Wednesday, May 14, 2025
22.6 C
Beni
22.6 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 800

मंगला भलिबल संघको अध्यक्षमा मुक्तमान केसी चयन

0

जिल्ला भलिबल संघ अन्तरगत मंगला गाउँपालिकास्तरीय समिति गठन भएको छ । आइतबार बावियाचौरमा आयोजित भेलाबाट मुक्तमान केसीको अध्यक्षतामा मंगला भलिबल संघ गठन भएको हो । समितिको उपाध्यक्ष गोविन केसी, सचिव रामु गुरुङ, कोषाध्यक्ष हुमा शेरपुञ्जा रहेका छन् ।

त्यसैगरी समितिको सदस्ययहरूमा सस्द हरि सिर्पाली, दुर्गा फगामी, प्रविण बुढाथोकी ,जिवन पौडेल, सुमन रोका, सुजन सेन, विरबहादुर घर्ती मगर, बिबेक विक राजु जिसी, सन्दिप केसी, नविन अधिकारी, चोचन फगामी, दिपु तुलाचन, सुवा विश्वकर्मा, सुमित्रा कार्की, प्रविण खत्री, याम भण्डारी रहेको जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले बताए।

सोही भेलाबाट सल्लाहकारमा वडा नं २ का अध्यक्ष धनबहादुर खाती, चक्रलाल पाण्डे इश्वर कार्की र कुमार शेरपुञ्जालाई चयन गरिएको छ । भेलामा जिल्ला अध्यक्ष तेजेन्द्र बानियाँले राष्ट्रिय खेल भलिबल खेलमा आर्कषित यूवाहरूलाई भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्य रहेको बताए ।

 

अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा तिलिजा

0

जिल्ला भलिबल संघ म्याग्दीले पालिकास्तरमा समिति विस्तारलाई तिब्रता दिएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अन्नपूर्ण गाउँपालिकामा सम्पन्न भएको भेलाबाट अरुण तिलिजाको अध्यक्षतामा अन्नपूर्ण भलिबल संघ गठन भएको छ ।

समितिको उपाध्यक्षमा रुकमान तिलिजा, सचिव इच्छा गर्बुजा, कोषाध्यक्ष भगवती पाईजा रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुनिल विश्वकर्मा, खुम गर्बुजा, अमृत बरुवाल,टिकाराम थापा, दिपेश पुर्जा, फिरोज पुन, नविन फगामी, मेलिना द्धारचन, रविन पुर्जा, चिना थजाली, कासी पुन रहेका छन् ।सोही भेलाबाट सल्लाहकारमा वडा नं २ जनप्रतिनिधि विष्णु गर्बुजा र गोविन्द पुन रहेका छन् ।

जलजलाका जनप्रतिनिधि आमने-सामने

0

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनबाट विजय भएका जनप्रतिनिधिको आन्तरिक हानथाप र असहमतिका बीच आमने-सामने भएका छन् । जलजला गाउँकार्यपालिकाको बैठक चलिरहेको बेला आफूँ अनुकुल निर्णय गर्न नभएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको निर्णय पुस्तिका खोसेर भागेपछि जनप्रतिनिधि बिच आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् ।

गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी थिईन् । बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानुनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा बिषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट लेख्ने भन्दै बैठक पुस्तिका मागेर मोटरसाइकलमा दौडिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए ।

‘चुनावको जित हारको मानसिकता त्याग्न नसकेको अवस्था देखिएको छ,‘सहमति र सहकार्यबाटै गाउँपालिका बनाउन सकिन्छ’ एक कार्यपालिका सदस्यले भने । गाउँपालिकाको कानुनअनुसार बिषयगत समिति गठन गर्दा सर्बसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले बिषयगत समिति गठन गर्नसक्ने ब्यवस्था रहेको गठबन्धनका जनप्रतिनिधिको भनाई छ ।

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले बिषयगत समिति तोक्नसक्ने उल्लेख छ ।

सोही कानुनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चार वटा बिषयगत समितिको घोषणा गरेका थिए ।

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपत्मा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए ।

अध्यक्षले बिषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् ।गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानुनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

‘छ वटा बिषयगत समितिमध्ये तीन वटा रोज्नुस् भन्दा उहाँहरु मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीन वटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’ अध्यक्ष आचार्यले भने। प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरेपनि अहिलेसम्म फिर्ता नल्याएको बताए ।

यता नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बहुमतको कदर नभएपछि उठेर हिँडेको भएपनि निर्णयपुस्तिकाका बिषयमा थाहा नै नभएको बताएका छन् । ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौ, माइन्युटको बिषयमा कुनै थाहा भएन’ एक कार्यपालिका सदस्यले भने ।

गाउँपालिकाको निर्वाचनपछि नेकपा एमाले र सत्ता गठबन्धन बिचको असहज गतिविधिले कर्मचारीलाई समेत समस्या भएको छ । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ती जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

मलविनै धान रोपाइँ थाले म्याग्दीका किसानले

0

मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा  र बेनी  नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतान लगायत ठाउँमा रोपाइँ सुरु भएको हो।

धान रोप्ने धमाधम भइसक्दा पनि रासायनिक मल नपाएको उनीहरू गुनासो गर्छन्। ‘पानी परेर खेतका गरा भरिएका छन्। ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ’,  बेनी नगरपालिका २ सानालेखका नारायण सापकोटाले भने, ‘मल पाइन्छ  कि भनेर केही दिन कुर्‍यौँ। अहिलेसम्म नपाएपछि मलविनै रोपाइँ सुरु गरेका छौं।’

जिल्लामा सामान्यतया असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुन्थ्यो। असारको १५ ताका किसानलाई चटारो पर्थ्यो। तर यो वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरेको किसान बताउँछन्। पानीको समस्या नभएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन्।

कतिपय किसानले धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्।  ‘समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्थ्यो’, पाखुका कृषक भविलाल घिमिरेले भने, मल बिना नै खेती गरेका छौँ। धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ।’  उनका अनुसार मकै बाली लगाएपछि एक पटक पनि रासायनिक मल हाल्न नपाएका कारण घोगा लागेको छैन। लागेको घोगामा पनि दाना लागेको छैन।

त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसान बताउँछन्। खेतमा काम गर्ने रोपाहार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन्। कृषि प्राविधिक जगत बानियाँले जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताए।

गाजासहित बागलुङ बजारको एक रेष्टुराँबाट दुई युवा पक्राउ

0

बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने बर्ष २३ बर्षिय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २२ बर्षिय राजु थापा गाजासहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ सय ९० ग्राम लागुऔषध (गाजाको धुलो) बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनीहरुविरुद्ध लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा अनुसन्धान भैरहेको छ । साथै, उनीहरुको साथबाट दुई थान मोबाईल दश हजार पैसा र चुरोट तथा लाईटर बरामद भएको रानाले बताए ।

जिसस म्याग्दीको प्रमुखमा थापा र उपप्रमुखमा खत्री निर्वाचित

0

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित हुनुभएको छ ।आइतवार मुख्य निर्वाचनको कार्यालयमा सम्पन्न निर्वाचनमा ७÷७ मत प्राप्त गरि नेकपा एमालेका तर्फबाट थापा र खत्री निर्वाचित हुनुभएको हो ।

थापा बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर बाट र खत्री मंगला गाउँपािलका वडा नम्वर १ कुँहुबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रमुखमा निर्वाचित थापा नेकपा एमाले जिल्ला कमिटिका सहसचिव समेत हुनुहुन्छ ।

त्यस्तै जिसस प्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका मन कुमारी विश्वकर्माले ५ र उपप्रमुखमा नेपाली काँग्रेसकै सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । सदस्यहरु भने मनोनयन दर्ताकै दिन निर्विरोध हुनुभएको थियो ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा (बेनी) हुनुहुन्छ । उहाँहरु सवै नेकपा एमाले सम्वद्ध हुनुहुन्छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ मतदाता रहेका थिए । एमालेको ७, काँग्रेसको ३ र माओवादीको २ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।

५ बर्षमा पर्वतमा १ सय १३ किलोमिटर ग्रामीण सडक कालोपत्रे, १२ मोटरेवल पुल बने

0

पर्वत जिल्लामा कुल १ सय१३ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ । वितेको ५ बर्षमा पर्वत जिल्लाले यति ठूलो उपलिब्ध हासिल गरेको हो । देशको चौथो सानो जिल्लामा वितेको ५ बर्षमा यति धेरै ग्रामीण सडक कालोपत्रे भएका हुन् । पछिल्लो समय जिल्लाका अधिकांश सडकहरु स्तरोउन्नतीको चरणमा रहेका छन् । ग्रामीण क्षेत्रको विकासमा यहाँका जनप्रतिनिधिहरुको इच्छा शक्ति पछिल्लो दिनमा उल्लेखनीय देखिन्छ ।

जिल्लाका ग्रामीण क्षेत्रलाई सुगम बनाउनका लागि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गरेको स्पष्ट देखिन्छ । जिल्लामा ग्रामीण सडक सञ्जाल ३ दशक अघि देखि नै शुरु भएको थियो । वितेका ३ दशकमा स्तरोउन्नती नभएका ति सडकहरु ५ बर्षमा उल्लेखनीय रुपमा परिर्वतन भएका छन् ।

जिल्लामा सडक सञ्जालसंगै मोटरेवल पुलको पनि उल्लेखनीय विकास भएको छ । जिल्लामा कुल १२ वटा मोटरेवल पुलको निर्माण कार्य सकिएको छ । ति पुलहरु अहिले सञ्चालनमा छन् । विभिन्न नदी नालाहरुमा पुल निर्माणले यो अवधिमा तिव्रता पाएको हो ।

जिल्लामा यो अवधिमा २ वटा ठूला आयोजना कार्यालयहरु मार्फत सडक पूर्वाधार निर्माणको काम भएका छन् । ग्रामीण सडक सञ्जल सुधार आयोजना र जिल्ला आयोजना कार्यालय भुकम्प मार्फत आयोजना गत कामहरु सम्पनन्न भएका छन् । उता, लोकमार्गहरु तर्फ मध्यपहाडी लोकमार्गको कार्यालय र कालीगण्डकी करिडोर आयोजना कार्यालय मार्फत पनि जिल्लामा सडक सञ्जाल सुधारका कामहरु यो अवधिमा सम्पन्न भएका छन् ।

जिल्लामा मुख्य गरी पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय मार्फत पनि सडक कालोपत्रे बनाउने, सडक स्तरोउन्नती गरी विकास र विस्तार गर्ने कामहरु सम्पन्न भएका छन् ।पर्वत जिल्ला विकासको हिसावले अरु जिल्लाको तुलनामा तिव्र गति अघि बढेको तथ्यांकले बताउँछ ।

देशमा संघीयताको विकास भएपछिको पहिलो संघ तथा प्रदेशको निर्वाचनमा जनप्रतिनिधिहरुले जिल्लाका ग्रामीण सडकमा साइकल चढ्न मिल्ने बनाउने उद्घोण गरे बमोजीम यो अवधिमा सडक सञ्जालमा उल्लेखनीय सुधारका कामहरु भएकाछन्।

कालोपत्रे सम्पन्न बाहेक अझै झण्डै २ सय किलोमिटर सडकका मुख्य सञ्जाल सुधारको लागि योजनागत रुपमा अघि बढेको छ । सडक सञ्जाल सुधारका लागि थप ३ सय किलोमिटर सडक कालोपत्रे गर्न आवश्यक रहेको प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीको भनाई छ । जिल्लाका सवै वस्तीलाई सुगम बनाउन र सदरमुकाम तथा अन्य शहरसंग जोड्नका लागि क्रमबन्द रुपमा काम भईरहेको गिरी बताउँछन् ।

५ बर्ष अघि साइकलमा चढ्न मिल्ने सडक बनाउने उद्घोष गरेका गिरीसंग प्रदेशमा निर्वाचित सांसदहरु र राष्ट्रिय सभाका अध्यक्ष समेतले यो अवधिमा सडक सञ्जाल सुधारका आयोजनाहरुमा ध्यान केन्द्रित गरेका थिए । फलस्वरुपः अहिले जिल्लामा पूर्वाधार निर्माणको गति तिव्र छ । पछिल्लो बर्ष भने नयाँ आयोजनाहरुको काम शुरु हुने र पुराना आयोजनाको काम पनि अघि बढ्ने क्रममा भने रोकिएको छ । सरकार परिर्वतनसंगै पुराना आयोजनाहरुको गति रोकिँदा अपेक्षाकृत कामको चाप बढेको छैन् । महंगी र कोरोनाका कारण पनि कतिपय आयोजनाहरुको काम अघि बढ्न नसकेको हो ।

पर्वतबाट प्रकाशित हुने आजको अर्थ वीट साप्ताहिकमा खबर छ

नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

0

नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । शनिवार बेनीमा सम्पन्न चौथो जिल्ला कमिटीको पूर्ण बैठकले नेकपा एमालेबाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण चलाउने निर्णय गरेको हो ।

साउन दोस्रो सातासम्म सबै पालिका र वडामा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई समेत सहभागीता गराएर प्रदेश निर्वाचन क्षेत्र ‘क’ का तीन पालिकाको बेनीमा र ‘ख’ का तीन पालिकाको दरबाङमा प्रशिक्षण सञ्चालन गरिनेछ ।

बैठकमा पालिका कमिटीका अध्यक्ष, वडा कमिटीका इन्चार्जले निर्वाचनको रिपोटीङ प्रस्तुत गर्नुभएको थियो । जिल्ला जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । केन्द्रिय सदस्य तथा सहइन्चार्ज नरदेवी पुनको प्रमुख आतित्यथामा सम्पन्न बैठकमा गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिबालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ लगायत प्रदेश कमिटिका सदस्यहरु लगायतको समेत सहभागीता रहेको थियो ।

बेनपा-७ मा सम्मान र योजना प्राथमिकीकरण

0

बेनी नगरपालिका-७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजता किसान, वडा सदस्य सोहन श्रेष्ठ, रमेश फगामी, टोल विकास संस्था, विद्यालय, आमा समूह, युवा क्लव र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

नगरपालिकाले तोकेको रु. पचास लाखको सिमाभित्र रहेर वडा स्तरीय योजना तथा कार्यक्रम छनौट गरिएको छ । नगरपालिकाको विषयगत समिति, प्रदेश र संघीय सरकारका निकायमा माग गर्ने योजना पनि प्राथमिकीकरण भएको छ ।

सो अवसरमा बिरेन्द्रचोक र कुरिलाखर्क टोल विकास संस्था, युवा उद्यमी जालपा चाउमीन उद्योग मंगलाघाटका सञ्चालक रेशम बानिया, कौशी खेती गर्ने इन्द्रेणीटोलका राजु राम्जाली, खेलाडी खड्ग केसी र सरसफाईतर्फ जिल्ला हुलाक कार्यालयका हलकरा भरत केसीलाई सम्मान गरिएको छ ।

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता, सचिव विनिता रेग्मीको सञ्चालन र जेष्ठ नागरिक एवम् इन्द्रेणीटोल विकास संस्थाका अध्यक्ष नैनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमाणपत्र वितरण र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

 

 

 

भलिबल संघ बेनी नगरको अध्यक्षमा सुमन खत्री चयन

0

जिल्ला भलिबल संघ म्याग्दीको पालिकास्तरमा संघ विस्तार अभियान अन्तरगत बेनी नगरपालिकामा सुमन खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार संघका जिल्ला अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षतामा भएको भेलाबाट उपाध्यक्ष यामबहादुर थापा, सचिव रन्जित बानियाँ,कोषाध्यक्ष शुसिला रोका रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपक बानियाँ, कृष्ण मल्ल, सन्तोष विक, पुग्पा पु्न, मनोज गौचन, राजिन पुरी, नविना थापा, रिम थापा,बिनोद परियार, सन्दिप मल्ल प्रकाश बानियाँ, मनु रावल, र पुस्पा बानियाँ रहेको संघले जनाएको छ । म्याग्दीको ६ वटै स्थानीय तहमा संघ विस्तार गरी भलिबलका गतिविधिलाई तिब्रता दिने संघका सचिव कुमार किसानले जानकारी दिए ।