Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 699

लिटल गार्डेनले मनायो १९ औ वार्षिकोत्सव

म्याग्दी जिल्लामा पहिलोपटक मन्टेश्वरीको अवधारणा सहित स्थापना भएको  लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो ।

विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता र प्राज्ञिक निर्देशक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रमको शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । शिक्षक नगेन्द्रप्रसाद गौतम, विद्यार्थी प्रान्सु जिसी र प्रिन्स वास्तोलाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशक बालकृष्ण सुवेदी, संस्थापक सल्लाहकार जयराम सुवेदी, म्याग्दी उद्योग वाणिज्य उपाध्यक्ष लीलाराम गौतम, लिटल गार्डेन एकेडेमीका अभिभावक संघका अध्यक्ष टेक प्रसाद सापकोटा र सदस्य ठाकुर प्रसाद शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

२०७८ को एसईई परिक्षामा चार जिपिए सहित देशमै उत्कृष्ट नतिजा ल्याएका उत्सव सापकोटा, धवलागिरी क्षेत्रमा दृतीय भएका बब्लु शाह र छात्रा तर्फ जिल्ला प्रथम अस्मी परियारलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट शिक्षक नगेन्द्र गौतम, उत्कृष्ट विद्यार्थी आशिक बरुवाल, इर्मजिंग विद्यार्थी प्रशान्त सुवेदीलाई पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक र शिक्षकहरुबीचको खेलकुद प्रतियोगितामा बिजयीलाई पुरस्कार वितरण गरिएको थियो । कक्षा दश सम्मको पठनपाठन हुने लिटल गार्डेन एकेडेमीले केही वर्षयताको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ ।

मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ ।

“गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो ।

“गौँथली आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौँथली ? घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्न मुस्किल छ”, बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो ।

गौँथली हराउनुका थुप्रै कारण भएको विज्ञको भनाइ छ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले माटोका घर भत्किएपछि भूकम्पबाट प्रभावित जिल्लामा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ । “केही वर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिँदैनन्”, ज्यामरुककोटका ८९ वर्षीय खड्गबहादुर घिमिरेले भन्नुभयो ।

विभिन्न समयमा हुने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभावलगायत विविध कारणले गर्दा गौँथली नासिदै गएका वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदूषणका कारणले गौँथली सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ ।

दुई दशक अघिसम्म म्याग्दीका घरैपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसकेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु-याउँदा यिनीहरू लोप भइरहेका छन् । किसानले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरूको खानामा असर परेको देखिन्छ ।

हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ ।

सामान्यतया आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जीउको रङ खैरो र कालो हुन्छ भने पेटतिरको भागको रङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराको भन्दा बेग्लै किसिमको हुने चराविद् सापकोटाले बताउनुभयो । “अरु चराले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलोभित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाउँछ । यसले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने गर्छ । गौँथली प्रायः जोडी बनाएर बस्ने गर्छन्”, सापकोटाले भन्नुभयो ।

मानव बस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु-याउदा यिनीहरूको संरक्षण हुन नसकेको उहाँको भनाइ छ । गौँथली चराको विशेषता र सुन्दरतालाई वर्णन गर्दै धेरै साहित्यकारले साहित्यको रचना गरेका छन् । सधँै जोडी बनेर बस्ने गौँथली घर वरिपरि नै बस्न रुचाउने गर्दछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुव जिसी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुव जिसी निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न १६ औँ वार्षिक साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनबाट जिसीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा विजुन केसी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सहसचिवमा सुनिल बानियाँ र सहकोषाध्यक्षमा नारायण पौडेल निर्वाचित हुनुभएको छ ।

 

त्यस्तै सदस्यहरुमा बल बहादुर परियार, ( संगठन विभाग प्रमुख ), शंकर पौडेल, जिवन कार्की (प्रवक्ता), रामकुमारी पुन, विजय परियार, राजकुमार परियार र तोप बहादुर कार्की चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्य समितिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज, निर्वाचन मण्डल संयोजक जीवन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष जिसीले प्रतिष्ठान म्याग्दीलाई जिल्लाका सवै कलाकारहरुको साझा घरको रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको छ । मंगला गाउँपालिका २ स्थायी घर भई हाल बेनी निवासी जिसी लोकप्रीय लोक तथा दोहोरी गायक हुनुहुन्छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रुमख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले म्याग्दी जिल्ला लोक संगीतको उर्वरभूमि भएको बताउनुभयो ।

जिल्लाको कला र संस्कृतिलाई उजागर गर्नका लागि जिल्लाका अग्रज तथा नवोदित कलाकारहरुको समेत भूमिका महत्वपूर्ण भएको भन्दै अध्यक्ष कटुवालले प्रतिष्ठानले कलाकारलाई व्यवसायीक बनाउन सहयोग पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले आगामी पौष २८ देखि सुरु हुने सातौँ म्याग्दी महोत्वसमा प्रतिष्ठान संग सहकार्य गरि जिल्लाका सवै कलाकारहरुलाई समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव जीवन दाहालले प्रतिष्ठानको स्थापनाकाल देखि हाल सम्मको बस्तुस्थितिको बारेमा प्रकाश पार्नुभएको थियो । हाल प्रतिष्ठानमा देशभरबाट ३७ हजारको हाराहारीमा साधारण सदस्य रहेको, २५० जना अजिवन सदस्य तथा २१ जना मानार्थ सदस्य रहेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानको काठमाडौँमा आफ्नै भवन रहेको, ३ करोड पुजीको लोक संगीत सहकारी संचालन गरेको र १ करोड १० लाखको कलाकार कल्याणकारी कोष समेत संचालन गरेको अवगत गराउनुभएको थियो । यी सवे उपलब्धीमा जिल्ला शाखाहरुको पनि अहम भूमिका तथा योगदान रहेको उहाँले बताउनुभयो ।

साथै केन्द्रिय सचिव दाहालले म्याग्दी जिल्लाले धन कुमारी थापा, खड्ग गर्वुजा, कृष्ण परियार जस्ता लोक संगीतका हस्तीहरु जन्माएको भन्दै यहाँका नयाँ प्रतिभाहरुको उजागर गर्ने खालमा कार्यक्रमहरु संचालन गर्न प्रतिष्ठानलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तारानाथ आचार्य, कुमार पुन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, प्रतिष्ठानका संस्थापक केन्द्रिय सदस्य तथा म्याग्दी समितिका सल्लाहकार धनकुमारी थापा, प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार तथा नेपाल पत्रकार म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान गण्डकीका द्वितिय उपाध्यक्ष आरसी पौडेल, संगठन विभाग सदस्य अमित विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्की, प्रतिष्ठान बाग्लुङकी अध्यक्ष सरस्वति खड्का परियार, पर्वतकी अध्यक्ष पूजा कार्की पौडेल, म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रतिष्ठानका सचिव पदम विश्वकर्माले प्रगति र कोषाध्यक्ष देवि जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष धु्रव जिसीको स्वागत र सचिव विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । प्रतिष्ठानले रु १ लाख ५० हजारको कलाकार कल्याणकारी कोष समेत स्थापना गरेको छ । कार्यक्रममा ३ बर्षको कार्यकाल सफल बनाउनुभएको भन्दै अध्यक्ष घिमिरेलाई नव निर्वाचित कार्यसमितिले सम्मान समेत गरेको थियो ।

बाटो पुग्दैछ रे…

le/df vg]sf] ;8sdf uf8L u'8b} Af]gL, @( dªl;/ M DofUbLsf] wjnflul/ ufpFkflnsf–& wf/fkfgLsf] afbLsfsf] le/df lgdf{0f ul/Psf] sRrL ;8ssf] 6Øfsdf u'8b} u/]sf] uf8L . lhNnf ;b/d'sfd a]gL;Fu hf]8g] ;8s :t/f]Gglt gx'Fbf wf}nflul/af;Ln] hf]lvdk"0f{ tj/n] ofqf ug'{kg]{ afWotfdf 5g . Tfl:a/ M sdn vqL ÷/f;;

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको बादीकाको भिरमा निर्माण गरिएको कच्ची सडकको ट्याकमा गुड्दै गरेको गाडी । जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नति नहुँदा धौलागिरिबासीले जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यतामा छन् । तस्बिर : कमल खत्री – रासस

पोर्चुगिज प्रशिक्षक सान्तोस बर्खास्त!

विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएसँगै पोर्चुगिज राष्ट्रिय टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन्। कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा अफ्रिकी मुलुक मोरक्कोसँग १–० को नतिजामा पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो।

आठ वर्षअघि पोर्चगलको प्रशिक्षक नियुक्त भएका थिए। सान्तोसले पोर्चुगललाई सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए। त्यस्तै, सन् २०१८–१९ मा नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पनि बनाएका थिए।

पोर्चुगिज फुटबल संघ (एफपीएफ)ले ‘नयाँ साइकल सुरु गर्ने उपयुक्त समय’ बताएको छ। सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता बाँकी रहे पनि सान्तोसले आपसी समझदारीमा पद छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

‘सान्तोस जस्ता प्रशिक्षकले राष्ट्रिय टिमको नेतृत्व गर्नु सौभाग्य भएको’ बताउँदै एफपीएफले सान्तोस उनको टिमलाई धन्यवादसमेत दिएको छ।

लैङ्गिक हिंसा विरुद्धको निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित माध्यामिक स्तरीय निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समानपन तथा समिक्षा कार्यक्रमको अवसरमा अनलाइनमाध्यमबाट आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम न्यू वेष्ट प्वाइन्ट आवासीय माविका दिक्षित घर्ती क्षत्री, प्रकाश माविकी ग्रिष्मा जिसी र सर्वोदय माविका अंकिता शेरचनले तृतिय स्थानको पुरस्कार वितरण गरिएको थियो ।

बिहिबार सामाजिक विकास कार्यालयमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने र सहायक प्रजिअ अर्जुन शर्माले प्रथम, द्धितिय र तृतियलाई क्रमश १३ हजार, ७ हजार, ५ हजार नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यस्तै म्याग्दी जिल्लामा लैङ्गिक हिंसाको स्वरुप र निवारण विषयमा आयोजित निवन्ध प्रतियोगितामा प्रकाश माविकी ग्रिष्मा जिसी प्रथम, न्यू वेष्ट प्वाइन्ट आवासीय माविका दिक्षित घर्ती क्षत्री द्धितिय, अमर मावि पाखापानीकी जया पुन र बेनी सामुदायिक माविकी आरोसा शर्माले तृतिय स्थानको सम्मान ग्रहण गर्नुभएको थियो ।

सोही अवसरमा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले अभियानको उपलब्धी सहितको समिक्षामा सहजीकरण गर्नुभएको थियो । भने सामाजिक विकास कार्यालयमा प्रमुख रमेश थापाले चौमासिक प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी अधिकृत साधनाकुमारी श्रेष्ठ, बेनी अस्पतालका चिकित्सक सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख लामिछाने र सहायक प्रजिअ शर्माले म्याग्दीमा अभियान प्रभावकारी देखिएकाले आगामी दिनमा समेत महिला र पुरुष मात्र रहेकाले कसैले पनि हिंसा गर्न नहुने अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

 

मैले देखेको म्याग्दी जेसिज

बि.स २०५२÷२०५३ सालतिर वाट होला मैले जेसिस भनेर सुनेको, त्यतिवेला सामाजिक संस्थामा आवद्ध हुने कुरा हामि जस्तो ग्रामिण भेगमा रहेका र न्यूनआर्थिक स्रोतवाट चल्नुपर्ने वाध्यतामा रहेकाहरुलाई आकासको फलहुन्थ्यो र सहभागिहुने वातावरण वन्दैन्थ्यो । हामि क्याम्पस पढ्न सुरु गर्ने वेलामागाउँकाबन समुहमा समेत हामि देखिनपाउदैन्थ्यौं, वजारको एक्सेसमा रहेका जेसिस जस्ता संस्थाहरुमाहाम्रो पहुँच टाढाको विषयहो ।

त्यसमाथित्यतिवेलाको समयमा मैले जेसिसलाई जसरी वुझेंको थिएत्यो भनेको यो धनी परिवारका मान्छेहरु आवद्ध हुने संस्थाहो हामीले त्यहाँ सहभागीहुन सक्दैनौं भन्ने नै हो । यहि मानसिकतावाट अघि वढेको भएर होला सायद सहभागिहुने चाहनापलाएनभने तत्कालिनअवस्थामाबजारमा घुम्दाडुल्दा पनीबजार हाम्रो लागीनौलो नै थियो त्यसैले त्यहाँ सम्मपहुँचनपुगेर होलाकहिँकतैवाट यसको प्रस्ताव समेत हामि संग आइपुग्ने अवस्थाथिएन ।

जेसिस वास्तवमा के हो?त्यसवारे धेरै कुरा म त्यस संस्थामा आवद्ध नभएको ब्यक्तिभएको हुँदात्यसको वारेमा मैले भनेका कुराहरु गलतहुन सक्नछ त्यसैले त्यतातर्फ मैले कुनै चासो राखिन तर वाहिरै वाट खासगरी म्याग्दी जेसिसको गातिविधिनियाल्दाजतिवुझें त्यसको आधारमाभन्दा यो एउटा कुशलब्यवस्थापकजन्माउने, राष्ट्रप्रेम जाग्रित गराउने ४० वर्ष भन्दातलकाब्यक्तिहरु ले नेतृत्वगर्ने यूवाहरुको संगठन हो भनेर वुझेको छु ।

जेसिसमा लाग्ने यूवायूवतिहरुलाई कृयटिभ वन्न प्रेरित गराईरहेको मैले महसुुस गरेको छु । हुन त म्याग्दी जेसिसका सवै मित्रहरुसंग मेरो राम्रै चिनाजानी भएको र उनिहरुले कहिं न कहिं आफु संलग्नभएकाअन्य संघसंस्थाहरुमा नेतृत्वदायि भुमिका निर्वाह गरेको देखेको कारण मेरो मानसपटलमा जेसिसको प्रति फरक वुझाई रहेको हुन सक्छ तर जतिपनिब्यक्तिहरु जेसिसमा संलग्न रहन्छन् उनिहरुले आफुलाई अन्य क्षेत्रमा समेत स्थापित गराउन सक्नु जेसिस अभियानको देन कहिँ न कहिँ छ भन्न मैले हिच्किचाहट मान्न पर्छ जस्तो लागेन ।

ब्यक्तित्वविकास र नेतृत्वविकासमा जेसिसले महत्वपुर्ण भुमिकानिर्वाह गरेको देखिन्छ, जेसिसले सञ्चानगर्ने कार्यक्रमहरुमा केहीनयाँकार्यक्रमहरु नै हुन्छन भने केहीअन्य क्षेत्रवाट भैरहेकाकार्यक्रमहरुलाई नयाँपनदिएर सञ्चालनगर्ने गरेको मैले देखेको छु त्यसैले जेसिसमालागेकाहरुले त्यहीकाम फरक शैलिमागर्न सक्ने गरी आफुलाई तयार गरेको हुन्छन् ।

म्याग्दी जेसिसले गर्ने धेरै कार्यहरु सम्मान योग्य नै छन्, पर्यटकिय क्षेत्रको फोटो प्रतियोगिताहोस् वापर्यटकिय क्षेत्र चिनाउन राखिने वोर्ड होस्, अत्यन्तप्रख्यातकार्यक्रमविद्ययालय स्तरीय जेसिस कपहोस वाअन्यप्रतिभा प्रस्फुटनका प्रतियोगितात्मककार्यक्रम सवैमा केहि न केहीनयाँपनझल्केको पाइन्छ त्यसैले म्याग्दीजल्लाको जेसिस अभियानलाई वुझ्दा यो सकारात्मकउर्जा प्रदानगर्न सफलभएको पाइन्छ । वर्तमानकार्यसमिति, कार्यसमतिकाब्यक्तिहरुको ब्यक्तित्वविकास र यसको गतिविधिले यस संस्थाको गरीमालाई अझै उंचो वनाइरहेको देखिन्छ ।

विश्व वल्र्डकपमा मस्त रहेको वेला जेसिजम्याग्दीले आयोजना गरेको जेसिजकपले म्याग्देलीहरुलाई विश्वकप वाट वाहिर ल्याइदियो । जेसिजकपजिल्लामाइतिहास कायम गरेको खेल त छदै थियो अहिलेको जेसिजकपले खेलमालगनसिलता र इमान्दारीताभयो भने भुगोलले कुनै अफ्ट्यारो पार्दैन र खेलाडीहरु खरिद गरेर ल्याउन समेत पर्दैन भन्ने अर्काे सकारात्मक सञ्चार जिल्लामा गराएको छ ।

विसौं सृंखला सम्मजिल्ला सदरमुकाम नछोडेको जेसिस कपयसपालीमंगलागाउँपालीकाको ग्रामिण स्तरमा रहेको विद्यालयले हातपारेको छ यस नतिजाले गाउँस्तरमा स्थान र क्षमताको अभावमाप्रतिभाहरु खुम्चीनवाध्यवनेको हो त्यसको लागी स्थानिय सरकारले सोच्न ढिला भैसकेको छ भन्ने सन्देश प्रवाह गरेको छ यसरी फरक सन्देश प्रवाह गराउन सफलभएकोमाम्याग्दी जेसिस धन्यवादको पात्रवनेको छ । आफ्नो ऐतिहासिकतामाअर्काे इटा थपेको छ ।

करीव ३० वढी संगठनमा आवद्ध रहेको र हाल समेत १५ भन्दा वढी सामाजिकआर्थिक राजिनितिक संगठनहरुमा संलग्न रहेको अनुभवकाआधारमा हेर्दा विभिन्नप्रकृतिका संगठन सञ्चालनआफैमाचुनौति पुर्ण त हुन्छ नै हामिलाई थाहै भएको विषयहो तथापीम्याग्दी जेसिसले जुनउचाई लिएको छ÷थियो त्यो उचाई कायमगर्नु थपचुनौतिपुर्ण हुन्छ पछिल्ला समयमात्यसको गरीमामा केहीधक्कालाग्नथालेको हो कीभन्ने वाहिर वाट हेर्दा पाइन्छ त्यस्तो नहुन सक्छ तर वाहिर त्यस किसिमको म्यासेज आउनु संस्थागतचुनौतिहो भन्ने लाग्छ, यतातर्फ यस संस्थाकाअभिभावकहरुले वेलैमाध्यानदिन सकेमाम्याग्दी जेसिसले थपउचाई लिनसक्ने छ ।

केही पपुलिष्ट कार्यक्रमहरु जसरी सञ्चालनभएको पाइन्थ्यो त्यसैगरी निरन्तरतापाउनभने नसकेको पक्कै हो त्यस वाहेक संस्थाले म्याग्दीको समग्र विकासमा केही न केही योगदान पु¥याएको मेरो आँकलन छ । म जेसिस संग ब्यक्तिगत रुपमा टाढा रहेको भएतापनीयसको कामको आधारमा सम्मानगर्न सक्ने ठाउँ छ ।
धन्यवाद ।।

मंगला शिक्षा क्याम्पसले यूजिसीबाट अनुदान पाउने

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले संस्थागत, शैक्षिक लगायत विभिन्न अनुदानका लागि विश्वविद्यालय अनुदान आयोग नेपालबाट अनुदान पाउने भएको छ ।

आर्थिक अभावको कारण शैक्षिक उन्नयन तथा अन्य नियमित कार्यहरुमा समस्या भइरहेको अवस्थामा यूजिसीसँग आगामी ५ बर्षसम्म विभिन्न कार्यक्तमहरुमा समेत सहकार्य गर्ने सम्झौता भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । ‘क्याम्पसको सर्वाङ्गीण विकासका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ,‘अब सम्झौता अनुसार कार्य गर्नेछौ’ क्याम्पस अध्यक्ष थापाले भन्नुभयो ।

क्याम्पसको शैक्षिक, भौतिक, खेलकुद, अनुसन्धानात्मक लगायतका सम्पूर्ण कार्यहरुको विकासको लागि गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्रमाणपत्र उत्कृष्ट मार्गचित्र भएको अवस्थामा यो सम्झौताले क्याम्पसको मुख्य लक्ष्य क्यूएएको अभियानमा समेत सहज हुने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । क्याम्पस सञ्चालक समिति अध्यक्ष थापा, प्रमुख खत्रीले विश्वविद्यालय अनुदान आयोग नेपालका सचिव शंकर प्रसाद भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको मंगला शिक्षा क्याम्पसले सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडी बढाएको छ । हाल क्याम्पसमा २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

धान फल्ने खेत वनमाराले ढाक्यो

लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् ।

जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ । “खेती गर्नका लागि जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भएपनि जग्गाजमिन बाँझै छाड्नु बाध्यता बनेको छ ।”

उब्जाउ हुने जमिन बाँझो भएपछि स्थानीयहरु सदरमुकामदेखि खाद्यन्न किनेर खान थालेको मालिका– ३ का जगबहादुर बुढाको भनाइ छ । “कोही रोजगारी खोज्दै विदेश गए, विदेश नजाने गाउँ छाडेर सहर पसेपछि खेती गर्ने मान्छे नै पाइन छाडे”, उनले भने, “उत्पादन नभएपछि आयातित खाद्यान्न किनेर खानुको विकल्प छैन ।” केही स्थानमा खेतीयोग्य जग्गा ‘प्लटिङ’ हुने क्रम बढेको उनको भनाइ छ ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले हरेक वर्ष खेतीयोग्य जमिन १५ प्रतिशतले घटदै गएको बताए। तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरमा पनि जमिन बाँझो हुने क्रम बढेको छ । सिङ्गा, बगरफाँट, डाँडाखेतका खेतीयोग्य जमिनमा ‘प्लटिङ’ बढेपछि धान उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

कृषि कार्यालय र स्थानीय तहले कृषिउपजको उत्पादन बढाउन प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीमा अनुदान दिन थालेका छन् तर यति हुँदा पनि किसानलाई त्यसतर्फ आकर्षित गर्न सकिएको छैन ।

भूकम्पपछि गाउँबाट सहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनमा पल्टिङ बढेको हो । जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक पचासभन्दा बढी जग्गाको कारोबार हुन थालेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीको भनाइ छ । रासस

मेसीलाई म्याराडोना बन्ने अवसर

विश्वस्तरीय फुटबलर लियोनल मेसीले अर्जेन्टिनालाई कतार विश्वकपको फाइनलमा पुर्‍याएपछि आफ्नै देशका महान् फुटबलर डिएगो म्याराडोनाको अनुकरण र विश्वकप उपाधिसँग भाग्यको मेल गराउने अवसर पाएका छन्।

लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने क्रोएसियाको लक्ष्यलाई ३–० ले पन्छाउँदै अर्जेन्टिनाले बुधबार कतार विश्वकपको उपाधि भिडन्त तय गरेको छ। म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाएको पनि ३६ वर्ष पूरा भइसकेछ। म्याराडोनाले त्यो सफलता मेक्सिकोमा प्राप्त गरेका थिए। तर, त्यसयता अर्जेन्टिनाले विश्वकप उपाधि थप्न सकेको छैन। करियरको अन्त्यमा रहेका मेसीले उपाधिबाहेक सबैखाले सफलता पाइसकेका छन्। तर, उनमा विश्वकप उपाधिको भोक छ। ३५ वर्षका मेसीका लागि यो विश्वकप अन्तिम हुने उनले प्रस्ट पारिसकेका छन्।

तथापि, सन् २०१४ मा नै उनलाई विश्वकप उपाधि उचाल्ने अवसर थियो। ब्राजिलमा भएको त्यो विश्वकपमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध भएसँगै मेसीको सपना पूरा हुन सकेन। यो विश्वकपअगाडि नै उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने क्रममा कतारलाई यादगार बनाउने संकेत गरेका थिए। तर, सुरुआत राम्रो हुन सकेन र अर्जेन्टिना पहिलो खेलमा नै एसियन प्रतिद्वन्द्वी साउदी अरेबियासँग स्तब्ध हुन पुग्यो। अर्जेन्टिनाले धेरै सुधार ग¥यो। त्यसमा प्रमुख सारथि थिए, मेसी। उनले एक खेलाडीका रूपमा धेरै मिहिनेत गरे।

विश्वकपमा डेब्यु गरेको १६ वर्षपछि पहिलो पटक उनी विश्वकपको नकआउट चरणमा गोल गर्न सफल भए। मेसीले लगातार तीन खेलमा गोल गरिसकेका छन्। त्यसको साक्षी बन्यो, कतार। बुधबार विश्वकपमा उनको गोलसंख्या ११ पुगेको छ। जहाँ उनी गाब्रियल बाटिस्टुटालाई पछि पार्दै अर्जेन्टिनाका लागि विश्वकपमा धेरै गोल गर्ने खेलाडी बनेका छन्। विश्वकपको २५ खेलमा ११ गोल पूरा गर्दै उनले जर्मन स्टार लोथर माथ्युसको रेकर्ड बराबरी गरे। करियरको अन्त्यमा रहेका मेसीको लुसेल स्टेडियममा क्रोएसियाविरुद्ध खास विशेष देखियो, जहाँ उनले ऊर्जा बचाएका थिए।

कप्तानसमेत रहेका मेसी आफ्ना खेलाडीलाई प्रोत्साहित गर्ने र उनीहरूलाई आफ्नो जादुमयी तवरले बल उपलब्ध गराउनमा व्यस्त देखिए। यसअघि दुई चरणको खेलका नायक क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच पनि मेसीविरुद्ध निरीह भए। अर्जेन्टिनाले पहिलो हाफमा नै पेनाल्टी पाएको थियो। जहाँ मेसीले लिभाकोभिचलाई गोल गर्ने कुनै अवसर नै दिएनन्। त्यसपछि उनले हुलियन अल्भारेजको गोलमा उत्कृष्ट बल उपलब्ध गराएका थिए। त्यो गोलपछि पहिलो हाफमा नै अर्जेन्टिनाले २–० को अग्रता बनायो।

दोस्रो हाफमा पनि उनको प्रदर्शन यादगार नै रह्यो। मेसीले क्रोएसियाका जोस्को भार्डियोललाई छक्याउँदै अल्भारेजका लागि फेरि बल उपलब्ध गराउन सफल भए। ‘पछिल्लो १५ वर्षयता उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। आज फेरि उनी उत्कृष्ट साबित भए,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मेसीबारे भने।

‘द ग्रेटेस्ट’

क्रोएसियाविरुद्ध एक गोल गर्दै मेसीले फ्रान्सका किलियन एम्बाप्पेको पाँच गोलसँग बराबरी गरेका थिए। तर, उनी एसिस्टमा एम्बाप्पेभन्दा अगाडि छन् र कतार विश्वकपलाई यादगार बनाइरहेका छन्। ढल्कँदो उमेरका बावजुद मेसीले आफूलाई प्रमाणित गरिरहेका छन्। उनी र एम्बाप्पे पिएसजीका सहकर्मी हुन्। उनले त्यहाँ एम्बाप्पेका लागि राम्रो बल उपलब्ध गराउँदै आएका छन्। अर्जेन्टिनामा पनि मेसीले युवा स्टार अल्भारेजलाई बल उपलब्ध गराउने काम गरे। ‘मेसी महान् खेलाडी हुन्। किनकि हामी अर्जेन्टिनी हौं। तर, म मात्र होइन, सबै जना यसमा सहमत हुन्छौं होला। उनको प्रशिक्षक हुन र उनलाई प्रत्यक्ष हेर्न पाउनु भाग्यमानी ठान्दछु ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कलोनी भन्छन्।

अर्जेन्टिना फाइनलमा पुग्नु मेसीका लागि मात्र होइन। समस्त विश्वभर रहेका अर्जेन्टिनी समर्थकका लागि पनि हो र अझ भनौं डिएगो म्याराडोनाका लागि। यता, प्रशिक्षक स्कलोनीले पनि एक महान् खेलाडीको साथ राम्रो टोली निर्माण गर्न सफल भए। जुन टोलीले महान् फुटबल म्याराडोनाको निधनपश्चात् पहिलोपटक अर्जेन्टिनालाई फाइनलमा पु¥याएको छ। अर्जेन्टिनी खेलाडी पनि उनै महान् म्याराडोनालाई यो उपाधि समर्पण गर्न चाहन्छन् र त्यसका लागि अर्जेन्टिना एक कदम मात्र पछाडि छ।

अर्जेन्टिनी खेलाडीको यो लक्ष्य पूरा हुन सके साँच्चै नै कतार यादगार र अवस्मरणीय रहनेछ। एक वर्षअगाडि मात्र मेसीले स्पेनिस क्लब बार्सिलोनासँगको लामो यात्रा अन्त्य गर्दै कतारी स्वामित्वमा रहेको पिएसजीमा आबद्ध भएका थिए। सोही कतारसँग उनको सम्बन्ध यागदार बन्ने संघारमा छ। किनकि दोहामा हुने कतार विश्वकपमा फाइनलमा मेसीलाई महान् खेलाडीमा भएको कमी पूरा गर्ने अवसर हुनेछ।