Tuesday, May 13, 2025
19.8 C
Beni
19.8 C
Beni
Tuesday, May 13, 2025
Home Blog Page 808

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति ?

0

 भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका–२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो ।

कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागत साझेदारीमा एक सय घरमा सौर्य उर्जा जडान गरिएको जानकारी दिए। सौर्य उर्जा खरिद र जडानका लागि एन्क्वा फ्रेस नेपाल एण्ड सोलार प्रालिसँग आर्थिक वर्ष २०७८÷७९ मा रु ११ लाख १९ हजार ३५ मा सम्झौता भएको थियो ।

हालसम्म केन्द्रीय प्रशारण लाइन र लघुजलविद्युत् परियोजनाको सुविधा नपुगेका बस्तीमा उज्यालो बनाउने प्रदेश सरकारको नीतिअनुसार जेममा सौर्य उर्जामार्फत विद्युत् सुविधा उपलब्ध गराइएको कार्यालय प्रमुख सुरेन्द्र पौडेलले बताए।

सोलार जडान भएपछि रातको समयमा घरायसी काम गर्न, बालबालिकालाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो बजाउन सहज भएको स्थानीयवासीले बताएका छन् । यसअघि उज्यालोका लागि टुकीमा निर्भर हुनुपरेको थियो ।

लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने धवलागिरी गाउँपालिकाका १२० घरधुरीलाई प्रदेश सरकारमार्फत ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष नै काठेपोल विस्थापित गर्न मालिका गाउँपालिकालाई १९३ र धवलागिरीलाई ९० थान उपलब्ध गराएको थियो ।

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

0

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्।

आर्थिक वर्ष २०७८\०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ।

त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ। फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ। आव २०७७\०७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यस्तै आव २०७६\०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ। यसरी रेमिट्यान्स भित्रिए पनि ७८.९ प्रतिशत रकम दैनिक गुजारा चलाउनकै लागि खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको रिपोर्टले जनाएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

एसईई : प्रयोगात्मकमा ‘सी’ ग्रेड र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए प्रमाणपत्र नपाइने

0

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।

यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

आरजुले बाँधेको ‘राखी’ र प्रचण्डले फेर्न खोजेको ‘जनै’

0
जसपा बडो गज्जबको ‘जक्सन’ जस्तो थियो, अनेकथरी पृष्ठभूमिका अनुभवका किस्सा सुन्न पाइने । भर्खरै सम्पन्न स्थानीय चुनाव अघि सप्तरीका गाउँतिर पार्टी प्रशिक्षणका लागि निस्केका थियौं । साथमा थिए- नेपाली कांग्रेस पृष्ठभूमिका एक साथी । दिनभरिको कार्यक्रमपछि बोर्डरको पातो बजारबाट राजविराज फर्किंदै गर्दा उनले मलाई एउटा गज्जबको घटना सुनाएका थिए ।

कुरा त्यतिखेरको थियो, जतिखेर नेपाली कांग्रेस विभाजित थियो । आफ्नै राजनीतिक गुरु, संरक्षक तथा प्रवर्द्धनकर्ता गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाएका र नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामको भिन्नै पार्टी बनाएका थिए । २०५६ को आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’ घोषणागरी कांग्रेसले प्राप्त गरेको बहुमत किसुनजीलाई १० महिना प्रधानमन्त्री हुन नदिंदै कोइराला खेमामा सरेपछि किसुनजी ललितपुरको बाँडेगाउँ आश्रममा बस्न थालेका थिए ।

भारतबाट डीपी त्रिपाठी, प्रा. आनन्द कुमारसहितको एक टोली नेपाल आएको थियो रे ! उनीहरू किसुनजीलाई भेट्न आश्रम पुगेछन् । उनीहरूले भनेछन्- ‘कांग्रेस फुटेर राम्रो भएन किसुनजी, तपाईंहरू मिल्नु पर्‍यो । नेपालमा कांग्रेस कमजोर भयो भने दरबार र कम्युनिस्टहरू बलियो हुने हुन् । यसले हिन्दुस्तानलाई पनि अप्ठ्यारो पार्छ । दक्षिणएशियामै लोकतन्त्र कमजोर हुने जोखिम बढ्छ ।’

बोल्न झर्को लागेझैं किसुनजी धेरै बेरसम्म चुप बसेछन् । अन्ततः उनले फ्याट्ट भनेछन्- ‘यो कुरा मलाई किन भन्छौ, आफ्नै प्रधानमन्त्रीलाई भन्दा हुँदैन ! हिन्दुस्तानले गरेको सहयोग रोकिदेओस्, कोइराला रुँदै दुई महिनाभित्र मकहाँ आउनेछन् । कोइरालाले आफ्नै तागतले मलाई पाखा लगाएका हुन् भन्ने ठान्छौ ?’

नेपालको आन्तरिक सत्ता राजनीति र समीकरणको फेरबदलमा दक्षिणी छिमेकीको भूमिकाबारे यस्ता अनेक कथा छन् । त्यसो त यो नयाँ कुरा हैन । २००७ सालदेखि नै हुँदै आएका कुरा हुन् । बीपीको आत्मवृत्तान्त पढ्दा त्यो प्रष्टै हुन्छ ।

बीपीको आत्मवृत्तान्तमा नेपाली कांग्रेसको पाटो आउँछ । राजा त्रिभुवन र मोहनशमशेरको पाटो बुझ्न अन्य इतिहासकारका किताबसम्म पुग्नुपर्ने हुन्छ । त्यो बेला त्रिभुवन, मोहनशमशेर र बीपी, मातृकालाई भिन्नाभिन्नै ठाउँमा राखिएको थियो । एकअर्कालाई भेट्न र वार्ता गर्न समेत दिइएको थिएन । सम्झौताको कागज अंग्रेजीमा लेखिएको थियो । जवाहरलाल नेहरूका सेक्रेटरीले त्यो भिन्नाभिन्नै सुनाएका थिए रे !

त्रिभुवनले सही गर्नुअघि सोधेछन्- ‘यसमा के लेखिएको छ ?’ उत्तर पाएछन्- ‘तपाईं फेरि शक्तिशाली राजा हुनुहुनेछ, बाँकी नसोध्नुस् ।’ नभन्दै त्रिभुवनले थप केही बोलेनन् ।

त्यही कागज मोहनशमशेरकहाँ पुग्यो । उनले पनि सही गर्नुअघि के छ भनेर सोधे । ‘तिम्रो प्रधानमन्त्री पद जाने छैन, प्रधानमन्त्रीको प्रधानमन्त्री नै रहने हो, अरू नसोध ।’ त्यति भए मोहनशमशेरले थप केही बोलेनन् ।

कांग्रेसको साइड बीपीको आत्मवृत्तान्तमा छँदैछ ।

पद भनेपछि नेपालीलाई पुग्छ, त्यो अन्तिम अस्त्र हो भन्ने सायद दिल्लीको त्यो बेलादेखिकै बुझाइ थियो । जो पछिल्लो पटक डा. विजय चौथाइवालेमार्फत प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी अध्यक्ष कमरेड प्रचण्डबीच घटित हुन खोजेको थियो ।

सन् २०१४ को आम चुनाव ‘इन्डिया’ को अस्तय र ‘भारत’ को उदयको कारण बन्न पुग्यो । नेपालका पछिल्ला महत्वपूर्ण राजनीतिक घटनाक्रम त्यो बेला नै पूरा भइसकेका थिए- जब त्यहाँ ‘युपीए’ गठबन्धनकै सरकार थियो । तर, नयाँ संविधानसभा जारी गर्ने बखतसम्म आइपुग्दा भाजपाको सत्ता निकै बलियो थियो ।

अहिलेका भारतीय विदेशमन्त्री एस. जयशंकर त्यो बेला विदेश सचिव थिए । सबैलाई थाहा छ- संविधान जारी गर्ने अन्तिम बेलातिर प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका उनी ‘आक्रामक मूड’ मा देखिन्थे । उनले नेपालका सबैजसो मुख्य नेताहरूलाई भेटेका थिए- तीमध्ये तत्कालीन संविधानसभाभित्रको राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई पनि थिए ।

डा. भट्टराई र एस. जयशंकर जेएनयूका ‘कलेज मेट’ हुन् । मैले सुने अनुसार उनीहरू एक ब्याच मात्रै अघि-पछिका हुन् ।

त्यतिखेर नेपालमा मुख्य विवादको विषय संघीयता र प्रदेश सिमांकनको मोडालिटी थियो । यही विषयमा असहमति राख्दै मधेश केन्द्रित दलका सभासद्हरूले संविधानसभा छोडेका थिए । मधेशमा आन्दोलन चर्केको थियो ।

डा. भट्टराईसँगका अन्तरंग छलफलहरूमा मैले बारम्बार ‘छड्के जाँच’ गरेको छु- वास्तवमा त्यो बेला एस. जयशंकरले के भनेका थिए ? मोदीको खास सन्देश के थियो ? के मधेश, मधेशी जनताको सरोकार, नागरिकता, संघीयता, सिमांकन जस्ता कुरा उठाएका थिए ?

डा. भट्टराईका अनुसार उनले कुनै पनि कुरा उठाएका थिएनन्, केवल एक र एक मात्र कुरा उठाएका थिए- हिन्दु राष्ट्र । यदि तिमीहरू धर्मनिरपेक्षता लेख्दैनौं र हिन्दु-राज्य कायम गर्छौ भने मधेश आन्दोलन हामी म्यानेज गर्दिन्छौं, अन्यथा त्यो झनै चर्किन सक्छ भन्ने जयशंकरको कुरा थियो । त्यसपछिका दिनमा त्यो पुष्टि पनि भयो ।

भाजपाको विकासक्रम र नरेन्द्र मोदीको उदयको आधारलाई हेर्दा त्यो अविश्वसनीय उत्तर हैन । भारतमा हिन्दुत्व राजनीतिको जग सन् १९१४ तिर विनायक दामोदर सावरकरले बनाएका थिए । त्यसको ठीक एक शताब्दीपछि अर्का ‘दामोदर दास’ नरेन्द्र मोदी त्यो धारको चक्रवर्ती सम्राट बन्न पुगे ।

मंसिरको चुनावअघि कम्युनिस्टहरूलाई टाढा राख्ने रणनीति अनुरूप प्रचण्ड भारत बोलाइए । म्याडम आरजुले बाँधेको राखीको त्यान्द्रो पक्रेर मंसिरपछि ‘जनै’ फेर्न पाइन्छ भने एकपटक फेरि किन नफेर्ने भनेर तम्सिंदै कमरेड प्रचण्ड दिल्ली पुगे

यदाकदा नेपालका राजावादीहरू हिन्दुत्ववादी दक्षिणपन्थी दलका रूपमा भाजपाको उदय र शक्ति नेपालमा राजतन्त्र पुनस्र्थापनाका लागि उपयोगी हुन्छ कि भन्ने आशा गर्दछन् । त्यो मनको लड्डु घिउसँग खाएजस्तो मात्रै हो । त्यसको अर्थ हो- गोल्वाल्करवादको सारतत्वलाई नबुझ्नु ।

भाजपाको राजनीतिक विचारधारा निर्माणमा मुख्य तीन व्यक्तिहरूको ठूलो भूमिका देखिन्छ । सावरकर, गोल्वाल्कर र दीनदयाल । यद्यपि संगठन र आन्दोलन निर्माणका दृष्टिले यीभन्दा हेडगेवार, श्यामप्रसाद मुखर्जी, अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीले फरक-फरक कालखण्डमा भूमिका गरे । हिन्दु महासभामार्फत सावरकरले भारतीय राजनीतिमा हिन्दुत्वको बीउ रोपेका थिए । उनको चिन्तन प्रणालीमा धर्म, संस्कृति र सभ्यताको समग्रताबाट राष्ट्रको जन्म हुन्छ । तसर्थ हिन्दु धर्म मात्र हैन, यो आध्यात्मिक परम्परा र जीवन पद्धति मात्र हैन, ‘हिन्दुत्व’ एक राजनीतिक विचारधारा हो र ‘हिन्दुस्तान’ एक महान् राष्ट्र ।

यो चिन्तन प्रणालीमा राजतन्त्रको कुनै स्थान छैन । जसले यो विचारधारा अघि बढाए उनीहरू अधिकांश ‘गैरक्षेत्रीय वा गैरराजपूत हिन्दू’ हरू थिए । अहिलेका मोदी, शाह र नड्डा पनि राजपूत हैनन् । राजनाथ सिंह एक राजपूत अझै छन् त्यहाँ तर, उनी नेपाल मामिलामा खासै रुचि राख्दैनन् ।

भारतमा मुसलमानहरूको आक्रमणपछि पहाडतिर भागेका चित्यौडी राजपूतहरू कालान्तरमा नेपालका पहाडबाट कुलमण्डन शाह हुँदै शाह राजतन्त्र बनेको जगजाहेर छ । यसको माया अझै योगी आदित्यनाथले गरेको देखिन्छ । कारण ‘गोरखनाथ’ को साइनो हुन सक्दछ । उनी गोरखनाथ मठको पीठाधीश हुँदै राजनीतिमा आएका थिए । नेपालमा गोरखाको नाम नै गोरखपुरका गोरखनाथ सम्प्रदायका जोगीहरूको अखडाबाट भएको विश्वास गरिन्छ । तसर्थ ज्ञानेन्द्र शाहले पाउने भनेको त्यही कुम्भस्नानको आमन्त्रणसम्म हो, जो कोरोना सार्नसम्म मात्रै काम लाग्छ ।

माधव सदासिशराय (एम.एस.) गोल्वाल्करको विचारलाई बुझ्न उनको मुख्य पुस्तिका ‘विचारपुञ्ज’ सर्वाधिक उपयोगी हुन सक्दछ । यसले उनको ‘अखण्ड भारत’ र ‘हिन्दु-राष्ट्र’ वैचारिक आधार दिन्छ । हन्टिङ्टनले ‘सभ्यता संघर्षको सिद्धान्त’ भन्दा आधा शताब्दी बढी समय अगाडि नै गोल्वाल्करले सांस्कृतिक मान्यता, चिन्तन पद्धति र जीवनशैलीहरूको संघर्षबाट राष्ट्रहरूको जन्म र विकास हुने, यस्तो संघर्षबाट विमुख भएमा कुनै पनि राष्ट्रको अन्त्य हुनसक्ने चेतावनी दिएका थिए ।

गोल्वाल्करवादको सार हो- हिन्दुत्व आफैंमा एक विचारधारा, सभ्यता र राष्ट्र हो, यसका मुख्य तीन दुश्मन छन्- इसाइ, इस्लाम र कम्युनिस्ट । जसले यी तीन विचार विरुद्ध लड्दैन, त्यो साँचो हिन्दु र हिन्दुस्तानी हैन ।

सावरकर र गोल्वाल्करको विचारलाई पछि दीनदयाल उपाध्यायले ‘अन्त्येन्तिक मानवतावाद’ को नाममा आधुनिक दर्शनको रूप दिने प्रयत्न गरे जसको सार- मानवताको सर्वाङ्िगक प्रस्फुटन आफ्नै इतिहास र सभ्यताको गर्तबाट हुन्छ, र त्यो एक भिन्नै फूल र सुवासका रूपमा अस्तित्वमा कायम रहन सक्दछ भन्ने थियो ।

तसर्थ एस. जयशंकरमार्फत मोदीको सन्देश मधेश र संघीयता थिएन, हिन्दुत्व थियो भनेर पत्याउन नसकिने हैन । गोल्वाल्करवादले नेपालमा यतिखेर सबैभन्दा धेरै सताइएका पात्र भने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् ।

धर्मबारे देउवाको धारणा के हो थाहा छैन । तर, पाँचौंपटक जब उनी प्रधानमन्त्री भए- बूढानीलकण्ठ निवासमा पहिलोपटक उनले तुलसीको मठ बनाए । चारपटकसम्म प्रधानमन्त्री हुँदा उनलाई यो नौवत आएको थिएन । म्याडम आरजु एकादशीको ब्रत बस्न थालिन् । देउवा दम्पती र परिवारले यदाकदा धार्मिक कर्मकाण्डका तस्बिर सार्वजनिक गर्न थाल्यो । हुँदाहुँदा म्याडम आरजु डा. विजय चौथाइवालेलाई भाइ मानेर राखी बाँध्ने स्थितिसम्म पुगिन् । ‘राखी कूटनीति’ एक नयाँ शब्दावलीको जन्म भयो ।

तर, म्याडम आरजुुका ‘राखीवाला भाइ’ के कत्रा कदका शक्ति अभ्यासकर्ता हुन्, उनी शतप्रतिशत कर्रा गोल्वाल्करवादी हुन् वा उनको नाम जस्तै ‘चौथाइ’ मात्रै, उनको इच्छा र प्रयासले केसम्म हुने हो वा नहुने हो ? यो प्रश्न अनुत्तरित छ ।

पदले उनी भाजपाका विदेश विभाग प्रमुख हुन् । झट्ट हेर्दा यो ठूलै पद होला । तर, भारतले नेपाल ‘डिल’ गर्ने यो कुनै औपचारिक पद भने हैन । भारतीय विदेश मन्त्रालय छ- जहाँ नेपाल राम्रो बुझेका विदेशमन्त्री तिनै एस. जयशंकर र भर्खरै नेपालबाट फर्किएका राजदूत विजयमोहन क्वात्रा सचिव छन् । नेपालका पेचिला मामिलाहरूमा पर्दा पछाडिबाट ठूलो रुचि राख्ने मोदीका सुरक्षा सल्लाहकार अजित डोभल छन् । इन्टेलिजेन्सको बुझाइ, योजना र प्रयास आफ्नो ठाउँमा हुँदै होला । आरएसएसको नेपाल शाखामार्फत केही न केही रहलपहल कुरा जाँदो हो ।

नेपालमा नयाँ संविधानपछिको दोस्रो आम चुनाव आउनै लाग्दा राखीवाला भाइ डा. विजय चौथाइवालेले प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र सत्ता गठबन्धनको मुख्य सहयोगी दलका नेता कमरेड प्रचण्डबीच आफ्नो रोहबरमा दिल्लीमा गोप्य भेट गराउने योजना किन बनाए ? यस पछाडिका रहस्य खासै छिपेका छैनन् ।

त्यसो त चौथाइवालेको ‘कद’ जस्तै म्याडम राणाको ‘हैसियत’ के भन्ने प्रश्न नउठ्ने हैन । यो स्तरको संवादका लागि ‘प्रधानमन्त्री पत्नी’ आफैंमा पर्याप्त हैसियत हैन । तथापि प्रधानमन्त्री देउवाका आफ्नै बाध्यता छन् । उनी सार्वजनिक र महत्वपूर्ण कार्यक्रमहरूमै ढुसढुस्ती उङ्ग्ने र र्‍याल चुहाउने गरी बुढिंदै गएका छन् । बडो ठूलो यत्नले असंभव झैं लाग्ने कांग्रेस नेतृत्व उनले कोइराला परिवारको विरासतबाट खोसेका हुन् । तर, यसको उत्तराधिकार खै ? सायद पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण देउवा गुटका मुख्य सारथि हुन्, जो मंसिरको चुनावपछि प्रधानमन्त्री हुुुने हैसियत र छवि अझै राख्दैनन् ।

स्वास्थ्य र उमेरको कारण कदाचित मंसिरपछि पद छोड्नुपर्ने स्थिति आए आफ्नो उत्तराधिकार पत्नीमा सार्न देउवा इच्छुक छन् भन्ने बुझ्न कुनै गाह्रो छैन । राजकाजमा म्याडम आरजुको अस्वाभाविक सक्रियता र कूटनीतिक सम्बन्ध निर्माणको प्रयत्न त्यसैको रिहर्सल हो । त्यो पनि असाध्यै प्रारम्भिक तहको रिहर्सल ।

गोल्वाल्करवादले मुख्य तीन दुश्मन ठान्ने इसाइ र इस्लामको खतरा नेपालमा छैन । यस मानेमा नेपाल र भारतको भिन्नता के हो भने भारत ४/४ पटक बाहिरिया र गैरहिन्दुबाट शासित हुन बाध्य थियो । इसापूर्व चौथो शताब्दीतिरै मेसिडोनियाली शासक अलेक्जेन्डर द ग्रेट एशिया माइनर र अफगान हुँदै पञ्जाबसम्म आए । पहिलोपटक भारतीयहरूलाई विदेशी, गैरहिन्दुको शासन भोग्न बाध्य बनाए । यद्यपि त्यो त्यति लामो भने रहेन ।

दोस्रोपटक चौथो शताब्दीतिर तुर्क मूलका मुसलमानहरू भारत आए- जसले बंगाल सुल्तानियत स्थापना गरी भारतीय हिन्दुहरूमाथि शासन गरे । भारतीय हिन्दुहरूका लागि मुगल वंशका बाबर तेस्रो आक्रमणकारी थिए, जसले दिल्ली सुल्तानियत र मुगल साम्राज्यको स्थापना गरे । पछिल्लो पटक इष्ट इण्डिया कम्पनी हुँदै इसाई अंग्रेजहरूले आंशिक करिब १९० वर्ष र पूर्णतः करिब ९४ वर्ष शासन गरेका थिए ।

इतिहासका यी परिबन्द र नियतिहरू हेर्दा भारतीय हिन्दुहरूमा एकप्रकारको ‘प्रतिशोध’ को भावना हुनु र हिन्दुत्वको राजनीति बलियो हुनु अस्वाभाविक भने हैन । कार्ल गुस्ताभ युङको मनोविश्लेषण पद्धतिमा मानवीय आद्यबिम्व सामूहिक अवचेतनको उपज हो र त्यसको एउटा कारण पुर्खाले भोगेका दुःखहरूप्रति पछिल्लो पुस्ताको सहअनुभूति हो ।

तर, नेपालको स्थिति बिल्कुलै त्यो हैन । अलेक्जेन्डर कहिल्यै नेपाल आएनन् । बंगाल सुल्तानियतले नेपाललाई दुःख नदिएको हैन, तर त्यो लामो टिकेन । मुगलहरूसँग नेेपालको खासै ठूलो टसल भएन । अंग्रेजहरूसँग नेपालको सुगौली सन्धि भयो, भारतीयहरू झैं नेपाली अंग्रेज शासित भएनन् ।

भारतीयको सामूहिक अवचेतन जो हो, नेपालीको ठीक त्यही हैन । तसर्थ नेपालमा गोल्वाल्करवादको राजनीतिक प्रभाव सहज छैन ।

तर, गोल्वाल्करवादी सत्ताको तेस्रो दुश्मन ‘कम्युनिस्ट’ हरू भने नेपालमा पर्याप्त छन्, सायद आवश्यकता भन्दा धेरै । कम्युनिस्टहरूको ठूलो, बाक्लो र बलियो उपस्थितिले नै कुनै देशको कायापलट हुन्थ्यो त नेपालको भइसक्नुपथ्र्यो । नेपालका कम्युनिस्टहरू झण्डैको दुईतिहाइसम्म पुगे । तर, अहिले यदुवंशीझैं एकआपसकै लडेर मर्न लागेका छन् भने यिनीहरूलाई तह लगाउन मोदीले बारम्बार डा. चौथाइवालेलाई नेपाल किन पठाइ रहनुपर्‍यो ?

यसको रहस्य नेपालका कम्युनिस्ट लक्षित छैन । नेपालका कम्युनिस्टहरूसँग भारतीय सत्ता कहिल्यै न डरायो न डराउँछ । नेपालका कम्युनिस्टहरूको नसा उसले राम्ररी छामेको छ र यिनीहरूको नलीखुट्टामा के कति मासी छ भन्ने पनि राम्रै थाहा छ । कुनै न कुनै रूपमा आफैंले हुर्काएका, पालेका वा प्रोत्साहन गरेकाहरूसँग किन डराउँथ्यो होला !

खासमा नरेन्द्र मोदीको सत्ता डराएको नेपालका कम्युनिस्टहरूसँग हैन, चीनका कम्युनिस्टहरूसँग हो । नेपाल मामिलामा चीन झन्झन् मुखरित हुँदै जानु गोल्वाल्करवादका लागि निकै ठूलो चिन्ताको विषय हो । एमसीसी प्रकरणमा बेइजिङले दुई-दुई पटक प्रेस नोट जारी गर्‍यो, जो आवश्यक नै थिएन ।

डोनाल्ड लुले प्रचण्डलाई फोन गरेर धम्क्याएको सूचना अन्यत्रबाट बेइजिङ पुग्ने कुरै भएन, पुग्दा कमरेड प्रचण्डकै सचिवालयबाट पुग्ने हो । त्यसो त पछिल्लो चरणमा चिनियाँहरू वैचारिक सामीप्यता मात्र गर्दैनन्, मौका परे फन्डिङ गर्छन् भन्ने कुरा ‘महरा टेप प्रकरण’ पछि प्रष्टै भएको हो । त्यो बेला कमरेड प्रचण्ड बारम्बार सिंगापुर किन जान्थे भन्ने रहस्यको पोल पनि त्यही टेपमा छँदैछ ।

गत साता नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान छाओ कम्युनिस्ट नेताहरूका घरघर गए । यहाँसम्म कि उनले भक्तपुरका छोटे कमरेड नारायणमान बिजुक्छेलाई समेत छुटाएनन् । उनको सन्देश बुझ्न गाह्रो थिएन र सूचनाहरूले पनि त्यही भन्छ कि चीन नेपालका कम्युनिस्टहरू फेरि मिलुन् भन्ने चाहन्छ । यो चाहना पछाडिको कारण प्रष्ट छ- दुवै देशमा कम्युनिस्ट पार्टीको शासन भए नेपाल नीतिमा आफूलाई सजिलो पर्ने चीनको ठहर हो ।

प्रति-सभ्यतासँग भिडेर मात्रै आफ्नो अस्तित्वको रक्षा गर्न सकिन्छ भन्ने सोचमा विश्वास गर्ने सोचको भारतीय सत्ताले काउन्टर रणनीति बनाउने नै भयो । त्यसो त, कम्युनिस्टहरूको वर्ग-संघर्षको सिद्धान्तको सार पनि यही हो ।

मंसिरको चुनाव अघि कम्युनिस्टहरूलाई टाढा राख्ने रणनीति अनुरूप प्रचण्ड भारत बोलाइए । म्याडम आरजुले बाँधेको राखीको त्यान्द्रो पक्रेर मंसिरपछि ‘जनै’ फेर्न पाइन्छ भने एकपटक फेरि किन नफेर्ने भनेर तम्सिंदै कमरेड प्रचण्ड दिल्ली पुगे ।

दिनमा चारपटकसम्म बालुवाटार धाउने कमरेड प्रचण्डले म्याडम आरजुलाई भेट्न दिल्ली पुगिरहनुपर्ने थिएन । कारण- राखीवाला भाइ त्यसको जस लिन चाहन्थे । २००७ सालमै बनेको नेहरू मानसिकताबाट मोदी पनि मुक्त रहेनछन् । नेपालीलाई मिलाएर पद बाँडिदियो भने त्यसको जस र कमाण्ड आफूसँगै रहन्छ भन्ने भारतीय सोच नेपालका लागि ठूलो चुनौती र दुर्भाग्य हो ।

मंसिरको चुनावपछि कमरेड प्रचण्डले जनै फेर्लान्, नफेर्लान् अझै प्रष्ट छैन । तर, कुरा नमिले जस्तो देखिन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुनु र नेपाल फर्किने बित्तिकै कमरेड प्रचण्डले कांग्रेसलाई ब्यालेन्स गर्न ‘समाजवादी केन्द्र’ को खेलोफड्को सुरुवात गर्नु बीच ठाडो सम्बन्ध छ । मंसिरपछि आलोपालो प्रधानमन्त्रीको गोप्य सम्झौता हुन सकेको भए सायद उनी कांग्रेसमै भर परेर बस्थे, ‘समाजवादी केन्द्र’ को कार्ड कांग्रेसलाई देखाउनतिर लाग्ने थिएनन् ।

माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र डा. बाबुराम भट्टराईको मायाले मात्रै कमरेड प्रचण्डले यस्तो नयाँ खाल सुरुवात गर्ने थिएनन् । यो तथाकथित समाजवादी केन्द्रको भविष्य कमरेड प्रचण्डलाई कांग्रेसले कत्तिको आश्वस्त गर्न सक्दछ भन्ने कुरामा भर पर्दछ । यदि कांग्रेसले माओवादी केन्द्रका लागि उल्लेखनीय सिट र मंसिरपछिको आलोपालो प्रधानमन्त्रीको वचन दियो भने निमेषभरमै समाजवादी केन्द्र भताभुङ्ग हुनेछ । हुनत यस्तो केन्द्र बने नै पनि त्यो शक्तिहीन हुँदै गएका बुढा नेताहरूको ‘आत्मकुण्ठा मोचन केन्द्र’ भन्दा बढी केही होला जस्तो लाग्दैन ।

यस्तो छ आजको मौसम पूर्वानुमान

0

हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा  केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो  देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चोखालमाथिको प्रतिबन्धबारे आधिकारिक धारणा माग

0

म्याग्दी जिल्ला भलिबल संघले गण्डकी प्रदेशका उपकप्तान सुजन चोखाल क्षेत्रीमाथि लगाईएको प्रतिबन्धबारे नेपाल भलिबल संघसँग आधिकारिक धारणा माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै म्याग्दीका कप्तान समेत रहेका चोखालको प्रतिबन्धबारे आधिकारिक धारणा माग गरेको हो ।

सेटर चोखालमाथि प्रतिबन्धको ठोस निर्णय नभएको तर मिडियामा प्रतिबन्धको समाचारहरु आएको विषयमा संघको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिबन्धबारे जानकारी माग्दा भलिबल संघले आधिकारिक रुपमा निर्णय नगरेको बताएको संघका अध्यक्ष तेजेन्द्र बानियाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले चोखालसहित हेल्प नेपाल स्पोर्ट्स क्लबका दुई भारतीय खेलाडी विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो  ।

चोखाललाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको संघका एक पदाधिकारीले बताएका थिए ।

गत वैशाखमा आयोजना भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपको दौरान रेफ्रीलाई दुर्व्यवहार गरेको कारण उनीलाई प्रतिबन्ध लगाईएको हो ।

रेफ्रीमाथि दुर्व्यवहार भएपछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार तीनै खेलाडीलाई प्रतिबन्ध गरिएको हो ।

म्याग्दीलाई पर्यटन हब बनाउने जमर्को

0

म्याग्दीलाई साहसिक पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी जिल्लाभित्रका पर्यटकीय स्थलमा पूर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सकिने बताउनुभयो। बाहिरबाट आउने पर्यटकले अहिले कुस्मा अनि मुस्ताङ मात्रै थाहा पाउने तर बेनीको महत्त्व हराउँदै गएको हो कि भन्ने पर्न लागेकोले यहाँ अडिनका लागि उचित संरचना तयार गर्नुपर्ने केसीको भनाइ थियो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आन्तरिक तथा बाह्य पर्यटकले अहिले पछिल्लो समय म्याग्दी र यहाँका पर्यटकीय स्थल थाहा पाउनै छाड्न थालेकोतर्फ सचेन रहनुपर्ने बताउनुभयो। प्रमुख केसीले स्रोत जुटाउन र आवश्यक पर्ने स्थान पहिचान तथा प्राप्तिका लागि नगरपालिकाले भूमिका खेल्ने बताउनुभएको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ एवं युवा व्यवसायी ओस्कार श्रेष्ठले म्याग्दीको सम्भावनाका विषय प्रस्तुत गर्नुभएको थियो। श्रेष्ठले म्याग्दीमा स्काई बस, रिभर्स बन्जी, क्यानोइङ, टावर बन्जी, रक क्लाइम्बिङ, एटीभी सफारी तथा मोनो रेलको सम्भावनाबारे जानकारी गराउनुभएको थियो।

यी सम्भावनालाई हेर्दै पब्लिक कम्पनीमार्फत अगाडि बढ्ने र यसबारे थप अध्ययनका लागि तत्कालै भारत पुगेर इन्जिनियरको टोली ल्याई म्याग्दीमा रहेका सम्भावित स्थलको अवलोकन गराउने योजना रहेको प्रमोद श्रेष्ठले बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न सदरमुकाम बेनी नजिकै रहेको लभ्ली हिल, रघुगङ्गा गाउँपालिकामा पर्ने रुइसे, अन्नपूर्ण गाउँपालिकामा पर्ने महभीर तथा छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत मल्लाजको डाँडालाई सम्भावित स्थानका रूपमा लिइएको बताउनुभयो।

बेनी नगरपालिका–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बेनी बजार क्षेत्रभित्र नदी किनारमा पर्यटकका लागि विशेष स्थान बनाउन पहल थाल्ने बताउनुभयो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटकीय क्षेत्र निर्माण र प्रवद्र्धनका लागि सबै प्रकारले सहयोग गर्न सङ्घ तयार रहेको बताउनुभयो। उहाँले सङ्घ आफैँले पनि कुन तहसम्मको लगानी गर्नुपर्ने हो, त्यसमा समेत तयार रहेको बताउनुभयो।

अन्तक्र्रियामा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवन विश्वकर्माले पर्यटनको क्षेत्रमा काम गर्न ढिला भइसकेकोले जति सक्यो चाँडो काम अगाडि बढाउनुपर्ने बताउनुभयो।

बेनी नगरपालिका–८ का वडाध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले लागत र जनघनत्व हेर्दै लगानीअनुसार प्रतिफलसमेत लिन सक्ने क्षेत्र छनोट गरेर चाँडो काम थाल्नुपर्ने बताउनुभयो।  म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा भएको अन्तक्र्रियामा बेनी नगरपालिका, प्रदेश सांसद, पत्रकार महासङ्घ, प्रवासी म्याग्देलीलगायतको सहभागिता थियो।

मिस मगर नेपाल विजेता मिलन

0

विनय श्रेष्ठ
भनिन्छ, मेहनतकाे फल मिठाे हुन्छ । यस्तै फल म्याग्देली चेली मिलनले प्राप्त गरेकी छिन । करिव एक महिनाकाे कठाेर परिश्रमबाट ST Creation Management Pvt. Ltd. ले पाेखरामा Miss Magar Nepal Season 5 (A cultural Talent Show) आयाेजना गरेकाे र श्रावण ६ गते हाेटल पाेखरा ग्राण्डमा Grand Finale सम्पन्न साे प्रतियोगितामा म्याग्देली चेली मिलन थापा मगर वितेजा बनी ताज पहिरन सफल भएकी छिन् । साथमा Best Talent Award र Best Catwalk Award पनि हात पारेकी छिन ।
न्यु वेष्ट पाेईन्टबाट एसईई पास भएकी र प्रकाश माविबाट विज्ञान विषयमा कक्षा १२ काे परीक्षा दिई रिजल्ट कुरिरहेकी म्याग्दी जिल्ला बेनी नगर पालिका वडा नम्बर १० पात्लेखेत (वाखेत) निवासी बुबा दमन थापा मगर र आमा पार्वती थापा थापा मगरकि एक मात्र सुपुत्री मिलन सानैदेखि नृत्यमा रुचि राख्ने कलाकार हुन । उनले विद्यालय उमेर समुहमा नै विभिन्न नृत्य प्रतियोगितामा पुरस्कृत भएकी कलाकार हुन । “टिकटक क्वीन” ले परिचित साथै म्युजिक भिडियोमा समेत अभिनय गरेकी र जिल्लाका मेला महाेत्सवमा हुने नृत्य प्रतियोगितामा समेत नियमित सहभागी भै पुरस्कृत मिलन पछिल्लो समय प्रकाश मावि बेनीबाट प्रतिभा प्रष्टफुटन कार्यक्रममा नृत्य तर्फ जिल्ला प्रथम भै गण्डकी प्रदेशमा द्वितीय भएपछि उनकाे चर्चा चुलिएको थियो ।
“१२ काे परीक्षा दिएर पाेखरा फुपुकाेमा बस्दा मिस मगर पाेलरा हुन लागेकाे जानकारी पाए । जित्ने भन्दा नी केही सिक्ने अवसर हाे भनी भाग लिएकी थिए । मगर भाषा, भेषभुषा, कला संस्कृतिको बारेमा ज्ञान हासिल गर्न माैका मिल्यो ।” खुशी हुदै मिलन थप्छिन पहिले Best Talent Award मा मेराे नाम घाेषणा भयाे, मनमनै साेचे कम्तीमा रित्तो हात नफर्कने भए । फेरि Best Catwalk Award मा पनि मेराे नाम घाेषणा भयाे अलिअलि डर लाग्यो । जब विजेतामा मेराे नाम घाेषणा भयाे, खुशीले भुईमा खुट्टा रहेन । उनी थप्छिन-“याे जित मेराे मात्र हाेईन । मेरा हजुरआमा, बुबाआमा, फूपू लगायत परिवार र आफन्तजन, देशविदेशमा रहेर साथ र समर्थन हिनुहुने आफन्तजन, पर्दा पछाडि रहेर सहयोग गर्नुहुने विनयसर लगायतका हातहरु, सम्पुर्ण म्याग्दीबासी र मगर समुदायहरु आयाेजककाे तर्फबाट अहाेरात्र खट्ने सरमिस लगायत आयाेजक परिवारकाे पनि जित हाे । मेराे क्राउन र ट्रफि सबैलाई सुप्पनु चाहन्छु । म्याग्दी जिल्लाकाे नाम राख्ने धाेका थियो पूरा भएकाेछ । थप गहन जिम्मेवारी प्राप्त भएकाे बाेध गरेकीछु, सतप्रतिशत निभाउने प्रयास गर्नेछु । अमुल्य साथ र सहयाेगकाे लागि ऋणी छु । याे गुण सायद कहिल्यै तिरेर चुक्ता हुने छैन ।”
म्याग्दी जिल्लामा २२ वर्ष अघि जन्मेकि मिलन थापा मगर करिव एक महिलाको तालिममा आफुलाई अब्बल सावित गरेकी छिन् । साैन्दर्य प्रतियोगितामा रुप मात्र हेरिदैन । सर्वाङ्गिन पक्षकाे मुल्यांकन हुन्छ । उनले Self Talent Round मा म्याग्दी जिल्लाकाे परिचय सहित लाप हुन लागेकाे थाली नाँच प्रस्तुत गरेकी थिईन जस्ले गर्दा Best Talent Award त जितिन नै उपाधि जित्न पनि मद्धत गर्‍यो ।
१२ जना प्रतियाेगि बीच भएकाे Grand Finale मा परिचय राउन्ड, Talent Round र निर्णायककाे प्रश्नको उत्तर दिएकाे आधारमा Top 7 घाेषणा गर्दा मिलन पनि अन्तिम राउन्डमा पुगेकी थिईन । अन्तिम राउन्डमा निर्णायककाे प्रश्नकाे लिखित उत्तर लेखेर प्रस्तुत गरेपछि मिलन थापा मगर Miss Magar Nepal काे ताज पहिरन सफल भएकि थिईन । लक्की सेभेन प्रतियाेगी मिलन थापा मगरले याे प्रतियाेगिताबाट व्यक्तिगत निखार ल्याउदै उपाधित चुमिन नै आफ्नो नाम सहित जिल्लाकाे नाम राख्न पनि सफल भएकी छिन । उनलाई बधाई सहित उत्तराेत्तर प्रगतिको शुभकाना ! उनले कारेकाे बाटाे अरुलाई मार्गचित्र बनाेस्, शुभकामना !

नियोजित लाञ्छना लगाउने क्रम बढ्यो: प्रधानमन्त्री

0

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेकोले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरेका छन्।

शुक्रबार हेटौंडामा नेपाल प्रेस युनियनको नवौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखेका हुन्। ‘पत्रकारले राजनीतिक स्थायीत्वको विषयमा लेख्नुपर्ने आवश्यक छू, देउवाले भने, ‘परिवर्तनका लागि भएको नेपालको महत्त्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ।’

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास एवम् लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले स्वच्छ पत्रकारिता गर्न अनुरोध गरे। नेपाल प्रेस युनियन आम पत्रकारको मार्गदर्शक बन्न सकोस् भन्ने उनको शुभकामना थियो।

निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुन लागेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘चुनावको तयारीमा छौं। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु।’ यस्तै नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षता भएको कार्यकममा सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।

नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस विषयलाई मिडियाले चिर्नुपर्ने सुझाव दिए। ‘अर्थतन्त्रमा केही समस्या छन् तर नेपाल श्रीलंकाको पथमा जाँदैनाै, कार्कीले भने, ‘नेपाल चाडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।’

नेपाल र नाइजेरियाकाबीच मानव बेचबिखनबारे अनुभव आदानप्रदान

0

नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान भएको छ।

स्कीप परियोजनाअन्तर्गत युकेस्थित खुला विश्वविद्यालय र नेपालमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको सहजीकरणमा नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी र सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान गरिएको हो।

मानव बेचबिखन र उत्पीडनबाट मुक्त व्यक्तिहरुलाई सामाजिक तथा पारिवारिक पुनर्मिलनमा र मनोपरामर्समा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदानप्रदान गरिएको थियो। नाइजेरियाका तर्फबाट एपेक्स मिडियालगायत मानव बेचबिखनविरुद्ध क्षेत्रमा कार्यरत अधिकारकर्मी तथा सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा उक्त खुला विश्वविद्यालयका तर्फबाट डा सरस्वती दवाडी र मर्गरात इवुवेडाइकले आफ्नो अनुभव सुनाएका थिए। नेपालका तर्फबाट शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमनराज सापकोटा, सामाजिक अभियान्ता समाजसेवी तथा शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटालगायतले मानव बेचबिखनविरुद्ध हुँदै आएका गतिविधिबारे नाइजेरिया र नेपालको मानव बेचबिखनको समस्या मिल्दोजुल्दो भएको बताए।

उक्त  विश्वविद्यालयको नेतृत्वमा हरेक देशबाट तीनदेखि पाँच जनासम्म सदस्य रहने गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना तय गर्नेबारे पनि छलफल भएको थियो। कार्यक्रममा नाइजेरिया र नेपालका मानव बेचबिखनसँग सम्बन्धित घटनामा उद्धार गरिएका पीडितको अनुभव आदानप्रदान गरिएको थियो।

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।