Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 682

यसरी लगिदैछ रामको प्रतिमा बनाउन कालिगण्डकीबाट शिला

भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने भगवान रामको प्रतिमाका लागि प्रसिद्ध नदी कालिगण्डकीबाट शालग्राम शिला लगिदैछ । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत म्याग्दीको बेनी नगरपालिका वडा नं ६ ठुलोपहिरो नजिकै कालिगण्डकी नदीको तिरमा १८ टनको क्वाजराईट र १० टनको क्याल साइट नामक शिलाको पहिचान गरिएपछि विधिपूर्वक उत्खनन्को तयारी सुरू गरिएको हो ।

करिब एक महिनाको स्थलगत अवलोकन तथा स्थानको पहिचान गरेपछि प्राविधिक टोलीले करिब १ हजार बर्ष टिकाउ हुने शिलाको पहिचान गरेपछि धार्मिक विधिको प्रयोग गरी लैजाने तयारी अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

शिलाको अवलोकन गर्न नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसहितको टोली नै शिला उत्खनन् स्थलमा पुगेर फर्किनुभएको छ । शिला भेटिएको स्थानको पहिचान गरी जनकी मन्दिरमा महन्थ, राम मन्दिरमा प्रतिनिधि सहितको उपस्थितीमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले क्षमापूजा सहितका अन्य धार्मिक कार्य गरेपछि एक साताभित्र शिलालाई जनकपुरधाम पु¥याइने छ ।

गत साउनमा अयोध्या भ्रमणमा गएका ने अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीरामजन्मभूमितीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा आफ्नो अयोध्या भ्रमणको बारेमा जानकारी गराउँदै निधीले त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकीमन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राममन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखेका थिए ।

निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएपछि नेपालफर्के पछि निधीले नेपाल सरकारलाई भारतीयपक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले शिला उत्खनन् गरी एतिहाँसिक राम मन्दिरमा लैजाने कार्यपछि उक्त स्थानलाई कालिगण्डकी नदीमा स्नान गर्न सहज हुने स्थल सहित आवश्यक संरक्षणमा समेत चासो देखाएको समेत मेयर केसीको भनाई छ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको छ ।

स्टुडेन्ट भाइब्स लाई सिड्नीको हार्बर कलेजको सम्मान

अस्ट्रेलियामा शैक्षिक परामर्शको क्षेत्रमा प्रतिष्ठित मानिएको स्टुडेन्ट भाइब्स सम्मानित भएको छ । उच्चशिक्षा तथा शैक्षिक परार्मशको क्षेत्रमा लामो समयदेखि सक्रिय अष्ट्रेलिया जान चाहने नेपाली बिद्यार्थीहरूको रोजाईमा परेको स्टुडेन्ट भाइब्सलाई सिड्नीमा रहेको अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजले सन् २०२२ उत्कृष्ट एजेन्टको रूपमा सम्मानित गरेको हो ।

कानुनी प्रक्रिया, शैक्षिक गन्तब्य बारेमा प्रष्ट पार्ने तथा विद्यार्थीलाई आफ्नो रोजाई अनुसारको परार्मशदाताको रुपमा फरक पहिचान बनाउन सफल भएको स्टुडेन्ट भाइब्सलाई प्राप्त सम्मानले थप उर्जा थपिएको संस्थापक निर्देशक बद्री बरुवालले बताउनुभयो। ‘हामीले आफ्नो पहिचान बनाउने प्रयासमा छौ,‘यो सम्मानले जिम्मेबारी पनि थपिएको छ’ बरुवालले भन्नुभयो। स्टुडेन्ट भाइब्सले काठमाण्डौमा समेत शाखा सञ्चालन गरेको छ ।

उक्त संस्थामार्फत म्याग्दीमा आर्थिक अभावका कारण समस्यामा परेका म्याग्देलीको उपचार, विपन्न बालबालिकालाई शैक्षिक यात्रामा सहयोग लगायत खेलकुद र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्ने गरेको छ ।

स्टुडेन्ट भाइब्सका संस्थापक अध्यक्ष रहेको रेखा मेमोरियल ट्रष्टमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरेको छ । अस्ट्रेलियामा स्टुडेन्ट भाइब्सले पहिलोपल्ट ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेर समेत नेपाली विद्यार्थीमाझ लोकप्रियता कमाएको थियो ।

के हामी सुन्दर छौँ ?

म कुनै साहित्य सिर्जना गरिरहेकी छैन नेपाललाई सुन्दर र नेपालीलाई बहादुर भन्नलाई। म मैले भोगेको र देखेको नेपालका बारे लेख्दैछु जुन बुझ्नसक्ने प्रत्येक नेपालीलाई थाहा छ। आफ्ना समस्या वास्तवमा हामी आफूलाई बाहेक अरूलाई थाहा हुँदैन।

अरूले त अड्कल मात्र लगाउँछन्। कसैले सुन्दर भन्दैमा हामी यत्ति सजिलै कसरी मान्न सक्छौ कि हामी सुन्दर छौ। कसैले राम्रो भनिदिए हामी आफूलाई राम्रो ठान्छौ नराम्रो भनिदिए नराम्रो नै ठान्छौ हामी आफैंलाई थाहा छैन कि हामी कस्ता छौ।

थाहा छैन ,जसले जे भनिदियो त्यही मान्ने हामी कहिले देखि भयौं र कहिले सम्म हुन्छौं । नेपाल सुन्दर छ , नेपाली सुन्दर छन् तर नेपालका नेता भ्रष्ट छन् त्यसैले देशको विकास हुन नसकेको हो भन्ने भनाइ प्राय हामी सबैले सुनी नै रहेका हुन्छौ।

जसलाई हामी मान्छौ पनि किनकि हामीलाई सुन्दर भनिएको छ। हामीलाई प्रश्न गर्नु छैन हामी कसरी सुन्दर भयौं । हामीलाई सुन्दर शब्दले यति धेरै लालायित बनाउँछ कि हामीलाई अर्थ बुझ्ने झन्झट गर्नु छैन। नेता हामी बिचबाट नै जन्मिएको व्यक्ति हो। हामी सुन्दर व्यक्तिहरू माझबाट असुन्दर व्यक्ति , देश बिगार्ने व्यक्ति कसरी जन्मियो। राम्रो व्यक्ति माझबाट झन राम्रो व्यक्ति जन्मिनु पर्ने होइन र। किन राम्रा व्यक्तिहरूले नराम्रा व्यक्ति छान्यौ।

व्यक्तिको व्यवहार र विचारमा उ हुर्केको परिवार , समाज र देश स्पष्ट झल्कन्छ। उसले पाएको संस्कार अनुसार उसले आफूलाई ढाल्छ। व्यक्ति आज खराब छ भने पक्कै उ खराब मान्छे बिच खराब वातावरणमा हुर्किएको हुनुपर्छ ।

नेता खराब हुनु भनेको प्रत्येक्ष अप्रत्यक्ष रूपमा जनता खराब हुनु हो। हामी यो स्विकार्दै नौ किनकि हामीलाई कसैले सुन्दर भनिदिएको छ। अहिले हाम्रो देश नेपालको स्थिती हेर्दा,भर्खर जन्मेको बच्चा देखि काम गर्न नसक्ने बृद्ध प्रत्येक नेपाली नागरिकको टाउकोमा ६७,००० ऋण छ।

बाउले लगाएको ऋणलाई मैले लिएको होइन भनेर छोराछोरी तर्कन सक्दैनन्। बाउ आफ्नो भएपछि उसले लगाएको ऋण पनि आफ्नो हुन्छ। साथै त्यसलाई तिर्नुपर्ने जिम्मेवारी हुन्छ। ऋणको भारले थिचिएर हामीले टाउको उठाउन सकिरहेका छैनौं। नेपालमा केही हुन्न कमाउन र प्रगति गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकता दिनप्रतिदिन घट्नुको साटो बढि नै रहेको छ। पढाइमा राम्रो भएकाको पहिलो रोजाई युरोपका देशहरू हुन्छन्। केही सरकारि जागिरमा भिड्छन् । बाँच्नु त पर्यो बाँच्नलाई अहिलेको समयमा अक्सिजन सराबर कमाई चाहिन्छ त्यसैले हानिन्छन् केही खाडि मुलुक तिर। कृषि प्रदान देशमा कृषि कर्म गर्ने युवा छैनन् बराबर छन्। मसँग ११/१२ कक्षा सँगै पढेका साथीमा ५०/६० % पढ्ने र कमाउने नाममा बिदेश गइसके । बाँकी रहेका मध्ये केही अझै प्रयास गर्दैछन्।

नेपालमा नै बस्छु यहि गर्छु भन्ने त मुस्किलले २०/२५ % मात्र हौला। देशको स्थिति के छ डाटा हेर्यौ भने सजिलै थाहा हुन्। सरकारि जागिरमा भएको प्रतिस्पर्धा हेरेर नै थाहा हुन्छ। मेरो देशको स्थिति के छ? योग्यता भएका काम गर्न इच्छुक नागरिक कति छन्। १ पोस्टका लागि हजारौंको सङ्ख्यामा आवेदन पर्छन्।

एउटा मात्र छानिन्छ बाँकी अघोषित अयोग्य ठहरिन्छन्। हाम्रो देश यो स्थानमा पुग्नमा सबैभन्दा दोषी हाम्रो शिक्षा पद्धति र संस्कार छ। उधमि बन्ने भन्दा पनि हामीलाई जागिर खाने शिक्षा दिइन्छ। पाठ्यक्रममा चाहिने कुरा भन्दा नचाहिने अव्यावहारिक कुरा बढि समाबेश गरिएको छ।

हाम्रो योग्यता नम्बर निर्धारण गर्ने भएकाले हामीलाई शिक्षकहरूबाट नयाँ कुरा सिकाउने भन्दा पनि नम्बर ल्याउने तरिकाले पढाइन्छ। हामी विद्यार्थीलाई पनि परिक्षामा नआउने कुरा पढ्न नपरे हुन्थ्यो जस्तो लाग्छ। परिक्षामा आउँदैन भने पाठ्यक्रममा समाबेश भएका कतिपय बिषयबस्तु नपढी छोडिन्छ।

अन्तिम परीक्षा दिएर पास भएसँगै सबै आएको मानिन्छ तर हाम्रो यसरी पढ्ने परिपाटी छ कि अघिल्लो बर्ष बढेको अधिकांश विद्यार्थीलाई अहिले थाहा हुन्न अघिल्लो बर्ष के पढियो भनेर। मेरो कुरा गर्दा मलाई १७/१८ बर्ष देखि नै आफ्नो लागि कमाई आफै गर्ने चाहना थियो ।

अहिले ४/६ बर्ष पछाडि पनि म त्यही स्थानमा छु जहाँ ४/६ बर्ष पहिले थिए। मेरो हातमा शैक्षिक योग्यता बाहेक केही छैन। म जस्ता काम गर्न इच्छुक तर शैक्षिक योग्यता बाहेक अन्य सीप नभएका अल्मलीएका युवा लाखौंको सङ्ख्यामा छन्। मान्छेलाई निहुँरिएर हिड्न , हजुर हजुर भन्न दुख र समस्याले बाध्य गराउँछ। कि बलियो बन्न सक्नुपर्छ नभए कमजोर भएपछि बाँच्नका लागि हजुर हजुर भन्नु नै पर्छ। हामीले बाँच्नका लागि गरेको हजुर हजुर कसैलाई सुन्दर लाग्छ भने यसमा खराबी त केही छैन तर हामीलाई थाहा हुनपर्छ आफ्नो वास्तविकता।

हाम्रो देश प्राकृतिक रूपमा त सुन्दर छ यसलाई आर्थिकरूपमा सुन्दर बनाउने आत्मनिर्भर बनाउने जिम्मा हामी प्रत्येक नेपालीको हो। यसका लागि सुरूमा आफ्नो वास्तविकता स्विकार गर्नुपर्छ त्यसपछि विस्तारै आफ्नो सोच परिवर्तन गर्नुपर्छ नेपालमा केही हुन्न भन्ने सोचलाई नेपालमा नै केही गर्छु भन्नेमा बदल्नुपर्छ। भनिन्छ सुरूवात गर्न कहिल्यै पनि ढिलो हुँदैन त्यसैल अहिले सुरूवात गरियो भने अबको २०/२५ बर्षमा हामीले हाम्रो मुहार फेर्न सक्छौ।

ऋण र अनुदानमा पालिएको देशबाट ऋण र अनुदान दिने देश बनाएर वास्तविक सुन्दर देशको परिचय दिने जिम्मा हाम्रो हो र हामी सक्छौं । समय लाग्ला तर आआफ्नो ठाउँमा राम्रो काम गर्न सुरूवात गरियो सम्भव छ त्यो पनि हाम्रै पालामा। हामीलाई कसैले सुन्दर भनिरहनु पर्दैन हामी त्यसै सुन्दर हुनेछौं । कान्ति।

जलजलाको गाउँसभा स्थगित

पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेपछि २०७९ माघ २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । “आज उपस्थित नभएका गाउँसभा सदस्यहरुसँग छलफल गर्छौ,” उहाँले भन्नुभयो “गाउँसभा सञ्चालन कार्यबिधि अनुसार माघ २ गते बैठक बोलाएका छौ । सो बैठकमा पनि आउनु भएन भने ४ गते हुने बैठकमा जति उपस्थित हुुनुहुन्छ त्यतीको आधारमा प्रस्ताव पारित गर्छौ ।”

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सभामा उपस्थित नभएका हुन् । नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित १९ जना जनप्रतिनिधिहरु सहभागि भएका थिए । सभामा उपस्थित नभएका कार्यपालिका सदस्य भिमसेन बराइलीले अध्यक्षले कार्यपालिकाका विषयगत समितिलाई हस्तक्षेप गरेको, एकलौटी ढंगले चलेको र विश्वास घात गरेकाले बहुमत सदस्यहरुले बहिस्कार गरेको बताउनुभयो ।

कार्यबिधि अनुसार गाउँपालिकाको बैठक र सभा सञ्चालन नभएको तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली प्रतिपनि आफूहरुको असहमति रहेको कार्यपालिका सदस्य बराइलीले बताउनुभयो ।अध्यक्ष आचार्यले भने राजनीतिक पूर्वाग्रह साध्न बहुमतको दम्ब देखाउने, गाउँपालिकाको गतिबिधिलाई प्रभावित बनाउने प्रयास भएकाले कार्यबिधि अनुसार अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभो ।उपाध्यक्ष दिपक आचार्य (आकाश)ले सभामा नआएका कार्यपालिका र गाउँसभा सदस्यहरुसँग छलफल भैरहेको बताउनुभयो ।

बेनी नगरपालिकाको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित

????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप भएको शशर्त अनुदान र कार्यपालिका बैठकबाट बिनियोजन गरिएको रु. पाँच करोड सात लाख ८६ हजार १४३ समावेश गरि रु. ७८ करोड २९ लाख ८६ हजार १४३को बजेट प्रस्ताव गर्नुभएको थियो ।


चालु तर्फ रु. ४९ करोड २७ लाख ९८ हजार र पुजिगत तर्फ रु. २९ करोड १ लाख ८८ हजार १४३ प्रस्तावित बजेट पारित भएको हो । सभाले सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कुमार कर्माचार्यले जानकारी गराउनुभएको निर्णय र न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ । उपप्रमुख लामिछानेले ५६ वटा योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा थप रु. दुइृ करोड ६४ लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । १२ वटा योजनाको शिर्षक संसोधन भएको छ । नगर प्रमुख सुरत केसीले अधुरा आयोजनालाई पूर्णता दिन र माग भएका अतिआवश्यक योजनाहरुलाई सम्बोधन गरिएको बताउनुभयो ।

यसअघिको सभाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च शिर्षकमा बिनियोजन गरेको रु. एक करोड १२ लाख बजेट कटौति भएको छ । सो शिर्षकमा रु. १३ करोड बिनियोजन भएकोमा नगरसभाले रु. १२ करोड एक लाख कायम गरेको हो । सो शिर्षकको चालु खर्च उपशिर्षकमा रु. दश करोड पाँच लाख बीस हजार बिनियोजन भएकोमा बढाएर रु. ११ करोड १८ लाख पु¥याइएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च शिर्षकको उपशिर्षक २ मा पुजिँगत तर्फ रु. ७८ लाख बिनियोजन भएकोमा रु. पाँच लाख थपेर ८३ लाख पु¥याइएको छ ।

थप भएका कार्यक्रमहरु मध्य १ नम्बर वडाको भवनमा सभाहल बनाउन रु. दश लाख, बेनी भकुण्डे वडा कार्यालय विस्तारका लागि रु. दश लाख, हाडेभिर बगरफाँट सडक विस्तार रु. १५ लाख, भकिम्ली स्वास्थ्य चौकी भवन निर्माण रु. दश लाख रहेका छन् । तातोपानी तल्लो बजार सडक मर्मतका लागि रु. दश लाख, आवाचोकमा स्तम्भ र पार्क निर्माणमा रु. १२ लाख पचास हजार, बेनी बजार व्यवस्थापनलाई रु. दश लाख, पात्लेखेतको बगालेखोला सडक स्तरोन्नतिमा रु. दश लाख, दिवंगत वडा सदस्य कृष्ण कार्कीको स्मृतिमा अर्जुन माविमा सरस्वती मन्दिर बनाउन रु. पाँच लाख, द्धन्द्धकालको पोल संरक्षण र विकासमा रु. पाँच लाख र निजी आवास पुननिर्माणमा रु. सात लाख बिनियोजन भएको छ ।
११ नगरसभाबाट पारित भएका ३५० योजना मध्य हालसम्म २२ वटा योजना सम्पन्न र ७५ वटाको सम्झौता भएको नगर उपप्रमुख लामिछानेले जानकारी गराउनुभएको थियो । चालुतर्फ बिनियोजन भएको मध्ये हालसम्म ३९.५४ प्रतिशत अथवा रु. १९ करोड १८ लाख १४ हजार २८ खर्च भएको छ ।

पुजिगततर्फ ७.६८ प्रतिशत अथवा रु. दुई करोड तीन लाख ३ हजार ९७९ खर्च भएको छ । आन्तरिक आयतर्फ रु. चार करोड ३३ लाख २३ हजार अनुमान गरिएकोमा हालसम्म ४४.०२ प्रतिशत अथवा रु. एक करोड ९० लाख ६९ हजार ६०० संकलन भएको नगरसभामा जानकारी गराइएको थियो । न्यायिक समितिका सदस्य जिसीले अघिल्लो आर्थिक वर्षको ९ वटा र यस वर्ष १८ वटा उजुरी दर्ता भएकोमा १९ वटा फस्यौट र ५ वटा प्रक्रीयामा रहेका जानकारी दिनुभयो ।

राजस्व बक्यौता असुल उपर गर्न तथा आन्तरिक आय बढाउन करको दरलाई यथावत राखी दायरा बृद्धी गर्न पहल गरिएको भाडा निर्धारण तथा राजस्व वक्यौता असुल उपर समितिका संयोजक कर्माचार्यले जानकारी दिनुभयो । नगरसभा सदस्य रमेशकुमार श्रेष्ठ, रमेश पुन, सन्दिप खत्री, गणेश सुवेदी, चन्द्रकान्त रिजाल लगायतले छलफलमा भाग लिनुभएको थियो । नगरप्रमुख केसीले बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जुट्न नगरसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उक्त अवसरमा बेनी नगरपालिकाले सात जना कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई सम्मान सहित पुरस्कृत गरेको छ । बेनीमा शुक्रबार भएको बाहै नगरसभामा जनही नगद रु. पाँच हजार र प्रमाणपत्र प्रदान सहित पुरस्कृत गरिएको हो ।

सूचना प्रविधि अधिकृत खिमबहादुर क्षेत्री, सब इञ्जिनियर कमल थापा मगर, सिनियर अहेब हरिलाल अधिकारी, वडा सचिव प्रकाश आचार्य, चन्द्रोदय आधारभूत विद्यालय भकिम्लीका शिक्षक शान्ता कुमारी राना, बाल मन्दिर आधारभूतका प्रअ सुरेन्द्र केसी र कार्यालय सहयोगी चक्रबहादुर बानियालाई पुरस्कृत गरिएको हो ।नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कर्मचारीहरुलाई प्रोत्साहनका लागि पुरस्कृत गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

जन्मदिनको अवसरमा ५१ विद्यार्थीलाई शैक्षिक पोशाक सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई हाल यूकेमा रहनुभएका कृष्ण तुलाचनले शुक्रबार आफ्नो जन्मभूमि दानामा रहेको ज्ञानप्रकाश माविका ५१ जना विद्यार्थीलाई ६१ हजार २ सय बराबरको शैक्षिक पोशाक ट्रायक, टिर्सट र पाइन्ट सहयोग गर्नृुभएको छ ।

विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा २ सम्म अध्ययनतर ५१ जना विद्याथीलाई अभिभावकको उपस्थितीमा समाजसेवी तुलाचनका आफन्त कविन तुलाचन र रस्मी तुलाचनले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

हरेक जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयो गर्ने गर्नुभएका समाजसेवी तुलाचनका बारेमा प्रधानाध्यापक शान्त नेपालीले जानकारी गराउनुभएको थियो ।

विद्यालयको भौतिक पूर्वाधार, छात्रबृत्ती, खेलकुद लगायत विभिन्न पक्षमा समाजसेवी तुलाचनको ठूलो योगदान रहेको प्रअ नेपालीले बताउनुभयो ।‘पछिल्लो आधादशक यता हामीले म्याग्दीकै बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाइरहेका छौ,‘हरेक बर्ष अभावमा गुज्रिएका विद्यार्थीमाझमै जन्मदिन मनाउने योजना छ’ तुलाचनको भन्नुभयो ।तुलाचनले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो।

समाजसेवी तुलाचनको सक्रियतामा दानाको धार्मिक क्षेत्रमा समेत लाखौं सहयोग गरिएको छ । जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष लेप्टन बेलबहादुर पुर्जा, स्वागत तथा जानकारी प्रअ शान्त नेपाली र सञ्चालन सहायक प्रअ रेगुन खत्रीले गर्नुभएको थियो ।

 

२० बर्षपछि बेनीमा देखाइयो हनुमान नाच (भिडियो)

म्याग्दीको सदरमुकाम बेनीबजारमा दुईदशकपछि ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाच प्रर्दशन गरिएको हो ।

नेपाल भाषा मंकाःखलले नियमित प्रशिक्षण दिएर स्थानीय यूवा तथा अग्रजहरुको सक्रियतामा महोत्सवको उद्घाटन सत्रमा हनुमान नाच देखाइएको नेपाल भाषा मंकाःखलका निर्वतमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।हनुमान नाचमा सबैभन्दा कम उमेरमा अप्रिमसँगै ५८ बर्षिय सरोज श्रेष्ठ लगायतका कालाकार थिए ।

कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्यलाई महोत्सवको आर्कषकको रुपमा प्रस्तुत गरिएको थियो ।

हनुमान नाचमा सहभागी अप्रिन श्रेष्ठ उमेरले १३ बर्षको भएपनि आफुँ जन्मिुनभन्दा अगाडी नै बन्द भएको नाच पुनः सुरु हुने जानकारी पाएपछि नियमित प्रशिक्षणमा सहभागिता जनाउनुभएको थियो । हुनमान नाचमा सबैभन्दा कम उमेरमा अप्रिम श्रेष्ठ, १८ बर्षिय जोनसन श्रेष्ठका साथै सबैभन्दा पाका ५८ बर्षिय सरोज श्रेष्ठको उपस्थिती रहेको थियो ।

हनुमान नाच सम्बन्धि विभिन्न लेखरचनामार्फत प्रचारप्रसारमा सक्रिय अजयमिलन श्रेष्ठका अनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ ।

बेनीमा यसअगाडी बि.स २०५७ साल र सन् २००७ मा म्याग्दी जेसीजको ख सम्मेलनमा भाँकी मात्रै प्रर्दशन गरिएको नेवार समुदायका अगुवा सञ्जयकुमार श्रेष्ठले बताए ।हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् ।

भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।

नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन्। नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।

सदरमुकाम बेनीमा आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको म्याग्दी पुस्तकालयको सहयोगार्थ निकाली पुस्तकालय व्यवस्थापनमा अर्थ संकलन गरिएको थियो भने तत्कालिन समयमा बेनी माई भगवती मन्दिर पुनः निर्माणार्थ प्रदर्शन गरी उल्लेख्य आर्थिक सहयोग जुटाइएको थियो ।

म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे ३ सय बर्ष अगाडी मानवबस्तीको विस्तारको क्रममा ठेमंगल (घण्टाकर्ण) देखि तीजपर्वसम्म वर्षेनाच अन्तर्गत बर्षेनी गरिने लाखेनाच, रोपाइ नाच, नागानगिनी नाच, जोगी नाच, घोडे नाच, ठेट्टरनाच आदिका आ–आफ्नै महत्व र विशेषता छन् ।

सन्दीप लामिछाने भोलि मात्र रिहा हुने

क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) मात्र रिहा हुने भएका छन्। बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपनि उनी भोलि मात्र रिहा हुने भएका हुन्। उच्च अदालत पाटनका सूचना अधिकृत देवेन्द्र पौडेले उच्च अदालतले दिएको आदेश भोलि बिहान जिल्ला अदालत काठमाडौंमा पठाउने र त्यसपछि कारागारसम्म पुग्ने हुँदा बिहीबार नछुट्ने बताएका हुन्।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

’जातजातिको पहिचान’ देखाउँदै सुरु भयो ’सातौं म्याग्दी महोत्सव’

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ । बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरे। प्रमुख अतिथि तिमिल्सिनाले महोत्सवले आर्थिक तथा कला र संस्कृतिको जर्गेना गर्ने बताए ।           

महोत्सवको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले कृषि, पर्यटन र जलविद्युत म्याग्दीको प्रमुख आधार भएकाले आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी तथा सरकारी निकायको बलियो सहकार्य आवश्यकता रहेको बताएका थिए । कोरोना, आर्थिक मन्दी लगायतका कारण आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यजनर गरी राहत तथा सहुलीयतका योजनाहरु ल्याउनुपर्नेमा जोड दिइएको थियो ।महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषा सहित बेनीबजार परिक्रममा गरिरएको हो ।

महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ ।बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको हो । विगतमा कोरोना भाइरसृका कारण महोत्सव स्थगित भएकोमा यसपटक सहज वातावरण भएकाले आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा भेषभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कुटवालको भनाई छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ।

यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको महासचिव अमित बानियाँले बताए। यसपटकको महोत्सवमा जिल्लाभित्रका विभिन्न जातिय संघसंस्थाको उत्साहजनक उपस्थिती रहेको थियो ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।

सुरू भयो सातौं म्याग्दी महोत्सव (फोटो फिचर)

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आजदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ । बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको अवसरमा बेनीबजारमा प्रभातफेरी कार्यक्रम सुरु भएको हो ।
महोत्सवमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषा सहित बेनीबजार परिक्रममा गरिरएको हो । महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक बेलबहादुर कटुवालले बताउनुभयो ।
१० दिनसम्म म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको मुल आयोजक म्याग्दी उवासंघले जनाएको छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ ।
म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।
म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो ।