---Advertisement---

१ सय ३ वर्षीय भैरवबहादुर हुमेन कांग्रेसको ज्येष्ठ क्षेत्रीय प्रतिनिधि

On: September 20, 2026 8:07 PM
Follow Us:

नेपाली कांग्रेस बेनी नगरपालिका-३,भकिम्लीबाट १ सय ३ वर्षीय भैरवबहादुर हुमेन क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट पूर्व गाविस अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सल्लाहकार समेत रहनुभएका हुमेन सर्वसम्मतिले प्रतिनिधि चयन भएको हो ।

नेपाली कांग्रेसमार्फत गाविस अध्यक्षसहित विभिन्न पदमा बसेर सेवा गर्नुभएका हुमेनले आफ्नो जीवनको महत्वपूर्ण समय नै कांग्रेस पार्टीमा विताउनुभएको ेक्षेत्रीय प्रतिनिधि एवम् नेपाल महिला संघ केन्द्रिय सदस्य मनकुमार विश्वकर्माले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘प्रतिनिधि भएपछि उहाँ खुसी हुनुहुन्छ, पार्टीका गतिविधिमा स्वास्थ्यले साथ दिएसम्म सहभागि हुनुहुन्छ’ विश्वकर्माले भन्नुभयो ।


‘सतक पूरा गरेपनि पार्टीका गतिविधिमा निकै चासो राख्नुहुन्छ, यूवादेखि जेष्ठ नागरिकलाई समेटेर प्रतिनिधि चयन भएको छ’ वडा सभापतिमा निर्वाचित इन्द्रबहादुर थापा क्षेत्रीले भन्नुभयो । जेष्ठ सदस्य हुमेनलाई नेपाली कांग्रेस म्याग्दीका साथै नेपाली कांग्रेस गण्डकी प्रदेशसभाले समेत नगद २५ हजार सहित सम्मान समेत गरेको थियो ।


नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत म्याग्दीका ४५ वडामा सम्पन्न वडा अधिवेशनबाट हुमेन जिल्लाकै ज्येष्ठ प्रतिनिधिका रूपमा चयन हुनुभएको हो।नेपाली कांग्रेस म्याग्दीले हुमेन सम्भवतः देशभरकै सबैभन्दा ज्येष्ठ क्षेत्रीय प्रतिनिधि भएको दाबी गरेको छ। उमेरले १ सय ३ वर्ष पुग्नुभएका हुमेनको प्रतिनिधिका रूपमा चयनले पार्टीको संगठनात्मक सहभागितामा ज्येष्ठ नागरिकको निरन्तर उपस्थितिलाई देखाएको छ।

-

Leave a Comment