हरिकृष्ण गौतम
काठमाण्डौको टोखा नगरपालिका–९ गोंगबुमा अचेत अवस्थामा भेटिएर अस्पतालमा मृत घोषित म्याग्दीका एक यूवाको पोस्टमार्टम रिपोर्टमा टाउकोमा रगत जमेर देखिएको छ ।
म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५, मलम्पारका ३३ वर्षीय सुजन छन्त्यालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पोष्टमार्टममा संलग्न अस्पतालका डाक्टरकाअनुसार उनको टाउकोमा घाउ समेत देखिएको छ । मृतक छन्त्यालको टाउको सुन्निएको अवस्था र रगत जमेको रिर्पोटले देखाएको सोम छन्त्यालले बेनीअनलाइनलाई बताए ।
‘घटनास्थल आसपासमा केही संकास्पद गतिविधि समेत देखिएको छ, थप अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गदैछौ’ गूर्जाका यूवा छन्त्यालले भने । अचेत अवस्थामा भेटिएका सुजनको बिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने टिचिङमा पोस्टमार्टमको रिर्पोट र घटनास्थल आसपासको गतिविधिले हत्या भएको हुनसक्ने प्रमाणहरु समेत भेटिएको बताइएको छ । शरीरको अन्य भागमा चोटपटक नदेखिएपनि टाउ सुन्निएको र रगत जमेको अवस्थालाई चिकित्सकले समेत प्राकृतिक मृत्यु भन्न नसक्ने अवस्था बताएकाले घटना थप रहस्यमय देखिएको छ ।
भुइँमा टाउको बजारेको कारण रगत जमेको हुनसक्ने भएकाले पोस्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने देखिएको छ । मृतक छन्त्याल आइतबार बिहान ३ बजेपछि साथीहरूको सम्पर्कबाट बाहिरिएको बताइएको छ । घटनास्थल आसपासमा दुई यूवाको गतिविधि संकास्पद भएकाले प्रहरीलाई छानविनसहित थप खोजीकार्यका लागि समेत अनुरोध गरिएको छ । घटनाको गम्भीरतापूर्वक सत्यतथ्य छानबिन गर्न सम्बन्धीत निकाय लाई अनुरोध गरिएको पीडितका आफन्तले बताएका छन् । मृतक छन्त्याल संघ कास्कीका अध्यक्ष समेत थिए ।











