Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 439

न्यू धौलागिरि सहकारी संस्थाले विभिन्न सेवामा छुट उपलब्ध गराउन सम्झौता

म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायीक संस्थासंग सम्झौतामा गरेको छ। स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी, कानुनी ब्यवसायी, लेखापढी संस्थासंग संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले बिहिबार विभिन्न ब्यवसायी संस्थागत सम्झौता गरेका छन् ।

संस्थाले संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेका प्रोपाईटर सुयोग श्रेष्ठ, म्याग्दी कोरला यातायातका संचालक गोपाल केसी, मिलन साउण्ड एण्ड भिजनका प्रोपाईटर रुद्रबहादुर बानियाँ (मिलन, नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाका संचालक शम्भु राज पाण्डे, गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयका संचालक तथा अधिबक्ता ईश्वर गिरि, रक्षा भू–सेवा केन्द्रका संचालीका रक्षा पौडेल र सगुन स्टेशनरी स्टोर्शका संचालक ठाकुरप्रसाद शर्मासंग सम्झौता गरेको हो ।

यस सहकारीको परिचय खुल्ने परिचयपत्र लिएर बेनीस्थित संगमचोकमा रहेको संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेटले सबै इलोक्ट्रोनिक सामानहरु र इन्टरनेट सेवामा १० देखी १८ प्रतिशत छुट पाउने सम्झौता भएको छ । त्यस्तै म्याग्दी कोरला यातायात प्रा.लिले सहकारीका शेयर सदस्यहरुलाई बेससेवामा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको छ ।

बेनीस्थित क्याम्पसचोकबाट सेवा दिदै आएको मिलन साउण्ड एण्ड भिजनले एल्जी इलोक्ट्रोनिक सामानहरु किन्न आउने शेयरसदस्यलाई १२ देखि १८ प्रतिशतसम्म छुट,अस्पतालचोकबाट स्वास्थ्य सेवाहरु दिँदै आएको नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाले जाँच उपचारमा १० प्रतिशत, ल्यावसेवामा २० प्रतिशत, औषधीमा १० प्रतिशत, आँखा उपचारमा ५ प्रतिशत र चस्मामा १० प्रतिशत उपलब्ध गराउने छ ।

गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयले दिने सेवामा १० प्रतिशत छुट साथै, अंशवण्डा, नामसारी, राजीनामा लगायतका जग्गा सम्बन्धी सम्पूर्ण सेवामा रक्षा भू–सेवा केन्द्रले १० देखि २० प्रतिशत छुट दिने,क्याम्पसचोकमा रहेको सगुन स्टेशनरी स्र्टोशका संचालक ठाकुरप्रसाद शर्माले स्टेशनरी तथा पुस्तकमा विशेष छुट दिने सम्झौता भएको सहकारीका बरिष्ठ ब्यवस्थापक बसन्तकुमार श्रेष्ठले बताए ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ, निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, कोषाध्यक्ष बमबहादुर पुन, संचालक सदस्य हेमन्त थापा र अनिता कार्की, बरिष्ठ ब्यवस्थापक श्रेष्ठ र ब्यवस्थापक हरिप्रसाद पौडेलको लगायतको उपस्थित थियो ।

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक, बागलुङ बरेङका जीबन सुनार, स्याङ्जाका राजन दर्लामी मगर र सोलुखुम्बुका विष्णु बस्नेतलाई सम्मान गरेको हो ।

मोना यूएईका अध्यक्ष सुवास राम्जाली, सल्लाकार भिमकुमार राना, उपाध्यक्षद्वाय वेकप्रसाद पुन, टेक फगामी, महासचिव काजीमान बुढाथोकी लगायतको उपस्थितमा खेलाडीलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विदेशी भूमिमा खेल प्रर्दशन गर्न आउनुभएका नेपालका खेलाडीलाई भेट्न र सम्मान गर्न पाउँदा अध्यक्ष राम्जालीले सम्मान कार्यक्रममा खुशी ब्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा गण्डकी प्रदेशको सेटर एव्म म्याग्दीका कप्तान सुजन चोखालले जन्मभूमिका दाजुभाईसंग विदेशी भूमिमा खेलको माध्यममा भेट्ने अवसर र सम्मानीत हुन पाउँदा खुशी ब्यक्त हुँदै मोना युएईलाई धन्यवाद दिनुभएको थियो।खेलाडीहरुले मोना युएईका संरक्षक तथा युएईका सफल ब्यवसायी प्रकाश कार्कीको कम्पनीको अवलोकन गर्नुभएको महासचिव काजीमान बुढाथोकी  जानकारी दिनुभयो।

म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा

शुक्रबारदेखि बेनीमा सञचालन हुदै नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदान तयार पारिएको र खेलाडीहरु बेनीमा आइसकेका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । “धवलागिरी, मालिका, मंगला, अन्नपूर्ण रघुगंगा गाउँपालिका र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो,” उहाँले भन्नुभयो “जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।”

प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. बीस हजार पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. १५ हजार र १० हजार पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगंगा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान र भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने भएको छ । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।

यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको अध्यक्ष केसीले बताउनुभयो।

उद्घाटन समारोहमा हुने मार्च पासमा बिजयीलाई रु. पाँच हजार नगद पुरस्कारका साथै प्रतियोगिताको एउटा बिधाका रुपमा मुल्याङ्कन गरिने समितिले जनाएको छ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन समारोहमा पोशाक सहित खेलाडीहरुलाई उपस्थित गराउन समितिले सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेको छ ।

पदक तालिका हेरफेर गर्ने तीन एथलेटिक्स खेलाडी

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु हुने जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ६ वटै स्थानीय तहबाट विभिन्न विद्याका छनोट भएका उत्कृष्ट खेलाडी सहभागि हुनेछन्। एथलेटिक्स, भलिबल, कबबडी विधाका खेलमा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ ।

पालिकामा भएको सामुहिक बाहेक एकल विधामा एथलेटिक्स तर्फ यसपटक छात्रातर्फ मंगला गाउँपालिका-२,स्थित मंगला माविकी रिकजना बोटे,बेनी नगरपालिका-७स्थित प्रकाश माविकी सुस्मा नेपाली र रघुगंगा गाउँपालिका-३ पिप्लेस्थित सविना विकले शानदार खेल प्रर्दशन गरे ।

बेनी,मंगला र रघुगंगाबाट जिल्लास्तरीय प्रतियोगितामा आउने तीनै छात्रा खेलाडीले अब पालिकाका लागि खेल्नेछन् । प्रकाश माविकी सुष्माले तीन स्वर्ण र एक रजत पदक जितेर जिल्लास्तरीय खेलमा छनौट भएकी छन् भने मंगला माविकी रिकजनाले ४ स्वर्ण र एक रजत र रघुगंगा माविकी सविना विकले ५ स्वर्ण जितिन् ।

तीनै छात्रा खेलाडीले एकल दौडमा लगातार आफ्नो बचस्व कायम गरिरहेका छन् । पालिकास्तरमा हुने खेलमा सुष्मा, रिकजना र सबिनाले पदकतालिका नै हेरफेर गरिदिन्छन् ।

विद्यालयका लागि एक पाँचवटासम्म स्वर्ण पदक जितेका खेलाडीको आर्थिक अवस्था भने दयनीय नै छ । चरम गरिबीका बाबजुत पनि एथलेटिक्स बिधाका विभिन्न खेलमा सुष्मा, रिकजना र सविनाको खेल निकै आशालाग्दो छ ।

एथलेटिक्सको समुहगत खेलमा उनीहरुको खेल उत्कृष्ट भएपनि अन्य खेलाडीको कमजोरले रजत र काँस्य पदकसम्म पुग्नुपरेपनि एकल दौड अन्तरगतका खेलमा भने निरन्तर सफलता प्राप्त गरिरहेका छन् । तीनै खेलाडी एथलेटिक्स विधामा अलराउन्डर हुन् ।

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि विद्यालयको ब्यवस्थापनमा उनीहरुले सफलता प्राप्त गरेको र अबका दिनमा प्रशिक्षण सहितका प्रोत्साहनका कार्यहरुलाई ढिलाइ गर्न जिल्ला एथलेटिक्स संघका अध्यक्ष विनोद घर्ती क्षत्रीले बताए।

‘छात्रातर्फ तीनै खेलाडी सवोत्कृष्ट छन्, अबका दिनमा जिल्लाबाट उच्च प्राथमिकता पाए भोलीका राष्ट्रिय खेलाडी हुन’ अध्यक्ष घर्ती क्षत्रीले भने । उनका अनुसार मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बने का खेलाडीलाई अझैपनि स्थानीय तहबाट आवश्यक प्रोत्साहन हुन नसकेको बताए ।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर पछिल्लो तीनबर्ष यता तीनैजना खेलाडीले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पारेका छन् ।

जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले गरिबीकै कारण खेल विधामा सहभागिताको अवस्थालाई अन्त्य गरिने बताए । ‘उनीहरु अभाबै अभावमा हुर्किएकए एथ्लेटिक्सकी सुन्दर भविष्य हुन,‘अब खेलमा हुने अभावलाई हटाएर उचाई चुम्ने गरी पहल हुन्छ’ अध्यक्ष केसी भने ।

उनले प्रदेशस्तरीय प्रतियोगितापछि समस्या पहिचान गरी समाधानका लागि उचित पहल गरिने प्रतिबद्धता जनाए । प्रतियोगितामा दुःख गरी हुर्किएकाहरूको पदकका बारेमा बेनीअनलाइनले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेको छ।

 

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।

धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० श्यया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

????????????????????????????????????

“स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौँ, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ”, उनले भने । ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार एक सय ३२ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण  सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ ।

भवन निर्माण गर्ने समय ब्यतित गरेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भएको थियो । दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्कने बताए । उनले निर्माण सामाग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्यक्षेत्रमा काम सुरु हुने जानकारी दिए ।

मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापर्वाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको ¥याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लरको  संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए । पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल  भवन निर्माण हुनेछ ।

जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच श्ययाको अस्पताल सञ्चालनमा ल्याइएको छ ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच श्ययाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन ।

ग्लोबल आइएमईले शनिबार पोखरेबगरमा निःशुल्क महिला स्वास्थ्य शिविर गर्ने

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा यही पुस २१ गते शनिबार एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर  सञ्चालन गर्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  अन्नपूर्ण गाउँपालिकासँगको समन्वय तथा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा शिविरको आयोजना गर्ने बेनी शाखा प्रमुख सोकेन्द्र थापा मगरले बताए ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ। जसलाई स्वास्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकको बेनीबजारमा शाखा, सिंगा तातोपानीमा एटिमए सहित काउण्टर र पोखरेबगरमा समेत काउण्टर रहेको छ ।

बेनीमा पुस २९ देखि माघ २ गतेसम्म माघेसंक्रान्ति मेला हुने

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २९ देखि माघ २ गतेसम्म खुल्लामञ्च बेनीमा आयोजना गरिने भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलाका बारेमा बिहिबार विहान उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने छ ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन, खुल्ला सामुहिक नृत्य, एकल महिला नृत्य,कृषि उत्पादनको प्रर्दशनीका साथै परम्परागत खानाको परिकार तथा माघेसंक्रान्ति महत्वलाई प्राथमिकता दिइने मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताईन् । ‘उद्यमीका उत्पादनलाई बजारीकरणमा सघाउँछौ, आयातित भन्दा स्थानीय उत्पादनका धेरै स्टल हुन्छन्’ अध्यक्ष श्रेष्ठले भनिन् ।

म्याग्दी उद्योग वाणिज्य संघअन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा आउनेलाई पर्यटकीयस्थलसम्मको भ्रमणको वातावरण समेत बनाउने महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् । मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमिति समेत गठन भएको छ ।

मेलामा बेनीमा जातिय भेषभुषासहित बजार परिक्रममा तथा खेलकुदजन्य गतिविधि अन्तरगत महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ।

बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला आयोजना हुँदै आएको छ ।

महिलाको नेतृत्वमा समेत यसअगाडीका सबै मेला तथा सडक खाना महोत्सव सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।मेला सम्पन्न गर्नको लागि रु १० लाख ८० हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ ।

म्याग्दीका सबै स्थानीय तहको सह–आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा हुने मेलाको बारेमा आयोजित पत्रकार सम्मेलनको समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता,महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालन सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य,द्धितिय उपाध्यक्ष लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

बेनीमा पुस २९ देखि माघ २ गतेसम्म माघेसंक्रान्ति मेला हुने

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २९ देखि माघ २ गतेसम्म खुल्लामञ्च बेनीमा आयोजना गरिने भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलाका बारेमा बिहिबार विहान उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने छ ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन, खुल्ला सामुहिक नृत्य, एकल महिला नृत्य,कृषि उत्पादनको प्रर्दशनीका साथै परम्परागत खानाको परिकार तथा माघेसंक्रान्ति महत्वलाई प्राथमिकता दिइने मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताईन् । ‘उद्यमीका उत्पादनलाई बजारीकरणमा सघाउँछौ, आयातित भन्दा स्थानीय उत्पादनका धेरै स्टल हुन्छन्’ अध्यक्ष श्रेष्ठले भनिन् ।

म्याग्दी उद्योग वाणिज्य संघअन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा आउनेलाई पर्यटकीयस्थलसम्मको भ्रमणको वातावरण समेत बनाउने महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् । मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमिति समेत गठन भएको छ ।

मेलामा बेनीमा जातिय भेषभुषासहित बजार परिक्रममा तथा खेलकुदजन्य गतिविधि अन्तरगत महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ।

बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला आयोजना हुँदै आएको छ ।

महिलाको नेतृत्वमा समेत यसअगाडीका सबै मेला तथा सडक खाना महोत्सव सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।मेला सम्पन्न गर्नको लागि रु १० लाख ८० हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ ।

म्याग्दीका सबै स्थानीय तहको सह–आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा हुने मेलाको बारेमा आयोजित पत्रकार सम्मेलनको समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता,महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालन सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य,द्धितिय उपाध्यक्ष लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

माविस्तरीय भलिबल प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म हुने

जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा प्रथम अन्तर माविस्तरीय छात्र–छात्रा र शिक्षक–शिक्षिका भलिबल प्रतियोगिता आगामी माघ ९ देखि १२ गतेसम्म हुने भएको छ ।

गौमती विकास अक्षय कोषको मुख्य प्रायोजक रहेको प्रतियोगितामा म्याग्दीका सबै स्थानीय तहमा रहेका विद्यालयलाई पत्रचार गरिएको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनका अनुसार विद्यार्थी र शिक्षकको प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताए ।

‘विद्यालयस्तरका प्रतिभा पहिचानको अवसर हो,सम्भावना भएका खेलाडीलाई नियमित प्रशिक्षण सहितका सुविधाका बारेमा समेत योजना बनाएका छौ’ अध्यक्ष बानियाँले भने ।

उनका अनुसार एउटा विद्यालयमा टिम अपु्ग भएमा अर्को विद्यालयबाट २ जनासम्म विद्यार्थी समावेश गरी खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय २५ हजार, तृतियलाई १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी शिक्षक, शिक्षिकातर्फ प्रथम २० हजार, द्धितिय १० हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको संघका सचिव कुमार किसानले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार नगद रहेको छ ।

प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले गौतमी कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने छ । म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादनमा सहज हुने बताइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव

‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको बुधवार २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो ।

२२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव कार्यक्रमको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले एक समारोहबीच उद्घाटन गर्नुभयो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसद्वारा प्रकाशित अर्धवार्षिक बुलेटिन ‘फुलबारी’को चालु वर्षको साउन–मंसिर अङ्क २ को समेत मन्त्री जुग्जालीले विमोचन गर्नुभएको थियो ।

क्याम्पस सभाको उद्घाटनसत्रमा क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले अब म्याग्दी क्याम्पसले क्युएए प्राप्त अन्य क्याम्पसहरुसँग प्रतिस्पर्धासँगै सूचकहरुमा विशिष्टता हासिल गर्नुपर्ने बताउनुभयो। २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ र १२, स्नातक तथा स्नातकोत्तर तहमा गरी कुल ११ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डतर्फ शैक्षिक सत्र २०७९÷८० मा कक्षा ११ मा एकसय र १२ कक्षामा ७१ दशमलव २ प्रतिशत उत्तीर्णदर रहेको छ ।

यसैगरी स्नातक तहतर्फ २०७८÷०७९ मा कुल उत्तीर्ण प्रतिशत २८ दशमलव १३ प्रतिशत, सेमेष्टर बिआईसिटीतर्फ ३८ दशमलव ४६, सेमेष्टर एमबिएसतर्फ ४३ दशमलव ५५ प्रतिशत उत्तीर्ण रहेकोमा समग्रमा क्याम्पसको उत्तीर्ण प्रतिशत २९ दशमलव ६५ रहेको क्याम्पस प्रमुख जिसीले जानकारी दिनुभयो । स्नातक तहतर्फ ०७९÷८० को नतिजा भने आउन बाँकी रहेको छ भने सेमेष्टर बिआईसिटीतर्फ दोस्रो १८ दशमलव १८ प्रतिशत उत्तीर्ण भएको क्याम्पसले जनाएको छ । त्यस्तै एमबिएस चौथोको ५६ दशमलव ४२ उत्तीर्ण प्रतिशत रहेको छ ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक कृष्ण पौडेल, निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस अभिभावक संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी क्याम्पसका सचिव देवराज शर्मा, पूर्व विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल, बिबिएस चौथो वर्षका संयोजक विद्यार्थी निरुता बुढाथोकीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न सम्पन्न भएको थियो । धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दी बहुमुखी क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)को मान्यता प्राप्त गरेको थियो ।