Tuesday, April 29, 2025
16.6 C
Beni
16.6 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 837

बेनी नगरकार्यपालिकामा गठबन्धनका सबै उम्मेदवार विजय

0

मालिका गाउँकार्यपालिकाको निर्वाचनबाट झस्किएको गठबन्धनले बेनी नगरपालिकामा भने सतप्रतिशत सफलता प्राप्त गरेको छ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित भए । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको दुई जनाको कोटामा काँग्रेसका मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी भए ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली काँग्रेसका १४ जना मतदाता रहेका थिए । गठबन्धनबाट रघुगंगामा समेत माओवादी केन्द्रबाट एक सदस्यले प्रतिनिधित्व गर्ने बताइएको छ । गठबन्धनको टोलीले आफ्नो जनप्रतिनिधिलाई प्रभावित बनाउन नदिन नियमित सम्पर्क सहित आन्तरिक अभ्यास सहितको कार्य समेत गरेका थिए ।

मौसम खराबका कारण हेलिकप्टर जान नसकेपछि म्याग्दीबाट पैदल जाँदै नेपाली सेना

0

खराब मौसमका कारण दुर्घटनाग्रस्त तारा एयरकाे जहाज खाेज्न गएकाे नेपाली सेनाकाे हेलिकप्टर फर्किएपछि अहिले नेपाली सेनाको टोली पैदल त्यसतर्फ गएकाे छ । यति एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले नेपाली सेनाको टोली म्याग्दीबाट घटनास्थल तर्फ लागेको बताए । नेपाली सेनालाई घटना भएको भनिएको ठाउँमा पुग्नलाई करिब साढे २ घण्टासम्म लाग्न सक्ने उनकाे भनाइ छ ।

संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको बताएका छन् । उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर जान सकिएको छैन ।

’ दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ । जहाज दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए । तर, सरकारी निकायहरूले भने अहिलेसम्म जहाज दुर्घटना भएको पुष्टि गरेका छैनन् ।

बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी

0

म्याग्दी १५ वैशाख । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको दुई जनाको कोटामा काँग्रेसका मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी हुनुभएको छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली काँग्रेसका १४ जना मतदाता रहेका थिए ।

यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

0

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।

सम्पर्कविहीन तारा एयरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो

0

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएपछि खोजीकार्य तिब्र पारिएको छ। १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

अवतरण गर्ने समय भएपनि जहाज सम्पर्कमा नआएपछि उडानको रुटमा पर्ने कास्की, पर्बत, म्याग्दी र मुस्ताङ क्षेत्रमा खोजीकार्य भएको थियो । पोखराबाट दुर्घटनाग्रस्त भएको क्षेत्रको अनुमान गरी हेलिकप्टर पठाइएको प्रहरी अधिकारीले जनाएको छ ।

खोजीको क्रममा मुस्ताङको लेतेको अग्लो डाँडामा दुर्घटना भएको अपुष्ट खवर आएपछि टोली त्यस तर्फ प्रस्थान गरेको छ । डाँडा आसपासमा दुर्घटनाको खवर बारेमा आधिकारिक पुष्टी नभएपछि सोही क्षेत्र आसपासमा केन्द्रित भएको बताइएको छ। तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ

तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

0

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको बताए । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ । अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो । Source: Ratopati

पोखराबाट १९ यात्रुसहित जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

0

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन ।  उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजबारे खोजविन सुरु भएको छ । Photo:-file

म्याग्दी जेसीजको आयोजनामा जेठ १६ गते निशुल्क दन्त शिविर हुने

0

म्याग्दी जेसीजको आयोजनामा जेठ १६ गते सोमवार बेनीमा निशुल्क दन्त परिक्षण शिविर संचालन हुने भएको छ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवशको अवसरमा आयोजित जेसिज सप्ताह अन्तरगत जेठ १६ मा दन्त शिविर आयोजना गरिएको हो । सेवा नै धर्म हो भन्ने मुल मर्मका साथ बेनी संजिवनी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारले विरामीको दाँत परिक्षण गर्नुहुने छ । दाँत सम्वन्धी जुनसुकै समस्या भएको विरामीले शिविरबाट सेवा लिन सक्ने म्याग्दी जेसिजका कार्यकारी उपाध्यक्ष एवम् शिविरका संयोजक कुमार बानियाँले बताउनुभयो । शिविरमा दाँतको सुरक्षाका मरामर्श दिनुका साथै आवश्यक औसधि पनि निशुल्क वितरण गरिने बेनी संजिवनी हेल्थ क्लिनिकका संचालक समेत रहनुभएको संयोजक बानियाँले बताउनुभयो । जेठ १५ गतेदेखि २१ गते सम्म विविध कार्यक्रम सहित जेसिज सप्ताह मनाउन लागेको छ ।

आईतवार जेसिज सचिवालयमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको उद्घाटन गरिने छ ।  जेसिज सप्ताह अन्तरगत जेठ १७ गते राष्ट्रिय÷जेसिज झण्डा अनावरण, १८ गते निशुल्क आँखा परिक्षण कार्यक्रम, १९ गते सार्वजनिक भाषण कला तालिम, २० गते मेरो जनप्रतिनिधिलाई सुझाव र २१ ग्ते १८ औँ अन्तर मावि लोकनृत्य प्रतियोगीताको आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो

0

युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए । रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो ।

बरंजाका मेहनती रेशम बुढाथोकीको रहरलाग्दो नर्सरी

0

म्याग्दीको मंगला गाउँपालिका-४, बरंजाका कुषक रेशम बुढाथोकीको नर्सरीमा अहिले ४० हजार सुन्तलाका विरुवा तयारी भएका छन । आरकुली स्थित आफ्नै घरछेउँमा रहेको साढे १ रोपनीको जग्गामा बुढाथोकीले नर्सरी संचालन गर्नुभएको छ । १८ महिनाका २५ हजार र ३२ महिनाका करिव १५ हजार विरुवा विक्रीका लागि तयारी भएको बुढाथोकीले बताउनुभएको छ ।

उहाँको नर्सरीमा लोकल बाँसखर्क जातको सुन्तलाका विरुवा छन । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका विरुवाको परिक्षण ( पिसिआर) पनि गरिएको छ । क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिज्ञको टोली ल्याई परिक्षण गर्दा विरुवामा कुनै प्रकारको रोग नदेखिएको उहाँले बताउनुभयो । १६३० मिटरको उचाईमा उत्पादन गरिएको विरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाई छ । जिल्ला तथा आसपासका कृषकहरुलाई नर्सरीमा आई विरुवा खरिद गरि व्यवसायिक सुन्तला खेति गर्न बुढाथोकीले अनुरोध गर्नुभएको छ ।

२०६९ साल देखि व्यवसायिक कृषि पेशा अंगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तला संगै ओखरका विरुवा १२ सय, कागतिका विरुवा ४ हजार, टिमुरका विरुवा ४ हजार डालेघाँस लगायतका विरुवाहरु तयारी अवस्थामा रहेका छन ।यसवाहेक ८४ वटा किवीका बोटहरुले अघिल्लो बर्षदेखि उत्पादन दिन सुरु गरेका छन ।

बरंजा नर्सरी तथा पशुपंक्षी पालन फर्म दर्ता गरि व्यवसायिक कृषिमा पेशामा लागेका बुढाथोकीको नर्सरीमा हाल सम्म करिव ४० लाख रुपैयाँ लगानी पुगको छ । गत आर्थिक बर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त ५ लाख अनुदानले २ वटा ग्रीन हाउस निर्माण गरेको बुढाथोकीले बताउनुभयो ।त्यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट रु २ लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उहाँको भनाई छ । तयारी भएका सुन्तलाको विरुवाको बजारमा भने समस्या भएको छ ।

‘करिव १५ हजार सुन्तलाका विरुवा गतसालकै छन, यी सवै पोहोरनै विक्री भईसक्नुपर्ने थियो, तर अहिले सम्म पनि कोही खोज्न आएका छैनन’, वुढाथोकीले भन्नुभयो, “वडा, पालिका तथा अन्य कार्यालयले जिल्ला बाहिरबाट सस्तोमा विरुवा लिएर वितरण गर्दा म लगायत यहाँका नर्सरी कृषकहरु प्रत्यक्ष मारमा परेका छौँ” ।

स्थानीय कृषकका उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध समेत गर्नुभएको छ । नर्सरीमा विरुवा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने उहाँको अनुभव छ । दैनिक ३ पटक अनिवार्य रुपमा नर्सरीमा पुगी विरुवाको मलजल, गोडमेल सहित पानीको व्यवस्था, गर्नुपर्ने उहाँको भनाई छ ।बुढाथोकीले नर्सरीबाट बार्षिक रुपमा ५ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

यसका अलवा उहाँले बाख्रा र माछा पनि पाल्दै आउनुभएको छ । बाख्रापालनबाट पनि राम्रो आम्दानी भईरहेको छ ।कुषि व्यवसायमा उहाँलाई श्रीमति गौमति वुढाथोकीले पनि राम्रो साथ दिनुभएको छ ।हाल नर्सरीमा श्रीमान श्रीमतिले मात्रै काम गर्दै आउनुभएको छ । आगामी दिनमा गाउँका केही युवाहरुलाई रोजगारीको व्यवस्था गरि नर्सरीलाई अझै बढाउँदै लैजाने बुढाथोकीको योजना रहेको छ ।

error: Content is protected !!