अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ऐतिहासिक महत्वको धरोहर

On: May 25, 2020 7:26 PM
Follow Us:

तत्कालीन पर्वत राज्यको राजधानी रहेको ढोल्ठानमा अवस्थित राजदरबार प्रचारप्रसार र भौतिक पुर्वाधारको अभावले ओझेलमा परेको छ । म्याग्दीको बेनी नगरपालिका-९, घतानको ढोल्ठानमा रहेको उक्त दरबार जिण बन्दै जान थालेको हो । दरबार क्षेत्र प्रचुर पर्यटकीय सम्भावनाले युक्त अनुपम स्थान भएको बेलाबेलामा यहाँ पुग्ने गरेका पर्यटकहरूले बताएका छन्। मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो। बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम,  जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापकरूपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँहरूको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन्।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।