म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्धारस्थित खयरबराहमा चरन क्षेत्रमा भेडाको बथान । गाउँमा भेडापालनबाट बार्षिक ४ देखी १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लामा बेनी नगरपालिका बाहेक पाँचवटा गाउँपालिकाको शिख, खोप्रा, दोवा, बेगखोला, मुना, गुर्जा, पाखापानी, कुईनेमंगले, मुदी लगाएत माथिल्लो क्षेत्रमा करिव ८० जना ब्यवसायीक भेडापालक कृषक रहेका छन् । गाउँपालिकाले आगामी बर्षको बजेटमा कृषि र पशुपालनलाई बजेट बढाउन स्थानीयले माग गरेका छन् । जिल्लाको तथ्याङ्कमा करिव ८० भन्दा माथी हजार संख्यामा भेडापालन भइरहेको देखिन्छ । तस्वीर बेनीअनलाइन

Leave a Reply