

तालिममा विद्यालयको चमेनागृह र अभिभावकलाई समेत भविस्यमा तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरी फरक–फरक दिन फरक परिकार बनाउन सिकाइएको छ । तालिममा सहभागि बन्दना क्षत्रीले बालबालिकालाई अर्गानिक स्वाद दिन सकेमा जङ्क फुडको प्रयोग घट्ने भएकाले तालिमको सिपलाई प्रयोग गर्ने बताउनुभयो ।

नेपाल सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराउन नसकिने अवस्थामा अभिाभवकसँग समेत सहकार्य गरी अर्गानिक उत्पादन नै खुवाउने सहभागीले प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाका १० वडामा ५६ सामुदायिक विद्यालयमा ३ हजारको हाराहारीमा कक्षा १–५ मा विद्यार्थी छन् ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने

सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समिति गठन गर्न सत्ता गठबन्धन लचिलो बनेपछि संसद् सुचारु हुने सम्भावना बढेको छ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बालुवाटार बोलाएका थिए।

उक्त छलफलमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलको मागलाई लामो समय बेवास्ता गर्दा सरकार सञ्चालन कार्य नै प्रभावित बनिरहेको भन्दै संसदीय छानबिन बनाउन लचिलो हुन आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालको आग्रहपछि गृहमन्त्री लामिछाने थोरै नरम बनेको स्रोत बताउँछ। जसमा लामिछानेले पहिले संसद्मा आफू बोल्न पाउनुपर्ने र बोलिसकेपछि त्यसपछि संसदीय समिति बने पनि आफूलाई फरक नपर्ने बताएका थिए।

‘उहाँले प्रधानमन्त्रीज्यूसँग संसद्मा बोल्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्री निकटस्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीज्युले सभामुख (देवराज घिमिरे) लाई फोन गरेर ११ बजेको प्रतिनिधिसभा बैठक ४ बजेका लागि सार्न आग्रह गर्नुभएको हो।’

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नै संसदीय छानबिन समिति गठनमा लचक बनेपछि एमाले अध्यक्ष ओलीले खास्सै प्रतिक्रिया नदिएको स्रोत बताउँछ।

बैठकपछि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार संसदीय छानबिन गठन गर्न तयार रहेको सन्देश पठाएका थिए। तर, त्यसअघि गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने शर्त राखेका थिए।

‘प्रधानमन्त्रीज्युबाट संसदीय छानबिन समिति बनाउन तयार छौं। पहिले गृहमन्त्री रवि लामिछानेजीलाई संसद्मा बोल्न दिनुहोस् भन्ने सन्देश प्राप्त भएको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,‘उताबाट सन्देश आएपछि हामी पनि छलफलमा छौं।’

कांग्रेसले यसअघि नै गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरिसकेकाले बोल्नदिने कुरामा फरक मत नरहेको उनले बताए। ‘त्यसमा त कांग्रेस तयार नै छ। तर, संसदीय छानबिन समिति बन्नुअघि संसद्का बाँकी सरकारी कामकारबाही अघि बढाइनुहुन्न भन्ने हाम्रो माग हो। त्यस मागमा हामी अडिग छौं,’ उनले भने।

कांग्रेस सांसद रामहरि खतिवडाले संसद्का बाँकी विषयमा प्रवेश नगरेर पहिला गृहमन्त्री बोल्ने र त्यसपछि कांग्रेसबाट कोही बोल्नेगरी संसद् अघि बढे बोल्न दिने अवस्था रहेको बताए।

‘हामीले यही कुरा अस्तिको बैठकमा पनि भनेका हौं। तर, उहाँले पेलेरै अन्य कार्यतालिका पहिले ल्याएर हाम्रो धैर्यता मापन गर्ने कोसिस गर्नुभयो। त्यसैमा हाम्रो विमति हो,’ उनले भने।