लायन्स क्लव अफ बेनी सिटीले बेनी नगरपालिका–६ डम्बरामा बृक्षारोपण गरेको छ । भु–क्षय नियन्त्रण, ग्रामिण सुन्दरता कायम गर्न र प्रदुषण घटाउन बर्ष २०२०÷०२१ को पदस्थापना सहित पहिलो कार्यक्रमको रूपमा विभिन्न प्रजातिका ५ सय बिरुवा रोपन गरिएको क्लवका भुपु अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । क्लवको पदस्थापनामा बर्ष २०१९÷०२० का अध्यक्ष कृष्णसिङ बानियाँले नवनिर्वाचित अध्यक्ष अमित बानियाँलाई पद हस्तान्तरण गरेका थिए ।  पदस्थापना कार्यक्रममा कोरोनाको जोखिम सहित क्लवले आफ्नो अभियानलाई निरन्तरता दिने नव निर्वाचित अध्यक्ष बानियाँले प्रतिबद्धता जनाए ।

उनले नयाँ टिमले जिम्मेबारीसँगै समुदायमा आधारित कार्यक्रमबाट कार्यकाल सुरु गरेको बताए । क्लवका पदाधिकारी, पूर्व पदाधिकारीको उपस्थिती रहेको थियो । बृक्षारोपणसँगै समयसमयमा संरक्षणका कार्यक्रमहरुमा समेत जोड दिइएको थियो ।

Leave a Reply