---Advertisement---

म्याग्दीमा मध्यम वर्षा, दरबाङमा ४० र भुरुङ तातोपानीमा २७.२ मिलिमिटर रेकर्ड

On: September 25, 2026 11:02 AM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीमा गएरातीदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ । स्वचालित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मालिका गाउँपालिकाको केन्द्र दरबाङमा ४० मिलिमिटर र बेनी–जोमसोम हुदै कोरला सडक अन्तरगत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा २७.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।


जल तथा मौसम विज्ञान विभागको पोखराका नायव मौसम विज्ञान सहायक प्रकाश गुरूङका अनुसारउक्त वर्षाको रेकर्ड मापन गरिएको हो । नायव मौसम विज्ञान सहायक गुरूङले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार गण्डकी प्रदेशका तल्लो तटीय र पहाडी क्षेत्रहरूमा क्रमशः वर्षाको मात्रा बढ्दै गएको देखिन्छ । १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १० देखि ५० मिलिमिटर मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति धेरै भारी वर्षा मानिन्छ ।


गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भने उल्लेख्य वर्षा भएकोमा पछिल्लो रेकर्डमा कतिपय स्थानमा ९३.८, ९६.२ र ११७.४ मिलिमिटरसम्मको उच्च वर्षा रेकर्ड भएको थियो । हाल नवलपुरको दुम्कीबासमा पछिल्लो २४ घण्टामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका स्थानका बासिन्दालाई सतर्क रहन जिल्ला अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा मुस्ताङ भारी बर्षाको जोखिममा परेपछि असोज ९ देखि ११ गतेसम्म रातको समयमा कालिगण्डकी कोरिडोर (वेनी–जोमसोम–कोरला) सडक योजना बन्द गरिएको छ ।

Leave a Comment