Friday, June 27, 2025
24.3 C
Beni
24.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 683

सातौं म्याग्दी महोत्सवको सबै तयारी पुरा

म्याग्दीको सदरमुकाम बेनीमा भोलिदेखि सुरु हुने सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको सबै तयारी पुरा भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७९ आयोजना गरिएको संघले जनाएको छ । यही पुस महिनाको २८ गतेदेखि माघ ७ गतेसम्म (१० दिन) सातौं संस्करणको म्याग्दी महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्नें उहाँले बताउनुभयो ।

महोत्सवस्थल खुलामञ्चमा व्यापारिक स्टल निर्माण, बेनीबजारमा सरसफाइ तथा बजार सजावट, महोत्सवको प्रचारप्रसार, टिकट बिक्री तथा वितरण, अतिथि निमन्त्रणा एवं कलाकार व्यवस्थापनलगायत आन्तरिक तयारी सबै सकिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक कटुवालले जानकारी दिनुभयो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो ।

यतिबेला म्याग्दी सदरमुकाम बेनीबजारलाई तुल, व्यानर र तोरण टाँगेर बेहुली जस्तैगरी सिङ्गारिएको छ । म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा भेषभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष कटुवालले बताउनुभयो ।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ । यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ ।

म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला सफलतापूर्वक सम्पन्न गर्नको लागि संघका अध्यक्ष कटुवालको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित विभिन्न ३९ वटा उपसमितिहरु गठन गरेर महोत्सवको तयारी अगाडि बढाइएको थियो । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।

म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । यसअघि २०६०, २०६२, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवं माघेसङ्क्रान्ति मेला लगाइएको थियो ।

ठडियो आगलागीबाट ध्वस्त भएको विद्यालयमा १४ कोठे भवन

आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका-४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको १४ कोठे भवन ठडिएको छ । बि.स २०७३ फागुन २५ गते आगलागीबाट विद्यालयको १० कोठ भवन जलेर नष्ट भएपछि सरकारी तथा चन्दादाताको सहयोगबाट भूकम्पप्रतिरोधी, अपांगमैत्री, बालमैत्री सुविधासम्पन्न भवन बनेको हो ।

आगलागीबाट भौतिक संरचना पूर्णरुपमा ध्वस्त भएपछि पठनपाठनमा समस्या हुदै आइरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको पहल तथा सरकारी अनुदानले समेत प्राथमिकता पाएपछि अहिले चिटिक्कको भवन बनेपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रधानध्यापक रामप्रसाद शर्माले बताए ।

‘आगलागीले अस्तब्यस्त भएको विद्यालय सहयोगबाट ठडिएको छ,‘भौतिक र शैक्षिक पूर्वाधार पर्याप्त भएका छन्। अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौँ’ प्रअ शर्माले भने ।विद्यालयमा जडान गरिएको विद्युत सर्ट भएर आगलागि हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवन खरानी भएको थियो ।

भवनको अभावमा विद्यार्थी र शिक्षकले खेप्नुपरेको सास्तीलाई अन्त्य गर्ने विद्यालयको महाअभियानमा आर्थिक सहयोगले सम्भव भएको विब्यस अध्यक्ष सुमन बानियाँले बताए ।‘भौतिक संरचना पुननिर्माणले विद्यालयको स्वरुप फेरिएको छ, अव हामीलाई शैक्षिक योजनालाई कार्यान्वयन गर्न सहज हुन्छ’ अध्यक्ष बानियाँले भने ।

उनका अनुसार भवन निर्माणमा वैदेशिक तथा स्थानीय सहयोग ३९ लाख ७४ हजार २४२, ग्लोबल एजुकेसन फाउन्डेसनबाट ४१ लाख सहयोग, वडा तथा सरकारी अनुदान ९१ लाख ६५ हजार १६३ सहयोग प्राप्त भएकोमा जग्गा खरिद २२ लाख खर्च गरिएको छ । दुई तले १४ कोठे भवनमा काक्षाकोठा ८ वटा छन्। भवनमा बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्यूटर कक्षा, प्रअ कक्ष, ४ वटा अपाङ्गमैत्री शौचालय छ । त्यस्तै अपाङ्ग विद्यार्थीलाई सहज हुने गरी संरचना बनाइएको छ ।

यसैबीच पुर्ननिर्माणको अभियानमा सहयोग गर्ने चन्दादाता सहित सरोकारवालालाई सम्मान गरिएको छ । ६३ औं बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशीक सांसद बिमला गौचनले सम्मान गदैं समुदायको आवश्यकतामा प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा धेरै काम भएको बताईन् । शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकतामा राज्यको लगानी मात्रै प्रयाप्त नभएकाले जनसहभागिता समेत आवश्यकता रहेको सांसद गौचनको भनाई थियो ।

सोही अवसरमा प्रवासबाट विद्यालयको पुर्ननिर्माण अभियानमा सघाएका एनआरएनए आइसीसीका अध्यक्ष बिनोद कुँवरले शैक्षिक क्षेत्रमा राज्यको लगानी प्रयाप्त नभएकाले शैक्षिक क्षेत्रमा सहयोग गर्ने दात्रृ निकायसँग सहकार्य गर्नुपरेको बताए । बालविकास देखि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा विद्यालयमा १ सय २० विद्यार्थीले अध्ययनरत छन् ।

 

सातौं म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा

पर्सि (बिहीबार)देखि सुरु हुन लागेको सातौं संस्करणको म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म म्याग्दी सदरमुकाम बेनीको खुलामञ्चमा हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला–२०७९ को सबै तयारीलाई अन्तिममा पु¥याइएको हो ।

हालसम्म महोत्सवस्थल खुलामञ्चमा व्यापारिक स्टल निर्माण, बेनीबजारमा सरसफाइ तथा बजार सजावट, महोत्सवको प्रचारप्रसार, टिकट बिक्री तथा वितरण, अतिथि निमन्त्रणा एवं कलाकार व्यवस्थापनलगायत आन्तरिक तयारी सबै अन्तिम चरणमा पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

यसवर्ष पनि १० दिनसम्म म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष कटुवालले बताउनुभयो । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ । म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो ।

हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो । यसअघि २०६०, २०६२, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवं माघेसङ्क्रान्ति मेला लगाइएको थियो ।

विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेगबहादुर बानियाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष पुनले शैक्षिक समस्या र आवश्यकता पहिचान गरेर विद्यालय सुधार योजना बनाउन प्रअहरुलाई निर्देशन दिनुभयो ।स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले सञ्चालन र शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देविन्द्र रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

दरबाङमा छैठौ करबिर मेमोरियल कप सुरु

म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङमा छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजाले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले प्रतिभाको पहिचान सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले खेलकुद र शिक्षालाई हरेक विद्यालयले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम केसी, शिक्षा शाखा प्रमुख अशोक रिजाल, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदी लगायत स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, अभिभावकको सहभागिता रहेको थियो ।

केबि एकेडेमीको खेल मैदानमा पालिकास्तरीय भलिबल प्रतियोगितामा ८ टिम,जिल्लास्तरीय फुटसलमा १७ टिमको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबलको विजेता र उपविजेताले क्रमश ३५ हजार, २० हजार र फुटलसको विजेता र उपविजेताले २५ हजार र १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक हिरा पुन, स्वागत प्रिन्सिपल बिमल शर्मा र सञ्चालन शिक्षक मिनबहादुर सुनारले गर्नुभएको थियो ।

 

६ दशकदेखि घुम्ती गोठमा गाईभैंसीसँग रमाउँदै मुदीका प्रेमबहादुर

धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुर्ख्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् ।

छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्याउने गर्छन् । घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय विताइसकेका छन् ।

उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन् । गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन् । गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउछन् । गाईभैँसीको घिउ प्रतिमाना रु एक हजार २०० मा बिक्री हुने गरेको छ ।

“भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ”, उनले भने ।

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दैै आएका थिए । बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउछन् । प्रेमप्रसादका छ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए । अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन् ।

हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्। यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पु¥याउने गरिन्छ । भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन् ।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उहाँहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन । “हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ”, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भनिन् ।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे । आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गछृन् । अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उनको परिवारले निरन्तरता दिएका छन् ।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन् । ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छन् । जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन् । बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि यसमै लागेको साइली छोरी छानदेवी बताउछिन् ।

‘‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ”, उनले भनिन् । गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ ।

तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन् । उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन् । “पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु”, घर्तीमगरले भने ।

एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ । घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ । पुर्ख्यौली  पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ ।

‘नयाँपन ल्याउन नसकेकाले जन आकर्षण छैन’

सूचना र प्रविधिको विकाससँगै म्याग्दीमा हुलाकको प्रयोग घट्दो क्रममा छ । सन्देश आदानप्रदानका लागि अनिवार्य जस्तै मानिने हुलाक सेवा अहिले सामाजिक सञ्जाल, इन्टरनेट, हातहातमा मोवाईल सहितको आधुनिक प्रविधिको प्रयोगले ह्वात्तै घटेको भएपनि अनिवार्य प्रयोग गर्नुपर्नेहरुले गरिरहनुभएको छ । अब हुलाकलाई विजनेस पनि बढ्ने र जनतालाई सहज पनि हुने गरी हुलाकको सेवाहरुलाई पुर्न डिजाइन गर्नुपर्ने आवश्यकता ठानेको छु । नेपालको हुलाकलाई आधुनिकीकरण गर्दै सेवामा विविधीकरण गर्नु र व्यावसायिक मोडेलमा सञ्चालन गर्नु जरुरी रहेको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख अमृत सुबेदीले बताए । हुलाक कार्यालयका गतिविधि सहित भावी योजनाका बारेमा कार्यालय प्रमुख सुबेदीसँग बेनीअनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

हुलाक कार्यालय म्याग्दीमा प्रमुखको जिम्मेबारी सम्हालेपछि के–के काम गर्नुभयो ?
म मिति २०७९ भदौ २७ मा यस कार्यालयमा भएलगत्तै कार्यालयको आन्तरिक क्षमता सुधार गर्न र सेवा प्रवाहमा नयाँपन ल्याउनका लागि प्रयत्नशील रहेँ।इलाका हुलाक कार्यालयहरुमा कार्यरत कर्मचारीहरुका लागि १ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरियो । असोज २ गते हुलाक निर्देशनालय पोखराका निर्देशक ज्यू र म बीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ।

म र इलाका हुलाक कार्यालयका हुलाक हाकिम बीच पनि कार्यसम्पादन सम्झौता भएको छ।असोज २३ गतेका दिन जिल्ला भरिका हुलाककर्मीहरु भेला भई विश्व हुलाक दिवस मनाइयो। सो अवसरमा २ जना कर्मचारीहरुलाई सम्मान समेत गरियो।कार्यालयको कम्पाउण्ड वाल निर्माण गरिएको छ। जिल्लामा रहेका इलाका हुलाक कार्यालयहरु र अतिरिक्त हुलाक कार्यालयहरुको कार्यसम्पादनको अनुगमन निरीक्षण गर्ने र सुधार ल्याउनका लागि पृष्ठपोषण गर्ने कार्यलाई तिव्रता दिएको छु।

म्याग्दीमा हुलाकका जनशक्ती कति छ ? ग्रामिण क्षेत्रमा समयमै सूचनातथा सन्देश आदान प्रदानहुने गुनासो पनि धेरै छ ।
म्याग्दीमा १० ओटा इलाका हुलाक कार्यालयहरु र २९ ओटा अतिरिक्त हुलाक कार्यालयहरु सहित हुलाकका ४० ओटा संरचनाहरु रहेका छन्।जिल्ला र इलाकामा गरी ७२ दरबन्दी रहेको छ। जसमध्ये १ हुलाक अधिकृत, ९ खरिदार, १ कार्यालय सहयोगी, ४ हल्कारा र १ हुलाकी गरी जम्मा १६ स्थायी पूर्ति रहेको छ।१३ जना हल्कारा र १७ जना हुलाकी करारमा कार्यरत हुनुहुन्छ। हाल २ नायब सुब्बा, ३ खरिदार, १ सहायक लेखापाल, ३ हल्कारा र १७ हुलाकीको पद रिक्त रहेको छ।त्यस्तै अतिरिक्त हुलाक कार्यालयहरुमा २९ जना प्रतिनिधि, २९ जना वितरक र ८२ जना डाँकबाहकको दरबन्दी रहेकोमा २८ जना प्रतिनिधि, २७ जना वितरक र ७२ जना डाँकबाहकहरु मात्र कार्यरत हुनुहुन्छ।हाल हुलाकको आधारभूत कार्य नै डाँक आदानप्रदान गरी हुलाक बस्तुको वितरण गर्नु हो।

तर यही प्राथमिक कार्य गर्ने जनशक्तिको न्यूनता रहेको छ। पोखरा काठमाडौबाट म्याग्दी आउने र मुस्ताङ जाने डाँक तथा मुस्ताङ र म्याग्दीबाट पोखरा काठमाडौ जाने डाँक हामीले नै बागलुङसम्म लाने ल्याउने गर्छौँ।यसमा यातायात मार्फत ढुवानीको व्यवस्था भएको छैन।यी कारणहरुले गर्दा हुलाक बस्तुको डेलिभरीमा कहिलेकाहीँ ढिलाई भएको हुनसक्छ।हामीलेमौजुदा जनशक्तिको क्षमता विकास गर्ने, आन्तरिक रुपमा जनशक्तिको स्थान मिलान गरी व्यवहारिक समन्वय कायम गर्ने काम गरेका छौँ ।

तपाईले जिल्ला भित्रका विभिन्न क्षेत्रमा पुगेर हुलाकको सेवा बारेमा अनुगमन समेत गर्नुभएको छ, बास्तविक अवस्था के छ?
मैलेहालसम्म३२ ओटा कार्यालयहरुको निरीक्षण गरिसकेको छु। हुलाक कार्यालयको स्थापना पश्चात हालसम्म निरीक्षणका लागि नपुगिएका केही स्थानहरुमा म पहिलो पटक पुगेको छु ।सो क्रममा स्थानीयबासीहरु र जनप्रतिनिधिहरुसँग हुलाक सेवाको सम्बन्धमा अन्तरक्रिया समेत गरेको छु।दरबाङको आफ्नै भवन छ तर सेवा प्रवाहका लागि उपयुक्त नभएकाले भाडामा सञ्चालित छ। यो भवनको संरचनात्मक सुधार गरेर सेवाप्रवाह गर्नु जरुरी देखियो।अतिरिक्त हुलाक कार्यालयहरुको सम्बन्धमाकर्मचारी व्यवस्थापन अति जटिल बनेको छ।

ज्यादै वृद्ध व्यक्तिहरु समेत प्रतिनिधि, वितरक र डाँक बाहक पदमा कार्यरत हुनुहुन्छ। वहाँहरु अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नियुक्त हुनुभएको हो, जसलाई निजामती कर्मचारी मानिदैन र पूर्णकालीन पनि होइन। जागिरको माथिल्लो उमेर हद पनि नतोकिएको, स्वैच्छिक राजिनामा वा मृत्यु बाहेक अवकाश पनि नहुने,हुलाक निर्देशकबाट तोकिएको समयमा खुला रहनुपर्ने हुनाले सधैभरिका लागि कार्यालय सञ्चालनको समय एउटै नहुने, तलब सुविधा पनि न्यून रहेको, सबै स्थानमा कार्यालय सञ्चालनका लागि कोठा वा भवनको उपलब्धता नभएको, भाडामा सञ्चालन गर्नका लागि बजेट व्यवस्था नभएको जस्ता समस्याहरु विद्यमान छन्।

प्रतिनिधिले आफ्नै घरबाट तथा झोलाबाट सञ्चालन गरेका कार्यालयहरु पनि छन् । कार्यालयहरुवडा कार्यालयबाट, सामुदायिक भवनबाटसञ्चालन भएका छन्। व्यक्तिले जग्गा उपलब्ध गराईस्थानीयबासी तथा साविकका स्थानीय निकायबाट भवन निर्माण गरिएका तर अहिलेसम्म हुलाकको स्वामित्वमा नआएका स्थानहरु पनि छन्।यी भवनहरुको स्वामित्व लिन व्यवहारिक कठिनाईहरु रहेको देखियो ।सेवा प्रवाहका सम्बन्धमा भने सन्तोषजनक नै रहेको छ।पहिला जस्तो सेवाको चाप भने कतै पनि छैन।
हुलाक कार्यालयबाट सूचना तथा सन्देश बाहेक अन्य के कस्ता सेवाहरु छन्?
चिठीपत्रहरुको दर्ता, चलानी, वितरणका साथै हुलाक टिकट विक्री त आधारभूत कार्य नै भयो।आन्तरिक इएमएस सेवा, पुलिन्दा दर्ता तथा वितरण, एफएम इजाजतपत्र नवीकरण तथा रोयल्टी संकलन, केबुल टेलिभिजनको नवीकरण तथा रोयल्टी संकलन, एफएम र केबुलको अनुगमन, सहुलियत दरमा हुलाक चलानका लागि पत्रिका दर्ता तथा नवीकरण, विज्ञापन वोर्डबाट जारी हुने लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको अनुगमन तथा सो को रकम भुक्तानी जस्ता सार्वजनिक सेवाहरु प्रवाह हुन्छन्।

त्यस्तै सूचनाको हक सम्बन्धी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार सबै सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था भए नभएको र त्रैमासिक अवधिको कामकारबाहीको अवस्थाको प्रतिवेदन तयार गरी स्वतः प्रकाशन भएनभएको अनुगमन गर्ने र प्रकाशन गर्न लगाउने जिम्मेवारी पनि हुलाकलाई रहेको छ। जिल्लास्तरीय बन्यजन्तु अपराध नियन्त्रण इकाइको आमन्त्रित सदस्यका रुपमा रही बन्यजन्तुको चोरीनिकासी नियन्त्रण गर्न पनि हुलाकलाई जिम्मेवारी थप गरिएको छ।
समयानुकुल रुपान्तरण गर्न नसक्दाहुलाक सेवाको महत्वह्वात्तै घटेको छ, यसलाई कसरी लिनुहुन्छ ?
सूचना तथा सञ्चार प्रविधिले ह्वात्तै फड्को मार्दा पनि अन्य मुलुकमा हुलाकको महत्व नघटेको देखिन्छ। हुलाकहरु सञ्चारको माध्यमबाट व्यापारको माध्यम बनिसकेका छन्।हामी भने परम्परागत काममा मात्र सीमित छौँ ।“सेवा हि परमोधर्म“ भन्ने पवित्र भावना बोकेर सञ्चालित यो सेवा कुनै समय जनताको एकदमै प्यारो सेवा थियो। हल्काराहरु चिठीपत्र बोकेर गाउँटोलमा पुग्दा देवता झैँ सम्मान हुने गर्दथ्यो।

अहिले सूचना प्रविधिको क्षेत्रमा भएको नवप्रवर्तनले सञ्चारको माध्यमका रुपमा फरक माध्यमहरुलाई स्थापित गरिदियो। समयानूकूल कार्यक्षेत्रमा पुनरावलोकन गर्ने र कार्यजिम्मेवारीहरु थप गर्ने तर्फ हामीले ध्यान दिन सकेनौँ। हुलाकको धेरै ठूलो संरचना छ तर उत्पादकत्व ज्यादै कम छ।संरचना हेर्दा कुनै थप जिम्मेवारी आएमा सम्पादन गर्न सकिन्छ जस्तो लाग्दछ। हुलाक सेवालाई आकर्षित बनाउन नयाँ नयाँ कार्यहरु सोच्नुको विकल्प छैन।

सुचना प्रविधिको विकास र पहुंच विस्तार भएपछि चिठि पत्र आदान प्रदानमा मात्र अड्कीएको हुलाक सेवाको आकर्षण घटेको हो ।

कार्यको प्रकृतिलाई सूचना तथा सञ्चार प्रविधिले विस्थापित गरिदिएको र नयाँपन ल्याउन नसकेकाले जन आकर्षण छैन।अहिले व्यक्तिगत चिठीपत्रहरु र पार्सलहरु नगण्य मात्रामा आउँछन्। सरकारी चिठीपत्रहरु तथा बैंङ्क वित्तीय संस्थाका चिठीपत्रहरुको ओसारपसार र हुलाक टिकट विक्रिमा सेवा सीमित रहेको छ। अर्कोतर्फ कर्मचारीको रोजाइमा पनि हुलाक पर्दैन। स्रोतसाधन र वृत्तिविकास दुवै हिसाबले कर्मचारीको अनाकर्षण रहेको छ भने निजी क्षेत्रसँग खरो प्रतिस्पर्धा गर्न नसक्दा जनविश्वास गुम्दै गएको छ।पछिल्लो समयमा यो सेवाप्रति आकर्षण घटेकै हो।

हुलाकको सेवा प्रभावकारी र नयाँ प्रविधिको प्रयोगको प्रयोग गरी कसरी आत्मनिर्भर बनाउन सकिन्छ जस्तो लाग्छ?
विश्वका अन्य देशहरुको अभ्यास हेर्दा जापानरबंगलादेशमा हुलाक बचत बैंक सञ्चालन भएको छ जुन उदाहरणीय रहेको छ।भुटानमा प्राधिकरणका रुपमा रहेको हुलाकले यातायात सेवा सञ्चालन गर्दछ।भारतको हुलाक सेवाले एटिएमको सुविधा सहितकोबचत बैंक सञ्चालन गरेको छसाथै कोरोना महामारीमा औषधिजन्य सामग्री र राहत वितरण गर्ने कार्यमा प्रशंसनीय अभ्यास गरेको थियो।अमेरिकामा बस्तु डेलिभरी, सरकारी निकायबाट जारी हुने कागजातको वितरण तथा मतदानमा समेत हुलाकको प्रयोग हुने गरेको पाइन्छ।

अष्ट्रेलियाको हुलाकले बैंकसम्बन्धी काम, बिमा अभिकर्ताको काम र स्टेशनरी विक्री जस्ता कार्यहरु गरेको म आफैले राम्रोसँग नियाल्ने मौका पाएको छु।कुनै देशमा सरकारी कम्पनीका रुपमा, कुनै देशमा प्राधिकरणका रुपमा र कुनै देशमा अर्धस्वायत्त संस्थानका रुपमा हुलाक अस्तित्वमा रहेको छ।सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले नयाँनयाँ स्वरुपमा व्यावसायिक अवसरहरु सिर्जना गरेको छ।ती अवसरहरुको सदुपयोग गर्न सकिन्छ।अन्य मुलुकको अभ्यासलाई हामीले पनि सिको गर्न सक्छौँ। यो क्षेत्रलाई देशमा राजश्व प्राप्तिको क्षेत्रका रुपमा विकास गर्न सक्छौँ ।

हुलाकको सेवा क्षेत्र खुम्चीदै गएको र समयअनुकुलकाम, कर्तव्य र जिम्मेवारी पुनरावलोकन गर्नु पर्ने अवस्था देख्नुभएको छैन ?
हुलाकलाई विजनेस पनि बढ्ने र जनतालाई सहज पनि हुने गरी हुलाकको सेवा पुर्न अद्यावधी गर्नु आवश्यक ठान्दछु।नेपालको हुलाकलाई आधुनिकीकरण गर्दै सेवामा विविधीकरण गर्नु र व्यावसायिक मोडेलमा सञ्चालन गर्नु जरुरी छ। अन्तर्राष्ट्रिय पार्सल सेवा, यूनिभर्सिटिका सर्टिफिकेटहरु घरघरमा पुर्यामइदिने,राहदानी संकलन र वितरण, सवारी चालक अनुमतिपत्र र सवारीसाधनको ब्लुबुक संकलन र वितरण,हुलाक बचत बैंक, कुरिअर सेवा, इ÷कमर्श, रेमिट सेवा, संस्थागत बीमा अभिकर्ताजस्ता सेवाहरु सञ्चालन गर्नका लागि कानूनी, संस्थागत र संरचनागत व्यवस्था गरेर अगाडी बढ्नुपर्ने अवस्था रहेको छ।

त्यस्तै इन्टरनेटजन्य आधुनिक सञ्चारको नियामक तथा सेवाप्रदायकका रुपमाहुलाकलाई विकास गर्न सकिन्छ। हुलाक अत्यावश्यक सेवा हो, यसलाई बन्द गर्ने त परिकल्पना गर्नै हुँदैन। व्यवसाय विस्तार गरी नाफा आर्जन गर्ने र राजश्वमा योगदान दिन सक्ने गरी हुलाकलाई सञ्चालन गर्नु जरुरी छ। हाल नेपालमा विद्यमान हुलाक ऐनले यो कार्य गर्ने मार्ग प्रशस्त नगरेकाले ऐन संशोधन गरेर भएपनि यसलाई व्यावसायिक बनाउनै पर्छ। यसका लागि नीति निर्माताहरुको ध्यान जाओस भन्न चाहन्छु।

अन्त्यमा केही भन्नु छ ?
म्याग्दी जिल्लाको हकमा हुलाक कार्यालयहरुको सुदृढीकरण गर्नका लागि स्थानीय तहहरुले पनि चासो दिन जरुरी छ। अतिरिक्त हुलाकमा रहने कर्मचारीको हकमा प्रभावकारी मापदण्ड बनाई लागू गर्न जरुरी छ।हाल जे काम गर्दै आएका छौँ सो काम मात्र रहने हो भने यो संरचना जरुरी छैन,कार्यालय, जनशक्ति र डाँकरेखा पुनरावलोकन गरी छरितो रुपमा कायम गर्नुपर्दछ।

साथैहुलाकमा काम गर्ने कर्मचारीको मनोबल उच्च राख्ने,क्षमता विकास गर्ने, संस्थागत विकास गर्ने कार्यमा तालुक निकायहरुले ध्यान दिन जरुरी छ।हालकै काममा मात्र सीमित रहने हो भने यो क्षेत्रको व्यवस्थापन राज्यका लागि बोझ मात्र बन्न सक्छ।त्यसकारण प्रविधिको उच्चतम प्रयोग गरी प्रतिस्पर्धा, गुणस्तरीयता र विश्वसनीयता कायम गर्दैस्वायत्तता सहितको स्वरुपमा सञ्चालन गर्नु अति आवश्यक छ।आज हुलाकका सम्बन्धमा आफ्ना कुराहरु व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।

 

धवलागिरीको थप ३ करोड ३४ लाख बजेट पारित

धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।

“गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो “निर्माणाधिन अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेका हौ ।”

निर्माणाधीन प्रशासकीय भवनलाई रु. एक करोड, विपद् कोषमा रु. पचास लाख, मराङ खानेपानी योजनालाई रु. ७३ लाख ३० हजार, गुर्जा स्वास्थ्य चौकीलाई रु. २३ लाख, लुलाङ वडा कार्यालयलाई रु. १२ लाख, ताकम वडा कार्यालयलाई रु. सात लाख पचास हजार विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो ।

यी आयोजनाहरु यसअघिका आर्थिक वर्षमा ठेक्का सम्झौता भएर निर्माणाधिन थिए । चालु आर्थिक वर्षमै सम्पन्न गराउनका लागि थप बजेट बिनियोजन गरिएको हो । गत बर्खाको बाढीले क्षति पुगेका ४ वटा लघुजलविद्युत परियोजना संरक्षणका लागि रु. १५ लाख, सडक मर्मतका लागि रु. १५ लाख, ह्युमपाइप खरिदलाई रु. १० लाख, खिबाङ–खाम्ला सडकलाई रु. १० लाख ३१ हजार ६२० बिनियोजन भएको छ ।

लुलाङ आधारभुत विद्यालयलाई रु. सात लाख, गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई रु. तीन लाख, खानेपानी पाइप खरिदलाई रु. तीन लाख, बाँसबोट मोटरबाटोलाई रु. एक लाख ५० हजार, शैक्षिक प्रोफाइलको लागि रु. एक लाख पचास हजार, म्याग्दी महोत्सवलाई रु. एक लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि रु. एक लाख विनियोजन भएको छ ।

लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको सभाले वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ ।

गत असारमा भएको सोहै गाउँसभाबाट रु. ४० करोड ४९ लाख ४९ हजार बजेट बिनियोजन भएकोमा आर्थिक वर्षको छ महिनाको अवधिमा ३०.६५ प्रतिशत खर्च भएको लेखा शाखाका प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । १२४ वटा योजना मध्ये हालसम्म ८२ वटा सम्झौता र आठ वटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको योजना शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष पुनले योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य, गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

 

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।

कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेस्सी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् ।

फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो (करिब २१ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन् ।

सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो ।

रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् । उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।

उक्त समय मेस्सी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए । रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् । सन् २०११ मा गल्फ स्टेटले क्लब किनेपछि पिएसजीले जाडो याममा कतार जाने बानी बसालेको छ ।

‘म्याग्दी महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउँछ’

सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अध्यक्ष कटुवालको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित विभिन्न ३९ वटा उपसमितिहरु गठन गरेर महोत्सवको तयारीलाई अगाडि बढाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो। अध्यक्ष बेलबहादुर कटुवालसँग बेनीअनलाइनले गरेको कुराकानीको संक्षेप ः

म्याग्दी महोत्सवको तयारी कहाँ पुग्यो ?
म्याग्दीको सदरमुकाम बेनीमा पुस महिनाको २८ गतेदेखि माघ ७ गतेसम्म (१० दिन) सातौं संस्करणको म्याग्दी महोत्सवको तयारी तिब्र छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको करिब ७० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ । खुल्लामञ्चमा स्टल र स्टेज निर्माणको काम भइरहेको छ । प्रचारप्रसार, पत्रकार भेटघाट, बेनीबजार महोत्सवस्थल सरसफाइजस्ता काम भएका छन्। महोत्सवलाई भव्य, सभ्य र फलदायी बनाउने सबैखाले तयारी भइरहेको छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ । मुल आयोजकको सम्पूर्ण शक्ती महोत्सवलाई केन्द्रित गरेका छौ ।

महोत्सवको मुख्य उद्देश्य र आकर्षण के कस्ता छन् ?
महोत्सवमा हामीले म्याग्दी जिल्लाभित्रको उत्पादनलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौ । महोत्सवको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्राउने र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । म्याग्दी जिल्लाका उत्पादन, स्थानीय तहमार्फत सिफारिस गरिएकास्थानीय उत्पादनका कक्षलाई निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएकोछ ।

आकर्षणतर्फ कालीगण्डकी नदीमा –याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको छ ।त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने छ ।

महोत्सवस्थलभित्र रहेका स्टलमा सेयर बजार, वित्तिय संस्थामा खाता खोल्ने, विज्ञान र प्रविधिका गतिविधि, पालिकास्तरीय महिला पुरुष भलिबल, वडास्तरीय बास्केटबल, पुख्यौली नृत्य, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुती, रमाइलो मेला महोत्सवको आकर्षण छ । हामीले यसअगाडी बि.स२०६०, २०६२, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवं माघेसङ्क्रान्ति मेला लगाइएकोमा त्यसबाट थप नयाँ सिक्दै अहिले केही नयाँपन दिने तयारीमा छौ ।

 

कोरोनाको लहरपछि पहिलोपटक महोत्सव हुदैंछ, यो बेलामा आर्थिक मन्दी छ, महोत्सव सफल बनाउन थुप्रै चुनौती देखिन्छ त ?
कोभिड १९ को दोस्रो लहर कम भएसँगै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेको छ । कोरोना महमारीका कारण पर्यटक आगमन शुन्य भएको क्षेत्रमा समेत महोत्सवले चहलपहलमा सघाउँछ । अर्कोतर्फ आर्थिक मन्दीले थलिएको व्यवसायलाई पुनरुत्थान गर्नका लागि पुनः प्रचार प्रसारलाई जोड दिन समेत महोत्सवलाई हामीले माध्यम बनाउने छौ । महोत्सवमा आन्तरिक क्षेत्रमै आर्थिक गतिविधि केन्द्रित हुने गरी स्टलदेखि बजारसम्म ब्यवसायीलाई उत्साहित बनाउने तर्फ केन्द्रित भएका छौ । महोत्सवले जिल्लाभित्रको आर्थिकलाई पलायन बनाउन सघाउँछ भन्ने सन्देशलाई हामीले यसपटक जिल्लाकै ब्यवसायीले लाभ लिने र बजारमा चहलपहल हुने गरी धेरै प्रयत्न गरेका छौ । त्यसैले चुनौती धेरै भएपनि महोत्सव आर्थिक कारोबार, बजारलाई चलायमान बनाउन सघाउने छ ।

जिल्लाको अर्थतन्त्रमा कस्तो असर पार्ला ?
मैले यसअगाडी नै प्रष्ट पारेको छु । महोत्सव आर्थिक कारोबारलाई चलायमान बनाउने, ब्यवसायीलाई उत्साहित बनाउने र मनोरञ्जन सहित जिल्लाभित्रका उत्पादनलाई एकै ठाउँमा खरिदबिक्रीलाई सघाउने अवसर हो । महोत्सव हुँदा म्याग्दीको ग्रामिण क्षेत्रको स्थानीय उत्पादनले बजार पाउने छ । कृषि, हस्तकला सहित अन्य उत्पादनको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ । सम्रग महोत्सवमा करिब ३ करोडभन्दा धेरै कारोबार हुन्छ ।

अर्कोतर्फ महोत्सवको अवलोकन गर्न आउनेहरुले नजिकैको धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन समेत गर्ने अवसर मिल्छ । धार्मिक र पर्यटनको हव बेनीबजार आसपासका क्षेत्रसँगै कालिगण्डकीमा हुने जलयात्राले पनि नयाँ सन्देश प्रवाह गर्नेछ । गलेश्वरबाट दोभान हुदै मालढुंगासम्म नियमित जलयात्रा सञ्चालन हुने भएकाले यसपटकको महोत्सवले दिर्घकालिन सन्देश प्रवाह गर्नेछ । जलयात्राका लागि ब्यवसायीलाई हामीले प्रोत्साहन गरेकाले सफल हुनेछौ । सम्रगमा भन्नुपर्दा महोत्सव आर्थिक कारोबार र सम्भावनाको खोजीका लागि कोशेढुंगा सावित हुने छ ।

कालिगण्डकी नदीको म्याग्दी खण्डमा सिजनमा नियमित जलयात्रा सम्भव छ ?
छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (¥याफटिङ्ग) सञ्चालनका लागि विगतमा पनि धेरै अध्ययन भएको थियो । यसपटक बेनी नगरपालिका–८,कालीपुलमा हालै सञ्चालनमा आएको कालीगण्डकी होटलका सञ्चालक गमबहादुर पुनले अग्रसर लिनुभएको छ ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगमस्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने भएकाले गलेश्वरदेखि मिमीसम्मको तीनवटा प्याकेट तयार गरिएको छ।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुदै स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ।लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ ।

एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेकाले अब हामीले पनि मंसिरदेखि बैशाख महिनासम्म नियमित सञ्चालन गर्न आर्थिक,भौतिक र नैतिक सहयोग गर्नेछौ ।

मेला महोत्सवले विकृति पनि फैलिने गरेको भन्ने गुनासो सुनिन्छ, तपाईले यसलाई कसरी लिनुहुन्छ ?
उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित हामीले म्याग्दी महोत्सवको आयोजना गरेका छौ। महोत्सवले विकृति मौलाउँछ, आनिवानी परिवर्तन गर्छ भन्दै तर्क गर्नेहरूलाई हामीले अहिलेसम्म म्याग्दी महोत्सवबाट भएका राम्रा अभ्यास र जिल्लाबासीले प्राप्त गरेको लाभका बारेमा समेत बुझ्न अनुरोध गर्दछु। म्याग्दी महोत्सव विगतमा पनि मनोरञ्जन लगायतका गतिविधिमा मात्रै केन्द्रित भएको छैन् ।

महोत्सवकै बेलामा सदरमुकाम बेनीमा बहुउदेश्यीय मैदान निर्माण भएको छ भने लभ्लीहिल जाने पदमार्ग, जिल्लाभित्र विभिन्न पूर्वाधार निर्माणमा समेत म्याग्दी उद्योग वाणिज्य संघले भूमिका खेलेको छ । हामीले म्याग्दी भ्रमण बर्षलाई बर्षभरी अभियानको रुपमा सञ्चालन समेत गरेका थियौं । महोत्सवका नाममा बिकृति फैलिएको अवस्थामा हामीले यसको नियन्त्रणमा हामीले सबै ध्यान दिन्छौ । त्यसैले महोत्सवलाई नकारात्मक चस्मा लगाएर हेर्नु हुदैन् । विगतका हरेक महोत्सवमा नयाँपन पक्कै छ । यसपटक पनि हामीले स्टलदेखि स्टेजसम्म नै नयाँपन दिने प्रयासमा छौ । महोत्सवका नाममा जे बिकृति छ। त्यसलाई नियन्त्रण गर्ने र समाजलाई सकारात्मक सन्देश दिन सबैको साथ र सहयोग आवश्यकता पर्छ । महोत्सव बिकृति फैलाउने खालको नभएर सकारात्मक सन्देश दिने खालको हुन्छ ।

महोत्सवमा केही कलाकारको प्रस्तुती समेत विकृति भित्राउने गरेको छ, यसपटक कलाकार छनौट कसरी हुदैछ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । म्याग्दी महोत्सवमा हामीले बिकृती फैलाउने, स्टेजबाट उत्तेजित हुने कलाकारलाई अवसर दिने छैनौ ।म्याग्दी महोत्सवले म्याग्दीको संस्कृतिको प्रर्वधन समेत गर्ने भएकाले यसपटक हामीले म्याग्दीको पहिचान मानिएको पुख्यौली नाच, हनुमान नाच सहित लोकसंगीतलाई प्रर्वधन गर्न सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक गण्डकी आइडलको समेत आयोजना गरिएको छ ।

स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएकाले राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने भएपनि बिकृती फैलाउने कलाकारलाई निषेध गरिएको छ । हामीले स्थानीय कला र संस्कृतिको पहिचान र प्रचारमा सघाउने थप नयाँ केही योजनाहरु समेत बनाएको तपाईमार्फत जानकारी गराउन चाहन्छौ ।

अन्त्यमा केही भन्नु छ ?

यो अवसरका लागि धन्यवाद । म्याग्दीमा विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वसँगै म्याग्दी महोत्सवले समेत मौलिकता, परम्परा र सांस्कृतिकको जर्गेनामा सघाउने छ । महोत्सवलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ । महोत्सवलाई सफल बनाउन थप साथ र सहयोगको अपेक्षा समेत गर्दछौ ।