बागलुङ नगरपालिका–३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जनालाई गम्भिर घाइते भएका छन् ।
सोमबार साँझ सिन्धुपाल्चोक घर भइ देउरालीचोकमा बस्ने टिकाराम राईले हँसिया प्रहार गरी सिन्धुपाल्चोक घर भएका सोमबहादुर श्रेष्ठलाई गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
हँसिया प्रहार गर्ने राईलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।















