Tuesday, April 29, 2025
15.2 C
Beni
15.2 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 838

नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया

0

सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण सम्वन्धी सिकाई ब्यवस्थापन कार्यशाला गरिएको थियो ।

न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रामजीप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले उत्पादनसंग जोडिएका र जोडिन चाहने युवाहरुको लागि विना धितो सिपलाई धितो मानेर लगानी गर्ने वातावरण सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले धितो विना सिपलाई आधार मानेर लगानी गर्ने नीति निर्माण गर्न आग्रह गर्दै सिपलाई आधार मानेर लगानी गरेको रकमलाई सुरक्षित गर्न स्थानीय सरकार पनि जिम्मेवार बन्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहकारीले लगानीमात्र सुरक्षित खोजेर हुदैन्, जनताको बचत पनि सुरक्षित हुने वातावरण तयार गर्न सहकारीलाई आग्रह गर्नुभएको छ ।

नेफस्कुनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानले सहकारी संस्थाको दिगो विकास, ब्यवस्थापन ब्यावसायिकरण र गुणस्तर सुनिश्चित गर्न राज्यको सहकारी नीति नियममा रहेर सहकारी संचालन गर्नुपर्ने बताउनुनभयो । उहाँले सहकारी संचालन मात्र भएर हुदैन् जोखिम न्युनिकरण र सेवाहरु विश्वासिलो छ वा छैन भन्ने विषयमा संचालन र कर्मचारीले ध्यान दिन आग्रह गर्नुभयो । न्यौपानेले सहकारीलाई विश्वासिलो र भरपर्दो रुपमा अघि बढाउन सहकारी सहकारी विचको सिकाई अनुभव र सुझाव सल्लाह आदानप्रदान गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशभित्रबाट विभिन्न जिल्लाका १४ सहकारीबाट उपस्थितलाई सिकाई ब्यवस्थापन कार्यशाला सम्वन्धी पानेले सहजीकरण गर्नुभएको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, संचालक सदस्य यामबहादुर जिसिको स्वागत तथा कार्यक्रम संयोजक ठकराज बरुवालको संचालनमा भएको कार्यक्रममा नवनिर्वाचित मेयर केसी र वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्मचार्यलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

लोमान्थाङमा ऐतिहासिक र सांस्कृतिक पर्व ‘तिजी’को रौनक

0

यहाँको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले बताउनुभयो ।

“दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आएका छन्”, उहाँले भन्नुभयो, “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।” लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताउनुभयो ।

“प्राकृतिक प्रकोप, रोगव्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्दछौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाले नृत्यमार्फत देखाउने गर्छन् ।” तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । पोल्याण्डका दुई जना पर्यटक ल्याएर आएका हिमालयन वन्डर कम्पनीका पथप्रदर्शक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएका बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले तिजी पर्व अवलोकनका लागि ३०० भन्दा बढी विदेशी पर्यटक आएका बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका छन् । यसअघिका दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पूजाआजा मात्र गरेर तिजी मनाएका थिए । पर्यटक आएका थिएनन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलगायत विशिष्ट पाहुनाले पनि तिजी पर्व अवलोकन गर्नुभएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताउनुभयो ।

माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए ।

किन गर्छ मान्छेले आत्महत्या ?

0

विष सेवन गर्दागर्दैको अवस्थामा फेला पारेर समयमै अस्पताल पुर्‍याएकाले बचेको थियो रमेश। छोरालाई बचाउन सकेकोमा उसका बाबुआमा लगायत परिवारका सबै सदस्य खुसी थिए। उनीहरूलाई के थाहा थियो भने त्यो खुसी केहीदिनको मात्र हो। एक महिना पनि बित्न नपाउँदै उसले फेरि विष सेवन गरेछ। ‘बेहोसीको अवस्थामा उसलाई अस्पताल त पुर्‍याइयो तर बचाउन सकिएन,’ भन्छन् उसका बाबु रमानाथ।

नेपालमा हरेक दिन १९ जना र एक वर्षमा ६,२५२ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ। लकडाउनको समयमा यो सङ्ख्या बढेर सातहजार नाघेको छ। यसमध्ये महिला ४३ प्रतिशत र पुरुष ५७ प्रतिशत रहेको छ (२०१९-२०२० को प्रहरी विभागको तथ्याङ्क)। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्। हरेक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ।

के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरूमा हुँदैन, किनकि अरूले त्यो दुःख, पीडा र डिप्रेसनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको हुँदैन। जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको त्यो अन्तरात्मामा असीम पीडाको अनुभूत गर्छ, जसबाट निस्कने कुनै विकल्प देख्दैन।

व्यक्तिपिच्छे यसको कारण अलगअलग हुन्छ, किनकि हरेक व्यक्तिको आआफ्नो छुट्टै स्वभाव निर्माण भएको छ। त्यहीअनुसार हरेक चिजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ। त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चिजवस्तु वा परिस्थिति अलगअलग नै हुन्छ। जब जीवन कुनै कारणले अत्यन्त कष्टप्रद, समस्याग्रस्त हुन पुग्छ र त्यसको निवारणको बाटो कतै भेट्दैन, तब एकमात्र विकल्पका रूपमा आत्महत्यालाई रोज्न पुग्छ मानिस।

आत्महत्याको कारण

१. परिस्थितिजन्य कारण

२. मानसिक वा भावनात्मक कारण

परिस्थितिजन्य कारण

– सम्बन्ध विच्छेद

– पारिवारिक समस्या

– शारीरिक समस्या (कुनै जटिल रोग)

– लागु औषध  दुर्व्यवसन

भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व, जसलाई आफूले विशेष ठानेको हुन्छ, उसको आत्महत्याको खबर)

– रिसको आवेग

– जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने)

– स्कुल वा कार्यक्षेत्रमा समस्या

– बेरोजगारी

– आर्थिक तथा कानुनी समस्या

– कुनै पनि समस्या, जसको समाधान कतै पनि देखिँदैन

मानसिक वा भावनात्मक कारण

– निराशावादी चिन्तन

– समस्यामा जेलिएको महसुस गर्नु

– जीवनप्रतिको अवमूल्यन

– बाँच्नुको औचित्य नदेख्नु

– जीवनमा कुनै उद्देश्य नहुनु

मानसिक समस्या (डिप्रेसन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया)

बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर)

आत्महत्या गर्ने मानिसले देखाउने लक्षण

– आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसका बारेमा लेख्ने गरेको हुन्छ। अरूका लागि उसको कुरा जोक जस्तो लाग्न पनि सक्छ।

– आत्महत्या गर्नका लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छ। उसले योजना बनाइरहेको हुन्छ, कुन चिजद्वारा सजिलै मर्न सकिन्छ।

– साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छ। परिवारमा आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छ। आफ्ना सामानहरू अरूलाई बाँड्न सक्छ, जुन पहिला आफ्नो स्वामित्वमा राखेको हुन्छ।

– दुःखी, निराश देखिन्छ।

– आफ्नो बारेमा लापरवाही गर्दै जान्छ।

– पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जान्छ।

– धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छ।

– अरूबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छ।

– आफूप्रति घृणाको भाव देखाउन थाल्छ।

– अचानक खुसी र शान्त देखिन थाल्छ।

माथिका लक्षणमध्ये केही लक्षण केही समय अघिदेखि देखिएको छ, एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नका लागि पूरै योजना बनाइसक्यो। अब उसले आफ्नो जीवन समाप्त गर्दै छ भनेर बुझ्दा हुन्छ।

आत्महत्या जुनसुकै उमेरका मानिसले पनि गर्छन्, तर पनि विशेषगरी १५ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ। यो उमेर भनेको सिर्जनशील उमेर हो। यस्तो उमेरमा कुनै व्यक्तिले आत्महत्या गर्‍यो भने उसको परिवारमा कस्तो अवस्था आइपर्ला यो कुरा सोच्न पनि गारो हुन्छ। मर्ने इच्छा कसैलाई हुँदैन तर पनि मानिसले आफैँलाई मार्न तयार हुन्छ, चाहे जुनसुकै कारणले किन नहोस्। यसलाई रोकथाम गर्नु अति नै आवश्यक छ।

रोकथामका उपाय

१. लक्षणको पहिचान

आत्महत्या रोकथामका लागि सबैभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणका बारेमा स्पष्ट हुनु आवश्यक छ। कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन। विभिन्न रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०-९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएका हुन्छन्। बाँकी केहीले रिसको आवेगमा आएर वा बालबालिकाको हकमा जिज्ञासाका कारणले पनि आत्महत्या भएको पाइएको छ। त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षणहरू देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।

२. प्रश्न सोध्ने

साथीभाइ तथा परिवारका कुनै पनि सदस्यमा यदि यस्ता किसिमका कुनै लक्षण देखिन थालेमा उक्त व्यक्तिसँग उसको समस्याका बारेमा सोधपुछ गर्नुपर्छ। सोधपुछ गर्ने व्यक्तिलाई समस्या भएको व्यक्तिले विश्वास गर्ने पनि हुनुपर्छ। विश्वासिलो व्यक्तिलाई मात्र मनको कुरा पोख्न सक्छ। त्यसैले उसका समस्याका बारेमा राम्ररी धैर्यका साथ सोधपुछ गर्नुपर्छ, जस्तैः आत्महत्याको विचार कहिलेदेखि आउन थाल्यो? दिनमा यस्तो विचार कतिपटक आउँछ वा कहिले–कहिले आउँछ?

३. कुरा सुन्ने

समस्याग्रस्त व्यक्ति जब कुनै व्यक्तिप्रति विश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ। उसले भनेका सबै कुरा विनापूर्वाग्रह (ननजजमेन्टल भएर) सुनिदिनुपर्छ। ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ। उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ। सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसका लागि भयङ्कर पीडादायी भएको हुन सक्छ।

यस्तो अवस्थामा उसलाई सल्लाहसुझाव दिने, तर्कवितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक मायामोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो। यसले झन् उत्साही बनाउँछ आत्महत्या गर्न। त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ।

४. उपचारका लागि सहयोग

वास्तवमा मान्छे मर्न चाहँदैन। उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पका रूपमा रोजेको एउटा बाटो हो आत्महत्या। यो अवस्थामा पुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्यविशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ। उनीहरूको सल्लाहबमोजिम उपचार गराउनुपर्छ। फलोअपमा लैजानुपर्छ। यसबाहेक पनि उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलापतिर बिस्तारबिस्तार अग्रसर गराउने, एक्लै हुन नदिनेजस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।

अत्यन्त महत्त्वपूर्ण कुरा

आत्महत्याको सबभन्दा ठूलो कारक तत्त्व भनेको डिप्रेसन हो। हालसम्मको रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेसनको सिकार भएको पाइएको छ। डिप्रेसनको औषधी खाइरहेको बेलामा पनि कसैकसैलाई आत्महत्याको विचार घट्नुको सट्टा झन् बढ्न सक्छ। त्यसैले पहिलोपटक डिप्रेसनको औषधी खुवाइरहेको छ वा मात्रा परिवर्तन गरिएको छ भने त्यो व्यक्तिलाई विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ, किनकि औषधीले पनि आत्महत्याको विचार आउन सक्छ। सुरुका दुई महिना आत्महत्याको खतरा बढी हुने सम्भावना हुन्छ। औषधी खाइरहेको छ, अब केही हुन्न भनेर ढुक्क हुनु हुँदैन।

आत्महत्या आफैमा एउटा जटिल समस्या भए पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ। त्यसका लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन। देशका सम्पूर्ण अङ्गहरूजस्तै सरकारको माथिल्लो तहमा रहेर नीतिनिर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यान्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, सञ्चार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ। तब मात्र हामीले आशातीत सफलता हासिल गर्न सक्छौँ।

(लेखक आचार्य मनोसामाजिक परामर्शदाता हुन्)

सुध्रिएन बेनी–भकुण्डे सडक : ट्र्याक खुलेको १४ वर्ष भयो, स्तरोन्नतिको छैन चासो

0

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो ।

विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ ।

यो सडक मर्मत गर्न अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ ।

यहाँ अहिलेसम्म ट्र्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभयो ।

“साना सवारीसाधन वर्षका चार महिनामात्र मुस्किलले सञ्चालन हुन्छन्, यो सडकबाट न कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक”, थापाले भन्नुभयो, “मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेपनि अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयवासीको भनाइ रहेको छ ।

निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।

सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

लायन्स क्लबद्वारा म्याग्दी बालगृहलाई शैक्षिक तथा खाद्यान्न सहयोग

0

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा पढाऔं अभियानअन्तर्गत आज (शुक्रवार) शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग भएको छ । क्लबको पढाऔं अभियानअन्तर्गत नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री पोशाक तथा खाद्यान्न सहयोग गरिएको हो ।

लायन्स क्लबले पढाऔं अभियानअन्तर्गत १८ हजार चारसय रुपैयाँबाट म्याग्दी बालगृहलाई चामल २ पिस, दाल ४ केजी, चिनी २ केजी, चियापत्ती १ केजी, भुजा ३ पाथी, खानेतेल ५ लिटर, बिस्कुट २ प्याकेटसहित दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । यसैगरी क्लबले बालगृहमा आवासीय सुविधासहित अध्ययनरत १० जनालाई विद्यालय पोशाक तथा कापीकलम सहयोग गरेको जनाएको छ ।

त्यस्तै क्लबबाटै विद्यार्थी ईन्द्र भण्डारीलाई चस्मा सहयोग गरिएको छ । सोही अवसरमा लायन्स क्लब म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले आफ्नी स्वर्गीय आमा रत्नदेवी जिसीको स्मृतिमा नगद १० हजार रुपैयाँसहित थप तीनहजार रुपैयाँको खाद्यान्न सहयोग गर्नुभएको छ । क्लबका पूर्व अध्यक्ष एवं हालै बेनी नगरपालिका–८, बेनीको वडा सदस्यमा निर्वाचित भएको उपलक्ष्यमा जानकी विश्वकर्माले म्याग्दी बालगृहलाई नगद १५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

क्लबका भूपू अध्यक्ष अम्बिका श्रेष्ठले आफ्नो स्व. पिता नैनकुमार श्रेष्ठको स्मृतिमा बालगृहका बालबालिकाहरुलाई तीनहजार आठसय रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । विष्णु कार्कीले आफ्नी छोरी अन्जुको जन्मदिनको अवसरमा बालगृहलाई एकहजार पाँचसय १० र लालकुमारी रेग्मीले पनि आफ्नी छोरी अनुसुयाको जन्मदिन पारेर नगद एकहजार रुपैयाँ सहयोग गर्नुभएको थियो । कार्यक्रमको अवसरमा वडा सदस्यमा निर्वाचित जानकी विश्वकर्मालाई अबिरको टिका र खादा लगाएर बधाइज्ञापन समेत गरिएको थियो ।

उक्त खाद्यान्न तथा शैक्षिक सामग्री र नगद बाल सङ्गठनका उपाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिप्रसाद पौडेल र केन्द्र प्रमुख सुजन केसीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष पौडेल र क्लबका संस्थापका अध्यक्ष अमृत बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष नवीना रावलको अध्यक्षता र सचिव थुमा खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा पढाऔं अभियानका अभियन्ता समेत रहनुभएका भूपू अध्यक्ष अम्बिका श्रेष्ठले स्वागतसहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

ग्रामीण नमुना कृषकलाई अवलोकन भम्रण

0

म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको हो ।

पुनर्ताजगी तालिममा ग्रामीण नमुना कृषक र स्थानीय स्रोतव्यक्तिहरुको अनुभव आदानप्रदान, व्यवसाय सञ्चालनको अवस्था, घरायसी खाद्यान्न उत्पादन, कृषिमा प्रविधिको प्रयोग, स्थानीय तह र अन्य परियोजनाका स्रोतव्यक्तिहरुसँग अन्तत्र्रिmया, घरायसी कुखुरापालन र पोषणमा अण्डाको महत्व, उत्पादनको बजारीकरण, सामाजिक सञ्जालमार्फत अनुभव आदानप्रदानलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लेखापाल त्रिबिक्रम शर्मा, सुआहारा कार्यक्रमका बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत युधिष्ठिर शर्मा, स्वास्थ्य तथा पोषण अधिकृत रामचन्द्र पन्थी र सुआहाराको म्याग्दी फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

सुनौलो हजार दिनका आमाहरुलाई सहयोग पु¥याउने उद्देश्यले यसअघि सुआहारा कार्यक्रमबाट कुखुरापालन र तरकारी उत्पादनको तालिम लिएका ग्रामीण नमुना कृषक एवं स्रोतव्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुनर्ताजगी तालिम सञ्चालन गरिएको थियो । तालिमका सहभागीहरुलाई हिँजो (बिहीबार) दिनभरी सैद्धान्तिक विषयमा सहजीकरण गरिएकोमा आज (शुक्रवार) बेनी नगरपालिका–४, सिङ्गामा रहेको हरियाली ग्रुपको कृषि फार्ममा पुगेर स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

यसअघि तालिमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मिलन म्याग्दीका अध्यक्ष कमला थापाले तालिमपश्चात् आफ्नो कृषि व्यवसायलाई थप वृद्धि गरी आत्मनिर्भर बन्न सहभागीलाई सुझाव दिनुभयो । सुआहारा बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले पोषणको अवस्था सुधार गर्नका लागि कृषिका विविध आयामहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सुआहाराको घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत युधिष्ठिर शर्माले उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सुआहाराको फिल्ड संयोजक बालकुमारी पुनले गर्नुभएको थियो ।

स्थलगत अवलोकनका क्रममा हरियाली ग्रुपको ब्लक ‘ए’ र ब्लक ‘बी’ अन्तर्गत रहेको माछापालन, बाख्रा, कुखुरा तथा कालीजपालन, घाँसखेती, गोलभेँडा तथा ताजा तरकारी खेती, ड्रागन फलफुललगायत कृषि र पशुपालनको अवलोकनसहित जानकारी लिइएको थियो । कार्यक्रममा हरियाली ग्रुपको म्याग्दी फिल्ड म्यानेजर मोहन उपाध्याय र भेटेरिनरीतर्फका नायव प्रबन्धक रामकृष्ण तिमिल्सीनाले हरियाली ग्रुपको कृषि खेती र पेशा तथा व्यवसायको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

बेनी नगरपालिकाले आउँदो १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

0

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (शुक्रवार) सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविरको पूर्वसन्ध्याको अवसर पारेर कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पछिल्लो समय नसर्ने रोगबाट अकालमै मानिसको ज्यान जाने घटनाहरु भैरहेकाले यसलाई न्युनीकरण गर्नका लागि नसर्ने रोगको परीक्षणका लागि स्वास्थ्य शिविर गर्न लागिएको बताउनुभयो । उहाँले आम नगरवासीलाई नसर्ने रोगको विषयमा पूर्व जानकारी गराएर समयमै स्वास्थ्य उपचार गरी रोगबाट बच्न आवश्यक पहल गरिने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो दायित्व स्वास्थ्यकर्मीको भएकाले त्यसमा जनप्रतिनिधिको तर्फदेखि आफूहरुले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले जनताको आधारभूत आवश्यकताअन्तर्गत शिक्षा र स्वास्थ्य प्रमुख रहेको बताउँदै सबै नागरिकलाई स्वस्थ र शिक्षित बनाउन बेनी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तत्र्रिया कार्यक्रममा बेनी अस्पताल म्याग्दीका डाक्टर रुक्मिना अधिकारीले मुटुरोग, सुगर, प्रेसर तथा श्वासप्रश्वासको साथै नसर्ने रोगको बारेमा सहजीकरण गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष र स्वास्थ्यचौकीका इन्चाजहरुको सहभागिता रहेको कार्यक्रम स्वास्थ्य शाखा संयोजक लिला गौतमको सञ्चालन र सहसंयोजक डिल्लीराज आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित नगर प्रमुख केसीले पदभारग्रहण गर्दै स्वास्थ्यसम्बन्धी तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभारग्रहणका क्रममा नगरका स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एकपटक ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्वास्थ्य शिविर तथा नगरभित्रका विपन्न २ सय घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरिएको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि आउँदो आइतबार जेठ १५ गते बेनी नगरपालिकाको सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

 

मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

0

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापनका साथै सम्मान गरिएको हो ।

बेनी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित ज्योती लामिछाने, अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित दिवाकुमारी तिलिजा पुन र बेनपा–७, बेनीको वडा अध्यक्षमा निर्वाचित रमेशकुमार श्रेष्ठलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । संस्थाको पूर्व अध्यक्ष एवं कार्यकारी निर्देशक दिवा पुन, संस्थामार्फत सञ्चालित सुआहारा पहिलो चरणको कार्यक्रमका फिल्ड सुपरभाइजर ज्योती लामिछाने र पूर्व स्रोतव्यक्ति रमेशकुमार श्रेष्ठलाई अबिरको टिका र खादा लगाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा र निवर्तमान अध्यक्ष शिव बानियाँले सम्मान गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा मिलन संस्थाको नवनियुक्त कार्यकारी निर्देशक दिलमाया बिटालुलाई मायाको चिनो प्रदान गरी कार्यालयमा स्वागत समेत गरिएको थियो । सम्मान ग्रहणपछि संस्थाका पूर्व अध्यक्ष एवं कार्यकारी निर्देशक दिवा पुनले विगतका अनुभव सुनाउँदै आफू शैक्षिक, सामाजिक क्षेत्र हुँदै राजनीतिको क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफू यो क्षेत्रमा आउन सुआहारा कार्यक्रमले पनि योगदान पु¥याएको भन्दै आगामी दिनमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । बेनपा–७, बेनीका वडाध्यक्ष रमेश श्रेष्ठले गैरसरकारी संस्थाको समन्वयमा नेतृत्व र क्षमता विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मिलन म्याग्दीका अध्यक्ष कमला थापाको अध्यक्षता र सचिव तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शिव बानियाँले स्वागत गर्नुभएको थियो भने नवनियुक्त कार्यकारी निर्देशक दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दीमा गोरु काट्दै गरेका ९ जना पक्राउ

0

म्याग्दीका मालिका गाउँपालिका –६ दुखुबेसी बादुरेमा गोरु काटिरेहेको अवस्थामा फेला परेका ५ महिला सहित ९ जना पक्राउ परेका छन ।गयराति करिव १ बजेको समयमा सो स्थानमा गोरु मारि काटिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगको थियो ।

ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न सोही ठाउँका बर्ष ५२ का राम रोका, बर्ष ५२ का धर्मे रोका, बर्ष ४० का बल प्रसाद रोका, बर्ष २३ का प्रकाश सुनार, बर्ष २७ की स्मृति रोका, बर्ष २४ की याम कुमारी रोका त्यसैगरि वडा नम्वर ५ फेदी बस्ने बर्ष २१ की चिना पाईजा, बर्ष १९ की डम्सरा पुन र बर्ष ४० की विसु विकलाई पक्राउ गरेको हो ।

प्रहरी टोली त्यहाँ पुग्दा उनिहरुले दुईवटा गोरु काटेर छाली काडि खुकुरी र चक्कुले टुक्रा पारिरहेका थिए । गोरु काटिरहेका ५ महिला रु ४ पुरुष गरि ९ जनालाई तत्कालै नियनत्रणमा लिई शुक्रबारनै पशुपंक्षी सम्वन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक राजन ढकालले जानकारी दिनुभएको छ ।जिल्ला अदालतबाट साट दिनको म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।

प्रेष विज्ञप्ति जि.प्र.का.म्याग्दी ।

मोना पोर्चुगलद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग

0

पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पाँच हजार युरो भन्दा बढि सहयोग उपलब्ध गराएको हो ।

युरोप भ्रमणमा रहनु भएका पुनले मोना पोर्चुगलबाट प्राप्त आर्थिक सहयोगप्रति धन्यवाद दिदै युरोपमा रहनुभएका दाजुभाई तथा दिदिबहिनीलाई विदेशमा कमाएको पुँजी र सिपलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

error: Content is protected !!