Tuesday, April 29, 2025
19.4 C
Beni
19.4 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 835

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

0

विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स । विमान दुर्घटना भन्ने बित्तिकै के कारणले दुर्घटना भयो भन्ने आधिकारीक कारण थाहा पाउन त्यहि ब्ल्याक बक्सको खोजी गरीन्छ । त्यसैले यो विमानका लागि अति आवश्यक उपकरण हो । हामीले सुन्ने गरेका पनि छौ विमान दुर्घटना भयो भने ब्ल्याक बक्सको खोजि हुन्छ ।

आखिर यो ब्ल्याक बक्स केहो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसैकुरालाई मध्यनजर गरेर हामीले ब्ल्याक बक्स केहो र यसले के काम गर्छ भन्ने बारेमा रिपोर्ट तयार पारेका छौं ।

के हो त ब्ल्याक बक्स ?

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।

विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?

सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्सको रोचक तथ्य

रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?

एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको छ । अब मुस्ताङको घटनाका बारेमा ब्ल्याक बक्सबाट आधिकारिक जानकारी हुन्छ । त्यो रिलिज हुन बाँकी छ ।

 

भेटियो दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स

0

मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनकाअनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ। तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए।

उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए। (रासस)

लोभलाग्दा जागिर छाडेर धवलागिरिमा घुम्ती भेडापालन

0

रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।

पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लिएर धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्प उक्लिएका छन्। ‘यो मेरा पिता पुर्खाको थलो हो।

यहाँ मेरा पूर्वजका पैतालाका डोबहरू छन्’, उनले भने, ’तिनै डोबलाई पछ्याउँदै भेडापालन पेशा रोजेको हुँ।’छन्त्यालको परिवार पोखरामा छ। तर उनी भने पुर्खाले जीवन बिताएको जङ्गल र भिरपाखामा नै रमाइलो लाग्ने र जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताँछन्।

‘दुःख त हुन्छ तर,बाबुबाजेले गरेको काम गर्न संकोच लाग्दैन’ छन्त्यालले भने, ‘देश विदेश घुमियो,रंग रमाइलो पनि गरियो, तर आफ्नो जन्मभूमिमा पुर्खाले गरेको काम गर्दा पाइने आनन्द कतै पाउन सकिएन।’ भेडाको बथान लिएर धवलागिरि गाउँपालिका– ५ र रघुगंगा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा जान लागेका छन्त्यालले व्यावसायिक भेडापालन गर्नेको संख्या घट्दै गएको बताए।

छन्त्याल एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएको र २५ लाख बढी आम्दानी गरेको जानकारी दिए ।उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जंगलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले यो पेशा रोजेको उनी बताउँछन्।

छन्त्यालको दैनिक बिहान उठेर भेडाको गणना गर्दै सुरु हुन्छ। त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने गर्छन्। लेकको बुकी र पाखा पखेरामा चराइसकेपछि पुनः गोठमै फर्केर भेडाको स्याहारमा लाग्छन्।

‘जंगलको बास। फोन र इन्टरनेटको त परको कुरा रेडियो समेत सुन्न सकिँदैन। वर्षा, हिमपात केही भन्न पाइँदैन’, छन्त्यालले भन्छन्, ‘गोठालाको जीवन सजिलो त छैन तर, स्वच्छ प्राकृतिक वातावरणमा आफ्नै राजीखुशीको काम गर्न पाउँदा आनन्द लाग्छ’। छन्त्यालले विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर पाँच वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका थिए। आफूबाहेक दुई जना हेरालु राखेका छन्।

धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यसलाई अँगालेको उनी बताउँछन्। पछिल्लो समय परम्परागत गोठ विस्तारै घट्दै गएको छ। युवा आकर्षित नहुनेर पुराना गोठ बिक्री गर्ने क्रम बढेकाले भेडापालन व्यवसाय संकटमा परेको उनको बुझाइ छ। यसको प्रवर्धनका लागि स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ ।महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध हुनुभएको छ । अन्नपूर्णमा एमालेको बहुमत छ ।

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो

0

१९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो।

विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ।

एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। विमानमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मन नागरिक गरी २२ जना रहेका थिए।

आइतबार बिहान हराएको यो विमानको दिनभर खोजी गर्दा पनि पत्तो लागेको थिएन, विभिन्न अड्कलबाजी मात्र गरिएको थियो। त्यही अड्कलबाजी अनुसार खोज्दै जाँदा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहाननजिकै सानोसरेको पहाडमा ठोक्किएर चकनाचुर अवस्थामा विमान फेला परेको थियो।

दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो। करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए। विमानमा रहेका २१ जनाको शव सोमबार बेलुकीसम्म फेला परेको उनले जानकारी दिए। ‘निकै ठुलो भीरमा विमान ठोक्किएको रहेछ, विमान टुक्राटुक्रा भए पनि आगलागी भने भएको थिएन। जसले गर्दा शव पहिचान गर्न सहज हुने अवस्था छ,’ उनले भने, ‘तर शवको अवस्था भने छियाछिया छ।’

विमान दुर्घटनास्थल पहिचान गर्न आइतबार दिनभर प्रयास गरेको भए पनि मौसम खराबीले सफल हुन सकेको थिएन। घटनास्थलकोे मौसम छिनछिनमा बदलिने गरेको प्रहरी निरीक्षक तामाङले बताए। ‘छिनछिनमा मौसम बदलिन्छ, तलबाट उडेको हेलिकोप्टर माथि पुग्न नपाउँदै बादलले ढाक्छ, त्यसले गर्दा समस्या भएको हो,’ उनले भने। उनका अनुसार दुर्घटनास्थल पहिचान गर्नका लागि गाउँलेले पनि निकै सहयोग गरे। स्थलमार्गबाट गएका गाउँले र हेलिकोप्टरबाट पुगेको सुरक्षाकर्मीको टिमले सोमबार बिहानैदेखि उद्धार सुरु गरेका थिए।

निरीक्षक तामाङका अनुसार दुर्घटनास्थलको करिब एक किलोमिटर परको समथर भेगमा हेलिकोप्टर अड्याएर उद्धार सुरु भएको थियो। हेलिकोप्टरबाटै घटनास्थलको रेकी गरेर बल्ल सुरक्षाकर्मी त्यहाँ पुगेको उनले बताए। ‘सोमबार बिहान पहिला घटनास्थल पहिचान ग¥यौं। हिजैदेखि अनुमान गरिएको ठाउँमा विमान खसेको रहेछ। त्यसपछि हेलिकोप्टरमा गएर उद्धार थाल्यौं,’ उनले भने, ‘करिब एक किलोमिटर परको केही समथर भागमा जसोतसो हेलिकोप्टर अड्याएर उद्धारमा खटियौं।’
मौसमका कारण बेलैमा उद्धार गर्न सकस भएको उनले बताए।

उनका अनुसार यात्रु र चालक दलका सदस्यहरूको शव उत्ति टाढा थिएन। तर, उद्धारमा कठिनाइ हुँदा बेलैमा तल झार्न समस्या भएको तामाङले बताए। १० वटा शव सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ भने अरूको शव तल झार्ने तयारी भएको पनि उनले बताए। ‘मौसमले साथ दिएमा सबैको शव मुस्ताङ सदरमुकाम जोमसोम झार्ने हो,’ उनले भने। मृतकको शव पहिचान गरेर काठमाडौंमै परिवारका सदस्यलाई बुझाउने तयारी रहेको पनि उनले जानकारी दिए।

पोखराबाट उडान भरेको १२ मिनेटपछि विमान सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।

को–पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए। पोखरा टावरले जोमसोम टावरलाई विमान हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक सम्पर्क गरेर विमान जोमसोम भ्याली छिरेको बताएर सम्पर्कविहीन भएको थियो। विमान सम्पर्कविहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको घिमिरेले बताएका थिए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। तर, हावाको विवरण दिएलगत्तै सम्पर्कविहीन भएको विमान झन् बढी उचाइमा पुगेर चट्टानमा बजारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ।

प्राधिकरणका एकजना पदाधिकारी भन्छन्, ‘जोमसोम विमानस्थलसँग सम्पर्क टुटेलगत्तै विमान बायाँ मोडिएर पहाडमा ठोक्किन पुगेको देखिन्छ। सम्पर्कविच्छेद हुनासाथ विमानले बाटो बिराएको अनुमान छ।’ ती पदाधिकारीका अनुसार ताराको यो विमानभन्दा तीन मिनेटअगाडि यही रुटमा समिट एयरको विमान थियो। समिटको विमान पोखराबाट ९ बजेर ५२ मिनेटमा उडेको थियो, ताराको ९ बजेर ५५ मिनेटमा उडेको थियो

यो विमानले पोखरा–जोमसोम रुटको अप्ठ्यारो खण्ड भने पार गरिसकेको थियो। अप्ठ्यारो खण्ड पार गरेर जोमसोमसँग एकपटक सम्पर्कमा आएपछि विमानको सम्पर्क टुटेको थियो। ‘अप्ठ्यारो खण्ड पार गरिसकेकाले सम्पर्कविहीन हुनुमा त्यो कारण होइन,’ उनले भने, ‘तर विमानले दिशा परिवर्तन गर्दै उचाइ लिएको देखिन्छ। मौसमको खराबीले मात्र यो सबै नहुन सक्छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

‘कतिपय शव खोंचमा थिए’ इन्द्रसिंह शेरचन
बेनी–जोमसोम सडकखण्डदेखि अन्य दुर्घटनामा समेत उद्धारमा पुग्ने पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बिमान दुर्घटनाको उद्धारमा नजिकबाट सक्रिय भए। सडकखण्डमा अलपत्र परेका यात्रुलाई जोखिम मोलेर वारपार गर्ने उत्तरी म्याग्दीको दानाका पर्यटन ब्यवसायी शेरचनले बिमान बेपत्ता भएको खवर सुन्दा वित्तिकै मुस्ताङ पुगेका थिए ।

म्याग्दी र मुस्ताङका हिमाल आरोहण दलमा हेली सहितको ब्यवस्थापनमा समेत सक्रिय भएकाले उनलाई उद्धारमा सहभागी हुन सहज भयो । उद्धारमा खटिएका शेरचनका अनुसार अप्ठ्यारो ठाउँमा दुर्घटनामा भएकाले उद्धारमा समस्या भएको छ।

‘कतिपय शव खोंचमा रहेकाले उद्धारमा कठिनाइ भयो। अप्ठ्यारो ठाउँमा दुर्घटनामा परेको र बेलाबेलाको मौसम परिवर्तनले उद्धारमा असहज भएको छ,’ उनले भने। उनका अनुसार घटनास्थल यतिसम्म अप्ठ्यारो छ कि डोरी लगाएर झुन्डिएर मात्र उद्धार गर्न र शव निकाल्न सकिन्छ।’ अप्ठ्यारो ठाउँ भएकाले पनि उद्धारमा समय लागेको उनले बताए। उनका अनुसार घटनास्थलको सबैभन्दा नजिकको गाउँ कोवाङ हो।

जहाँको बस्तीसम्म पुग्न कम्तीमा ५ घण्टा पैदल हिँड्नुपर्छ। ‘डोरीमा झुन्डिएर खोजी गर्दा समय लागेको हो। मौसमले साथ दिएको भए सबैलाई भेट्टाउन सकिन्थ्यो तर मौसमले साथ नदिँदा ढिलाइ भयो,’ उनले भने, ‘सोमबार बेलुकीसम्म खोजिसक्ने लक्ष्य हो तर कठिन छ।’ दुर्घटनामा परेको विमान सुरुमा भेडी गोठालाले भेटेका थिए। त्यसपछि उनीहरूले फोटो खिचेर प्रहरी र स्थानीयलाई खबर गरेका थिए। उद्धारकर्ताका अनुसार विमानमा आगो लागेको छैन।

मौसम बदली भइरहँदा भेटिएका शव पनि तल झार्न समस्या भएको उनले बताए। बादल लाग्ने र खुल्ने गर्दा हेलिकोप्टर पनि आउजाउ गर्न असहज भएको छ। विमान दुर्घटनामा परेको ठाउँ गत वर्ष हिमपहिरो झरेको ठाउँ नजिकै पर्छ। जहाँ भिरालो घाँसेमैदान र चट्टाने पहरो रहेको थियो । ‘हिउँदमा चौंरी चर्ने ठाउँ हो। जहाँ मानवीय पहुँच निकै नै कम छ,’ उनले भने, ‘पैदल जान सकिन्न। त्यही भएर हेलिकोप्टरको विकल्प छैन।’ जोमसोम विमानस्थलका अनुसार सम्पर्कविहीन हुनुअघि विमान कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग हावाको गतिको विवरण मागेका थिए।

गाँजाको धुलो र धुलो बनाउने मेसिनसहित एक जना पक्राउ

0

जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो ।

प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन भित्रबाट बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने धुलो र मेसिन फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।

समाज रुपान्तरणका लागि सांस्कृतिक क्रान्ति आवश्यकः उपप्रमुख लामिछाने

0

म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस–२०७९ मनाइएको छ । ‘महिलाको सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल नारासहित लैङ्गिक सवालसम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम गरेर महिला अधिकार दिवस मनाइएको हो ।

बेनी नगरपालिका, सामाजिक विकास कार्यालय म्याग्दीको सहयोग तथा समन्वय, मिलन म्याग्दी र महिला अधिकार मञ्चको संयुक्त आयोजनामा दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समाज रुपान्तरणका लागि सांस्कृतिक क्रान्ति गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा राजतन्त्रको अन्त्य भए पनि पितृसत्ता अझै कायम रहेको बताउँदै सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख लामिछानेले समाज रुपान्तरण गर्ने सन्दर्भमा सांस्कृतिक परिवर्तन जरुरी रहेको भन्दै यसका लागि व्यक्ति, घर, परिवार तथा समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत ‘उपमेयरसँग आमा समूह’ कार्यक्रम तथा किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालन गरी महिला र किशोरीलाई शारिरीक एवं मानसिक रुपमा प्रतिकार गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो ।

उहाँले छोरी, चेली सुशील मात्र नभई क्रान्तिकारी पनि बन्नुपर्ने भन्दै सम्पतिको हक, अधिकार उपयोग गर्ने क्रममा आफ्नो दायित्व पनि बहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसको प्राध्यापक रेखाकौशल रेग्मीले नेपालमा लैङ्गिक हिंसा र नीतिगत व्यवस्थाहरुको विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राष्ट्रिय महिला दिवसको सन्दर्भ र लैङ्गिक अवस्था विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित महिला सहकारी, स्थानीय तहमा नवनिर्वाचित महिला जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र तथा प्रहरी शाखा, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिकालगायत संघसंस्था र कार्यालयबाट महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ केसीको स्वागत र महिला अधिकार मञ्चका सचिव विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालमा २०६२÷०६३ सालको जनआन्दोलनबाट पुनसर््थापित व्यवस्थापिका संसदले तत्कालीन सांसद विद्यादेवी भण्डारीले प्रस्ताव गरेको महिलाको नामबाट नागरिकता पाउनुपर्ने, सम्पतिको हक लाग्ने, लैङ्गिक विभेदको अन्त्य र ३३ प्रतिशत महिला सहभागितासम्बन्धी यी चारवटा बुँदाहरु समेटिएको सङ्कल्प प्रस्ताव २०६३ साल जेठ १६ गते बसेको संसद वैठकले पारित गरेको थियो ।

तत्कालीन भण्डारी आफू सांसद रहँदा पारित गराएको यो प्रस्ताव राष्ट्रपति बनेपछि २०७६ साल जेठ १६ गतेदेखि महिलाको नैसर्गिक अधिकार प्राप्त भएको खुसियालीमा हरेक वर्ष जेठ १६ गतेका दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

 

महिला अधिकारको सुरक्षा तथा महङ्गी नियन्त्रणको मागसहित ज्ञापनपत्र बुझाइयो

0

नेकपा एमाले निकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आज (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हक तथा अधिकारको सुरक्षा तथा बढ्दै गैरहेको महङ्गी नियन्त्रण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

चौथो राष्ट्रिय महिला अधिकार दिवस–२०७९ को अवसर पारेर केन्द्रीय कार्यक्रमअनुसार जिल्ला जिल्लाबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएकाले सोहीअनुसार म्याग्दीमा पनि कार्यक्रम आयोजना गरिएको अनेमसंघ म्याग्दीले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनता पीडित बनेको, स्थानीय चुनावमा गठबन्धन गरी महिलाको उपस्थिति कम गराएको जस्ता विषयहरु ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

अनेमसंघले स्थानीय तहको निर्वाचन नसकिँदै सत्ता गठबन्धन नेतृत्वको सरकारले जनतालाई महङ्गीको मारमा पारेको भन्दै विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसैगरी महिला अधिकारको हनन्, महिलामाथि भैरहेका निरन्तर हिंसा, शैक्षिक जस्तो संवेदनशील क्षेत्र तथा कार्यक्षेत्रमा महिला र बालिकामाथि भएको श्रृङ्खलाबद्ध यौनजन्य हिंसा, दुव्र्यवहार तथा बलात्कारपछि गरिएको हत्या जस्ता गम्भीर प्रकृतिका घटनाहरु दिनप्रतिदिन बढिरहेको भनेर ज्ञापनपत्रबाट सरकारको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा पुरुष निर्वाचित भई महिला जनप्रतिनिधिको सङ्ख्या न्युन हुन गई यसबाट महिलाहरुले राजनीतिक परिवर्तन र राष्ट्र निर्माणमा पु¥याएको योगदानको अवमूल्यन गरेको हुँदा राजनीतिमा महिलाको स्थायित्व र समानुपातिक सहभागिताको सुनिश्चिततामा प्रश्नचिह्न खडा गरेको वित्रप्तिमा जनाइएको छ ।

आठवर्ष अघि सुन्दरी प्रतियोगिता (मिस–टिन)को नाममा आयोजकले गरेको बलात्कार तथा यौनजन्य हिंसा तथा विद्यालय र कलेजमा छात्रामाथि भएका गम्भीर प्रकृतिका यौनजन्य घटनाहरु उजागर भैरहँदा वर्तमान सरकार भने निर्वाचनमा भएको अनियमितता र भ्रष्टाचारलाई लुकाउन जनतामाथि महङ्गी थोपर्न उद्दत रहेको आरोप लगाइएको छ ।

त्यसैले, बलात्कार तथा यौनजन्य हिंसाको सम्बन्धमा राखिएको हदम्याद हटाउन, कानुन संशोधन गर्न र हिंसा पीडितको संरक्षण र प्रभावितलाई तत्काल क्षतिपूर्तिसहित फास्ट ट्र¥याकबाट दोषीलाई कानुनी कारवाहीमा ल्याउनुपर्ने अनेमसंघले माग गरेको छ ।

अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले हस्ताक्षर गरेको ज्ञापनपत्र तथा महिला अधिकार दिवसको बारेमा अनेमसंघका केन्द्रीय सदस्य एवं धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा उक्त ज्ञापनपत्र अध्यक्ष रोकाले म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ शर्माले अनेमसंघले उठाएका माग जायज र सान्दर्भिक रहेको बताउँदै ज्ञापनपत्रलाई तुरुन्तै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

0

छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचितभएका छन् । आइतबार एक कार्यक्रमकाबीच बुद्धिमान सर्वसम्मत रुपमाअध्यक्षमानिर्वाचितभएकाहुन् । परिवारको उपाध्यक्षमाधन छन्त्याल र सँगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमाविशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमाविकास छन्त्याल चुनिएका छन् ।

त्यस्तै, सदस्यहरुमाह्यारी छन्त्याल, दिपक छन्त्याल, चित्र छन्त्याल, गोपाल छन्त्याल, गितु छन्त्याल, खुम छन्त्याल, कल्पना छन्त्याल र कल्पना छन्त्याल रहेका छन्। भेलाले, निर्वतमानअध्यक्षपदम छन्त्याल, ठाकुर छन्त्याल, प्रकाश छन्त्याल, भीम छन्त्याल र मिना छन्त्याल रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै, सीपीएले खेलकुद संयोजक तेजेन्द्र छन्त्याल र भलिबलव्यवस्थापकमा सोम छन्त्याललाई जिम्मेवारी दिईएको छ । अध्ययन र रोजगारको सिलसिलामा अष्टे«लियामा रहेका छन्त्याल समुदायको पहलमा स्थापनागरिएको सीपीएले विभिन्नअवसरमाविभिन्न सामाजिककार्यक्रमकाअतिरिक्तभलिबलप्रतियोगिता समेत सञ्चालनगर्दै आएको छ ।

के फेरी ‘राजा विरेन्द्र’को शालिक पुनःस्थापन सम्भव छ ?

0

बेनी नगरपालिका–७,बिरेन्द्रचोकस्थित सहिद स्मारक नजिकै ब्यानर राखेर सोमबार विहानै आमरण अनशन बसेको देखियो। साढे एक दशक अगाडी तत्कालिन दोस्रो जनआन्दोलनका अगुवा पार्टीका विद्यार्थीले छियाछिया पारेको स्वर्गीय राजा बिरेन्द्रको सालिक पुनःस्थापनको चर्चा समेत सेलाउदै गएको अवस्थामा एक्कासी अनशनको दृष्यले पुनः सालिकको चर्चा सुरू भएको छ ।

राजतन्त्रको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत खुलेर सालिक पुनःस्थापनको बहसमा सहभागी हुन नसकेको अवस्थामा एक्कासी स्वतन्त्र नागरिकको नामबाट अनसनको दृष्यले सेलाएको बहस पुनः सुरू भएको छ ।

राप्रपाकै कार्यकर्ता भएपनि पार्टीसँग समेत समन्वय नगरी अनशनमा बस्नुभएका टेकबहादुर केसीले करिब १२ घण्टामा प्रशासनदेखि नगरका जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यान तान्न सफल हुनुभयो ।सरोकारवाला निकायका प्रतिनिधिको रचनात्मक प्रक्रियासँगै मेयर सुरत केसीले जुस पिलाएर अनशन तोडाउनुभयो ।

Photo: Dipendra shrestha

सामान्य चर्चाका बिच एक्कासी अनशनबाटै शालिक पुनःस्थापना गर्ने अभियान भएपनि के अब फेरि ‘राजा विरेन्द्र’को शालिक स्थापना गर्न संभव छ भन्ने बहस सुरू भएको छ । अनशनरत केसीले अभियानको सुरुवात भइसकेको बताएपनि सरकारी निकायबाटै यो अभियानको प्रक्रियामा मौखिक सकरात्मक र कार्यान्वयनमा असम्भ मानिएको छ ।

पूरानो सालिक तत्कालिन समयमा हातमा परेकाले लगिसकेको अवस्थामा नयाँ शालिक बनाएर राख्न आवश्यक आर्थिक स्रोत लगायतका प्रक्रियाका बारेमा तत्काल केही भन्न नसक्ने अवस्था नभएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

‘टोलबाटै वडासम्म निवेदन माग गरिएको छ,‘हामीले कार्यपालिकासम्म पुर्याउँछौ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । अनसनस्थलमा पुगेका अधिकांसले केसीको अगुवाईलाई सकारात्मक भन्दै प्रशंसा गरेका थिए । हाल सालिक राखिएको स्थानमा सहिद स्तम्भ नामाकरण गरिएकाले सहिदको सम्झनामा राजाको सालिक राख्नुपर्ने तर्क समेत बिरेन्द्रचोकबासीको छ ।

विरेन्द्रचोकको नाम अनुसार विरेन्द्रको शालिक त्यहाँ स्थापना गर्नुपर्छ भन्ने मान्यता रहेको सालिक पुनःस्थापन गर्नेहरूको तर्क छ भने मेटिसकेको अवस्थामा पुनः बहसमा ल्याउनु औचित्य नभएको अर्का पक्षको भनाई छ ।

गणतन्त्रको पक्षधरले पुरानो विरेन्द्र चोक इतिहास भइसकेको अवस्थामा अब गणतन्त्र चोक नै उचित हुने भन्दै राजाको सालिकको विरोध समेत गरेका छन् । ‘राजाको सालिक खोज्ने राजतन्त्र पक्षधरले हो,‘अब अहिले जे छ त्यही राम्रो हुन्छ’ एक कम्युनिष्ट नेताको तर्क छ ।

जिल्लामा गणतन्त्रको पक्षधर सबैले भने सालिकको बिरोध गरेको देखिदैन् । विरेन्द्र चोकको इतिहास जिवन्त राख्न विरेन्द्रको शालिक स्थापनाले पहाड नखस्ने भन्दै स्थानीयको सक्रियतामा राखेर पर्यटकलाई आर्कषित गर्न सकिने तर्क समेत धेरैको छ । सोमबारको अनसन स्थगित गरेपछि अब बिरेन्द्रचोक टोलसुधार समितिबाट हुने सक्रियताले समेत बिरेन्द्रको सालिक पुनःस्थापनको अभियान सुस्ताउने वा अगाडी बढ्ने भन्ने निर्धारण गर्नेछ ।

हालै निर्वाचन मेयर सुरत केसीले माओवादीले बेनी आक्रमण गरेको बेलामा छियाछिया पोल काठमाण्डौबाट फिर्ता ल्याउने घोषणा गरेसँगै वडा नं ७ ले समेत पोल वडाभित्रै राख्ने स्थानको खोजी गर्ने निर्णय गरेको अवस्थामा बिरेन्द्रको सालिक पुनःस्थापनको बहस सुरु भएको छ ।

error: Content is protected !!