Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 488

भूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शोकसभा

समाजवादी मोर्चा म्याग्दीले भूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।

दशै, तिहार, छठ लगायत पर्वको अवसरमा मोर्चाले चियापान र शुुभकामना आदानप्रदानका लागि तय गरेको कार्यक्रम शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिममा ठूलो जनधनको क्षति हुुने गरि ६ दशमलब ४ रेक्टर स्केलको भूूकम्प गएपछि शोकसभामा रुपान्तरण गरिएको थियो ।

कार्यक्रममा मोर्चाका जिल्ला संयोजक समेत रहनुुभएका गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले प्रधानमन्त्री पुुष्पकमल दाहाल स्वयम भूूकम्प प्रभावित क्षेत्रमा पुुगेर राज्यको सवै शक्ति उद्धार र राहतमा परिचालन भएको बताउनुुभयो ।

“सबै तहका सरकार, संघ संस्था, निकाय उद्धारमा केन्द्रित भएको छ । राष्ट्रिय विपद्को सामना गर्न गर्न सबैले सहकार्य र समन्वय गर्दै हातेमालो गर्नुुपर्छ,” उहाँले भन्नुुभयो “गण्डकी प्रदेश सरकारले औषधी र चिकित्सकको टोली भूूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । आवश्यक परेको अवस्थामा थप सहयोग गर्न तयार छौ ।”

प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुुर गर्बुजा (खम्बिर)ले राष्ट्रिय विपद्को घडीमा सबैले सहकार्य गरेर उद्दार, राहत र क्षति न्युुनीकरणको काम गर्नुुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुुमार थापाले विपद्को सामानासँगै एकता र सहकार्यको वातावरण बनाउनुुपर्ने बताउनुुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका नेता माधवप्रसाद रेग्मी, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुुमार विश्वकर्मा, राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुुर थापा क्षेत्री, नेकपाका जिल्ला ईञ्चार्ज उषा घर्ति (घिमिरे), जनता समाजवादी पार्टीका ईन्द्रबहादुुर छन्त्याल, नेशनल मंगोल अर्गनाइजेशनका डिके पुुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोर्चाका जिल्ला सदस्य तथा नेकपाका नेता मिनबहादुुर बानियाले सञ्चालन गर्नुुभएको कार्यक्रममा कर्मचारी तथा सुुरक्षा निकायको तर्फबाट प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मन्तब्य व्यक्त गर्नुुभएको थियो ।

शोकसभा लगत्तै बसेको मोर्चाको बैठकपछि संयोजक जुुग्जालीले एक विज्ञप्ति जारी गरेर भूूकम्पमा ज्यान गुुमाएकाहरुलाई श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुुभएको छ । उद्दार, राहत र व्यवस्थापनको काममा परिचालन हुुन मोर्चाका नेता कार्यकर्तालाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ । यसैगरी मोर्चाले आगामी मंसिर २४ गते बेनीमा घोषणा सभा गर्ने निर्णय गरेको सदस्य बिनोद केसीले जानकारी दिनुुभयो ।

मंसिर १९ देखि बेनीमा अन्तर मावि जेसीज कप हुने

म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको मुल संयोजकमा कार्यकारिणी उपाध्यक्ष विनोद घर्तिलाई साधारणसभाले चयन गरेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । अध्यक्ष बानियाँले मंसिर १९ गतेदेखि सुरु हुने फुटवल प्रतियोगितामा जिल्लाभित्र सबै विद्यालयलाई सहभागि हुने गरी तयारी गरिदिनुहनु आग्रह गर्नुभएको छ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित नगद पुरुस्कारले पुरस्कृत गरिने छ।

विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गरिदिनुहुन अध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ। अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

केवाइसीले जित्यो भगवती मेलाको भलिबल कपको उपाधी

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती  युवा क्लबद्वारा विजयादशमीको अवसरमा आयोजित बडा दशैं मेला सकिएको छ । मेलामा सञ्चालित  विविध कार्यक्रमअन्तर्गत विभिन्न खेलका फाइनल खेल सकिएसँगै मेला सकिएको हो ।

शनिबार खुला भलिबल, प्रौढ भलिबल तथा बाल बास्केटबलको फाइनल खेल खेलाइएको थियो । बाल बास्केटबलमा कुल १९ टिमबाट फाइनलमा पुग्न सफल चिमखोलालाई हराउँदै पात्लेखेतले उपाधि जितेको थियो । उपाधिसँगै पात्लेखेतले ३० हजार र चिमखोलाले २० हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

खुला भलिबल प्रतियोगितामा कुल २० टिमले भाग लिएका थिए । अन्य १८ टिमलाई पछि पार्दै फाइनलमा पुगेका आयोजक भगवती युवा क्लब र काउलेगौडा युवा क्लब घतानबीच बेस्टप फाइभमा खेलाइएको खेलमा तीन सेट आफ्नो पक्षमा पार्दै घतानले उपाधि जितेको छ । विजेता क्लबले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

उपविजेता आयोजक भगवतीले ६० हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । प्रौढ भलिबलअन्तर्गत १२ टिम सहभागी मध्ये १० टिमलाई पछि पार्दै फाइनलमा पुगेका बागलुङ गल्कोट र भक्किम्लीबीच समय अभावका कारण बेष्ट अफ थ्रि खेलाईएको खेलमा २-१ को सेटमा भक्किलीलाई हराउँदै गलकोटले उपाधि चुमेको हो।

विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत मेला अवधिभर साँझ स्थानीय कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिए । राष्ट्रियस्तरमा ख्याति प्राप्त लोक तथा दोहोरी गायक रबी कार्की, गायिका शोभा कार्की र नृत्याङ्गना रबिना भण्डारीले समेत आफ्ना सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

मेला आयोजक समितिका अध्यक्ष सरोज मल्लको अध्यक्षता, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको प्रमुख आतिथ्यता तथा रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीका वडाध्यक्ष अमृत भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

यहाँको भगवती कोत मन्दिरमा नवमीको दिनमा राँगोको बली दिइने गरिन्छ । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दीरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित

पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । फलफूलको राजा उपनामले परिचित फल किवीमा भकिम्लीको मुसुङ, सिम, भुकभुके, छाप लगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ । बि.स २०६७ सालमाहालका वडा अध्यक्ष पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गरेकोमा सफल भएपछि भकिम्लीको मुसुङ गाउँमा प्रत्येक घरधुरीले किबी खेती गरेका छन् ।    मुसुङ गाउँमा करिब ५० घरधुरीले किबी खेती गरेको वडा अध्यक्ष पुनले बताए । पछिल्लो चार÷पाँचबर्षमा ब्यवसायिक रुपमा किवि खेती गर्ने कृषकले आम्दानी गर्न थालेको उनले बताए । घरायसी प्रयोजनाका लागि किबी लगाएका अधिकांसले अहिले बिक्री समेत गर्न थालेकाले यसबर्ष सिजनमा भकिम्लीमा करिब १० लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ।

७ रोपनीमा ब्यवस्थित रुपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए। बि.स २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरु गरिएको किबी अघिल्लो बर्षबाट फल्न थालेको थियो । यस बर्ष करिब ३ क्विनटल किवि फलेको कृषक घर्तीको भनाई छ ।

स्वार्गाआश्रम अर्गानिक कृषि समुहका अध्यक्ष समेत रहेका घर्तीसँगै २५ जनाको समुहका सदस्यले समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन् । घर्तीले कृषि ज्ञान केन्द्रबाट डेढ लाख अनुदान समेत पाएका थिए । त्यस्तै मुसुङकै लक्षु पुनले ४ रोपनीमा लगाएको १७० वटा र कृषक पृथीप्रसाद पुनले पनि ८९ किविका विरुवाले समेत उत्पादन दिएको छ । अघिल्लो बर्षदेखि किवि उत्पादन गरेर विक्रिगर्न थालेका छन् ।

अघिल्लो बर्ष ५ क्विनटल फलेको थियो भने यसबर्ष ४ क्विनटल फलेको अनुमान गरिएको छ । भकिम्ली सिममा लालबहादुर पुनले पनि १५० बोटमा किबी फलेको छ । प्रतिकिलो १५० देखि ३ सय रुपैयाँसम्ममा फार्मबाट सदरमुकाम बेनीबजार सहित बागलुङ, पोखरा लगायत स्थानीयस्तरमै बिक्री गर्ने गरेका छन् । बेनी र पोखराका ब्यापारीलाई बेच्ने गरेका कृषकले उत्पादनलाई बजारको समस्य नहुने अवस्था आए आधादशकमा १ करोडको किबी उत्पादन हुने अगुवा कृषक पृथप्रसाद पुनले बताए ।

भकिम्लीका सबै बस्तीमा करिब ६ हजार किबीको बिरुवा विस्तार गरिएको छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढ्को छ । किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आइतबार हुने भनिएको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ठूलो जनधनको क्षती भएपछि अर्को सूचना जारी नहुदाँसम्म जिल्ला सम्मेलन स्थगित गरिएको महाधिवेशन प्रतिनिधि एबम गण्डकी प्रदेश सदस्य मनकुमारी विसीले जानकारी दिईन् ।

भुकम्पबाट ज्यान गुमाएकाको सम्झना र उद्धारमा सक्रिय हुनुपर्ने भएकाले केन्द्रबाटै स्थगनको सूचना आएपछि अर्को सूचना तय नहुदाँसम्मलाई कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्वप्रकाश शर्मा आउने कार्यक्रम रहेको थियो । उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता बेनी आउन थालेका थिए ।

प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफलको कार्यतालिका रहेको जिल्ला सचिव भरत रकालले बताए ।

भकिम्ली मुसुङमा टिमुर खेतीको परीक्षण पूर्ण रूपमा सफल

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लको मुसुङ गाउँमा टिमुर खेतीको परीक्षण पूर्ण रूपमा सफल भएपछि कृषक उत्साहित भएका छन् । पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढ्न थालेपछि मुसुङका लालबहादुर घर्तीले किबी खेती आसपासको क्षेत्रमा तीनबर्ष अगाडी लगाएकको टिमुर यसबर्षदेखि उत्पादन सुरू भएको हो।

किबीसँगै औषधीय गुणी टिमुर खेतीलाई व्यावसायिकरण गर्ने उदेश्यले लालबहादुर बारीमा लगाएकोमा राम्रो फल दिन थालेपछि अब खेतबारी र पाखोमा समेत टिमुर खेती कृषक घर्तीले बताए।

‘मुसुङ क्षेत्रमा टिमुर उत्पादन हुन्छ,अब खेर गएको जमिनको सदुपयोग समेत गरी खेती गर्नुपर्छ,‘केहीबर्षमा टिमुरको पकेट क्षेत्र समेत बनाउन सकिन्छ’स्वर्गाआश्रम अर्गानिक कृषि समुहका अध्यक्ष समेत रहेका घर्तीले भने ।उनले यसबर्ष आफ्नो बारीमा ५ देखि ७ वटा बोटले उत्पादन दिएको बताए ।

पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् । मुसुङका अगुवा कृषक घर्तीसँगै पहिलोपटक परीक्षणका लागि अन्य कृषकले लगाएको टिमुरले समेत उत्पादन दिएपछि अब गाउँलेले ब्यवसायीक टिमुर खेती गर्ने योजना बनाएको वडा अध्यक्ष पदम पुनले बताए ।

‘हावापानी अनुसारको उत्पादनमा गाउँले सक्रिय छन्, अब ब्यक्तिगत र सामुदायिक क्षेत्रमा पनि विस्तारको योजना बनाएका छौ‘ अध्यक्ष पुनले भने। मुसुङ गाउँमा अहिले आलु लगायतका अन्य तरकारी खेती र केबी उत्पादन हुन्छ ।

कुल ७४ घरधुरीमा हाल ६४ घरधुरी सक्रिय रुपमा कृषि पेशामा आवद्ध भएकाले हरेक घरघुरीलाई पाखा, खेतबारी र खेर गएको जमिनमा टिमुर खेती गरिने कृषक पृथबहादुर पुनले बताए ।

मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने, औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका कृषकलाई चेतना नभएका कारण अहिलेसम्म रोपिएको थिएन ।

वडा कार्यालय, डिभिजन बन कार्यालय सहित अन्य कृषि क्षेत्रमा सक्रिय अगुवा कृषकको नर्सरीबाट समेत खरिद गरी टिमुर खेती गर्ने स्थानीय कृषकको भनाई छ ।

टिमुर थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुन्छ । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिन समेत टिमुर उत्पादन गर्न सकिन्छ । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–९ स्थित तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् भने जिल्लाभर करिब ५० हेक्टर जमिनमा टिमुर खेती हुन्छ । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय मानिन्छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दी टिमुर खेतीका लागि अत्यन्त सम्भावना भएको क्षेत्र भएकाले फूल फुल्ने र फल लाग्ने समयमा असिनाले क्षती नपुगे वार्षिक करिब ७ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए। टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ।

मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ। गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिकरुपले खेती विस्तार भइरहेको छ।

 

पलायनको जोखिममा गाउँबस्ती

म्याग्दीका ग्रामीण भेगहरुबाट वसाइँसराइ गर्ने क्रम बढ्दै गएपछि गाउँहरु सुनसान देखिन थालेका छन् । संघीय व्यवस्था लागु भएयता विकास र पूर्वाधार निर्माणको गति तिब्ररुपमा बढेको भए पनि म्याग्दीका ग्रामीण बस्तीहरुबाट बसाइँसराइ गर्ने क्रम रोकिएको छैन ।

पुस्तौंदेखि बसोवास गर्दै आएका व्यक्तिहरुले धमाधम गाउँ छोड्न थालेपछि गाउँको सीप, स्रोत र सम्पदाहरु पनि नासिदै गएका छन् भने रैथाने पलायन हुँदा गाउँको सौन्दर्य पनि घट्दै जान थालेको छ । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वटा वडाहरुमध्ये ४४ वटा वडाहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिका अरु सबै वडासम्म सडक सञ्जाल पुगेको हो । सडक संजालको पहुँच पुगेसँगै पालिकाहरुले विकासमा तीव्रता दिइरहेका छन् ।

सडक स्तरोन्नति,पक्की पुल निर्माण,घना वस्ती योजना,सिँचाइ,खानेपानी,जेष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच,औषधोपचार मात्रै होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नयाँ–नयाँ रणनीतिक योजना समेत पालिकाहरुले ल्याएका छन् ।

केही वर्ष अघिसम्म टुकी वा दियालोको भरमा साँझ र रात विताउन बाध्य गाउँलेहरुको घरमा अहिले विजुली वत्तिको झिलीमिली उज्यालो छ । गाउँका स्वास्थ्यचौकीको स्तर वृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहितका सुविधा सम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् ।

विकासका हरेक मोडेलको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागि परेको भए पनि गाउँलेहरुमा भने थातथलो छोड्ने क्रम घटेको छैन,झन बढेर गएको छ  । जनसांख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयता दुई दशकमा भएका जनगणनाका तथ्यांकले समेत म्याग्दीको जनसंख्या क्रमशः घट्दो क्रममा छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ जना भएको जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । एक दशकमा म्याग्दीबाट ६ हजार २ सय ६९ जना व्यक्ति घटेका छन् ।

स्थानीय जनप्रतिनिधिहरुले पालिका र वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवा सुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्ण रूपमा पूरा गरेको दाबी गरिरहँदा बढ्दो बसाइँसराइले भने ती जनप्रतनिधिहरुको भनाइलाई गिँज्याइरहेको छ ।

जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधाहरु पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको ५ वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडकहरु निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तर वृद्धि तथा सडक चौडा पार्ने काम तीव्र रूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्य मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् ।

ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटीएको समेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ ।

ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारेको भए पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने वढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका १ सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो ।

त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि,मंगला र रघुगंगा गाउँपालिकाको हालत पनि उस्तै छ । गतवर्ष मंगला र रघुगंगाका विभिन्न वडाबाट मात्रै करिब २ सय परिवारले बसाइँसराइ गरेको तथ्यांक छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्यांक पनि बर्सेनि बढ्दो छ ।

बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । म्याग्दीका सबैजसो बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्यांक निकालिएको पञ्जीकरण शाखाले जनाएका छन् । ‘सुविधाको खोजीमा मानिसहरु गाउँ छोडेर सहर र तराइतिर झर्ने गरेका छन्’ रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारी भन्नुहुन्छ, ‘गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।’

बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइको कारण खुलाइएको छ ।

स्थानीय जनप्रतिनिधिहरुले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । बसाइँसराइ गरेकाहरू भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा गएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा आर्थिक उपार्जन र छोराछोरीको शिक्षादिक्षाको लागि बसाइसराइ गरेको बताउनुभयो ।

जनसंख्या घट्नुको कारण

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ ।

‘म्याग्दीको जनसंख्या घट्नुमा बैदेशिक रोजगार र बसाईसराई नै प्रमुख कारण हो’ सापकोटाले भन्नुभयो । जनगणनाबाट बैदेशिक रोजगारीमा गएको तथ्याङ्क हाल सार्वजनिक भएपनि ग्रामिण क्षेत्रबाट बसाईसराई र बैदेशिक रोजगारीमा गएर उतै बस्नेको संख्या पछिल्ला बर्षमा ह्वात्तै बढेको कारण जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको उहाँको भनाइ छ ।

कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा खाडीमुलक तथा छिमेकी राष्ट्र भारतबाट घर फर्किएकाहरु जनगणनमा समेटिएकाले समेत जनसंख्याको घट्दो क्रम रोकिएको जनगणनाा कार्यालयले जनाएको छ। ‘जनगणनाको अर्को चरणमा म्याग्दीको सम्रग चित्र आउँछ’ कार्यालय प्रमुख सापकोटाले भन्नुभयो । २०७८ कात्तिक र मंसिर महिनामा गरिएको जनगणनाको नतिजा अनुसार म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८१८ र पुरुषको संख्या ५२ हजार ५५४ जना भएको छ ।

वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ। पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको तथ्याङ्कले देखाउँछ। म्याग्दीबाट वैदेशिक रोजगारीमा ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारी अन्तरगत छिमेकी भारतमा गएको तथ्याङ्क नै नभएकाले यो संख्या अझै बढ्न सक्छ। जिल्लाभित्र २५ हजार ३७४ घरधुरीमा २९ हजार २४२ परिवार संख्याको बसोबास छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। सात हजार २०२ घर र नौ हजार ४६५ परिवार भएको बेनी नगरपालिकामा १७ हजार ४९० महिला र १५ हजार ५७२ पुरुष गरि कुल ३३ हजार ०६२ जनसंख्या छ ।

तीन हजार ३४० घरमा तीन हजार ६१८ परिवारको बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको जनसंख्या १२ हजार ३५१ जना छ। तीन हजार ८ घरमा तीन हजार १९२ परिवार रहेको धवलागिरीमा १२ हजार ६०४, चार हजार ३३६ घर र चार हजार ८१८ परिवार भएको मालिकाको जनसंख्या १८ हजार ३४६, तीन हजार ६९९ घर र तीन हजार ९३४ परिवार भएको मंगलाको १४ हजार ७७२ र तीन हजार ७६७ घर, चार हजार १७४ परिवार भएको रघुगंगाको जनसंख्या १४ हजार २३२ जना छ ।

१० वर्ष अगाडीको गाविसस्तरको जनगणना विवरणलाई हेर्दा पनि पालिकास्तरमा समेत जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ । संघीय ब्यवस्था लागू भएपछि पहिलो पटक जनणना भएकाले जिल्लाको लैगिक र आर्थिक अवस्थाको डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको छ।

रंग मिसिएका खाद्यपदार्थ बिक्री र उपभोग नगर्न आग्रह

बागलुङ नगरपालिकाले तिहारलगायत चाडपर्वको समयमा रंग मिसिएका झिनिया लगायतका खाद्यपदार्थ बिक्री वितरण र उपभोग नगर्न आग्रह गरेको छ । शुक्रबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको अहित हुनेखालका कुनैपनि व्यापारिक गतिबिधि नगर्न व्यवसायीलाई सचेत गराउने निर्णय गरेको हो ।

पटक–पटक गरिएको बजार अनुगमनमा बजारमा मूल्यसूचीबिना सामाग्रीको बिक्री वितरण भैरहेको, अखाद्य र म्याद गुज्रेका सामाग्रीको बिक्री वितरण भएको पाईएकाले बजार व्यवस्थापनलाई थप चुस्त बनाउने निर्णय गरिएको समितिका संयषेजक नगर उपप्रमुख राजु खड्काले बताए ।

नगरपालिकाले उपभोक्ताले प्रष्ट देख्न सक्ने ठाउँमा मूल्यसूची अनिवार्य राख्न भनेको छ । म्याद गुज्रेका सामानहरुको छुट्टै जोन बनाउने, म्याद गुज्रेका सामानहरु बिक्री वितरण नगर्ने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।

अखाद्य पदार्थ तथा रङको मिसावट भएका झिनियालगायतका कुनै पनि खाद्यपदार्थहरु बिक्री वितरण नगर्ने निर्णय बैठकले गरेको छ ।

रंग हालेको झिनिया खाँदा क्याक्सर लाग्ने सम्भावना हुने भन्दै झिनियामा रङ प्रयोग नगर्न व्यवसायीलाई अनुरोध गरिएको छ ।

खाद्य तथा पानी लगायतका पेयपदार्थ तोकिएकै मुल्यमा बिक्री वितरण नभएको पाईएकाले तोकिएकै मुल्यमा बेचविखन गर्न व्यवसायीको ध्यानाकर्षण गराईएको छ । ‘आवश्यक सूचना र जानकारी दिने हो, अटेरी गरेको भेटिए कानून अनुसार कारवाही हुन्छ,’ खड्काले भने ।

बजारमा दर्ता नभएका र मापदण्ड नपुगेका मासु पसललाई नियमित गर्न र दिपावलीको अवधिमा प्लाष्टिकजन्य फूलमाला तथा पटका निषेध गर्ने निर्णय बैठकले गरेको छ ।

यसरी गएको थियो जाजरकोटमा भूकम्पको लगातार ४ झटका

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९,१२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३  म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक  विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोट प्रस्थान गरेको छ।यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ। प्रहरी नायव उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ।

यस्तै बाँकेस्थित न ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु बाट डा रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनााएको छ।

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको थियो।