करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्धारकी कृशिखा विकको उपचार र शिक्षादिक्षाका यूकेमा रहेका नेपालीले करिब ४ लाख आर्थिक सहयोग गरेको छ ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते अवस्थामा किर्तीपुर हस्पिटलमा उपचार गरी डिस्चार्ड भएकी कृशिकाकी आमा शुसिलालाई पाउद्धारी समाज यूकेको ३ लाख ९८ हजार ८ सय ८५ संस्थापक अध्यक्ष राजु पुनमार्फत हस्तान्तरण गरिएको थियो । विपन्न परिवारकी कृशिकाको उपचारमा आर्थिक समस्या भएपछि समाजका सचिव तुलचन्द्र तिलिजा मगरमार्फत अभियान सञ्चालन गरिएको कृष्णबहादुर तिलिजाले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका संस्थापक अध्यक्ष पुनले कृशिखाको हात गुमेपनि उनलाई आवश्यक पर्ने सहयोग गर्न पाउद्धारबासी तयार रहेको बताउनुभयो ।

‘नानुले हात गुमाएकी छन्, हाम्रो साथ कहिल्यै गुम्न दिने छैनौ’ पुनले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा कृशिखाकी आमा शुसिलाले एउटा विपन्न परिवारमा जन्मिएर पनि छोरीको उपचारमा प्राप्त सहयोगले आत्मबल उच्च भएको बताउनुभयो ।

‘पाउद्धारबासीको साथ र सहयोगलाई कहिल्यै विर्सिदैन्,हामीलाई यो जटिल समयमा पनि निरन्तर सहयोग गर्नुभयो’ विकले भन्नुभयो । करेन्टले हात गुमेपछि विश्वभर रहेका पाउद्धारबासीले कृशिखाको उपचारमा निरन्तर सहयोग गरेका थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र भविस्यमा शिक्षादिक्षामा समस्या हुन नदिन सहयोग गरिएको बताइएको छ ।

Leave a Reply