Friday, May 9, 2025
18.3 C
Beni
18.3 C
Beni
Friday, May 9, 2025
Home Blog Page 816

धानको बीउ उखेल्दै महिला…

0

म्याग्दीको मंगला गाउँपालिका-१, कलसेमा धान रोपाइँका लागि धानको बीउ उखेल्दै महिला । मानो छरेर मुरी उब्जाउने असार महिनाको अन्त्यसम्म सिचाई सुविधा भएका अधिकाँस स्थानमा करिब रोपाई सकिएको छ । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ ।

जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् । तस्वीर हरिकृष्ण गौतम

घाँस लिएर फर्किदै

0

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कलसे गाउँमा एक बृद्ध गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्वीर हरिकृष्ण गौतम

दाैडमा चम्कदै भुमिराज नेपाली

0
राताे टिसर्ट, निलाे जर्सी । लाग्थ्यो उनले नेपाल कै राष्ट्रिय जर्सी लगाएका छन् । जब दाैडने आदेश आउथ्याे उनकाे गाेडा घाेडा झै लम्कन्थ्याे र प्रतिद्वन्दीलाई फराकिलो अन्तरले पछि पार्दथे । यहि केटाे जब राष्ट्रपति कप २०७९ मा ३००० मिटर र १५०० मिटरकाे लामाे दाैडमा स्वर्ण पदक हात पारे अनि मन जित्दै नजरमा परे । यहाँ चर्चा गरिएका पात्र हुन्-भुमिराज नेपाली ।
१६ वर्ष अघि म्याग्दी जिल्लाकाे विकट धाैलागिरी गाउँपालिका वडा नम्बर ६ मराङमा आमा मनकुमारी नेपाली र बुबा वईन्द्र नेपालीबाट जन्मेका भुमिराजले अक्षरकाे आरम्भ भने स्थानीय सिर्जना विकास आधारभूत विद्यालयबाट गरेका हुन । उनकाे बुबा  राेजगारीकाे सिलसिलामा मलेसिया गएपछि भने परिवारमा भने अप्ठ्यारो आईलाग्याे ।
गाउँ घरकाे कामले आमा मनकुमारीले गाउँ छाेड्ने अवस्था थिएन । यसैबीच हजुरआमाले अठाेट गरिन-“नातिलाई बेनी लगेर मेराे पेन्सनले भए पनि राम्रो स्कुल पढाउँछु । कक्षा १ नपुग्दै भुमिराज हजुरआमाकाे साथमा बेनी झरे र बेनी बाेर्डिङ अध्ययन गर्ने अवसर जुट्याे  । उनी कक्षा १० पुगे रपनि हजुरआमाकाे साथ र न्यानो माया उस्तै छ ।
उमेरसंगै खेलकुदमा रुचि बढ्न थाल्याे उनकाे । साथीभाइहरुसंग फुटबल खेल्दा खेल शिक्षक विनोद घर्ती क्षेत्रीकाे भनाइ उनकाे मनमा गड्याे । उनी अझै सम्झन्छन्-“विनाेदसरले खेलले स्वास्थ्यकाे अलवा नाम कमाउन सकिन्छ । अहिले त खेल कै माध्यमबाट आर्मी पुलिसको क्लवमा छिरेर खेल खेल्न पनि पाइने र जागिर पनि हुने” । यहि भनाइ उनको लागि वरदान सावित भयाे । मनमनै अठोट लिए-“एकदिन राष्ट्रिय खेलाडी बनेरै छाेड्छु ।”
अनि शुरु भयाे भुमिराजकाे कठाेर परिश्रम । खेलमा लागे कुलतबाट जाेगिने अनि आफू र स्कुलको नाम राख्न पाईने भने साथीहरू सन्देश दिदै आएका उनी २०७४ काे राष्ट्रपति कपमा बेनी बाेर्डिङकाे तर्फबाट १००×४ रिलेमा सहभागी भै रजत पदक र त्रिपल जम्पमा काश्य पदक जितेपछि थप हाैसिए । दाैडलाई निरन्तरता दिदै उनी विहान ४ वजे उठेर लामाे दाैडकाे अभ्यास गर्न थाले ।
“कहिलेकाही त विहानै दाैडेर वागलुङ पुगेर साढे ६ बजे कक्षा भेट्न आउछु । ” उनी उत्साहित हुँदै थप्छन् – ” २०७८ सालमा खेलकुद विकास समितिले ८००० मिटरको म्याराथन दाैड राखेको थाहा पाए । अनुभवकाे लागि नाम लेखाए । प्रतियोगितामा स्वर्ण पदक जितेपछि खुशीकाे सिमा नै रहेन ।”
“त्यसपछिको लक्ष्य राष्ट्रपति कप थियोे । विविध कारणले राेकिएकाे राष्ट्रपति कप हुने खवरले भुईमा खुट्टा रहेन ।” “भुमिराजबाट विद्यालयले पदककाे आश गरेका थियौ ।” खुशी हुँदै भाईस प्रिन्सिपल कृष्ण श्रेष्ठ थप्नुहुन्छ – “नभन्दै ३००० मिटर र १५०० मिटर गरि दुई स्वर्ण र ४००×४ रिलेमा काश्य पदक जिताएर विद्यालयकाे नाम राख्न सफल भुमिराज बधाईका पात्र बनेकाछन् । हाैसलाका लागि विद्यालयले गर्ने सम्मानलाई निरन्तरता दिन्छौं नै ।”
खेलका अलवा नयाँ नयाँ ठाउँ घुम्न र पढ्न रुचाउने भुमिराजले याे पदकहरु आफ्नोलागि दुःख बेसाउने हजुरअ‍ामालाई समर्पण गर्न चाहन्छन् । हजुरआमा, आमा, बुबा र केन्याका धावक जुनलाई प्रेरणाको स्राेत मान्ने भुमिराजले पदक जिते लगत्तै बुबा र आमालाई फाेन गरेकाे स्मरण गर्दै थप्छन्-“दुवैको खुशीकाे सिमा रहेन । उहाँहरुकाे खुशीले गण्डकी प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने हाैसला प्राप्त भयाे ।”
“जिल्ला स्तर पनि अपर्झत भयाे । एक दिन पछि प्रदेश स्तर । न त अभ्यासको लागि समय थियोे न त प्रशिक्षण दिन  ।” बेनी बाेर्डिङका खेल शिक्षक तथा म्याग्दी एथलेटिक्स संघका अध्यक्ष विनाेद घर्ती मगर थप्नुहुन्छ – “यस्तो हतारले गर्दा पदक आश गरेका खेलाडीहरुले समेत राम्रो गर्न सकेनन् ।
धेरै खेलाडीहरुसंग त पाेखरा गएर परिचय भयाे । जिल्लामा स्केलकाे ग्राउन्ड त के कुरा नियमित प्रशिक्षणकाे अभाव छ । नियमित अभ्यास गर्ने ठाउँ छैन । जिल्लाबाट प्राेत्साहनकाे कमी र खेलाडीहरुमा अनुभवकाे कमी त छदैछ यसकाे अलवा नयाँ ठाउँमा जादा त्यसै अलमलमा पर्छन् । जेहाेस् जिल्लाकाे लागि दुःख गरे । आगामी दिनमा सफलताको शुभकामना !”
बेसिजनमा प्रतियोगिता भयाे । हतार हतार पाेखरा पुगे । आफ्नो क्षमता देखाए । अर्को पटक त यस्तो हुनु पर्छ/गर्छौं भन्ने चर्चा दुईदिने रामछाँया भयाे तर पनि भुमिराज जस्ता प्रतिभा जन्मेकाछन् र जन्मिरहन्छन् । राष्ट्रिय खेलाडी बन्ने उनकाे सपना, यसकाे लागि उनकाे मेहनत, मेहनतले प्राप्त पदक अनि लामाे दाैडमा गरेकाे कब्जाले उनलाई म्याग्दीको दाैड बादसाह भन्दा सायदै फरक पर्ला ।

‘मिस एसईई पोखरा’ विजेता बनिन् लिया पुन

0

मिस एसईई पोखरा–२०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छिन् । शनिबार पोखरामा सम्पन्न भएको प्रतियोगितामा जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

मिस एसईई घोषित हुनुअघि उनले व्यक्तिगत स्पर्धातर्फ मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधी समेत पाएकी थिईन् ।
विजेता पुनले नगद ५ हजार र एउटा स्कुटरका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएकी थिईन् ।

म्याग्दीको न्यु वेष्ट प्वाइन्ट आवासीय माविबाट एसईई दिएकी पुनले आफ्नो मेहनत अनुसारको उपाधी प्राप्त गरेको बताईन् । ‘मलाई सहयोग गर्ने सबैलाई धन्यवाद, अब केहीबर्ष पढाईलाई प्राथमिकता दिन्छु’ पुनले भनिन्।

विजेता पुनले भविष्यमा स्वास्थ्य क्षेत्रमा सक्रिय हुने लक्ष्य सहित अहिले स्टाप नर्सको कोर्ष गरेकी छन् भने स्वास्थ्य क्षेत्रसँगै नायिका बन्न अभियनको क्षेत्रमा समेत सक्रिय हुने चाहना रहेको बताईन् ।  हरेक बर्ष एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने गरिएको इभेन्ट्स फर यू संस्थाले जनाएको छ ।

 

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

0

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ । दुई वर्ष अघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

गण्डकीमा बजेट दुरुपयोगः बुबाआमाको नाममा खोलिएको ट्रष्टमा बजेट

0

गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरुको दबावमा बजेट दुरुपयोग भएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको दबावमा बजेटको दुरुपयोग भएको हो।

बजेटको दुरुपयोग कतिसम्म भएको छ भने एउटै वडामा २८ करोडसम्म पनि बजेट गएको छ भने मुख्यमन्त्री र मन्त्रीको माता–पीताको नाममा खोलिएको ट्रष्टमा लाखौं लाख बजेट विनियोजन भएको छ। यसरी बजेट दुरुपयोग गर्ने मन्त्रीहरु सबै कांग्रेसका हुन्।

बजेटमा कयौं वडामा एक करोड पनि बजेट परेको छैन। तर प्रदेशका एकजना मन्त्रीको एउटै वडामा २८ करोड बजेट परेको छ। प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आफ्नो वडा पोखरा–१६ मा सो बजेट हालेका हुन्। उनले रातो किताबमा २२ करोड बजेट हालेका छन् भने पछि सेतो कितावमा थप ६ करोड हालेर आफ्नो वडामा २८ करोड बजेट पुर्‍याएका हुन्।

चालु आर्थिक वर्षमा पनि उनले सोही वडामा बजेट खन्याएका थिए। गठबन्धन सरकार बनेलगत्तै बजेट ल्याउँदा मुख्यमन्त्री मातहत नै अर्थमन्त्रालय रहेकाले त्यतिबेला बजेट निर्माणको हर्ताकर्ता बनेका मन्त्री खड्काले आफ्नो हात जगन्नाथ गर्दै २५ करोड बजेट आफ्नो वडामा हालेका थिए।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्व. पीता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तनहुँको व्यास नगरपालिका–१० मा गोवर्द्धन स्मृति कोषका लागि सो बजेट दिइएको हो। यो सामाजिक विकास कार्यालय तनहुँमार्फत बजेट कार्यान्वयन हुने उल्लेख छ।

चालु आर्थिक वर्षमा पनि मुख्यमन्त्री पोखरेलले पीताको नाममा रहेको सो फाउण्डेसनलाई प्रदान गरिएको एक रोपनी जग्गा पास गर्न लाग्ने रजिस्ट्रेसन शुल्कमा पचास प्रतिशत छुट गराएका थिए। मुख्यमन्त्री पोखरेलले आफ्नो भाई डा.जगदीशचन्द्र पोखरेलले फाउण्डेसनलाई प्रदान गरेको सो जग्गा पास गर्न लाग्ने शुल्कको पचास प्रतिशत छुट गराउने निर्णय मन्त्री परिषद बैठकबाट गराएका थिए।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टमा एक करोड बजेट हालिएको हो। स्याङजा भीरकोट नगरपालिका–१ स्थित पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा दुई फरक मन्त्रालयबाट फरक–फरक शीर्षकमा ५०–५० लाख गरेर कुल १ करोड बजेट विनियोजन भएको हो।

ट्रष्टका लागि मन्त्री श्रेष्ठले आफ्नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयबाट ५० लाख विनियोजन गरेका छन् भने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ट्रष्टको भवन निर्माण गर्न भने थप ५० लाख विनियोजन गरिएको छ। अर्थमन्त्री बराल यो ट्रष्टलाई बजेट दिने पक्षमा थिएनन्। तर मन्त्री श्रेष्ठले बजेट हाल्न दबाव दिनुका साथै धम्क्याएर बजेट हाल्न लगाएका हुन्।

यहि विषयमा मुख्यमन्त्री निवासमा अर्थमन्त्री बराल र श्रेष्ठबीच चर्काचर्कीसमेत परेको थियो। अर्थमन्त्री बरालले कुनैपनि हालतमा बजेट नहाल्ने अडान राखेपछि सामाजिक विकास मन्त्री श्रेष्ठले आफ्नो माता पीताको नाममा खोलिएको ट्रष्टमा बजेट नहाले मन्त्री पद नै खोसिदिने धम्की दिएका थिए। अर्थमन्त्री निकट श्रोतका अनुसार त्यतिबेला मन्त्री श्रेष्ठले भनेका थिए, ‘बजेट नहाले जे पनि हुनसक्छ।’

उनले ‘जे पनि हुनसक्छ’ भनेर अर्थमन्त्रीको ज्यान नै तलमाथि पारिदिनेसम्मको चेतावनी दिएको अर्थमन्त्री बरालको बुझाइ छ। त्यही भएर अर्थमन्त्री बरालले तत्कालै ‘आँट छ भने गरेर देखाउनु’ भन्ने जवाफ फर्काएको उनको सचिवालयले जनाएको छ।

तर पछि बजेट नहालेसम्म संसद नै नचल्ने स्थिति बनेपछि अर्थमन्त्री बरालले सेतो कितावमा सो बजेट हालेका हुन्। ‘अर्थमन्त्रीज्यूले ट्रष्टलाई बजेट नहाल्न खोज्नु भएको हो तर दवाबमा हाल्न बाध्य पारियो,’ अर्थमन्त्री निकट श्रोतले भन्यो। मन्त्री श्रेष्ठले भने छुटेका योजना सेतो कितावमा थपिएको जिकिर गरे।

उनले भने,‘यो नया कुरा होइन। छुटेका योजना सेतो कितावमार्फत ल्याउने चलन पुरानै हो’ त्यस्तै, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पीता स्व.अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख र पर्वतकै अर्का कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ।

स्मृति पार्क पर्वतको कुश्मा नगरपालिका–८ मा निर्माण गरिने उल्लेख छ। कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र आफ्ना पीताहरुको नाममा रहेको ट्रष्टलगायतलाई बजेट नहालेसम्म बजेटमाथिको छलफल रोकेको थियो।

त्यही भएर असार १ गते आएको बजेट १९ गतेसम्म छलफल हुन सकेको थिएन। अन्तिममा अर्थमन्त्री बराल घुमाउरो बाटोबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बजेट दिन र कांग्रेसले भनेका योजना हाल्न तयार भएपछि असार २० गतेबाट सदन चल्न थालेको हो।  nagariknews.com

पहिरोका कारण अबरुद्ध बेनी-मालढुङ्गा सडक सुचारु

0

वर्षाका कारण सडकमाथिबाट झरेको पहिरोका कारण अबरुद्ध भएको मालढुङ्गा बेनी सडक सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिबराज बुढाथोकीका अनुसार पहिरो हटाएपछि दुई तर्फी रुपमा नै सडक सुचारु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बजारबाट झन्डै ३५ मिटर अगाडि म्याग्दी जाने सडकमा पहिरो खसेपछि शनिवार बिहान पौने ६ बजेबाट सडक अवरुद्ध भएको थियो । शुक्रवार साँझदेखि भइरहेको निरन्तरको वर्षाका कारण पहिरो गएको थियो ।

जन्मदिनमा पोर्चुगलबाट म्याग्दी बालगृहका बालबालिकालाई सहयोग

0

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी घर भई हाल रोजगारको सिलसिलामा पोर्चुगलमा रहनुभएका लोकराज रोका मगरले बालबालिकालाई शैक्षिक सामग्री (स्टेशनरी) सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर आज (शनिवार) उहाँले नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री सहयोग गर्नुभएको हो ।

म्याग्दी प्रवासी मञ्च साईप्रसको अध्यक्ष समेत रहनुभएका रोका मगरले धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनमार्फत बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीको रोहबरमा बालबालिकाहरुलाई कपी, कलमलगायत स्टेशनरी सामग्री सहयोग गर्नुभएको म्याग्दी बालगृहले जनाएको छ । उक्त सामग्रीहरु निवर्तमान अध्यक्ष पुनले म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई प्रदान गर्नुभएको थियो ।

स्टेशनरी सामग्री वितरण गर्दै पुनले जन्मदिनको अवसरमा लोकराजले बालबालिकाहरुलाई गरेको शैक्षिक सामग्री सहयोगले उनीहरुको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले म्याग्दी बालगृहको क्षमता विस्तार गरी शिक्षाबाट बञ्चित अन्य बालबालिकाहरुलाई पनि अध्ययन तथा अध्यापनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै यसमा सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

म्याग्दी बालगृहमा हाल ११ जना खासगरी अभिभावकविहिन बालबालिकाहरुले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । बाल सङ्गठनका अध्यक्ष शाक्यले म्याग्दी बालगृहको क्षमता बढाउनका लागि थप पूर्वाधारको विस्तार गर्न आवश्यक पहल भैरहेको जानकारी दिनुभयो । बाल सङ्गठनका सचिव खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, बालगृहका कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रमको भने निवर्तमान अध्यक्ष पुनले समन्वय गर्नुभएको थियो ।

 

मिस मगर नेपालमा म्याग्दीकी मिलन

0

-विनय श्रेष्ठ, बेनी, म्याग्दी ।
ST Creation Management Pvt. Ltd. ले पाेखरामा Miss Magar Nepal Season 5 (A cultural Talent Show) आयाेजना गरेकाे र श्रावण ६ गते हाेटल पाेखरा ग्राण्डमा Grand Finale हुने साे प्रतियोगितामा म्याग्देली चेली मिलन थापा मगरले सहभागीता जनाएकी छिन । न्यु वेष्ट पाेईन्टबाट एसईई पास भएकी र प्रकाश माविबाट विज्ञान विषयमा कक्षा १२ काे परीक्षा दिई रिजल्ट कुरिरहेकी म्याग्दी जिल्ला बेनी नगर पालिका वडा नम्बर १० कि मिलन सानैदेखि नृत्यमा रुचि राख्ने कलाकार हुन । उनले विद्यालय उमेर समुहमा नै विभिन्न नृत्य प्रतियोगितामा पुरस्कृत भएकी कलाकार हुन । “टिकटक क्वीन” ले परिचित साथै म्युजिक भिडियोमा समेत अभिनय गरेकी र जिल्लाका मेला महाेत्सवमा हुने नृत्य प्रतियोगितामा समेत नियमित सहभागी भै पुरस्कृत मिलन पछिल्लो समय प्रकाश मावि बेनीबाट प्रतिभा प्रष्टफुटन कार्यक्रममा नृत्य तर्फ जिल्ला प्रथम भै गण्डकी प्रदेशमा द्वितीय भएपछि उनकाे चर्चा चुलिएको थियो ।
“प्रतियोगितामा सहभागी जनाउन पाउँदा निकै उत्साहित छु । हरेक दिन नयाँ नयाँ ज्ञान हासिल गर्ने माैका मिलेकाे छ । विशेषगरी नेपाल सांस्कृतिक रुपमा निकै धनी रहेछ । ईतिहासदेखि वर्तमानसम्म बुझ्ने, नयाँ साथी-नयाँ प्रशिक्षकहरुसंग घुलमिल हुने अवसर जुटेको छ । आफुलाई परिपक्व हुदै गएकाे महशुस गरेकाे छु । यसकाे लागि आयाेजक परिवार आभारका पात्र हुनुहुन्छ ।” उनी उत्साहित हुदै थप्छिन्-“मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने गरि मेहनत गरेकाे छु । जिल्लाकाे नाम राख्ने धाेका छ । यसकाे लागि अब तपाईहरुकाे साथ र सहयाेगकाे खाचो छ । जसकाे लागि Miss Magar Nepal काे आधिकारिक पेजमा गै प्रतियाेगी नम्बर ७ काे मिलन थापा मगरलाई Like, Comment र Share गरिदिनु हुन सादर अनुरोध छ ।”
शिरमा धाैलागिरी हिमाल, पाउमा कलकल बग्ने काली गण्डकी नदि । जब घाेरेपानी पुन हिल अनि टाेड्केमा लाली गुराँस फुल्छ तब यानीमाया र झ्याउरे भाकामा कस्तुरी मृग ना‍ँच्दछन् । मुक्तिनाथकाे प्रवेशद्वार यस पवित्र भुमिबाट गलेश्वर मन्दिर हुँदै संसार कै गहिराे अन्धगल्छि र मनमाेहक रुप्से छहराले स्वागत गर्दछ । हाे, यहि स्वर्गकाे टुक्रा अनि मगर जातीकाे बाहुल्यता रहेकाे म्याग्दी जिल्लामा २२ वर्ष अघि जन्मेकि मिलन थापा भविष्यमा स्वास्थ्यकर्मी बनी दीनदुःखी र जेष्ठ नागरिकको सेवा गर्ने सपना बुन्दै गर्दा मिस मगर नेपाल २०२२ काे पाचौं संस्मरणमा भाग लिई समाज सेवा गर्दै फुर्सदको समयमा नाँच्ने, सन्देशमुलक टिकटक बनाउने र नयाँ नयाँ ठाउँ घुम्ने चाहना बाेकेकी म्याग्देली चेलीकाे याे कदम स्वागत याेग्य छ ।
भनिन्छ , मानिस सर्वश्रेष्ठ प्राणी हाे । जन्मदा एक्लै जन्मन्छ , मर्दा एक्लै मर्दछ तर असल काम गरेर नाम राखि मर्नु पर्दछ । कुनै बेला “बेनीकाे बजार जतामाया उतैछ नजर” गितले परिचित म्याग्दी पछिल्लो समय डाक्टर महावीर पुन, चन्द्रप्रकाश वानिया, मन छन्त्याल श्रेष्ठ, टीका बहादुर श्रेष्ठ, निर्मल पुर्जा, खड्क गर्बुजा, अरुणा शाहि, तारादेवी पुन, कमला पुन, सपना मगर, धनञ्जय कुमार श्रेष्ठ , शक्ति गाैचन, बिन्दु पुन, प्रकाश दुतराजले विश्व सामु चिनाएकाेछ । लक्की सेभेन प्रतियाेगी मिलन थापा मगरकाे याे कदम मिस मगर नेपाल बनेर म्याग्दीलाई चिनाउन काेशेढुङ्गा सावित हाेस् । सबैकाे साथ र सहयोग रहाेस् । शुभकामना !

ताकममा निर्माणधिन पाँच शय्या क्षमताको अस्पताल अलपत्र

0

म्याग्दीको धवलागिरि गाउँपालिका–७,ताकममा निर्माणधिन अवस्थामा रहेको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ। निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले भवन निर्माण सुरु गरिएको अवस्थामा कोरोना र विभिन्न बाहना बनाएर ठेकेदार भागेको स्थानीयबासीको गुनासो छ ।

उक्त भवन निर्माणका लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड भन्दा माथीको लागतमा ठेक्का सम्झौता गरेको थियो ।ठेकेदारले कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसी को काम सम्पन्न गरेको अवस्थामा हाल ठेकेदार सम्पर्कबाहिर रहेको स्वास्थ्य चौकी इन्चार्ज लोकनाथ पौडेलले बताए ।

उनका अनुसार ठेकेदारले काम छोडेर गएपछि अलपत्र परेको बताए। विसं २०७७ पुसमा भएको धवलागिरिको विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको अवस्थामा ठेकेदारलाई ताकेता गरिएको गाउँपालिका अध्यक्ष प्रेम पुनले बताए।

‘अब अति भयो,‘ठेकेदार नआए अब प्रक्रियामा गएर अगाडी बढ्छौ’ अध्यक्ष पुनले भने । उक्त भवन आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसैबीच मङ्गला र अन्नपूर्ण गाउँपालिकाले आधारभूत अस्पताल भवन निर्माण भइरहेको छ भने रघुगंगा गाउँपालिकामा अझै जग्गा सहितको कानुनी प्रक्रियाले अलपत्र परेको छ ।

 

error: Content is protected !!