Wednesday, June 25, 2025
25.3 C
Beni
25.3 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 477

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।  पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरूको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरूमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका छन् ।

‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्ण रूपमा भरिएका (हाउसफुल) नै भएको थियो,’ अध्यक्ष गुरुङले भने, ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उनले सबैलाई आग्रह गरे ।

‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौँ,’ अध्यक्ष गुरुङले भने, ‘पाहुनाको सुविधाका लागि उहाँहरू आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’ उनका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् ।

पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाँले जानकारी दिए ।

कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दसैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उनले बताए ।

वडाध्यक्ष गुरुङले पर्यटकको सङ्ख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गरे । ‘सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ,’ उनले भने, ‘तसर्थ गाउँमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटल/होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ।’ साथै, क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उनको भनाइ थियो । रासस

गाउँमा पुग्न थाले अटो रिक्सा

म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित अटो रिक्साले ग्रामिण क्षेत्रमा समेत यात्रु बोक्न थालेको छ । बेनी नगरपालिकाले अटो रिक्सा सञ्चालनको अनुमति दिएपछि पहिलोपटक वडा नं ३ भकिम्लीको हल्लेगौँडासम्म यात्रु लिएर पुगेको हो । गौरीधाम यातायात प्रालिद्धारा सञ्चालित अटो रिक्साका सञ्चालन विकास कुँवरले ३ जना यात्रु लिएर हल्लेगौडा पुगेको समितिका सचिव सरोज क्षत्रीले बताए ।

‘हामीले ग्रामिण क्षेत्रमा पनि सेवा दिन थालेका छौ,यात्रुलाई बोक्नु अगाडी हामीले रुटमा परीक्षण गछौं’ सचिव क्षत्रीले भने। उनका अनुसार पेट्रोलबाट चल्ने भएकाले अटो रिक्साले सहज बाटो भएको ग्रामिण बस्तीमा समेत यात्रुलाई बोक्न सक्ने बताए ।

यता समितिका सदस्य विकास कुँवरले भकिम्लीको हल्लेगौडासम्म क्षमतामा यात्रु बोक्न सकिने बताए ।उनले नगरपालिकाभित्र अहिलेसम्म गलेश्वर, अर्थुङे, तातोपानीसम्म यात्रु बोक्ने गरेको बताए ।

बागलुङ र म्याग्दीका अटो रिक्सा सञ्चालन गरिरहेको गौरीधाम यातायात प्रालिले पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको केन्द्रसम्म सञ्चालनका लागि समेत अनुमति लिने तयारी गरेको छ।

बेनी नगरपालिकाले अहिलेसम्म १० वटा अटो रिक्सा सञ्चालनको अनुमति दिएकोमा ७ वटा सञ्चानलनमा रहेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अटो सञ्चालन गर्दा जोखिमलाई मध्यनजर गरी सडक सहज र ब्यवस्थित भएको छोटो दुरीमा सञ्चालन गर्ने अटो रिक्सा सञ्चालकको कुँवरले बताए ।

उनले जिल्लाभित्र अनुमति पाएमा दरबाङ र उत्तरी म्याग्दीको भुरुङ तातोपानीसम्म जान सकिने बताए । जिल्लाभित्रका ब्यापारिक केन्द्रसम्म जाने सकिने भएकाले रुट परमिटका लागि म्याग्दीका स्थानीय तहलाई समेत लिखित अनुरोध गरिने समितिले जनाएको छ ।

बेनीबजारमा अटो रिक्सा सञ्चालनमा आएपछि बजारभित्र चाहेको स्थानमा सस्तोमा रहजै जान सकिन्छ । एउटा अटोमा ४ जनासम्म चढ्न मिल्ने अटोरिक्सा पेट्रोलमार्फत चल्ने गर्दछ। बेनीबजारभित्र ५० रुपैयाँ र बजारबाहिर स्थानका आधारमा १ सय ३० रुपैयाँ सम्ममा यात्रुहरु आवतजावत गराउने गरेको समितिले जनाएको छ।

चाडपर्व मान्न घर गएका फर्किन थाले

दशैँतिहारका लागि घरमा आएका धमाधम फर्किन थालेका छन् । दशैँतिहारको विदा सकिएसँगै म्याग्दीबाट विभिन्न जिल्लामा जाने यात्रुको बसपार्कमा चाप बढेको छ । चाडपर्व सकिएपछि सामान्य दैनिकीमा फर्किन थालेपछि म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुल बसपार्क, दरबाङ र बागलुक बसपार्कमा आइतबार भिडभाड छ ।

दशैँतिहार बिदा सकिएसँगै गाउँघर गएका धेरैजसो फर्किन थालेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । यसैबीच घरबाट गन्तब्यतर्फ लागेका यात्रुसँग बस तथा जीप र ट्याक्स व्यवसायीले चर्को भाडा लिई ठग्ने गरेको यात्रुले गुनासो गरेका छन् । ‘चाडपर्वमा महंगो भाडा तिर्नुपरेको छ,‘गन्तब्यमा पनि नपुगि भएको छैन’ एक यात्रुले भने ।

बेनीबाट पोखरा छुट्ने रातो नम्बरका ट्याक्सीले रिर्जबमा ३२ सय लिनुपर्नेमा ७ देखि ८ हजार र जिपले ८ सय लिनुपर्नेमा १२ सयसम्म लिएको छ भने केही यात्रुबाहक बसले समेत पोखरासम्म ५ सय रुपैयाँ लिने गरेको पाइएको छ। यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बढी भाडा लिने यात्रुलाई शुल्क नलाग्ने १ सय नम्बरमा गाडी नम्बर जानकारी दिन यात्रुलाई अनुरोध गरे ।

उनले बसपार्क आसपासमै चाडपर्वको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेकाले जानकारी दिन सकिने बताए । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने प्रनाउ कुँवरले बताए ।

आहा ! प्राकृतिक सुन्दरताको खानी महरेडाँडा

प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् ।

हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपहारहरुबाट सिङ्गारिएको छ । यहाँ पर्ने अग्ला हिमालचुलीका साथै सुन्दर झरना, तातोपानीका कुण्ड र मुहानहरुको आकर्षण छुट्टै छ । यसको साथमा म्याग्दीमा पौलस्त्य–पुलहाश्रम, ऐतिहासिक जगन्नाथधाम, डढेकोत, गलेश्वर शिवालयलगायत धार्मिक क्षेत्रहरु पनि अवस्थित छन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको सम्मिश्रणले गर्दा म्याग्दीले पर्यटनमा चर्चा बटुल्ने गर्दछ ।

पर्यटकीय क्षेत्रहरुमध्ये विश्वमा चर्चित राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र महरेडाँडा पनि एक हो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको छ । समुद्री सतहदेखि तीन हजार तीन सय १३ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र महरेडाँडाबाट अग्ला हिमालचुलीसहित मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि रेञ्ज र दशौँ अग्लो अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु देखिन्छन् ।

महरेडाँडाबाट पुतली, चुरेन, गूर्जा, धौलागिरि, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, लमजुङ, धम्पुस, मार्दी, मनास्लु, माछापुच्छ्रेसहित विभिन्न नामाकरण गरिएका झण्डै दुई दर्जन हिमालहरु देखिन्छ । धौलागिरि हिमालमा मात्रै धौलागिरि प्रथमदेखि धौलागिरि छैटौँसम्म विभिन्न छ वटा चुचुराहरु रहेका छन् । महरेडाँडाबाट स्पष्टसँग आँखै अगाडि हिमालहरु देखिन्छन् । साथै अग्लो ठाउँमा भएकाले मौसम राम्रो भएमा पोखराको बजार, फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि महरेडाँडाबाट देखिने महरेवासीहरु बताउँछन्।

महरेडाँडाको भ्रमणमा खासगरी स्वदेशी र विदेशी पर्यटकहरु भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म अधिक जाने गर्दछन् । पदयात्रा गर्न रुचाउनेहरु महरेडाँडा पुग्ने गरेको पाइन्छ । महरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर तथा कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महरे पुगेर रमाउन सकिन्छ । यसैगरी म्याग्दीको बेनीबाट घोरेपानी–पुनहिल भएर पनि महरेडाँडा पुगिन्छ भने पर्वतको मिलनचोक–सालिजा–जलजला हुँदै महरेडाँडा पुगिन्छ ।

चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पनि पर्यटकहरुलाई खुब लोभ्याउने गर्दछ । महरेडाँडाको वरिपरिबाट छर्लङ्गै देखिने मनोरम हिमश्रृङ्खला, हरियाली वनपाखा, लेकाली जङ्गल, जडीबुटीहरु, तरेली परेका डाँडाकाँडा र पहाडका थुम्का, लोपोन्मुख वन्यजन्तु जनावर तथा चराचुरुङ्गीको समेत अवलोकन गर्न पाउनु महरेडाँडाको थप आकर्षण र विशेषता रहेको छ ।

रोज्जा बोयरलाई ८० हजार !

बेनी नगरपालिका–३,भकिम्लीका धनबहादुर श्रीषले बोयर बाख्रापालनलाई प्रोत्साहन गर्न मुल्य घटाएरै बाख्रापालकलाई बोयर बिक्री गरेका छन् । डेढबर्ष अगाडीसम्म दुईलाखसम्म बिक्री गरेका श्रीषले बाख्रापालक कृषक पलायन हुन थालेपछि बोयर जातको बोकालाई अहिले ८० हजार मुल्यमै खोरबाटै बिक्री गरेका छन् ।

म्याग्दी जिल्लाका अगुवा बाख्रापालक कृषक श्रीषले स्थानीय तथा सरकारी निकायको गलत निति र कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई प्राथमिकता नदिदाँ बाख्राापालक कृषक धमाधम पलायन हुन थालेको भन्दै मुल्य घटाएर भएपनि कृषकलाई प्रोत्साहन गरेको बताए ।

‘अबको अवस्था निरन्तर कायम रहे, बाख्रापालक कृषकको खोर रित्तो हुन्छ’ अगुवा कृषक श्रीषले भने । उनले मुल्य घटाएर, बोयर पालन गर्न चाहने कृषकलाई बाख्रा पाल्न दिएर भएपनि आर्कषित गरिरहेको बताए ।

करिब १२ बर्षअगाडी वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका श्रीषले आफ्नो परिचय फरिएपनि बाख्रापालक कृषकलाई अनुदान र प्रोत्साहनका कार्यक्रमहरुमा भने सरकारी निकायको सोचमा कुनै परिवर्तन नआएको गुनासो गरे।

‘बाख्रापालक कृषकको संख्या ह्वात्तै घट्दा समेत सरोकारवाला निकायले कानमा तेल हालेर बसेको छ,‘अब बाख्रापालकहरुले बैकल्पिक ब्यवसायको खोजी गर्नु अगाडी नै नयाँलाई प्रोत्साहन र पूरानालाई टिकाइराख्नुपर्छ’ श्रीषले भने।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि गाउँ फर्किएर विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनले अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन् । श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन् ।

श्रीसको फार्मबाट वार्षिक करिब रु २५ लाख बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ ।

“दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाखसम्म पथ्र्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, रोज्जा बोयरलाई ८० हजारमै दिन्छु”,श्रीसले भने । श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् ।

तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । फार्मका २० वटा बोयर बाख्रा म्याग्दी र बाहिरी जिल्लाका कृषकलाई पाल्न दिएका छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनले बताए । बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन् । व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन्।

विदेशबाट फर्किंदा सात लाख ऋण
विदेशबाट काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किएका श्रीषलाई अहिले लगानीको समस्या छैन। विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको घरमै गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ।

उनीसँगै छोराछोरीले समेत कमाइ गर्न थालेपछि फार्मको आम्दानीले थप विस्तारमा सहज भएको छ। एउटा छोरा भारतीय सेनामा छन् ।श्रीषले बीउका रूपमा बोएर जातको बाख्रा पालेकाले बोएरको स्रोत केन्द्र समेत बनाएका छन् । अहिले उनीसँग करिब १ करोडको हाराहारीमा संरचना सहित बोयर बाख्रा छन् । विदेशबाट रित्तै फर्किएका श्रीषले बाख्रापालनबाट प्रसस्तै कमाएका छन् ।

७ बर्षमा पनि बनेन मुस्ताङको निर्माणाधिन छयो-कुञ्जो पुल

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुल ७ बर्ष वितिसक्दा समेत अलपत्र अवस्थामा छ । अलपत्र पुलका बारेमा पटकपटक स्थानीयले गुनासो गरेपछि  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले  निरिक्षण र स्थानीयबासीहरुसँग छलफल गर्नुभएको छ ।
माननीय मन्त्रीसँग नेकपा (माओवादी केन्द्र) मुस्ताङका जिल्ला संयोजक धिरेन्द्र बिक, थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचन लगायत जनप्रतिनिधि र स्थानीयबासीहरुले पुल निर्माणमा भएको ढिलाईका कारण सिर्जना भएको समस्या र गत बर्खामा कालीगण्डकीमा आएको बाढीले कटान गरेपछि जोखिममा परेको निर्माणाधिन पुलको पिल्लरको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको, आलु, साग, किवी लगायत तरकारी तथा फलफुल बजार निकासीका लागि ढुवानीको समस्या भएको स्थानीयबासीहरुले गुनासो गरेका थिए ।
पुलको संरक्षणसँगै निर्माण कार्य छिटो सम्पन्न गराउन पहल गर्न स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको भनाई थियो। १०० मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि वि.स. २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो ।
पछिल्लो पटक भएको भेरियस अर्डरबाट योजनको लागत रु. १४ करोड १९ लाख ६५ हजार ८८१ पुुगेको गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिकहरुका अनुसार डिजाइनको समस्याले दुुई वर्ष रोकिएको यो पुुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । हालसम्मको भौतिक प्रगति ३० प्रतिशत रहेको छ ।
माननीय मन्त्री जुग्जालीले पुलको निरिक्षणपछि स्थानीयबासीसँग पूर्वाधार विकास कार्यालय, मन्त्रालयका अधिकारी, निर्माण व्यवसायीसँग पुल निर्माणमा भएको ढिलाईका विषयमा छलफल गरी निर्माणलाई गति दिने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो । निर्माण व्यवसायीलाई जति सक्दो छिटो काममा फर्काउन ताकेता गरिने र काम नगरे कारबाहीसँगै ठेक्का तोडेर पुल निर्माणलाई पूर्णता दिने उहाँको भनाई थियो ।
छलफलपछि मन्त्री जुग्जालीले मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियालाई फोन गरि पुल निर्माणमा भएको ढिलाई, बाढी र कटानका कारण सिर्जना भएको निर्माणाधिन पुलको पिल्लर संरक्षण लागि गर्न सकिने पहलका विषयमा जानकारी लिनुभएको थियो । निर्देशक बानियाका अनुसार हालै एलआरडिपीका विज्ञहरुको टोलीले सो पुलको निरिक्षण गरेको र टोलीको सुझावको आधारमा जोखिम न्युनीकरण तथा पुल संरक्षणको काम गर्ने तयारी प्रदेश सरकारको रहेको छ ।

टुकुचेको नालन्दा वौद्ध विद्यालयको भौतिक पूर्वाधार मन्त्री जुग्जालीले निरीक्षण, सहयोगको प्रतिबद्धता

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गते मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरुसँग छलफल गर्नुभयो ।
पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले विद्यालयको भौतिक, शैक्षिक गतिबिधि, अवस्था र उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।कक्षा १ देखि १० सम्म निशूल्क आवासीय सुविधा सहित अध्यापन गराइने विद्यालयमा हाल २१५ जना नेपालका सबै जिल्ला र भारतका विद्यार्थीहरु छन् ।
नेपाल सरकारद्धारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमपबाट औपचारिक वौद्ध शिक्षा प्रदान गरिने विद्यालयमा विद्यार्थीहरुलाई निःशूल्क शिक्षा, आवास, भोजन, पोशाक लगायतको सुविधा प्रदान गरिएको छ ।
हाल छात्रहरु मात्र रहेको विद्यालयमा समुदायको माग अनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले बताउनुभयो । विद्यालयमा हालै सुविधासम्पन्न तीन सय जना क्षमताको छात्रावास भवन निर्माण भएको छ ।
प्रअ तुलाचनले बेनी–जोमसोम सडकको थापाखोला देखि विद्यालय भवन सम्म पुग्ने सडक स्तरोन्नतिका लागि अनुरोध गर्नुभएको थियो । माननीय मन्त्री जुग्जालीले समुदाय स्तरबाट स्रोत जुटाएर सञ्चालित विद्यालयबाट विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन सहयोग पुगेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयले खाना पकाउन अपनाएको वाष्फीकरण विधिको निरिक्षण पनि गर्नुभयो ।
आगामी आर्थिक वर्षको योजनामा गुम्बासम्म पुग्ने सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्ने माननीय मन्त्री ज्यूले प्रतिवद्धता जनाउनुभयो । सो क्रममा नेकपा (माओवादी केन्द्र)का नेता ङुटुक गुरुङ (मुस्ताङ टाईगर), देवी बानिया लगायत पनि उपस्थित हुनुभएको थियो ।

पहिरोले उजाडिएपनि पर्यटकलाई लोभ्याइरहेको रुप्से झरना

साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्वीर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले भनिन्, ‘तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।’

पौडेल र पुर्जामात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौं समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन् । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर झरना र अन्धगल्छी वरपरको सुन्दरतामा असर गरे पनि पर्यटक भने घटेका छैनन् । झरनाको नजिकै हालै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठूला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्वीर, भिडियो खिच्ने सुुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताइन् ।

१९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त रु ८० लाख अनुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गर्न लागिएको बताए ।

ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला खर्कबाट बन्यो पर्यटकीय गन्तव्य

म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए ।

Adv

 

“जङ्गलको बीचमा रहेको समथर प्रभुचेलाको धार्मिक महत्व नभुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ”, उनले भने, “परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा जुटेका छौँ ।”

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए ।

Adv

 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो ।

मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन् । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरेका छन् ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

प्रभुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुटाएको जनाएको छ । रासस

सूर्योदय हेर्न उत्कृष्ट गन्तब्य बेलढुंगा

उत्तर फर्केर हेर्दा चाँदीझै टल्कने सेता हिमाल । दन्ते लहर जस्तै एकदर्जन हिमश्रृंखलाका साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन्। बिहानीपख सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । बिहानीको सुर्योदय र चाँदी झै टल्कने हिमालमा घाँमको किरण ठोकिएको दृश्यको बयान समेत गर्न सकिन्न ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ओखलेको शिरमा अवस्थित नयाँ र सुन्दर पर्यटकीय गन्तब्य बेलढुङ्गामा पुग्ने जो कोही पर्यटकले फरक अनुभती गर्छन् ।

समुद्री सतहदेखि दुई हजार ६ सय ८७ मिटर उचाइको बेलढुङ्गाबाट संसारकै सातौं अग्लो धौलागिरी हिमाल, १० औं आग्लो अन्नपूर्ण हिमाल सहित पूर्बी रुकुम र म्याग्दीको सिमानमा अवस्थित पुथा हिमाल, म्याग्दीको गुर्जा,निलगिरी, मानापाथी, गणेश हिमाल,कास्कीको माछापुच्छे«, गोरखाको मनास्लु, गंगा पूर्व, लमजुङ लगायतकालोभलाग्दो हिमालको लस्करसिधै आँखामा ठोकिन्छ ।सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा बनजंगलको मनोरम दृश्य । तस्वीर सौजन्य छवि आचार्य

Adv