---Advertisement---

राम गगनको पहिलो अस्ट्रेलिया सांगीतिक यात्रा, लाली बुढाथोकीसँगै म्याग्दीको लोकभाका गुञ्जियो

On: September 22, 2026 8:29 AM
Follow Us:

म्याग्दीका लोकगायक राम गगन पहिलोपटक अस्ट्रेलियाको सांगीतिक यात्रामा ब्यस्त छन् । म्याग्दी काठमाण्डौ कलाकार संघको सचिव, दैनिक दोहोरी साँझसहितका कार्यक्रममा ब्यस्त राम गगन अहिले अस्ट्रेलियाका विभिन्न स्थानमा भइरहेका सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिइरहेका छन् ।


प्लेज लिगल–नेपाली÷नेपालीज लयर क्युएलडीको प्रमुख प्रायोजनमा आयोजित विशेष तीज कार्यक्रममा राम गगनसगै लोकप्रिय गायिका लाली बुढाथोकीसहित नेपाली तीज तथा लोकसंगीत गुञ्जिएको छ ।


हालै बन्डाबर्ग, कफ्स हार्बर र स्टान्थोर्पमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कलाकारहरूले तीजका गीत, सालैजो तथा विभिन्न लोकभाका प्रस्तुत गर्दा अस्ट्रेलियामा रहेका नेपालीहरू नेपाली चाडपर्वको माहोलमा रमाएको मोना कुइन्सल्याण्डका अध्यक्ष रमेश रोकाले बताए । उनका अनुसार नेपालमा बाढीपहिरोका कारण केही कार्यक्रमको तालिका हेरफेर गरिएपनि सांगीतिक कार्यक्रमले नेपालीलाई जोड्न सफल भएको बताए ।


पहिलोपटक अस्ट्रेलियामा राम गगन
मंगला गाउँपालिका–५, अर्मनमा जन्मिएका राम गगन नेपाली लोकसंगीतमा परिचित कलाकार हुन्। ‘जाम भो साइली’, ‘हेर्दामा राम्रो बेनीको बजार सालैजो’, ‘जिन्दगी’, ‘साइलो दाइ’, ‘पश्चिम हिँडियो’, ‘घुमाइदेऊ स्वर’, ‘घर छोड्दाको रात’ र ‘चञ्चले मायाले’ लगायतका गीतमा उनले स्वर दिएका छन्। नेपालमा लोकसंगीतमार्फत स्थापित भएका गगनका लागि अस्ट्रेलियाको यो पहिलो सांगीतिक यात्रा हो। विभिन्न शहरमा नेपाली समुदायमाझ प्रत्यक्ष प्रस्तुति दिँदै उनले आफ्ना लोक तथा तीज गीत प्रस्तुत गरेका थिए। यसअगाडी जापानसहित विभिन्न देशमा पुगेर सांगीतिक यात्रा गरेका राम गगनले अस्टेलियाको यात्रा अविस्मरणीय भइरहेको बताए ।


पाँच दर्जनभन्दा बढी गीतमा लालीको स्वर
बेनी नगरपालिका–३, भकिम्लीकी लाली बुढाथोकी नेपाली मौलिक लोकसंगीतमा सक्रिय गायिका हुन्। आधुनिक गीत ८८‘माया चिन्न पाइँदैन’८८बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले लोकप्रिय लोकगायक खड्ग गर्बुजासँगको सहकार्यमा ‘माया लाउ भन लाउला नभन’ लगायतका गीतमार्फत चर्चा कमाएकी छन्। बुढाथोकीले ‘सालैजो मा¥यो नि मायाले’, ‘काले मा काले’, ‘शिरफुले माया’, ‘डाँडापारि गाउँ छ’ र ‘थाली नाच हेर्न म्याग्दी जाऊँ’ लगायत पाँच दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छन्।
नेपाली मौलिक लोकसंगीतका भाका संरक्षण तथा प्रवद्र्धनमा सक्रिय बुढाथोकी म्याग्दी काठमाडौं कलाकार संघकी अध्यक्षसमेत हुन्। उनले यसअघि अस्ट्रेलियासहित बेलायत र युरोपका विभिन्न मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्।


अस्ट्रेलियामा म्याग्दीको सांगीतिक पहिचान
राम गगन र लाली बुढाथोकीसँगै म्याग्दीकी अस्टेलियामा रहेका मिलन विश्वकर्मा, पदम विश्वकर्मा र रेशम निर्दोषले सांगीतिक प्रस्तुति दिएका थिए।म्याग्देली कलाकारको सहभागिताले कार्यक्रमलाई म्याग्दीको लोकसंगीत र सांस्कृतिक पहिचानसँग समेत जोडेको थियो। तीज गीत तथा लोकभाकामा सहभागीहरू नाच्दै रमाएका थिए।


कार्यक्रमको संयोजनकर्ता रमेश रोकाले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार कार्यक्रमको उद्देश्य नेपाली कला, संगीत, संस्कृति र परम्परालाई प्रवासमा निरन्तरता दिनुका साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता बलियो बनाउनु रहेको छ । नेपाली चाडपर्व र मौलिक लोकभाकालाई सामूहिक रूपमा मनाउने वातावरण सिर्जना गर्दै सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली संस्कृति म्याग्दीको लोकसंगीतलाई जोड्ने सांगीतिक सेतुको काम गरेको रोकाको भनाई छ । कार्यक्रमको प्रमुख प्रायोजक प्लेज लिगल–नेपाली÷नेपालीज लयर क्युएलडी रहेको छ ।

Leave a Comment