Sunday, June 29, 2025
22 C
Beni
22 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 438

अन्धाधुन्ध ढुंगा प्रहार गरि बिममा दुई जनाको हत्या

म्याग्दीको मालिका गाउँपालिका–७, बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले विहानै दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया बनसांगो गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारको क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक झाँले बताए ।

‘दुखद् घटना घटेको छ,’अभियुक्तलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ‘प्रहरी निरिक्षक झाँले भने । गम्भीर घाईते बर्षिया अमृता जुग्जाली र प्रियंकालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । अभियुक्तले विहान करिब ८ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ ।

अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ ।

बृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए । यता गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले घटनाबाट सिंगो बिम स्तब्ध भएको बताए । ‘बिम गाउँ नै शोकमा छ, घाईतेको उपचारमा कुनैपनि कमी हुन दिने छैनौ’ अध्यक्ष गर्बुजाले भने । अभियुक्त परिवारबाट अलग भएर एक्लै बस्ने गरेका थिए ।

ताराखोलालाई स्तब्ध पार्दै पुरुष भलिबलको उपाधी गलकोटलाई

गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।

सातौँ बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । गलकोट नगरपालिकाले ताराखोलामाथि पहिलो सेट २५–२०, दोस्रो सेट २५–२२ र तेस्रो सेट समान २५–२२ ले जित निकाल्यो ।

यस्तै शुक्रबार नै भएको तेस्रो स्थानको खेलमा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोला गाउँपालिका–५ लाई ३–१ को सेटमा पराजित गर्यो । ढोरपाटनले पहिलो सेट २८–२६ र दोस्रो सेट २५–१८ ले जित निकालेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको ढोरपाटनले चौथो सेटमा २५–१२ को सहज जित निकाल्दै तेस्रो स्थान पक्का गर्यो ।

प्रतियोगिताको विजेता गलकोट नगरपालिकाले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छभने उपविजेता ताराखोला गाउँपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । यस्तै तेस्रो स्थानको ढोरपाटन नगरपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ र सान्तवना भएको होटल माउन्टेन भ्यूले २५ हाजर १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

क्यान्सर पीडित मनिषालाई ओमकुमारी शान्ति कोषको सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई आर्थिक सहयोग गरेको छ ।  संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको उपस्थितिमा क्यान्सर पिडितको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

२० बर्षिया पईजाको राजीव गान्धी अस्पताल भारतको नया दिल्लीमा पाठेघर क्यान्सरको उपचार भईरहेको छ । मनीषाको उपचारको लागि करिव ३० लाख रुपैया खर्च लाग्ने अस्पतालले जनाएको छ ।

आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गर्दै आईरहेकोछ ।

मनिषाको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । सामाजिक संजालमा अभियाननै संचालन गरि आर्थिक सहयोग संकलन भैरहेको अभियान्ता समिर रोकाले बताउनुभयो । मनिषालाई आर्थिक सहयोग गर्नकालागि निम्न बमोजिम बैंक खातामा डिपोजिट गर्न सकिन्छ ।

Account Name :ManishaPaija

Account No. 01840033580

Laxmi Bank Ltd.

LagankhelLalitpur Nepal

एमाले म्याग्दीको १०औं जिल्ला अधिवेशन माघ १२ र १३ गते बेनीमा हुने

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १०औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते सदरमुकाम बेनीमा हुने भएको छ । जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको एमाले म्याग्दीले जनाएको छ।

शुक्रवार एमाले पार्टी कार्यालय हाँडेभीरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले आसन्न अधिवेशनको बारेमा जानकारी गराउनुभयो ।

उहाँले अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधिहरुले सहभागिता जनाउने बताउंदै म्याग्दीमा एमालेका ३ हजार ४ सयजना पार्टी सदस्यहरु रहेको जानकारी दिनुभयो ।अधिवेशनमा अन्य क्षेत्रबाट २०, महिला १५ र दलित १० जना पार्टी सदस्य अर्थात् सङ्गठित सदस्यहरु बराबर एकजना प्रतिनिधि छनोट हुने एमालेको विधानमा व्यवस्था रहेको छ ।

यसैगरी आवश्यकताअनुसार ५ प्रतिशत अर्थात् १२ जना प्रतिनिधिहरु मनोनित गर्ने सकिने व्यवस्था समेत रहेको छ । मनोनित भएमा थपिएकासहित कुल ४ सय ३१ जना प्रतिनिधिहरु अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन पाउने छन्। जिल्ला अधिवेशनको लागि आउँदो माघ ५ गतेभित्र प्रतिनिधिहरु छनौट गरेर सिफारिस गर्न वडा कमिटीलाई परिपत्र गरिएको एमाले अध्यक्ष केसीले बताउनुभयो ।

४५ वटा वडाबाट वडागत रुपमा २ सय ४० जना प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि तयार पारिएको नारासहितको लोगो समेत सार्वजनिक गरिएको थियो ।

१०औं अधिवेशनको लागि “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । अधिवेशन सफल बनाउन विभिन्न ७ वटा उपसमितिहरु गठन गरेर तयारीलाई अगाडि बढाइएको एमाले म्याग्दीले जानकारी दिएको छ ।

अधिवेशनको उद्घाटन गर्ने प्रमुख अतिथिको टुङ्गो लागेपछि कार्यक्रमस्थलको समेत टुङ्गो लाग्ने जनाइएको छ । पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका उपसचिव एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ ।

माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सांसद हरिबहादुर भण्डारी, माओवादी केन्द्र बाग्लुङका संयोजक राजिव घिमिरे र बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको टोलीले भेटघाट गरेको हो ।

सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भएको टोलीमा सहभागी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो ।

बेनी अस्पतालको भवन, मालढुंगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानी लगायत संघीय सरकार मार्फत सञ्चालित योजनामा भएको ढिलाईका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

उर्जामन्त्री बस्नेतलाई बेनी बजार संरक्षण आयोजनामा थप बजेटको व्यवस्था गर्न, तातोपानी, बगरफाँट, बाबियाचौर, दरवाङ लगायत तटीय बस्तीमा नदी नियन्त्रण र सिचाई आयोजनाका विषयमा ध्यानाकर्षण गराइएको थियो ।टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ लगायत विभिन्न विभागीय मन्त्री र अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

घट्न थाले छिमेकी, हराउँदै गाउँको रौनक

झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन।

विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन्। म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन्।

जिल्लाका ग्रामीण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगे पनि शिक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएपछि ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन् जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।

विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ मात्र बस्ने गरेको देखिन्छ। ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको  छ।

जिल्लाका छवटै स्थानीय तहमा विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ। म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ। जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेका छन्। २५ हजार तीन सय ७४ घरधुरी, २९ हजार दुई ४२ परिवारको बसोबास छ। ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको जनाइएको छ।

जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ। सुविधाको खोजीमा गाउँका अलि हुनेखानेहरु बसाइँसराइ गरेर सहर केन्द्रित हुन थालेपछि ग्रामीण बस्तीमा बसोबास गर्ने पातलिँदै गएका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। ‘घर संरक्षणको अभावमा खाली हुदाँ खेतबारी बाँझोमा परिणत भएको छ। सङ्घीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन’, उनले भने।

भण्डारीले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई आर्थिक अवस्था कमजोर भएका परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गरे। सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँलाई आकर्षित गर्न नसकेको उनको भनाइ थियो। ‘बसाइँ सराइका कारण ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या कम छ। गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने भएकाले खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ। युवा विदेशमा छन्। अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ’, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भने। उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले युवा सहर बजार र विदेश जाने गरेका बताए।

बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको जनप्रतिनिधिको भनाइ छ। म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जनसङ्ख्या रहेकामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार तीन सय ७२ रहेको छ। यहाँका छवटै स्थानीय तहका अधिकांश गाउँमा २०७७ सालमै मोटरबाटो पुगेको छ। धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेक जिल्लाका अरू ३९ वडामा मोटरबाटोका साथै बिजुली पनि पुगेको छ।

खानेपानीका धारा घरघरमा पुगेका छन्। टेलिफोन टावर, विद्यालय, सबै वडामा स्वास्थ्य चौकी बनेका छन्। विकास गाउँमा पुगे पनि गाउँबाट धमाधम बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दै गएको मालिका–६ का वीरबहादुर सिउथानीले बताए। स्थानीय, प्रदेश तथा सङ्घ सरकारले बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।  युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

जिल्लामा बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे बाली लगायतलाई प्राथमिकता दिने स्थानीय पालिकाले जनाएका छन्। बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारी, बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षालगायत विविध कारणले आन्तरिक बसाइँ सराइको सङ्ख्या बढ्दै गएको छ। रासस

भलिबलकी अरुणाशाही र कराँतेका मार्शल गर्बुजालाई सम्मान

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र कराँतेका खेलाडी मार्शल गर्बुजालाई जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ। म्याग्दीको सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नगद ५ हजार, सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीले महिला टोलीको कप्तानी गरेपछि पहिलोपटक २ दशकपछि नेपालले अन्तराष्ट्रिय उपाधी जितेको थियो भने भलिबलमा समेत नेपाली महिला टोलीको खेलमा सुधार आएको थियो ।

अरुणा तत्कालिन बिरेन्द्रशिल्ड रनिङ खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरी भलिबलमा उदायकी खेलाडी हुन भने रघुगंगा–४ दर्मिजाका गर्बुजा मार्सल आर्ट विधाको कराँतेमा हालै सम्पन्न भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमास्वर्ण पदक बिजेता हुन् । उनले ५५ केजीमा पाकिस्तानका उस्मान सफिक लाई ७–५ मा पाखा लगाउँदै उपाधी जितेका थिए ।

विगत ८ बर्षदेखि कराँते खेलमा सक्रिय रहेका गर्बुजाले जिल्लास्तरीय, प्रदेशस्तरीय खेलमा दर्जनभन्दा बढी स्वर्ण पदक जितेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिने बताए । उनले जिल्लास्तरमा सम्भावना भएका खेलाडीको संरक्षण तथा अवसरका लागि समेत निरन्तर काम गरेको बताए ।

एथलेटिक्सको डेब्युमै चम्किएकी कञ्चन भण्डारी

रघुगंगा गाउँपालिका-३ रघुगंगा माविकी कञ्चन भण्डारीले जिल्लास्तरीय प्रतियोगिताको डेब्यु खेलमै स्वर्ण पदक जितेकी छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शुक्रबारदेखि सुरू भएको जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ सय मिटर दौडमा रघुगंगा माविकी १३ बर्षिया कञ्चन भण्डारीले स्वर्ण पदक जितेकी छन् ।उद्घाटन खेलको छात्रातर्फ ४ नम्बर जर्सीमा १५ सय मिटरको दौडमा प्रतिस्पर्धाको तयारीमै पहिलो खेलमै सफलता प्राप्त नहुने भन्दै भाबुक बनेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले हैसला दिदैं मैदानमा प्रवेश गराए । ट्रयाकमा एकै लयमा दौडिरहेकी भण्डारीले जिल्लास्तरीयमा सहभागी भएको पहिलो खेलमै स्वर्ण पदक जितिन् । ‘मेरो लागि यो पहिलो अनुभव थियो, पराजित हुने डरले खेल अगाडी रोए, पानी पिएर दौडिन थाले’ स्वर्णपदक जितेपछि कञ्चनले बेनीअनलाइनलाई भनिन् ।

उनले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएको पहिलो खेलमै स्वर्ण जित्ने सपना पूरा भएको बताइन् । उनले एथलेटिक्स विधामा अझै राम्रो गर्न निरन्तर मेहनत गर्ने बताईन् । पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा कञ्चनले १ हजार, १५ सय र ४ इन्टु ४ मा तीन स्वर्ण जितेकी थिइन् ।

यता विद्यालयका प्रअ ठकुरीले कञ्चनले जिल्लास्तरीय एथलेटिक्समा सानदार खेल प्रर्दशन गरेको बताए । ‘एथलेटिक्स विधामा अलराउन्ड कञ्चनले समान्य अभ्यासबाटै पहिलो खेलमै स्वर्ण पदक जितेकी छन्,‘सबैको साथ र सहयोग पाए धेरै राम्रो गर्न सक्छिन्’ प्रअ ठकुरीले भने । डेब्यु खेलमै एथलेटिक्समा चम्किएकी कञ्चन जारी प्रतियोगितामा ८ सय र रिलेमा समेत प्रतिस्पर्धा गर्ने प्रअ ठकुरीले बताए ।

उनले पालिका र जिल्लास्तरीय खेलमा कञ्चनको सफलताले उज्ज्वल भविष्यको संकेत गरेको बताए । यसैबीच मुक्तिधाम मावि भगवतीकी सोनिया खड्काले समेत डेब्यू खेलमै लोभलाग्दो प्रर्दशन गरेकी छन् । कञ्चनले स्वर्ण जित्दा सोनियाले पच्छाउँदै रजत पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जितेका छन् ।

प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरिक्षक मदन कुँवर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

म्याग्दीको सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं खेलकुदका प्रतिभालाई स्थानीय तहले उच्च प्राथमिकता दिएर प्रशिक्षण सहितका अवसर दिनुपर्ने बताए ।

जिल्लाबाट भलिबल, कराँते लगायतका खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरु उत्पादन भएको बताउँदै प्रमुख अतिथि थापाले नयाँ खेलाडीले समेत सिक्दै जान सक्नेमा जोड दिए । उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य राखेका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षता, सदस्य प्रविण शाहीको सञ्चालनमा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जिते भने छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कास्य पदक हात पारिन् ।

पदक विजेतालाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरिक्षक मदन कुँवर,र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्समा विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट खेलाडी सहित ब्यवस्थापकीय टिमको सहाभागीता रहेको छ ।

प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ । आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी हुने छन् । स्वर्ण पदक विजेतालाई मात्रै जिल्लाबाट छनौट गरी पठाइने छ ।

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर (म्याग्दी), २० पुस । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ६ दरवाङ, ७ विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलुखेतीतिर लागेका स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइरहेको छ ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताए। उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकिर्षत भएका मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

आलु जति फलाए पनि बिक्रीका लागि चिन्ता नभएको उनले बताए। आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ धेरै पाइने मालिका–२ रुमका किसान टेकबहादुर विकले बताए। म्याग्दीमा आलु मौसमको प्रतिकिलो रु ६० देखि ९० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु एक सयदेखि एक सय ४० सम्ममा बिक्री गर्न सकिने किसान बताउँछन् ।

यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको यहाँका किसानको भनाइ रहेको छ ।

आलुमा देखियो डडुवा रोग

म्याग्दीमा आलु खेतीमा डडुवाको रोगको समस्या फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाइएको आलुमा डडुवाको समस्या देखिएको हो । डडुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कात्तिक महिनामा लगाइएको आलुमा पुस महिनामै डडुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यावसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् । अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । चिसो मौसम सुरुआत भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

रघुगङ्गा –६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताए। खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ रहेको छ ।

म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । पछौटे डडुवा आलुबालिमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले बताए ।

यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छ भने तराईका जिल्लामा महामारीको रुपमा फैली सकेको छ । यसको लक्षण सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताए ।

अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भई रह्यो भने पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उनले बताए ।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् । यस रोगको अनुकूल विकासको लागि वायुमण्डलको सापेक्षिक आद्रता ८० दशमलव ९५५ र रातिको तापक्रम १० दशमलव १२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बीउलाई भिजाएर छायाँमा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर दुई–तीन रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकूल हुने सङ्केत देखिने बित्तिकै कपरअक्सिक्लोराइड दुई ग्राम एक लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट तुरुन्तै हटाइदिने सुझाव कृषि विशेषज्ञको रहेको छ ।