---Advertisement---

महभीरका क्यान्सर सर्भाइभर भविन्द्रलाई यूएईबाट आर्थिक सहयोग

On: September 25, 2026 9:38 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–४, महभीरका १७ वर्षीय भविन्द्र श्रीपालीलाई संयुक्त अरब इमिरेट्स ( युएई) अर्थात दुबईबाट ५३ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । आन्द्राको क्यान्सरको शल्यक्रियापछि भविन्द्र हाल नियमित फलोअप जाँचमा रहनुभएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना)युएईका अध्यक्ष काजिमान बुढाथोकीको नेतृत्वमा संकलन गरिएको रकम शुक्रबार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष साधन राम्जालीले भविन्द्रकी दिदी नरदेवी बिकलाई हस्तान्तरण गर्नुभयो।

भविन्द्रकी दिदी नरदेवीका अनुसार, दुई वर्षअघि बिरामी परेपछि पोखरास्थित जीएमसीमा उपचारका क्रममा भविन्द्रमा अल्सर देखिएको थियो। पछि थप जाँच गर्दा आन्द्रामा क्यान्सर पुष्टि भएको थियो। त्यसपछि चितवनको भरतपुरस्थित देव अस्पतालमा साउन २१ गते उहाँको शल्यक्रिया गरिएको थियो।

“शल्यक्रिया सफल रहेको अस्पतालले जनाएको छ। अहिले भाइको स्वास्थ्यअवस्था पनि सुधारोन्मुख छ। फलोअपमा गइरहेका छौं,” भवीन्द्रकी दिदी नरदेवीले भन्नुभयो।हाल भविन्द्रलाई नियमित फलोअप जाँच आवश्यक रहेको परिवारले जनाएको छ। उपचार खर्च र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विभिन्न सामाजिक संस्था र व्यक्तिबाट सहयोग जुट्दै आएको छ। बुढाथोकीले दुबईमा रहेका म्याग्दीलीहरुले पनि सोही उद्देश्यले रकम संकलन गरिएको जानकारी दिनुभयो । प्राप्त रकम भविन्द्रको पढाइ र आवश्यक स्वास्थ्यसम्बन्धी खर्चमा प्रयोग गरिने दिदी नरदेवीले बताउनुभयो। अध्यक्ष बुढाथोकीले युएईमा रहेका सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो।

भविन्द्र श्रीपालीको उपचारका लागि दुबईबाट आर्थिक सहयोग गर्ने सहयोगीदाताको नामावली र संकलित रकम

१)काजीमान बुढाथोकी – AED-150/-

२)बुद्दिमाया गौचन AED-50/-

३)बिरु रसाईली AED-50/

४)कुमार कार्की AED-50/-

५)बेल फगामी AED-50/-

६)किरण खत्री AED-55/-

७)रमेश भण्डारी AED-50/-

८)दिप छन्त्याल AED-50/-

९)मुना श्रीपाली AED-55/-

१०)थम सुनार AED-150/-

११)प्रेम पुर्जा AED-50/-

१२)प्रदिप सुवेदी AED-105/-

१३)अर्जुन कटुवाल AED-50/-

१४) रिङमाया पुन Aed50/-

१५) नर छन्त्याल Aed50/-

१६)टेक फगामी Aed50/-

१७)पानु फगामी Aed25/-

१८)उमेश बुढाथोकी Aed25/-

१९) सुर्य फगामी AED50/-

२०) बिनोद के सि Aed -50/–

21) बल गर्बुजा Aed – 50/–

कुल संकलित रकम: AED 1,265

Leave a Comment