Wednesday, May 14, 2025
21.9 C
Beni
21.9 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 799

गरिमा बैंकको मंगलामा वित्तिय साक्षरता कार्यक्रम, १६ विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

0

म्याग्दीको मंगला गाउँपालिकाका १६ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई गरिमा विकास बैंक बावियाचौर शाखाले शैक्षिक साम्रागी सहयोग गरेको छ । बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत सोमबार मंगला माविमा आयोजित वित्तिय साक्षरता कार्यक्रममा गाउँपालिका भित्रका ८ मावि विद्यालयका प्रअ सहितको उपस्थितीमा विपन्न र जेहेन्दार विद्यार्थीलाई झोला, स्टेशनरी साम्रागी वितरण गरिएको शाखाका कर्मचारी खिम बुढाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विद्यार्थीलाई वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउन सकेमा दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरुका बारेमा जानकारी हुने बताउनुभयो ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बैंकमार्फत कारोबारका बारेमा जानकारी हुदाँ योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा सहज हुने बताउनुभएको थियो ।

सोही अवसरमा सारदा माविका प्रधानाध्यापक खगेन्द्र सापकोटा, महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले विद्यालयमा वित्तीय जागरणका कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

सोही अवसरमा शाखा प्रबन्धक जित गर्बुजाले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमका ८ वटै विद्यालयका प्रअ, विद्यार्थी सहित सरोकारवाला निकायको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षत मंगला माविका प्रअ गमबहादुर खत्रीले गर्नुभएको थियो । गरिमाको म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, पोखरेबगरमा शाखा रहेको छ ।

हिमाली जिल्ला घोषणामा जिसस म्याग्दीको भूमिका उच्च : कटुवाल

0

म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न जिल्ला समन्वय समितिको भूमिका उच्च रहेको जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभएको छ ।

म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ’केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५’ संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गर्न जिससमार्फत निरन्तर निर्णय सहितका कार्यहरुले सम्भव भएको बताइएको हो ।

पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिसस सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको मोटरेबल पुल निर्माण लगायतको मुख्य काम गराउन सफल भएको बताउनुभयो।

‘भुकम्पबाट प्रभावित नीजी आवास र विद्यालय भवन पुनर्निमाणमा सहजीकरण गर्ने अवसरमा मिल्यो,‘पाँचबर्षे कार्यकालमा जिल्लामा सक्ने धेरै काम गरियो’ कटुवालले भन्नुभयो । जिसस प्रमुख कटुवालको समेत पहलमा म्याग्दी हिमाली जिल्ला घोषित भएको थियो ।

जिससमार्फत गरिएको प्रस्तावलाई सरकारले हिमाली जिल्ला घोषणा गरेको थियो । त्यस्तै जिल्लामा प्राप्त हुने रोयल्टी सहितका सुविधाहरूमा समेत दवाव मिलेको थियो ।

समन्वयकारी भूमिका खेल्ने निकाय भएपनि जिससमार्फत जिल्लाका विभिन्न योजनाहरुको गति सहितका कार्यहरुमा समेत दवाव दिएको थियो ।त्यस्तै तत्कालित जिविस हुदै समन्वयको कोषमा आएको बजेट मध्ये ४ करोड रुपैयाँ बजेटलाई स्थानीय तहको पुर्वाधार निर्माणमा साझेदारी गरिएको भन्नुभयो ।

पाचँवटा जिल्ला सभासहित ४७ वटा जिल्ला समन्वय समितिको बैठकका सबै निर्णयहरु सर्वसम्मत गर्न सफल भएको पत्रकार सम्मेलनमा केसीले बताउनुभयो ।जिल्लाका संचालित विकास आयोजना निर्माणलाई गति दिन सहजीकरण, अनुगमन तथा समन्वय गरेको बताउदै कानुनी अस्पष्टताका कारण नदीजन्य बस्तुको उत्खनन् तथा निकासीको अनुगमनमा समस्या भएको अवगत गराउनुभयो ।

जिल्लामा निर्माणधिन मुख्य आयोजनाहरुमा ढिलासुस्ती र लापरबाही बढेको बताउदै सरोकारवाला र जिल्लाबासीले र संचारमाध्यमले विशेष निगरानी गरेर खवरदारी बढाउन समेत आग्रह गर्नुभएको छ ।

सोही अवसरमा डिलिप प्रोजेक्टको ठेक्काको विषयलाई लिएर अदालतमा मुद्धा हाल्ने कार्यले अन्तिम समयमा काम गर्न असहज भएको समेत बताइएको थियो । जिससमार्फत स्थानीय तहमा जाने पूर्वाधार साझेदारी कार्यक्रमको बजेटका साथै कर्मचारी सहित अन्य खाता समेत रोक्का हुदाँ सेवा प्रवाहमा असर गरेपनि जिल्लाक सबै स्थानीय तहसँग सहकार्य भएको थियो ।

‘विकास पत्रकारीता पुरस्कार’ बाट म्याग्दीका पाचँ जना पत्रकार पुरस्कृत

0

म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट बेनीअनलनका संस्थापक हरिकृष्ण गौतम र सहकर्मी धुब्रसागर शर्मा सहित पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा जिल्लाका पाँच जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु बेनीअनलाइनकर्मी गौतम, शर्मा, ठाकुरप्रसाद आचार्य र कमल खत्री रहेका छन् । गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।

‘विकास पत्रकारीता पुरस्कार’ आर्थिक बर्ष २०७३÷०७४ को खड्का, २०७४÷०७५ को शर्मा, २०७५÷०७६ को गौतम, ०७६÷०७७ आचार्य र ०७७÷०७८ को खत्रीलाई प्रदान गरिने निर्णय पुरस्कार छनोट समितिले गरेको थियो । सोही कार्यक्रममा जिसस नवनिर्वाचित टिमलाई पदभार ग्रहण र निर्वतमान टिमलाई विदाई तथा सम्मान गरिएको थियो ।

म्याग्दीका दुई गाउँमा केराले भित्र्याउँछ वार्षिक डेढ करोड

0

बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।

खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरी किसानले गरेको केराखेतीबाट वार्षिक डेढ करोडभन्दा बढी रकम भित्रिन्छ। खबराका किसानले केराखेतीबाट वार्षिक रूपमा एक करोड हुने गरेको छ भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको केरा बिक्री गर्छन्। व्यापारी घरघरमा पुगेर केरा उठाउने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्की बताउँछन्।

खबराका किसानले विगत १२ वर्ष देखि व्यावसायिक केराखेती गर्दै आएका हुन्। बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको विगत १० वर्षदेखि खबरामा केरा खेती गर्दै आएका अगुवा कृषक शोभित शर्मा सापकोटाले बताए।  राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ। खेतबारी,पाखा, कान्ला र खोल्सा सबैतिर केराखेतीले छपक्कै ढाकेको अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए।

खबरामा केराखेतीको सुरुवात २० वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेका हुन्। उनीहरूले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ।

अन्यभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान यसतर्फ आकर्षित भएका हुन। खबराका प्रत्येक घरधुरीले व्यावसायिक रूपमा हजारी जातको केराखेती गरेको कार्कीले बताए।

स्थानीय शोभित सापकोटा करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन्। परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताए।

बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा केरा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ। ‘धान, कोदो, मकै र गहुँभन्दा केराबाट राम्रो आम्दानी गर्न सकिन्छ’, स्थानीय बविता सापकोटाले भनिन्, ‘पाँचरोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रूपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ।’

सापकोटाले १० वर्ष देखि केरा खेती गर्दै आएकी छिन्। छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उनले भनिन् ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ।’ उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ’, सापकोटाले भनिन्, ‘केरा लिन व्यवसायीह घरमा आउँछन्। राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ।’

धान छोडेर केरा खेतीमा बगरफाँटवासी

बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्।

अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्। केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए।

कार्कीले खेतका गह्रामा ५०० सय केराका बिरुवा लगाएका छन्। ३०० बोटले उत्पादन दिन थालेका उनले जानकारी दिए। त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झञ्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान छाडेर केरा लगाएको थापाले बताए।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए। एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। एउटै घरीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने उनीहरू बताउँछन्।

ऐतिहासिकस्थल संरक्षण अभियान सुरु

0

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनर्निर्माण तथा संरक्षण अभियान सुरु भएको छ ।

म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन् ।

बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनर्निर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुर्ननिर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, सत्तल, चौतारी र वर–पीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनःर्निर्माण कार्यलाई अघि बढाएको छ ।

यसैगरी, बेनी –६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनर्निर्माण तथा मर्मतसम्हारको काम सञ्चालन भइरहेको बेनी–६ का वडाध्यक्ष कृष्ण बानियाँले बताए । उनका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब पाँच लाख रुपैयाँ बजेट नै खर्च गरेको छ ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँपुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका वर–पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वर–पीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको वडाध्यक्ष बानियाँले जानकारी दिए ।

उनका अनुसार १०० वर्षभन्दा पुराना वर–पीपलका रुख रोप्नेको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए । उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पीपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो ।

वर–पीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वर–पीपल र चौतारी छन् ।

यसैगरी बेनी–२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ । वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ । ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीको संरक्षणका लागि स्थानीयसँग वडाले समन्वय गरेर काम अघि बढाइने उनले बताए ।

६ वटा स्थानीय तह रहेको जिल्लाका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत वर–पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

त्यसैगरी, ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वर–पीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी, बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वर–पीपलका बिरुवा रोपिएको छ । रासस

चिनीको मुल्य प्रतिकिलो ११० पुग्यो

0

एक महिना अगाडीसम्म बजारमा प्रति केजी ९० रुपैयाँमा चिनी किनेका संगमचोकका लक्ष्मण शर्माले सोमबार विहान प्रतिकिलोमा ११० रुपैयाँमा किने । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो । केही महिना अगाडी चिनको कृतिम अभाव देखाएर व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए ।

पछिल्लो समय भारतबाट आयात तथा नेपालमै उत्पादन घटेको भन्दै थप १० रुपैयाँ मृल्य बढेको ब्यापारीको भनाई छ । चिनीसँगै अन्य घरायसी सामानको मुल्यमा समेत उनले विगतको तुलानमा न्यूनतम ५ देखि १५ रुपैयाँसम्म मुल्यबृद्धि भएको बताए ।

किचनमा आवश्यक पर्ने खाद्यान्न साम्रागी, तरकारी सहित अन्य बस्तुको मुल्य छोइनसक्नु भएको उपभोक्ताको भनाई छ । ‘प्रतिकेजी चिनीमै २० रुपैयाँ बढेको छ,‘भान्सामा चाहिने सबै बस्तुको मुल्य बढेको छ’ एक उपभोक्ताले भने । भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा अझै मुल्य बढ्ने अनुमान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको बताए ।

‘पुरानो स्टक भएमा १०५ सम्म बिक्री गरिरहेका छन्,‘उतैबाट मुल्य बढेर आएको छ’ अध्यक्ष कटुवालले भने । देशका विभिन्न जिल्लामा उत्पादक र व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएपनि म्याग्दीका ब्यापारीले गोठाममा भएको चिनी बिक्री गरिरहेको म्याग्दी उवासंघले जनाएको छ।

नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

0

अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोया द्वारा आयोजित उक्त कार्यक्रममा अध्ययनका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडका र विशिष्ट अतिथी मोना आईईसीका कोषाध्यक्ष महेन्द्र खड्काले पदाधिकारी सदस्यता प्रमाणपत्र वितरण गर्नुका साथै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाका सचिब सागर थापा बगालेले जानकारी दिनुभयो ।

संस्थाका संयोजक राम किसानको अध्यक्षता, म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीका बरिष्ठ उपाध्यक्ष ददीवल खडकाको प्रमुख आतिथ्यता, मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडकाको विशिष्ट आतिथ्यतामामा सम्पन्न उक्त कार्यक्रममा मोना आईईसी एशिया प्याशिफिक संयोजक दीपक कार्की,–मोना जापानका उपाध्यक्ष बिशाल केसी,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,नेपाली व्यवसायी संध जापानका अध्यक्ष विजेश थकाली, गल्कोट समाज जापानका अध्यक्ष याम खत्री, नेपाली व्यवसायी संघ जापानका सम्पुण पदाधिकारी,पश्चिमाञ्चल भलिवल संघका संस्थापक अध्यक्ष साथै तमु धी जापानका भुतपुर्व अध्यक्षगुरुङ, मोना जापानका बरिष्ठ उपाध्यक्ष विशाल केसी,मोना जापानका क्षेत्रिय उपाध्यक्ष टीका छन्त्याल,मोना जापानका महासचिव गणेश श्रेष्ठ,मोना जापानका कोषाध्यक्ष–ज्ञानेन्द्र कार्की ,मोना जापानका युवा संयोजक निरोज पुन,मोना जापानका सल्लाहकार राम खडका,मोना जापान क्षेत्रीय समिती नागोया भुतपुर्व अध्यक्ष गणेश काकी, लगाएतको उपस्थिति रहेको थियो ।

भरत केसीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा क्षेत्रीय समिति नागोया भुतपुर्व अध्यक्ष गणेश कार्की,म्याग्दी प्रवासी नेपाली संघ मोना जापानका क्षेत्रीय उपाध्यक्ष टीका छन्त्याल,गलकोट समाज जापान अध्यक्ष याम खत्री,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली,गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल,मोना जापानका वरिष्ठ उपाध्यक्ष विशाल केसी ,मोना आईईसी एसिया प्याशिफिक संयोजक दीपक कार्की,मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडका लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेर पनि विभिन्न किसिमका सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ ।

जापानमा रहेका म्याग्देलीहरुको दुःख सुखमा साथ दिँदै आएको समितिले जापानमा नेपालीहरुको दुर्घटना, प्राकृतिक विपत्ति वा अन्य कुनै समस्या पर्दा सघाउनुका साथै आफ्नो जन्मभूमिको विकास र परोपकारी कार्यहरुमा समेत हातेमालो गर्दै आएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका विपन्न तथा असहाय व्यक्तिहरुको उपचारका लागि जापानमा आर्थिक संकलन गरी पठाउने,सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्ने लगाएतका कामहरु संस्थाले गर्दै आएको सचिव थापाले जानकारी दिनुभयो ।त्यसैगरी जापानमा रहेका म्याग्देलीहरुलाई कुनै समस्या पर्दा सबैभन्दा पहिला समितिका पदाधिकारीहरु नै पुग्ने गरेका र सक्दो सहयोग तथा उद्धारका कार्यहरु गर्दै आएका छन् ।

 

म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई पोखरी

0

वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ ।डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो ।

मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।”

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले कार्य सम्पन्न गरेका हुन् ।प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो ।

बेनी –९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

६१।७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जङ्गलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङ्कलन गरिएको जानकारी दिनुभयो ।

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताउनुभयो ।

जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् ।

आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ ।

यूवाको काँधमा महत्वपूर्ण जिम्मेबारी आएको छः जिसस प्रमुख थापा

0

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा निर्वाचित भएपछि प्रमुख राजकुमार थापाले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेबारी आएको बताए ।लामो समयसम्म राजनीतिक, सामाजिक एवम् शैक्षिक गतिविधिमा काम गरेका थापाले जिसस प्रमुखमा निर्वाचित भएपछिको आफ्नो ध्यान जिल्लाको विकास तथा आवश्यकतामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुने बताए।

जिसस प्रमुखमा निर्वाचित भएपछि थापाले सबै पक्षसँग सहकार्य गरी आफुँमा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्ने बताए ।सबै स्थानीय तहसँग सहकार्य गरी जिल्लाका आवश्यकतालाई प्रदेश र संघीय सरकारमार्फत स्रोत ब्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले जिसस प्रमुखको भुमिका समन्वय गर्ने भएपनि जिल्लाका आर्थिक, सामाजिक लगायत यिभिन्न क्षेत्रमा जनप्रतिनिधिसँगै यूवा जनशक्तीको सर्जनात्मक सोचको समेत प्रयोगमा प्राथमिकता दिने बताए । ‘समन्वयकारी भूमिकाबाट पनि धेरै काम गर्न सकिन्छ,‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो, सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ’ प्रमुख थापाले भने। आफुँ यूवा भएकाले यूवा जनशक्तीबाट धेरै अपेक्षा हुनसक्ने भएकाले युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थानीय तहलाई बजेटमा आवश्यक राय सुझाव दिने बताए।

‘यूवाहरू चेतना र जागरणका संवाह हुन्,विभिन्न सिर्जनात्मक काममा राज्यका निकायबाट सहयोग आवश्यक पर्छ’ थापाले भने । उनले जिल्लाका स्थानीय तहले नियमित प्राप्त गर्ने रोयल्टी, म्याग्दी जिल्लाभित्र रहेका हिमाल आरोहण गर्न आउनेहरुबाट लिइने रोयल्टीमा सहज पहुँच सहित हिमाली जिल्लाको घोषणापछिको कार्यान्वयन लगायत नीतिगत निर्णयहरूमा आफ्नो प्राथमिकता रहने बताए ।

जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न पक्षमा सक्रियता र नेतृत्व आवश्यकता भएकाले युवाको नवीन सोचको प्रयोगलाई सधै चासो दिनुपर्ने बताए। जिससमा निर्वाचित भएपछि बेनीअनलाइनसँग कुराकानी गदैं प्रमुख थापाले जिससबाट हुने हरेक गतिविधिलाई जिल्लाको सम्रग हितमा प्रयोग गदैं यहाँका सबै सरोकारवाला पक्षसँग सहकार्य गर्ने बताए । पद्स्थापनापछि भावी योजना सहितका गतिविधिमा केन्द्रित हुने उनले बताए । स्थानीय तहको निर्वाचनमा जित हारको मानसिकताबाट मुक्त भएर अब सबैले देख्न चाहेको म्याग्दी बनाउन सबै जनप्रतिनिधिले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ ।

बसाइँसराइ र युवा पलायनका कारण खेतीयोग्य जमिन झाडीमा परिणत हुँदै

0

म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एकदशकयता झाडीमा परिणत हुँदै गएका छन् ।बजारमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका वर्गलाई साँझबिहान हातमुख जोड्न पनि मुस्किल बन्दै गइरहेका बेला गाउँघरतिर लहलहै धानफल्ने र कोदो मकै लगाएतका खाद्यान्न झुल्ने खेतबारी बाँझै रहेका छन् ।

सुविधाभोगी प्रवृति,बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवाहरु रोजगारीको खोजिमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको हो ।स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारहरुले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवाहरु भने पाए युरोप,अमेरिका नपाए खाडी मुलुकमा भए पनि जान बाध्य छन् ।

चुनावको समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता,जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूउपयोग नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य भएका हुन् ।

युवाहरु विदेशीने र शहर पलाएन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । युुवाहरु विदेशिएसँगै गाउँमा वृद्ध वृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

अहिले स्थानीय तहको निर्वाचनका लागि शहरबाट गाउँ आएका युवाहरु केही दिनका पाहुना जस्तै मात्र भएका स्थानीयले बताएका छन् ।दशैं,तिहार,महामारी,प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाहरुले भरिभराउ हुने गरेपनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेका बेनी नगरपालिका २ का ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका,मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।

सदरमुकाम बेनीबजारसंगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो “खेती गर्न जनशक्ति पाइदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ ।”

यहाँका वासिन्दाहरुले आफ्नै जग्गाजमिन भएर पनि सदरमुकामदेखि खाद्यन्न सामग्री किनेर ल्याउने गर्दछ । सुविधा खोज्दै केही शहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ५ का हेमबहादुर किसानले बताउनुभयो ।

अहिले यहाँ भएका युवाहरु पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो।
ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ ।

शिक्षित वर्ग र पुँजी भएकाहरु शहर झरेका छन भने रोजगारका लागि विदेशिएका परिवारहरु पनि सुविधा खोज्दै शहरमा बसाई गर्न थालेपछि गाउँका घरहरुमा बुढाबुढी मात्रै देखिन्छन । वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु जीर्ण भै भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुननिर्माण नगरी शहरबजारमा डेरामा बस्न थालेका छन् ।

एकातिर कामदारको अभाव छ भने अर्को तर्फ खेतीयोग्य जमिनलाइ पल्टीङ गर्ने क्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिनहरु बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा परेका छन् ।

स्थानिय स्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकोले बाहिरवाट निर्यात गनुपर्ने भएकोले मुल्य वृद्धि हुने गरेको व्यापारीहरुको भनाई छ । “खेतवारीमा बनमारा र सिरु फुलेको छ,गाउँलेहरु बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्” मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा,बगरफाँट,सिम,थामडाँडा,बाबियाचौर लगाएतका ठाउँहरुमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा,बगरफाँट,डाँडाखेत लगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् ।

यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछाव्यवसाय, च्याउखेती लगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।

भुकम्पपछि गाउँबाट शहर झर्ने क्रम बढेसँगै खेती योग्य जमिनलाई घडेरीका रुपमा वेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तीकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर पचास थान भन्दा बढि जग्गा किनवेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।