पश्चिम म्याग्दीको मालिका गाउँपालिका– २ रुममा भएको दुर्घटनमा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । दरबाङ बजारबाट रुम गाँउतर्फ जादै गरेको ध १ ज ५९५ नम्बरको जीपमा सवार रुमको बिलबाङ गाउँ नजिक दुर्घटना हुदाँ अन्दाजी ४५ बर्षिया चन्द्रबहादुर पुन र सक बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ।
उनका अनुसार घटनास्थलमा दुईजना भीरमा अढ्किएर ज्यान जोगिएको सुबेदीको भनाई छ । जीपभित्र सवार अन्य यात्रुको अवस्था सुरक्षित छ । जीपभित्र सवार १५ जना यात्रु सुरक्षित छन् । समान्य घाईतेलाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा पठाएएको छ ।