Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 697

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध  सम्बन्धी मुद्दामा कसुर ठहर भएको छ। निसीखोला—६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० किलो गाँजा जस्तो देखिने धुलो सहित पक्राउ परेका घर्ती दाेषी ठहरिएका हुन्।

जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। ‘उहाँको मुद्दामा कसुर ठहर भएको छ, कसुर ठहर हुनु भनेको दोषी देखिनु हो,’ उनले भने, ‘सजाय निर्धारण चाहिँ भैसकेको छैन। १९ गतको लागि सजाय निर्धारणको फैसला गर्ने पेशी तोकिएको छ।’

सजाय निर्धारण भएपछि घर्तीले पुनरावेदन गर्ने समय भने पाउने उनको भनाइ छ। ‘जिल्ला अदालतबाट उहाँ दोषी ठहरिनुभएको छ, अब सजाय तोकिन्छ, ’उनी भन्छन्, ‘उहाँले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार उहाँलाई छ, त्यो समय पाउनुहुन्छ।’

घर्ती दोषी ठहर भएपछि उनको गाउँपालिका अध्यक्ष पद पनि जोखिममा परेको छ। गत स्थानीय निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। कसुरदार देखिएमा स्वतः पदमुक्त हुने भए पनि अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए।

‘कसुरदार देखिएमा पद जाने भन्ने कुरा त हो, त्यो कानुनी प्रावधानहरुको बारेमा पनि हेरौंला,’ उनले भने,‘सजाय निर्धारण नभईसकेकोले यसै भन्न सकिने अवस्था त भएन। यसबारेमा मैले श्रीमानसँग पनि बुझौंला।’ बुर्तिबाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरेपछि प्रहरी घर्तीको घरसम्म पुगेको थियो। घर्तीको घरमै ठूलो परिणाममा गाँजाका धूलो भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा÷चरेस–नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाएको थियो। १९ गतेको पेसीमा सजाय निर्धारण भएपछि घर्तीले फैसला चित्त नबुझे पुनरावेदन गर्न सक्नेछन्।

१० वर्ष भन्दा कम सजाय तोकिएको खण्डमा धरौटी राखेर घरमै बसी पुनरावेदनको मुद्दा लड्ने कानुनी व्यवस्था भएको अधिवक्ता राम शर्मा बताउँछन्। ‘प्रिन्सीपल्ली त कसुर ठहरिएपछि पदमुक्त हुनुपर्ने हो, न्यायिक हिसाबले चाहिँ जिल्लाको फैसला चित्त नबुझे उच्च र सर्वोच्च जाने व्यवस्था छ र लागूऔषधको मुद्दामा १० वर्ष भन्दा कम कैद सजाय भए दैनिक तीन सय रुपैयाँ बराबर धरौटी राखेर घरमै बसीबसी पुनरावेदन गर्न पाउने व्यवस्था छ।’ गत निर्वाचनमा घर्तीले एमालेका भूमिराज घर्तीलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

जानकी मन्दिरमा कालिगण्डीकीको शालिग्राम शिला लगिने

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।  मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रशस्तै पाइने शालिग्राम पाइने विश्वकै एउटा मात्र कालीगण्डकी नदीमा सरकारी निकायका प्रतिनिधि सहितको खोजी र उत्खनन्का लागि खटिएका छन्।

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका थिए।

तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ। बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली सम्भावित क्षेत्रमा पुगेको बताए।‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य अहिलेलाई रोकिएको छ’, मेयर केसीले भने।

उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाई छ। बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधि सहितको टोलीले समेत सघाइरहेको छ। बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्। कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ।शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तीब्र छ।

जानकी मन्दिरमा कालिगण्डीकीको शालिग्राम शिला लगिने

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रशस्तै पाइने शालिग्राम पाइने विश्वकै एउटा मात्र कालीगण्डकी नदीमा सरकारी निकायका प्रतिनिधि सहितको खोजी र उत्खनन्का लागि खटिएका छन्। मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ।

आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका थिए।

तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शिलाको खोजीमा आएको टोली सम्भावित क्षेत्रमा पुगेको बताए।‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य अहिलेलाई रोकिएको छ’, मेयर केसीले भने। उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाई छ। बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधि सहितको टोलीले समेत सघाइरहेको छ। बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्। कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ।शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तीब्र छ।

नीलगिरि खोलाले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि १ र २ जलविद्युत आयोजनालाई २२० केभि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने नेपाल सरकारले निर्णय गरेको छ । १३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजनालाई दानामा रहेको सवस्टेशनसम्म प्रशारण लाइन निर्माणमा बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गदैं निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताएका थिए ।

दुबै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने प्रक्रियामा सरकारले सहज बनाइदिएको आयोजना पक्षको भनाई छ । छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ।

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई,अलपत्र योजनाहरूलाई ताकेता गरिएको छ : मेयर केसी

आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

बेनी नगरका मेयर सुरज केसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरबासीले नगरको गुरुयोजना निर्माण गर्न, खानेपानीमा एक घर एक धारालाई पुर्णता दिन, खानेपानी समस्यालाई प्राथमिकता राखेर समाधान खोज्न, सिचाई नहर मर्मतमा ध्यान दिन, तातोपानी बजारमा ढल निकासको समस्या समाधानमा पहल गर्न, पहिरो, भूक्षय नदीको कटानको जोखिमबाट तातोपानीबजारलाई जोगाउने योजना अघि बढाउन माग राखेका थिए ।

सावर्जनिक सुनवाईमा सरकारी विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन, बेनी–दरवाङ सडकमा नाली सरसफाई, सडक मर्मत लगायतको काम समयमै गराउन, पर्यटन पुर्वाधार निर्माण जोड दिन, विकास निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन अनुगमनमा ध्यान दिन, सिपयुक्त तालिम ब्यवस्थापन गर्न, बजार क्षेत्रमा पार्किङको सुविधा विस्तार गर्न, खेलकुद पुर्वाधार निर्माण जोड गर्न, बैकिङ डिजिटल सेवालाई विस्तारमा समन्वय गर्न, नगरको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउन माग राखेका थिए ।

नगरपालिबासीले उठाएको जिज्ञासाको जवाफ दिदै मेयर केसीले संघ, प्रदेशले निर्माण गरेका अलपत्र पारेका संरचनालाई पूर्णता दिन पहल गरिरहेको बताउनुभयो । म्याग्दी नदीको कटानको जोखिममा रहेको सिंगा तातोपानी बजार र मसारको बस्तीलाई जोगाउन नगरको बजेटबाट गर्न नसकिने बताउदै संघ र प्रदेश लगायतको समवन्य गरेर रुपाताल संरक्षण योजना ल्याउने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।


उहाँले तातोपानी कुण्डलाई नदी कटानबाट जोगाएर प्रमुख आम्दानी स्रोतको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको सार्वजनिक सुनुवाई उल्लेख गर्नुभयो । “नगरबाट ठेक्का प्रक्रियाबाट गरेका विकास निर्माणमा शतप्रतिशत काम हुन सकेको छैन्”– उहाँले भन्नुभयो “बेनी–पाखापानी सडक नगरले छुट्याएको १ करोड बजेट १ किलोमिटर पनि सडक स्तरोन्नती गर्न नसकिने अवस्था नगरमा रहेको छ । आम्दानीको स्रोत कम हुदाँ विकास निर्माणले पूर्णता पाउन सेकेको छैन् । यस्तै बजेट अपुगको समस्या अन्य सडक स्तरोन्नतीमा पनि भएको छ ।”

मेयर केसीले रावण पार्क, खुल्लामञ्चको प्यारापिट निर्माणधिन अवस्थामा रहेको छ । गोस्वारा, तमाने, एकीकृत जामुनाखर्क, खवरा खानेपाी र राउवडा खानेपानी योजना निर्माण सम्पन्न अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । नगरमा उपमेयरसंग आमासमुह कार्यक्रममार्फत वडानम्वर १, २ र ३ मा सिपमूलक तालिम लगायतको कार्यक्रममा आमासमूहको भवनमा गरिरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले नगरबासी बृद्ध, अपाङ्गता लगायतले पाउने नागरिकता लगायत अन्य सुविधाको विषयमा जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर उपलब्ध गराएको बताउनुभयो । ढकालले उद्योग वाणिज्यतर्फ विनियोजन भएको ५० लाख रुपैया नगरबासीलाई रोजगार र उत्पादनसंग जोड्ने सिपमूलक तालिम लगायतमा खर्च गरिने जानकारी दिनुभयो । “जनताको अपेक्षा पुरा गर्ने नगरमा स्रोतसधान र आर्थिक अभाव छ। चालु आर्थिक बर्षमा नगरको योजना जनताको आवश्यकताको आधारमा छनोट भएका छन् । त्यही योजनालाई कार्यान्वयन गर्न माग अनुसारको बजेट विनियोजन गरिएको छ।” ढकालले भन्नुभयो “ नगरपालिकाले कानुन पालना गरेर सेवाप्रवाह, विकास निर्माणको काम र विभिन्न कार्यक्रम गरेको छ ।” सो कार्यक्रममा उपस्थित वडाअध्यक्ष अर्णबहादुर खड्का, गोविन्द्र बानियाँ, कृष्णसिङ बानियाँ लगायतले वडाभित्रको विकास निर्माणबारे उठेको प्रश्नको जवाफ दिनुभएको थियो ।


राजनीतिक दलतर्फबाट बोल्दै नेपाली कांग्रेसका बेनी नगर उपसभापति हरिप्रसाद पौडेलले जनताका समस्यालाई समाधान गर्न आगामी दिनमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका विषयगत कार्यालयका प्रमुखलाई बोलाउन आग्रह गर्नुभयो । पौडेलले पहिलो चौमासिकको प्रगति सार्वजनिक मात्र होईन दोस्रो चौमासिकमा विकासतर्फ, आयस्रोततर्फ यो यो काम गर्छौ भन्ने ठोस योजना जनप्रतिनिधि र कर्मचारी ल्याउन माग गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका बेनी नगरपालिका संयोजक शेरबहादुर केसीले जनताले राजनीतिक दलमाथि राख्ने समस्या जनप्रतिनिधि र कर्मचारीमाथि राख्ने वातवरण तयार गर्न आग्रह गर्नुभयो । नगरको सार्वजनिक सुनुवाई, नगर बैठक लगायतको विभिन्न कार्यक्रममा संघ, प्रदेशका जनप्रतिनिधि र राजनीतिकि दलसंग समन्वय, उपस्थित गराएर अघि बढ्न सकेमा जनताको आकांक्षा अनुसार काम गर्ने वातावरण तयार हुने बताउनुभयो । पत्रकार महासंघ म्याग्दीका सदस्य कृष्ण जिसी, साधन राम्जाली र धीरन खत्रीको सहजीकरणमा सार्वजनिक सुनवाई सम्पन्न भएको थियो ।

बेनी नगरपालिका डेढ करोड ५७ लाख राजश्व संकलन

बेनी नगरपालिकामा यस आर्थिक बर्षको पहिलो चौमासिकमा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँ आन्तरिक राजश्व संकलन भएको छ । यस आर्थिक वर्ष २०७९/०८० बर्षमा नगरले प्रक्षेपित रकम रु ४ करोड २३ लाख ७० हजार रहेको मध्ये पहिलो चौमासिकमा सो रकम संकलन गरेको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले ब्यवसाय कर, जन्म, मृत्यु, विवाह, बसारसराई, सम्वन्ध विच्छेद लगायतको सेवाप्रवाहबाट राजश्व संकलन भएको बताउनुभयो । ढकालले पहिलो चौमासिकमा पुँजीगत खर्च १ करोड ७ लाख ८५ हजार खर्च (४.३२ प्रतिशत भएको छ भने चालु तर्फ ११ करोड ३२ लाख ७१ हजार रुपैया ( २३.४८ प्रतिशत) खर्च भएको जानकारी दिनुभयो । यस आर्थिक बर्षमा नगरमा कुल बजेट ७३ करोड ३१ लख ५३ हजार रुपैया रहेको छ । चालुतर्फ ४८ करोड ३७ लाख २५ हजार रुपैया र पुँजिगततर्फ २४ करोड ९४ लाख २८ हजार रुपैयाँ बजेट छ ।

बेनी नगरपालिकाले मेयर सुरज केसीले करको क्षेत्र र दायरा विस्तार गरी आन्तरिक आयमा अभिवृद्धि गर्ने योजना रहेको बताए । आन्तरिक स्रोत कम हुदाँ नगरको जनताको आवश्यकता अनुसार्र विकास निर्माणमा प्रयाप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको केसीले भने । विकास बजेटमा संघ र प्रदेशबाट स्विकृतमा ढिलाई, चाडपर्व र निर्वाचनले सोचेजस्तो काम पहिलो चौमासिकमा हुन नसकेको मेयर केसीले बताउनुभयो ।

मृगौला पीडित पूर्जालाई यूकेबाट सहयोग

इष्टली गोर्खा नेपलिज एसोसिएसन यूकेले दुवै मृगौला फेल भएर उपचारार्थ पर्वतको जलजला गाउँपालिका–१ (बाँस्खर्क) निवासी करिना पुर्जालाई सहयोग गरेको छ । लामो समयदेखि मृगौला फेल भएर ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारर्थ पूर्जालाई १ लाख १५ हजार २ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जाले डायलासिस र नियमित औषधीका लागि सहयो खोजीरहेकी पूर्जालाई सहयोग गरिएको बताउनुभयो । मृगौलामा खरावी आएपछि पूर्जाको उपचारमा विभिन्न माध्यमबाट सहयोग जुटिरहेको छ।

नामावली यस प्रकार छ: Name List are as follows:

1)Kamal Bahadur Purja £50

2) Raman Sing Thapa £20✅ 3) Indra Lg Thapamagar £20✅ 4) Glynn Dai £20✅ 5) Allan Cook £35 ✅ 6) Peter Eade £20✅ 7) Santa Prasad Purja £25✅ 😎 David Mence £20✅ 9) Rani Maya Pun £25✅ 10) Gary & Maxine £20✅ 11) Pham Maya Purja £25✅ 12) Manoj Purja £25✅ 13) Om Maya Garbuja £25✅ 14) Yam Bahadur Purja £25✅ 15) Bhoj purja £20 ✅ 16) Tirtha Pun £20✅ 17) Rajendra Purja £20✅ 18) Damar Bahadur Purja £20✅ 19) Tul Bahadur Purja £20 ✅ 20) Bhim Bahadur Chochangi Pun £ 10✅ 21) Tika Bahadur Purja £20✅ 22) Shyam Prasad Purja £ 30✅ 23) Laxman Garduja £ 20 ✅ 24) Nigel £ 20 ✅ 25) Ganga Bahadur Purja £35 ✅ 26)Tul Bahadur Pun £ 30✅ 27) Subash Pun £50✅ 28) Resham Pun £20✅ 29) Shantosh Pun £ 20✅ 30) Prem Kumari Gurung £10✅

 

 

अन्नपूर्णको घारमा सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना भएको छ । बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो¬) गाउँमै उत्पादन गर्ने उद्देश्य अनुरुप तालिमको आयोजना गरिएको हो ।
सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम संचालन गरेको हो ।

पुस १ गतेदेखि तालिम संचालन भईरहेको छ । ७ दिनसम्म चल्ने तालिममा ३५ जनाको सहभागिता रहेको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिनुभयो । २५ जनाको कोटा भए पनि सहभागी धेरै आएकाले लक्ष्यभन्दा बढिलाई सहभागि गराइएको उहाँले बताउनुभयो ।

सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत रु दुई लाख बजेटबाट सो तालिम सञ्चालन गरिएको हो । गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गर्न तालिमले सघाउ पु¥याउने छ ।

तालिमको सुआहारा कार्यक्रमका पोषणविज्ञ राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गर्नुभएको छ । तालिम अनुगमनका क्रममा आइतबार घारमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पिठो उत्पादनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
जंकफुडको आयात घटाउने, व्यावसायिकरुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिकरुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलनका कार्यकारी निर्देशक बिटालुले बताउनुभयो ।

सर्वोत्तम पिठो छ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाका लागि आवश्यक सर्वोत्तम पिठो बजारबाट खरिद हुँदै आएको छ । सीप सिकेपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने र यसबाट आयआर्जन समेत गर्न सकिने तालिममा सहभागि महिलाहरुले बताएका छन ।

प्रथम गण्डकी प्रदेश भलिबल प्रतियोगिताका लागि म्याग्दीबाट छनौट

प्रथम गण्डकी प्रदेश पुरुष भलिबल खेलका लागि म्याग्दीका खेलाडी छनौट गरिएको छ । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा आगामी पौस ६ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुजन चोखालको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

‘खेल अभ्यास भइरहेको छ,यसपटक हामीले उपाधीका लागि सक्ने प्रयास गर्नेछौ’ अध्यक्ष बानियाँले भने । उनका अनुसार जिल्लास्तरमा छनौट गरिएका खेलाडीमा रामकृष्ण खत्री, मदन चोखाल, सुनिल सुन्दास, असोक खत्री, मनिष गौचन,जंगबहादुर विक, विशाल भण्डारी, सचिन परियार, रविन दर्जी, शिव श्रेष्ठ र सुरेश परियार रहेका छन् ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक खड्क केसी, सहायक असोक शाही र टिम ब्यवस्थापक मनोज खड्का रहेको भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले जानकारी दिए । म्याग्दीमा भलिबल संघ सक्रिय हुन थालेपछि ग्रामिण क्षेत्रमा प्रशिक्षणले समेत प्राथमिकता पाएको छ ।

बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा

म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ मोहनचोकमा  सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ ।

बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिसस प्रमुख थापा र गाउँपालिका अध्यक्ष आचार्यले सहकारीलाई बचत र ऋणका साथ साथै सामाजिक र आर्थिक क्रियाकलापमा जोड्न सिवाइसीले गरेका प्रयास अन्य सहकारीहरुका लागि पनि उदाहरण बनेको बताउनुभयो । बेनी सेवा केन्द्रका असल बचत कर्ता कृष्णप्रसाद अर्याल, ऋणी सदस्य प्रजामान श्रेष्ठ, सदस्य दिलकुमारी घर्ती र बाल बचत कर्ता श्रेया आचार्यलाई सम्मान गरिएको थियो । ८० वर्ष पुरा गर्नुभएकी बेनपा ६ की भरी पाध्यायलाई स्वास्थ्य जाँच खर्च उपलब्ध गराइएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष ०७८÷०७९ को प्रगती प्रतिबेदन र ०७९÷०८० को प्रस्तावित नीति तथा कार्यक्रम संगै सेवाकेन्द्रको हाल सम्मको प्रगति प्रतिवेदन, सिवाइसी साकोसको संक्षिप्त विवरण र सिवाइसी साकोसबाट प्राप्त हुने वित्तीय तथा गैर वित्तीय जस्तैः बचत सेवा, ऋण सेवा, अध्वदैहिक राहत (मृत्यु राहत), सुत्केरी पोषण सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा, जेष्ठ नागरिक औषधी उपचार सुविधा, बिमा सुविधा, ऋण बिमा सुविधा, एकल महिला पेन्सन सुविधा, मोवाइल बैङकिङ सुविधा, मिस्डकल बैङ्किङ सुविधा, एटिएम सुविधा, रेमिटान्स सेवा, चौरासी पुजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, शैक्षिक सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा आदिको बारेमा जानकारी गराइएको थियो ।

बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सचिव मदन सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २५ वटा सेवाकेन्द्र, २३ हजार ६५७ जना सदस्य, रु. १४ करोड ८८ लाख ६१ हजार शेयर पुजिँ रहेको सहकारीमा गत आर्थिक वर्षमा रु. तीन अर्ब ८८ करोड ३२ लाख एक हजार बचत, रु. एक अर्ब ५५ करोड २६ लाख ३७ हजार ऋण लगानी रहेको जानकारी दिनुभयो ।

११२ जना कर्मचारी रहेको सहकारीले गत वर्ष ६९ जनालाई पेन्सन, २९७ जनालाई सुत्केरी पोषण र ५३३ जनालाई अध्वदैहिक राहत (मृत्यु राहत) वितरण गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो । म्याग्दीको दरवाङ, मुस्ताङ र पोखरामा सदस्य सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको सहकारीका सहसचिव सुवास आचार्यले बताउनुभयो ।

बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका कोषाध्यक्ष माधवप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हुँदा खाँदासँग भएको पैसा हुँदाखाँदा सम्म पु¥याउने भन्ने मुल नारा बोकेको सहकारीले प्रविधिको प्रयोग गरेर एटिएम, मोवाइल जस्ता अध्याधुनिक सेवा दिएको बताउनुभयो ।

बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)को अध्यक्षतामा भएको कार्यक्रममा बेनपा ८ का अध्यक्ष उत्तम कर्माचार्य, दिपेन्द्र श्रेष्ठ, सन्तोष रावल, धनञ्जयकुमार श्रेष्ठ, सिवाईसी नेपाल लघुवित्तका सञ्चालक कृष्णबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सिवाईसी साकेस जलजला सदस्य सेवा केन्द्रका सह संयोजक हरेम बहादुर खत्रीको अध्यक्षता, सचिव पुष्पा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इन्दुप्रकाश आचार्यले स्वागत, कोषाध्यक्षको प्रतिवेदन अनिता मल्ल केसीले प्रस्तुत गर्नुभएको थियो ।

बुधबारदेखि प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ।

नेपाल भलिबल संघ स्वीकृति तथा गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजना हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशका ११वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापामगरले जानकारी दिए। कास्की, तनहुँ, स्याङजा,बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता रहने छ।

पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धा बेष्ट अफ फाईभमा खेलाईने छ। प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष रमेश रानाका अनुसार प्रतियोगिता लिगमा खेलाईने छ। प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उपविजेताले नगद १ लाख रुपैयाँ पाउँदा तेस्रो र चौथो(सान्त्वना) हुने टोलीले पनि ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

सर्वोत्कृष्ठ खेलाडीले २० हजार रुपैयाँर राशीको पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। विभिन्न जिल्लाले प्रतियोगिताको लागि टिम छनोट गरिसकेको छ। नागरिक