नेपाली कांग्रेस म्याग्दीले जिल्लाका पालिकास्तरीय वडा अधिवेशनलाई निरन्तरता दिएको छ। हालसम्म जिल्लाका ४३ वडामा अधिवेशन सम्पन्न भई वडा सभापति चयन भएका छन्। मालिका–५देविस्थनमा दुई जनाको दावी परेकाले टुंगिको छैन भने धवलागिरी गाउँपालिका–४ बाहेकका वडामा सभापति चयन भएको जिल्ला सचिव भरत रकालले बताउनुभयो ।
सचिव रकालका अनुसार अन्नपूर्ण गाउँपालिकाका आठवटै वडामा रुकबहादुर पुन, विकल नेपाली, बेलबहादुर पुन, चन्द्रप्रसाद फगामी, नरबहादुर नेपाली, नारायण बरुवाल, दुतबहादुर पुन र रवि गर्बुजा सभापतिमा चयन भएका छन्। बेनी नगरपालिकाका १० वडामा नारायण थापा, सोबित शर्मा, इन्द्र थापा क्षेत्री, रनबहादुर शाही, यामबहादुर बानियाँ, गोविन्द बानियाँ, विनोद श्रेष्ठ, सिसम श्रेष्ठ, पुण्य चोखाल र लोकबहादुर पुन सभापति चयन भएका छन्। त्यस्तै, मंगला गाउँपालिकाका पाँच वडामा राजु घर्ती, वीरेन्द्रबहादुर खड्का, टेकबहादुर छन्त्याल, लालबहादुर रोका र तारा क्षेत्री सभापति बनेका छन्।
मालिका गाउँपालिकाका छ वडामा दबहादुर पुन, तारा रोका, कुलमान पटेल, रबहादुर घर्ती, श्रीदत्त गौतम (गोपाल) र दोमान गर्बुजा चयन भएका छन्। धवलागिरी गाउँपालिकामा वडा नं. १ मा सोम छन्त्याल, वडा नं. २ मा प्रेम विश्वकर्मा (वि.क.), वडा नं. ३ मा शेरबहादुर मल्ल, वडा नं. ५ मा अमर छन्त्याल, वडा नं. ६ मा जगबहादुर गर्बुजा र वडा नं. ७ मा थमबहादुर पुन सभापति चयन भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
रघुगंगा गाउँपालिकाका आठवटै वडामा गणेश पुन, कृष्ण शाही, हिमाल कार्की, कृष्ण गर्बुजा, लालबहादुर रोका, भेषकुमार शेरपुर्जा, बेगबहादुर पुन र प्रकाश छन्त्याल सभापति चयन भएका छन्। वडा अधिवेशनबाट जिल्लाभरबाट १ हजार ८० जना क्षेत्रीय प्रतिनिधिको विवरण संकलन गर्ने क्रममा रहेको सचिव रकालले जानकारी दिनुभयो ।









