Saturday, June 28, 2025
25.9 C
Beni
25.9 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 698

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।

फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्‍यो।

अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।

फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेसी र एन्जल डि मारियाले गोल गरेका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन्।

खेल सकिन १० मिनेट बाँकी हुँदा फ्रान्सका लागि केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए। निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

एम्बाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए। कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे।

अतिरिक्त समयको १ सय ९ अ‍ौं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।  मेसीको रिवाउण्ड प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो। केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा फ्रान्सलाई बराबरीमा ल्याए।Setopati

ताकम निर्माणधिन अस्पताल अझै अलपत्र

????????????????????????????????????

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजना अलपत्र परेको छ। निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणाधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।

गत वर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायी अहिलेसम्म पनि काममा नफर्किएपछि गाउँपालिकामार्फत ताकेता गरिएको ताकमका वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए। पालिकाकै गौरवको आयोजनालाई निर्माण व्यवसायीले अधुरो र अलपत्र छाडेपछि पटक–पटक फोन र पत्रमार्फत ताकेता गरिएको वडाध्यक्ष खत्रीले बताए।

भवन निर्माणको लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बाग्लुङले रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता गरेको थियो।

निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको जम्मा २० प्रतिशत भौतिक प्रगति भएको छ। ठेकेदार कम्पनीले अहिलेसम्म जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याई भुइँ ढलानको डिपिसीको काम मात्रै सकेको छ।

भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भए पनि अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा नफर्किएको गाउँपालिकाका सबइन्जिनियर लोकेन्द्र रावलले जानकारी दिए।

कम्पनीले गाउँपालिकाबाट ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ। ताकममा निर्माण हुने उक्त दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ, बहिरङ, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ।

कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल

कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो ।

अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याउनुभएको हो । हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आउनुभएको थियो ।

यो होटल सञ्चालनमा आएपछि मुस्ताङ, घोरेपानी, पुनहिललगायतका पर्यटकीय स्थलको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो ।

होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको ५७ वटा कोठा छन् । होटल सञ्चालनमा आएसँगै पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्न थालेका छन् ।  करिब आठ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापनसहित तीन वर्षको अवधिमा होटललाई आवश्यक पर्ने छ तलाको भवन निर्माण गरेको उहाँले बताउनुभयो ।

होटलमा एक दिनमा करिब दुई सय जनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो ।

लगानीअनुसारकै स्तरीय सेवासुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताउनुभयो । पार्किङसहित दृश्यावलोकनका लागि कृत्रिम झरनालगायतका आकर्षक भौतिक संरचना निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट सञ्चालन गरिएको छ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसमेत गर्न सकिने सुविधा रहेको छ ।

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरि क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताउनुभयो । ठूलो होटल खुलेपछि तातोपानीका पर्यटन व्यवसायी उत्साहित बनेको उहाँले बताउनुभयो ।

“म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ । बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकलाई आरामदायी सुविधासहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन्,” शेरचनले भन्नुभयो ।होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ ।

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरूको चाप बढ्ने र पर्यटकहरूको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । म्याग्दीको पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले करोडौँ लगानी गरेर आफूले होटल सञ्चालन गरेको सञ्चालक हमालले बताउनुभयो । होटलमा ६० जनालाई रोजगारीसमेत दिएको उहाँले बताउनुभयो ।  साभार: आजकाे गाेरखापत्र दैनिकमा समाचार छ

म्याग्दीको दरवाङ-धारापानी सडक स्तरोन्नति तीव्र

पश्चिम म्याग्दीलाई सदरमुकाम बेनी लगायत देशका विभिन्न शहरसँग जोड्ने सडकको कालोपत्रे गर्ने योजनाका साथ स्तरोन्नतिको भइरहेको छ। दरवाङदेखि धारापानी सम्मको सात किलोमिटर  सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ। मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा सात किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ। दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो।

साढे दुई वर्षअघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नति थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार योजनामा अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको छ।

यसअघि निर्माण गरिएको साँघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर सडक ग्राभेल गर्ने योजना रहेको उनले बताए। यो सडक बेनी –दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत पर्छ। धवलागिरि गाउँपालिका ७ स्थित बादिकाका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो।

सडक चौढा पार्ने,बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साघुँरा घुम्तीलाई चौढा पार्ने,नाली,मेसनरी वाल र ग्राभेल गर्नेगरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो। बादिकाको भीर भनेपछि आङ नै सिरिङ्ङ हुने जोखिमयुक्त सडक हो। नाली सहित सात मिटर सडक फराकिलो बनाउने योजना रहेको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीले दरवाङ देखि दाङखोलासम्म सडक चौडा पारेर नाली र ग्यावियन झाली भर्ने काम गरेको छ। बादिकाको भीर काटेर सडक चौडा बनाइएको छ। गत वर्ष भीरको केही स्थानमा पहरा काट्न बाँकी रहेको स्थानमा यो वर्ष कटान गरिने कार्यालयले जनाएको छ।

भीरमा साँघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो। दरबाङ देखि धारापानी सम्म ७ किलोमिटर सडक स्तरोन्नति गरी ग्राभेल गर्ने योजनाका साथ काम भइरहेको र आगमी चैत महिनासम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए।

अप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो। अव धेरै ठाउँमा भीर काट्ने काम सकिएको छ कार्यालय प्रमुख अधिकारीले भने ‘भीरको पुछारतिर केही भाग कटान गर्न बाँकी छ। ठेकेदार कम्पनीको परिचालन अहिलेसम्म सन्तोषजनक छ। सम्झौता समयभित्र काम सम्पन्न गर्न भनेका छौँ।’

अहिलेसम्म आठ करोड ९१ लाख रुपैयाँ खर्च भइसकेको र चालु आर्थिक वर्षलाई ४ करोड रुपैयाँ गण्डकी प्रदेश सरकारले विनियोजन गरेको उनले बताए। काम सम्पन्न भएपछि बाँकी रकम पनि प्राप्त हुने कार्यालय प्रमुख अधिकारीले बताए। बादिकाको अप्ठ्यारो भीरको करिब ३०० मिटर सडक ढलान गर्ने योजनामा उल्लेख छ।

बेनी दरबाङ मुना लुलाङ गुर्जा ढोरपाटन सडक अन्तर्गत पर्ने यो खण्डको सडक स्तरोन्नति सम्पन्न भएपछि कालोपत्रेको योजना अघि सार्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसैगरी धारापानी देखि मुनासम्म १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डीपीआर तयार पारेर प्रदेश सँग योजना माग गरिएको उनले बताए। दाङखोलामा पक्की पुलको काम पनि यही वर्ष सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सन्जु बरुवाल

क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का कोषाध्यक्षमा कल्पना खड्का, सह–सचिवमा शोभा खड्का र सह–कोषाध्यक्षमा आशा बानियाँ खड्का रहेको कार्यसमिति सर्वसम्मत चयन गरिएको संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसीले जानकारी दिनुभएको छ ।

क्षेत्री महिला समाज म्याग्दीको अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो । छैठौं बार्षिक साधारणसा एवम् तेस्रो अधिवेशनमा गण्डकी प्रदेश सभा सदस्य भण्डारी, क्षेत्री समाज नेपालको केन्दिय्र सदस्य अमृतदेवी भण्डारी क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, क्षेत्री समाजका पुर्व अध्यक्ष लगायतले मन्तव्य राख्नुभएको थियो । साधारणसमाभा सचिव पुष्पा थापाको संचालन तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष कल्पना खत्रीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सञ्जु बरुवालले राख्नुभएको थियो ।

निम्नआय भएका बिरामीलाई साढे दुई करोड रुपियाँ सहयोग

म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको सो संस्थाले स्थापनाकालदेखि हालसम्म म्याग्दी भित्रका २७९ जना निम्नआयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रुपियाँ ८६ पैसा उपलब्ध गराएको हो ।

संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा संस्थाका अध्यक्ष राजेश शाक्यले ओमकुमारी शान्ति कोषले आफ्नो कोषमा रहेको रकम एवम् बिरामीको उपचार अभियानमार्फत संकलन गरेर सो रकम उपलब्ध गराएको बताउनुभयो । शाक्यले भन्नुभयो, “हालसम्म संस्थाले आफ्नो कोषबाट ४८ लाख ५७ हजार ५३१ रुपियाँ र बिरामी बचाउ अभियानमार्फत दाताबाट संकलन गरेर २ करोड ५ लाख ६१ हजार ५३३ रुपियाँ ८६ पैसा सहयोग गरेको छ ।”

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था हो ओमकुमारी शान्ति कोष । हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका –४ की ओमकुमारी पुन (शान्ति) को उपचार गर्ने तथा उहाँलाई बचाउने हेतुले सुरु भएको शान्ति बचाउ अभियान पछि गएर ओमकुमारी शान्ति कोषको रुपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएर अगाडी बढेको संस्थाका अध्यक्ष राजेश शाक्यको भनाइ छ ।

शाक्यका अनुसार बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो । त्यस वखत शान्ति बचाउ अभियानमा संकलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्यसहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।

शनिबार भएको अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्ष लोकबहादुर पुन, महासचिव बिनय श्रेष्ठ, कोषाध्यक्ष सन्दीप खत्री, सचिव दिपक श्रेष्ठ र सहकोषाध्यक्षमा डिलकुमारी पुर्जा सर्वसम्मत रुपमा निर्वाचित हुनुभयो ।

त्यस्तै, सदस्यहरुमा सान्तोष गौतम, कृष्णबहादुर जिसी, टकसरा राना, नन्दकुमार पाईजा, सचिन शाक्य, मिनाकुमारी राम्जाली, कमल खत्री र नेत्रराज सुवेदी चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलीप पुनले बताउनुभयो ।

बजारको खोजीमा अल्लो कपडा

म्याग्दीमा उत्पादन भएको अल्लोको कपडालाई बजारको अभाव भएको छ। उत्पादन भएको कपडालाई बजार अभाव हुँदा उद्यमी समस्यामा परेका छन्। कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विदेश निर्यात हुने परिणाममा कमी आउँदा उत्पादित कपडा गोदाममा थन्किएको उद्यमीको गुनासो छ।

म्याग्दीका ग्रामीण भेगमा अल्लोको धागोबाट कपडा तयार गरिन्छ। दुई वर्षयता कपडा बिक्री घटेपछि उद्यमी समस्यामा परेका हुन्। जिल्लाको रुम, दोबा, देवीस्थान, मुदीलगायतका ग्रामीण भेगका महिला वनजङ्गलमा खेर गएको अल्लोको लोक्तालाई प्रशोधन गरी कपडा तयार पारेर राम्रो आम्दानी गर्ने गरेका थिए तर पछिल्लो समय उत्पादित कपडाले बजार नपाएको उद्यमी बताउँछन्।

धौलागिरि गाउँपालिका–७ स्थित धारापानीमा छ वर्षअघिदेखि स्थानीय युवाले अल्लो कपडा उद्योग सञ्चालन गरेका छन्। अल्लो सङ्कलन तथा प्रशोधन उद्योग खोलेर अल्लोको कपडा तयार पार्दै आएका छन्। स्थानीय क्षेत्रकै कच्चा पदार्थको प्रयोग गर्नेगरी स्थानीय युवा किरण थापाले २०७३ मा उद्योग स्थापना गर्नुभएको थियो। थापाले स्थापना गर्नुभएको नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङले स्थानीय जङ्गलमा पाइने अल्लो प्रशोधन गरी कपडा उत्पादन गर्दै आएको छ। ३५ लाख रुपियाँ लागतमा स्थापना भएको उद्योगमा नौ जनाले दैनिक रूपमा कपडा तयार पार्ने काम गर्दै आएको उहाँले बताउनुभयो।

गुर्जा, मुदी, लुलाङ, मल्कवाङको जङ्गलमा खेर गइरहेको अल्लोलाई सदुपयोग गरी स्थानीय बासिन्दालाई रोजगारी दिई आयआर्जनको अवसर प्रदान गर्ने उद्देश्यले उद्योग सञ्चालन ल्याइएको हो तर पछिल्लो समय उत्पादित कपडाले बजार नपाउँदा समस्या भएको थापाको भनाइ छ। “उत्पादित कपडा गोदामै थन्किएको छ,” उहाँले भन्नुभयो, “उत्पादित कपडा बिक्री नहुँदा कच्चा पदार्थ सङ्कलक र मजदुरलाई भुक्तानी गर्न धौधौ भएको छ।” स्थानीयस्तरमा सङ्कलन गरेको पुवाको प्रतिकेजी १२० रुपियाँमा खरिद गर्ने गरिएको उहाँको भनाइ छ।

“उत्पादित कपडाले उचित बजार पाउन सकेको छैन,” उद्यमी थापाले भन्नुभयो, “स्वदेशभित्र अल्लोबाट उत्पादित कपडा लगाउने बानीको विकास भइसकेको छैन। कोरोना महामारीका कारण विदेशी पर्यटक आगमनमा कमी आउनुका साथै रुस र युक्रेन युद्धका कारण विदेश निर्यातमा पनि कमी आएकाले बजारको समस्या भएको हो।” “कोरोना महामारी सुरु हुनुभन्दा अघि वार्षिक रूपमा नौदेखि १० लाखसम्मको बिक्री हुन्थ्यो,” उद्यमी थापाले भन्नुभयो, “अहिले बिक्री घटेकाले उद्योगलाई नियमित सञ्चालन गर्न कठिनाइ भइरहेको छ। बजारको खोजी गरिरहेको छु कतै पाएको छैन।” अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय रुपियाँ र कटन मिसाएको ५५०, ऊन मिसाएको ५०० रुपियाँ मूल्य राखेको उहाँले बताउनुभयो।

“हाम्रा ग्राहक विदेशी पर्यटक नै हुन्। गण्डकी प्रदेशको राजधानी पोखरा, पर्यटकीयस्थल सौराह र काठमाडौँ अल्लो कपडाको बजार हुन्। पछिल्लो समय ती बजार क्षेत्रबाट कपडाको माग आउन छाडेको छ,” युवा उद्यमी थापाले भन्नुभयो। स्थानीय बजारमा कपडामा माग नै आउँदैन, कहिलेकाहीँ घुम्न आउने पर्यटकले लैजाने गरेको उहाँले बताउनुभयो। अल्लोबाट पैसा राख्ने पर्स, झोला, जुत्ता, कोट, जुहारीकोट, टोपी, टुल बक्सलगायतका विभिन्न सामान उत्पादन हुन्छन्। उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने रेसादार अल्लो प्रशोधन गरी तयार भएको धागोबाट कपडा बनाउने गरिन्छ।   gorkhapatraonline.com

परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम निर्वाचित

परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ। कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।

कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा दिपक श्रेष्ठ रहनुभएको छ । समितिको सदस्यहरुमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको हलमा शनिबार भएको कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनको उदघाट्न प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा ( खम्विर) ले गर्नुभएको थियो । उहाँले कोषको “सहयात्रा– ३” स्मारिकाको विमोचन गर्नुभएको थियो । गर्वुजाले स्थापनाकालदेखि ओमकुमारी शान्तिकोषको आर्थिक सहयोगबाट धेरैको ज्यान बचाउन सफल भएकोमा संस्थालाई धन्यवाद दिदै यस्तै कार्यलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । उहाँले आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रको समस्या समाधान र पुर्वाधार निर्माणमा विशेष ध्यान दिने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले ओमकुमारी शान्ति कोषको गरिमालाई आगामी दिनमा उच्च राख्दै अगाडी बढ्न कोषको समितिलाई आग्रह गर्नुभयो । उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई छिटो समाधानतर्फ ध्यान दिने जोड दिनुभएको थियो । साधारणसभामा नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारी( केवी) मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर खत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, महासचिव लोकेश पुनमगरको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनय श्रेष्ठको आर्थिक प्रतिवेदन रहेको कार्यक्रमको संचालन सचिव सन्दिप खत्रीले गर्नुभएको थियो । कोषको संरक्षक सदस्यमा ४१ जना, आजिवन सदस्य ८८० जना रहेको संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा आर्थिक सहयोग गरेको छ । कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष लिएको छ ।

प्रहरीले रुईसे कुटपिट घटना विरुद्धको उजुरी किन गरेन दर्ता

हालैमात्र रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा घटेको एक घटनाका दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले अस्वीकार गरेको छ ।

कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता गर्न आनाकानी गरेको छ । पीडक पक्षसँगको मिलेमतोमा प्रहरीले उजुरी लिन आनाकानी गरेको पीडितहरुले बताएका छन् ।

गतमंसिर २६ गते सोमबार बेलुका पर्यटकियस्थल समेत रहेको रुईसे–भेडिओढार स्थित शिवभ्याली होटलका संचालक सुेरश भण्डारीलाई होटलमै पुगेर केही युवाले मरणशन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट भण्डारीको नाक ६ ठाउँमा भाँचिएको छ । कुटपिटमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै मंगलबार पीडित पक्ष उजुरी लिएर जिल्लाप्रहरी कार्यालयमा पुगेका थिए । उजुरी लिएर प्रहरी समक्ष पुगेका पीडितका अफन्तलाई प्रहरीले उल्टै धम्काएर फिर्ता पठाइदिएको उनीहरुको गुनासो छ ।

अनुसन्धान गरेर घटनाबारे बुझरे मात्र घटना दर्ता गर्ने जिल्ला प्रहरी कार्यालयले बताएपछि पीडितपक्ष निराश हुँदै घर फर्किएका थिए । घटनाको अनुशन्धान र थप प्रक्रियाका वारेमा जानकारी लिन पीडित पक्ष शुक्रबार जिल्लाप्रहरी कार्यालय पुगेका थिए । सो घटना मुद्दाफाँटमा दर्ता नभएको भेटिएको छ । मुद्धा फाटँका प्रहरी निरिक्षकले कार्यालय प्रमुख तिलक भारतीले तोकआदेश नगरेसम्म उजुरी दर्ता गर्न निमिल्ने जवाफ दिएको पीडित पक्षले बताएका छन् ।

 

प्रहरी नायव उपरिक्षक तीलक भारतीले पीडितको मुद्दा अनुसन्धानमै रहेको भन्दै अहिल्य दर्ता नहुने भन्दै पन्छिए । तपाईले भन्दा वित्तिकै मुद्धा दर्ता हुदैन्, अनुसन्धानमा क्रममा रहेकाले उजुरी लिन मिल्दैन भन्ने जवाफ प्रहरीले फर्काएको पीडित पक्षका एकजनाले बताए ।

त्यस्तै प्रहरी निरिक्षक राजन ढकालले तपाईले भन्दा वित्तिकै घटना दर्ता नहुने बताउदै सरकारी वकिल कार्यालय, प्रशासन र जिल्ला अदालतमा न्याय खोज्न जान पीडितलाई धम्काएका थिए । पीडित पक्षका आफन्त बालकृष्ण खत्रीले घटनाबारे उजुरी दर्ता गरेर पीडितलाई न्यायदिनुपर्ने ठाउँमा अन्याय भएको गुनासो पोखे ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानालाई पुगेर घटनाबारे जानकारी गराउँदा तत्काल कुटपिट गर्ने ब्यक्तिलाई प्रकाउ गरेर थुनामा राख्ने ठाउँ नभएको गैरजिम्मेवार तर्क दिनुभएको पीडित पक्षका सुजन कार्कीले बताउनुभयो ।

प्रजिअले घटनाबारे तत्काल अनुशन्धान र कारवाही प्रक्रिया अघिबढाउन जिल्लाप्रहरी कार्यालयलाई निर्देशन गर्ने भन्दै पीडित पक्षलाई आश्वासन दिनुभएको थियो । कुटपिटबाट गम्भिर घाईते सुरेश भण्डारी पोखरा स्थित मेट्रोसिटि अस्पतालमा उपचारत छन् । भण्डारीको नाकमा ठूलो चोट लागेको र ६ ठाउँमा भाँचिएको आफन्तले बताएका छन् ।

म्याग्दीको वेष्ट पोइन्ट स्कुलले मनायो ३० औं बार्षिकोत्सव

म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३० औं वार्षिकोत्सव तथाअभिभावक दिवस मनाएको छ । आजशुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले दिवस मनाएको हो । बार्षिकोत्सवको अबसरमाविद्यालयले विद्यार्थी, अभिभावक, शिक्षककर्मचारी लगायतलाई सम्मान गरेको छ । विद्यालयबाट क्ीऋ उत्तीर्ण गरी देश तथा बिदेबाट स्नातकतथा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सम्मानितहुनेहरुमा अमेरिकाको डल्लास युनिभर्सिटीबाट साइबर सेक्युरिटीमा स्नातक गरेका पाचौं ब्याचका गोबिन्द बिक, इन्जिनियरिंगतर्फ क्विन्सल्याण्ड युनिभिर्सिटीबाट स्नातक उत्तीर्ण आठौँ ब्याचकाआक्रोश श्रेष्ठ, ग्रिफिट युनिभर्सिटी ब्रिसबेन अस्ट्रेलियाबाट सुचना प्रविधिमा स्नातक गरेका भुपेन्द्र बिश्वकर्मा, त्रिभुवन विश्वविद्यालयबाट  स्नातक गरीत्रिभुवनविश्वविद्यालयबाट Geo Technical Engineering नेपाल प्रथम भएका गोल्ड मेडलिस्ट विद्यालयका १२ औं ब्याचका इन्द्रलाल सुबेदी, चिकित्सातर्फ सचिन्द्रराज जोशी आर्थोपेडिकमा एमएस (विज्ञ) उपाधी , चार्टर्ड एकाउन्टेन पुरा गरेका आकृतिश्रेष्ठ लगायतलाई वेष्ट पोइन्ट सम्मानबाट सम्मानितगरिएको छ ।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीलाइ पनि सम्मान गरिएको छ । विद्यालयमा १० वर्ष देखि २५ वर्ष सम्म सेवा गरेका शिक्षकतथाकर्मचारीहरुलाई दिर्घसेवा सम्मानप्रदानगरिएको हो । सम्मानित हुनेमा १० वर्ष सेवा गरेका शिक्षक सुमन पौडेल, सन्दिप श्रेष्ठ (लाइब्रेरी इन्चार्ज )र सुनिता राइ (कर्मचारी) लाइ नगद सहित सम्मानगरिएको छ ।

दिर्घसेवा सेवा सम्मानबाट २० वर्ष सेवा पुरा गरेका निरन्जन श्रेष्ठ र २५ वर्ष सेवा पुरा गरेका दिपेन राइ र मंतेसरी इन्चार्ज थरिमायापुन समनित हुनुभएको छ ।  वार्षिकोत्सवको अवसरमा मंतेसरी देखि कलेज तह सम्मका उत्कृष्ट शिक्षक, कर्मचारी र तह संयोजकहरुलाई पनि सम्मान गरेको छ । विद्यालयमानियमित रचानात्माक सल्लाह, सुझाव र पढाइ प्रतीचासो ब्यक्त गर्ने अभिभावकहरुलाई समेत सम्मानगरिएको छ ।

वार्षिकोत्सव तथा ३० औं अभिभावक दिवसको अवसर पारेर संचालन गरिएका अभिभावक भलिबल खेलका बिजयी पुरुष तथा महिलाअभिभावकहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयबाट विभिन्न राष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरु र कक्षा १२ को बोर्ड परीक्षामा जिल्ला प्रथम हुने केशव रोका र छात्रा तर्फा जिल्ला प्रथम हुने रेखा बिकलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रमकाप्रमुखअतिथि बेनिनगर पालिकाकाप्रमुख सुरत केसी, विशिष्ट अतिथिप्याब्सनम्याग्दीकाअध्यक्ष हिरा पुनशिक्षकअभिभावक संघका अध्यक्ष बिष्णु रोका मगर, वेष्ट पोइन्ट फाउन्डेसनकाअध्यक्ष यजनलाल शाक्यले समानप्रदान गर्नुभएको हो ।

कार्यक्रममाप्रमुखआतिथ्यतामन्तब्यब्यक्तगर्दै नगर प्रमुख सुरत केसीले म्याग्दीको शैक्षिकबिकासमानिजिविद्यालयको भूमिकाअतुलनीय रहेको बताउनुभयो । उहाँले अवकादिनमाशैक्षिक पद्दतिलाई सुधार गर्दैव लैजानुपर्नेमा जोड दिनु भयो । अंग्रेजी शिक्षाको मोहमा परेर आफ्नो नेपालीभाषा समेत स्तर खस्कदै गएको प्रति इंगित गर्दै शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीको संस्कार गत शिक्षा र ब्यबहार परिबर्तानमा जोड दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथि प्याब्सन म्याग्दीकाअध्यक्ष हिरा पुनले निजि विद्यालयको आकर्षण प्रति जोड दिदै अभिभावकले शुल्क तिरेर नपुग्ने र आफ्ना नानिबाबुहरुको शैक्षिकअबस्थाप्रतीअभिभावक सधै चनाखो बन्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै शिक्षकअभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले जसरी घर परिवारमा महिलाको भूमिका उच्च हुन्छा त्यसैगरी म्याग्दीको परिवेसमा बैदेशिक रोजगारेका कारण पारिबारिक जिम्मेवारी महिलाले लिनु परेको अबस्थाबारे आफ्ना बालबालिकाको शैक्षिक बिकास र ब्यबहार प्रति अभिभावक अत्यन्तै चनाखो बन्नु पर्ने बताउनु भयो ।

विद्यालय र कलेजका प्रिन्सिपलले विद्यालयको प्रतिबेदन प्रस्तुतगर्दै आगामी दिनमा विद्यालयले गर्ने कार्यको बारेमा बताउनुभएको थियो । उहाँले सिकाइ भनेको पढ्नु र लेख्नु मात्रै नभएर फरक फरक क्षमता भएका विद्यार्थीले हरेकले अवसर पाउनुपर्ने खालको सिकाइबारे विद्यालयले योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा मंतेसरी देखि कलेज तह सम्मकाविद्यार्थीहरुले आकर्षक गीततथा नृत्य प्रस्तुत गरेका थिएवार्षिकोत्सवकार्यक्रम वेष्ट पोइन्ट फाउन्डेसन म्याग्दीप्रालीकाअध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, मावितहका संयोजक मनोज खड्काको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रमको समापनपछि विभिन्न सांस्कृतिककार्यक्रम समेत प्रस्तुतगरिएको थियो । सांगीतिक कार्यक्रममा गोल्डेन आइडल पोखरामा फैनालामा पुगेका रघुगंगा (२ का प्रकाशबहादुर सुनारले समेत आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए ।